• नयाँ खबर

    30 April, 2015

    भुकम्पले भन्दा आफ्नौले पटक - पटक मारे, महाभुक्पबाट बाचेर आएका वीरगंजका ३ पत्रकार र एक नेताको भोगाई ।

    महाभुक्पबाट बाचेर आएका वीरगंजका ३ पत्रकार र एक नेताको भोगाई ।


    जियालाल 
    काठमाडौँको नगरकोटबाट शुक्रबार सुखद रुपमा तन्नेरी चासोको  Planning and Idea Sharing Workshop समपन्न गरी आएका हामी (माधुरी महतो, कविता खडका र म जियालाल) केही ठाउँहरु घुमघाम गर्ने र केही समानहरु खरीद गर्ने भनेर आज कलंकि मै लजमा बसौँ अनि घुम घाम गरि भोलि पशुपतिनाथको दर्शन गरेर वीरगंज जाने योजना अनुसार कलंकीको एभरेष्ट लज नजिकै रामेछाप लजमा रुम लियौ ब्यागहरु राख्यौँ ।
    बेलुकीको ४ बजे धरहरा हेर्न गयौँ धरहराको सिढि यति ठुलो एक त थकाई लागेको तर पनि धरहरा माथिबाट पुरै काठमाडौँ आउने गरी फोटो खिच्यौँ । धरहरा तल ओर्लेर चारैतिर घुमघाम र फोटो खिच्यौँ त्यसपछि धरहरा नजिकैको सपिङ मलमा ३–४ वटा सर्ट पाइन्टहरु खरीद गर्यौ र एक मःम सेन्टरमा खाजा खाई लजमा फर्किने बेला हरिवंश अचाईको चिना हराएको मान्छे किताब किनि कलंकिको बसमा बस्यौँ फर्किने बेलामा एक अकाशे पुलमा अचानक आखाँ प¥यो त्यहाँ व्यानरमा भुक्मप जादा आपनाउनु पर्ने सर्तकताको बोड थियो त्यसबोड पढदै थिए बोर्डमा भुकम्प जादाँ अगुल्टो परि बस्नु पर्ने बताएका थिए ।
    महाभुकम्पको एक दिन अगाडी लिएको 
    धरहराको तस्बिर । 
     रातिको खाना खाई सुत्यौँ विहान आखाँ खोल्नु भन्दा अगाडि माधुरी र कविता जी पशुपतिनाथको मन्दिर जान तयारी भईसकेकी थिईन । मलाई फोन गरी तयारी हुन भनिन म पनि तयारी हुन लागे भाई नविनलाई फोन गरे तयारी भई पशुपती आउनलाई तयारी भई निस्कदा कविता जी को टाउको ढोकामा ठोकियो उनी भन्दै थिई राति पनि नराम्रो सपना देखे र आज विहानै यस्तो भयो केही नराम्रो हुन्छ जस्तो लाग्दैछ । उनको कुराको वास्ता नगर्दै हामी पशुपति दर्शन गर्न गयौ । 

    महाभुकम्पका दिन पशुपति नाथ दर्शन गर्नेको भिड ।
    यति लामो लाईन लागेको एक सुरक्षाकर्मि भन्दै थिए शनिवार भएपनि यति मान्छेको भिड हुदैन्थ्यो तर आज निकै भिड छ, ती सुक्षाकर्मीलाई लाईन लगाउनै धै÷धै परिरहेको थियो । म पनि लाईनमा बसे र दर्शन गरि केही फोटोहरु लियौँ । लज आई पुग्दा ११ः३० भईसकेकोले लज छोडनुपर्ने थियो । काउन्टरमा खाना तयार गर्न लगाए र हामी आ–आफ्नो रुममा समान प्याक गर्न लागेयो । म आफ्नो रुमको झयाल अगाडी राखेको टावेल उठाउन खौज्दै थिए अचानक जोड ÷ जोडले घर हल्लीन थाल्यो झयाल म आफै सम्हलीन झयालको रड समाते झयालबाहिर आखै अगाडी धमाधम घरहरु भत्कदै थियो म निकै डराए र छेउकै कोठामा बसिरहेकी माधुरी र कविता जीलाई हेरे घरको भितामा ठोकिदै आफुलाई सम्हाल्न खोज्दै थिईन सम्हलीन सकिरहेकी थिईनन् ।


    भुकम्पका बेलाको काठमाडौँ । 


    त्यहिबेला भुकम्पबाट बच्ने व्यानर याद आयो मैले दुवैजनालाई घुढा टेकि बसाए र संगै हामी निस्कन खोज्यौँ तर भुक्मपको कमपनले सकिरहेका थिएनौँ भनले मानेनन्  दुवैजनालाई रुमबाट बाहिर निस्कन भने हामी ४ तल्लाबाट दैडदै निस्कयौ सिढिभरि राखिएको ग्यास सिलिण्डर, पानिका बोतेलहरु छरिएका थिए । तल्लो तल्लामा घरका बाजे भान्छामा लडिरहेका थिए घर चर्किएर ढल्न लागेकोले ढोका खोल्न सक्स हुदा पनि खोले र उनलाई बाहिर निकाले आफुपनि बाहिर निस्के बाहिर निस्कदा चराहरु जोड, जोडले कराउदै थिए हाम्रो अगाडी ठुल,ठुला घर भएकाले घर नभएको ठाउँ खोज्दै थियो तर भेटिदैन्थ्यो आखै अगाडी पुराना घरका पर्खालहरु ध्वस्त हुदै थियो । जोड जोडले बम झै भुकम्पको आवाज आउदै थियो । बाच्न सक्छौँ सक्दैनौँ आकलन गर्न सकिरहेका थिएनौँ ।  हामी बसेको छेउकै एभरेष्ट लज ६० डिग्रीको कोणमा ढलीसकेका थिए । बाहिर कलंकीको रोडमा निस्कन त्यहि एउटा बाटो भएकोले ज्यान बचाउन निस्केर रोडमा जाऊ भनि कसैको आट आईरहेको थिएन् । यतिका ठुलठुला घरहरु कहाँ जाऊ नजाऊ ५ फिट ५ मिटरको बाटोमा सकस गरी ४०–४५ जना उभिएका थियौँ । फोन लगाउदाँ फोन नलाग्ने धेरै प्रयासपछि आ–आफनो घरमा फोन गर्यौ हामी सुरक्षीत छौ । तपाईहरुपनि सुरक्षीत हुनु भन्दै थियौँ ।
    ज्यान बचाउन कलंकि सडकमा ओर्लिएका मानिसहरु । 
    ज्यान बचाउन कलंकि सडकमा ओर्लिएका मानिसहरु । 
    पटक पटक भुकम्प आउने जाने त्रासले कमि भएन् । डराई डराई कलंकीको मेन रोडमा गयौँ जहाँ हजारौँ मानिस ओर्लेका थिए ।
    कलंकि सडकसँगै रहेको सहिद मेमोरियल अस्पतालमा भुकम्पबाट घाईतेको भिर । 
    नजिकै रहेको सहिद मेमोरीयल अस्पतालमा एक पछि अर्को गर्दै छिनमै एक सय भन्दा बढी घाईतेले अस्पतालको बेड हुदैँ सडकको पेटी समेत भरियो ।

