• नयाँ खबर

    30 March, 2015

    यस्तो कार, जसले ड्राइभरलाई नियम तोड्न दिनेछैन l

    ट्राफिक नियम मिच्दै अनियन्त्रित तथा सडक अनुशासन विपरित उच्च गतिमा कार चलाउने चालकहरुलाई अब कार आफैले अंकुश लगाउने भएको छ । कार निर्माता कम्पनी फोर्डले यस्तो कार निर्माण गर्ने योजना बनाएको छ जसले सडकमा रहेका गति सिमित राख्नुपर्ने सम्बन्धि संकेत तथा चेतावनी हेरेर आफ्नो गतिलाई आफै सुस्त पार्नेछ । गति सिमित गर्नुपर्ने वा विस्तारै चलाउने पर्ने ठाउँमा चालकले जोडसँग हाँक्न खोजेपनि उक्त कार बढि गुड्नेछैन ।
    अमेरिकी कार कम्पनी फोर्डका अनुसार यो प्रविधिले दुर्घटनामा कमी ल्याउने मात्र होइन ट्राफिक नियम मिचेबापत पाउने जरिवानाबाट समेत चालकहरु बँच्नेछन् ।
    आगामी अगष्टमा युरोपेली बजारमा लन्च हुने योजनामा रहेको एक्सम्याक्सको दोश्रो संस्करणका कारमा यो प्रविधि उपलब्ध हुने बीबीसीले उल्लेख गरेको छ ।
    फोर्डका प्रवक्ताका अनुसार यो प्रविधिलाई विश्वका अन्य मोडेलका कारमा समेत प्रयोग गर्न सकिन्छ ।
    इन्टेलिजेन्ट स्पीड लिमिटर भनिने यो प्रविधिले कारमा विद्यमान दुइवटा प्रविधिको उपयोग गर्दछ । पहिलो प्रविधि हो(एडजस्टेबल स्पीड लिमिटर, जसले पांग्रामा लगाइएका सेन्सरका माध्यमबाट कारको गति पत्ता लगाउँछ । जब पहिले तय गरिएको गतिभन्दा तिब्र गतिमा कार कुँद्न थाल्छ तब सफ्टवेयरले उक्त कुरा थाहा पाउँछ । तत् पश्चात ब्रेक लगाउन संकेत गर्नुको साटो यो प्रविधिले इन्जिनसम्म पुग्ने इन्धनको मात्रालाई कम गरिदिन्छ ।
    दोश्रो प्रविधि हो(ट्राफिक साइन रिकग्निसन अर्थात् ट्राफिक संकेत पहिचान गर्ने प्रविधि ।
    यसमा एक चौडास्त्रिmनवाला भिडियोको प्रयोग गरिन्छ जसले ट्राफिक संकेतलाई पहिचान गरी त्यसबारेमा ड्राइभरलाई सूचना दिन्छ । सडकमा रहेका ट्राफिक संकेतहरु आफैले हेर्नु नपर्ने र यसबारेमा गाडी आफैले बारम्बार सूचना दिने भएपछि ड्राइभरले ढुक्क भएर बाटोमा मात्रै हेरिकन गाडी चलाए पुग्छ ।
    फोर्डका अनुसार यो प्रविधिको सहायताले चालकहरु ढुक्क भएर अन्य सामान्य अवस्थामा भन्दा प्रतिघण्टा ८ किलोमिटर बढिसम्म कार कुँदाउन समर्थ हुन्छन् ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    यी हुन् सबैभन्दा तिव्रगतिको इन्टरनेट भएका १० देशहरु ।


    वर्तमान सूचना प्रविधिको युगमा इन्टरनेट मानिसहरुको दैनिकीको अभिन्न पाटो बनिरहेको छ । यद्यपि विश्वका प्रयोगकर्ताहरुले समान गतिको इन्टरनेट प्राप्त गर्न सकेका छैनन् । कतिपय देशमा निकै तिव्र गतिको इन्टरनेट सेवा प्राप्त छ भने कतिपय देशमा निकै झूर । नेटवर्क ट्रयाकर अकामाइले हालै सार्वजनिक गरेको विश्वका देशहरुको इन्टरनेट गतिको अवस्था विषयको एक प्रतिवेदन दी स्टेट अफ इन्टरनेट अनुसार विश्वका सर्वाधिक तिव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्(
    १। दक्षिण कोरिया( औषति कनेक्सन स्पीड २२।२ एमबीपीएस सहित दक्षिण कोरिया विश्वको सबैभन्दा तिव्रगतिको इन्टरनेट सेवा रहेको देशको सूचिमा पहिलो स्थानमा लगातार रहन सफल भएको छ । यद्यपि पछिल्लो त्रैमासिकमा देशको औषत इन्टरनेट गतिमा १२ प्रतिशतको गिरावट आएको रिपोर्टले देखाएको छ । यद्यपि अघिल्लो वर्ष भन्दा यो वर्ष त्यहाँको इन्टरनेट स्पीड १।६ प्रतिशतले सुधार भएको छ ।
    २।हङकङ( तिव्र इन्टरनेट रहेको देशका रुपमा हंगकंग दोश्रो स्थानमा रहेको छ । त्यहाँको औषत इन्टरनेट स्पीड १६।८ एमबीपिएस रहेको छ । वर्षेनी इन्टरनेट स्पीडमा ३७ प्रतिशतले सुधार भएको समेत रिपोर्टले देखाएको छ ।
    ३। जापान( जापान विश्वमा सर्वाधिक तिव्र इन्टरनेट सेवा भएको तेश्रो मुलुक हो । जहाँको इन्टरनेट स्पीड औषतमा १५।२ एमबीपीएस रहेको छ ।
    ४। स्विडेन( एक स्थान माथि चढ्दै स्केन्डेनेभियन देश स्विडेन सबैभन्द तिब्र गतिको इन्टरनेट भएको चौथो देश बन्न सफल भएको छ । स्विडेनमा ब्रोडब्याण्ड इन्टरनेटको औषत गति १४।६ एमबीपीएस रहेको छ र वाषिर्क सुधार ३४ प्रतिशत रहेको छ ।
    ५। स्विट्जरल्याण्ड( अघिल्लो त्रैमासिकमा चौथो स्थानमा रहेको स्विजरल्याण्ड एक तह खस्किँदै पाँचौ स्थानमा झरेको छ । अकामाइको रिपोर्ट अनुासर हाल स्विजरल्याण्डको औषत इन्टरनेट स्पीड १४।५ एमबीपीएस रहेको छ ।
    ६। नेदरल्याण्ड( इन्टरनेट स्पीडका आधारमा विश्वमा छैटौँ स्थानमा कायम रहेको नेदरल्याण्डमा इन्टरनेटको औषत गति १४।२ एमबीपीएस रहेको छ ।
    ७। लाट्भिया( वाषिर्क तथा त्रैमासिक रुपमा समेत इन्टरनेट स्पीडमा गिरावट आएपनि लाट्भियाले विश्वका तिव्र इन्टरनेट भएका देशहरुको सूचिमा आफुलाई उल्टो एक स्थान माथि चढाउँदै सातौँ स्थानमा पूराएको छ । लाट्भियामा इन्टरनेटको औषत गति १३ एमबीपीएस रहेको छ ।
    ८।आयरल्याण्ड( औषत इन्टरनेट स्पीड १२।७ एमबीपीएस सहित आयरल्याण्ड आठौँ स्थानमा रहेको छ ।
    ९। चेक गणतन्त्र( तिव्र इन्टरनेट भएको नवौँ देशको रुपमा चेक गणतन्त्रले आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । चेकमा इन्टरनेटको औषत गति १२।३ एमबीपीएस रहेको छ ।
    १०। फिनल्याण्ड( सर्वाधिक उच्च गतिको इन्टरनेट सेवा रहेका टप टेन देशको सूचिमा आफुलाई दशौँ स्थानमा उभ्याउन फिनल्याण्ड सफल हुँदा सिँगापुर ११ औँ स्थानमा झर्नुपर्यो । फिनल्याण्डको औषत इन्टरनेट गति १२।१ एमबीपीएस रहेको छ ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    भिखारीले खोले आफ्नै बैंक, जहाँ २ देखि ५ प्रतिशत ब्याजमा ऋण पाइन्छ



