• नयाँ खबर

    22 April, 2014

    यस्तो रहेछ फुजेलका कृष्ण अधिकारी हत्याको नालीबेली, को हुन् अधिकारी ? किन मारिए ?


    योगेश ढकाल  गोरखा र चितवनबाट फर्केर
    तस्वीरमा देखिएको चोक यही हो, जहाँ बसिरहेका बेला गोरखाको फुजेलका १९ बर्षे कृष्णप्रसाद अधिकारीको ०६१ सालमा माओवादीबाट अपहरणपछि हत्या भएको थियो । रत्ननगर नगरपालिकाकाको मुलगेटमै छ, बकुलहर चोक ।
    यो चोकमा दुई वर्षअघिसम्म चौतारो थियो, मन्दिरको आडमा । ०६४ सालसम्म नगरपालिकाको भवनसँगै नेपाली सेनाको ब्यारेक थियो । संकटकालको समयमा गाडीका यात्रुले सुरक्षा चेकजाँचका नाममा यहाँ झन्डै एक किलोमिटर पैदल हिँड्नुपर्थो । तर, यतिबेला यहाँ सेनाको ब्यारेक हटेको छ । सडक विस्तारसँगै चौतारो पनि हट्यो । तत्कालीन नेकपा ९माओवादी० का ३ जना कार्यकर्ताले अधिकारीको हत्या गरेको बताइएको चोक यही हो ।
    हत्याको पृष्ठभूमि
    कृष्णप्रसाद अधिकारीको ०६१ साल जेठ २४ गते चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ को बकुलहर चोकमा बेलुका अन्दाजी ८ बजे हत्या भएको बताइन्छ । हाल अनशनरत बाबु नन्दप्रसाद अधिकारीले ०६१ जेठ २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा पेश गरेको किटानी जाहेरीमा सोही कुरा उल्लेख छ । किटानी जाहेरीमा रत्ननगर नगरपालिकाको वडा नम्बर १३ को जयमंगलामा रहेका हजुरबा धनराज अधिकारीलाई भेट्न आएकोमा जेठ २४ गते बेलुका अञ्दाजी ८ बजे नम्बर नखुलेको मोटरसाइकलमा आएका पेस्तोलधारी ३ जना अज्ञात व्यक्तिले हत्या गरेको उल्लेख छ । तर, ०६१ सालको यो घटनाको लहरो चाँहि ०५४ सालबाट तानिँदै आएको फुजेलका स्थानीयको भनाइ छ ।
    फुजेल गाविसको देवकोटा गाउँका दीपक देवकोटा ९विकल्प० ०५४ सालमा फुजेलभन्दा करिब एकघण्टा माथिको भञ्जाङ गाविसको वतासे विद्यालयमा मारिए । स्थानीयका अनुसार देवकोटा त्यतिबेला माओवादीका एरिया कमाण्डर थिए । त्यति बेलासम्म फुजेलमा द्वन्द्वका क्रममा कसैको पनि मृत्यु भएको थिएन । स्थानीयका अनुसार बतासे स्कूलमा चन्दा उठाउन दीपकको टीम गएको थियो । उनीहरु प्रधानाध्यापक नन्दप्रसाद ढकालको कार्यकक्षमा बसेर कुराकानी गरिरहेका थिए ।
    चन्दाको विषयलाई लिएर ढकाल र देवकोटावीच चर्काचर्की भयो । यो दिउँसो साढे ३ बजेतिरको हो । त्यहीबेला बतासे स्कूलनजिकै रहेको ताङलीचोक प्रहरी चौकीबाट प्रहरी स्कुलमा पुगे । प्रहरी आएको जानकारी पाउनेवित्तिकै भाग्न खोजेका देवकोटा एक्कासी प्रहरीको गोली लागेर स्कुलमै ढले ।
    यो घटनापछि माओवादीले बतासे स्कूलका प्रअ ढकाललाई यसको दोष लगाए । प्रहरीलाई सूचना दिएको आरोप लगाएर निशाना बनाएपछि प्रधानाध्यापक ढकालले एकरडेढ महिनामै बतासे स्कूल छाडेको स्थानीयको भनाइ छ । मृतक कृष्णप्रसाद अधिकारी प्रअ नन्दप्रसाद ढकालका नातेदार हुन् ।
    नन्दप्रसादका कान्छी बहिनी(ज्वाइँ  लोकनाथ दाहाल फुजेलकै भैरवाश्रम माविमा पढाउँथे । अधिकारीका चार बहिनीमध्ये दुई बहिनी माइतीमै बसेका थिए । यसमध्ये कृष्णकी जेठी फुपू सुभद्रालाई समेत कृष्णप्रसादको हत्यामा संलग्न भनी नन्दप्रसादले किटानी जाहेरी दिएका छन् । माहिली बहिनी चितवनको रत्ननगर(१३ को जयमंगलामा नन्दप्रसादकी आमा पालेर बसेकी छन् ।
    त्यतिबेला बतासेमा पढाउने ढकाल र भैरवाश्रम माविमा पढाउने दाहाल राजनीतिकरुपमा कांग्रेस पृष्ठभूमिका थिए । माओवादीले ढकाल र दाहालमाथि निगरानी बढाएको र त्यसको बदलाका लागि रामजी तिवारीको उनीहरुले हत्या गरेको दाहालको भनाइ छ ।
    चितवनको जयमंगलास्थित पञ्चकन्या उच्चमाविमा भेटिएका दाहालले कुराकानीका क्रममा माओवादीले उनका भाञ्जा सीताराम तिवारीको हत्या प्रयास गरेको  तर, संयोगवश दाइ रामजी तिवारी परेको बताए । देवकोटा हत्याको बदला सायद रामजीको हत्या गरी लिन खोजेको धेरै स्थानीयले आंशका गरेका छन् ।
    रामजीको हत्यापछि ०५६ सालमा दाहाल चितवनमा सरुवा भई झरे । यही परिवारका सदस्यमध्येका कृष्णको ०६१ मा हत्या भएको हो । त्यसपछि रामजी र कृष्णको हत्याको बदला लिन दहाल र ढकालसमेत अधिकारी परिवारले गोरखा सदरमुकाम र चितवनमा झरेर घटनालाई उचाल्ने रणनीतिकार यिनै शिक्षकद्वय दाहाल र ढकाल हुन् भन्ने आरोप लगाए । यी दुई जनाले नै नुरप्रसादलाई मानवअधिकारवादीहरुको सम्र्पकमा पठाएको पनि उनीहरुको आरोप छ ।
    कृष्ण अधिकारी कसरी मारिए रु
    कृष्णप्रसाद अधिकारीले ०५९ सालमा फुजेलको भैरवाश्रम उच्चमाविबाट एसएलसी परीक्षा दिएका थिए । त्यतिबेला उतीर्ण हुन नसकेका अधिकारीले ०६० साल चैत्रमा पुनः परीक्षा दिएको भैरवाश्रम उच्चमाविका प्रअ टंकप्रसाद देवकोटाको भनाइ छ । यो एक वर्षको वीचमा अधिकारी पोखरा बसेका थिए । अधिकारीका फुपाजु दाहालका अनुसार उनको रहर ब्रिटिश लाहुरे हुने थियो र त्यही अभ्यास गर्न उनी पोखरा गएका थिए । अधिकारीका कान्छा काका ठाकुरप्रसाद अधिकारी नेपाली सेनामा कार्यरत थिए । त्यतिबेला ठाकुरप्रसाद डडेलधुरामा थिए ।
    फुजेलबाट ठाकुरप्रसाद ०५५ सालतिरै चितवन बसाइ सरेका थिए । माइला दाजुको रुखबाट लडेर मृत्यु भएपछि घरमा अंश मुद्दा चर्किएको रहेछ । गाउँलेले अंश मुद्दामा विधुवा माइली भाइबुहारी सीता अधिकारीको पक्ष लिएको तर नन्दप्रसादले अंश दिन नमानेपछि विवाद चर्किर्एको बताइन्छ । त्यसमा मुछिन ठीक नठानेर कान्छा भाइ ठाकुरप्रसाद बा(आमा लिएर चितवनमा झरेका हुन् ।
    माओवादीले भने कृष्णप्रसाद अधिकारी सेनामा भर्ना भएपछि तालिम हुनुभन्दा अगाडि करिब १५ दिन विदाका क्रममा चितवनको बकुलहरमा काकाकाकी, हजुरबा, हजुरआमा र फुपू(फुपाजुलाई भेटन आएको बताउने गरेको छ ।
    स्थानीयले बताएअनुसार पोखराबाट चितवन आएका कृष्णप्रसाद ०६१ जेठ २४ गते बकुलहर चोकको चौतारोमा बसिरहेका थिए । उनी केही कुरा डायरीमा लेख्दै पनि थिए । तीनजना व्यक्तिले पिछा गर्दै आएपछि अधिकारी भाग्ने क्रममा जयमंगलातिर लागेको फुपाजु दाहालको भनाइ छ । त्यतिबेला माओवादीको चितवन जिल्ला कमिटी सम्हाल्नेमा इञ्चार्ज श्रीनाथ अधिकारी र सेक्रेटरी यामप्रसाद परियार ९इन्द्रजीत० थिए ।
    ‘मुक्ति’को नेतृत्वमा आएका तीन जना माओवादीले अधिकारीलाई अपहरण गरेको बताइएको छ । अपरहण गरेकै दिन साढे ५ बजेतिर माओवादीले फुपाजु दाहाललाई फोन गरी जिम्मा लिन भनेका थिए । तर, दाहाल नगएपछि घटनाले अर्को मोड लिएको स्थानीयको टिप्पणी छ । बकुलहर चोकबाट जयमंगला २ किमी टाढा पर्छ । अपहरणपछि माओवादीले खानतलासी गर्दा अधिकारीको साथबाट माओवादीका बारेमा लेखिएका केही कागजात र नेपाली सेनाको अस्थायी परिचयपत्र भेटिएको भनिएको छ ।
    अहिले १३ जनालाई मुद्दा चलाइए पनि घटनामा तीनजनाको मात्रै संलग्नता रहेको माओवादी दाबी छ । उक्त घटनामा संलग्न तीनजनामध्ये मुक्ति भनिने र अर्को एकजनाको सेनाको कारबाहीमा मृत्यु भएको र रुद्र आचार्य वेलायतमा रहेकाले केही खुल्न नसकेको स्थानीय एक माओवादी नेताले बताए ।
    अधिकारीको हत्या गरेको जिम्मा लिँदै माओवादीले बकुलहर र पिठुवा गाविसमा कोणसभा समेत गरेको पनि फुपाजु दाहालको जानकारीमा छ । माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी यामप्रसाद परियार ९इन्द्रजीत० चाँहि घटनाबारे आफुले भन्दा पनि पार्टीले संस्थागत रुपमा बोल्ने भन्दै थप कुराकानी गर्न मान्दैनन् ।




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you



    बलिउड नायक भन्छन ‘नेपालका डाँडामा घर बनाएर बस्न पाउँ’ ।

    बलिउड नायक अर्सद वार्सी,

    बलिउड नायक अर्सद वार्सी हालै मात्र नेपाल भ्रमण गरि फर्किएका छन् । अन्नपूर्ण क्षेत्रमा पदयात्राका लागि आएका उनले १५ दिन नेपालमा बिताए । नेपाल आएकै दिन उनले मिस नेपाल २०१४ का प्रतिस्पर्धीसँग अन्तरक्रिया गर्नु बाहेक खासै औपचारिक कार्यक्रममा सहभागी भएनन् ।
    अमेरिकामा हुन लागेको आइफा अवार्डमा सहभागी हुन फर्किन लागेका वार्सीले दि हिमालयन टाइम्स दैनिकसँग कुरा गर्दै नेपाल भ्रमण अविस्मरणीय रहेको बताए । जुन महिनाअघि फेरि नेपाल आएर घुम्न चाहेको उनले खुलाए ।
    ‘डेढ इस्किया’ रिलिजपछि नेपाल आएका उनले ‘गुड्डु रंगीला’ फिल्म बनाउन लागेको बताए । प्रस्तुत छ, वार्सीसँग हिमालयन टाइम्सले गरेको कुराकानीको आशिंक भावअनुवाद(
    नेपाल भ्रमणमा तपाई कसरी आइपुग्नुभयो बताइदिनुस न । के यो पहिलोपटक हो र रु
    मेरा बालककालका साथीहरु जो बिभिन्न देशमा बसिरहेका छन, उनीहरुले एक दिन मलाई भने कि हामीहरु ट्रेकिङका लागि नेपाल जाँदैछौं । मैले यो महत्वपूर्ण अबसर गुमाउन चाहिन् र मेरा सवै योजनालाई थाती राखेर यहाँ आएँ । यो मेरो पहिलो नेपाल भ्रमण हो ।
    नेपालको सवैभन्दा धेरै के मन पर्यो रु
    यहाँका मानिसहरु, जुन तरिकाको यहाँको शहर छ यी सवै कुरा मन पर्‍यो । यहाँका मानिस मेहेनती र इमान्दार लाग्यो । मलाई सवैभन्दा अचम्मचाहिँ ठमेल पुग्दा लाग्यो । त्यहाँ त सवै चीज पाइने रहेछ । मैले धेरै सपिङ गरेँ ।
    नेपालको यात्रा अनुभव कस्तो रह्यो रु
    ट्रेकिङबाहेक अन्त म धेरै घुमिन, त्यसैले धेरै अनुभव गर्न पाइन । जुन महिनाअघि नै फेरि एकपटक नेपाल आउने मेरो योजना छ, जतिबेला मौसम बिग्रिसकेको हुनेछैन । नेपाल आएकै दिन मैले मिस नेपालका सवै प्रतिस्पर्धीलाई भेटन पाएँ । उनीहरु सवै सुन्दर र स्मार्ट लाग्यो ।
    तपाईले नेपाल र भारतवीच केही समानता पाउनुभयो रु
    साँच्चै भन्नुपर्दा धेरै कुरामा समानता रहेछ । हाम्रो खाना, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता लगायतका धेरै कुरा । मलाई आफ्नै घरजस्तो लाग्यो ।
    यो भ्रमणको बिर्सनै नसक्ने कुनै एक कुरा रु
    मलाई त नेपालका पहाडी डाँडामा एउटा घर किनेर केही समय बिताउने मन छ । ट्रेकिङको पुरै अनुभव निकै रोमाञ्चक रह्यो । प्रकृतिको बिचमा आँखै अगाडी अन्नपूर्ण लगायतका हिमाल हेर्न पाउनु साँच्चै अबिश्वसनीय अनुभव थियो । कुनै एउटामात्र कुरा भन्न गाह्रो छ, कतिपय अनुभव शब्दमा ब्यक्त गर्न नसक्ने खालका छन् ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    यसरी तोकिएको थियो प्रचण्ड, बाबुराम र वैद्यको टाउकाको मोल सुराकीलाई बाँडिएको सरकारी खर्च अहिलेसम्म बेपत्ता ।

