• नयाँ खबर

    29 March, 2014

    वीरगंजको डिभाइडर बन्यो डम्पिङ साइट¨ भिडियो रिपोर्ट सहित ।

    घण्टाघरदेखि उत्तरतर्फ सडकको बीचमा लगाएको हरियो बोटविरुवा !



    बीरगंज १६ चैत्र 
    बीरगंजको घण्टाघरदेखि उत्तरतर्फ सडकको बीचमा लगाएको हरियो बोटविरुवा बिस्तारै बिस्तार नाशिदैछन् ।
    प्रत्येक बर्ष आफनो योजनामा “ स्वस्थ्य सुन्दर बिकासको शहर ” जस्ता बिकासे नारा बोकेर हिडने बीरगंज उपमहानगरपालिका कार्यालय र जिल्ला भित्रको ट्राफिक ब्यवस्थापन चुस्त दुरुस्त राख्ने जिम्मेवारी बोकेका जिल्ला ट्राफिक कार्यालय पर्साको बेवास्ताको कारण हरियो डिभाइडर अघोषित गौशाला र डम्पि¨ साइट बन्दै गइरहेको छ । तैपनि सम्बन्धीत निकायको आखा पुग्न नसक्दा नगरबासी चिन्तित देखिन्छन ।
    हरियो बोटविरुवा मानव जीवनको लागि मात्र नभई बातावरणीय हिसावले पनि अपरिहार्य हुन्छ । बाराको सूर्य नेपालले बीरगंज नगरपालिकासंगको मौखिक सहमतिमा बीरगंज शहरको बीचमा रहेको डिभाइडरमा विभिन्न प्रकारको बोटविरुवा हुर्काउदै आइरहेको थियो । तर केही दिन यता आएर वास्ता गर्न छाडेपछि हरियो बोटविरुवाले भरिएको डिभाइडर फोहोर फयाक्ने डम्पि¨ र छाडा चौपायाहरुको बास स्थान बन्न पुगेको छ । जसको कारण शहरको बीचमा हुर्किसकेको हरियो बोटविरुवा बिस्तार बिस्तार नाशिदै गइरहेको छ । झन सडक किनारामा ठेला र घुम्तीका नाश्ता पसलहरुले जुठो र फोहोर फयाक्न थालेपछि त अवस्था झनै नाजुक बन्दै गएको छ ।



    नगरपालिका कार्यालयका अनुसार केही समय पहिले सूर्य नेपाल आफैले लगाएको बोटविरुवा, अहिले आएर वास्ता गर्न छाडेका छन् । तर शुरुदेखि हुर्काउने र त्यसको संरक्षण र सुरक्षाको जिम्मेवारी बोकेका निकायको बेवास्ताले सुन्दर डिभाइडर अहिले आएर नगरबासीको लागि समस्या बनेको छ । बीरगंजको करिव दुई दर्जन छाडा चौपायाहरु दिनभरी त्यही भित्र बस्ने र रुखहरु मास्ने काम गरिरहेका छन् । यदि छिट्टै पहल नगर्ने हो भने भोलीका दिनमा नगरभरिको फोहोर फयाक्ने ठाम नबनोस ।
    लागतकै हिसावले पनि करिव १० लाख रुपैयाको लागतमा फलामकै बार लगाउन सकिने भएपनि अहिलेसम्म न नगरपालिकाले नै चासो देखाएको छ, न औधोेगिक नगरीको रुपमा चिनिने कुनै उधोग कलकारखानाहरुले नै चासो देखाएका छन् । डिभाइडर भित्रको अवस्था देखेर सबैको मन त दुखेको छ, तर पहल गर्नु पर्छ भनेर कसैमा भावना जागृत हुन सकेको छैन । सुन्दरताको नाराले सुन्दर शहरको परिकल्पना त गर्न सकिन्छ तर सुन्दर शहरको निर्माण गर्न सकिन्न, निर्माणको लागि त सुन्दर योजनाको साथमा सुन्दर भावना पनि हुनुपर्छ ।





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    प्रहरी महानिरिक्षक अर्यालद्वारा विभिन्न आधुनिक तवरका भवण उदघाटन समपन्न ।

    प्रहरी चौकि इनर्वाको उदघाटन गर्नुहुदै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल । 


    चैत्र १५ पर्सा
    जियालाल साह 
    वीरगंजमा आज विभिन्न भवणहरुको समुदघाटन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले गर्नु भएको छ । विहान महिला तथा बालबालिका सेवा केन्द्रको भवन उदघाटन गद उहाँले सरकार बिनियोजन गरेको बजेटबाट नेपाल प्रहरी १ सय २५ वर्षमा पनि भौतिक सुविधा सम्पन्न हुन नसक्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवनको उदघाटन गर्दै प्रहरी महानिरिक्षक अर्यालले आमजनताको सहयोगमा प्रहरी भवनको निर्माण नभएको खण्डमा अझै नेपाल प्रहरीको बजेटवाट भवणहरु निर्माण हुने हो भने १ सय २५ वर्ष भन्दा कम कुर्नु पर्दैन । प्रहरी महानिरिक्षक अर्यालले जनताको सुरक्षा राम्रो तवरले प्रवाह गरेकै कारण जनताले विश्वास गरि नेपाल प्रहरीलाई सहयोग गरेका छन् यस विश्वासलाई कायम राखि अझै सेवा सुविधा विस्तार गरी नेपाल प्रहरी आफ्नो सेवालाई बाईपासमा प्रबेश गराएकाले अपराधीसंग नःत डराउनसक्छ नःत पछाडि हटन नसक्ने बताए । कार्यक्रममा महिला तथा बालबालिकाका मुद्दाहरुलाई छिटो छरितो रुपले प्रभावकारी ढंगवाट सम्पन्न गर्ने उद्देश्यले भवनको निर्माण गरिएको भवन समितीका अध्यक्ष विश्वकरण जैनले बताए । भवन उदघाटन कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल, प्रहरी उपरिक्षक धिरज प्रताप सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैद, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालगायतको सहभागिता रहेको थियो  ।
    यसैगरी प्रहरी चौकि इनर्वाको समुदघाटन गर्नुहुदै प्रहरी महानिरिक्षक अर्यालले भन्सार नजिकै रहेको यस भवणले सिमामा रहेको अपराधीक कृयाकलापका साथै नेपाल प्रबेष गर्ने पर्यटकहरुको अकर्षकको केन्द्रविन्दु समेत बन्ने बताउनु भएको छ । त्यसैगरी भारतिय महावाणिज्य दुतावास वीरगंजकी दुत अन्जू रञ्जनले वीरगंजको यस प्रहरी भवन भारतिय प्रहरी प्रशासनका लागि उदाहरणीय रहेको बताएकी छिन् । उनले यस भवणले सुरक्षा दिने मात्रै हैन भारतिय आगन्तुक र पर्यटकहरुलाई समेत सहज हुने बताईन् । १ करोड १० लाखको लागतमा निर्माण भएको दुईतले भवणमा १० वटा कोठा सहित अलग्गै भान्साघर र नेपाल प्रबेश गर्ने पर्यटकहरुका लागि सौचालय बाथरुमको निर्माण भएको भवण निर्माण समितिका अध्यक्षले बताए । तत्कालिन पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीको पहलमा भवण निर्माण सुरु भएको यस भवणका लागि व्यपारी, उधोगि, समाजसेवि र सर्वसधारणको सहयोगमा निर्माण भएको हो । यसैगरी घण्टाघरमा समर्पण सेवाले निर्माण गरेको दुईतले प्रहरी वीट र खानेपानीको उदघाटन समेत प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले गर्नुभएको थियो ।  


    प्रहरी चौकी इनर्वामा सलामि दिदै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल । 



























    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    28 March, 2014

    न्यायिक कार्य सम्पादनमा न्याय क्षेत्र समन्वय विषयक अन्तरकृया समपन्न ।


    पुनरावेदन अदालत हेटौडाको आयोजनामा वीरगंजमा न्यायिक कार्य सम्पादनमा न्याय क्षेत्र समन्वय समितिको भूमिका विषयक अन्तरकृया कार्यक्रममा सहभागि व्यक्तित्वहरु । 







    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    प्रहरी चौकी भवनको उघघाटन समपन्न ।


    चैत्र १४ पर्सा
    परवानीपुरमा आज प्रहरी चौकी भवनको उघघाटन समपन्न भएको छ । अञ्चल प्रहरी कार्यालय नारायणीका वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले भवनको उघघाटन  गर्नु भएको हो । २८ लाखको लागतमा निर्माण भएको हो । ६ कोठे भवण सहित हिरासत कक्षमा बाथरुम सहित आधुनिक तरिकाको प्रहरी चौकी भवण निर्माण भएको बरिष्ठ प्रहरी उपरिक्षक खनालले बताउनु भएको हो ।
    यस प्रहरी चौकीले पर्साको ४ वटा गाविस, ४३ वटा उधोग प्रतिष्ठान गरी हाइवेमा हुने गरेको अपराधलाई निर्मुल पार्नका लागि निकै ठुलो चुनौतिको साथै उत्कृष्ट काम गरे मात्र भवणको उटघाटन सार्थक हुने वरिष्ठ प्रहरी उपरिक्षक खनालले बताए । जनताको सेवामा प्रहरीको राम्रो व्यवहारले नै भ्रष्ट, लुटेराहरुलाई कार्वाहिको निर्देश हुने उनले बताए । सुचन यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक धिरज प्रताप सिंह, विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक बैद्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, भवन निर्माण समितिका अध्यक्ष शर्मानाथ ठाकुर लगायतले मन्तव्य राख्नु भएको थियो ।
    .