    भिखारीको बैंक १ झट्ट सुन्दा तपाईंलाई अप्ठेरो लाग्यो होला । शीर्षक पढेर ठान्नुभयो होला( यस्तो पनि हुन्छ र ?
    यस्तै अनौठो भएको नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा, जहाँ सडक र मन्दिर छेउँमा मागेर गुजारा चलाउने भिखारीले आफ्नै बैंक खोलेका छन् ।
    द्यभननबचबिहारको गया शहरमा भिखारीहरुको एक समूहले आफ्नै बैंक खोलेको छ । भिखारीहरुले प्रर्बद्धन गरेको यो बैंकको संचालनसेत उनीहरुले नै गर्छन, ता कि गाह्रो पर्दा पैसा चलाउन सकुन् ।
    गया शहरको ‘मा मंगलागौरी मन्दिर’मा आउने श्रद्धालुहरुको दानमा आश्रति रहने दजनौं भिखारीहरुले यतिबेला आफै बैंक खोलेका हुन् । बैंकको नाम ‘मंगला बैंक’ राखिएको छ ।
    यो अनौंठो बैंकका ४० सदस्य मध्येका एक राजकुमार माझीले भने(‘यो सत्य हो कि हामीले आफ्नो लागि एक बैंक स्थापना गरेका छौं ।’
    मन्दिरबाट झण्डै १०० किलोमिटर टाढाका माझीले भने(बैंकको प्रवन्धक, खजान्ची र सचिवका साथै एक एजेन्ट र बैंक चलाउनका लागि चाहिने सबै सदस्यहरु भिखारी नै छन् ।’ संयोग यो छ कि बैंकको प्रवन्धक माझी नै हुन् ।
    बैंकको खातासहितका काम गर्न सक्ने शिक्षित माझीले भने(‘हामी हरेकले मंगलबार बैंकमा २० रुपैयाँ जम्मा गर्छौं, जुन साप्ताहिक रुपमा ८०० भारु हुन्छ ।’
    बैंकका एजेन्ट विनायक पासवान हरेक साता सदस्यहरुबाट पैसा उठाउँछन र बैंकमा ल्याएर जम्मा गर्छन् । ‘ गत वर्ष निकै ठूलो आश र भिखारीहरुको अभिलासा पूर्तिका लागि हामीले यस्तो काम सुरु गरेका छौं ।’ बैंककी सचिव मालती देवी भन्छिन्(‘हामीलाई समाजमा अहिलेसम्म राम्रो व्यवहार भएन किनकी हामी गरीवभन्दा पनि महागरिव छौं ।’
    बैंकमा धेरैभन्दा धेरै खाता खोल्न उनले भिखारीहरुसँग सम्पर्क बढाइरहेकी छन् । उनले भनिन्(‘बैंकका सदस्य यस्ता भिखारी छन्, जोसँग न त गरिवीको रेखामुनी रहेको भन्ने प्रमाण छ न त आधार नै ।’
    प्रबन्धक माझीकी पत्नी नगीना देवी बैंककी खजान्ची हुन् । उनको काम जम्मा भएको पैसा लेन देन गर्नु हो ।
    माझीका अनुसार आपतमा परेका भिखारीहरुलाई बैंकले सहयोग गर्नेछ । उनले भने(‘यसै महिना मेरो छोरी र बहिनी खाना पकाउने क्रममा जले । बैंकले उनीहरुको उपचारका लगि ८ हजार ऋण दियो ।’
    उनका अनुसार ऋण लिने क्रममा राष्ट्रियकृत बैंकमा अपनाइने जस्तै कागज गर्ने वा जमानत राख्ने सबै प्रकृया पुरा गर्नुपर्छ । एक महिनासम्म ब्याज भने तिर्नु पर्दैन ।
    त्यसभन्दा बढी समयका लागि भने २ देखि ५ प्रतिशत ब्याज लाग्नेछ । आफ्नै बैंक स्थापना भएकोमा भिखारीहरु निकै खुसी छन्  ।भिखारीहरुलाई आफ्नै बैंक खोल्न निर्धन एवं समाज कल्याण राज्य समितिका अधिकारीहरुले प्रोत्साहन गरेका थिए ।
    (इण्डो एशियन न्यूज सर्भिस



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    वैज्ञानिकले घटाए भातको क्यालोरी, जति खाए पनि भुँडी नलाग्ने, यसरी घटाउन सकिन्छ भातको क्यालोरी


    श्रीलंका - भुँडी लाग्ने डरले बिहान(बेलुका भात खान डराउनेहरुलाई अब खुसीको खवर छ । जतिसुकै भात खाए पनि भुँडी नलाग्ने प्रविधि बैज्ञानिकले पत्ता लगाएका छन् ।
    वैज्ञानिकहरुले गरेको यो आविस्कारले मोटोपनाको शिकार भइरहेका मानिसलाई फाइदा पुग्ने दाबी गरिएको छ ।
    चामलमा उच्च मात्रामा कार्बोहाइड्रेट पाइन्छ । त्यसैले बढी मात्रामा भात खाने गर्नाले उच्च क्यालोरी आपूर्ति भई त्यसले शरीरमा मधुमेहको जोखिम बढाउँछ ।
    एक कप पाकेको भातमा २ सय क्यालोरी उर्जा हुन्छ । चामलमा भएको स्टार्चबाट यो उर्जा आउँछ जुन शरीरमा गएपछि चिनीमा परिणत हुन्छ र अन्त्यमा प्रायः बोसोमा बदलिन्छ ।
    विश्वका धेरै देशका मानिसहरुको मुख्य खाना नै भात हो र विश्वमा खपत हुनेमध्ये ९० प्रतिशत चामल एशियामै खपत हुन्छ । धेरै मानिसहरुको मुख्य खाना भात नै रहेको तर यसको बढी सेवन स्वास्थ्यका लागि लाभदायी नहुने कुरालाई मध्यनजर गर्दै वैज्ञानिकहरुले भातमा भएको क्यालोरी घटाउने उपाय निकालेका छन् ।
    श्रीलंकाका अनुसन्धानकर्ताहरुले यस्तो विधि पत्ता लगाएका छन्, जसबाट भातमा भएको क्यालोरी ६० प्रतिशतसम्म घटाउन र भातको खुराकलाई स्वस्थकर बनाउन सकिन्छ ।
    कसरी घटाउने क्यालोरी रु
    चामललाई नरिवलको तेलमा उमाल्ने र त्यसपछि त्यसलाई आधा दिनजसो फ्रिजमा चिसो पारेर राख्नाले भातमा भएको क्यालोरी नष्ट हुने शोधकर्ताहरुको भनाइ छ ।
    अमेरिकी केमिकल सोसाइटीको राष्ट्रिय बैठकमा शोधकर्ता सुधैर जेम्सको टोलीले आफ्नो अनुसन्धानको प्रारम्भिक नतिजा प्रस्तुत गरेका हुन् ।
    ‘हामीले गरेको प्रयोग सामान्य भात पकाएजस्तै नै हो । तर, पानी उम्लिसकेपछि चामल ओइरिनु अगाडि चामलको तौलको ३ प्रतिशत जति नरिवलको तेल उम्लेको पानीमा मिलायौँ अनि मात्र चामल राखेर पकायौँ’, जेम्सले आबिस्कार गरेको नयाँ बिधिबारे भने, ‘जब भात पाकेर तयार हुन्छ तब त्यसलाई हामीले १२ घण्टासम्म रेफ्रिजेरेटरमा राख्यौँ, मात्र यत्ति हो ।’
    कसरी गर्छ काम रु
    नरिवलको तेलमा पकाएर फ्रिजमा राख्दा भातको क्यालोरी कसरी घट्छ रु यो कुरा बुझ्नका लागि खाद्य रसायन विज्ञान बुझ्नु आवश्यक छ ।
    चामलमा हुने सबै स्टार्च एकै किसिमको हुँदैन । कतिपय पेटमा छिटै पच्दछ र ग्लुकोजमा परिणत हुन्छ, जुन पछि ग्लाइकोजेन बन्दछ । तर, अन्य केही स्टार्च भने तत्कालै ग्लुकोज र ग्लाइकोजेनमा परिणत हुँदैन र त्यसबाट कम मात्र उर्जा उत्सर्जन हुन्छ । भात पकाउने तरिकाबाट यसको स्टार्चलाई तत्कालै नपच्ने प्रकारमा परिणत गर्न सकिन्छ ।
    शोध निर्देशक डाक्टर पुष्पराज थवराजका अनुसार यदि पच्ने प्रकारको स्टार्चको मात्रालाई घटाउन सक्ने हो भने क्यालोरी न्यूनीकरण गर्न सकिन्छ र यसको प्रभाव ठूलो हुन्छ ।
    ३८ प्रकारको चामलमा परीक्षण
    यही तथ्यलाई हृदयंगम गर्दै जेम्स र थवराजले श्रीलंकामा पाइने विभिन्न ३८ प्रकारका चामलबाट तयार पारिएका भातका परिकारमा परीक्षण गरे । त्यसक्रममा उनीहरुले चामललाई पकाउनु अगाडि नरिवलको तेल हाल्ने र पाकिसकेपछि तत्कालै चिस्याउँदा स्टार्चको प्रकृति ठूलोरुपले परिवर्तन भएर भात स्वस्थकर बन्ने तथ्य पाए ।
    शोधकर्ता जेम्सका अनुसार तेलले चामलमा भएको स्टार्चसँग रासायिनक प्रतिक्रिया गरी त्यसको संरचनालाई परिवर्तन गरिदिन्छ । भातलाई फ्रिजमा चिस्याउनाले स्टार्चको अर्कै रुपमा परिवर्तन हुने प्रक्रियालाई बढावा दिन्छ ।
    तत्काल पच्न नसक्ने त्यस्तो स्टार्चलाई प्रतिरोधी स्टार्च अर्थात् रेसिस्टेन्ट स्टार्च भनिन्छ । त्यसको अर्थ भातको क्यालोरी मूल्य घट्छ र यसलाई पुनः तताए पनि त्यो बढ्दैन ।
    पकाउने तरिका, जसले विश्व बदल्न सक्छ
    न्यून क्यालोरीयुक्त भातको विषय ठूलो महत्वको विषय हो । विश्वमा मोटोपनाको दर बढिरहेको छ, खासगरी विकाशशील विश्वमा जहाँ मानिसहरु भात लगायतको सस्तो खानेकुरामा भर परेका हुन्छन् ।
    चामलका सबैभन्दा ठूला उपभोक्ता भारत र चीनमा मोटोपनाको समस्या उच्च दरमा बढिरहेको छ । हुन त मोटोपनाको एकमात्र कारण भात भने होइन । तर, यसले मोटोपनालाई बढाउन मुख्य सहयोग भने गरिरहेको छ । त्यसैले भातमा हुने क्यालोरी घटाउन सकियो र त्यो पनि १० प्रतिशत मात्रै भए पनि त्यसले भावी पुस्तामा ठूलो प्रभाव पार्नेछ ।
    मोटोपना संसारभरिको समस्या
    शोध निर्देशक थवराजका अनुसार मोटोपना केही समयदेखि अमेरिकाको मुख्य स्वास्थ्य समस्याका रुपमा रहेको भए पनि अहिले एसियामा समेत यो समस्या बन्दै गएको छ ।
    एसियाका मानिसहरुले धेरै मात्रामा भात खान्छन, जुन स्वास्थ्यका लागि राम्रो होइन ।
    शोधकर्ताहरुले विभिन्नखाले अन्य जातका चामलमा समेत यो विधि अपनाएर क्यालोरी घटाउन सकिने विषयमा अनुसन्धान गर्नेछन् ।
    नरिवलको तेलसँगै सूर्यमुखी लगायत अन्य  तेलको प्रयोग गरेर समेत यसरी भातको क्यालोरी घटाउन सकिन्छ कि भन्ने विषयमा समेत उनीहरुले अनुसन्धान गर्ने बताइएको छ ।
    शोध निर्देशक थवराज भन्छन्, ‘यो चामलमा मात्र सीमित छैन । के हामीले यस्तै विधि रोटीमा समेत अपनाउन सक्छौँ रु यो अहिलेको मुख्य प्रश्न हो ।’
    ( स्रोत स् वाशिङटन पोष्ट