    एमाओवादी नेताको टाउकाको मोल तोक्ने तत्कालीन मन्त्रिपरिषदमा रकम बाँड्ने जिम्मेवारी जसले सम्हालेका थिए, अहिले पनि उनै व्यक्तिका हातमा अर्थ मन्त्रालय रहेको छ । यद्यपि त्यतिबेला माओवादी नेता, कार्यकर्ता समातेवापत अर्थमन्त्रालयले कति रकम गृहमन्त्रालयमार्फत बाँडेको थियो भन्ने सूचनाचाँहि अहिलेसम्म गोप्य छ । 
    प्रचण्ड, बाबुराम, मोहन वैद्यलगायतका माओवादी नेताको मूल्यनिर्धारण त्यसबेला औपचारिकरुपमै क्याबिनेट बसेरै गरेको थियो । ०५९ सालमा त्यस्तो प्रस्ताव गृहमन्त्रालयले क्याबिनेटमा पेश गरेर स्वीकृत गराएको हो । मन्त्रिपरिषदबाट पारित प्रस्तावको पहिलो बुँदामै भनिएको थियो, ‘आतंककारीहरुका मुख्य नाइके डा। बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड र मोहन वैद्य किरणलाई पक्राउ गर्न सुराक दिने या नियन्त्रणमा लिई सुरक्षाकर्मीलाई बुझाउने व्यक्तिलाई रु ५० लाख दिने ।’
    मन्त्रिपरिषदको निर्णयपछि गृहमन्त्रालयद्वारा जारी सूचना एवं सरकारी मिडिया गोरखापत्रमा प्रकाशित समाचारमा ‘जीवित वा मृतावस्थामा बुझाउनेलाई’ पुरस्कार दिने भन्दै प्रत्यक्षरुपमै मन्छे मार्न प्रोत्साहित गरिएको थियो । जबकि त्यसबेलाको संविधानमै मृत्युदण्डको प्रावधान थिएन ।
    क्याबिनेटको निर्णयको व्याख्या गर्दै त्यसबेला तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले रिपोर्टस क्लबको कार्यक्रममा बोल्दै झोलामा टाउको लिएर आउन र पैसा लिएर जान आग्रह गरेका थिए ।
    मान्छे मारेर झोलामा टाउको बोकेर आउन मन्त्रीले नै यस्तो आग्रह गरेको केही दिनमै कपिलवस्तुलगायतका जिल्लामा माओवादी प्रतिकार समितिका नाममा जनताको घर वस्तीमा आगो लगाउने र जिउँदै घिसारेर मानिसको हत्या गर्ने काम भएको थियो । त्यस्तो कार्यमा सहयोग गर्ने त्यहाँका स्थानीय सैनिक कमाण्डर कुमार लामा अहिले बेलायतको जेलमा थुनिइसकेका छन् । सो स्थलमा केही मन्त्री हेलिकोप्टर चढेर पुगेका थिए र आगोमा घिऊ थपेपछि सयौं घरमा सरकारी संरक्षणमा आगजनी गरिएको थियो । 
    प्रचण्ड, बाबुराम र मोहन वैद्यको मूल्य ५० लाख तोकिएको थियो भने पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, नन्दकिशोर पुन पासाङ, सीपी गजुरेलको मूल्य मन्त्रिपरिषदले प्रतिव्यक्ति ३५ लाख मात्र निर्धारण गरेको थियो । माओवादीका अन्य केन्द्रीय सदस्यको मूल्य २५ लाख तोकिएको थियो । ब्यूरो इञ्चार्ज र प्लाटुन कमान्डरको मूल्य १० लाख तोकिएको थियो ।

    त्यसरी पुरस्कृत गरिएको व्यक्तिलाई सरकारले सुरक्षा दिने रोजगारीको व्यवस्था गर्ने र आर्थिक स्रोत गोप्य राख्ने निर्णय गरेको थियो । यस्तो निर्णय गर्नेमध्येका डा। रामशरण महत र महेश आचार्य त्यसबेला पनि मन्त्रीमण्डलमा थिए । शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, बलबहादुर केसी, जेपी गुप्ता, शरतसिंह भण्डारी, विजयकुमार गच्छदार, आमोदप्रसाद उपाध्यायलगायतका कांग्रेस नेताहरुले यस्तो निर्णय गरेका थिए । सरकारले गरेको टाउकाको मूल्य तोक्ने निर्णयमा एमालेको संलग्नता थिएन ।
    तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले यो निर्णयको आलोचना गरेका थिए । तर, अहिलेका केही चल्तापूर्जा मानव अधिकारवादीहरुले त्यसबेला गरिएको यस्तो मूल्य निर्धारणप्रति कुनै विरोध जनाएका थिएनन् ।
    सबैभन्दा रहस्यपूर्ण एवं खोजी हुनुपर्ने विषय के छ भने त्यसबेला मान्छे पक्राएवापत कति व्यक्तिलाई कति रकम पुरस्कारका रुपमा बाँडियो रु कतिलाई रोजगारी दिइयो र कतिलाई विदेश पठाइयो रु यसको पनि लेखाजोखा भएको छैन । यसबारे अर्थमन्त्री डा। रामशरण महत पूर्णरुपमा जानकार रहेको अनुमान गर्न सकिन्छ । किनभने त्यसबेलाको क्याबिनेट निर्णयमा भनिएको थियो, ‘यसका लागि आवश्यक पर्ने रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयको नाममा दिने ।




    ’कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you



    एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि वीरगञ्जलाई

    फाइनलमा वीरगञ्जले डिफेण्डिङ च्याम्पियन एपीएफलाई ३ विकेटले पराजित गर्‍यो ।, 

    ८ बैशाख, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै क्षेत्र नम्बर २ वीरगञ्जले पेस्सी स्ट्याण्डर्ड चार्टर एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ ।
    मंगलबार भएको फाइनलमा वीरगञ्जले डिफेण्डिङ च्याम्पियन एपीएफलाई ३ विकेटले पराजित गर्‍यो । उसले १ लाख ५० हजार पाएको छ भने एपीएफले १ लाखमा चिक्त बुझाएको छ ।
    कीर्तिपुरमा एपीएफले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य वीरगञ्जले सात बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । वीरगञ्जको सुरुवात भने खराव थियो । स्कोर बोर्डमा ८ रन जोड्दा ओपनर अनिल साहलाई गुमाएको वीरगञ्जले कुल ३१ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।
    तर, उसको पारी अमित श्रेष्ठ र आरिफ शेखले सम्हालेका थिए । अमित र आरिफले १ सय ४७ रनको साझेदारी गरे । आरिफ पाँचौ विकेटका रुपमा व्यक्तिगत ७० रनमा आउट । ओपनर अमित भने जित पक्का गर्नुअघिको बलमा आउट भएका थिए । उनले ८८ रन बनाए । एपीएफका भुवन कार्कीले ३ विकेट लिए भने रितेश सिंह र संजम रेग्मीले समान २(२ विकेट लिए ।
    यसअघि पहिले व्याटिङ गरेको एपीएफले ४६।१ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । उसका लागि आकाश गुप्ताले ४५ बलमा ८ चौका र ४ छक्काको मदतमा ६९ रन बनाएका थिए ।
    वीरगञ्जका कुमार थापाले चार विकेट लिए भने रामनरेश गिरीले तीन विकेट लिएका थिए । onlinekhabar.com




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    20 April, 2014

    पत्रकार महासंघ बारा कमल उपाध्यायको नेतृत्वमा ।



    बारा ७ कलैया ।
    नेपाल पत्रकार महासंघ बारा शाखाको अध्यक्ष कमल उपाध्याय,उपाध्यक्ष राकेश पाण्डे ,सचिव जयलनारायन ,सह सचिव संजय तिवारी ,कोषध्यक्ष भैयाराम साह,सदस्यहरुमा पुष्पराज खतीवडा,अजय साह,विदुर खड्का,सिवसंकर मिश्र,अप्सरा पुडासैनी,सतिस श्रेष्ठ,पन्नालाल दास, वृजमोहन कुश्वाहा लगायत बिजयी भएकाछन् ।
    मत परिणाम अनुसार १२ जना पार्षदको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार लक्ष्मी साह, पवन यादव, गम्भीरा सहनी, गोकुल घोरसाईने, रमेश सुवेदी, सुवास प्रसाद साह, गुरु गौतम, सत्य प्रकाश श्रेष्ठ, रामेश्वर मेहेता, भोजराज भट्टराई, रेशम तिवारी, सिकेन्द्र पासवान, रहेका छन् । यसअघि महासंघ बारा शाखाको सभाकक्षमा भएको अधिवेशनको उद्घाटन जिल्ला न्यायशीश नारायण प्रसाद पोखरेलले गर्नुभएको थियो । महासंघ बारा शाखाका अध्यक्ष लक्ष्मी साहको अध्यक्षतामा भएको अधिवेशन उदघाटन सत्रमा सामुदायिक रेडियो प्रशारक संघ अकुराबका महासचिव गोविन्द देवकोटा, नागरिक समाज बाराका अध्यक्ष सुखप्रसाद चौधरी, नेपाल पत्रकार महासंघ पर्साका सचिव कृष्ण उदास खनाल, मधेसी जनअधिकार फोरम गणतान्त्रीकका केन्द्रीय सदस्य उमेशलाल दास, राष्ट्रिय सहकारी केन्द्रीय संघका संचालक कृष्ण पौडेल लगायत विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए । कृष्ण उदास खनालको फेसबुक प्रोफाईलबाट साभार ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    19 April, 2014

    सशस्त्र प्रहरी र स्थानिय विच झडप दर्जनौँ घाईते ३ गम्भीर


    गम्भीर धाईतेको वीरगंज स्थित नारायणी उप–क्षेत्रिय अस्पतालमा उपचार हुदैँ ।

    ६ बैशाख, पर्सा
    पर्साको सिमावर्ति शहर भिष्वामा सशस्त्र प्रहरी र स्थानिय वासिन्दा विच झडप हुदाँ दर्जनौँ घाईते ३ जना गम्भीर भएका छन् ।
    दसौता ७ का राजधर यादवले भारतिय बजार सिक्टावाट गहुँ राख्नका लागि ड्रमकिनेर ल्याउने क्रममा सशस्त्र प्रहरी बेश क्यमप भिष्वाले उनलाई रोकी हातपात गरेको देखेर स्थानियले सशस्त्र प्रहरी विरुद्ध नाराबाजि गर्दा सशस्त्र प्रहरीले लाठि चार्ज गरेकाले गाउलेले डुङगामुडा गरेको स्थानियले बताएका छन् । भने शसस्त्र प्रहरीले भन तस्करलाई पक्रेको विरोधमा गाउँलेले डुङगामुडा गरेकाले साम्य पार्न लाठीचार्ज गरेको बताए । दुबै तर्फको झडपमा परि भिष्वा ३ का ३५ वर्षिय रविसंकर रौनियार, ५ का १९ वर्षिय अशोक कुमार, ८ का ३२ वर्षिय महवुव मिया गम्भीर घाईते भएका छन उनिहरुको वीरगंज स्थित नारायणी उप–क्षेत्रिय अस्पतालमा उपचार भईरहेका छन भने, सशस्त्र प्रहरीका प्रहरी निरिक्षक रामकुमार फिउजु, प्रहरी सहायक निरिक्षक प्रेम बहादुर कार्कि, प्रहरी हवलदार धन बहादुर थापा र गाउँलेका तर्फवाट भिष्वाका मोहन पासवान, महबुव आलम, रवि रौनियार, सुनिल जैसवाल, अशोक साह, मजीलाल साह, महमद मन्सुरी र नमाजी मिया लगायत एक दर्जन भन्दा वढी गाउँले धाईते भएका छन् घाईतेको उपचार स्थानिय किल्नीक र भारतीय वजारहरुमा भईरहेको छ । यता सशस्त्र प्रहरीका घाईतेहरुको उपचार भने भारतिय बजार सिक्टा स्थित किल्नीकमा भईरहेको घटना स्थल पुगेका नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक बासुदेव खतिवडाले जनकारी गराउनु भएको छ । भने अहिले घटना स्थलमा पुगेका सशस्त्र प्रहरीका प्रहरी नायब निरिक्षक मोहन क्षेत्रि र गाउले विच वर्ता भईरहेको छ । 