    सम्पुर्ण गाडीहरु रोकी सहयोग गर्दै प्रहरी 
    पटक पटक आउदै गरेको भुकम्पका बेला प्रहरीले सम्पुर्ण गाडीहरुलाई रोकी सहयोग गर्दै थिए । विहानै वीरगंज जानका लागि चेन्नई एक्सप्रेसमा ३ वटा सिट बुक गरेकाले हामी फेरी टिकेट कनफर्म ग¥यौ त्यहिबेला शिवजी गुप्ता (एमालेका नेता) को फोन आयो मेरो लागि पनि एउटा टिकेट राख्न लगाउन भन्नु भयो मैले गाडीवालालाई फोन गरी फेरी एउटा टिकेटको लागि अनुरोध गरे । ६ः३० बजेको करीबमा शिवजी दाई आउनु भयो हामी ४ जना भयौँ गाडीको लागि मकालु पेट्रोल पम्प अगाडी कुर्दा–कुर्दै साढे सात बज्यो मैले पुनःफोन गेर सोध्दा ट्राभल्सबाट जवाफ आयो आज नेपाल सरकारले नै यस्तो विपतीको बेलामा गाडी नचाउन भन्दै उपत्यका बाहिर जान आउन सवारी साधनमा रोक लगाएको भन्दै बस नजाने सुनाई फोन राख्यो । हामी अझै विचल्ली भयौ कता जाने नजाने अनजान सहरमा कविता जी को मामा घरबाट दिउसौँ कति औँ पटक फोन आएको थियो तर सितापाईलामा कविता जीले घर यकिनका साथ नदेखेकाले जाने नजाने अलमलमै थियौँ । यस्तै गाडी नपाएकोले समेत जान सम्भव भएन । त्यतीकै अलमलका बेला शिवजी दाईले हामीलाई खुल्ला चौरमा बस्नु पर्छ । राति पनि भुकम्प जान सक्ने भएकाले हामी सचेत हुनु पर्ने भन्दै कलंकीको छेउमै हिनेर जान सक्ने किर्तिपुर स्थित त्रिभुवन युनिभरसिटिको खाली जग्गा छेउमै छ त्यहीँ जाने सोच बनायौँ दाईले फोन गरि आउदैछु भनि जनकारी गराउदै हामी किर्तिपुर तिरै लाग्यौँ । समान बोक्दै अन्कन्टर अध्यारो र भुकम्पको त्रासमा रेडियो सुन्दै जादैँ विच बाटोमै हुदा कतिऔँ पटक भुकम्प गयो रेडियो बाटै थाहा पायौँ । 
    हामी ८ः३० बजेको करिबमा किर्तिपुर स्थित एक गलीमा शिवजी दाईको दिदि घर पुग्यौँ उहाँहरु बाहिरै वसिरहनु भएको थियो सबैले आ–आफनो समान राख्नु भयो मैले आफनो झोला राखिन् ल्यापटपबाट मोबाईल चार्ज गर्छु भनि साथमै लिएर त्रिभुवन युनिभर्सिटिको चौरतिर लाग्यौँ । चौरमा सयौँ परिवारले पाल टागीँ बसेका थिए । हामी पनी खुल्ला चौर खाल्डो खुल्डो भएको खाली खेतमै बस्यौ ।  शिवजी दाईको भान्जाले दुईटा ओछयाउने दरी र दुईवटा सिरक ल्याईदिए । हामी केही विस्कुट र पानी खाए पल्टयौ । छिन छिनमै भुकम्प आउदाँ उठथ्यौ, भाग्थ्यौ फेरी पल्टिन्थयो । नजिकै १ लाख ३२ हजार भोल्टको हाईटेन्सन तार रहेकोले भुकम्प आउदा पोल झ¥यो भने हामी च्यापीने डरले रातभरी न सुती भुकम्पको क्रासमा उठने बस्ने निरन्तर भईरहयो ।
    महाभुकम्पमा भोक–प्यासै किर्तिपुरको खुल्ला चौरमा ज्यान जोगाउन बसेका पत्रकार । 
    विहान ५ बजे लग्तै गएको भुकम्पले अझै बाचिन्छ भन्ने आस पलाएनन् यतिका त्रास दियो पटक पटक मार्न खोज्यो भुकम्पले हामी बसेको ठाउँबाटै डल्दै गरेका घर तथा पर्खालहरु सहजै देखिन्थ्यो । 
    करिब १२ बजे शिवजी दाईको भान्जाले केही खानेकुरा लिएर आए हामी चारैजना २ दिन देखि भोकाएकाले संगै बाटिचुटि खायौँ लग्तै १ बज्न लाग्याथ्यो फेरी शनिवार झै ठुलो भुकम्प आयो ज्यान बचाउन् सब छोड छाड गरी माथिललो तिरको खेतमा दैडियौ आधि घण्टापछि फेरी आफ्नौ ठाँउमा आएर बस्यौ । स–साना रुखको छहारीमा सितल हावा चल्दा पनि यि हावाले पलपल मार्दैथिए । 
    त्यतीकै बेला दुई मधेशी मुलकि महिला काखमा ३–४ वर्षको बच्चा च्याप्दै भुकम्पमा बच्चाले विहान देखि केही खान नमानेको सुनाउदै हामी बसेको ठाउँ भन्दा यहाँ शितल छ भन्दै हामी नजिकै आएर बसिन । मैले यहि बस्नु भनेर आफु बसेको दरी दिए र बच्चालाई फ्रुटि खानलाई देखाए बच्चाले मेरो अनुहार चियाउदै मेरौ काखमै आएर बस्यो । फ्रुटि खोलि दिए दुई सुरमै सबै फ्रुट्रि सकाई दियो । खेलाउदै थिए उनकी आमाले तपाईसंग कस्तो बच्चा मानेको भन्दै आफुले ल्याएको विस्कुट दियो बच्चालाई तर बच्चाले खान मानेनन् । मैले झोलामा राखेको चकोपाई विस्कुट झिक्दै खुवाए बच्चाले गमगम खाए । उनी आमासंगै आएकी अर्कि महिलाले बोतलमा राखेको दुधको पाउच खुवाउन खोजे खाएनन उनको हातबाट मैले लिएर खुवाउदा मज्जाले मलाई चियाउदै खाए पेट अघाएपछि आफनो आमाको काखमा गएर तिनिहरु हामी जान्छौँ अंकललाई बाई गर्देऊ भन्दै ति बच्चाले हाल हल्लाए । उनकी आमा संगै गए । 
    केही क्षणपछि समय काटन माधुरी र कविता जिले पालै पालो हरिवंश अचाईको चिना हराएको किताब पढदै थिई शिवजी दाई पानि खोज्न जानु भएको थियो फेरी भुकम्प आयो कति औ ठुलठुलो भुकम्प आएकोले सानतिनो भुकम्पले खासै भाग्न मन लागेन तर अब साझ पर्न लाग्यो ठाँउ परीवर्तन गरी अझै माथिल्लो खेततिर गयौँ । हल्का फास्ट फुड चाऊचाऊ, ल्याज, विस्कुट आदि किन्न म, माधुरी, कविताजी गयौँ तर ल्याज र विस्कुट मात्रै पायो पानि पनि पाएन पानि नपाएकोले स्प्राईट लियौँ र फर्कयौँ । आफनो घर ढुङ्गाको सिरानी घासको डसना भएको ठाउँमा ।
    महाभुकम्पमा भोक–प्यासै किर्तिपुरको खुल्ला चौरमा ज्यान जोगाउन बसेका बायाँ शिवजी गुप्ता ।
    खुल्ला आकासमा चियाउदै थियौ रेडियोले विहानै मौसम बदली भई पानि पर्ने भनेको थियो । आकासमा कालो बादल लाग्यो रातिको ८ः३० बजेको करीबमा झम झम पानि पर्न थाल्यो हामी पाल भएका व्यक्तिहरुसंग सहयोग माग्न थाल्यौँ, तलतिर भएका १५÷२० जना पाल टागी सुतिरहेका व्यक्ति कहाँ गयौँ कसैले ठाँऊ छैन भन्थे कसैले हामी कहाँ आफै खुटटा अटिराखेको छैन भन्दै अन्तमा मधेशीलाई नि बस्न दिने छैन सिधै भन्थे । दिमागमा केहि सुझिरहेको थिएन त्यस्तै क्रममा तिनै महिला कहाँ गए जो मधेशी मुलकी थिईन जसकी छोरालाई मेरो काखमा बसाई मैले फ्रुटि, विस्कुट खुवाएका थिए उनका श्रीमान र उनी स्वयमले भनि यहाँ महिलाहरु छ, कहाँ मिल्छ, हुदैन यहाँ शिवजी दाईले आग्रह गरे कमसेकम यि दुवै बहिनिलाई त ओत लाग्न दिनु तर मानेन उनिहरु सिधै भनिन कस्ता मधेशीया हुन्छन महिलाहरु छन् भन्दा पनि नबुझने जवाफ फर्कायो । कति सम्म सम्बेदना हराएका काठमाडौँमा बस्दै एकै समुदायका मानिस बेग्लै बेग्लै समुदाय र देशकी भईसकेकि !
