• नयाँ खबर

    18 October, 2014

    अनुगमनका टोली र ब्यापारी बिच कुरा बाझियो


    जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वको टोलीले परवनीपुरस्थित दुगड सुमहको शुभम् कोल्ड स्टोरेजमा छापा मा¥यो । म्याद गुज्रेको मकैको फुल अर्थात् पपकर्न छ भन्ने आधारमा छापा मारिए पनि अनुगमनका गएका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृत र ब्यापारी प्रतिनिधिबीच नै कुरा बाझिएको छ । - See more 


    http://www.youtube.com/watch?feature=player_detailpage&v=W8SF1wZMuS0#t=2



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    15 October, 2014

    समुन्नत नगरको लागि साझा सहकार्यको आवश्यकता




    वीरगञ्ज, आश्विन २९
    वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज एक कार्यक्रमका बीच वीरगञ्ज उपमहानगरपालिकाका नव आगन्तुक कार्यकारी अधिकृत बिष्णुप्रसाद कोइरालासँग सङ्घकै कार्यकक्षमा भेटघाट, परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
    सङ्घका अध्यक्ष अशोककुमार वैधले वीरगञ्जको विकास कार्यमा सङ्घले आफ्नो स्थापना कालदेखि सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै आएको कुरा बताउनुहुँदै सङ्घले वीरगञ्ज नगरको समग्र विकासको लागि अघि सारेको ग्रेटर वीरगञ्जको अवधारणा, ट्रान्सपोर्ट नगरको आवश्यकता, नगरलाई समुन्नत र समृद्ध बनाउन निजी र सार्वजनिक क्षेत्रबीच सहकार्यको आवश्यकता माथि कार्यकारी अधिकृत कोइरालालाई जानकारी गराउनुभयो । 
    कार्यक्रममा कार्यकारी अधिकृत कोइरालाले वीरगञ्जको विकास कार्यमा सक्रिय भई एशियाली विकास बैंकको परियोजनालाई प्राथमिकताका साथ तिव्रता प्रदान गर्ने, सरसफाईका विभिन्न कार्यहरुलाई कार्यान्वयन गर्ने, यस क्षेत्रमा व्यापार सहजीकरणको लागि आपूmले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    छलफलका क्रममा वीरगञ्जमा एउटा व्यवस्थित फुडजोनको निर्माण हुनुपर्ने, कर सङ्कलन प्रभावकारी एवं पारदर्शी ढंगबाट हुनुपर्ने, अन्तराष्ट्रिय सभा भवनको निर्माण कार्य शुरु हुनुपर्ने, यस क्षेत्रको विकासको लागि सबै सरोकारवालाहरु एक जुट भएर लाग्नुपर्ने अवधारणा नेउवामहासङ्घका कार्यकारिणी सदस्य एवं सङ्घका नि.अध्यक्ष अशोक टेमानी, भूपू अध्यक्ष गणेश लाठ, कोषाध्यक्ष सुनिल खेतान, सह–कोषाध्यक्ष दिपक टिबडेवाल, सह–सचिव मनोज शर्माले व्यक्त गरेका थिए । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    हिउँमा पुरिएर २४ पर्यटकले ज्यान गुमाए, दर्जनौं सम्पर्क बाहिर (फोटो फिचरसहित)





    पोखरा/म्याग्दी : अविरल वर्षासँगै भएको भारी हिमपात र हिमपहिरोमा पुरिएर मुस्ताङ र मनाङमा मात्रै २४ जना पर्यटकले ज्यान गुमाएका छन्। बुधबार साँझसम्म मुस्ताङमा १६ जना र मनाङमा आठजनाको शव भेटिएको छ। दर्जनौं पदयात्री सम्पर्कमा आउन सकेका छैनन्।

    बेपत्ता भएका पदयात्रीको संख्या अझै एकिन हुन सकेको छैन। हराएका पर्यटकको खोजी तथा उद्धार कार्य स्थगित गरिएको छ। बिहीबार बिहानदेखि उद्धार कार्य जारी राखिने जानकारी सुरक्षा निकायले दिएका छन्।
     मनाङबाट थोराङ ला पास हुँदै मुस्ताङ प्रवेश गरेका १६ र मनाङको काम्लाङ र फु गाविसको बीचमा पाँचजना र नारमा ३ जना गरी २४ जना पदयात्रीले ज्यान गुमाएका छन्।









    मुस्ताङमा ९ नेपाली, ३ इजरायल, ३ पोल्याण्ड र ३ भियतनामी नागरिकको शव फेला पारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिए। उनका अनुसार, डमक्याम्प देखि थोराङ ला पास क्षेत्रमा खोजी कार्य गर्दा यी शवहरु भेटिएका हुन्।



     मृतकहरूको पहिचान हुन नसकेको जानकारी प्रहरीले दिएको छ। मृतक मध्ये २ पोल्याण्ड, १ इजरायली र १ नेपालीको शब हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ। डमक्याम्पबाट १९ जनाको जिवितै उद्धार गरिएको छ।