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    पत्रकारको लागि सबैभन्दा खतरनाक देश, जहाँ क्यामरा सहित एके ४७ ले रिपोर्टिङ गरिन्छ ।

    यो तस्विर कोई आतंकवादीको होईन बल्कि एक पत्रकारको हो । यो त्यो देश हो जहाँ रिपोर्टिग का लागि एक पत्रकारको क्यामरा को साथमा एके ४७ को समेत जरुरी पर्ने गर्दछ ।




    न्यूयॉर्कस् एक अमेरिकी संस्था ने सीरिया को पत्रकारों के लिए दुनिया में सबसे खतरनाक देश बताया है। पत्रकारों की अनसुलझी हत्याओं के आधार पर तैयार किए जाने वाले अपने सालाना रिपोर्ट में इसका उल्लेख किया है। रिपोर्ट में पत्रकारों की हत्या के अनसुलझे मामलों को देश की कुल जनसंख्या के अनुपात के प्रतिशत के रूप में देखा जाता है ।
    न्यूयॉर्क आधारित कमेटी टू प्रोटेक्ट जर्नलिस्ट्स ९सीपीजे० के अनुसार युद्ध से जर्जर सीरिया में काम कर रहे पत्रकारों के लिए हाल में सबसे बड़ा ख़तरा लक्षित हत्याओं ९टारगेटेड मर्डर० की बढ़ती संख्या है। सीपीजे ने कहा, ‘‘अपहरणों की संख्या में अभूतपूर्व बढ़ोत्तरी और गोलीबारी और संघर्ष में मरने वालों की संख्या में इज़ाफा सीरिया को पत्रकारों के लिए विश्व में सबसे ज्यादा खतरनाक देश बनाता है।’’ 
    सूचकांक में इराक पत्रकारों की हत्या को सुलझाने में नाकाम रहने के कारण अब भी सबसे उपर बना हुआ है। निगरानी संस्था के अनुसार दूसरे स्थान पर सोमालिया और फिलीपीन तीसरे स्थान पर है। सर्वे के शुरूआत ९द्दण्ण्ड० से ही इराक में पत्रकारों की हत्या के ज्ञण्ण् मामलों में ज्ञण्ण् प्रतिशत दंडमुक्ति के कारण सूची में उच्च स्तर पर बना हुआ है। 
    सीपीजे के अनुसार सर्वेक्षण के प्रारंभ होने के बाद से इराक में द्दण्ज्ञद्द ऐसा पहला साल था जब अपने काम के दौरान पत्रकारों के मरने का कोई मामला सामने नहीं आया, लेकिन द्दण्ज्ञघ में ज्ञण् पत्रकारों की मौत हुई जिसमें से ढ हत्याएं थीं। सोमालिया में भी द्दण्ज्ञघ में चार पत्रकारों की हत्या हुई।
     जिन देशों में पांच या उससे ज्यादा अनसुलझे मामले होते हैं उन्हीं को सूचकांक में शामिल किया जाता है। इस साल ज्ञघ देश इस सूची में हैं जबकि पिछले साल ज्ञद्द ही थे। निगरानी संस्था के मुताबिक पीड़ितों में ढट प्रतिशत लोकल रिपोर्टर होते हैं, जो वहां पर राजनीति, युद्ध अथवा भ्रष्टाचार की रिपरेटिंग करते हैं।
    स्रोत : सीरीया पत्रकारों

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    महिलाको सक्रियतामा सरसफाई ।

    महिलाको सक्रियतामा आयोजित सरसफाई 


    पर्सा ६ बैसाख,
    बचत महिला समुहको आयोजनामा आज तेजारथ टोल १६ को सरसफाई कार्यक्रम समपन्न भएको छ । 
    दशकौ देखि फोहर रहेको नाला फोहरले पानिको समेत निकास नभई वर्षाको मौसममा घरमै पानि जम्ने र लामखुट्टेको प्रकोपलाई नियन्त्रण गर्ने उदेश्यले महिला समुह गठन गरि हप्ताको एक दिन सरसफाईको आयोजना गर्ने महिला समुहकी अध्यक्ष सावित्रि साईले बताईन् । उनले भनिन पटक पटक वीरगंज उप–महानगरपालीकालाई नालाको सरसफाई र पानिको निकासका लागि गुहार्द समेत नगरपालिकाले सरसफाई नगरेको कारण हामिहरु महिला समुह गठन गरी सरसफाई गरेको बताईन् । महिलाको सक्रियतामा आयोजित सरसफाई कार्यक्रममा वडा प्रहरी कार्यलय श्रीपूर, वडा नम्बर १६का टोल निवासि अगुवाहरुले साथ दिएका थिए । आज भएको सरसफाईमा दुर्गा मन्दिर अगाडी रहेको नालाहरुको सरसफाई र पानिको निकासका लागि व्यवस्थापन गरिएको समुहकी सदस्य मिना दनुवारले बताईन् । सरसफाई कार्यक्रममा वडा सचिव मदन कुर्मि, वडा प्रहरी कार्यलय श्रीपुरका प्रनानि मिन बहादुर कार्कि, प्रहरी जवान उपेन्द्र चौधरी, बलराम सिह, दिपक अधिकारी लगायत स्थानिय देवकि तिमलसेना, विनोद यादव, दिपक कुवर, अरुणा राण लगायतको सहभागिता रहेको थियो ।  




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    16 April, 2014

    कारागारमा समता स्कुलको स्थापना





    बैशाख ३ पर्सा
    जियालाल साह 
    कैदिसंगै कारागारमा कैदीबन्दी जीवन विताईरहेका उनका छोराछोरीहरुका शिक्षा दिक्षाका लागि समता स्कुलको आज एक समारोहका विच उदघाटन समपन्न भएको छ । उदघाटन कार्यक्रममा कलाकार हरिवर्ष अचार्य, मदनकृष्ण श्रेष्ठ, डा.उपेन्द्र महतो, पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय लगायतकाले संयूक्त रुपमा रिवन काटेर स्कुलको उदघाटन गर्नु भएको हो । 
    समता शिक्षा निकेतनको सहयोगमा १५ लाखको लगानिमा निर्माण भएको यस स्कुलमा ३ सय भन्दा वढी बालबालिकाहरुलाई पढाईने गरी १५÷२०को ६ कोठे भवन निर्माण गरिएको समताका संस्थापक उत्तम सञ्जेलले जनकारी गराउनु भएको हो । उनले भने शुरुवातमा शुशिकक्षा देखि कक्षा ५ पढाईहुने यस स्कुलमा अंग्रेजी माध्यममा पढाईहुने र निकट भविष्यमै उच्च शिक्षाका लागि क्यामपसको पनि स्थापना गर्ने वहाले जनकारी गराउनु भएको हो । कारागारमा निर्मित समता स्कुलको सम्पुर्ण लगानि उधोगी डा.उपेन्द्र महतोले सहयोग गरेको हो भने यस वर्षका लागि विधार्थीहरुलाई चाहिने सम्पुर्ण किताब, कपि र पोसाकको खर्च चर्चित महजोडी कालाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश अर्चायले गर्ने संस्थापक सञ्जेलले जनकारी गराउनु भयो । हाल १५ सय भन्दा बढी कैदी रहेको यस वीरगंज कारागारका मात्रै ७४ जना विद्यार्थीहरु पढाईका निमित सम्पर्कमा आईसकेको कारागारका प्रमुख धिरज मरासैनीले जनकारी गराउनु भएको हो । 
    कार्यक्रममा उधोगी डा.उपेन्द्र महतोले कारागारमा विभिन्न मुद्दामा कैदी जीवन विताईरहेका व्यक्तिको छोरा–छोरीहरु मतृत्वको कोखबाट पढनौका लागि छुटिएर विभिन्न संस्थाहरुको माध्यमले अन्यत्र सहरहरुमा जाने गर्दथ्यो तर कारागार परीसरमै स्थापना भएको यस स्कुलले कैदीवन्दी विताईरहेका आमाबुवाको मातृत्वबाट बञ्चीत नभई उनीहरुलाई समेत राम्रो सन्देश जानुका साथै भोलिका यी स–साना बालबालिकाहरुको भविष्यपनि उज्जवल हुने बताउनु भएको हो । त्यसैगरी कार्यक्रममा कालाकार हरिवंश अचार्यले भने समता शिक्षा निकेतनको विभिन्न विधालयको उदघाटनमा गए तर यस कारागार परिसरमा निर्माण भएको विधालयले भने निकै हृदय छोएको बताउनु भएको हो । यस स्कुललाई संस्थागत रुपमा विकास गरेर जानु पर्नेमा समेत कालाकार हरिवंशले जोड दिनु भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय, पत्रकार विजय पाण्डे, कालाकार मदन कृष्ण श्रेष्ठ लगायतकाले आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो । भने कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल, प्रहरी उपरिक्षक धिरज प्रताप सिह, उधोग वाणिज्य संघका अध्यक्ष अशोक बैध, स्थानिय विकास अधिकारी गजेन्द्र ठाकुर, प्रमुख सेनानी सुरेश हामाल लगायतको उपस्थिति रहेको थियो । 






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नैहाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    14 April, 2014

    एक वर्षपछि सम्हालिने कोशिस गर्दै, धोरेका अग्नी पिडित परिवार (एक वर्षपछि फलोअप)



    बैशाख १ धोरे (पर्सा) —
    जियालाल साह
    सुख्खा मौसममा पश्चिमको तातो हावाहुरी चल्दा गतवर्ष आजैको दिन आगलागिले पर्साको धोरेमा ८८ घरगोठ जलेर सखाप भएको थियो ।
    २०७० बैशाख १ गते ६८ बर्षिय रामानन्द सहनीको घरवाट सुरु भएको आगोले गाउका ८८ घरगोठ सखाप भएको थियो । सहनीका ससाना नाति–नातिनाले खेल्दाखेल्दै सलाई कोरेपछि फैलिएको आगोले क्षण भरमै वडा नं २,७ र ९ को दलित बस्ती सखाप बनाएको थियो । आगलागीबाट ५ करोड रुपैया बराबरको धनमालको क्षती भएको थियो । आज एकवर्षपछीको फलोअपमा सहनीले त्यो दिन सम्झदा अहिले पनि डरले काम्छु, उनले भने जीवनमै मैले त्यस्तो भिषण आगलगीको घटना नदेखेको नःत भोगेको थिए । घटना समझदै उनले भने अहिले पनि कुनै गाउमा आगो लागेको सुनेपछि मेरो मनमा अज्ञात डरले बास गर्न थाल्छ ।’ १ बर्ष अघिको उक्त त्रासदीपूर्ण घटना सम्झन पनि चाहदैनन् सहनी ।
    पर्सा जिल्लाकै ठुलो आगलागी भएकाले समाजवाट सहयोग पाईयो साथै अब अग्नी पिडित परीवार बिस्तारै सम्हालिने कोशिस गरिरहेको अर्का स्थानीय ज्ञानचन्द्र रामले बताए । उनलेभने आगलागीले उठीबास भएपनि जीवन त चल्नै प¥यो,’ ‘जीवन रुपी गाडीको पांग्रा बिस्तारै सडकमा गुडाउने कोशिस चल्दै छ हाम्रो ।’ अर्का अग्नीपिडित हरिन्द्र राम, रामानन्द मात्र होइन गाउका सबै अग्नि पिडित परीवार तथा अन्य समेत आगलागी हुने भयले सर्तक रहेको बताउछन् । ‘हाम्रो भाग्यमा जस्तो दुःख र पिडा भोग्न लेखेको थियो त्यो त हामीले भोगीनै सक्यौं,’ हरिन्द्रले भने‘तर भविष्यमा फेरी त्यसो त्रासदीपूर्ण घटना नदाहोरिन दिनका लागि हामी अत्यन्त सचेत छौ ।’
    आगलागिले उठिबास भएको धोरेबासीको पुर्नबासका लागि ह्याविट्याट,हेल्भेटास,वीरगंंज उद्योग वाणिज्य सघ जस्ता संघ संस्थाको लगानीमा सबै पिडित परिवारका लागि घर बनाइएको छ । जस्ता छानाले छाएको, बास र खरले ठड्याएको घर प्रत्येक अग्नि पिडित परिवारका लागि बनाइएको छ । सबै घरमा दुई दुई वटा कोठा छन् । टिकाउ र बलियो बनाउन ह्याविटाटका प्राविधिकले आफै जस्ता छाउने र घरमा प्रयोग भएका बांसमा बिभिन्न रसायन हालेर प्रशोधित गरेका थिए । अग्नी पिडितको घर बनाउन ह्याविटाट र हेल्भेटासले आर्थिक तथा प्राविधिक लगानी समेत गरेको थियो भने वीरगंज उद्योग वाणिज्य संघको पहलमा संकलित १० लाख रुपैया बढि राहत समेत लगानी गरिएको थियो ।
    एकवर्ष पहिला भएको घटनावाट उनि धेरैकुरा सिकेको बताउछन् । अब केटाकेटीको भन्दा ठूला मानिसकै असावधानीले यसरी आगो लागेका निष्कर्श निकाल्दै आफ्नै छरछिमेकमा उनले सुख्खा मौसममा सलाई केटाकेटिको पहुच भन्दा टाढा राख्न लगाएको बताए । उनले भने जे हुन थियो भई गयो,मेरो निधारमा कहिल्यै नमेटिने कलंकको टिका लाग्यो, अहिले पनि गाउमाा शिर ठड्याएर म हिडन् नसकेको बताए । तराईका ग्रामिण बस्तीमा अधिकांश आगलागीका घटना कि बालबालिकाले आगो खेल्दा, कि लामखुट्टे धपाउन बाल्ने घुर नत्र आगो जोगाएर चुलोमा राख्नु कारण हुने भएकाले अब सबै यस तर्फ सचेत हुन आवश्यक रहेको रामानन्द बताउछन् ।