    हिम्मत नहारी अरुले पाल टागेकोमा गयौ तर कोई कसैले हुन्छ आउनुस जे छ, त्यसैमा बसैला भनेनन् अन्तमा हामी त्रिभुवन युनिभरसिटिको एक दुई तल्ले ठुलो गोदाममा पुग्यौ त्यहाँ भित्र चुरोट खाइरहेका एक व्यक्तिलाईहेरे हामीलाई हेर्ने वितिकै ऊ चुरोट निभायो मैले बोलाए दाई एक छिन ढोका खोल्नुसन अलिकता भएनी ओत लागन दिनुसन । ति व्यक्तिले सुनेनन हामी त्यतीकै गोदामको छेउमा आधि जिऊ भिज्दै थियो एक छिन ओत लाग्यौँ । २ वटा मात्रै डासना र सिरक भएकाले एकमा माधुरी र कविता जी एकमा शिवजी दाईले ओढेका थिए । मलाई भन्दै हुनुहुन्थयो शिवजी दाईले आउ यसैमा मिलेर ओढौँ  तर मैले बोकेको व्याग्ले पुरै भिज्दैथियो सिरक पनि भिज्छ भनेर ओढिन सबै पानी र हावाले थुर थुर काम्दै थिए म पनि काम्दै अरु ठाउँमा ओत लाग्ने खोज्दै थिए एक ठाउँ भेटियो एक तल्ले भवन एक कोठा भएको पछाडी तिर शौचालय अघिल्ल तिर स्टोर त्यहाँको अघिल्लो तिर छानोमा ओत लाग्यौँ झमझाम पर्दै गरेको पानीले केही मात्रामा भएपनि छानोले भिज्नबाट बचाउन सकिरहेको थिएन । स्टोरको ढोका अगाडी ५÷५ फिटको खाली बरन्दामा ३,४ जना महिला, बच्चा र एक बुढी आमा ठाउँ भएपनि सुतिरहेकि थिईन, मैले माधुरी र कविता जीलाई भने तपाईहरु बस्नु तर उनिहरु मानिरहेकी थिईनन् बस्न मानोस पनि कसरी १५–२० जनासंग अपहेलीत भएका तिनीहरुलाई झपारेरै भएपनि बसाए बसिन । अघिल्ल तिरको छानोमा शिवजी दाईलाई बोलाए भुकम्प आउछ हामी सबै पुरीन्छौ भन्ने डरले दाईले आउन मान्न भएन । म पुरै भिजिसकेका थिए माधुरी र कविता जीले यहिँ बस्नु भन्नु भयो आधिभन्दा बढी भिजिसकेको शिरक मैले ओढे त्यही फालाफाल गरि ओछयाएर राखेकि ति महिलाहरुको बलान्केट तानेर दुवैजनालाई ओढन लगाए । म भिजेकै सिरक ओढी छेउमै बसे पटक पटक भुकम्पको धक्का भईरहेकोले आफ्नै नेपालीबाट अपहेलीत भएर आएकाले आखाँ रसाउदै गरेकाले ति भुकम्पहरुले मलाई केही असर गरिरहेका थिएनन् । सब भाग्न खोज्थ्यो म त्यहि बसिरहन्थे यस्तै दुई तिन पटक भयो । केहि समय शान्त भएपछि संगै अघिल्लतिर सुतिरहेकी बुढी महिला जो परालाईसिसले अशक्त दिई उनलाई उनका बुहारीले एकलै उठाउन सकिरहेकी थिईनन । मैले उठाएर पिसाब गर्न सहयोग गरिदिए रात छिप्पीदै गयो भुकम्पको धक्का पटक पटक हुदैथियो । त्यहि बसेकी महिलाकी श्रीमान भईनजेल केही बोलिन्न सहयोग गर्दा आफनौँ सम्झेको जस्तो लाग्ने ति महिलाका श्रीमान एकैछिन बाहिर जाने वितिकै ‘कहाँ कहाँबाट आएर हाम्रो ठाउँमा मधेसीया बस्यो लाजै नभएको अरु बसेको ठाउँमा कोहि बस्छ त ? लाजै नभएका मधेसीयाहरु जस्ता शब्दहरु मनभरि बर्साए । धेरै थकीत भएकाले भिजेकै सिरकमा कतिखेर निदाएको म यि कुराहरु सुनिन । न त शिवजी दाइले सुन्यो धेरै जाडो भएकाले दाईले जिउमा गर्मी ल्याउन कत्यहीको फिल्डमा दौडिन गएका थिए । विहान जे जसो भएपनि हामी घर जान्छौँ भनेर हामी बल्खु जाने बेला माधुरी र कविता जीले सुनाइन । 
    हामीले समान राखेका दिदि कहाँ गयौँ उनि बस्ने डेरको घरपनि आधि भत्किसकेका थिए । हामी समान लियौँ र बल्खु लाग्यौ । त्यहा हजारौँको भिड थियो । एउटापनि गाडी भेटाउदैन्थ्यो करीब २ घण्टा वितिशक्यो । वीरगंजमा भएका आफना लगायत सबैलाई गुहार्यौ कति न कतिऔँलाई फोन गर्यौ । कोहि कोहि वीरगंजबाटै गाडी लिएर आउने तयार भए पछि, खोज्दा खोज्दै एक टाटा सुमो रिजर्बमा जान भनेर भेटियो तर ३५ हजार लाग्छ भन्यो । तर पुरै पैसा यहि नै दिनुपर्ने बतायो ।
    हामी हुन्छ भन्दै शिवजी दाईले मेरो भतिजाहरु आउदै छ, हामी १० जना हुन्छौँ सबैले आ–आफनो खल्तिबाट पैसा झिक्यौँ पुरा जम्मा जम्मी २० हजार मात्रै  पुग्यो । सुमो बालाले पुरा पैसा दिए मात्रै जाने भन्यो जति विश्वास दिलाउन खोज्दा मान्दै नमान्ने । 
    हामी १० सै जना निरास भयोँ काठमाडौँमा भएका एटिआम पसलहरु बन्द चिनजानको को–को छ भन्ने बुझन थाल्यौँ । 
    अन्तमा कविता जीको आमाको एक जना छिमेकीको फोन नम्बर वीरगंज रहनुभएका शिवनाथदाईले दिनुभयो । त्यसपछि केहि छिनमै उहाँ आउनु भयो कविता जिको मामा पर्ने उहाँलाई भोगेका केहि कुरा सनाउदै हाम्रो समस्या बताउदा १५ हजार भएपनि सापटि दिनुस भन्दा मामाले हुन्छ तर यहाँ छैन तेरो माईजुसंग छ, हिन भन्नु भयो कविता जिले मामा घर कहा न कहाँ छ भन्दै थिईन तर मामाले हैन धेरै टाढा हैन यि यहि पुलपारी छ किन यति नजिक सोध्दा मामाले मुस्काउदै सहजै तरिकाले भन्नुभयो घर भत्कीयो पाल टागी हामी बस्याछौ । यहि स्टार होस्पिटल अगाढी छ हिड म अच्चमीत हुदै तिनै जना पैसा लिन गयौँ । माईजु र उनका छोरा, छोरीलाई भेटि पैसा लिदै आयौँ । काउन्टर नजिकै रहेको पसलमा १५ रुपैया पर्ने चाउचाउ ३५ , २० रुपैया पर्ने पानि ४५, १० रुपैया पर्ने ल्याज २५ रुपैयामा तिरि केहि खानेकुरा लियौँ ।  सबै पैसा ३५ हजार टाटा सुमोवालाका काउन्टरवालालाई दियौँ उनले ड्राईभरलाई पठाए हामी ड्राईभरलाई पुरा कुल भएर चलाउन भन्यौ उनले वीरगंज आउन माथिल्लो बाटो राम्रो भन्दै यात्रा सुरु गर्यौ । बिच बाटो भरि ठुलठुलो ढुङग हटाउदै, र पहाड खसेको ठाउमा पर्खदै डोजरले हटाउदै थिए ।
     हामी सिमरा आई पुग्दा ट्राफिकले रोकी कतिमा रिजर्ब गरेको बढीमा हो भने हामी पैसा फिर्ता गराउछै भन्दै थियो । शिवजी दाईले झुटो बोल्दै होईन चिनेजानेको हो ५ हजारमा मात्रै ल्याएको भन्नु भयो केहि छिनको सोधपुछ पछि टाटा सुमोलाई छोडिदियो । मैले शिवजी दाईलाई सोधे दाई किन झुटो बोल्नु भएको हाम्रो पैसा फिर्ता हुन्थयो नि उहाँले भननु भयो मानव संवेदना गुमेकाले उनीहरु पशु सम्झे हामीलाई हामीले किन उनि जस्तै व्यवहार गर्ने यस्तै गर्यौ भने हामी र उनिहरुमा के फरक रहयो । मैले त्यति बुझन सहिन जितपुर आई पुग्दा रेडियाले तपाई भएको ठाउमा फसेकालाई तपाई आफैले पनि निकाल्ने प्रयास गर्नु भन्दै प्रत्येक ५ मिनेटमा भन्दै थिए । त्यसपछि बुझे कतिको मानिसक संवेदना हराएका छन् । 