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    स्थानिय आर्थिक विकासको आधार एक घर एक रोजगार भन्ने नाराका साथ उदघाटन सत्र सम्पन्न l

    उदघाटन सत्रमा सहभागि अतिथिहरु ।

                                 

    चैत्र १४ पर्सा
               स्थानिय आर्थिक विकासको आधार एक घर एक रोजगार भन्ने नाराका साथ वीरगंज उधोग वाणिज्य संघको ३८ औँ वार्षिक सधारण सभाको उदघाटन सत्र सम्पन्न भएको छ ।
                     कार्यक्रमको उदघाटन प्रमुख निर्वाचण आयुक्त दोलख बहादुर गुरुङले पानसमा दिप प्रज्वलित गरि उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त गुरुङले वीरगंज आर्थिक राजधानि भनेर चिनिने गरेपनि १६ वर्ष यता वीरगंज अझै पुरानो वीरगंजमा परिवर्तन भएको उहाले बताए । १६ वर्ष पहिला तत्कालिन प्रमुख जिल्ला अधिकारी भएर आउदाँ र अहिलेको अवस्थामा वीरगंज अझै पुरानो वीरगंजमा परिवर्तन भएको उहाँले बताउनु भएको हो । आर्थिक राजधानि जसरी भनिने गर्दछ त्यसैगरी वीरगंजलाई सरकारले विशेष प्राथमिकतामा राखि नमुना शहरको रुपमा विकास गर्नु पर्नेमा उहाँले जोड दिनु भएको हो । कार्यक्रममा आन्तिरीक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले वीरगंजको विकासका लागि सरकार समक्ष सुचना प्रवाह गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
                        कार्यक्रममा निवर्तामाण उधोग वाणिज्य संघका अध्यक्ष अशोक टेमानिले यहाँका जनता र उधोगीहरुले वीरगंजको विकासका लागि जे–जति अवधारण ल्याएपनि सरकारले सहयोग नगरेको गुनासो गरेका थिए । कार्यक्रममा पुर्व अध्यक्ष अशोक लाठ, अञ्चल प्रहरी कार्यलय नारायणीका वरिष्ठ प्रहरी निरिक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा यूवा उधोमी, महिला उधमी, समाजिक सेवा, भाषा साहीत्य, खेलकुद लागायतको शिर्षकमा विभिन्न व्यक्तिहरुलाई सम्मान पत्र सहित सम्मानित गरेको थियो । कार्यक्रम उधोग वाणिज्य संघका अध्यक्ष अशोक बैधको सभापतित्वमा समपन्न भएको थियो ।




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    27 March, 2014

    महोत्तरीका ६ सय शिक्षक १५ लाख जरिवानामा




    महोत्तरी – तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने महोत्तरीका ६ सय भन्दा बढी शिक्षक अख्तियारको कारबाहीमा परेका छन् । कारबाहीमा परेका शिक्षकले १५ लाखभन्दा बढी जरिवाना तिरेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । सहायक जिल्ला शिक्षा अधिकारी रणोद्दीप बस्नेतका अनुसार शिक्षा ऐनलाई अटेर गरी समयमा सम्पत्ति विवरण नबुझाउने ६ सय ४ स्थायी शिक्षकमाथि अख्तियारले कारबाही गरेको हो । अहिलेसम्म शिक्षा कार्यालयमार्फत मात्र १५ लाख जरिवाना असुल भइसकेको बस्नेतले जनकारी दिनुभयो ।




















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    सलमान भन्छन्–’म खराब प्रेमी,असल साथी’

                                    


    उमेरले ४८ वर्ष पुगेका बलिउड अभिनेता सलमान खानले अहिलेसम्म विवाह नगरेको कारण आफूलाई कुनै पछुतो नभएको बताएका छन् । कुनै पनि प्रेमिकासँग विवाह नगरेका कारण सलमानलाई असफल प्रेमीको आरोप पनि नलागेको होइन ।
                             यो प्रसंगमा अभिनेता खानले सञ्चारकर्मीसँग एक भेटमा भने, ‘म आफूलाई एक खराब प्रेमी (ब्वाइफ्रेन्ड ) ठान्छु । तर, म अहिले पनि मेरी पूर्वप्रेमिकाहरूको असल साथी बन्न सकेको छु ।’ विवाहको प्रसंगलाई अहिले पनि उनले ठट्यौलीको रूपमा लिने गरेका छन् । सञ्चारकर्मीहरूले विवाहका बारेमा सोधेको अर्को प्रश्नमा उनले यस्तै ठट्यौली उत्तर दिएर सबैलाई हँसाएका छन् । विवाह बारेको प्रश्नमा अभिनेता खानले भने, ‘मलाई बच्चा दिनुस्, माया गरेर पाल्छु र बच्चाकी आमा मलाई चाहिँदैन ।’ अहिलेसम्म विवाह नगरेकै कारण आफू कुमार तथा युवा रहेको पनि उनले बताएका छन्, ‘यदि मैले आफ्नी पहिली प्रेमिकासँग विवाह गरेको भए आज म हजुरबुबा भइसक्थें ।’ उनले भने, ‘किनकि शरीरिक रूपमा म तन्नेरी देखिए पनि नाति–नातिना भएका कारण मलाई हजुरबुबाको रूपमा सम्बोधन गरिन्थ्यो ।’



















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    23 March, 2014

    ५ लाख मुल्य बराबरको सामान बरामद




    वीरगन्ज ९ चैत स् अंचल प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले जिल्ला पर्सा वडा नं।१९ रजतजयन्ती चोक स्थित वाट टायर गाडामा अबैध रुपमा भंसार छली ल्याउदै गरेको अवस्थामा पाच लाख मुल्य बराबरको २९८ थान सुर्य कम्पनि लगाएत अन्य बिभिन्न कम्पनिकोे ग्यांस चुलो बरामद गरेको छ ।    अंचल प्रहरी कार्यालयका प्रहरी वपरिठ उपरिक्षक सर्वेन्द्र खनाललले बरामद अवैध सामान आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको बताएका छन् ।  सुर्य ब्राण्डको ग्यांस चुल्हा नेपाल भित्रयाउने अनुमति अर्थ मन्त्रालयले नदिएको भन्ने परिपत्र सम्बन्धित भंसार कार्यालयहरुमा परिपत्र पठाईएको छ । अर्थ मनत्रालयले रोक लगाएको ब्राण्डको सामान भन्सार नाका हुँदै कसरी भित्रिएको हो भन्ने विषयमा छानबिन शुरु भएको बताइएको छ । साभार यात्रा डेलि