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    12 April, 2014

    प्रहरी महानिरीक्षक भन्छन्, खरेल चेन अफ कमाण्डमा छन्





    धनगढी, चैत्र २९ 
     प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनभित्र चेन अफ कमाण्ड सवैले मान्नुपर्ने बताएका छन् । चेन अफ कमाण्ड सवैले मान्नैपर्छ पर्छु, शनिबार धनगढीमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा महानिरीक्षक अर्यालले काठमाडौका प्रहरी प्रमुख एसएसपी रमेश खरेलका सम्बन्धमा गृहमन्त्री वामदेव गौतमले हालै व्यक्त गरेको भनाईमा उनले प्रहरीभित्र सबैले चेन अफ कमाण्ड मान्नुपर्ने धारणा राखेका हुन् । गृहमन्त्रीले केही दिनअघि काठमाडौं प्रहरी प्रमुख खरेललाई सेलिब्रेटी बन्न खोजेको आरोप लगाएका थिए ।
    ुएसएसपी खरेलले चेन अफ कमाण्डको परम्परालाई मानेका छन् कि छैनन्ु भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा प्रहरी संगठन प्रमुख महानिरीक्षक अर्यालले खरेलले चेन अफ कमाण्ड मानेको बताए । ुमलाई लाग्छ खरेलले चेन अफ कमाण्ड मेन्टेन गरेका छन्ु, महानिरीक्षक अर्यालले भने । उनले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० हरुको हालसम्म बढुवा हुन नसकेर प्रहरी प्रशासनका दैनिक कामहरुसमेत प्रभावित भएको बताए । प्रहरी महानिरीक्षक अर्यालले शनिवार धनगडीमा सुदुरपश्चिम क्षेत्रिय प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरीे र स्थानीयवासीको सहकार्यमा सञ्चालन गरिने बस्ती भेटघाट कार्यक्रमको शुभारम्भ गरे ।
    जनता र प्रहरी बिचको सम्वन्धलाइ प्रगाढ बनाउन तथा शान्ति सुरक्षामा जनसहभागिता गराउने उद्देश्यका साथ बस्ती भेटघाट कार्यक्रम अभियानकै रुपमा सुदुरपश्चिमका ९ वटै जिल्लामा बिस्तार गरिने सुदुरपश्चिम क्षेत्रिय प्रहरी प्रमुख डीआईजी जयबहादुर चन्दले जानकारी दिए ।




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    मसुरोको दाउनी

    मसुरोको दाउनी  :– किसानले केहि आमदानी गर्नका लागि मेनरोडमै मसुरोवाली राखि गाडि आउने जाने गरी मसुरोको दाउनी हुने गर्दछ । तर यस प्रकारको दाउनीले राम्रो दाना भएपनि दुर्घटना हुने जोखिम हुन्छ । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    यस्तो रहृयो ७० सालमा पुस्तकको बजार, ०७१ मा पूर्वराजाको आत्मकथा आउँदै

    फोटो :- बहकिने मन 


    २९ चैत, काठमाडौं ।
    कविता विधाका सशक्त तीन प्रतिभाहरुलाई पुस्तकाकार रुपमा उभ्याउँदै अनि गैरआख्यान(आत्मकथाका हकमा अथाह बजारको सम्भावना देखाउँदै ०७० सालले बिदा मागेको छ । साहित्यका अन्य विधामा भने ‘शून्य साल अफाप हुन्छ’ भन्ने लोकोक्ति सिद्ध भएको छ । यसै वर्ष साहित्य विधाले जगदिश घिमिरे, कृष्णप्रसाद पराजुली, राममणि रिसाल आदिलाई पनि गुमाएको छ ।
    ०७० मा एनसेल साहित्यिक महोत्सव, तीनवटा पुस्तक मेलाबाहेक उल्लेख्य साहित्यिक क्रियाकलाप केही भएनन् । बरु अनुसन्धानका नाममा आफ्ना आसेपासेहरुलाई पैसा बाँड्ने र बिनाकाम भत्ता खानेहरुका रुपमा आलोचित हुँदै आएका प्रज्ञा प्रतिष्ठानका ‘दलीय’ पदाधिकारीहरु पदावधि सकिएर बिदा भए । उता सयौं साहित्यकारको स्वामित्व भएको पुरानो प्रकाशन संस्था साझा प्रकाशन बेथिति मौलाएर सधैँका लागि बन्द हुने स्थितिमा पुगेको छ । साझाकी अध्यक्ष तथा महाप्रवन्धक ममता झामाथि अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
    के(के आए नयाँ रु
    विगत वर्षमा सातामा सरदर सात वटा पुस्तक प्रकाशित हुने गरेकोमा यस वर्ष बढेर सरदर संख्या दश पुग्यो । घोष्ट राइटिङ, ‘वी रिड’, पाटन बुक्स, प्राइम बुक्स जस्ता नयाँ प्रकाशन गृहहरु आए । तर आक्रमक बजार रणनीति पुराना(नयाँ कसैले ल्याउन सकेनन् । गोविन्द श्रेष्ठको अमेरिका पलायनसँगै पुरानो प्रकाशन गृह रत्न पुस्तक भण्डार ०७० मा पूरै सुस्तायो । बजार तताउनमा अग्रणी नेपालय प्रकाशन यसवर्ष लगभग सेलाएको प्रतीत भयो । उसले ०७० मा निकालेका कुमार नगरकोटीको कथासङ्ग्रह ‘फोसिल’, नवीन जिरेलको ‘भीषण दिनहरु’ र राधा पौडेलको ‘खलंगामा हमला’ बजारमा असफल सावित भए ।
    बिक्रीका दृष्टिले यसवर्ष रेकर्ड बनाउने साहित्यिक कृति एउटै आएनन् । बरु गतवर्ष प्रकाशित हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ र बिनोद चौधरीको ‘आत्मकथा’ ०७० पनि बिक्रीमा सबैभन्दा अगाडि रहे । ०७० मा प्रकाशित भएमध्ये गैरसाहित्यिक कृति ‘प्रयोगशाला’ले मदन पुरस्कार प्राप्त राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’लाई समेत उछिनेको चर्चा चल्यो । ‘प्रयोगशाला’को बिक्री ४० हजार नाघेको दाबी गरिएको छ ।
    कविता विधाका लागि पनि ०७० उत्साहजनक रहृयो । युवपुस्ताका चर्चित कविहरु रावत, नीरज भट्टराई र रमेश सायन आफ्ना हस्तक्षेपकारी कृतिहरु क्रमशः ‘राजधानी मास्तिरको राजधानी’, ‘धुँवाको धागो’ र ‘भागेर भूगोलभरि’ लिएर यसै वर्ष देखा परे । अघिल्लो पुस्ताका कविमा मोमिलाको ‘भीमसेन थापाको सुसाइड नोट’, उपेन्द्र सुब्बाको ‘खोलाको गीत’, मनप्रसाद सुब्बाको ‘भुईफुट्टाका शब्दहरु’ ७० मा प्रकाशित अब्बलकोटिका कविताकृति मानिए । यीबाहेक अन्य केही कविहरुका कृति बजारमा आए पनि चर्चा बटुलेनन् ।
    निबन्ध र आत्मकथा स् सामान्य
    निबन्ध विधाका लागि ०७० सामान्य रहृयो । मञ्जुलको ‘कहिले आकाशमा, कहिले धर्तीमा’, शारदा शर्माको ‘समयको तस्बिर’, श्यामलको ‘रित्तो गाउँ’, रोशन शेरचनको ‘धोबीघाट एक्सप्रेस’, शेखर खरेलको ‘मैले नदेखेका हिप्पी’, भीष्म उप्रेतीको ‘हतार छ हतार छैन’, अनिल पौडेलको ‘अतीतको बिस्कुन’ आदि सार्वजनिक भए । मञ्जुल र शर्माका बाहेक अन्य कृतिको बजार राम्रै रहृयो । केही साताअघि बजारमा आएका युवराज नयाँघरेको ‘ह्वाइट हाउसको घामपानी’, कृष्ण धरावासीको ‘कागजको मान्छे’बारे पाठक प्रतिक्रिया आउन बाँकी छ । आत्मपरक निबन्धविधामा संगीत आयामको ‘दासहरुको कुम्भमेला’ वर्षकै उत्कृष्ट ठहरिए पनि चर्चा र बजार उसको भागमा परेन । हास्यब्यङ्ग्य विधा ०७० मा निराशाजनक देखियो । मनोज गजुरेलको ‘जोकशास्त्र’ बाहेक उल्लेख गर्न लायक एउटै कृति आएनन् ।
    आत्मकथा विधामा हृषीकेश शाहको ‘प्रारब्ध र पुरुषार्थ’ सबैभन्दा अग्रणी रहृयो । शाहको कृतिलाई ०७० कै उत्कृष्ट मान्नेहरु पनि भेटिए । पूर्वराजदूत प्रा। लोकराज बरालको ‘रोमान्चित जीवन’ पनि बिक्रीमा राम्रै रहृयो । तर शान्ता चौधरीको आत्मकथा ‘कम्लरीदेखि सभासद्सम्म’ले बजार त तताएन नै, उनी संविधानसभा चुनाव हार्ने थुप्रै कारणमध्ये एउटा कारण बन्यो । जापानमा आजीवन जेल सजाय पाएर पनि मुक्त भएका गोविन्द मैनालीको बेष्ट सेलर हुनुपर्ने कृति ‘परिबन्दका १५ वर्ष’ पनि सम्पादन हतारोका कारण असफल सावित भयो ।
    महिला आख्यानकारले उछिने
    गएको वर्ष उपन्यास विधामा महिला लेखकहरुले पुरुष लेखकहरुलाई गतिलो चुनौती दिए । वर्षको सुरुमै आएको इजरायल जान विवश नेपाली महिलाहरु बारेको उमा सुवेदीको उपन्यास ‘तोदा’ बिक्री र चर्चामा अग्रणी रहृयो । नेत्रहीनहरुको प्रेम र यौनजीवनका बारेमा मनिषा गौचनद्वारा लिखित ‘व्हाइट केन’ले पनि राम्रै बजार लियो । प्रगति राईको ‘लेखककी स्वास्नी’ले पनि अपेक्षित ब्यापार गर्‍यो । । अमेरिका पुगेका नेपालीहरुको अन्तर्य समेटिएको नीलम कार्की निहारिकाको उपन्यास ‘अर्की आइमाई’ पनि पाठकबाट निकै रुचाइयो ।
    तर स्थापित पुरुष आख्यानकारहरु डा। ध्रुवचन्द्र गौतमको ‘एक पुननिर्मित प्रेमाख्यान’, नयनराज पाण्डेको ‘घामकिरी’ प्रदीप नेपालको ‘बार्बरिक’ र ‘चरैवेति चरैवेति’ आदि बिक्रीका दृष्टिले असफल भए । कृष्ण अविरलको ‘विषपुरुष’ले पनि आवरणका कारण चर्को आलोचना खेप्नु पर्‍यो । नाट्यकर्मी टंक चौलागाईंको महत्वाकांक्षी उपन्यास ‘काठमाडौं गीत’ र नयाँ आख्यानकार सुरेश प्राञ्जलीको ‘तुइन’ले पनि प्रकाशकलाई निराश बनाए । कणरलीको परिवेशमा लेखिएको ‘तुइन’ मार खानुमा प्राविधिक असावधानी प्रमुख कारण देखियो । सात वर्षअघिदेखि एक लाख प्रति बिक्रीको लक्ष्यसहित भन्दै प्रचार गरिएको पुण्यप्रसाद प्रसाईंको महत्वाकांक्षी उपन्यास ‘युद्धका डोबहरु’ले खासै बजार लिन सकेन ।
    पत्रकारहरु अखण्ड भण्डारीको ‘मलाया एक्सप्रेस’ र रामकुमार एलनको ‘स्याउली सिम्फोनी’ले पनि पाठकलाई सन्तुष्ट बनाउन सकेनन् । यद्यपि बिक्रीमा ‘मलाया एक्सप्रेस’ अलि बढी दौडियो । पशु चिकित्सक भरत गौतमको ‘सिल्ली लभर’ र फिल्मी लेखक राज सरगमको उपन्यास ‘चिम्नी’ले पनि बजारमा उपस्थिति मात्र जनाए । नयाँ आख्यानकार विश्वबन्धु कार्कीको उपन्यास ‘मोना’बारे बजार प्रतिक्रिया आउन बाँकी छ ।
    कथामा किशोर पहाडी ‘मुग्ध सिम्फोनी’, मिलन संग्रौला ‘च्याट गर्ल’, राजेन्द्र थापा ‘बदलेको कथा’ र कृष्ण धरावासी पुत्र दुर्गाविनय ‘राजमाया’ लिएर आए । सुबिन भट्टराईको ‘कथाकी पात्र’ले नयाँ कलेवर पायो । तर ०७० मा हस्तक्षेपकारी कथाकार एकजना पनि उदाएनन् । फाइनप्रिन्टका अजित बरालको सम्पादनमा निस्केको ‘फष्ट लभ’ले पनि अपेक्षित बजार लिन सकेन । लघुकथा विधा त झन् शून्यप्रायः रहृयो । नाटक, समालोचना र द्वन्द्व साहित्यमा पनि उल्लेखनीय कृति आएनन् । पत्रकार दामोदर न्यौपानेको ‘एम्बुसमा ६ वर्ष’ औसत मात्र रहृयो ।
    बरु यसवर्ष सेल्फहेल्प विधामा निकै राम्रा पुस्तक आए । योगी डा। विकासानन्दको ‘जीवन के हो रु’, अनिल चित्रकारको ‘अघि बढौँ’, इटहरी निवासी पत्रकार राम खरेलको ‘रे’, सामाजिक अभियन्ता शरु जोशी श्रेष्ठको ‘एउटा सिन्को भाँची हेर्दा’, पत्रकार कमल ढकालको ‘गो अहेड’ यसै प्रकृतिका पठनीय पुस्तक हुन् । भर्खरै बजारमा आएको कर्ण शाक्यको ‘म सक्छु’को परिमार्जित अंग्रेजी संस्करण ‘अल द बेष्ट’ पनि स्तरीय छ ।
    गैरसाहित्यिक विधामा ७० मा आएमध्ये डा। विश्वबन्धु शर्माको ‘मानसिक स्वास्थ्यका विविध आयाम’ र खेल(पत्रकार जगदीश्वर पाण्डेको ‘क्रिकेटका सारथीहरु’ अब्बल मानिए । ०५९ सालको मदन पुरस्कार विजेता हरिराम जोशीको ‘प्रदीप ।अभिनव संस्कृति शब्दकोष’ भने गुणवत्ताका दृष्टिले स्तुत्य भइकन पनि चर्चा पाउन नसकेको कृति सावित भयो ।
    ०७१ निकै उज्यालो
    आगामी वर्ष भने पुस्तक बजारमा एकसे एक महत्वांकांक्षी पुस्तकहरु आउने देखिएको छ । त्यसमध्येमा पूर्वराजा ज्ञानेन्द्र शाहको आत्मकथा बहुप्रतिक्षित मानिएको छ । पत्रकार प्रेम बानियाँको घोस्ट राइटिङमा आउन लागेको उक्त कृतिको लेखन अन्तिम चरणमा पुगेको जानकारी आएको छ ।
    आउन लागेका कृतिमा ‘आमाको मुटु’का लेखक डा। रामेश कोइरालाको उपन्यास ‘कोपिला आश्रम’, नर्स(आख्यानकार कल्पना बान्तवाको उपन्यास ‘कायाकल्प’, सुबिन भट्टराईको ‘समर लभ(२’, कृष्ण अविरलको ‘रक्तबीज’ लगायत छन् । ‘समर लभ(२’ र ‘रक्तबीज’ सिक्वेल हुन् । ‘कणरली ब्लुज’का लेखक बुद्धिसागर, मदन पुरस्कार बिजेता अमर न्यौपाने, ‘उर्गेनको घोडा’का युग पाठक, फेसबुक सेलिब्रेटी सिवानीसिं थारु तथा ‘च्याट गर्ल’का कथाकार मिलन संग्रौला पनि आ(आफ्ना महत्वाकांक्षी उपन्यास ०७१ मै ल्याउने तयारीमा छन् । पत्रकार मोहन मैनाली र विश्व साइकल यात्री पुष्कर शाहको यात्रा संस्मरण पनि पाठकले रुचाउने अपेक्षा गरिएको छ ।
    पत्रकारद्वय किशोर नेपाल र विजयकुमार, दिवंगत नेता रामहरि जोशी, बहुचर्चित चिकित्सक भगवान कोइराला, विवादप्रेमी कलाकार भुवन केसी, पाका आख्यानकार परशु प्रधान, पूर्वप्रधानमन्त्री मरिचमान सिंह, स्थापित लेखक खगेन्द्र संग्रौला, पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल लगायतका आत्मकथा पनि ०७१ भित्रै आउँदैछन् । घोस्ट राइटिङ प्रकाशनबाट आउन लागेका कतिपय आत्मकथाले बजार तताउने अपेक्षा गरिएको छ ।
    कथा विधामा सुषमा मानन्धर, सरु पोखरेल, निरुपा प्रसून आदिले आगामी वर्ष बलियो उपस्थिति देखाउँदैछन् । अनुपम रोशी महत्वाकांक्षी उपन्यास ‘कालो छायाँ’ ल्याउँदैछिन् । नवोदित उपन्यासकार जानुका खतिवडा ‘शून्य’ उपन्यासमार्फत् उदाउँदैछिन् । कांग्रेसकी युवा नेतृ उर्मिला थपलियाको उपन्यास पनि प्रकाशोन्मूख छ । गोबर्द्धन पूजाको कवितासंग्रह ‘अनामनगरकी अम्बिका’ आगामी वर्ष आउँदैछ । रिपब्लिका मिडिया हाउसका सिइओ राजु नेपाल पनि ‘मञ्जरी’ उपन्यासमार्फत् लेखनमा उपस्थिति जनाउँदैछन् । मदन पुरस्कार बिजेता झमक घिमिरेको डायरी ‘समय बिम्ब’ पनि आगामि वर्ष नै आउने तयारीमा छ ।
    माथि उल्लेख भएबाहेक पनि थुप्रै कृति प्रकाशोन्मूख छन् । लेखकहरुबीचको कृतिगत भिडन्त ०७१ सालमा घमासान हुने लक्षण देखिएको छ । तिनमा क(कसले बाजी मार्छन् त्यो हेर्न भने प्रतीक्षा गर्नै पर्छ । साभार अनलाईन खबर ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    11 April, 2014

