-

  • नयाँ खबर

    19 September, 2016

    मोन्टेसरी शिक्षा आजको आवश्यकता


    सवनम श्रेष्ठ
    मध्य नेपाल सन्देश,
    तिमी जे चाहन्छौं, त्यो पाउँदैनौ । तर जे छौ त्यहि पाउँछौ । साच्चै नै तपार्इं जस्तो हुनुहुन्छ, त्यहि अनुसारको मेहेनत र कार्य गर्नुपर्छ । फल पनि त्यहि पाउनु हुन्छ । वास्तवमा त्यस्तै विचार, धारणा भएको कियेराभेलीमा १८७० मा जम्मेकी महिला डा. मारिया मोन्टेसरीको जीवनको केही यथार्थ राख्न चाहन्छु । यी महिलाको नाम धेरैले सुन्नु भएको हुन सक्छ । मोन्टेसरी भनेको त सायदै कसैले नबुझ्नु भएको होला । वेविकेयर हुने त मोन्टेसरीमा नै हो । अर्थात बालहेरचाह बारे कतिपय अभिभावकवर्ग अनभिज्ञ नै हुनुहुन्छ । मोन्टेसरीले एउटा बालकको पूर्णरुपको विकासमा ध्यान केन्द्रित गराउन सहयोग गरेको छ । अर्थात मोन्टेसरीमा बालक अथवा बालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिइन्छ । उसको व्यक्तित्व विकास प्रस्तुतिकरण अतिरिक्त कृयाकलापहरुको हेरचाह हुन्छ ।  इटालीकी चिकित्सक मारिया मोन्टेसरीले विद्यार्थी र शिक्षक दुवै स्वतन्त्र हुनुपर्छ अनिमात्र सिक्ने र सिकाउने प्रकृया स्वतन्त्ररुपले हुन्छ भन्नु भएको छ । यिनको भनाइ थियो कि बच्चालाई रंगको ज्ञान दिन चाहनुहुन्छ भने उसले विभिन्न रंगहरुलाई आफै प्रयोग गर्न पाउनुपर्छ । त्यसैगरी उसले ज्यामितीय एवं रंगका लागि विभिन्न बस्तुहरु ठोस र विभिन्न रंग र आकृतिका काठका टुक्राहरु खेलौनाहरु र ट्रृेहरुको प्रयोग गर्न पाउनु पर्छ भनी मोन्टेसरी ल्याव प्रयोग विधिको स्थापना गरिन् । 
    जसमा बच्चाले आफ्नो शिक्षामाथि आफै नियन्त्रण गर्न सक्थ्यो । कुनै पनि बच्चाको शिक्षाको सुरुवात मोन्टेसरी शिक्षाबाट नै हुनुपर्छ । किन भने मोन्टेसरी शिक्षा अन्तर्गत बच्चाहरुले स्वतन्त्र रुपले पढ्न पाउँछन् । स्कूलको वातावरणमा पहिलो सर्त घुलमिल हुँदा बच्चाहरुलाई धेरै गाह्रो हुने भएकोले उनीहरुलाई खेल्न, मनोरंजन, मोन्टेसरी प्रयोगविधिबाट उनीहरुको शिक्षण सिकाईको सुरुवात गर्नुपर्छ । मोन्टेसरी नमूना अन्तर्गत नै खोज सिकाइ पर्दछ । जसमा विभिन्न ज्ञानका कुरा खोज, अनुसन्धान गरिन्छ र बच्चाहरुलाई सिकाइन्छ । जस्तै : कि स्तनपानीयहरु बारे पढाउँदाखेरि बिराला, ह्वेल, डल्फिन र उँटहरुलाई उदाहरणमा राख्नुपर्छ । मोन्टेसरी अन्तर्गत प्राक्टिकल लाइफ एक्सर्साइज ( पि.एल.इ.) कोर्स हुन्छ । जसमा बच्चाहरुलाई हातको अभ्यास विभिन्न सिकाइ माध्यमले गराइन्छ । स्पोनिङ्ग, विन्स, पोलिसिङ्ग सुज र अन्य थुप्रै सिकाइबाट गराइन्छ । त्यस्तै आफ्नो हेरचाह आफै कसरी गर्ने बारे सिकाइन्छ । वातावरणको हेरचाह गर्ने प्रदुषण नगर्ने, सफा सुग्घर, हुनेबारे सिकाइन्छ र पिएलई को अन्तिम चरणमा चाहि सामाजिक आदर, सम्मान सिकाइन्छ । 
    समाजमा बसेपछि बच्चाले पनि आफूभन्दा ठूलो मान्छेसँग सोसाइटीसँग कसरी कुरा गर्ने सुरुवातमा के बोल्ने ? कुनै कुरा कसरी माग्ने कुनै सामान लिएपछि के भन्ने जस अन्तर्गत नमस्कार, कृपया, धन्यवाद, माफगर्नुहोस्, तपाईलाई कस्तो छु, म सन्चै छु जस्ता सरल र नरम शब्दहरु निस्कने छन् । जुन उद्देश्यले मारिया मोन्टेसरीले मोन्टेसरी शिक्षाको स्थापना गरिन् त्यहि मनसायले अहिले मोन्टेसरी शिक्षा विभिन्न ठाउँमा संचालन भइरहेको छ । कतिपय ठाउँमा कमवेस अर्थात मोन्टेसरीको भन्दा फरक ढंगले मोन्टेसरी स्कूल संचालनमा आएको  हुनसक्छ । नयाँ समयमा नयाँ प्रविधि र सिकाइमा पनि नयाँपन आउन जरुरी छ । मनोवैज्ञानिक बालशिक्षा आजको आवश्यकता भइरहेको छ । तैपनि मोन्टेसरी वेश स्कूलमा डा.मारिया मोन्टेसरीको योगदानलाई नविर्सौं । मोन्टेसरी जगतका पिताकै रुपमा रहनु भएको डा.मारिया मोन्टेसरीले जुन उद्देश्यका साथ स(साना बच्चाहरुको सिकाइ सुरु गर्नुभएको थियो । त्यसमा अझ केही नयाँ कुराथपी ज्ञानको क्षेत्र अझै विस्ताररुपले अगाडी बढाउनुपर्छ । – श्रेष्ठ रोयल एकेडेमिका प्रिन्सिपल हुन् । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मोन्टेसरी शिक्षा आजको आवश्यकता Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top