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    उद्धार र उपचारमा १५ देशका १० हजार उद्धारक सकृय


     


    काठमाडौं, वैशाख १७ – नेपाली सेना तथा नेपाली सुरक्षा निकायको कमाण्डमा भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारको लागि विश्वका विभिन्न १५ देशबाट आएका टोलीमा संलग्न करीब १० हजार बिदेशीहरु दिनरात नभनि काम गरिरहेका छन् ।  

    भूकम्पबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य शिविर सञ्चालन र राहत कार्यमा सहयोग पुर्‍याउन अहिले नोपलमा भारत, चीन, पाकिस्तान, श्रीलंका, टर्की, बंगलादेश, इजरायल, नेदरल्यान्ड, भूटान, पोल्यान्ड, अमेरिका, जापान, मलेसिया, फ्रान्स, स्पेन र सिङ्गापुरबाट ‘रेस्क्यू टीमहरु’ नेपालका भुकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिंग, दोलखा, रामेछाप र रसुवामा सकृय छन् । नेपाली सेनाको संयोजनमा ती उद्धार टोली विभिन्न जिल्लाका प्रभावित क्षेत्रमा हरेक दिन १५ घन्टासम्म खटिन्छन् । उद्धार तथा खोजीका लागि टर्कीको विश्व विख्यात एउटा टोली नेपालमा छ भने फ्रान्सको टोली माटो, ढुंगो तथा घरले पुरिएकाहरु जिवीतै छन् कि छैनन् भनेर पत्ता लगाई उध्दार गर्ने काममा सकृय छ । 
    भारतबाट आएका २७ टोलीमध्ये १५ वटा टोली उपचारका काममा छन् भने १२ वटा टोलीले उद्धार तथा  खोजीको काम गर्दैछन् । भारत सरकारले भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सातवटा एमआई १७ सहित ११ वटा हेलिकोप्टर उपलब्ध गराएको छ । 


    त्यस्तै, चीन सरकारले उपलब्ध गराएको ८ वटा मध्ये छ वटा टोलीले उद्धारको काम र दुईटा टोलीले उपचार सेवा पुर्‍याइरहेको छ । भूकम्पबाट ११ जिल्ला निकै प्रभावित रहेकाले नेपाली सेनाको नेतृत्वमा विदेशी उद्धार टोलीहरु यिनै जिल्लामा परिचालित छ । उपचार एवम्  उद्धार र खोजीको काममा नेपाललाई सहयोग गर्न पाकिस्तानले तीन उद्धार र दुई उपचार टोली पठाएको छ । श्रीलंकाले एक उपचार टोली, टर्कीले कुकुरसहितको दुई उद्धार टोली, बंगलादेशले एक उपचार टोली पठाएको छ । 
    इजरायलले मोबाइल अस्पताल र विशेषज्ञसहितको २४ जनाको उपचार टीम पठाएको छ भने १६२ को टोलीले उद्धारको काम गरिरहेको छ । नेदरल्याण्डबाट ६२ जनाको उपचार र उद्धार, भुटानबाट ६२ जनाको उपचार, पोल्याण्डबाट ८१ जनाको उद्धार र उपचार, अमेरिकाबाट २५ जनाको औषधिसहितको उद्धार टोली आएको छ । 
    सिंंगापुरबाट भूकम्पमा परेर समस्यामा परेका नेपालीलाई उद्धार र सहयोग गर्न १ सय ६ सदस्यीय टोली आएको छ । विदेशी मुलुकबाट आएका टोलीलाई नेपाली सेना लगायतका सुरक्षाफौजबाट आवश्यक समन्वय र सहयोग भइरहेको छ ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    भूकम्पमा टेलिकमको सुविधा निःशुल्क कि उधारो ?