    फेरी बारामा एक बालिकाको बलात्कार पछि हत्या

    परिवार सोकमा,


    बारा , २८ चैत्र,
    भैयाराम साह,
    बाराको सदरमुकाम कलैया १० मा एक बालिकाको बलात्कार पछि हत्या भएको छ । भारतको रकसौल घर भई कलैया १० मामाघरमा बस्दै आएकी ७ बर्षिय बालिकाको बलात्कार पछि हत्या भएको हो । 
                  बालिका हिजो बलुका साझ ६.३० देखी मामाघर बाट हराएकी थिईन  । राती अबेर घर नफर्कैपछि जिल्ल प्रहरी कार्यालय बारामा राती ११ः१५ बजेको समयका प्रहरी जनकारी गराए पसचात प्रहरी र आफन्तले खोजतलाश गर्ने क्रममा घर भन्दा २ सय मिटर पश्चिम दरबार पछाडी राती १२ बजे अचेत  अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामनाथ घिमीरेले जनाएका छन। बालिका लाई तत्काल उपचारको लागी नारायणी उपक्षेत्रिय अस्पताल बिरगंजमा लगिएको थियो । बालिकाको उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।
                बालिकाको शव परिक्षणको लागी नाउक्षेमा राखिएको छ । घटनामा संलग्न भएकाहरुको खोजतलाश भईरहेको प्रहरीले  जनाएको छ । घटनाको थप अनुशानधान गर्न बारा प्रहरी मात्र नभाई पर्सा प्रहरी सम्मेत दरवार भित्र सानो भन्दा सानो तथ्य संकलन गर्न सक्रिय भएको छ । यस्ता धटनाहरु गर्न गराउन सदरमुकाममा रहेका दरवार केन्दबिन्दु बन्दै गइरहेको भएता पनि सोह ठाउमा सुरक्षाको ब्यवस्था निकै कमजोर भएको अवस्था छ । 
                    जिल्ला प्रहरी कार्यालय बारा भन्दा करिब ५ सय मिटर दक्षिण तर्फ रहेका सो घटना स्थाल दरवार अगाडी निकै ब्यस्थ सडक अगाडी फुसको झोपडीमा नानी घरमा बस्दै आएकी बालिकालाई बेलुकाको ६ः३० बजेको समयमा बेपाता बनाइ बलात्कार पछि हत्या भएको अवस्था देखिन्छ । अहिले सम्म त्यस्ता जगन्य अपराधीलाई प्रहरीले पकाउ गर्न सकेको छैन्न । यता घरका अफन्तहरुले यस्ता कल्लिा बालिका माथि जगन्य अपराध गरे पस्चात उपचारको क्रममा मुत्यु भएपछि परिवार सोकमै डुबेको छ । 

               यसअघि चैत २० गते बाराकै सिंहासनी गाविस वडा नम्बर ६ की १७ बर्षिय  किशोरी सरिताकुमारी महराको पनि बलात्कारपछि घा“टी थिचेर हत्या भएको थियो । हत्यामा संलग्न रहेका स्थानीय युवक अजय साह फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसरी बारामा बालिका तथा युवतीहरुको बलात्कार गरी हत्या गरीने घटनामा दिन प्रति दिन बुद्धुी भएता पनि प्रहरीले त्यस्ता अपराधीलाई चडौ पकाउ गरी कारवाही गरेको देखीदैन ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    नेसनल मेडिकल कलेज तथा अस्पतालको खाता रोक्का हुँदै