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    20 March, 2014

    आफनै श्रीमती बेच्न खोज्ने श्रीमान पक्राऊ


    बेच्न खोज्ने श्रीमान र बेचिनवाट जोगिएकी श्रीमती 
    वीरगंज, ६ चैत्र
              जिल्ला प्रहरी कार्यलय पर्साले आफनै श्रीमती बेच्न खोज्ने श्रीमानलाई पक्राऊ गरि अनुसंधान अगाडी बढाएको छ ।  वीरगंज उप–महानगरपालिका ७ मंयुदिन शेषको २१ वर्षिय छोरा सदाम हुसेनले श्रीमतीलाई ५० हजार भारुमा बेच्न लागेको विशेष सुराकिको अधारमा पक्राउ गरेको छ । ६ महिना अगाडी धाधिङ जिल्लाको मलेखुकी परीयार थर भएकी २० वर्षिय महिलासंग विवाह गरि वीरगंज ल्याएका हुसेनले ५० हजार भारक्तिय रुपैयामा बब्लु भन्ने व्यक्तिसंग बेच्न लागेको विशेष सुराकिको अधारमा जिल्ला प्रहरी कार्यलय पर्साको टोलिले हुसेनलाई पक्राउ गरि अनुसन्धान थालेको छ । (हिजो) चैत्र ५ गते उनकी श्रीमतिले जिल्ला प्रहरी कार्यलय पर्सामा आफुलाई बेच्न लागेको भनि मुदा दर्ता गराएर उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिहले जनकारी गराउनु भएको हो । पक्राउ गरेका हुसेनलाई मानव वेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरी उपरिक्षक सिहले जनकारी गराउनु भएको हो ।
            यसैगरि जिल्ला प्रहरी कार्यलय पर्साले यस आर्थिक वर्षमा हालसम्म २ वटा मानव वेचविखन तथा ओसारपसारमा मुदा परेको छ भने १ महिला सहित ४ पुरुषलाई पक्राउ गरि अदालतको फैसला अनुसार कारागार चलान भई मुदा खेपिरहेको प्रहरी उपरिक्षक सिंहले जनकारी गराउनु भएको हो ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    पर्सामा एस.एल.सि.प्रबेशिका परीक्षामा ९ जना माथि कार्वाही सम्पुर्ण फोटो फिचर ।




    एस.एल.सि.प्रबेशिका परीक्षा दिदै विद्यार्थीहरु ।
    वीरगंज, ६ चैत्र
    यसवर्षको एस.एल.सि.प्रबेशिका परीक्षा आज देखि शुरु भएको छ । पर्सामा ७ जना पुस्तक व्यवसाहि सहित २ जना अमर्यादित कार्य गरेकालाई कार्वाहि गर्ने भएको छ नियम विपरीत वीरगंजका विभिन्न पुस्तक पसलहरुले अबैधानिक रुपमा गेसपेपर वेचिरहेको आरोपमा ७ वटा पुस्तक पसलका संचालक माथि सार्वजनिक मुदा चलाईने पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिहंले जनकारी गराउनु भएको छ । 
    पक्राउ गरेका सातैजना माथि सार्वजनिक मुदा चलाउने प्रहरी उपरिक्षक सिहंले जनकारी गराउनु भएको हो । त्यसैगरी पर्साको भिष्वा परीक्षाकेन्द्रवाट सोनु कुमार सोनिको नाममा नक्कली परीक्षार्थि धर्मेन्द्र कुश्वाहाले परीक्षा दिईरहेको अवस्थामा पक्राउ गरि मुदा चलाउने प्रहरी उपरिक्षक सिहंले जनकारी गराउनु भएको छ । सोहि परीक्षाकेन्द्रमा मर्यादा विपरीत कार्य गरेको परिक्षा निरिक्षक विरेन्द्र यादवलाई परीक्षाकेन्द्रबाट निकाल्नुको साथै निर्देशिका अनुसार कार्वाही गर्ने जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 
    पर्सामा २१ वटा परीक्षाकेन्द्र तोकिएको छ भने कुल ६ हजार ९ सय ८२ विद्यार्थी मध्ये रेगुलर तर्फ ५ हजार ५ सय ८८ र इक्जाम्टेड तर्फ १ हजार ३ सय ९४ विद्यार्थी फर्म भरेकोमा रेगुलरमा ६० र इक्जाम्टेड तर्फ ८० विद्यार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी हरी बस्तीले जनकारी गराउनु भएको छ 



    एस.एल.सि.प्रबेशिका परीक्षामा अनुगमन गर्दै प्रहरी उपरिक्षक धिरज प्रताप सिह । 

    एस.एल.सि.प्रबेशिका परीक्षा दिदै ५५ वर्षिय पुरुष ।


    एस.एल.सि.प्रबेशिका परीक्षामा अनुगमन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय ।
    एस.एल.सि.प्रबेशिका परीक्षा दिदै विद्यार्थीहरु ।






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    19 March, 2014

    विश्वकप क्रिकेट स् बंगलादेशसँग नेपाल पराजित


    काठमाडौं, चैत ४ – ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।
    बंगलादेशको चटगाउँमा भएको खेलमा नेपालले दिएको १ सय २७ रनको लक्ष्य बंगलादेशले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा १ सय २६ रन बनाएको थियो ।
    नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन बनाए । यस्तै शरद भेषावकरले ४०, ज्ञानेन्द्र मल्ल १३, सागर पुन १२ र सुवास खकुरेल ८ रनमा आउट भए । बलिङतर्फ बंगलादेशका अल अमिन होसेइनले दुई तथा फरहास रेजा र मास्राफी मोर्ताजाले एकरएक विकेट लिए ।
    जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि अनामुल हकले सर्वाधिक ४२ रन बनाए । यस्तै तमिम इकवालले ३०, शकिब अल हसनले ३७ तथा सब्बिर रहमानले २१ रन बनाए ।
    बलिङतर्फ नेपालका बसन्त रेग्मीले एक विकेट लिए ।
    बंगलादेशसँग पराजित भएसँगै नेपालको दोस्रो चरण प्रवेशको संभावना पनि कठिन बनेको छ । नेपाललाई अब अर्को चरण प्रवेश गर्न आफ्नो नतिजा मात्रै नभइ अर्काको खेलको नतिजा समेत पर्खनुपर्ने भएको छ । नेपालले अब अर्को चरण प्रवेश गर्न विहीबार हुने खेलमा अफगानिस्तानलाई हराउनु पर्छ भने बंगलादेश पनि हङकङसँग हार्नुपर्ने हुन्छ ।
    यसअघि मंगलबार अफगानिस्तानसँग हारेको हङकङ भने प्रतियोगिताबाटै बाहिरिएको छ । अघिल्लो खेलमा नेपालसँग ८० रनले हारेको हङकङ मंगलबार अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    18 March, 2014

    यस्तो रहेछ गगनले संसदमा बोल्न नपाएको कुरो

    ४ चैत, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयमा मंगलबार व्यवस्थापिका संसदमा चर्काचर्की परिरहेका बेला पछिल्लो सीटमा बसेका सभासद गगन थापाले पनि बोल्नका लागि समय माग्दै उभिएर हात उठाए । तर, थापाले सभामुखबाट बोल्ने समय पाएनन् ।
    संसदमा बोल्ने समय नपाएका थापासँग समस्या समाधान गर्ने कुनै सूत्र पो थियो कि थापाले भने, ‘यो विषयमा संसदमा भएको बहस समस्या समाधान गर्ने भन्दा पनि सनातनी पाराको भयो, थापाले बैठकपछि भने, ‘मैले प्रधानमन्त्रीलाई भनें, सरकारको असंवेदनशीलता र अपरिपक्वता देखियो, संसदमा विषय प्रवेश हुनु राम्रो हो, तर विपक्षीबाट पनि विरोधका लागि विरोध मात्र भयो, निकास सहतिको विरोध भएन । उनले थपे विगतमा हामी पनि यसैगरी विरोधमात्र गथ्र्यौैं ।’
    सभासद थापाले भने ‘यतिबेला सरकारसँग समस्या कसरी हल गर्ने भन्ने जवाफ छैन, विरोध गर्ने विपक्षीसँग पनि यसको समाधान छैन । संसदमा भएको बहस सनातनी पाराको छ, तथ्यमा टेकेर गरिएको छैन ।’
    समस्या समाधानको उपाय
    मूल्यवृद्धिको विरोध गर्नेहरुले समस्याको समाधान पनि निकाल्नुपर्ने सभासद थापाको तर्क छ । आयल निगमको व्यवस्थापकीय सुधारले मात्रै समस्या समाधान नहुने भन्दै थापाले यसबारे ऐन कानूनमै सुधार गरिनुपर्ने बताए । ’आयल निगमको सुधारका लागि बनेको चारवटा प्रतिवेदन भन्दा पनि भीम आचार्यको अध्यक्षतामा बनेको आयोगले दिएको सुझाव कार्यान्वय मात्र गर्ने हो भने समस्या समाधान हुन्छ, थापाले अनलाइनखबरसँग भने ‘आचार्यको प्रतिवेदनमा ऐनमै सुधार गरिनुपर्ने उल्लेख छ, अब हामीले नयाँ ऐन बनाउनुपर्छ ।’
    ससंदले यससम्बन्धी नयाँ ऐन ल्याउन सरकारलाई अह्राउनु उपयुक्त हुने सभासद थापाको सल्लाह छ । ‘सरकारले मूल्य घटाएर मात्रै समस्याको समाधान हुँदैन, बढाएर पनि हुँदैन, हामी १७ सयमा ग्यास किनेर १४ सयमा बेचिराखेका छौं, आयल निगम १ सय ५ करोड घाटामा छ,’ थापाले भने ‘अब थप घाटा भए पनि तत्कालै मूल्यवृद्धि फिर्ता गरौं र यसमा व्यवस्थापिका संसदमा अलग्गै सेसन नै चलाएर समस्याको तथ्यपरक ढंगले समाधान निकालौं । आयल निगमलाई मात्रै सुधारेर यो समस्याको समाधान हुँदैन ।’
    साथै आचार्यको प्रतिवेदन कार्यान्वयन गर्ने हो भने भारतसँग भएको रेल्वे सम्झौता पनि परिमार्जन गरिनुपर्ने थापाले बताए ।
    सरकारले संसदमा जवाफ दिनुभन्दा पहिले पेट्रोलियम पदार्थको मूल्य बढाउनुको साटो नीति तथा कार्यक्रम ल्याएर आफ्नो अर्थ राजनीतिक एजेन्डा जनतामा प्रष्ट राख्नुपर्ने थापाले बताए ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    15 March, 2014

