• नयाँ खबर

    29 June, 2014

    वीरगंजमा पनि ११ औ राष्ट्रिय धान दिवस मनाईयो ।


    क्षेत्रिय कृर्षि अनुसन्धान कार्यालय वीरगंजको प्राङगनमा धान रोपेर राष्ट्रिय धान दिवस मनाउदै कर्मचारी तथा किसानहरु ।

    धान खेतीमा आधुनिकीकरण, खाधान्न आयातमा न्यूनीकरण भन्ने नाराका साथ आज वीरगंजमा पनि  ११ औ राष्ट्रिय धान दिवस धान रोपेर मनाईएको छ ।
    जिल्ला कृषि विकास कार्यलय पर्साको आयोजनामा आज पर्साको अलौँ गाविसस्थित खेतमा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजीमयले धान रोपेर मुरी फलाउने दिनको रपमा यस दिवसलाई लिनु पर्ने बताउदै धान रोपेर दिवस मनाएको हो । प्रजिअ बजिमयले आज संसारको विभिन्न देशमा विभिन्न बैज्ञानिक आयामसंगै नेपालमा कतिको उत्पादनमा बृद्धि भएको छ त्यसअनुरुप कृषि कार्यलयले किसानहरुलाई बृद्धिदर, बैज्ञानिक कृषि लागायतको बारेमा जनकारी गाराउनु र कृषिमा नयाँ आयामको परिवर्तन ल्याउने जरुरी रहेको बताउनु भएको थियो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यलय पर्साका प्रमुख दिनेश राय, स्थानिय विकास अधिकारी दिलिप चापागाई लगायतको उपस्थिति रहेको थियो । यसैगरी क्षेत्रिय कृर्षि अनुसन्धान कार्यालय वीरगंजले समेत आफ्नो प्राङगनमै धान रोपेर राष्ट्रिय धान दिवस मनाएको थियो । 





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    28 June, 2014

    प्रथम विश्वयुद्ध भएको सय बर्ष पुरा



    असार १४, प्रथम विश्वयुद्ध शुरु भएको आज एक शताब्दी पूरा भएको छ । आजभन्दा ठीक सय वर्ष अगाडि सन् १९१४ जून २८ का दिन सरायेभोमा अष्ट्रियाका राजउत्तराधिकारी आर्चड्यूक फ्रान्च फर्डिनैन्ड र उनकी पत्नी सोफीको सर्ब राष्ट्रवादी गैवरिलो प्रिन्सिपले हत्या गरेपछि युद्धको आगो सल्केको थियो ।
    यसलगत्तै अघिल्ला छ हप्तामा युद्धको आगोले सारा विश्वलाई नै लपेटिदियो । जर्मनीको समर्थनमा अष्ट्रिया–हंगेरीले सर्बियालाई चेतावनी दिएलगत्तै एकपछि अर्को गर्दै शक्ति र सत्तामा अन्धो बनेका विश्वका एकसेएक हस्ती राष्ट्रहरु युद्धमा जोडिए जसले जन, धन र भौतिक विकासको ध्वंस गराइदियो । चार वर्षसम्म चलेको उक्त युद्धको क्षति यस्तो रह्यो कि त्यसलाई झुक्किएर पनि सम्झनलायक थिएन ।
    दुई जनाको हत्याबाट शुरु भएको यो विनाशकारी युद्धलीलाको चार वर्षमा यूरोप, एशिया, अफ्रिका र अमेरिकाका एक करोड ८० लाख मानिसलाई मृत्युको मुखमा पु-याइयो ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    नेपालले ट्वान्टी-२० राष्ट्रको मान्यता पायो

