-

  • नयाँ खबर

    16 October, 2016

    सामूदायिक विद्यालयमा भन्दा महँगो स्कुलमा किन जोड ?



    गीता भण्डारी,
    मध्य नेपाल सन्देश,
    कस्लाई पो रहर हुदैन र राम्रो लाउने मिठो खाने, अनि आरामदायी जिन्दगी विताउने, त्यसमा झन् सरकारी जागीर हुने हो भने त जिन्दगी जीउनुको मजा नै अर्काे हुन्छ होला भन्ने ख्याल मात्रले पनि खुसीको अनुभव गराउँछ, । सरकारी जागीर खाने सोच राखी आम्दानिको बलीयो स्रोत भए घरव्यवहार राम्रो सगँ चल्थ्यो । स्वभाविक कुरा पनि हो । हाम्रो जस्तो गरीब मूलकमा उच्च स्तरको पढाई लेखाई भएता पनि विभिन्न कारणले बेरोजगारी हुनु पर्ने बाध्यताले प्रसस्तै ठाउँ ओगट्न सफल भएको छ भन्दा फरक नपर्ला । शीप साधन, उपयुक्त तालीम श्रम पोख्ने व्यवस्थित कल कारखाना ,औधोगीक क्षेत्रहरुको कमी, जस्ता थूप्रै कारणहरु छन् । जस्का कारणले हाम्रा्े देशबाट ठूलो मात्रामा यूवा वर्गहरु विदेश तिर पलायन हुनुपर्ने बाध्यता लाई हामीले राम्रो सगँ बुझेका छौ, तर सोचनीय कुरा के छ भने जब सरकारी जागीरको चासो हामी सबैलाई यतिको पर्छ भने हाम्रो आर्थिक अवस्था अनुसार हामीले आफ्ना छोरा छोरीलाई चर्काे मूल्य तिरी बोडिङ्ग स्कुलमा (प्राईभेट) नै पढाउने होडबाजी किन होला ? सरकारी स्कूललाई निम्नस्तरको हेरीने एक किसिमको हेपाह सोच अनि उसको बाल बच्चा भन्दा मेरो बालबच्चा किन र के कम भन्ने छोटो मानसिकताले भए नभएको सर्वश्व खर्च गरी बाल बच्चालाई महगों स्कूलमा पढाई सामुदायिक विद्यालयलाई वेवास्था गर्ने हाम्रो प्रविधि बर्षेनी बढ्दो क्रममा छ । नढाटी भन्ने हो भने खास गरी शहर बजार तिरका सामुदायीक विद्यालयहरु बन्द हुने स्थितिमा मात्रै हैन । कतिपय विद्यालय त विद्यार्थीको घट्दो संख्याको कारणले नै गर्दा लोप हुन थालेका घटनाहरु संचार माध्यम मार्फत सार्वजनीक भएको पाइन्छ । यस्तो स्थिति आउनुमा हामीले यसको दोष कस्लाई दिने ? अहिलेको यो परिवर्तीत समयलाई या त हाम्रो सामुदायीक विद्यालय प्रतिको नकारात्मक सोचलाई ? यी कुराहरुको मूल्याङ्कन हुन जरुरी छ । हाम्रो जस्तो गरीब देश त्यसमा पनि बेरोजगारीको पिडाले थलिएर घिस्रदै आफ्ना गुजारा चलाई रहने मध्यम वर्गका व्यक्तिहरुलाई अहिलेको प्रतिष्पर्दाको दूनियामा भई नभएको जोहो गरेर कोही भन्दा कम हुन हुदैन भन्ने संकुचित सोचको कारण मारमा परेको महशुस भईरहेको छ, । एका तिर मंहगीको बढ्दो चाप अर्काे तिर देखासिखी र प्रतिष्प्रदाको यस कठीन समस्या बाट कसरी बाहिर आउन सकिन्छ ? अहिलेको सामुदायीक विद्यालयले सोच्नै पर्ने बेला आएको छ । साच्चीकै सामुदायीक विद्यालय प्रतिस्प्रर्दामा आउन नसक्ने कारण विद्यार्थीको प्राईभेट स्कूल तिरको बड्दो चाप अनि उच्चस्तिरीय पढाइको वातावरण, अनुशासनका कुरा सफा सूघर अनि फररर अंग्रेजी बोल्न नसक्दा आफुलाई कमजोर ठान्ने मानसिक सोचका कारण त हैन ? न्यून वर्गका विद्यार्र्थी पनि सामुदायीक विद्यालयमा पढेर उच्च स्थान ओगट्न सफल भएका प्रसस्तै उदाहरण छन् । हामीसगँ र चर्को मूल्य तिर्ने स्कुूमा पढ्ने विद्यार्र्थीभन्दा कम छैनन् भनी देखाउन जरुरी देखीन्छ र ? सामुदायीक विद्यालयका विद्यार्थी कमजोर हुन्छन् भन्ने गलत सोचलाई गलत सावित गर्न स्कूलकोस्तर, व्यवस्थित कक्षा कोठा उच्च पठनपाठन, उचित रेखदेख र पढाई लेखाईमा कडा प्रतिष्पर्दा गरी खुम्चिएको सोचलाई कसीलो र जोसीलो पार्न सके सामुदायीक विद्यालय त होनि भन्ने जीर्ण सोचाई र थाम्नै नसक्ने खर्चका कारण थलिएका अविभावकले केही राहत पाउने थिए की । सोझा र मध्यम वर्र्गीहरुले खाई नखाई बालबच्चाको भविस्य सुर्धानैका लागी महगों स्कूलमा नै पढाउनु पर्छ भन्ने मानसिकतालाई परिवर्तन गर्न सकिन्थ्यो कि । साथै यसका लागी राज्यले पनि सामूदायीक विद्यालय प्रति ध्यान दिई स्तरीय र गूणस्तरीय बनाउन सके लोप हून थालेका बिद्यालयहरु फेरी स्थापित गर्न सकिन्थ्यो । साथै गरीबीको मारमा परेका हामी सबैले राहत पाउनुको साथै सामूदायीक विद्यालयले प्रथम स्थान पाउने थिए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सामूदायिक विद्यालयमा भन्दा महँगो स्कुलमा किन जोड ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top