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    29 March, 2015

    महासंघको बैठक सम्पन्न, प्रभात फेरि हुने, दूब्र्यबहार गर्नेलाई नछाडिने l


     बीरगंज १५ चैत
    नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठक आज महासंघकै निर्माणाधीन भवनमा बस्यो ।
    बैठकले महासंघको ६० औं स्थापना दिवसको अवसरमा २०७१ साल चैत १६ गते बिहान स्थानीय घन्टाघरबाट प्रभात फेरिको आयोजना गर्ने भएको छ भने केही समय अघि नेखि बिभिन्न कार्यालयहरुमा पत्रकारहरु माथि समाचारको लागि सोधपुछ गर्दा र सूचना माग गर्ने क्रममा अभद्र ब्यबहार गर्ने कार्यालय प्रमुख र सम्बन्धित सबैलाई प्रेस स्वतन्त्रतालाई कायम राख्न आग्रह गर्दै निर्भयताकासाथ पत्रकारिता गर्ने सबै पत्रकारहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । साथै प्रेस स्वतन्त्रता र सूचनाको हक कुन्ठित गर्ने निकायलाई सुध्रन र नसुध्रिएमा महासंघले कानूनी लडाई लड्ने निर्णय गरेको छ । बैठकले संचारकर्मीहरुलाई फोन धम्की दिनेहरुलाई अबिलम्ब पक्राउ गरि कारवाही चलाउन प्रहरी समक्ष माग गरेको छ भने यही १३ गते नेपाल पत्रकार महासंघका कार्य समिती सदस्य संजीव मिश्र उपर सूचनाको हक माग गर्दा अभद्र ब्यबहार प्रदर्शन गर्ने जिल्ला कृषी बिकास कार्यालय पर्साका कार्यालय प्रमुख दिनेश राय यादबसंग घटना बिवरण बुझ्ने र चित्त बुझ्दो जबाफ नआएमा महासंघले आफ्नो गरिमा स्थापित गर्न कुनै पनि कदम चाल्न सक्ने निर्णय समेत गरेको छ । आजै कृषी कार्यालयका प्रमुख यादवसंग महासंघको कार्यसमितिको डेलिगेशनमा आफुले गलत मनसायले नभै स्वर र स्वभाव असमान्य रहेको अवस्थामा केही भनाभन भएको भएपनि पत्रकार मिश्रको प्रतिष्ठा माथि पर्न गएको चोटप्रति दुखित भएको भन्दै माफी मागेका छन । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    26 March, 2015

    फेसबुकले थप्यो बिर्सिएका महत्वपूर्ण दिनहरु सम्झाउन : अन दिस डे टूल


    एजेन्सी - साथीभाइसँग सामाजिक सञ्जालमा जोडिन फेसबुक चलाउने अर्बौ मानिसहरुमध्ये तपाईँ पनि एक हुनुहुन्छ भने सुखद् खबर स् अब तपाईँका महत्वपूर्ण दिनहरु फेसबुकले सम्झाइदिनेछ। तपाईँले ुअन दिस डेु टूलबाट पाउनुहुनेछ यस्ता सम्झनाहरु जसलाई तपाईँले विर्सँदै पनि गएको हुनसक्छ। फेसबुकले आजै नयाँ टूल थपेको छ लोकप्रिय सामाजिक सञ्जालमा। यसले तपाईँको जन्मदिनदेखि बिहेको दिन तथा तपाईँका जीवनका विशेष दिनहरुलाई सम्झाइदिन्छ। व्यस्त जीवनमा आफ्ना जीवनमा महत्वपूर्ण मोडहरु गुमनाम भइरहेको अवस्थामा फेसबुक नोटिफिकेसनबाट तपाईँले आफ्ना त्यस्ता दिनको सूचना पाउनु हुनेछ। लामो समयको परीक्षणपछि फेसबुकले यो फिचर थपेको हो। यसअघि तपाईँले आफ्ना फेसबुक फ्रेन्डका जन्मदिन थाहा पाउनुहुन्थ्यो नोटिफिकेसनबाट। अब आफ्नै जीवनका महत्वपूर्ण दिनहरुबारे जानकारी पाउनुहुनेछ। फेसबुकले थपेको नयाँ टूलको पूर्ण रुप अहिले नै प्रयोग गर्न पाउनु हुनेछैन। तर कम्पनीले यसलाई छिटै फूल फ्लेज्ड रुपमा ल्याउने छ। तपाईँले फेसबुकमा प्रयोग गर्नुभएको ट्याग र राख्‍नुभएको सूचनाका आधारमा यस्ता दिनहरु सर्टिङ हुनेछ। र त्यसको सूचना हरेक वर्ष तपाईँलाई नोटिफिकेसनका रुपमा पुस गर्नेछ। लाली गुराँस फुलेको समयमा तपाईँले खिच्नु भएको फोटो होस् या तिहारमा टिका लगाइरहँदाको क्षण या घुमघाममा रहनुभएको दिनसमेत सम्झना गराइदिनेछ। 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    25 March, 2015

    काठमाडौं बन्यो विश्वको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य,यी हुन् विश्वका २५ उत्कृष्ट पर्यटकीय गन्तव्य फोटो सहित