    प्रवक्ता भन्छिन् निःशुल्क हैन, जीरो ब्यालेन्स सुविधा


    १७ वैशाख, काठमाडौं । कतै तपाई नेपाल टेलिकमको मोबाइलबाट सित्तैमा फोन गर्न पाएको भन्दै अनावश्यक कुराकानी त गरिरहनुभएको छैन रु यदि त्यसो गर्नुभएको छ भने केही दिनपछि तपाईलाई मोटो रकमको बिल आउन सक्छ ।
    ल्त्ऋअहिले सित्तैमा गरेको फोनको बिल पछि तिर्नुपर्ने हुन सक्छ । टेलिकमले अहिले दिएको सुविधा निःशुल्क रहेको घोषणा गरिसकेको छैन । त्यसैले पछि मोबाइल रिचार्ज गर्दा पैसा काटिने सम्भावना छ ।
    टेलिकमले अहिले सित्तैमा नभई संकटका बेला जिरो ब्यालेन्समा कल सुविधा प्रदान गरेको हो । तर, यो सुविधा निःशुल्क गर्ने(नगर्ने विषयमा कुनै निर्णय नभएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।
    ‘हामीले सुरुका दुई दिनको एसएमएस निःशुल्क गराएका थियौं’ प्रवक्ता वैद्यले भनिन्( ‘जिरो ब्यालेन्सको कल सुविधा निःशुल्क गराउनेरनगराउने विषयमा कुनै निर्णय भएको छैन ।’
    जिरो ब्यालेन्स कल सुविधाको पैसा पछि रिचार्ज  गर्दा काटिन पनि सक्ने प्रवक्ता वैद्यको भनाइ छ । यसबारे टेलिकमको सञ्चालक समितिको बैठक बसेर निर्णय गर्नेछ ।
    ‘त्यतिबेला यो सुविधा निःशुल्क गर्न पनि सक्छ, शुल्क लिन पनि सक्छ, अहिले यसै भन्न सकिँदैन’ वैद्यले भनिन् ।
    संकटका बेलामा ब्यालेन्स नभएकै कारण मोबाइलबाट कुरा गर्न उपभोक्ता बञ्चित नहोउन् भनेर टेलिकमले जिरो ब्यालेन्समा कल सुविधा उपलब्ध गराएको हो ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    चीनले ८ वटा हेलिकोप्टर दिन्छु भन्दा सरकारले चाहिँदैन भन्यो

    गाउँमा राहत लैजान खोज्दा सामाजिक संस्थाले हेलिकोप्टर पाएनन् 



    १७ वैशाख, काठमाडौं । भूकम्प पीडितलाई गाउँगाउँबाट उद्दार गर्न एवं राहत सामाग्री गाउँ गाउँमा पुर्‍याउन हेलिकोप्टरको ठूलो अभाव भइरहेको छ । यसैवीच चीनले ८ वटा ठूला हेलिकोप्टर उद्दारका लागि दिने भनेकोमा नेपाल सरकारले आवश्यक छैन भन्ने जवाफ दिएपछि चिनियाँ अधिकारीहरु असन्तुष्ट बनेका छन् ।
    ‘अघिल्लो दिन नेपाल सरकारले अनुमति दिएको थियो, तर एक रात बितेपछि आवश्यक छैन भन्ने जवाफ दियो,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘भारतीय हेलिकोप्टर देशका कुना(कुनामा निर्वाध उडिरहे पनि आफूहरुले सहयोग गर्न खोज्दा अनुमति नदिएको भन्दै चिनियाँहरु रुष्ट बनेका हुन् ।’
    भूकम्पको निहुँमा नेपाल अघोषितरुपमा भारतीयहरुको कब्जामा परेको गुनासो चिनियाँ दूताबासका अधिकारीहरुले गर्न थालेको स्रोतले बतायो ।
    चिनियाँ हेलिकोप्टर अस्वीकार गरिए पनि भारतीय हेलिकोप्टर  नेपाली आकाशमा निर्वाधरुपमा चलेका छन् । भारतीय हेलिकोप्टर आफ्ना पत्रकार बोक्ने र प्रचारवाजी गर्ने कार्यमा बढी खटिएको गुनासो आउन थालेको छ ।
    त्रिभुवन विमानस्थलमा नेपाली पत्रकारलाई पस्न दिइँदैन । तर, भारतीयहरु विमानस्थलभित्रै अड्डा जमाएर बसेका छन् । उनीहरुलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले जस्तोसुकै सम्वेदशनशील ठाउँको पनि फुटेज लिने अनुमति छ, जुन अनुमति आफ्नै देशका सञ्चारमाध्यमलाई पनि छैन ।
    हेलिकोप्टरको अभाव

    भूकम्प पीडितलाई राहत पुर्‍याउन र अलपत्र परेकाहरुलाई उद्दार गर्न हेलिकोप्टरको समस्या परिरहेको छ । बिभिन्न सामाजिक संस्थाहरूले गाउँमा कम्मल, चिउरा लगायतका सामाग्री लैजानलाई सरकारसँग हेलिकोप्टर मागेको तीन दिन बितिसक्दा पनि सरकारले उपलब्ध गराउन सकेको छैन ।
    अन्य विभिन्न सामाजिक संघ संगठनहरु गाउँमा राहत लैजान तम्तयार भएर बसेका छन्, तर सरकारले भने निजी कम्पनीका हेलिकोप्टरसमेत उठाउने अनुमति नदिई आफैंले होल्ड गरेर राखेको छ ।
    नेपाल सरकार आफू पनि गाउँमा राहत पुर्‍याउँदैन र सामाजिक संस्थाले भाडा तिरेर हेलिकोप्टरमा राहत लैजान्छु भन्दा पनि नदिई बूढो गोरुले गाई रुँगेजसरी निरीह भएर बसेको गुनासो सामाजिक संस्थाहरूले गर्न थालेका छन् ।
    ‘जनतालाई राहत दिन्छुभन्दा पनि सरकारले दिनेभए हामीलाई देऊ जनतामा जान पाउँदैनौ भनिरहेको छ’ एक सामाजिक संस्थाका पदाधिकारीले अनलाइनखबरसँग भने, ‘सरकारले यो के गरेको हो रु हामीलाई अचम्मै लागेको छ ।’ साभार ः अनलाईनबाट 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    काठमाडौंमा पाकिस्तानविरुद्ध भारतीय चलखेल