    उद्धारका लागि नेपाली सेना तथा सिम्रिक एयरलाइन्सलगायतका हेलिकोप्टर प्रयोग गरिएका थिए। सेना प्रहरीसहितको विशेष टोली दिनभर बेपत्ता पदयात्रीको खोजी तथा उद्धारमा जुटेको थियो।
     उद्धार गरिएका एक जनाको जिल्ला अस्पताल मुस्ताङ र १४ जनालाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ। प्रहरी नायब उपरिक्षक गोविन्द प्रसाद पाठकका अनुसार, असोज २६ गते मनाङबाट मुस्ताङ तर्फ हिडेका तीनसय ४६ जना मध्ये मुस्ताङको मुक्तिनाथमा दुईसय ४४ जना सकुशल आइपुगेका छन् भने ७० जना भन्दा बढी सम्र्पकमा आएका छैनन्।
    डमक्याम्प क्षेत्रमा बुधबार साँझदेखि फेरि हिउँ पर्न थालेपछि उद्धार कार्य स्थगित गरिएको छ। 'फेरि हिउँ पर्न सुरु गरेपछि प्रतिकुल मौसमका कारण उद्धार कार्य स्थगित गरेका छौ। मौसम खुल्ने बित्तिकै फेरि सुरु गर्नेछौ' प्रजिअ भण्डारीले भने, 'आसपासको क्षेत्रमा अझै पनि शवहरु  रहेको आशंका गरेका छौ।'
     भारी हिमपात हुँदा ५ हजार मिटर सम्म झरिसकेका ति पदयात्रीको कठङग्रिएर, लडेर त कोही हिउ पहिरोमा परेर ज्यान गएको उद्धारमा खटिएका सुरक्षाकर्मीले जनाएका छन्।


    सोमबार राति देखि परेको बर्षाका कारण मुस्ताङका अधिकांश भुभागमा हिउँ परेको छ। मंगलबार जानकारी प्राप्त हुने वित्तिकै प्रमुख सेनानी अर्जुन बस्नेत र सहसेनानी मुरारी सापकोटाको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। प्रतिकुल मौसम र सञ्चार सम्पर्क नहुँदा उद्धारमा समस्या भएको प्रजिअ भण्डारीको भनाइ छ।    savar :- annapurnapost.com





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    वीरगन्जलाई नमुना वीरगन्जको रुपमा परिचित गरिने प्रतिबद्धता

    वीरगंज उपमहानगरपालि छाडा चौपाया नियन्त्रण




    पर्सा २९ असोज 
    वीरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णु कोइरालाले कर संकलनमा कुनै सम्झौता नगरिने बताउनुभएको छ । वीरगंज उपमहानगरपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यकारी अधिकृत कोइरालाले करसंकलनलाई आफुले प्राथमिकतामा राखेको बताउनुभएको छ । कर संकलनका लागि हाम्रा आफनौ कर्मचारीहरुबाटै शुरुवात गरिएको समेत कोइर््रालाले बताउनुभएको हो । कार्यकारी अधिकृत कोइरालाले कर संकलन, सफाई र म्याचिङ फण्डको व्यवस्था गरि वीरगंजको विकासमा एशियाली विकास बैक एडिभि प्रोजेक्टको योजनालाई सफल पार्ने दावी गर्नुभएको थियो । 
    त्यसैगरी सरसफाई अन्तरगत छाडा चौपाया नियन्त्रण, नाली सरसफाई, डेङ्गु नियन्त्रणको प्रकृया अगाडी बढाईएको समेत जनकारी गराउनु भएको छ । नगरको सरसफाईका लागि अति आवश्यक सवा एक करोडको ८ हजार डस्बीन र १५ सय कम्पोस्ट विनको निकासाको लागि आवश्यक पहल गरी सकेको जनकारी गराउदै वीरगन्जको फोहोर व्यवस्थापन गर्नको लागि डम्पीङ्ग साईट चुनौतीको रुपमा रहेको हुनाले यसमा नगरवासिहरुको सल्लाह सुझाव अनुसार चुनौतीलाई अन्त्य गर्ने समेत बताएका छन् । 
    त्यसैगरी यस वीरगंज उपमहानगरपालिका अन्य नगरपालिकाको तुलनामा मन्त्रालयमा कालोसुचिमा रहेकोले त्यो कालोसुचिबाट हटाउने तर्फ आफनो इमानदारी पुर्वक प्रयास रहने जनकारी गराउनु भएको छ । यहां आन्तरिक गुटबन्दीका कारण विकास योजना नै अल्मलिएको हुनाले पहिलो प्राथमिकता गुटबन्दी हटाउने भएकोले त्यसतर्फ अग्रसर भई कार्य नगरपालीकाले गरिरहेको जनकारी गराउनु भएको हो । 
    हाल जगेडा कोषबाट चार करोड आएको र सो रकम बारुण यन्त्रको खरिद, व्यापारिक भवन, बौद्ध चैतन्य विहार मर्मत, बहिपुल कालोपत्र, भिस्वा फुलवारी र उपमहानगरपालिकालाई आवश्यक सफाइतर्फ सवारी साधन खरिद वीरगन्ज विकासको कार्यलाई तिर्व रुपमा अगाडी बढाई वीरगन्जलाई नमुना वीरगन्जको रुपमा परिचित गरिने प्रतिबद्धता जनाउनु भएको हो । पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोविन्द्र कार्की तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    03 October, 2014

    वीरगंज दशैँ २०७१.



    विजया दशमि तिहार, छठ बकरिद एवंम् नेपाली सम्बतको हार्दिक मंगलमय शुभकामना ।।
    — at Maisthan, Birgunj Nepal.










    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    Scroll to Top