    १९) काठमाडौं, नेपाल
     ११ चैत, काठमाण्डौ । 
    नेपालको राजधानी काठमाण्डौ विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा परेको छ । प्रख्यात ट्राभल अनलाइन ट्रिप एडभाइजरले मंगलबार सार्वजनिक गरेको विश्वका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौं १९ औं नम्बरमा परेको हो ।
    विश्वभर भ्रमण गरेका पर्यटकहरुको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गर्दछ । विश्वका लाखौं पर्यटकले काठमाडौंलाई उत्कृष्ट गन्तव्यका रुपमा औंल्याउँदै भ्रमणका लागि सिफारिस समेत गरेका छन् ।
    ऐतिहासिक, धार्मिक, सांस्कृति लगायत विभिन्न पक्षबाट अग्रस्थानमा रहेको काठमाडौंले पर्यटकको मन जित्न सफल भएको छ ।
    गत शुक्रबार प्यासिफिक एशिया ट्राभल एशोसियसन ९पाटा० नेपाल च्याप्टरको कार्यक्रममा अर्थमन्त्री डा। रामशरण महतले काठमाडौं दक्षिण एशियाको पर्यटकीय राजधानी भएको दाबी गर्दै थिए । ट्रिप एडभाइजरको सूचीले काठमाडौं दक्षिण एशियाको मात्र नभई विश्वकै पर्यटकीय केन्द्र भएको पुष्टी गरेको छ ।
    पर्यटकले काठमाडौंलाई एतिहासिक स्थलहरु, पुराना मठ, मन्दिर, कला संस्कृतिले भरिपूर्ण चारैतिर अग्ला डाँडाले घेरिएको सुन्दर उपत्यकाका रुपमा चित्रण गरेका छन् ।
    काठमाडौं सांस्कृतिक रुपमा पनि विश्वकै धनी शहर हो । साथै, काठमाडौंलाई मन्दिरै मन्दिर भएको शहरका रुपमा पनि चिनिन्छ ।
    ट्रिप एडभाइजरले विश्वसम्पदा सूचीमा परेका ठाउँहरुको अवलोकन, स्थानिय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न पाउनु यहाँको विशेषताका रुपमा उल्लेख गरेको छ ।
    काठमाडौंको स्वयम्भूनाथ, पशुपति, बौद्धनाथ, पाटन दरबार, भक्तपुर दरबार, बसन्तपुर लगायतका वर्ल्ड हेरिटेज साइटमा पदयात्रा निकै रोमाञ्चक हुने बताइएको छ ।
    यहाँको हस्तकला तथा मुर्तिकलाको बारेमा पनि ट्रिप एडभाइजरले बयान गरेको छ । यहाँको हस्तकला विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । काठमाडौंको मौसम समेत पर्यटकमैत्री रहेको छ । न चिसो, न तातो यहाँको जस्तो मौसम विश्वका विरलै शहरमा पाइएला ।
    काठमाडौं आसपासको क्षेत्रमा ट्रेकिङ, साइट सिन, क्यानोनिङ, रक क्लाइम्बिङ, माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ लगायतका गतिविधिमा रमाउन पाइने ट्रिप एडभाइजरले आफ्नो साइटमा उल्लेख गरेको छ ।
    यी हुन् उत्कृष्ट गन्तव्य
    पर्यटकको पहिलो रोजाइमा मोराक्कोको मराकेच शहर पर्न सफल भएको छ । त्यस्तै २५औं उत्कृष्ट गन्तव्यमा अष्ट्रेलियाको राजधानी सिड्नी परेको छ । एशियाका उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको थाइल्यान्ड १८ नम्बरमा र हङकङ २३ नम्बरमा परेको छ ।

    १) मराकेच, मोरक्को
    २) सिम रिप, कम्बोडिया
    ३) इस्तानबुल, टर्की
    ४) हानोइ, भियतनाम
    ५) पाराग्वे, चेक रिपब्लिक
    ६) लन्डन, युनाइटेड किङडम
    ७) रोम, इटाली
    ८) ब्युनोस एरिज, अर्जेन्टिना
    ९) पेरिस, फ्रान्स
    १०) केप टाउन सेन्ट्रल, साउथ अफ्रिका
    ११) न्यूयोर्क सिटी, अमेरिका
    १२) जरमाट, स्वीट्जरल्यान्ड
    १३) बार्सिलोना, स्पेन
    १४) गोरेमे, टर्की

    १५) युबुद, इन्डोनेसिया
    १६) कोस्को, पेरु
    १७) सेन्ट पिटर्सवर्ग, रसिया
    १८) बैंकक, थाइल्यान्ड
    १९) काठमाडौं, नेपाल

    २०) एथेन्स, ग्रिस



    २१) बुडापेष्ट, हङ्गेरी

    २२) क्वीन्स टाउन, न्यूजिल्यान्ड

    २३) हङकङ, चीन


    २४) दुबई, यूनाइटेड अरब इमिरेट्स



    २५ सिड्नी, अष्ट्रेलिया

     तस्वीर सौजन्य : ट्रिप एडभाइजर


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    21 March, 2015

    अहिलेका पाठक को हुन् ?