    कप्तान पारस भन्छन् - अब भारत, पाकिस्तान जस्ता देशसँग खेल्न सक्छौं 



    १४ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपाललाई ट्वान्टी(२० राष्ट्रको मान्यता दिएको छ । मेलबर्नमा बसेको आइसीसीको बोर्ड बैठकले नेपालसँगै नेदरल्याण्डलाई ट्वान्टी(२० राष्ट्रको मान्यता दिएको हो ।
    नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यसलाई सबैभन्दा ठूलो उपलब्धी भनेका छन् । ‘धेरै वर्षको मेहनतको फल पाएका छौं’ अनलाइखबरसँग कुरा गर्दै उनले (’यदि उनीहरुले माने भने अब हामी भारत, पाकिस्तान, अष्ट्रेलिया जस्ता देशसँग खेल्न सक्छौं ।’
    अब यसलाई सदुपयोग गरेर अघि बढ्नु पर्ने भन्दै उनले तत्काल प्रशिक्षक पुवुद्धु दशानायकेसँगको सम्झौता नविकरण गरेर बोलाउन आग्रह गरे । ‘अब सबै समस्याहरुलाई समाधान गरेर अघि बढ्नुपर्छ’ उनले भनेका छन्(’तत्काल प्रशिक्षकलाई बोलाउनु पर्‍यो ।’
    प्रशिक्षक पुवुद्धु विदामा घर गएका छन् । तर, नेपाल क्रिकेट संघ क्यानले सम्झौता नविकरण नगरेकाले उनी आउनेमा आशंका छ । अहिले क्यानका पदाधिकारीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा चलिरहेको छ भने खेलकुद मन्त्रालयले क्यान विघटन गरेर बोर्ड बनाउने तयारी गरेको छ ।
    अहिलेसम्म क(कसले पाए रु
    नेपाल र नेदरल्याण्डले बंगलादेशमा भएको ट्वान्टी(२० विश्वकप खेलेको थियो । विश्वकपको समूह चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने टेष्ट मान्यता प्राप्त देश बंगलादेशसँग हार व्यहोरेपनि राम्रो चुनौती दिएको थियो ।
    आईसीसीको निर्णयसँगै ८ एशोसिएट देशमा ट्वान्टी(२० राष्ट्रको मान्यता पाएको छ । अफगानिस्तान, हङकङ। आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यूगिनी र यूएईले यसअघि नै ट्वान्टी(२० राष्ट्रको मान्यता पाइसकेका थिए । - onlinekhabar


