24 November, 2014
09 November, 2014
नेपाल पत्रकार महासंघ पर्साको ऐतिहाँसिक निर्णय (शाखाको भवन शिलान्यास गरिने)
वीरगन्ज,२३ कात्तिक ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन यही कात्तिक ३० गने शिलान्यास हुने भएको छ । वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५को नेशनल टेडिंग स्थित जग्गामा कात्तिक ३० गते शाखाको भवन शिलान्यास गर्ने नेपाल पत्रकार महासंघ पर्सा शाखाको आज सम्पन्न बैठकले निर्णय गरेको हो । स्थानीय होटल कुमु प्यालेसमा सम्पन्न भएको शाखाको आकष्मिक बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्ठद्धारा उक्त भवन शिलान्यास निर्णय भएको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिनुभयो ।
बैठकले समयमा नै संबिधान जारी गर्नका लागि दबाव दिने उद्देश्यले केन्द्रीय समितिले गरेको निर्णयलाई अक्षरशः पालना गर्ने निर्णय समेत बैठकले गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव खनालले जानकारी दिनुभयो । यसरी नै यही कात्तिक २९ गते बाराको गढीमाइ मन्दिर क्षेत्रमा हुन लागेको पत्रकार महासंघको क्षेत्रीय बैठकमा पर्सा शाखाले प्रतिनिधित्व गर्ने निर्णय समेत बैठकले गरेको छ । पत्रकार महासंघ पर्सा शाखाको माइस्थान स्थित कार्यालयलाई अझै ब्यवस्थित बनाउनका लागि शाखाका साधारण सदस्य शिवशंकर मिश्रलाई सहयोगका लागि आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । शाखाका अध्यक्ष श्याम बंजराको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पत्रकार महासंघका जग्गादाता ज्योतिलाल कलवारको बिशेष उपस्थिति रहेको थियो भने शाखाका सल्लाहकार एवम् निर्बतमान अध्यक्ष केसी लामिछाने,सल्लाहकार एवम् पूर्व अध्यक्ष शत्रुघन नेपाल लगायतको उपस्थिति रहेको थियो ।बैठकमा शाखाका उपाध्यक्ष धुब्र साह,कोषाध्यक्ष अनुप तिवारी तथा कार्य समितिका सदस्यहरु सफल खतिवडा,दीपक गौतम,नवराज फूँयाल,कपिलदेव यादव,निरंजन मिश्र,संजिव मिश्र,लक्ष्मी खरेल,बिनोद परियार लगायतको उपस्थिति थियो । नेपाल पत्रकार महासंघको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित भएको करिब आठ महिनापछि यो ऐतिहाँसिक निर्णय गर्न पर्सा महासंघ सफल भएको हो ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
05 November, 2014
७० किलो चरेश सहित बर्नवाल पक्राउ ।
कार्तिक १९ पर्सा
अञ्चल प्रहरी कार्यालय नारायणीले आज छापामारी गरेर ७० किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको अधारमा प्रहरी नायब निरिक्षक अरुण कुशवाहाको संयुक्त टोलिले वीरगंज उप–महानगरपालिका अदर्शनगर स्थित विकास वर्नवालको घरमा छापामारी गरि उक्त परिमाणको चरेस पक्राउ गरेको हो । वर्नवालको घरमा खनतलासि गर्दा विभिन्न ६४ किलो थप चरेस प्रहरीले बरामद गरेको हो । प्रहरीले आवश्यक अनुसन्धानका लागि घरसाहु २५ वर्षिय विकास वर्नवाल र उनकी आमा लाई हिरासतमा लिएको छ ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