           चन्द्रकिशोर
    एउटा समाज जागरूक हुनको लागि ऊ सुसूचित पनि हुन जरुरी छ। उसको सेरोफेरोमा के भइराखेको छ, त्यो जान्न जरुरी छ। उसका आफ्नोबारेमा, आफू बसेको समाजको बारेमा र समुदायको पक्षमा के कस्ता कुराहरू प्रकाशित वा प्रसारित भइराखेका छन्, त्यसबारे अवगत हुन जरुरी छ। वीरगंजकै सन्दर्भमा भन्ने हो भने यो मामिलामा त्यति उत्साहप्रद स्थिति छैन । पत्रपत्रिका पढ्नुपर्छ वा चिठी लेख्नुपर्छ भन्ने सोचबाट अहिले पनि हामी बेखबर छौं भन्ने लाग्छ।
        पत्रिकाले आफ्नो उपयोगिता समाजमा स्थापित गर्न नसकेर हो कि, समाजले पत्रिकालाई नपत्याएर हो कि वीरगंजमा पत्रिकाको बजार खासै छैन। वीरगंजको जुन जनसाङ्ख्यिक बनोट छ, यहाँका बासिन्दाहरूमा जुन प्रकारको क्रयशक्ति छ, त्यस अनुपातमा यहाँ पत्रिकाको बजार एकदमै न्यून छ। पत्रिकाहरू निस्ंिकदै छन्, पत्रिकाको स्तर र बजार व्यवस्थापन अनुसार बजार छ तर त्यो बजार वीरगंजको सम्भावनाको आधारमा एकदम कम छ। पाठक सङ्ख्या विस्तारको बारेमा यहाँ खासै प्रयास भइराखेको पनि पाइँदैन। पाठकहरूको अभिरुचिका बारेमा यहाँ अध्ययन र सर्वेक्षण पनि भएको छैन। पाठकहरूको रुचि र उसले खोजेको जस्तो सामग्रीहरू पस्किनुपर्छ भन्ने सोच पनि खासगरी स्थानीय पत्रिकाहरूमा संंस्थागत हुन पाइरहेको छैन। पत्रिकाले आफ्नै विवेकमा पस्किराखेका सामग्रीहरूले पाठकीय रुचि जागृत गर्न सकिरहेको छैन ।
        अहिलेका पाठक को हुन् रु पाठकलाई तीनवटा वर्गमा विभाजित गरेर हेर्न सकिन्छ। पहिलो, काठमाडौंबाट प्रकाशित हुने पत्रिकाका पाठक, दोस्रो स्थानीय पत्रिकाका पाठक र तेस्रो छिमेकी भारतीय पत्रिकाका पाठक। काठमाडौंबाट अचेल बिहानै पत्रिकाहरू आइपुग्छन्, केही वर्ष पहिलासम्म दिउँसोसम्म पत्रिका पर्खिनुपर्ने स्थिति थियो। काठमाडौंका पत्रिकाहरूको केही नियमित पाठक छन्, जो यहाँका स्थानीय विक्रेतामार्फत् ग्राहक बनेका हुन्छन्, उनीहरूलाई घरघरमैं पत्रिका पुर्‍याइने व्यवस्था गरिएको छ। पत्रिकापसलहरूबाट पनि सोझै बिक्री वितरण हुनेसमेत गरेको छ। स्थानीय पत्रिकाहरूको हकमा, केही पत्रिकाहरू स्थानीय पत्रिकापसलहरूमा राखिएका हुन्छन्। केहीलाई पत्रिकाले आफ्नै बन्दोबस्तीमा सोझै घरघरमा पुर्‍याउने गर्दछन्। काठमाडौंबाट प्रकाशित हुने पत्रिकाको हकमा पत्रिका अनुसार एउटा निश्चित ग्राहक सङ्ख्या छन् तर स्थानीय पत्रिकाको हकमा यो स्थिति छैन। कतिपय पत्रिकाको हकमा आफूखुशी पत्रिका बाँड्ने र वितरण गर्ने स्थिति छ, पाठकसँग पूर्वस्वीकृति नै नलिएर पत्रिका दैलोमा पठाइदिने, पत्रिकापसलबाट बिक्री नभएपनि पत्रिका त्यहाँ राखिराख्ने स्थिति पनि छ। भारतीय पत्रिकाको हकमा यस ठाउँलाई एक प्रकारको गतिलो बजार मानिनुपर्छ। त्यसका लागि काठमाडौंका पत्रिका नआइपुग्दै ती पत्रिकाहरू वीरगंज आइपुग्छन् र ती पत्रिकाहरू एउटा निश्चित नियमित ग्राहकको आधारमा आउने गरेका छन्।
        केही स्थानीय पत्रिकाहरूले बेलाबेलामा हकरमार्फत् बिक्री गर्ने चलन पनि राखेका छन्। हट न्यूज वा विज्ञापन वा परीक्षाफल प्रकाशित भएको बेला स्थानीय पत्रिका खोजीखोजी किन्नेहरू पनि छन्। केही लेखक विशेष जस्तै शिक्षा पत्रकार अनन्तकुमारलाल दासको प्रतीक दैनिकमा प्रत्येक सोमवार शिक्षासम्बन्धी स्तम्भ प्रकाशित हुँदा एउटा निश्चित विद्यार्थी वर्गले नियमितरूपमा त्यो अङक किन्ने गर्छन्। यी सबका बाबजुद पनि वीरगंजको सन्दर्भमा भन्ने हो भने पाठकहरूको उही एउटा जमात रहिआएको छ। पाठकहरूको नयाँ नयाँ क्षेत्र खोजी, उनीहरूको चाहनाको प्रस्तुति र उनीहरूलाई पत्रिकासँग जोड्ने काम स्थानीय पत्रिकाहरूले प्राथमिक कार्यभारका रूपमा लिएका छैनन्। काठमाडौंका पत्रिकाहरूले पनि वीरगंज क्षेत्रमा पत्रपत्रिका पढ्ने संस्कृतिको विकासको लागि कुनै अभियान चलाएको देखिंदैन, बरु यदाकदा उनीहरू विभिन्न उपहार योजनाका साथ ग्राहक विस्तार कार्यक्रमहरू ल्याइराखेका हुन्छन्।
        पत्रिकाले नखोजेको भन्दैमा पत्रिका नपढ्ने होइन। एउटा व्यक्ति स्वयम् आफूलाई सुसूचित हुनको लागि पनि उसले पत्रिका पढ्नुपर्छ। पत्रिकाले व्यक्तिको अधिकारप्राप्तिको लडाइँलाई सहज बनाउँछ। आइपर्ने समस्याका बारेमा व्यक्ति सजग हुन्छ। उसलाई आफ्नो पेसागत रणनीति बनाउनमा सहयोग प्राप्त हुन्छ। त्यसैले कुनै पनि समाज कति जागरूक छ वा जवाफदेह छ, त्यसको मापनको आधार त्यहाँ कुन सङ्ख्यामा पत्रिका पढ्ने जमात छ, त्यसको आधारमा मूल्याङकन गर्ने गरिन्छ। वीरगंजमा पाठकीयताको प्रवृत्ति चिन्ताको विषय हो । पत्रिका बढी मान्छेले पढ्दा पत्रिकाको बिक्री बढ्छ, उसले कमाउँछ भन्ने बुझाइ अधुरो र काँचो हो। पत्रिका पढ्नाले व्यक्तिलाई बलियो बनाउँछ।
        नेपालकै पूर्वाञ्चलमा तुलनात्मकरूपमा बढी पत्रिका बिक्री हुन्छ । बढी पाठक सङ्ख्यालाई आधार मानी त्यहाँ कतिपय राजधानीका पत्रिकाहरूको स्थानीय संस्करण पनि निस्कन्छन्। वीरगंजमा पाठक सङ्ख्याको कमीले हामी कयौं बौद्धिक अवसरहरूबाट  वञ्चित भइराखेका हुन्छौं। त्यसैले यस सम्बन्धमा राजनीतिक दल, शैक्षिक प्रतिष्ठान, होटल व्यवसायी, उद्योग क्षेत्रलगायतले आआफ्नो स्तरमा भूमिका खेल्नुपर्ने समयको माग हो। त्यस्तै यहाँका विभिन्न सामाजिक संस्थाहरूले पनि पढ्ने संस्कृतिको विकासको लागि आआफ्नो तह र स्तरमा काम गर्नुपर्ने खाँचो छ। राजनीतिक दलहरूले आफ्ना मातहत रहेका सङगठनहरूमा नियमित पत्रिकाको ग्राहक बनाउने, सार्वजनिक कार्यक्रममार्फत् पढ्ने संस्कृति विकासको लागि अपिल गर्ने, आबद्ध कार्यकर्ताहरूलाई पत्रपत्रिका पढ्न र त्यसमाथि छलफल गराउन वातावरणको लागि प्रयास गर्न सक्छन्।
        वीरगंजका शैक्षिक प्रतिष्ठानहरूले ठूलो सङ्ख्यामा रहेका विधार्थीहरूमा पत्रपत्रिका पढ्ने बानी विकासका लागि उत्प्रेरक र सहजकर्ताको काम गर्न सक्छन् । उनीहरूलाई पत्रिका किन पढ्ने रु भन्नेबारे फराकिलो बुझाइ विकसित गराउन सक्छन्। क्याम्पस वा विद्यालयभित्र पत्रपत्रिका पढ्ने कक्षको व्यवस्था गर्न सक्छन्। पाठक मञ्च गठन गराउन सक्छन्। पत्रपत्रिकामा छापिएका विषयवस्तुका बारेमा आवधिक छलफल गराउन सक्छन्। विद्यार्थीहरूलाई पाठक प्रतिक्रिया लेखनका लागि उत्प्रेरित गर्न सक्छन् र त्यसका लागि प्रोत्साहन योजनाहरू ल्याउन सक्छन्। तर वीरगंजको सन्दर्भमा विडम्बना नै मान्नुपर्छ यहाँका शिक्षक र प्राध्यापकहरूमा नियमित पत्रिका पढ्ने बानी छैन। शिक्षक र प्राध्यापकहरूको एउटा ठूलो हिस्सा निश्शुल्क वितरण गरिएका कतिपय स्थानीय पत्रिका वा सहजरूपमा कतै देखिनमा आएका पत्रिकाहरूमा मात्र नजर हाल्ने गरेका पाइन्छन्। अन्यत्र यस्ता उदाहरणहरू छन् कि शैक्षिक क्षेत्रमा संलग्न जनशक्ति आफ्ना रुचिका जर्नलहरू मगाउने त गर्छन् नै , सामान्य जानकारीका लागि पनि केही पत्रिकाका आपैंm नियमित ग्राहक हुन्छन्। जब शिक्षक र प्राध्यापकहरूमैं नियमित पत्रिका पढनका लागि गरिने खर्चलाई विलासिताको खर्च मानिन थालिन्छ भने त्यो चिन्ताको विषय हो। कतिपय शिक्षकहरू सुर्ती, पानपराग,रक्सी र चियापानमा फजुल खर्च गरिराखेका हुन्छन् तर कुनै एउटा पत्रिकाको नियमित ग्राहक हुँदैनन्।
        छिमेककै भारतीय शहरहरूमा बुट पालिस गर्ने, रिक्सा चलाउने, कुलीको काम गर्नेहरू फुर्सतको बेला लहरै पत्रिका पढिराखेका दृश्यहरू देखिन्छन्, त्यो भनेको त्यो वर्गमा पनि पत्रपत्रिका पढ्नमा आफ्नो आम्दानीको निश्चित हिस्सा खर्च गर्न सक्नु हो। यहाँका होटलहरूमा आफ्ना पाहुनालाई कोठामा कुनै एउटा पत्रिका दिने काममा कन्जुस्याइँ देखिन्छ, यसले पनि यस शहरमा पत्रपत्रिका पढ्ने रुझान कतिको छ भन्ने देखाउँछ। वीरगंज क्षेत्र औद्योगिक क्षेत्र पनि हो, मजदुर युनियनहरूले श्रमिकवर्गमा पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने पक्षको महत्त्वबारे जानकारी गराउन सक्छन्, यो उनीहरूको जिम्मेवारीभित्रको कुरा हो। हो, पछिल्ला वर्षहरूमा बिहान मर्निङ वाक गर्दै रेडियो सुन्ने वा बेलुका खाना खाँदै रेडियोका समाचारमूलक कार्यक्रम सुन्ने बानी बसालेकाहरूको सङ्ख्या थपिदै छन्। त्यस्तै बिहानको चियासँगै पत्रिका पढ्ने वा कार्यालयमा पुग्ने बित्तिकै पहिला पत्रिका खोज्नेहरूको क्रम बढ्दै छन्।
        हामी हेर्छौं रेडियो घन्किराखेको हुन्छ । त्यो भएन। रेडियोका केही समाचारमूलक कार्यक्रमप्रति तपाईंमा विशेष चनाखोपन हुनुपर्छ। त्यो कार्यक्रम छुट्यो भने तपाईंले केही गुमाउनुभयो भन्ने तपाईंलाई लागोस्। रेडियो आम सञ्चारको एउटा सस्तो, सहज र सबैका लागि उपलब्ध हुन सक्ने माध्यम हो तर पनि वीरगंज उपमहानगरपालिकाभित्रै नियमित रेडियोका खास कार्यक्रमहरू सुन्ने श्रोता वर्ग छैनन्। भनौं, वीरगंजेली जनसङ्ख्याको कति प्रतिशत बीबीसी नेपाली सेवा नियमित सुन्ने गर्छन् रु टेलिभिजन पनि समाचारको एक स्रोत हो। यसले दृश्यमैं विषयवस्तु देखाइदिंदा बोधगम्यता बढी हुन्छ।
        पत्रपत्रिका पढ्ने र रेडियोका समाचारमूलक कार्यक्रमहरू सुन्ने नियमित बानीले शहरलाई एउटा नयाँ संस्कृति दिन्छ । मानिसको बुझाइ, गराइ र भनाइमा विस्तारै बदलाव आउँदै गएको देखिन्छ।
    साभार - प्रतीक दैनिक बाट । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    19 March, 2015