    सरकारमा आत्मसमर्पणवादी प्रवृत्ति देखियो : विष्ट

    १७ वैशाख, काठमाडौं । भूकम्पका विषयमा सहायता गर्न भन्दै काठमाडौं आएका भारतीयहरुले नेपालको सार्वभौमसत्ता र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई नै खलल पर्ने गतिविधि थालेका छन् ।
    मित्रराष्ट्र पाकिस्तानले नेपाललाई दिएको राहत सामाग्रीमा भारतीयहरुले खुलेआम आपत्ति जनाएपछि नेपालीहरुमा चिन्ता शुरु भएको हो । पाकिस्तानले नेपाललाई ‘बीफ मसला’ पठाएको भन्दै भारतीय मिडिया ‘आज तक‘ले ‘प्रोपोगाण्डा’सुरु गरेको छ ।
    पाकिस्तानप्रति भारतको दृष्टिकोण नकारात्मक रहे पनि नेपाल र पाकिस्तानवीचको सम्बन्ध सुमधुर छ । पाकिस्तानले नेपाललाई राम्रो नियतले राहत सहयोग गरेकोमा नेपालीहरु ढुक्क छन् । तर, पाकिस्तान मुस्लिम देश भएकाले उसले पठाएको सामाग्रीमा असावधानीवश ‘बीफ मसला’ पर्नु अस्वाभाविक विषय होइन । त्यस्तो भएको अवस्थामा नेपालले कूटनीतिक रुपमै यसलाई हल गर्न सक्छ ।
    तर, यही विषयलाई लिएर भारतीय मिडियाले पाकिस्तानविरुद्ध नेपालीलाई भड्काउने खालको सामाग्री पस्केको गुनासो नेपाली अधिकारीहरुले गर्न थालेका छन् । पत्रकार महासंघका अधिकारीहरुका अनुसार भारतीय मिडियाको यो गतिविधि नेपाल प्रेस काउन्सिलको आचारसंहिता विपरीत छ ।
    नेपालको सार्वभौमिकता एवं राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने यस्ता गतिविधिले नेपाल पाकिस्तानवीचको सम्बन्धमा खलल ल्याउन सक्ने जानकारहरुको चिन्ता छ ।
    हाल काठमाडौंमा रहेका भारतीय हिन्दु स्वयंसेवक संगठनका एक नेताले समेत नेपालको भूमिबाटै पाकिस्तानको विरोध गर्दै हिन्दु(मुस्लिम सदभाव बिगार्ने प्रयास गरेका ।

    मैले मन्त्रीको ध्यानाकर्षण गराएको छु : विष्ट

    नेपाल पत्रकार महासंघका सभापति डा। महेन्द्र विष्टले अनलाइनखबरसँग भने( ‘विपत्ती परेका बेला भारतीय पक्षबाट भएको सकारात्मक पहलको हामीले सह्राना गर्छौं, तर यही बाहनामा सदभाव बिथोल्ने, सार्वभौमिकतामा खलल पार्न खोज्ने, देशवासीलाई होच्याउने र सम्वेदनशील ठाउँहरुमा विदेशीले प्रवेश गर्ने कार्य सैह्य हुन सक्दैन ।’
    आफूले यस विषयमा सूचना तथा सञ्चारमन्त्री डा। मीनेन्द्र रिजालसमक्ष आपत्तिसमेत जनाइसकेको विष्टले बताए ।
    सरकारका अधिकारीहरुले नेपाली पत्रकारलाई कुनै पनि ठाउँमा पहूँच नदिएको र विदेशी मिडियासामु डेढ घण्टासम्म अन्तरवार्ता दिने गरेको भन्दै सभापति विष्टले आपत्ति जनाए ।
    ‘हामीलाई रिपोर्टिङमा बाधा व्यवधान गरिएको छ’ विष्टले भने( ‘भारतीय एवं विदेशी मिडियाले देशको खिल्ली उडाउँदा पनि सरकार मौन एवं लाचार बनेको छ, यसबारे मैले मन्त्री रिजालको ध्यानाकर्षण गराइसकेको छु, फेरि भेटेर कडाइपूर्वक कुरा राख्न चाहन्छु ।’
    विष्टले भने( ‘प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सम्बोधनमा समेत मोदीको ट्विटबाट भूकम्प आएको थाहा पाएँ भने, यो हाम्रो सरकारको आत्मसमर्पणवादी प्रवृत्ति हो ।‘
    यसैवीच नेपाल पत्रकार महासंघका पूर्वसभापति शिव गाउँलेले राष्ट्रिय सार्वभौमिकता एवं अन्य देशसँगको सम्बन्धमा खलल पुर्‍याउने गतिविधि गर्ने विदेशीलाई सरकारका तर्फबाट तत्कालै रोक लगाउन सकिने बताए ।स्रोतका अनुसार भारतीयहरुले भूकम्पको बाहनामा काठमाडौंमा आएर गरिरहेको चीन र पाकिस्तानविरोधी गतिविधिबारे गृहमन्त्रालयमा समेत बुधबार अनौपचारिक छलफल भएको छ ।





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    महाभूकम्पमा नेपालीलाई फेसबुक, गुगल र भाइबरद्वारा विशेष सुविधा