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    16 June, 2014

    वीरेन्द्रको परिवारको चलअचल सम्पत्ति सार्वजनिक

    तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवार 



    काठमाडौँ - तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवारको चल अचल सम्पत्ति नेपाल ट्रस्टले आज सार्वजनिक गरेको छ ।  
    यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका सचिव श्रीधर गौतमले वीरेन्द्रको परिवारको नाउँमा नेपाल र विदेशमा ठूलो धनराशि हुनुपर्ने जनअपेक्षाअनुसार त्यस्तो सम्पत्ति नभएको बताउँदै हालसम्म चल सम्पत्तिका रुपमा स्वदेशमा नगण्य रुपमा मात्रै रकम मात्र प्राप्त भएको र बैंक तथा होटल र नेपाल औद्योगिक विकास निगमको केही सेयर फेला परेको जानकारी दिनुभयो ।  
    वीरेन्द्रको परिवारको नाउँमा चल सम्पत्तिका रुपमा स्वदेशमा करिब चार हजार ५४५ बेलायती पाउन्ड र १० हजार नेपाली रुपैयाँ मात्र प्राप्त भएको, नविल बैंक लिको एक लाख ४४ हजार ४७२ कित्ता, नेपाल औद्योगिक विकास निगमको छ हजार ७५० कित्ता तथा होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता सेयर प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो । विसं २०६४ देखि २०७१ वैशाखसम्म भाडाबाट करिब २४ करोड ७९ लाख उठेको रकम ट्रस्टको कोषमा रहेको र सम्पत्ति खोजबिनकै क्रममा काठमाडौँ दरबारमार्गस्थित होटल अन्नपूर्णको गत जेठ २८ गतेसम्म १५ हजार ३६८ कित्ता सेयर तथा सो सेयरबापतको  कबिर रु दुई लाख ३० हजार नगद लाभांश प्राप्त भएको उल्लेख छ । यसैगरी अचल सम्पत्तिको हकमा गत वर्ष करिब छ हजार २४४ रोपनी जग्गा प्राप्त भएको र सोमध्ये पोखरा, चितवन, काठमाडौँ, हेटौंडा आदि ठाउँमा बङ्गला तथा भवन संरचना  छ । 
    सचिव गौतमले सम्पत्ति खोजबिनका क्रममा यस वर्ष ‘सघन सम्पत्ति खोजबिन कार्यक्रम’ सञ्चालन गरेर कार्यालयबाटै चार-पाँच जना कर्मचारी खटाई धादिङ जिल्लामा करिब १५ हजार १०१ रोपनी, नुवाकोटमा करिब १७२ रोपनी दुई आना , काठमाडौँमा करिब ११ हजार ३२५ रोपनी तथा सिन्धुपाल्चोकमा करिब २७ रोपनी गरी करिब २६ हजार ६२६ रोपनी जग्गा फेला परेको बताउनुभयो । 
    ती जग्गामध्ये धादिङ र नुवाकोटमा रहेको करिब १५ हजार २७३ रोपनी जग्गा गत जेठ २१ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार ट्रस्टमा आइसकेको र बाँकी काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको करिब ११ हजार ३५३ रोपनी जग्गा ट्रस्टको सञ्चालक समितिको बैठकले निर्णय गरी ट्रस्टमा ल्याउनका लागि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा सिफारिस भइसकेको जनाइएको छ । 
    वीरेन्द्र र निजको परिवारको नेपालमा रहेको अचल सम्पत्ति केही प्राप्त भएको र खोजबिन अझै जारी रहेको उल्लेख गर्दै उहाँले विदेशी सम्पत्ति खोजबिन सम्बन्धमा विभिन्न मुलुकको बैंक तथा अन्य निकायमा नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयमार्फत खोजी गर्दा हालसम्म कुनै चल तथा अचल सम्पत्ति प्राप्त हुन नसकेको जानकारी दिनुभयो । 
      राजपरिवारको नाउँमा स्वदेश र विदेशमा ठूलो धनराशि हुनुपर्ने अनुमान गरिएको र सो धनराशिबाट नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गरी लोकहितको काम गर्ने उद्देश्य राखिएको भए तापनि हालसम्म प्राप्त चल सम्पत्ति ज्यादै थोरै भएकाले लगानी निर्देशिका तयार गरी लगानी गर्न नसकिएको तर सम्पत्तिको संरक्षण र उपयोग सम्बन्धमा विभिन्न काम भइरहेको उहाँले बताउनुभयो । 
    सचिव गौतमले राजाको परिवारबाट ट्रस्टमा आउनुपर्ने सम्पत्तिका विषयमा सर्वसाधारणलाई कुनै जानकारी भएमा त्यस्तो जानकारी संस्थालाई उपलब्ध गराई सहयोग गरिदिनसमेत अनुरोध गर्नुभयो । रासस







    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    नेपाली चेली तेरीयालाई यसरी भोट दिनुहोस् । उनको आश्चर्यचकित भिडियो सहित ।

     तेरीया फौजा मगर




    Teriya Magar who has been dancing for the tile of DID lil master which is the dancing reality show broadcasting in Zee TV of India. She has been struggling from the starting of the show. She is only Nelpali there who is representing Nepal.  She is from Rudrapur of Nepal. She is 11 years old. Teriya loves Bollywood dance style. Being the only girl in the team the other 3 boys lovingly call her Moti and Gaurav especially calls her bacteria. Teriya is known for her lovely expressions during performances. Teriya Magar is an 11 year old small and clever Nepali child from Sungabhachowk, Rudrapur, Nepal. She is a top dancer and each of her performances are frivolous and magical. When she performs on stage the whole audience are shouting- "once more". It is a wonder to see Teriya dance with her profound expressions leaving the audience spellbound. She is very popular and friendly with judges and others. Her dances are elegantly spectacular. Although just 11 years old,through her dance she has captivated the small screen appearing in Dance India Dance Lil Masters, a dance show telecast in the Zee Television, India. Being a Nepali, she has made all the Nepalese proud.  Watch more on video