    समुद्रमा तैरिरहेको अवस्थामा फेला प¥यो मलेसिया एयरलाइन्सको जहाज, सवार २ सय ३९ जनाकै मृत्यू ।


    मलेसियन एयरको सम्पर्कविहीन बोइङ दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्ययमका अनुसार जहाजमा सवार सबै २ सय ३९ जनाकै ज्यान गएको छ । विमानबाट शव निकाल्ने काम भईरहेको र आज साँझसम्ममा सबै विवरण आइसक्ने जनाईएको छ । 
     चिनिया समाचार एजेन्सी सिन्ह्वाले भियतनामको सञ्चार माध्यमलाई उदृत गर्दै विमान भियतनामको दक्षिणी आइसल्ल्याण्डमा समुन्द्रमा दुर्घटना भएको अवस्थामा भेटिएको जनाएको छ । एमएच–३७० वोइङ ७७७–२०० को सो विमान स्थानीय समय अनुसार बिहान २ बजेर ४० मिनेट जाँदा बेइजिङका लागि क्वालालाम्पुरबाट उडेको थियो । विमानमा २ सय ३९ जना थिए ।
     विमानमा १२ जना चालक दलका सदस्यसहित २३९ जना सवार थिए । सो विमानमा १३ देशका नागरिक चढेका थिए । विमानमा एक सय ५२ जना चिनिया, ३८ मलेसियन, १२ एन्डोनेशियन, सातजना अष्ट्रेलियन, तीन जना अमेरिकी, तीनजना फ्रान्स, दुई–दुई जना न्युजिल्याण्ड, युक्रेन र क्यानडाका नागरिक सवार रहेका र इटाली, टाइवान, नेदरल्याण्डस्, अस्ट्रियाका एक–एकजना नागरिक सवार रहेको सिन्ह्वाले जनाएको छ ।










    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    14 March, 2014

    आगलागीले दलितबस्तीमा ल्याएको विनास फोटो फिचर

    वीरगंज, फागुन २९ 
    पर्साको हरिहरपुर गाविस ९ गुलरिया टोलमा आगलागि हुदाँ १३ घर जलेर नष्ट भएको छ । राजदेव पासवानको घरमा खाना पकाईरहेको अवस्थामा आगलागि सूरु हुदाँ ति सम्पुर्ण घर खरानि भएको हो । त्यस्तै पासवानकै घरमा छ महिनामा छोराले कमाएर विदेश वाट पठाएको एक लाख रुपैयाँ समेत जलेर खरानि भएको छ । आगलागीले दलितबस्तीमा ल्याएको विनासमा आफ्नो धनसम्पत्ति, खाधन्न, लताकपडा, ज्वेलरी लगायत सबै जायजेथा आगोले सखाप पारेपछि गाउँलेहरुमा कोलाहल मच्चिएको हो । यता आगलागि पिडितहरुलाई रेडक्रस वीरगंजले खाधन्न, लताकपडा, भाडाकुडा, लगतयको समाग्रि वितरण गरेको हो । 

    आगलागि पिडितहरु

    ज्वेलरी



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    पेट्रोलिय पदार्थमा भारी मूल्य बृद्धि, पेट्रोलमा मात्रै १० रुपैयाँ बढ्यो


    फाल्गुन ३०
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मल्य बढाएको छ । आज बसेको सञ्चालक समितिको निर्णले पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ६(६ रुपैयाँ बढेको छ ।
    अन्तर्राष्ट्रिय हवाई ईन्धनमा प्रति किलोलिटर १०० डलर र आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बृद्धि गरेको निगमले जनाएको छ ।
    निगमले आफूलाई मासिक एक अर्ब ६९ करोड घाटा लागेको बताउँदै आएको छ । मूल्यबृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १४० रुपैयाँ प्रतिलिटर पुग्नेछ । डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य एकसय नौ रुपैयाँ पुगेको छ ।पेट्रेलबाट मासिक छ करोड ६५ लाख नाफा कमाएको निगमले डिजेलबाट ७७ करोड  २७ लाख घाटा भएको जनाएको छ । मट्टितेलको बिक्रीबाट मासिक एक करोड ४२ लाख नाफा छ ।
    ग्यास बिक्रीबाट मासिक एक अर्ब २९ करोड ७४ लाख घाटा भएको निगमको दाबी छ ।    इकान्तिपुरवाट








    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    फेसबुक मालिकले भने– इन्टरनेटका लागि अमेरिकी सरकार सवैभन्दा घातक




    फागुन ३० गते
    फेसबुकका मालिक मार्क जुकरबर्गले इन्टरनेटका बिकाशमा अमेरिकी सरकार सवैभन्दा ठूलो खतरा रहेको टिप्पणी गरेका छन् ।
    फेसबुकमा शुक्रबार ब्लग लेख्दै जुकरवर्गले इन्टरनेट प्रयोगकर्तामाथि अमेरिकी सरकारले निगरानी राखेको भन्दै आइरहेका खवरबाट आफु निकै निराश र दिक्क भएको बताएका छन् ।
    ‘अमेरिकी सरकारले इन्टरनेट प्रयोगकर्तामाथि निरन्तर निगरानी राखेको भन्ने खवरहरुबाट म एकदमै निराश र दिक्क भएको छु ।’ जुकरबर्गले अहिलेसम्मकै कडा टिप्पणी गर्दै भनेका छन–‘जतिबेला हाम्रा इन्जिनियरहरु प्रयोगकर्ताका सुरक्षाका लागि अहोरात्र खटिरहेका हुन्छन हामीले दिमागमा साइबर अपराधिबाट प्रयोगकर्तालाई जोगाउन बिषयमा मात्र सोंचिरहेका हुन्छौं न कि सरकारबाट ।’
    ‘मैले राष्ट्रपति ओबामालाई पनि मेरो यो दिक्दारी र हालैका दिनमा अमेरिकी सरकारका ब्यबहारबाट बिग्रेको छविप्रति ध्यान दिन आह्वान गरेको छु’ मार्कले भने– तर, यो सम्बोधन हुन निकै लामो समय लाग्नेजस्तो देखिएको छ ।’
    नेसनल सेक्युरिटी एजेन्सीले नक्कली फेसबुक युजर बनेर बिभिन्न कम्प्युटरमा भाइरस पठाउने र निगरानी राख्ने गरेको भन्ने दस्तावेज त्यहाँका पूर्व कर्मचारी इडवार्ड स्नोडेनले सार्वजनिक गरेको भोलीपल्ट जुकरवर्गको यस्तो कडा टिप्पणी आएको हो ।
    ‘अमेरिकी सरकार इन्टरेनटको बिकाशका लागि अग्रणी हुनुपर्छ न कि खतराको रुपमा’ मार्कले भनेका छन– उनीहरुले के गरिरहेका छन भन्ने बिषय पारदर्शी हुनुपर्छ, नत्र भने जनताले निको मान्ने छैनन् ।’
    स्नोडेनले सार्वजनिक गरेको पछिल्लो दस्तावेजमा फेसबुक, गुगल, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीले कसरी अमेरिकी सुरक्षा एजेन्सीलाई प्रयोगकर्तामाथि निगरानी गर्न सहज पहुँच दिन्छन भन्ने खुलाइएको छ । तर, ती सवै कम्पनीले स्नोडेनको आरोपलाई अस्वीकार गरेका छन् ।
    वर्डवाइड वेब अर्थात डब्लुडब्लुडब्लुका आबिस्कारक टिम बर्नर ली ले हालै सरकारी सुरक्षा एजेन्सीबाट इन्टरनेटमाथि बढ्दो हस्तक्षेप र निगरानीका इन्टरनेट असुरक्षित भएको टिप्पणी गरेको दुई दिनपछि फेसबुक मालिकको यस्तो कडा बक्तब्य आएको हो ।