    नेसनल मेडिकल कलेज वीरगंज


    काठमाडौ , चैत  – बसरुद्दीन अन्सारी मालिक रहेको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाले वीरगंज उपमहानगरपालिको कर नतिरेपछि त्यसको खाता रोक्का हुने भएको छ । स्थापना कालदेखि नै उपमहानगरपालिको कर नतिरेको कारण स्थानीय स्वायत्त शासन ऐनअनससार शिक्षण अस्पतालको खाता रोक्न लागिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले बताए ।
    वीरगंजस्थित भेडियाहीमा २० बिघा क्षेत्रफलमा नक्सा पाससमेत नगरी ४० भन्दा बढी भवन निर्माण गरी शिक्षण अस्पताल सञ्चालन गर्दै आएका बसरुद्दीन अन्सारीले कर तिर्नु कहाँ हो कहाँ उल्टै उपमहानगरपालिकाका कर्मचारीलाई हप्काएर पठाउने गरेका छन् । उपमहानगरिपालिकाका कर्मचारीअनुसार पटक–पटक कर बुझाउन र नक्सा पास गर्न ताकेता गर्दै लेखेको पत्र कलेज व्यवस्थापनले नबुझी फर्काइदिने गरेको छ । त्यति मात्रै होइन कि पत्र बुझाउनका लागि गएको कर्मचारीलाई हप्काएर पठाउने गरेको छ । शिक्षण अस्पतालले स्थापना कालदेखिको ८ करोडभन्दा बढी रुपैयाँ कर नबुझाएको उपमहानगरका अधिकृत कार्कीले बताए ।  
    ‘अब अस्पताललाई कारवाही गर्नुभन्दा अरु कुनै विकल्प छैन’, कार्कीले भने, ‘स्थानीय स्वायत्त शासन ऐनले व्यवस्था गरेअनुसार घर जग्गा कर, व्यवसाय कर अस्पतालले नबुझाएको कारण बैंक खाता रोक्का प्रक्रिया थालिएको हो ।’ उपनगरपालिकामा जम्मा १ बिघा १८ कट्ठा क्षेत्रफल जग्गा देखाएर २०५९ सालमा ४ वटा तीनतले भवनको मात्र नक्सा पास गराएका बसरुद्दीन राज्यलाई ठग्दै अनियमित तरीकाले २० विघा जमिनमा ४० भन्दा बढी भवन निर्माण गरेका छन् । त्यति मात्र होइन, उपमहानगरपालिकालाई तीन तले भवन बनाउने भनि नक्सा पास गराएका बसरुद्दीनले अहिले ६ तले भवन खडा गरेका छन् ।
    तीनतले भवनको नक्सा पासबापत ३ लाख १८ हजार ८ सय ४४ रुपैयाँ तिरेको देखिन्छ भने ०६० जेठ १८ मा अनुसन्धानशाला, अडोटोरियम हल, लेक्चर हलको पाँच लाख सात हजार छ सय १० रुपैयाँ बुझाएको उपमहानगरपालिकाले जनाएको छ । त्यसपछि घरमाथि घर तल्लामाथि तल्ला थपेका छन् तर त्यसका लागि न कुनैको नक्सा पास गराइएको छ न कुनैको प्राविधिक टेष्ट गराइएको छ । वीरगञ्जमा रहेको अस्पतालको कर तिर्न नसकेका बसरुद्दीन काठमाडौ र भक्तपुरमा अर्को शिक्षण अस्पताल खोल्न लागेका हुन् । चित्रलेखालाई रिझाउँदै 
    साउदी अरबका मुस्लमानहरुलाई ठगेर लगभग ४०० करोडको लगानीमा शिक्षण अस्पताल सञ्चालन गर्दै आएका बसरुद्दीन काठमाडौंमा पनि अर्को शिक्षण अस्पताल तयारी गरिरहेका छन् । सम्बन्धन नपाएर पठन–पाठन रोकिएको सो शिक्षण अस्पताल घट्टेकुलोमा रहेको छ । सरकारबाट अनुमति नै नपाएका काठमाडौं नेशनल मेडिकल कलेजमा हाल अस्पताल सञ्चालनमा रहेको छ । डा।गोविन्द केसी अनसन बसेको कारण सम्बन्धन लिने प्रकृया अवरुद्ध भएको थियो । खिलराज रेग्मी सरकारको पालामा करौडौ खर्च गरेर सम्बन्धन लिन नसकेपछि अहिलेका शिक्षा मन्त्री चित्रलेखा यादवको दैलोमा दौडधुप गरिरहेका छन् ।
     दाउदसँग बसरुद्दीनको कन्केसन
     चारवर्ष अगाडि स्थापना गरिएको शिक्षण अस्पतालमा अवैध रुपमा दाउदको पनि लगानी भएको स्रोतले बताएको छ । हालै भारतीय जनता पार्टीबाट निस्कासित भारतीय नेता सविर अलिमार्फत सो अस्पतालमा लगानी गरिएको हो । नेपाली मुसलमानहरुका लागि मात्र स्थापना गर्न अरब मुलुकका धनाढ्यहरु सो अस्पतालमा लगानी गर्न तयार भएका थिए र सोही अनुसार रकम पनि आउन थालेका थिए र त्यसैबेला सविर अलि पनि त्यहाँ लगानी लगाएको बताइन्छ । वीरगञ्जको भारतीय नाका रक्सौलका निवासी सविर अलि निम्नवर्गीय परिवारका व्यक्ति थिए र पैसा कमाउने उद्देश्यले पाकिस्तान छिरेका थिए । पाकिस्तान गएको केहीवर्षपछि दाउद इब्राहिमसँग सम्पर्क भयो र त्यसको लागि उनी नेपाल तथा भारतमा काम गर्न थाले । त्यसै सिलसिलामा दाउदले आफ्नै भतिजीसँग सविरको विहे पनि गर्दिए । दाउदको भतिजीसँग विहेपछि सविरको दिन दुगुणा र रात चौगुणा उन्नती हुँदै गयो । स्वदेश फर्केपछि रक्सौलमा यस्तो भवन बनाए कि वरिपरी पनि छक्क परे । त्यसको सान सौकत पनि बेग्लै भयो । पछि पैसाको बलमा नितिशको कुमारको पार्टी जनता दल युनाईटेडमा प्रवेश गरे । त्यहाँ प्रवेश मात्र गरेनन् उनी राज्यसभाको सदस्य पनि भए । नितिशकुमारको पार्टीमा रहेपनि उनी बेला बेलामा खुलेर नरेन्द्र मोदीको प्रशंसा गर्थे । र, त्यही कारणले सधैका लागि उनलाई सो पार्टीबाट निष्काशित गरे । नितिशको पार्टीबाट निकालिएपछि उनी मोदीको नजिक भए । बिहारका केही भाजपा नेताहरुलाई रिझाएर उनी भाजपामा प्रवेश गरे तर भाजपामा प्रवेश गरेको २४ घण्टा नबित्दै सविरको यति विरोध भयो कि साविरको सदस्यता तत्कालै खारेज भयो । बसरुद्दीनको अस्पतालमा लगानी गरेका सविरले नेपालको डिपार्टमेन्ट स्टोरदेखि लिएर क्यासिनोलगायतमा पनि आफ्नो लगानी विस्तार गरेका छन् । अवैध धन्दामा समेत सक्रिय सविरले नेपालमा लुकेर बस्ने पाकिस्तानी आतकंकारीको संरक्षण दिने काम पनि गरेको स्रोतको दावी छ । बसरुद्दीनको अस्पतालको आडमा नेपालमा अवैध कारोवारमा संलग्न सविरलाई भाजपाले पाकिस्तानी आतकंकारीसँग साठगाँठ रहेको आरोप लगाउँदै हटाएको हो । रातोपाटीबाट ...



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    10 April, 2014

    मृत्युको सट्टा दोस्रो बिहे रोजेँ ।

    हरिबंश आचार्य, 

    म सधै मीराको जन्मदिन मनाउँथे । उनी रातो लुगामा सजिन्थिन् । मन खुसि हुन्थ्यो । र, आजै उनको दुई वर्षको पुण्यतिथिमा घरमा श्राद्ध थियो । जताततै पहेँलो । छोरो मोहित पहेँलो टिकामा भित्र–बाहिर गर्दा मीरालाई सम्झिएर मेरो मन भक्कानियो । मैले आफूलाई थाम्नै सकिनँ । भित्र कोठामा पसेँ । मनलागे जति रोएँ ।
     
    त्यसैले आज खुसी र दुख दुबै छ मलाई । मिरा गुमाएको दु:ख छ । अहिले उदाएको पुस्तकको खुसि पनि । मेरो पुस्तकको लागि यहाँ यति धेरै व्यक्तिहरु आइदिनुभयो । मन त तपाईँहरु सबैलाई यहीँ अगाडि स्टेजमा राख्ने छ । तर, ठाउँ पुग्दैन । त्यसैले तपाईँ सबैलाई मैले मेरो हृदयमा राखेको छु । 

    खास मलाई जन्मिन मनै थिएन । मेरो इच्छा नुहँदा नहुँदै म बुवाआमाको इन्टरेस्टमा जन्मिएँ । बेलाबेला लाग्छ म नजन्मिएकै भए हुन्थ्यो । त्यसमाथि पनि चेतनशील भए पछि झन् यो संसारमा जिउन झन् गाह्रो छ । जन्मिँदा जन्मिएकामा पीर हुर्कँदै गएपछि पढ्न नसकेकोमा पीर, एसएससी दिने बेला पास नभइएला भन्ने पीर, प्रेममा पर्न थालेपछि बिहे नहुँदै प्रेमिकाले छोड्ली भन्ने पीर, विवाह भएपछि छोरा छोरी जन्मिएनन् भन्ने पीर, जन्मिएपछि जन्मिएकामा पीर' सधैँ पीरै पीर ।
     
    त्यसैले मलाई लाग्छ मानिस भन्दा त चेतना नभएको पशु हुनै वेश रहेछ । 
     
    तर, सम्झिँ ल्याउँदा पशुलाई पनि कहाँ सजिलो छ र ।
     
    मृग भनेको अवोध प्राणी हो । त्यसले कसैको केही बिगार्दैन । त्यो भेजिटेरियन हो । अरु कुनै जनावरको केही बिगार्दैन । घाँस खान्छ । उफ्रि हिँड्छ । नबिराउनु, नडराउनु भन्छन् । तर, मृगले केही नबिगारे पनि बाघले पनि त्यसैलाई झम्टिन्छ, स्यालले पनि त्यसैलाई झम्टिन्छ ।
     
    फेरी बाघ त जंगलको राजा हो । उसलाई के को टेन्सन भन्ठान्यो । उसको रामकहानी उसैलाई थाहा छ । बुढेसकालमा उसलाई जति टेन्सन कसैलाई हुँदैन । जवान छँदासम्म उसले जंगल थर्काएर बस्छ । बुढो भए पछि दाँत किरा लागेर झर्छ । आँखामा मोतिबिन्दु हुन्छ । सिकार खोजेर ल्याउने बल हुँदैन । उसको जतिको कारुणिक मृत्यू कसैको हुँदैन । हामी जसले आफूलाई बाघ ठान्ने गरेका छौं, हाम्रा नेताहरु जो आफूलाई बाघ ठान्नुहुन्छ उहाँहरुको भोली त्यसतै बुढो बाघको हालत हुन्छ । 
     
    जंगल छोडौं । पानीमुनिका माछालाई आनन्द साच्योँ । त्यहाँ पनि गोइ, अक्टोपसले माछा खाइदेला भन्ने पीर । अर्को माछाले आहारा बनाउला भन्ने पीर । आकाशका चरा स्वतन्त्र छन् भन्ठान्यो । तिनीहरुलाई पनि चिल आएर ठोकिएला भन्ने पीर । गुलेलीले हान्ला भन्ने पीर । अरुको सिकार भइएला भन्ने डर । आखिर शान्ति कहाँ छ । टेन्सन कहाँ कसलाई छैन ?
     
    यो टेन्सन कहाँबाट सुरु भयो त ? मलाई जन्माईदिने बुवाआमाबाट । उहाँहरुलाई जन्माउने बाजेबजैहरुबाट । मानव जुनी ल्याइदिने देवताबाट ।
     
    हामी सधैँ देवतालाई रहस्यको रुपमा हेर्छौं । आजसम्म कोही छैन जसले भन्न सकोस्, मैले देवतालाई भेटेको छु । त्यसैले मलाई देवताको अस्तित्वमा विश्वास लाग्दैन । तर फेरी कहिलेकाहीँ डराउँछु पनि । कतै देवताले केही बिगारिदिने त होइन ? मानिसलाई त यत्रो दुख छ भने भगवानलाई किन दुख दिनु भनेर म सानो तिनो कुरामा भगवान गुहार्दीन । सबै आपत आफै सल्टाउँछु । ठुलै केही आइपरे भगवान्लाई पुकारौंला भनेर जोगाएर राख्छु । 
     
    तर श्रीमती मिरा बिरामी हुँदा मैले भगवानलाई जोगाएर राखेको चाकडी सबै गरेँ । मन्दिर धाएँ । मन्त्रका किताबहरु ल्याएर पाठ गरेँ । तर देउताले मेरो पाठ सुनेनन् । मेरी श्रीमतिको भौतिक शरिर मबाट छिनेर लगिदियो । म घोर पीडामा भएका बेला रिस पोख्न खोजेँ ? श्रीमती बिरामी हुँदा देउताबाहेक डाक्टर, आफन्त सबैले मेरो साथ दिए । त्यसैले मैले रिस भगवानलाई नै पोखेँ ।
     
    देवतासँग रिसाएर मैले उनलाई एउटा कविता लेखेँ । तर मेरो पुस्तकको पाण्डुलिपि पढ्ने डा. रविन्द्र समिर र अमर न्यौपाने भाईले त्यसलाई पुस्तकमा अटाउन मानेनन् । आज म त्यही कितावमा नअटाएको कविता यहाँ बाचन गर्न चाहन्छु जहाँ मैले भगवानसँग बदलाका शब्द पोखेको छु । बाचन गरिसकेपछि तपाईँहरुले यो अशं पुस्तकमा राख्नुपथ्र्यो भने म झन् खुसि हुने थिएँ ।
     
    अर्को जन्ममा म देवता हुन्छु
     
    अर्को जन्ममा म देवता हुन्छु
    देवताहरूलाई मान्छे बनाउँछु
     
    तिमीहरूको चिना म आफैं लेख्छु
    भए जति दशा तिमीहरूलाई खन्याउँछु
    सानो छँदै टुहुरो बनाउँछु
    जन्मस्थलबाट उठिबास लगाउँछु
     
    मेरो मन्दिर घुम्न लगाउँछु
    भजन किर्तन गर्न लगाउँछु
    मेरा खुट्टा ढोग्न लगाउँछु
    खुट्टा पखाली जल खुवाउँछु
     
    धुप दीप बाल्न लगाउँछु
    दान दक्षिणा गर्न लगाउँछु
    यति धेरै चाकडी गराउँछु
    वर दिनुको साटो बरबाद बनाउँछु
     
    अर्को जन्ममा म देवता हुन्छु
    देवताहरूलाई मान्छे बनाउँछु
     
    तिमीहरूको पनि म प्रेसर बढाउँछु
    मुटु चलाउन यन्त्र जडाउँछु
    पाठेघरमा ट्युमर रोप्छु
    पित्तको थैलीमा ढुंगा ठोक्छु
    एकएक दिनको हिसाब गर्छु
    मिर्गौलामा पनि रोग थप्छु
    देवताहरू हो,
    अर्को जन्ममा म देवता हुन्छु
    तिमीहरुलाई म मान्छे बनाउँछु ।
     
    ...
     