    एस.एल.सी परीक्षा मर्यादित, पर्सामा २ सय ७० जना परिक्षा दिनबाट बञ्चीत




    चैत्र ५ पर्सा
    विगतको वर्षको तुल्नामा यसवर्ष समग्रमा पर्सा जिल्लामा एसएलसीको परीक्षा एकदमै मर्यादित भएको पर्साका जिल्ला शिक्षा अधिकारी बर्खु रजकले बताउनु भएको छ । भने मर्यादितकै कारण आज अंग्रेजि विषयको परीक्षामा एकजना पनि अनैतिक कार्यमा संलग्न नरहेको पर्साका प्रमुख जिल्ला अधिकारी हेमनाथ दवाडीले बताउनु भएको छ । परीक्षा केन्द्र बाहिर मोबाईल फोन निशेधित क्षेत्र, परीक्षा केन्द्र भित्र कापी, किताब, चिट ल्याउन सख्त मनाही लगायतको पम्पलेट राखिएको थियो । यसैगरि विगतको तुल्नामा अभिभावकहरु आफ्ना छोरा छोरीका लागि चिट चोराउने लगायतको अनैतिक कार्यहरु गर्दै गराउदै आएका थिए भने विगत २ वर्ष यता पर्सा जिल्ला एसएलसी परीक्षाकै लागि नमुनाको केन्द्र बन्दै गएको छ ।  
    यसैगरी यसवर्ष पर्सा जिल्लामा २७० जना विद्यार्थीहरु एस.एल.सी परीक्षा दिनबाट बञ्चीत भएको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ । विद्यालयमा कक्षा सञ्चालन हुने समयको ७५ प्रतिशत हाजरी नभएका र आबेदन फारम वापत दस्तुर समयमा नबुझाएका कारण यी विद्यार्थीहरुले परीक्षा दिन नपाउने भएका हुन् ।  पर्सा जिल्लामा यसपटक एसएलसी परीक्षामा ७ हजार ३ सय ९० जना विद्यार्थीहरु सहभागिता जनाएका छन् । जसमा नियमित तर्फ ५ हजार ८ सय ४ र एकजामटेड तर्फ १ हजार ५ सय ८६ जना रहेका छन् । यसवर्ष वीरगंज कारागारमा कैदी जिवन विताईरहेका ८ जना र बाराबाट सिफारिस भई आएका थप २ जना गरि १० जना कैदीवन्दीहरु परीक्षामा सामिल भएका छन् । यसैगरी प्राविधिक शिक्षा तर्फबाट ४६ जनाले एसएलसी दिएका छन् भने सुस्त मनस्थितीका एक जनाले पर्साबाट सहभागि जनाएको जिल्ला शिक्षा अधिकारी बर्खु रजकले बताउनु भएको छ ।  



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    18 March, 2015

    संसारका सबै भन्दा विवादस्पद तस्बीरहरु (तस्बीर सहित )







    एजेन्सी । यहाँ हामि तपाईलाई  संसार भरमानै सबै भन्दा विवादस्पद तस्बीरहरु देखाउन  गईरहेका छौ। जुन विज्ञापन, म्यागजिनका  साथै अन्य प्रयोजनकाा  लागि खिचएक हुन् । यि तस्बीरहरु  सार्वजनिक भए लग्तै संसार भर सनसनि  मचाएका थिए । हेरौ   संसारका सबै भन्दा विवादस्पद तस्बीरहरु ।
















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    रसियामा तीनवटा सुर्य उदाएपछि ...


    काठमाडौं हालै रसियाको एक गाउँमा एकैपटक तीनवटा सुर्य उदाएको दृष्य देखियो । काजाकिस्तानको सिमानादेखि ८० माइल टाढाको एक गाउँमा एक्कासी तीनवटा सुर्य उदाएको देखेर चेलियाविंस्कका स्थानीयबासी चकित परेका थिए ।
    स्थानीयले लहरै तीनवटा सुर्यको किरण देखेपछि चकित भएका थिए । तर  यथार्थमा त्यहाँ तीनवटा सुर्य भने उदाएका थिएनन् । हावामा आँखाले देख्न नसकिने बरफको सानो भन्दा सानो क्रिस्टलले दृष्यलाई भ्रमित गर्दै एउटै सुर्यलाई तीनवटा देखिने बनाएको थियो । 
    माइनस् २५ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रमकै कारण अप्टिकल भ्रम बन्ने गरेको डेलिमेलले लेखेको छ । ुफ्यानटम सनु नामले समेत चिनिने यो दृष्यले मानिसहरुलाई आश्चर्य चकित बनाएको थियो ।
    अहिले तीनवटा सुर्यको भिडियो र तस्बिर सामाजिक सञ्जालमा  लाखौंको संख्यामा सेयर भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ्न् । 





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    पक्राउ परेका पाण्डेलार्इ मुटुमा समस्या, अदालतको साटो गंगालाल अस्पताल लगियो


    ४ चैत, काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको मुटुमा अचानक समस्या देखिएपछि उनलार्इ अस्पताल भर्ना गरिएको छ।
    पाण्डेलाई काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । तीन दशक पुरानो मुद्दामा उनी मंगलबार साँझ पाण्डे पक्राउ परेका थिए ।

    बुधबार पाण्डेलार्इ अदालतमा पेश गर्ने तयारी थियो । बिहान पाण्डेले आफूलाई मुटुमा असजिलो भएको बताएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले अस्पताल लगेको छ ।

    पाण्डेलाई मंगलबार साँझ सीआईबीले उनकै निवास बालुवाटारबाट नियन्त्रणमा लिएको थियो । मंगलबार साँझ परिसकेकाले अदालत पेश गरिएको थिएन ।

    पक्राउ अघि सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले पाण्डेको निवेदनमा अन्तरिम आदेश जारी गर्नुपर्ने कारण नभएको फैसला सुनाएको थियो । वि।सं। ०३८ सालमा तत्कालीन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडमा रहँदा भ्रष्टाचार गरेको भन्दै पुनरावेदन अदालतले पाण्डेलाई जेल सजायँ सुनाएको थियो । तर, दरबारको हुकुम प्रमाङ्गीमा उनी सजायँ मुक्त भएका थिए ।पाण्डे उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि १ वर्ष ९ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा गरिएको थियो । जसमा जिल्ला अदालतले फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।
    जिल्ला अदालतको आदेशपछि आफूलाई हुकुम प्रमाङ्गीबाट कैद मिनाह पाएको भन्दै पाण्डे सर्वोच्च गएपछि थुनछेक नगर्न अन्तरिम आदेश दिइएको थियो ।सर्वोच्चले मंगलबार अन्तरिम आदेशलाई निरन्तरता दिएन र यससँगै अन्तिम फैसला नहुँदासम्म जिल्ला अदालतको आदेश कार्यान्वयनको बाटो खुल्यो ।

    पाण्डे गत चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    यस्तो बन्दैछ बाराको डुमरवानामा दोस्रो विमानस्थल, सुकुम्वासी बस्ती हटाउने र जंगल फाँड्ने तयारी



     ४ चैत, काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विभिन्न कारणले अवरुद्ध हुन थालेपछि बल्ल बाराको डुमरवानामा दोस्रो विमानस्थल निर्माणबारे काठमाडौंमा चर्चा बढेको छ ।

    जबकि १७ वर्ष अगाडि नै बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल निर्माणको प्रारम्भिक अध्ययन भएको थियो । तर, अहिलेसम्म विमानस्थल निर्माणको प्रकृया सुरु हुन सकेको छैन ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआइए०मा टर्किस एयरको जहाज दुर्घटनाग्रस्त हुँदा दिनसम्म अन्तर्राष्ट्रिय उडान(अवतरण ठप्प भएपछि प्रधानमन्त्री सुशील कोइरालाले निजगढ विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।

    मेगा प्रोजेक्टका रुपमा रहेको निजगढ विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । तर, सरकारले निजी क्षेत्रको लगानी र बुट ढाँचामा परियोजना निर्माण गर्ने तयारी गरेपनि अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेको छैन ।

    कहाँनेर बन्छ विमानस्थल  ?