    काठमाडौ, वैशाख १५ - महाभूकम्पमा परेका नेपालीलाई आफन्तको जानकारी उपलब्ध गराउन फेसबुक र गुगलले अभियानै थालेका छन् । भ्वाइस ओभर आईपी सेवा उपलब्ध गराउने भाइबरले इन्टरनेट उपलब्ध हुँदा नेपालबाट विश्वभर नि:शुल्क टेलिफोन गर्न सक्ने सुविधा दिएको छ । नेपाललाई लक्षित गरेर दुवै सामाजिक सञ्जाल र भाइबरले नयाँ सेवा सुरु गरेका हुन् । सँगै एप्पलले पनि नेपालमा आर्थिक सहयोग जुटाउन छुट्टै अभियान थालेको छ । 
    फेसबुकले नेपालमा खोलिने अकाउन्टमा ‘सेफ्टी चेक’ सेवा उपलब्ध गराएको छ । फेसबुक खोल्नेबित्तिकै आफ्नो अवस्थाबारे सबै साथीलाई यो सेवामार्फत जानकारी गराउन सकिन्छ । सँगै फेसबुकमा रहेका साथीबारे पनि यही सुविधामार्फत सजिलै बुझ्न सकिन्छ । अर्कोतर्फ गुगलले ‘पर्सन फाइन्डर’ मार्फत सुरक्षा स्थितिबारे जानकारी लिन र दिन सकिने सेवा उपलब्ध गराएको छ । कम्पनीले पर्सन फाइन्डरमा ‘२०१५ नेपाल अर्थक्वेक’ नामक छुट्टै लिंंक राखेर विश्वभरबाट आफन्तबारे जानकारी लिन सकिने सेवा दिएको हो । यो लिंंक खोल्नेबित्तिकै सूचना लिन वा दिनका लागि अप्सन राखिएको छ । प्रयोगकर्ताले आफू र अन्यको जानकारी गुगललाई दिन सक्ने व्यवस्था छ । जसमा नाम, ठेगाना, फोन नम्बर, सन्देश, फोटोलगायत राख्न सकिन्छ । एकपटक गुगलमा सूचना राखिसकेपछि विश्वका जुनसुकै स्थानबाट सम्बन्धित व्यक्तिले राखेको जानकारी अन्यले पाउन सक्ने बनाइएको छ । सँगै रहेको अर्को लिंंकले यसरी राखिएका सूचना हेर्न सकिने व्यवस्था गरेको छ । गुगलले पाएका सबै सूचना सर्वसाधारणलाई उपलब्ध गराउने, तर पुष्टि भने गर्न नसकिने उल्लेख गरेको छ । 
    गुगलले एसएमएसमार्फत पनि व्यक्तिको जानकारी लिन सकिने बनाएको छ । भारत र नेपालमा आफूले खोज्न चाहेको व्यक्तिको नाम टाइप गरेर भारतीय नम्बर ९७७३३००००० मा पठाएपछि राखिएको जानकारी आउने सेवा दिइएको हो । यसरी एसएमएस पठाउँदा नेपालबाट भने अन्तर्राष्ट्रिय एसएमएसको शुल्क लाग्नेछ । अमेरिकामा रहेकाले पनि छुट्टै नम्बरबाट एसएमएस गरेर भारत र नेपालमा रहेका आफन्तबारे जानकारी लिन सक्ने गुगलले उल्लेख गरेको छ । 
    ‘दुर्घटनाका समयमा सर्वसाधारणलाई आफन्त सुरक्षित छन/छैनन्’ भन्ने जानकारीको चाहिने उल्लेख गर्दै सेवा सुरु भएको केही समयपछि फेसबुकका संस्थापक मार्क जुकेरबर्गले स्टाटसमा लेखेका छन् । ‘यस्ता समयमा सम्पर्कको ज्यादै ठूलो महत्त्व हुन्छ,’ उनले लेखेका छन् । प्राकृतिक प्रकोपको समयमा समुदायलाई सहयोग पुर्‍याउने माध्यमका रूपमा यो सेवा सुरु गरिएको उनले उल्लेख गरेका छन् । जापानमा २०११ सुनामी आएपछि फेसबुकले यस्तो सेवा पहिलोपटक सुरु गरेको थियो । 
    प्रयोगकर्ताबीच मात्र नि:शुल्क भ्वाइस र टेक्स्ट सेवा दिँदै आएको भाइबरले नेपालमा भने मोबाइल र ल्यान्डलाइनमा समेत पैसा बिना कुराकानी गर्न सकिने सुविधा दिएको छ । नेपालबाट विदेशमा भाइबरमार्फत् फोन गर्न पनि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । अन्य नम्बरमा कुराकानी गर्न प्रयोग गरिने ‘भाइबर आउट’ लाई कम्पनीले नि:शुल्क बनाइदिएको हो । ‘नेपालमा गएको भूकम्प पछि हामीले भाइबर आउट बिलिङलाई बन्द गरेका छौ’ भाइबरले आफ्नो टिवटर ह्यान्डलमा लेखेको छ, ‘नेपालका प्रयोगकर्ताले जुनसुकै स्थानमा नि:शुल्क कुराकानी गर्न सक्छन् ।’ एप्पलले पनि नेपालमा आर्थिक सहयोग जुटाउन अर्को अभियान चलाएको छ । एप्पलले आफ्नो सेवा आइट्युन्स स्टोरमार्फत अमेरिकी रेडक्रसलाई नेपालमा आर्थिक सहयोग पुर्‍याउन सहयोग माग्दै सेवा चलाएको हो । ५ देखि २ सय अमेरिकी डलरसम्म सहयोग गर्ने गरी एप्पलले यो अभियान चलाएको छ । जसमा उठेको सम्पूर्ण रकम रेडक्रसमार्फत नेपालमा सहयोग हुने कम्पनीले उल्लेख गरेको छ । ‘हाम्रा चिन्तन र प्रार्थना नेपालमा दुखद भुकम्पबाट असर परेका सबैमा छ’ एप्पलका प्रमुख कार्यकारी अधिकृत टम कुकले ट्विट गर्दै आइट्युन्समार्फत सहयोग मागेका छन् । By - ekantipur.com