    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    12 March, 2014

    ७ महिनाको अवधिमा लागु औषधमा मात्रै १ सय ४ जना लाई पक्राउ




    फागुन,२८ पर्सा,  
    जिल्ला प्रहरी कार्यलय पर्साले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । लागु औषध ओसार पसार एंव नियन्त्रण अभियान अन्तर्गत हिजो सोमवार साझ पर्साको लालपर्सा वडा नम्बर ७ को खेतमा परालभित्र लुकाई राखेको अवस्थामा १ सय १० केजि चरेस बरामद गरेको छ । बरामद चरेस कसले राखेको बारेमा अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिहले जनकारी गराउनु भएको छ । 
    त्यसैगरि जिल्ला प्रहरी कार्यलय पर्साले विभिन्न गाविसवाट ७ महिनाको अवधिमा लागु औषधमा मात्रै १ सय ४ जना लाई पक्राउ गरि मुद्दा चलाएको पर्साको प्रहरी उपरिक्षक धिरज प्रताप सिहले जनकारी गराउनु भएको छ । जस अन्तर्गत लागु औषध गाँजामा २० क्यून्टल ७३ केजि बरामद गरि १६ जना, चरेशमा ३ सय ५३ केजि बरामद गरि १३ जना, खैरो हिजोईनमा ३७० ग्राम बरामद गरि ३ जना र लागु औषध ईन्जेक्शन, कोरेक्स, नाईट्रोभेट ट््यावलेटमा ७२ जना मानिसलाई पक्राऊ गरि मुद्दा चलाएको छ । जस अन्तर्गत १०१ जना पुरुष र ३ महिला रहेकी छिन् । 





















       






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    11 March, 2014

    नेपाली महिला जमुना गुरुङ पहिलोपटक अष्ट्रेलियाको धनी महिला

                                 
    अष्ट्रेलिया, फाल्गुन २७  बिद्यार्थीको रुपमा करिब २ दशकअघि अष्ट्रेलिया आएकी नेपाली महिला जमुना गुरुङ पहिलोपटक अष्ट्रेलियाको धनी महिलाको सुचीमा सुचीकृत भएकी छिन् ।
    अष्ट्रेलियाबाट प्रकाशित हुने पत्रिका बिजनेश रिभ्यु विक्ली ९बिआरडब्लु० ले शनिबार साँझ निकालेको सुचीमा उनी १ सय ५ मिलियन डलर सहित ११ औं स्थानमा परेकी हुन् ।
    गतबर्ष आफ्ना श्रीमान शेष घलेसँगै पहिलोपटक २ सय ६५ मिलियन डलर सहित धनीको १सय ८०औं सुचीमा अटाएकी उनी यसपाली भने ब्यक्तिगत रुपमा महिलाको सुचीमा पर्न सफल भएकी हुन् । अष्ट्रेलियामा यसबर्ष धनीको माथिल्लो सुचीमा परेकी उनी नै दक्षिण एसियाकी महिला बनेकी छिन् ।
    उनी नेपालबाट सन १९९० ताका शेष घलेसँगै बिद्यार्थी भिषामा अष्ट्रेलिया आएकी हुन् । मेलबर्नमा बसोबास गर्दै आएकी उनी मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीकी मेनेजिङ डाइरेक्टर हुन् भने बिभिन्न ब्यवसायहरुमा समेत आबद्ध छिन् । यसैगरि हालै काठमाडौमा ७ अर्ब लगानीमा बन्न लागेको शेराटन होटलमा समेत उनको लगानी रहेको छ ।
    उनी बिशेषगरि श्रीमान तथा वर्तमान एनआरएन अध्यक्ष शेष घलेलाई बिभिन्न ब्यवसायमा सघाउँदै आएकी छिन् । मेलबर्नमा शिक्षामा सफल मध्येको मानिने इन्ष्टिच्युटले बिभिन्न बिषयहरुमा स्थानीय तथा बिदेशी बिद्यार्थीहरुलाई उच्च शिक्षा दिंदै आएको छ ।
    उक्त पत्रिकाको पहिलो सुचीमा भिक्की टोह परेकी छिन् भने हलिउड अभिनेत्री निकोल किडम्यान ३ सय ३० मिलियन डलरसहित छैटौ स्थानमा सुचीकृत भएकी छिन् । यसैगरि भुतपुर्व प्रधानमन्त्री केभिन रडकी श्रीमती थेरेस रिन पनि १ सय ३५ मिलियन डलरसहित १० औं नम्बरमा अटएकी छिन् ।  साभार - ekantipur.com





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    एसएलसी परीक्षाको तयारी पूरा

    भक्तपुर, फाल्गुन २७ ( परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले चैत ६ देखि १४ गतेसम्म देशभर सञ्चालन हुने एसएलसी ९प्रवेशिका० परीक्षाको आवश्यक तयारी पूरा गरेको छ ।
    परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले परीक्षाको आवश्यक तयारी पूरा गरेको जानकारी दिँदै परीक्षा सञ्चालनका लागि देशभर ५३ हजार ७६ जनशक्ति परिचालन गरिने बताए । परीक्षा केन्द्र सुरक्षाका लागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइने भएको छ ।
    सरकारले परीक्षालाई मर्यादित बनाउन मन्त्रालयको सहसचिवहरू संलग्न केन्द्रीय अनुगमन समिति बनाएर परिचालन गर्ने भएको छ ।
    यसअन्तर्गत मेचीमा खगराज बराल, कोसीमा लक्ष्मीराम पौडेल, सगरमाथामा दिवाकर ढुङ्गेल, जनकपुरमा डिल्लीराम रिमाल, बाग्मतीमा महाश्रम शर्मा र लवदेव अवस्थी, नारायणीमा कमलेशकुमार सिन्हा र गण्डकीमा देवकुमारी गुरागाईं खटिने भएका छन् ।
    त्यसैगरी लुम्बिनीमा गणेशप्रसाद ज्ञवाली र बाबुराम पौडेल, धौलागिरिमा सूर्यप्रसाद गौतम, राप्तीमा कमलप्रसाद पोखरेल, भेरीमा टेकनारायण पाण्डे, कर्णालीमा गणेश राई, सेतीमा देविना प्रधानाङ्ग र महाकालीमा खगेन्द्रप्रसाद नेपाल खटिने भएका छन्।
    उपनियन्त्रक अर्यालले एसएलसी परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक अन्य सामग्रीहरू जिल्ला जिल्ला पु्र्याई सकिएको जानकारी दिनुभयो ।
    कार्यालयले परीक्षाका लागि गत वर्षभन्दा ५० वटा परीक्षा केन्द्र थप गर्दै देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ भने यस वर्षदेखि देशभरबाट होम सेन्टर हटाएको छ ।
    यस वर्ष नियमित र एक्जाम्टेड गरी पाँच लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिन आवेदन फाराम भरेका छन् । जसमा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडमा एक लाख ४६ हजार ७३३ जना छन् । गत वर्र्ष पाँच लाख ४७ हजार १६५ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा नियमिततर्फ चार लाख ३० हजार ९९ विद्यार्थी सहभागी थिए ।
    आवेदन दिएकामध्ये गत वर्ष २० हजार विद्यार्थी अयोग्य ठहरिएका थिए भने यस वर्ष सबै जिल्लाबाट परीक्षार्थीको यकिन तथ्याङ्क आएपछि मात्रै यसबारे थाहा हुने भएको कार्यालयको भनाइ छ ।
    सेन्टअप परीक्षा हटेपछि सबैले प्रवेशिका दिन पाउने व्यवस्थाअन्तर्गत कक्षा १० मा ७५ प्रतिशत हाजिरीलाई अनिवार्य गरिएपछि हाजिरी पुग्नेले मात्र परीक्षा दिन पाउने प्रावधानअन्तर्गत कति परीक्षार्थी अयोग्य भए भन्ने विवरण कार्यालयले जिल्ला जिल्लाबाट सङ्कलन गरिरहेको छ ।
    विद्यालयहरूले अयोग्य विद्यार्थीको विवरण फागुन १० भित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा बुझाउन कार्यालयले निर्देशन जारी गरे पनि केही जिल्लाबाट अझै तथ्याङ्क आउन बाँकी नै रहेको कार्यालयले जानकारी दिएको छ । रासस