    परियोजना ८० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने बताइए पनि अहिलेसम्म चार किल्ला तय भइसकेको छैन । यद्यपि बाराको डुमरवाना क्षेत्रमा मानव वस्ती उठाएर र जंगलको केही भाग मासेर विमानस्थल बनाउने तयारी छ ।

    गत हप्तामात्र मन्त्रिपरिषदले चार किल्ला गाडेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र घोषणा गर्न स्वीकृति दिएपछि काम अगाडि बढाउन पर्यटन मन्त्रालय तातेको छ ।

        परियोजनाले ८० बर्गकिलोमिटर क्षेत्रफल ओगट्छ, आधामा विमानस्थल निर्माण तथा आधामा हवाई शहर निर्माण गरिने छ

    कोरियन कम्पनी ल्यान्डमाइन्ट वल्र्डवाइड ९एलएमडब्लु० २०६७ चैत २७ गते सरकारलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा विमानस्थल चार चरणमा निर्माण हुने र निर्माण कार्य पुरै सम्पन्न गर्न ४० वर्ष लाग्ने उल्लेख गरिएको छ ।

    तीन चरणमा १४ वर्ष लाग्ने

    विमानस्थलको सम्भाव्यता अध्ययन गरेको एलएमडब्लु कम्पनीकोे प्रतिवेदनमा पहिलो चरणको काम ४ वर्षमा सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

    पहिलो चरणको काम सम्पन्न गर्न ६५ अर्ब रुपैयाँ लाग्ने छ । यस अवधिमा वाषिर्क करिव एक करोड ५० लाख यात्रुलाई सेवा दिन सकिन्छ ।

    पाँच वर्षको अवधि रहने दोस्रो चरणको काम सम्पन्न गर्न ७८ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । तेस्रो चरणको काम सम्पन्न गर्न पनि ५ वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ । यो काम सम्पन्न गर्न ८८ अर्ब लाग्ने छ । परियोजनाको पुरै काम सम्पन्न गर्दा ६ खर्ब ७० अर्ब रुपैयाँ लागनी हुने प्रतिवेदनमा उल्लेख छ ।

    सरकारले चालु आर्थिक वर्षको बजेटमा विमानस्थलको प्रारम्भिक काम अगाडि बढाउन ५० करोड रुपैयाँ विनियोजन गरेको छ । गत हप्ता मन्त्रिपरिषदबाट चार किल्ला छुट्टाउन स्वीकृति पाएपछि मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रारम्भिक काम गर्नका लागि अगाडि सारेको छ ।

    ‘हामीले ५० करोड रुपैयाँ प्राधिकरणमा रकमान्तर गर्नका लागि अर्थमन्त्रालयमा पत्राचार गरेका छौं’ प्रवक्ता सापकोटाले भने( ‘हामीसँग प्राविधिक जनशक्ती नभएको हुँदा प्राधिकरणमार्फत परियोजनाको काम अगाडि बढाउँछौ ।’

    परियोजनाले ८० बर्गकिलोमिटर क्षेत्रफल ओगट्छ । जसमध्ये ४० वर्गकिलोमिटर क्षेत्रफलमा विमानस्थल निर्माण गरिने छ भने ४० वर्गकिलोमिटर क्षेत्रफलमा हवाई शहर निर्माण गरिने छ ।

    प्राधिकरणले ५० करोड रुपैयाँ परियोजनको कार्यालय स्थापना गर्न, निजी स्वामित्वमा रहेको करिव ८४ विगाहा जमिन खरिद गर्न, चार किल्ला छुट्टाउन खर्च गर्ने छ ।
    विमानस्थल निर्माणका चुनौती
    विमानस्थल निर्माण अगाडि बढाउन सबैभन्दा ठूलो समस्या त्यहाँको बस्ती स्थानान्तरण गर्न, निजी स्वामित्वमा रहेको र बन क्षेत्रको जमिन परियोजनाको मातहतमा ल्याउनु रहेको छ ।

    परियोजनाका लागि अधिग्रहण गर्नुपर्ने कुल क्षेत्रफलमध्ये ९० प्रतिशत बन क्षेत्रमा पर्छ । निजी स्वामित्वमा रहेको ८४ विगाहा जमिन मुअब्जा दिएर ल्याउन पनि निकै समस्या पर्ने बताइन्छ । उनीहरुलाई जग्गा किनेर स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

    अहिले त्यहाँ १४ सय ७३ घरधुरी सुकम्बासी बस्ती छन् । त्यहाँ बसोबास गर्ने ५र६ हजार सर्वसाधारणलाई स्थानान्तरण गर्न पनि निकै समस्या रहेको छ । तर, यसका लागि पुरै सहयोग गर्ने वन मन्त्री महेश आचार्य र भूमिसुधार मन्त्री दलबहादुर रानाले प्रतिवद्धता जाहेर गरेका छन् ।

    परियोजना निर्माणका लागि वन मन्त्रालयले कुनै अवरोध सिर्जना नगर्ने मन्त्री आचार्यको र सरकारी तथा निजी जग्गाको कित्ताकाटसहित विवरण दिएमा जग्गा अधिग्रहणका लागि सहयोग गर्ने मन्त्री रानाको प्रतिवद्धता छ ।

    विसं।०६७ सालमा वन मन्त्रालयसँग एउटा रुख काटेवापत २५ वटा रुख परियोजनाले रोपिदिने सम्झौता भएको छ । यसका लागि वन मन्त्रालयले रुख रोप्ने स्थान देखाइदिनुपर्ने हुन्छ ।

    त्यस्तै, परियोजना निर्माण गर्ने ठाउँमा भएका मन्दिर, हेल्थपोष्ट लगायतलाई कहाँ स्थानान्तरण गर्ने भन्ने विषयमा पनि प्रष्ट छैन । स्थानान्तरणका बेलामा ठूलो विवाद तथा अवरोध सिर्जना हुनेमा कुनै शंका नरहेको विज्ञहरुको भनाइ छ ।

        वैकल्पिक विमानस्थल नहुँदा भारतको कलकत्ता तथा बिहार लगायतका एयरपोर्टमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यत्मक अवस्था

    सबै पक्षलाई चित्त बुझाएर अगाडि बढ्दा लागत बढ्ने र जबरजस्ती गर्दा असमझदारी बढ्ने अवस्था विद्यमान रहेको छ । अर्थमन्त्री डा। महतले मन्त्रालयले सबैभन्दा पहिला जग्गाको ठेगान लगाउन सुझाव दिएका छन् । उनले जग्गाको मुअब्जा दिएर सरकारको नियन्त्रणमा ल्याउने काम तत्काल गर्नुपर्ने बताए ।



    टीआइए र डुमरवानाको दुरी ६५ किमी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको दरी ६५ किलोमिटरमात्र रहेको छ । कुनै विमानस्थलमा समस्या आएमा वा लामो समय होल्ड गर्नुपरेमा पाइलटलाई तुरुन्त अर्को विमानस्थलमा जहाज अवतरण गर्न सजिलो हुनेछ ।

    अहिले वैकल्पिक विमानस्थल नहुँदा भारतको कलकत्ता तथा बिहार लगायतका एयरपोर्टमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यत्मक अवस्था छ । साथै, लामो समय आकाशमा होल्ड गरेर बस्नुपर्ने बाध्यता समेत दोस्रो विमानस्थल सञ्चालनसँगै समाप्त हुनेछ ।

    दोस्रो विमानस्थल भारतीय सीमाबाट २३ किलोमिटरको दुरीमा रहेको छ । जसले गर्दा भारतसँग तत्काल हवाई सम्झौता गरिनुपर्छ । त्यस्तै, काठमाडौं निजगढ द्रुतमार्ग पनि दोस्रो विमानस्थल निर्माण हुनुभन्दा अगाडि नै सञ्चालनमा आइसक्नुपर्छ । द्रुतमार्गबिना दोस्रो विमानस्थलको औचित्य नहुने हुँदा ६ महिना अगाडि द्रुतमार्ग सञ्चालनमा आइसक्नुपर्ने विज्ञको भनाइ छ । यी कामहरु सम्पन्न गर्नका लागि अहिलेको अवस्थामा समस्या नै देखिन्छ ।



    दोस्रो विमानस्थलको आवश्यकता किन ?