    भगवानको रहस्यवादमा विश्वास गर्छौं, हामी । छैठीमा भाविले आएर भाग्य लेखिदिन्छ भन्छौं । मेरो बा पण्डित हुनुहुन्थ्यो । उहाँले पनि ठ्याक्कै घडी पला मिलाएर लेख्नु भएको थियो होला मेरो चिना । मेरो जिन्दगीको मोड छर्लंग देखिन्थ्यो होला । तर, त्यो अनुसार भयो भएन थाहा छैन । मैले आफ्नो भाग्य थाहा पाउन चिना देखाउन पाइन । त्यसैले मैले आफैँ कोरेको चिनामा संसारको सबैभन्दा बढी भाग्यमानि पनि भएँ र संसारको सबैभन्दा बढी अभागी पनि । 
     
    सानैमा आमाको काख छुट्यो म यसै अभागी भएँ । आमा जस्तै गरी ममता दिने दिदी पाएँ मेरो भाग्य त्यहीँ थियो । विन्दु दिदीले मलाई आमा जतिकै माया दिएर हुर्काउनु भयो । 
     
    सानैमा मैले बुवा गुमाएँ । म अभागी थिएँ । अहिले बुवा बिर्साउने छोराहरु पाएको छु । मलाई त्यति नै माया गर्छन् । यिनीहरु नै मेरा बुवा हुन् जस्तो लाग्छ । मेरो बाल्य अवस्था बिताएको नक्सालमा मेरा थुप्रै बालसखा थिए । तिनीहरुको साथ सानैमा छुट्यो र मदनकृष्ण श्रेष्ठ जस्तो व्यक्तिको साथ पाएँ मैले । मेरो जीवनमा त्यति ठूलो भाग्य नै कुनै छैन । 
     
    संसारमा मैले सबैभन्दा बढी माया गर्ने र मलाई सबैभन्दा बढी माया गर्ने श्रीमती मीरालाई गुमाए । त्यति ठूलो दुख मलाई कुनै छैन । म जति अभागी कोही भएन । र, मैले फेरी रमिला पाएँ म फेरी भाग्यमानि भएँ । त्यसैले लाग्छ म संसारको सबैभन्दा भाग्यमानि मानिस हुँ र त्यति कै अभागी पनि ।
     
    मेरो चिना हराए पनि अब मलाई लाग्न थालेको छ जीबनमा पाउनुपर्ने दुख र सुख दुबै पाईसकेँ । छोराहरु हुर्किसके । आफैँ दक्ष छन् । मैले मीरा बितेको डेढ वर्षपछि रमिलासँग बिहे गरेँ । कति मानिसले भने– श्रीमती बितेको डेढ वर्षमै बिहे गर्यो । तर त्यो डेढ वर्षको समय पर्नेलाई मात्रै थाहा हुन्छ । एक्लोपनको पीडा भोग्नलाई थाहा हुन्छ । सिति मिति मानिसले एक्लोपनको पीडा भोग्ने आँट गर्नै सक्दैन । डेढ वर्षपछि कि म डिप्रेसन भएर जान्थेँ । कि मैले मृत्यू रोज्नुपथ्र्यो । रक्सि नपिई मलाई निद्रा नलाग्ने भइसकेको थियो । मैले डिप्रेशनको सट्टा दोस्रो बिहे रोजेँ । मृत्यूको सट्टा दोस्रो बिहे रोजेँ ।
     
    मेरो हालत देखेर बसुन्धारा भुसाल दिदीले रमिलालाई मागीदिनुभयो । कति मानिसले त भने 'रमिलासँग पहिल्यै देखि प्रेम थियो रे । हो प्रेम छ । तर अहिले विवाह पछि । अमर प्रेम छ हामीबीच ।
     
    यो किताबमा मैले मिरा गुमाएपछिको एक वर्षमा भोगेका तिनै वियोगका कथा लेखेँ । कसलाई पीडा सुनाउँदै हिँडौं । मैले सबै पीडा कलमको माध्यमबाट कपिलाई सुनाएँ । यो गर्न मलाई डा. रविन्द्र समिले सधैभरी उत्साह दिनुभयो । मेरा लेखाईमा भाई अमर न्यौपानेले जोड, घटाउ, गुणन, भागा गरिदिनुभयो । फलामका मेरा शब्दलाई सुन बनाएर निकालिदिनु भयो । फाईन प्रिन्टका भाईहरुले यसलाई निकाल्न सहयोग गर्नुभयो । मिरा सधैँ बालबच्चालाई माया गर्थिन् । छोरो त्रिलोकले अमेरिकाबाट पठाएको पहिलो कमाईबाट उनले बालबच्चालाई खुवाउने र लुगा दिएकी थिइन् । उनको यही सपनाका लागि मैले काभ्रेमा दुई रोपनी जग्गा दान गरेर बालबच्चालाई सहयोग गर्ने निधोँ गरेको छु । यस पुस्तकबाट जम्मा भएको रकम त्यही च्यारिटीलाई दिन्छु । 
     
    यहाँ मीराको भाई, बुहारी छन् । म तिमीहरुलाई बचन दिन्छु भौतिक शरिर नरहे पनि म तिमीहरुको दिदीलाई यसैगरी बचाई राख्छु । छोराहरुलाई बचन दिन्छु, म तिमीहरुको आमालाई बचाई राख्छु । 
    सरी र थ्यांक्यू सार्है सहज तर अति गहन अर्थ राख्ने शब्द हुन् । मेरा सबै गल्तीमा म सबैलाई सरी भन्छु र सबै सहयोगहरुलाई धन्यवाद भन्छु । 
    ... 
     
    मलाई सानामा सबैभन्दा मन नपर्ने चिज पुस्तक थियो । किताब देख्यो कि रिस उठि हाल्थ्यो । दिदी आमाको करले आँखा अक्षरमा अडाए पनि ध्यान लट्टाइँ, चंगा, खोपि र साथीहरुसँग लिन बाकिँ गुच्चामा हराईरहेको हुन्थ्यो । जो मान्छेलाई किताब हेर्नै मन लाग्दैन थियो आज उसैले किताब लेखेको छ । 'चिना हराएको मान्छे' । setopati.com 
     
    (स्वर्गीय पत्नी मीराको पूञ्य तिथी पारेर आफ्नो पुस्तक विमोचन कर्यक्रममा हरिब‌ंश अचार्यले दिएको मन्तव्यको अंश




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    08 April, 2014

    Sunset



    Sunset

    Sunset

    Sunset




    कृपया आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    भारतिय सुरक्षाकर्मी नेपाली भुमीमा हतियारसहित प्रबेश गरि सर्बसाधारणमाथि कुटपिट

               

            भारतिय सिमासुरक्षा बलले फेरी नेपालको भुमीमा हतियारसहित प्रबेश गरि नेपाली नागरिकहरुमाथि कुटपिट गरेको छ ।
                कन्चनपुरको त्रिभुवन बस्तीमा बिधलयको भबन निर्माण भइरहेको स्थानमा सोमबार हतियारधारी भारतिय प्रहरी र बनबिभागका उच्च अधिकारी सहितको टोली आएर नेपालीहरुलाई कुटपिट गरेका हुन् । सिमा पिलर नम्बर १९९ भन्दा करिब एक किलोमिटरको दुरीमा नेपाली क्षेत्रमा स्कुलको भबन निर्माण भइरहेपनि भारतले आफ्नो भुमी पर्ने भन्दै स्कुल ब्यबस्थापन समितिका अध्यक्ष हर्क बहादुर सुनार , सदस्य ओम बहादुर क्षेत्री र लक्ष्मी बराललाई कुटपिट गर्दै भबन निर्माण नगर्न र गरे भत्काइदिने धम्की दिएका छन् । भारतिय नेपाली भुमीमा आएर आतंक मच्चाएपछि सो क्षेत्रका बासिन्दाको आग्रहमा सशस्त्र प्रहरी परिचालन गरेको छ । सुरक्षाको लागि सो क्षेत्रमा प्रहरीको एक टुकडी परिचालन गरिएको सिमा सुरक्षा बल मजगाउँका एसपी फणेन्द्र न्यौपानेले जनाएका छन् । हतियार सहित भारतिय सुरक्षाकर्मीले आएर धम्काएपछि स्थानिय बासिन्दा त्रसित छन् । भारतियहरुले पटक पटक सिमाक्षेत्रमा आएर धम्क्याउने , र्दुब्यबहार गर्ने र अनाहकमा दुख दिने भन्दै स्थानियले हस्तक्षेप रोक्न र बिबाद समाधान गरिदिन सरकारसंग आग्रह समेत गरेका छन् । स्थानिय राजनितिक दल र संघसंस्थाहरुले पनि भारतिय हस्तक्षेपको बिरोध गरेका छन् । कन्चनपुरका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले सो बिषयमा भारतिय अधिकारीसंग कुराकानी गरिसकेको र अबदेखि यसप्रकारको ब्यबहार नदोहराउने प्रतिबद्धता उनिहरुले जनाएको जानकारी गराएका छन् ।
    गत चैत्र १० गते सिलन्यास गरिएको बिधालयको भबन निर्माण रोक्न भारतिय पक्षले बिगत चार पाँच दिन देखि नियमित दबाब र धम्की दिदै आएको स्थानियहरुले बताएका छन् । यसअघि पनि नेपालको बिभिन्न स्थानमा नेपाली भुमीमा प्रबेश गरि भारतिय सुरक्षाकर्मीहरुले ज्यादती गर्दै आएका छन् ।






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    बिल गेट्स फेरी बिश्वका सबैभन्दा धनी , फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सूचीमा

    बिल गेट्स 

                                  अमेरिकी उधोगपति बिल गेट्स फेरी बिश्वका सबैभन्दा धनी मानिस बनेका छन् ।  गेट्स विश्व प्रसिद्ध सफ्टवेयर कम्पनि माइक्रो सफ्टका संस्थापक हुन् । फोब्र्स पत्रिकाले सार्बजनिक गरेको बार्षिक ग्लोबल बिलिनियर सम्बन्धि रिपोर्टमा यस बर्ष बिल गेट्सलाई विश्वका सबैभन्दा धनीको सूचीमा राखेको छ । उनीसंग हाल ७६ अर्ब डलर सम्पति रहेको उल्लेख छ । चार बर्ष अघि उनी यसरीनै विश्वका सबैभन्दा धनी अर्बपति बनेका थिए ।यस बर्ष मेक्सिकोका उधोगपति कार्लोस स्लिमलाई दास्रो स्थानमा राख्दै गेट्स प्रथम स्थानमा आउन सफल भएका छन् ।विश्वका पचास जना अर्बपतिमा भारतका मुकेश अम्बानी १८ अर्ब ६० करोड डलरका साथ चालीसौं स्थानमा रहेका छन् । फोब्र्सले विश्वमा १ हजार ६ सय ४५ जना अर्बपति रहेको सार्बजनिक गरेको छ ।नेपालका अर्बपति बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १ हजार ४ सय ६५ औं स्थानमा रहेका छन् । उनीसंग हाल १ दशमलब १ विलियन डलर सम्पति रहेको फोब्र्सले उल्ल्ेख गरेको छ ।
    अर्बपतीहरुको सूचीमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि परेका छन् । उनको सम्पत्ति २८ अर्ब ५० करोड डलर अनुमान गरिएको छ, जुन गत वर्षको भन्दा दोब्बर हो । एभिन्यूज.टिभिबाट





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    संविधान निर्माणका लागि सभासदहरुलाई एसएमएस मार्फत दवाव ।


    चैत, २५ पर्सा
    वीरगञ्जका सचेत युवाहरुले संविधान निर्माणका लागि दवाव दिन संविधान सभाका सभासदहरुलाई खबरदारी गरेका छन् ।
    जवाफदेहिताका लागि युवा समूह वीरगञ्जका युवाहरुले एसएमएस मार्फत संविधान निर्माणका लागि खबरदारी गरेका हुन् । सभासदहरुलाई अहिलेसम्म संविधान सभाले पूर्णता नपाएको र ५ वटा समितिका सभापतिहरु चयन नभएको अवस्थामा आगामी माघ ८ गतेसम्ममा संविधान जारी गर्ने प्रतिवद्धता पुरा होला र ? भन्ने प्रश्न सहितको एसएमएस पठाईएको समूहका संयोजक शिवनाथ यादवले जानकारी दिनुभयो । पर्सा, बारा, मकवानपुर, रौतहट लगायत देशभरका सभासदलाई एसएमएस मार्फत खबरदारी गरिएको उहाँले बताउनुभयो । सभासदहरुले कार्यतालिका सार्वजनिक भैसकेको र आफूहरु पनि प्रतिवद्धता अनुसार लागि परेको बताउँदै शिर्ष नेताहरुलाई थप दवाव दिन सुझाव दिएका छन् । जिम्मेवारी लिएर जवाफदेहिता बहन नगर्ने परिपाटी विरुद्ध संगठित भएका युवाहरुले महिनामा एकपटक एसएमएस मार्फत सभासदलाई संविधान निर्माण तथा स्थानीय निकायको निर्वाचनका लागि दवाव दिने भएका छन् । आवश्यकता अनुसार समूहले अन्य दवावमुलक एवं चेतनामुलक काम गर्दै जाने समूहका सदस्य सुरेश बिडारीले बताउनुभयो ।















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    07 April, 2014

    वामदेवज्यूलाई भेट्न आवश्यकतै छैन, नभेटेकै होः रमेश खरेल


    ‘वामदेवको कस्तो स्तर, कस्तो अपेक्षा !’