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    भारतमा भीषण माओवादी आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु

    भारत छत्तीसगढको बस्तरमा माओवादी आक्रमणमा अर्धसैनिक बल सिआरपिएफका १६ सैनिकको मृत्यु भएको छ। आक्रमणमा करिब २५ गम्भीर घाइते छन्।
    एजेन्सीका अनुसार सिआरपिएफका जवान सडक निर्माण कार्यको सुरक्षाका लागि गस्तीमा रहेका बेला माओवादीले आक्रमण गरेका हुन्। आक्रमणपछि ४ घण्टासम्म भिडन्त भएको स्थानीय प्रहरीले बताएका छन्।
    यसै स्थानमा अघिल्लो वर्ष भएको माओवादी आक्रमणमा कांग्रेस नेता विद्याचरण शुक्ल, महेन्द्र कर्मा, नन्दकुमार पटेललगायत ३१ जना मारिएका थिए। 







    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    10 March, 2014

    यी हुन् रामकृष्ण ढकाल २ भिडियोसहित

    तिमी हामीभन्दा ठूलो गायक बन्नेछौ। धेरैले उनलाई नयाँ रामकृष्ण ढकाल २ पनि भन्न थालेका छन्।

    काठमाडौ, फाल्गुन २६

    यी आँखामा तिमी छ्यौ

    यो मनमा तिमी छ्यौ

    देखाउन पो त गाह्रो

    जीवनमा तिमी छ्यौ।।।।

    यतिबेला फिल्म नाइँ नभल्नु ल २ को यो गीत निकै चर्चामा छ। रेडियो, टेलिभिजन, मोबाइल रङ्टिोन र युट्युबमा घन्किरहेको यो गीतका रचनाकार कृष्णहरि बराल र संगीतकार वसन्त सापकोटा हुन् भने स्वर प्रेम परियरको। कृष्णहरि र वसन्त दुवै नेपाली संगीतमा स्थापित नाम हुन् भने प्रेम बिलकुल नयाँ। तर, गीतको शब्द र संगीतभन्दा स्वर निकै रुचाइएको छ। प्रेमले गाएको यही फिल्मको अर्को गीत मर्ने कसैलाई रहर हुँदैन।पनि निकै हिट भइरहेको छ।

    १३ वर्षीय यी फुच्चे गायक प्रेम तीन वर्षअघिसम्म धादिङको मलेखुको सडकमा गीत गाउँदै हिँड्थे। स्कुलबाट भागीभागी बाटामा भेटेजतिलाई गीत सुनाउँथे। गीत सुनाइसकेपछि सय(पचास रुपियाँ हात पथ्र्यो। तर, यो तीन वर्षको बीचमा उनको स्वर विश्वभर रहेका धेरै नेपालीको कानमा गुन्जिसकेको छ। गीत गाउनकै लागि उनी कतार, हङ्कङ् र कोरिया पुगिसकेका छन्। एउटा गरबि परिवारमा जन्मिएका किशोर एकाएक स्टारु बनेका छन्।

    मलेखुदेखि काठमाडौँ हुँदै देशविदेश यात्राको गोरेटो त्यत्तिकै कोरिएको होइन। प्रेमको आवाजलाई प्रेम गर्ने सहयोगीकै कारण उनको जीवनमा छोटो समयमा धेरै परविर्तन देखा पर्‍यो। भयो के भने, पोखरामा परिचय नामक फिल्मको सुटिङ् सकाएर नायक सुशील क्षेत्री र कलाकार शिशिर राणा काठमाडौँ फर्कदैंगर्दा मलेखुमा प्रेमलाई भेटे। बच्चैदेखि नेपाली फिल्म हेर्ने प्रेमले सुशीललाई नचिन्ने कुरै भएन। फिल्ममै देखिरहेको हिरो अगाडि भएपछि उनी गीत गाउन किन पछि पर्थे र रु त्यसैले बिनाहिच्किचाहट गीत गाउन थाले तर सुशील र शिशिरले वास्तै गरेनन्। गीत गाएपछि पैसा माग्छ भनेर सुरुमा हामीले खासै वास्ता गरेनौँ, त्यो क्षण सम्झँदै शिशिर भन्छन्, तर, गीत गाउँदै गएपछि हामी अवाक् भयौं। त्यति सानो फुच्चेले त्यति मीठो गीत गाएको मैले पहिलोपटक सुनेको हुँ।

    स्रोत यु ट्यूब


    प्रेमको गीत सुनेपछि सुशील र शिशिर कतिसम्म प्रभावित भए भने भोलिपल्टै संगीतकार महेश खड्का र गायक प्रमोद खरेललाई मलेखु बोलाए। प्रेमले प्रमोदको मेरो दिल छ पोखरामा। बोलको गीत सुनाए। त्यतिबेलै प्रमोदले भनेका थिए, यो फुच्चेले त मैले भन्दा राम्रोसँग गायो।

    महेश पनि प्रेमको फ्यान बने। त्यसपछि उनीहरूलाई लाग्यो, यति मीठो स्वर भएको बच्चालाई काठमाडौँ नै लानुपर्छ। त्यसमा पनि शिशिर अझ अग्रसर भए र प्रेमका बाबुआमासँग कुरा गरे। गीत गाएकै भरमा त्यसअगाडि पनि पत्रकार देवप्रकाश त्रिपाठीले प्रेमलाई स्थानीय बोर्डिङ् स्कुलमा पढ्ने व्यवस्था मिलाइदिएका रहेछन्। काठमाडौँमा लगेर बोर्डिङ्मा पढाउने र संगीत सिकाउने भनेपछि उनका बाबुआमाले नाइँ भनेनन्। त्यसको १२(१५ दिनमा उनलाई शिशिरले काठमाडौँ ल्याए र आफ्नै घरमा राख्न थाले। अहिले पनि प्रेम कुपन्डोलस्थित शिशिरकै घरमा छन्।

    कुपन्डोल आइपुग्दा नपुग्दै प्रेमको स्वर युट्युबमा हिट भइसकेको थियो। उनले मलेखुमा गाउँदै गरेको भिडियो खिचेर कसैले युट्युबमा राखिदिएको थियो। युट्युबमा हजारौँले उनको तारफ गरसिकेका थिए। काठमाडौँ आएपछि उनी गायक अमृत क्षेत्रीको सुरशाला इन्स्िटच्युटमा संगीत सिक्न थाले। सुरशालामै गाएको तुझसे नाराज। बोलको हिन्दी गीतको भिडियो युट्युबमा अपलोड गरेपछि उनी झन् चर्चित भए। विदेशबाट पनि गाउनका लागि अफर आउन थाल्यो। तर, त्यतिबेला उनी सातदोबाटोस्थित युनाइटेड स्कुलमा कक्षा ३ मा भर्ना भइसकेका थिए। पढाइ छाडेर विदेश जान निकै गाह्रो थियो। पढाइमा कमजोर भएकाले स्कुलले भनेजति बिदा दिँदैनथ्यो। तर, १०(११ वर्षको बच्चालाई विदेशबाट गायनको अफर आउँदा स्कुल अवरोध बन्न चाहेन। युनाइटेड स्कुलकी प्रिन्सिपल सीमा राई भन्छिन्, छुटेको कक्षा पछि छुट्टै लिने गरी विदेश जान अनुमति दिन थाल्यौँ।प्रेम कोरिया, हङ्कङ् र कतार पुगे। प्रत्येक देश जाँदा उनले सरदर ७५ हजार रुपियाँ पाए।