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सन् २००७ देखि हरेक वर्ष औषत वाषिर्क १३ प्रतिशतका दरले यात्रुहरु बढिरहेका छन् । यसरी बढिरहेका यात्रुलाई धान्न त्रिभुवन विमानस्थलको जति स्तरोन्नती गरे पनि सक्दैन ।

    त्रिभुवन विमानस्थलमा हाल देखिएका समस्या समाधान गर्न दोस्रो विमानस्थल अत्यावश्यक रहेको छ । भैरहवा र पोखरामा क्षेत्रिय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढेपनि त्यहाँ ठूला जहाज अवतरण गराउन नसकिने हुँदा दोस्रो विमानस्थल नबनाई नहुने देखिएको हो ।

     दोस्रो विमानस्थल सञ्चालनमा आएपछि हवाई शहरको अवधारणा अनुसार विकास गरी क्षेत्रिय आर्थिक गतिविधी बढाउन सकिन्छ

    क्षेत्रीय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई बढवा दिइ देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन पनि दोस्रो विमानस्थलको आवश्यकता देखिन्छ । यो विमानस्थ निर्माण भएपछि नेपाल आउने विमान कम्पनी बढ्ने र पर्यटकको संख्या पनि स्वतः बढ्ने व्यवसायीहरुको आंकलन छ ।

    छिमेकी मुलुक भारत चीन लगायत दक्षिण एसिया क्षेत्रका लागि दोस्रो विमानस्थल क्षेत्रीय विन्दुको रुपमा स्थापित हुने निश्चित छ । झन्डै ४ घण्टाको उडान दुरीमा २० भन्दा बढी शहरहरुका लागि आगमन, गन्तव्य तथा अन्य महादिपिय उडानको लागि यो विमानस्थल कार्गो तथा ट्रान्जिट प्वइन्ट बन्ने छ ।

    दोस्रो विमानस्थल सञ्चालनमा आएपछि हवाई शहरको अवधारणा अनुसार विकास गरी क्षेत्रिय आर्थिक गतिविधी बढाउन सकिन्छ । त्यस्तै, त्रिभुवन विमानस्थलमा उडान अवतरण गर्न नसक्ने एयर बस ‘ए ३८०’, ‘बोइङ ७४७’ ‘बोइङ ७८७’ जस्ता ठूला जहाज सञ्चालन गर्न सकिन्छ ।

    परियोजनाले लक्ष्य राखेको पहिलो चरणमा २० हजारसम्म र अन्तिम चरणमा ७५ हजार जनासम्मलाई रोजगारी उपलब्ध गराउन पनि दोस्रो विमानस्थल बन्नु आवश्यक छ ।

    १७ वर्षमा के-के भयो ?


    सन् १९९७ सालमा दोस्रो विमानस्थल निर्माण गर्नका लागि नेपिकोनले प्रारम्भिक अध्ययन गरेको थियो । त्यसपछि २०६४(६७ को त्रिवषिर्य योजना र आर्थिक वर्ष २०६४(६५ देखि २०६७(६८ सम्मको बजेट वक्तव्यमा निरन्तरता दिने काममात्र भयो । २०६७ साल चैत २९ गते अर्थ मन्त्रालयले जारी गरेको स्वेतपत्रमा परियोजना निर्माण कार्य गराउने उल्लेख गरियो ।

    परियोजना निजी क्षेत्रको लगानी र बुट ढाँचामा कार्यान्वयन गर्ने गरी राष्ट्रिय योजना आयोजको बुट कमिटिले २०६४ पुस १८ गते सूचीकृत गर्‍यो । त्यसपछि परियोजना बुट ढाँचामा निर्माण गर्नेगरी मन्त्रिपरिषदले २०६४ फागुन १ गते नीतिगत निर्णय गरेको थियो ।

    परियोजना क्षेत्रमा बसोबास गर्ने १४७३ घरधुरी परिवारको पुनस्र्थापना गर्न ०६४ फागुन १ गते सरकारबाट सैद्धान्तिक निर्णय भयो ।

    परियोजनाको विस्तृत संभाव्यता अध्ययन गर्ने सम्बन्धमा एलएमडब्लुसँग वार्ता गर्ने नेपाल सरकारबाट २०६५ पुस २ मा निर्णय भयो । आर्थिक वर्ष २०६८र६९ को नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रारम्भ गर्ने भनी उल्लेख गरिएको थियो ।

    पर्यटन मन्त्रालय र एलएमडब्लुबीच परियोजनाको सम्भाव्यता अध्ययन सम्झौता गर्न ०६६ फागुन २३ गते नेपाल सरकारबाट निर्णय भयो र ०६६ फागुन २३ मा सम्झौता भयो । कम्पनीले ०६७ चैत २७ गते सम्भाव्यता अध्ययन प्रतिवेदन मन्त्रालयलाई बुझायो ।

    अर्थ मन्त्रालयबाट ०६८ माघमा जारी गरेको आर्थिक विकास र समृद्धिको तत्कालिन कार्ययोजना, ०६८ ले प्रस्तुत परियोजनालाई बुट अवधारणामा निर्माण कार्य शुरु गर्ने भनी उल्लेख गरियो । तर, काम अगाडि बढेन ।

    एलएमडब्लुले ०६८ कर्तिक ७ गते परियोजना निर्माण गर्नका लागि मन्त्रालयमा निवेदन थियो । अहिले यो बुट कमिटिमा विचाराधीन छ । गत भदौमा तत्कालीन पर्यटनमन्त्री भीम आचार्यको संयोजकत्वमा दोस्रो विमानस्थल निर्माणका लागि पीपीपी मोडलमा संयुक्त योजना बनाई अगाडि बढाउन उपयुक्त हुने विषयमा सहमत भएको थियो ।

    कसरी बनाउने भन्नेमै विवाद
    डीपीआर सम्झौतामा एलएमडब्लुले परियोजना निर्माणका लागि उपर्यूक्त प्रस्ताव ल्याएमा पहिलो प्राथमिकता एलमडब्लुले पाउने उल्लेख गरिएको छ । तर, अहिलेसम्म न त एलएमडब्लुले परियोजनाको जिम्मा पाएको छ, न त अन्य कम्पनीलाई नै जिम्मा दिइएको छ । सरकार आफै पनि परियोजना निर्माण गर्न सक्ने मानसिकतामा छैन ।

    एलएमडब्लु कम्पनीले उक्त परियोजना निर्माण गर्ने मनसाय राखी मन्त्रालयमा ०६८ कर्तिक ७ गते निवेदन दिएको थियो । परियोजना कुन तरिकाबाट अघि बढाउने भन्ने सम्बन्धमा आवश्यक राय परामर्शका लागि सरकारले बुट कमिटिमा अनुरोध गरेकोमा अहिलेसम्म विचाराधिन रहेको छ ।

    यदि परियोजना नेपाल सरकार आफैले बनाएमा वा अन्य कम्पनीलाई बनाउन जिम्मा दिएमा डीपीआर तयार गर्दा लागेको एलएमडब्लुको खर्च ९ महिनाभित्रमा बुझाउनुपर्ने हुन्छ ।

    निजी क्षेत्रको लगानीमा बुट ढाँचामा परियोजना निर्माण गर्न योजना आयोगको बुट कमिटीले ०६४ पुस १८ गते सूचीकृत गरिसकेको छ । पर्यटन मन्त्रालय सकेसम्म यही ढाँचाबाट परियोजना निर्माण गर्ने तयारीमा छ ।

    तर, अर्थमन्त्री डा। रामशरण महत निजी क्षेत्रको लगानीमा बुट ढाँचाबाट काम हुन नसके सरकार आफै निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ । रिजनेबल प्राइसमा परियोजना निर्माण गर्ने प्रस्ताव आएमा मात्र निर्माण जिम्मा लगाउन सकिने बाउँदै उनले अन्यथा आफै निर्माणमा कस्सिनुपर्ने बताए ।

    पूर्व अर्थसचिव रामेश्वर खनाल, प्राडा सूर्यनाथ आचार्य लगायतका विज्ञहरु पनि दोस्रो विमानस्थल बनाउनका लागि सरकार आफै तात्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रको लगानीमा बुट ढाँचाबाट आयोजना निर्माण गर्नेतर्फ लागेमा ढिलाइ हुने उनीहरुको दाबी छ ।

    परियोजना निर्माणका जापानी लगानीकर्ताहरु आएको भए पनि टीआइएको स्तरोन्नति र दोस्रो विमानस्थल निर्माण एकैसाथ अगाडि बढाउने भनेपछि लगानीकर्ताहरु तर्सिएर गएको पर्यटन सचिव सुरेशमान श्रेष्ठ बताउँछन् ।

    दोस्रो विमानस्थलमा ठूलो लगानी गर्नुपर्ने हुँदा प्रोजेक्टको नाम सुन्नेवित्तिकै तर्सिएको श्रेष्ठको भनाइ छ । यसवीचमा कहिले मलेसियाबाट त कहिले कहाँबाट लगानी गर्ने आश्वासन आए पनि ठोस रुपमा कोही आएको छैन ।

    Writer - नविन अर्याल






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    Scroll to Top