![]() |
कविता खड्का |
दाइजोमा २ लाख ५० हजार भारतीय रुपैयाको साथै डेढ तोला सुन दिने सहमति भए अनुसार रकम दिएपछि राती विवाह मन्डपमा सिन्दुर हाल्ने समयमा डेड तोलाको सुनको आंैठी कारण बन्यो । सो बराबरको रकम दिन तयार हुँदा पनि सुनको औँठी नै तत्त्काल माग भएपछि यत्ति निहुँमा विहे भाँडियो । यर्थाथ यत्ति हो । तर रुपान्तरण हुन थालेको समाजमा यतिकै कारण वीरगन्जमा अलपत्र परेकी भारतीय युवती सोनी कुमारीको जीवनसाथी हुने ढोका भने सधैंका लागि बन्द भएन । वीरगन्जकै युवक जटाधारी वर्णवालले बिना दाइजो विहे गरेर लगत्तै देखाइ पनि दिए । वीरगन्जको गहवामाई मन्दिरमा भव्य विवाह भयो । सोनी र जटाधारी बिच बिना दाइजो ।
भारत बिहार बेतीयाका बृजकिशोर वर्णवालकी २२ वर्षिया छोरी सोनीको २०७२ फगुन ३० गते शुक्रबार वीरगन्जको महावीर धर्मशालामा वीरगन्ज लक्ष्मवाका अनुप वर्णवालसंग विहे ह्ुदै गरेका बेला विवाह मण्डपमा सिन्दुर हाल्ने बेलामा अनुपले दाइजोमा कबुल नै नगरिएको सुनको आंैठी मागे पछि त्यही विषयमा बेहुला र बेहुली पक्ष बिच कुटाकुट भएर विहे नै भाडिएको प्रत्यक्षदर्शीको भने भनाइ छ । बिहे भाडिएपछि प्रहरीले बेहुला अनुप र उनका बुबा अंकुर वर्णवालाई नियन्त्रणमा लिएर थुनामा समेत राखेको थियो । विहे भाडिएपछि सोनीका परिवार अलपत्र परेकोे खबर थाहा पाएका रानीघाटका २९ वर्षिय जटाधारीले बिना दाइजो विहे गर्न राजी भएपछि गहवामाई मन्दिरमा सोनी र जटाधारी बिच नमूना विवाह भएको हो ।
घर परिवारले केटी पक्षसंग बढी दाईजो माग गरेकै कारण ३ पटक सम्म विवाह भाडिएको चौथो पटकको प्रयास भने विना दाइजो नै सम्पन्न भएको रहेछ । दाइजोकै कारण विहे नभएको खबरले त मलाइ झनै दुःखी बनायो । घरपरिवारको सहमति विना सोनीसंग विहे गर्ने निर्णयमा आफू पुगें स्वयं जटाधारीले मध्य नेपाल सन्देशलाई बताए । धन सम्पतिसंग मैले विहे गरेको होइन । मैले केटीसंग विहे गरेको हँु । दुःखमा परेकी सोनीलाई आफनो जीवन साथी बनाउन पाउदा म एकदमै खुशी छु जटाधारीको प्रतीक्रिया छ । विहे गरेर अहिले दुवैको जीवन सफल र सुखमय भएको महशुश गरिरहेको बताउँछन् जटाधारी र सोनी ।
विवाह नभाडिएको भए सुनको औठींसँग औधी प्रेमालाभ गर्ने व्यक्तिसँग जीवन विताउन बाध्य हुने थिएँ । पछि थप के के डिमाण्ड हुन्थ्यो ? त्यसको कुनै लेखाजोखा छैन सोनीले भनिन् । जुन व्यक्तिले मान्छेलाई भन्दा औँठीलाई अथाह माया गथ्र्यो । त्यस्तो व्यक्तिसँग जीवन काट्ने कुरा अलि फरक छ । तर बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खटेर मेहनत गर्ने जीवन साथी पाएकोमा म खुशी छु उनले भनिन् ।
विना दाईजो विवाह गरेको कुरालाई धेरैले प्रशंशा गरे पनि महिला हिंसाको एउटा कारक महिला नै हुने कुराले भने यो परिवार पनि अछुतो भने नभएको सो परिवारका नजिकका व्यक्ति बताउँछन् । वर्णवाल परिवारमा पनि आन्तरिक बोलवाला महिला कै चल्ने हुनाले सो परिवारको महिला नेतृत्वका कारण दाईजोकै लागि कहिलेकाँही किचलो हुने गरेको उनीहरुको भनाइ छ । सोनी र जटाधारीले आफनो पारिवारिक दायित्व एक्लैले निर्वाह गरिरहेको पछिल्लो उदाहरण पनि त्यहि हो उनीहरुले भने ।
0 comments:
Post a Comment