    अरूकै गीत गाएर हजारौँको मन जितिरहेका बेला करबि पाँच महिनाअगाडि प्रेमले नाइँ नभन्नु ल २ मा पाश्र्व गायनको अवसर पाए। यो गीत गाउने मौका जुर्नुमा पनि बडो गज्जबको संयोग छ। विकास आचार्य बालसुलभ कथामा आधारति सिनेमा निर्माणमा जुटेका थिए। फिल्मको मुख्य कलाकारका निम्ति उनलाई मीठो स्वर भएको बच्चा चाहिएको थियो। उनले दर्जनौँ बच्चाको स्वर सुने। तर, कसैले उनको मन जित्न सकेनन्। त्यही बेला कसैले उनलाई युट्युबमा प्रेमको गीत देखाइदियो। तुझसे नाराज र मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो। बोलका प्रेमले गाएका गीत हेरेपछि विकास बिना भोकल टेस्ट उनको स्वर रेकर्ड गर्न तयार भए। युट्युबमा प्रेमको गीत हेरेपछि यति प्रभावित भएँ कि सीधै स्टुडियोमा रेकर्ड गर्न लगाएँ,निर्देशक आचार्य सम्झन्छन्।

    तर, स्टुडियोमा पहिलोपटक गाउँदा प्रेम निकै असहज देखिए। मेरो अगाडि सबै नचिनेका मान्छे थिए। त्यसमाथि टाउकोमा हेडफोन लगाएपछि मुटु थरथर काँप्यो। गाउन सक्दिनँ कि जस्तो लागेको थियो,उनी सम्झन्छन्, तर, विकास अंकलले सम्झाएपछि डर भाग्यो। त्यसपछि त मलेखुमा जस्तै खुलेर गाउन थालेँ।गीत रेकर्ड गर्न तीन घन्टा छुट्याइएकामा प्रेमले डेढ घन्टामै काम सकिदिए।

    नाइँ नभन्नु ल २ को गीत रिलिज भएपछि विदेशमा कार्यक्रमका लागि प्रेमलाई निकै अफर आइरहेका छन्। तर, ५ कक्षाको वाषिर्क परीक्षा नजिक आइरहेकाले समय मिलाउन गाह्रो भएको छ। यद्यपि, लन्डनको कार्यक्रममा जाने लगभग पक्का भएको छ।

    संगीतकार सापकोटा प्रेमको स्वरलाई गड गिफ्टु नै मान्छन्। स्वरमा यति मिठास लाखौँमा एकको हुने उनको भनाइ छ। उनका अनुसार एउटा गायकमा कम्तीमा तीनवटा गुण हुनुपर्छ, स्पष्ट शब्द उच्चारण, फिलिङ्समा डुबेर गाउने र सुरलाई समात्न सक्ने। भन्छन्, प्रेममा तीनवटै गुण उत्तिकै सशक्त रूपमा छन्।ू उनी प्रेमलाई सम्भावनाको खानी नै मान्छन्। तर, सापकोटाले चुनौती पनि देखेका छन्। प्रेम अहिले १३ वर्षका भए, बिस्तारै उनको स्वर धोद्रो हुँदै जानेछ। त्यतिबेला स्वरमा रहेको मिठास हराउने डर हुन्छ। त्यसैले अभ्यासको निकै खाँचो रहेको सापकोटा सुझाउँछन्। स्वरमा आउने परविर्तनले पनि उनको भविष्य निर्धारण गर्छ। अहिलेकै मिठासलाई कायम राख्न सक्नुपर्छ, उनको सुझाव छ।

    प्रेमले पनि यो कुरा महसुस गरेका छन्। स्वर मात्र मीठो भएर नहुँदो रहेछ। लामो समय टिक्न एउटा र्फममा गाउन जान्नु पर्दो रहेछ, प्रेम पछिल्लो अनुभव सुनाउँछन्, त्यसैले म्युजिक क्लास जाँदै छु। अचेल उनले संगीतसँगै पढाइमा पनि ध्यान दिन थालेका छन्। शिशिरका अनुसार प्रेम पढाइप्रति गम्भीर हुन थालेका छन्।




    स्रोत यु ट्यूब


    खास गरी विदेशमा कार्यक्रम गरेपछि पढाइप्रति उनको मोह बढेको छ। स्कुलकी प्रिन्सिपल राई पनि पढाइमा प्रेमको लगाव देखेर हषिर्त छिन्। भन्छिन्, सुरु सुरुमा निकै गाह्रो भएको थियो तर अहिले राम्रो पिकअप लिइरहेको छ। पढाइको महत्त्व बुझ्दै गएकाले पनि परविर्तन भएको हुन सक्छ।प्रेमलाई स्नातकसम्मको निःशुल्क अध्ययन व्यवस्था गरिएको राईले सुनाइन्।

    प्रेमले पछिल्ला दिनमा रामकृष्ण ढकाल, शिव परियारजस्ता आफ्ना प्रिय गायकलाई प्रत्यक्ष भेटिसकेका छन्। सबै सिनियर गायकले एउटै कुरा भन्छन्, तिमी हामीभन्दा ठूलो गायक बन्नेछौ। धेरैले उनलाई नयाँ रामकृष्ण ढकालु, रामकृष्ण ढकाल २ पनि भन्न थालेका छन्।

    २६ वर्षअघि रामकृष्णलाई काठमाडौँको पुरानो बसपार्कछेउको चियापसलमा टेबल ठोकेर गीत गाइरहेको अवस्थामा भेटेर गोपाल कर्माचार्यले यसै गरी सांगीतिक मोड दिएको यहाँनेर स्मरणीय छ। रामकृष्णको एकल साँझ, आशीर्वाद नामक एल्बम र फिल्म निर्माण गरेका कर्माचार्य उनका गडफादरुका रूपमा दरिएका छन्।

    त्यसो त समान पृष्ठभूमि र धेरैजसो रामकृष्णका गीत गाएकै भरमा आफूलाई त्यसरी दाँजेको प्रेमलाई मन पर्दो रहेनछ। उहाँ रामकृष्ण मेरो बेस्ट सिंगर हो तर मलाई उहाँजस्तो हुनु छैन, केही गम्भीर हुँदै प्रेम भन्छन्, मलाई प्रेम परयिार नै हुनु छ।  - नेपाल सपताहिकवाट






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    उच्च माविका विद्यार्थीले सवारी चलाउन नपाउने

    २६ फागुन, 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई मोटरसाइकल र स्कुटर चलाउन रोक लगाएको छ ।
    पछिल्लो समय हुने गरेका सवारी दुर्घटनामा उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीको सङ्ख्या बढी पाइएपछि कार्यालयले सवारी चालक अनुमतिपत्र भएपनि सवारी साधन चलाएमा कारबाही गर्ने भएको छ ।
    कार्यालयले सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेहरुमाथि पनि कारबाही थालेको छ । तीव्र गति र मोबाइल फोनको प्रयोगका कारणले सवारी दुघर्टना बढी भएको पाइएपछि कार्यालयले आइतबारबाट अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए ।
    सवारीको चाप बढ्दै गएपछि चितवनमा सवारी दुर्घटना पनि दिनप्रतिदिन बढ्दै गएको छ । दुघर्टना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँच र मापसे नियन्त्रण अभियानलाई तीव्र पारेको छ । ......रासस






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    08 March, 2014

    च्यारेटि सोमा व्यवसायिले सहयोग गरेनन् आफनै पकिटबाट दृष्टिविहिनलाई सहयोग ।





    वीरगंज, पर्सा
    २४ फागुन,
    गणेशमान चोक यूवा क्लबले विद्यालयमा अध्ययनरत दृष्टिविहिनको सहयोगका लागि च्यारेटि सो सम्पन्न गरेको छ । 
    सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत दश जना दृष्टिविहिनका लागि नेपालका जि एक्स सोल, कोड नेप्ससाइडेज र स्थानिय कालाकारहरुको प्रस्तुति मार्फत टिकट वितरण र स्पोनसर मार्फत सहयोगका लागि कार्यक्रम गरेको क्लबका अध्यष सुरेस दासले जनकारी गराउनु भएको छ । सम्पन्न च्यारेटि सोमा स्पोन्सर र सोचे जस्तो टिकट विक्रि नभएकाले १ लाख रुपैयाँ घाटा भएपनि क्लबका सदस्यहरुवाट रकम संकलन गरि दृष्टिविहिनहरुलाई १० हजार रुपैया सहयोग गर्ने क्लबका अध्यक्ष सुरेस दासले जनकारी गराउनु भएको छ । दासले भने देशकै आर्थिक राजधानि भनेर चिनिने वीरगंजमा दृष्टिविहिनको सहयोगका लागि समेत यहाँका व्यवसायी र व्यपारीले सहयोग नगरेकोमा हामि दुःखु छौँ विभिन्न प्रतिष्ठानहरुमा गयौँ तर बजेट नभएको बहानामा खालि फर्कियो तर पनि सम्पुर्ण साथीहरुले रकम मिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने ३–४ वटा स्पोन्सर र जम्मा एक सय र ५ सय दरको टिकट पाँच–पाँच सय प्रति मात्रै विक्रि भएकाले हामि घाटा बेहोर्नु परेको बताउनु भएको हो ।