      रमेश खरेल  र वामदेव गौतम




    एमाले संसदीय दल निर्वाचन र कांग्रेस–एमाले सत्ता बाँडफाँटमा ‘किङमेकर’ वामदेव गौतमले फागुन १३ गते उपप्रधानमन्त्रीसँगै गृह मन्त्रालयको पनि सपथ खाए।
    रोजेरै ह्याट्रिक हानेको मन्त्रालयमा बहाली गर्न राती नौ बजे गौतम सिंहदरबार पुगे। उनलाई स्वागत गर्न निजामति, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचरका हाकिमहरु फूलको गुच्छा लिएर लाम लागेका थिए।    गृह मन्त्रालय र प्रहरी वलमा चिरपरिचित गौतमले दिएको वहाली भाषण त्यो भीडका लागि ‘आश्चर्यजनक’ खालको थियो।‘अघिल्लो दुईपटक गृह मन्त्रालय सम्हाल्दा लागेको अनुचित आरोपबाट मुक्ति पाउने गरि म यसपाला काम गर्छु,’ उनले भने।  अघिल्ला पटकमा आफूलाई जबर्जस्ती विवादमा तान्ने कोशिस भएको दाबी गर्दै यो कार्यकाल सबै किसिमका आरोप मिथ्या सावित गराउने घोषणा गरे।‘मेरो यो कार्यकालमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता हुनेछ,’ गौतमले भने, ‘अपराध नियन्त्रणका लागि आजैदेखि काठमाडौं उपत्यकाबाट विशेष अभियान थाल्न म निर्देशन दिन्छु।’  वामदेव गौतम गृहमन्त्री भएको सुन्नेबित्तिकै गुण्डा, लफङ्गा, चोर र लुटेराको सातो जानु पर्ने उनले बताए।‘मेरै पार्टीका कोही परे भने पनि कत्ति नहिच्काई पक्राउ गर्नु र कानुनी कारबाही थाल्नु,’ गौतमले निर्देशन दिए। ‘नेताहरुकाहाँ नधाउनु र मेरो चाकरीमा नआउनू,’ गौतमले यो पनि भन्न भ्याए, ‘त्यस्तो गरेको थाहा भयो भो मूल्याङ्कनमा पछि पर्नुहुन्छ।’कुनै पनि हाकिमले अब आइन्दा साना प्रहरीलाई ‘तँ’ नभन्नु कम्तीमा ‘तिमी’ भनेकै हुनुपर्ने निर्देशन पनि उनले दिए।लामो राजनीतिक जीवनबाट खारिएका गौतम यसपाला ‘साँच्चिकै’ फेरिन खोजेको विश्वास दिलाउन जोडबल गरिरहेका थिए।
    समकालीन राजनीतिको शक्तिशाली पात्र गल्तीको पश्चाताप गरेर सुध्रन खोज्नु सुखद थियो। गौतम जस्तो अनुभवी र निर्णय क्षमता भएको नेता सुध्रिए भने शासनप्रशासनमा योगदान नै हुन्थ्यो, उनले शंकाको सुविधा पाए। सबैभन्दा चुनौतीपूर्ण मन्त्रालयको तातो कुर्सीमा आसिन भएको त्रिचालिस दिनमै उनको मूल्यांकन गर्ने बेला भएको छैन। यसबीचमा प्रहरी, प्रशासन साविकझैं चलिरहेकै छ।
    गौतमको ‘निष्ठा’ मजबुत भएको जनाउ दिनेगरी फेरबदल भएको जानकारीमा आएको छैन । जनपद, सशस्त्र प्रहरी, सिडिओ कार्यालय र अध्यागमन कार्यालयको दैलोमा पुगेका आम सर्वसाधरणले गौतमले पहिलो दिन बाचा गरेजस्तो ‘सुधारको सुगन्ध’ फेला पारेका छैनन् । हिजो ९ शनिवारदेखि काभ्रेको धुलिखेलमा युवा संघको विस्तारित बैठक बसिरहेको छ । अस्ति साँझसम्म वामदेव जाने कार्यक्रम थिएन । पार्टी अधिवेशनमा युवा परिचालनको महत्व बुझेका गौतम जान मन गरे । आयोजकहरुले चाँजो मिलाइदिए । काभ्रेका अगुवा पत्रकार मधुसुदन गुरागाईँले दिएको जानकारी अनुसार गौतमलाई कुरेर कार्यक्रम केही घन्टा ढिला पनि भयो।
    कतिपय सन्दर्भमा प्रहरी र युवा संघको सम्वन्ध तनावबाट गुज्रेको हुन्छ । अदर्श प्रहरीले जे जे सुधार गर्न खोज्छ त्यसम दलका युवा दस्ताहरु यदाकदा अवरोध बन्न खोजेका हुन्छन् । त्यसैले पनि प्रहरी, प्रशासनको नेतृत्व गरिरहेका गौतमको युवा संघको कार्यक्रममा उपस्थिति अर्थपूर्ण हुने नै भयो । आफ्ना पार्टीको युवा दस्ताका लगभग पचहत्तरै जिल्लाका कार्यकर्ताको कुरा सुन्न र सुनाउन पाउनु एउटा अवसर नै थियो ।
    गौतमले त्यसको भरपुर उपयोग गरे, काठमाडौंका एसएसपी रमेश खरेलको प्रसङ्ग निस्कियो । युवा संघका नेता खरेलसँग आगो भएका रहेछन् । संघका केन्द्रीय सदस्य अमित लामा पक्राउबारे त्यहाँ गौतमलाई पोल लगाए । आफ्नो बोल्ने पालोमा उपप्रधान तथा गृहमन्त्री गौतम खरेलविरुद्ध खनिन थालिाहाले । उनले खरेलविरुद्धको भएभरको भडास पोखे, ‘सिंहदरबारको मन्त्रालय र ललितपुरको मन्त्री क्वार्टर त्यति टाढा छैन, तर काठमाडौंका एसएसपी आजसम्म मलाई भेट्न आएको छैन । उसले मलाई भेट्दा स्वाभिमान गिर्छ भन्ने ठाने होलान् ।’ आफूले खरेललाई अहिलेसम्म नदेखेको बताउँदै गौतमले भने, ‘कुनै कार्यक्रममा समूहमा आएर सलाम गरेको भए थाहा भएन ।’ गौतमको अभिव्यक्तिले युवा संघका केन्द्र, जिल्ला पदाधिकारी र कार्यक्रममा उपस्थित एमाले सांसद् तथा नेतारकार्यकर्ताहरु दंग परे । धुलिखेल तालिम केन्द्रको उक्त कार्यक्रममा उपस्थित पत्रकारहरुलाई गौतमको त्यस्तो भनाइ ‘अशोभनीय’ लाग्यो ।
    ‘देशभरका युवा संघका कार्यकर्तालाई विभागीय मन्त्रीले उचालेको देख्दा खल्लो लाग्यो,’ अनुभवी पत्रकार गुरागाईँले भने, ‘त्यो पनि आफूभन्दा पाँच तह मुनिको कर्मचारीविरुद्व।’  धुलिखेलको अभिव्यक्तिमा गौतमले आफ्नो मनका कुरा खोलेका छन् । गलाभरि फूलमाला लगाएर ४२ दिनअघि गृह मन्त्रालयमा उनले दिएका आदर्श बचन र उनको चिन्तनमा कति ठूलो खाडल छ भन्ने प्रष्ट पारिदिएका छन् ।  गौतम प्रष्ट वक्ता छन् र त जुनसुकै प्रकरणमा धेरै दिनसम्म ढोङ गरिहरन सक्दैनन् । यसपाला पनि सपथ गरेको दिन लगाएको आदर्शको मुखुण्डो धुलिखेल गएर फ्याँकिदिएका छन् ।  गौतमलाई लाग्दो हो उनले त्यतिबेला दिएको ‘क्रान्तीकारी’ वहाली भाषण लोकले बिर्सिसक्यो । प्रहरीका हाकिमलाई मातहतका कर्मचारीलाई ‘तँ’ नभन्न निर्देशन दिएका गौतम आफैले भने त्यो सुधारको मन्त्रको हेक्का राख्न सकेनन् । धुलिखेलमा उनले खरेलका बारे सार्वजनिक अभिव्यक्ति दिँदा ‘तिमी’ वा ‘तँपाई’ को आदरार्थी शव्द प्रयोग गर्न जरुरी ठानेनन् । यसलाई सामान्य कमजोरी मान्ने हो भनेपनि उनको व्यक्तित्वमा ‘सामन्तवादी’ सोँच जकेडिएको देखाएको छ । खरेल अहिलेसम्म भेट्न आएनन् भन्ने आक्रोश त्यसकै ज्वलन्त उदाहरण हो ।एमाले कार्यकर्ताका हकमा प्रहरीरप्रशासन अरुभन्दा नरम हुनुपर्ने गौतमको मान्यता पनि प्रकट भयो । आफ् मातहतका प्रहरी अधिकृतविरुद्ध अभिव्यक्ति दिएर गौतमले खरेलको व्यक्तित्व झन् ‘अग्लो’ बनाइदिएका छन् । गृहमन्त्रीको रोष संचार माध्यममा आएपछि सामाजिक सञ्जालमा गौतमको आलोचना भइरहेको छ । ‘गृहमन्त्रीले एसएसपीको रिस गर्ने रु सार्वजनिक रुपमा निन्दा गर्ने रु त्यो पनि भेट्न आएन भनेर रु कस्तो स्तर, कस्तो अपेक्षा १’ पूर्व मन्त्री निलाम्बर आचार्यले लेखेका छन् । आफू मातहत कर्मचारीको गल्ती, कमजोरी देखियो भने नसिहत वा सजाय दिने अधिकार गृहमन्त्रीलाई  छ । प्रहरी अधिकृतहरुमध्ये धेरै वाहवाही पाइरहेका खरेलमाथि उनले पुरापुर निगरानी राख्न पाउँछन्, राख्नुपर्छ । एउटा एसएसपीभन्दा धेरै ख्याति कमाउने ‘स्कोप’ गृहमन्त्रीका सामुन्ने हुन्छ । संचारकर्मी रवीन्द्र मिश्रले फेसबुकमार्फत्  गौतमलाई सुझाव दिएका छन्, ‘वामदेवजी, काम नपरी रमेश खरेलले तपाईलाई किन भेट्न आउनुपर्ने बताइदिनुस् न । बरु राम्रो काम गर्नोस् । तपाईलाई पनि सबैले सेलिव्रेटी मान्नेछन् ।’
    विभागीय मन्त्रीले गरेको आलोचना खरेलले मिडिया मार्फत् थाहा पाइसकेका छन् । सेतोपाटीले कर गरेपछि उनले त्यसबारे छोटो प्रतिक्रिया दिन माने । ‘फोर्समा चेन अफ कमाण्ड हुन्छ,’ खेरेलले भने, ‘त्यसको मेन्टेन भएन भने प्रहरी बिग्रन्छ भन्ने मैले बुझेको छु ।’ फूलको गुच्छा बोकेर हाकिम, मन्त्री र नेताको घरघर धाउने प्रवृत्तिले नै प्रहरी बिग्रिएको बताउँदै खरेलले भने, ‘म वामदेव गौतमज्यू मात्र हैन कुनै गृहमन्त्री भेट्न गएको छैन, जाँदा पनि जान्न ।’ कानुनले दिएको अधिकार र बैधानिक आदेश अनुसार काम गर्ने बानी भएकाले मन्त्रीकहाँ गइरहनु पर्ने जरुरत नभएको खरेलले बताएका छन् । ‘आफ्नो ऊर्जा र समय ठूलाबडलाई अनुहार देखाउनमै खर्चिनाले व्यवसायिकतामा आघात पुगेको हो,’ खरेलले भने, ‘म त्यसो गर्न सक्दिन ।’ 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    Scroll to Top