    हाम्रो चेली तेरीया फौजा मगरलाइ अरु केहि दिन नसके पनि भोट दिन चाहि कन्जुश्याई नगरौं | नेपालमा लुकेको प्रतिभा भारतमा फुकाउन्दा मात्रै यति सफलता मिलेको हो, नेपालमा भए यो सफलता मिल्ने थिएन र त्यो प्रतिभा गुम्सेर त्यातिकै मर्ने थियो ! देशको गति र मतिले गर्दा हरेक प्रतिभावान व्यक्तित्वहरु समेत ओझेलमा पर्छन | यो त देश भित्रको संस्कार नै मान्नु पर्ला ! नत्र भए अरु के उपमा दिन सकियाला र ? जुन कोणबाट भए पनि हेर्ने दृस्टी यहि होला अरुको पनि तर मेरो चाहि ब्याक्तिगत नै हो 



    नेपाली चेली तेरीयाको डान्स भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस् ... Video 1

    तेरीयालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ......Vote for Teriya Magar Click Here >>>>

    नेपाली चेली तेरीयाको डान्स भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस् ..... Video 2



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    15 June, 2014

    सिकुन यि दम्पतीवाट कैदीबन्दीका छोराछोरीसंग जन्मदिन

    आफनी १० वर्षिय छोरी जियाको जन्मदिन कैदीबन्दीका छोराछोरी पढ्ने समता स्कुलमा मनाउदै  ।।



    आषाढ १ पर्सा
    सबैले सिकुन यि दम्पतीवाट वीरगंज रामटोल निवासी अजय मीश्रा र अनामिका देविले आफनी १० वर्षिय छोरी जियाको जन्मदिन कैदीबन्दीका छोराछोरी पढ्ने समता स्कुलमा मनाएका छन्् । यस परिवारले २ वटा केक काटेर केदीवन्दीका छोराछोरीसंग जन्म दिन मनाएका हुन् । साथमा लगभग ५५ बालबालिकाले जियालाई जन्मदिनको शुभकामना दिएको हो । जियाले भनिन मेरो जन्मदीनमा अरु कुनैपनि वर्षमा यसरी भव्य तरिकाले शुभकामना दिएका थिएनन् जियासंगै उनका बुवा आमा पनि त्यतिकै खुसि देखेका थिए ।
     जियाको जन्मदिन 





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    कैदि बन्दीका बालवालिकालाई निःशुल्क स्वास्थ्य शिविर र सुन्दरीहरुको एक दिने शिक्षा विद्यार्थीलाई


    डा.दास स्वास्थ्य परिक्षण गर्दै ।।



    अषाढ १ पर्सा 
    आशाराम अस्पतालले वीरगंज कारागारस्थित समता स्कुलमा आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा बाल रोग बिशेषज्ञ डा अशोक दासले विद्यालयका ४८ जना विद्यार्थीको स्वास्थ्य परीक्षण निशुल्क गरेको हो । डा.दासले विद्यालयका अध्ययनरत संपूूर्ण विद्यार्थीलाई आशाराम अस्पतालमा दीर्घकालिन स्वास्थ्य उपचारको लागि कार्ड समेत उपलब्ध गराएको हो । कार्डभएका वालकालिकाले निशुल्क रुपमा उपचारको व्यवस्था अस्पतालमै पाउने डा. दासले बताए । 
    त्यसैगरी स्वास्थ्य शिविरलाई मिस टिन पर्साका सहभागिहरुले सघाएका थिए । फेसन सोको एकिकृत कृयाकलाप अन्तर्गत उनिहरुले कैदिवन्दी जिव विताईरहेका बालवालिकाहरुलाई समताले स्थापना गरेको विद्यालयमा मिस टिन पर्साका सुन्दरीहरुले बालबालिकाहरुलाई किताब वाहिरका कुराहरु अनुशासनमा रहने, हात धुने, सफासंग रहने, झईझगडा नगर्ने लागायतका बारेमा विद्यार्थिहरुलाई शिक्षा दिईएको मिस टि पर्साका सल्लाहकार दिलिप राज कार्किले बताउनु भएको हो । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    गर्मि छल्दै पशु ।