                                      













    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    मेरो अग्निपरीक्षा ढुंगेल - रमेश खरेल



    हानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एमाओवादी नेता बालकृष्ण ढुंगेललाई कानुनी दायरामा ल्याउने विषयलाई अग्निपरीक्षाको संज्ञा दिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खरेललाई भेट्न शुक्रबार कार्यकक्षमा पुगेका पीडित परिवारलाई उनले सो धारणा राखेका हुन्। आजको राजधानीमा खबर छ। 

    एसएसपी खरेलले ढुंगेलबारे अदालतको फैसलालगायत अन्य सबै विषयमा आफू जानकार रहेको र उनलाई पक्राउ गर्ने विषयलाई आफ्नो अग्निपरीक्षाका रूपमा लिइएको बताए । न्याय नपाउँदा पीडित परिवारलाई मर्का परेको भन्दै उनले भने, ‘यो मेरो अग्निपरीक्षा हो, तपाईंहरूले न्याय पाउनुहुन्छ, ढुक्क हुनोस् ।’ यस्ता घटनामा दोषीलाई कानुनी कठघरामा नल्याए प्रहरी ‘नपुंसक’ जस्तो हुने आश्वासन पनि खरेलले दिएका छन् । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ढुंगेललाई कारबाही गर्ने बताइसकेकाले पनि आफूलाई थप बल प्राप्त भएको एसएसपी खरेलले बताए । 
    ओखलढुंगाको टारकेराबारीका स्थानीय उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । सो हत्यामा तत्कालीन सभासद् रहेकै बेला एमाओवादी नेता ढुंगेललाई सर्वाेच्च अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ढुंगेललाई आममाफीको सिफारिस गरेका थिए।
    सरकारको सो विवादास्पद सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नुअगावै अदालतमा मुद्दा परेपछि अहिलेसम्म विचाराधीन रहेको छ । सरकारको सो सिफारिसविरुद्ध नागरिक समाज, अधिकारकर्मी, अन्य राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायले चर्को विरोध गर्दै आएका छन् । 
    आममाफी दिने भट्टराईको सरकारको निर्णयविरुद्ध पीडित परिवारको तर्फबाट उज्जनकी दिदी सावित्री श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । त्यो अहिले पनि विचाराधीन छ । काठमाडौंका प्रहरी प्रमुख खरेललाई भेट्न पुगेकी उज्जनकी दिदी सावित्रीले उनको प्रतिबद्धतापछि आफू उत्साहित भएको बताइन्।
    एसएसपी खरेलले ढुंगेललगायतका दोषीलाई कानुनी कठघरामा ल्याउने विश्वास लिएको सावित्रीको भनाइ छ । सर्वोच्चले दोषी ठहर गरिसक्दा पनि ढुंगेललाई प्रहरीले पक्राउ गरेको छैन । ढुंगेल अहिले पनि राजधानीमा लुकीलुकी हिँड्ने गरेको पीडित परिवारको दाबी छ । सोही कारण सावित्रीले अभियुक्तलाई पक्राउ गर्न भन्दै खरेललाई भेटेकी हुन् । सेतोपाटीवाट






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    भरत जान लगिरहेको अवस्थामा प्रहरीद्धारा ६ नाबालकको उद्धार


    वीरगंज, पर्सा 
    २४ फागुन,
               जिल्ला प्रहरी कार्यलय पर्साले नेपालबाट भारततर्फ अवैध रुपमा बालकहरुलाई लगिरहेको अवस्थामा उद्धार गरेको छ । 
                 भारतमा पेन्ट, रंग, फ्याक्टी लगायतको जोखिम पुर्ण काममा लगाउने प्रयोजनको लागि लगिरहेको अवस्थामा वीरगंज १८ स्थित सडकमा ाबालकहरुलार्ई फेला पारि जिल्ला प्रहरी कार्यलय र डेभलपमेन्ट नेपाल नामक संस्थाको संयूक्त प्रयासमा ६ जना उद्धार गरेको हो । ति नाबालकहरु रौतहट गम्हरिया ३ बस्ने ५ वर्षिय महमद शेष सयब, २३ वर्षिय तवरेज शेष, जिङगडिया ८ बस्ने १९ वर्षको महमद ग्यासुदिन, १९ वर्षिय शेष नेसार र कनुनिया ९ बस्ने २० वर्षिय शेष परवेजलाई उद्धार गरेको हो । 












    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    07 March, 2014

    नेपाल पत्रकार महासंघको चुनाव यसरी समपन्न भयो .. सम्पुर्ण फोटो फिचर ।



    २३ फागुन, 
              नेपाल पत्रकार महासंघ पर्साको दशौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु तथा केन्द्रिय पार्षदहरुको आज पदस्थापन गरिएको छ ।
                     वीरगंजको होटल सम्झनामा आयोजित कार्यक्रमका विच नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय पार्षदहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै पदस्थापन गरिएको हो । अधिवेसनबाट विजयी अध्यक्षमा श्याम बन्जरा, उपाध्यक्षमा धु्रव साह, सचिवमा कृष्णउदास खनाल, कोषाध्यक्षमा अनुप तिवारी र सहसचिवमा शेखरबहादुर क्षेत्री तथा सदस्यहरुमा सफल खतिवडा, संजिव कुमार मिश्र, निरन्जन मिश्र, नवराज फुयाँल, दिपक गौतम, र प्रणयकुमार साहलाई प्रमाण पत्र वितरण गरिएको छ । यस्तै मधेसी कोटामा कपिलदेव यादव, महिला सदस्यमा लक्ष्मी खरेल, जनजाती तर्फ उत्तम खड्की र दलित तर्फ विनोद परियारलाई पनि प्रमाण पत्र वितरण गरियो ।
                    यसै गरि केन्द्रिय पासर्दमा शत्रुघन नेपाल, राजु श्रेष्ठ, भूषण यादव, गोविन्द देवकोटा, केसी लामिछाने, महेशचन्द्र गौतम, शितल महतो, रसना ढकाल, प्रतिमा चौधरी, विश्वम्भर शर्मा, रितेश त्रिपाठी, प्रेम कार्की, शंकर आर्चाय, लालबाबु शेख, विजय भण्डारी, दिपेन्द्र चौहान, ओमप्रकाश खनाल, सुदर्शनराज पाण्डे, शंकर खतिवडा, आरके पटेल र रामनारायण कुर्मी लाइ प्रमाण पत्र सहित पदस्थापन गरिएको हो । निर्वाचित सबैलाई प्रमुख निर्वाचन अधिकृत नन्दन यादवले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । यस्तै कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष ध्रुव साहले जितमा उन्माद र हारमा खिन्नता प्रकट नगर्न पर्सेली संचारकर्मीहरुलाई आग्रह गर्दै छापामारी, चन्दा आतंक जस्ता विकृतिजन्य पत्रकारिताको अन्त्य गर्न आफ्नो कार्य समिति लागि पर्ने घोषणा गर्नु भयो । रेडियो वीरगंजका कार्यकारी अध्यक्ष समेत रहनु भएका साहले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणका लागि रेडियो बीरगंजको तर्फबाट २ लाख रुपैया प्रदान गर्ने वचनवद्धता व्यक्त गर्नु भयो । नवनिर्वाचित अध्यक्ष श्याम बन्जरालाइ निवर्तमान अध्यक्ष केसि लामिछानेले महासंघको महत्वपूर्ण कागजात हस्तान्तरण गरि पदस्थापन गराउनु भएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजियम, महासंघका केन्द्रिय सदस्य महेस दास, बरिष्ठ पत्रकार जगदिश शर्मा, पुर्व अध्यक्ष दिपेन्द्र चौहान, शत्रुघ्न नेपाल, नेकपा एमालेका पर्सा संयोजक चिरन्जिवि आचार्य, एकिकृत माओबादी पर्साका इन्चार्ज प्रहलाद गिरि लगायतले मन्तव्य व्यक्त गर्दै व्यवसायीक पत्रकारीताको जगेर्नाका लागि नवनिर्वाचित कार्यसमिति लाग्नु पर्नेमा जोड दिए ।
























































    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    Scroll to Top