    गर्मि छल्न पोखरीमा नुहाउदै भौसिहरु ।। 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    13 June, 2014

    एसएलसी परीक्षाको नतिजा सार्वजनिक, नियमिततर्फ ४३ दशमलव ९२ प्रतिशत उत्तिर्ण (परीक्षाफलसहित)



    नियमित तर्फको परीक्षाफल हेर्न S.L.C. Result REGULAR_2070.  क्लिक गर्नुहोला ।

    एक्ज्याम्टेडतर्फको परीक्षाफल हेर्न S.L.C.Result EXEMPTED_2070. क्लिक गर्नुहोला ।


     २०७० सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । यसवर्ष पनि निराशाजनक नतिजा आएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार नियमिततर्फ ४३ दशमलव ९२ प्रतिशत अर्थात एकलाख ७३ हजार ४ सय ३६ जना उत्तिर्ण भएका छन् । पोहोरको उत्तिर्ण प्रतिशत ४१ दशमलव ५७ थियो । विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, पहिलो श्रेणीमा ८३ हजार ६ सय ३७, दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तेस्रो श्रेणीमा ३ हजार ७ सय ४७ जना पास भएका कार्यालयले जनाएको छ । एक्जाम्टेडतर्फ १४ हजार ५ सय ९१ अर्थात १० दशमलव ९२ प्रतिशत विद्यार्थी पास भएका छन् । यसवर्ष नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जनाले परीक्षा दिएका थिए । एसएलसीको नतिजा सार्वजनिक भएपछि एसएलसी टाईप गरी एक स्पेश दिएर सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गरेर थाहा पाउन सक्नुहुन्छ । त्यस्तै १६६०–०१– ५–५५–६६ मा फोन गरेर पनि तपाईंले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ ।


    असफल हुनेका लागि

    असफल नभईकन सफलता हात नै पर्दैन । सबैभन्दा पहिले ठूलो साहस बटुल्न सक्नुपर्छ । निराश हुन हुँदैन । धैर्यता लिनुपर्छ । फेरि प्रयास गर्दा सफल होइन्छ । पटक्कै निराश हुन हुँदैन । सकारात्मक सोच लिनुपर्छ । चिन्ता गर्नुहुन्न । मनमा चिन्ता, पीर नलिइकन फेरि सफल हुने बाटोमा लाग्नुपर्छ । एकपटक असफल हुँदैमा केही हुँदैन । असफलताले अर्को सफलताको ढोका खोल्छ ।

    सफल हुनेका लागि

    जुन श्रेणीमा पास भएपनि धेरै हौसिनु हुँदैन । धेरै हौसियो भने लडिन्छ । फल लाग्दैन । अब के पढ्ने भनेर दृढ निश्चय गर्नुपर्छ । अहिले नै डाक्टर, इञ्जिनियर पढ्छु भन्ने होइन । एसएलसीपछि उच्च शिक्षामा जम्मा चारवटा मात्र क्षेत्र छन्– शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान ।
    यी चारवटा मध्ये के पढ्ने हो, अभिभावक र शिक्षकसँग पनि सल्लाह गर्नुहोस् । आफ्नो क्षमता र नतिजा पनि हेर्नुहोस् । धेरै सोच विचार गर्नुहोस् । यहाँ राम्रो अंक ल्याएपछि मात्रै भविष्यमा तपाईं डाक्टर, इञ्जिनियर, पाइलट वा अरु के बन्ने हो त्यसमा लाग्नुहोस् ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    Scroll to Top