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    29 April, 2015

    भारतीय टोलीको उद्धारभन्दा प्रचार बढी


    काठमाडौं,  भुकम्पपीडित नेपालीको खोज, उद्धार र राहतको लागि सबैभन्दा ठूलो उद्धार टोली पठाएको छ, दक्षिणी छिमेकी भारतले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भुकम्प गएको एक घण्टाभित्रै आपतकालीन बैठक राखेर तत्काल उद्धारका लागि ४ वटा नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) टोली नेपाल पठाउने निर्णय गरेका थिए ।
    त्यसयता मंगलबारसम्म हेलिकप्टर, आवश्यक सामाग्रीसहित एक हजारभन्दा बढीको संख्यामा भारतीय उद्धारकर्ता नेपाल आइसकेका छन् । तर जुन रुपमा खोजी तथा उद्धार हुनुपर्ने हो, त्यो हुन नसेको नेपाली सैनिक स्रोतले बतायो । भारतीय टोलीले जुन परिमाणमा उद्धार कार्य गरेको छ, त्योभन्दा बढी प्रचारबाजी गरेकोमा नेपाली पक्ष पनि असन्तुष्ट बनेको छ ।
    उच्च सैनिक स्रोतका अनुसार दुई साताअघि सगरमाथा आरोहणमा आएका आफ्नो ३९ जनाको सैन्य टोलीको उद्धारका लागि पनि भारतीय पक्षको चासो चुलिएको हो । त्यसैले उसले ठूलो संख्यामा फौज तथा ६ वटा एमआई–१७ हेलिकप्टर तत्कालै पठायो । यसअघि नेपाली सेनासंग सयुक्त रुपमा सगरमाथा आरोहण गर्थे भारतीय सैनिकले, यसपटक उनीहरु ‘नागरिक’ को हैसियतमा आरोहणका लागि आएका थिए । तीमध्ये कतिपय सम्पर्कबाहिर रहेकाले उद्धारका लागि आएको ६ मध्ये ३ हेलिकप्टर उनीहरुकै खोजीमा सगरमाथा आधार शिविरतर्फ उडाइएको छ।
    भारतीय पक्ष सगरमाथा आहोरणमा गएका आफ्ना सैनिकबारे खासै बोल्न चाहेन । के आरोहणमा गएका सैनिक सम्पर्कविहीन रहेका हुन् भनेर पटकपटक जिज्ञासा राखेपछि नेपालस्थित दूतावासका प्रवक्ता अभय कुमारले छोटो प्रतिक्रिया दिादै भने, ‘जानकारी गराईएअनुसार उनीहरु सुरक्षित छन् ।’ आफ्ना सैनिकको उद्धारमा बढी ध्यान केन्द्रित गर्दा भारतीय टोलीले आफ्नो क्षमता र बन्दोबस्तीअनुरुप अपेक्षाकृत काम गर्न नसकेको नेपाली पक्षको बुझाई छ ।
    भुकम्पपीडितको उद्धारका क्रममा पनि भारतीय सेनाले आफ्ना सन्चारमाध्यमका प्रतिनिधि बढी बोक्दा क्षमताअनुसार प्रभावकारी रुपमा काम गर्न सकेको छैन । भुकम्पको समाचार संकलनका लागि विभिन्न भारतीय सन्चारमाध्यमबाट करिव डेढ सय सन्चारकर्मी काठमाडौं आएका छन् । उनीहरु भारतीय हेलिकप्टर चढेर विभिन्न जिल्लामा पुगी प्रत्यक्ष प्रशारण गर्ने, फुटेज र समाचार संकलन गर्ने गरिरहेका छन् । स्रोतका अनुसार प्रत्येक हेलिकप्टरमा ६/७ जनासम्म भारतीय सन्चारकर्मी समाचार संकलनका लागि उड्ने गरेका छन् ।
    ‘बोकेर लगेका सन्चारकर्मीलाई समाचार संकलनका लागि केही समय दिनुपर्ने हुादा उडान संख्या नै कम हुने गरेको छ,’ स्रोतले भन्यो, ‘अर्कोतर्फ आधा जति सिट सन्चारकर्मीले ओगट्ने भएकाले कम संख्यामा मात्र घाइतेको उद्धार भइरहेको छ ।’  त्यहीकारण नेपाली सेनाले ४ वटा हेलिकप्टरबाट सोमबार ६५६ जनाको उद्धार गर्दा भारतीय सेनाको ३ हेलिकप्टरले जम्मा ११८ जनाको मात्र उद्धार गर्योर । मंगलबार पनि भारतीय सेनाको हेलिकप्टरले ३२ जनाको मात्र उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।
    कति संख्यामा भारतीय सैनिक आए भन्ने तथ्यांक पनि सरकारसंग छैन । अन्तर्राष्ट्रिय विमानस्थलस्रोतका अनुसार हवाई मार्गबाट मात्रै एक हजारभन्दा बढी भारतीय सैनिक काठमाडौं ओर्लिएका छन् । सडकमार्गबाट पनि ५ वटा ट्रक र ४ वटा बोलेरो जिपमा करिव सय जना भारतीय सैनिक भित्रिएका छन् । ‘कति जना,कसरी आयौ भनेर उनीहरुलाई कसले सोध्ने ?’ एक सुरक्षा अधिकृतले भने । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले भने ६५० को संख्यामा मात्र भारतीय सैनिक आएको तथ्यांक आफूहरुसंग रहेको बताए । विमानस्थल सुरक्षास्रोतले त त्योभन्दा धेरै आएको बताएको छ त भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘कुनै टोलीलाई प्रतिस्थापन गर्न आएको हो कि ?’
    विमानस्थल सुरक्षास्रोतका अनुसार भारतीय सेनाको विशेष विमानले शनिबारबाटै हरेक दिन ४ वटा उडान भर्ने गरेको छ । ती विमानले उताबाट आउादा सन्चारकर्मी र यताबाट फर्किदा नेपालस्थित भारतीय नागरिकलाई लाने गरेको छ । भारतीय सन्चारमाध्यमले नेपालको भुकम्पबारे व्यापक कभरज गरिरहेका छन् । ती कभरेजमा भारतले मात्र खोजी, उद्धार र राहतको सबै जिम्मेवारी बहन गरेको प्रस्तुति दिने गरिएको छ । ‘नेपालके दर्दमे भारत बना हमदर्द’ जस्ता विशेष कार्यक्रम तथा समाचार सामाग्री बनाइने गरेको छ ।
    यता भुकम्पको चौथो दिन मंगलबारसम्म भारतका साथै चीन, पाकिस्तान, इजरायल, टर्की, नेदरल्याण्ड, श्रीलंका, रुस, बंगलादेश, स्पेन, पोल्याण्ड, सिंगापुर, थाइल्याण्ड, अमेरिका, जापान, मलेसिया, कतारसहितका २० भन्दा बढी मुलुकबाट ४ हजारभन्दा बढी उद्धारकर्ता र राहत सामाग्री आएका छन । तर उचित समन्वय र प्रभावकारी परिचालन हुन सकेको छैन । कतिपय टोली उपत्यका र आसपासमात्र सीमित छन् । त्यसैले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, दोलखाका विकट बस्तीमा उद्धार टोली र राहत सामाग्री पुग्न सकेको छैन ।
    प्रहरी उच्चस्रोतका अनुसार आन्तरिक समन्वय पनि ठोस् रुपमा हुन सकेको छैन । विदेशी सम्मिलित उद्धार टोलीलाई सघाउन जाादा सेनाले फकाईदिने गरेको प्रहरी र सशस्त्र प्रहरीको गुनासो छ । तर सैनिक प्रवक्ता पोखरेलले भने प्रक्रियाका कारण सुरुमा विदेशी उद्धारकर्तासंगको समन्वयमा केही समस्या देखिए पनि हाल त्यो पूर्णरुपमा समाधान भएको बताए ।
    आन्तरिक समन्वयको हकमा उनले भने, ‘स्थानीय तहमा बुझाईको फरकले एकाध स्थानमा केही समस्या देखिएको होला, अधिकांश स्थानमा त्यस्तो छैन ।’कान्तिपुर बाट


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    काठमाडौं बाहिर जान निशुल्क बस : कहाँ कसरी सम्पर्क गर्ने ?



    काठमाडौं, वैशाख १६ – भूकम्पको कारण घर फर्किने यात्रुका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । सरकारले उच्च माध्यामिक विद्यालय संघ, प्याब्सन र एनप्याब्सनले ५ सयवटा बसको व्यवस्था गरेका हुन् ।
    काठमाडौंबाट इटहरी र बुटवलसम्म जानेका लागि बस तीनकुने माइतीघर सडक खण्डबाट छुट्ने र गन्तव्यस्थलसम्म निःशुल्क पुर्‍याइने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
    यस्तै धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समिति बागलुङले बुधबार र बिहीबारका लागि निःशुल्क बस चलाउँदैछ । काठमाडौंको गोंगबुमा रहेको ३२ र ४० नम्बरको टिकट काउन्टरमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ । 
    यस्तै गोरखा रामेछाप, कास्की र स्याङजा जानका लागि पनि बुधबार निःशुल्क बसको व्यवस्था मिलाइएको छ । त्यस क्षेत्रमा जानेले बसका लागि ९८५१०२७२९७ मा सम्पर्क गर्न सक्ने यातायात व्यवसायीले बताएका छन् ।
    काठमाडौंमा रहेका झापाका बासिन्दालाई लैजान दमक नगरपालिकाले ३५ वटा बस काठमाडौं पठाइएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले कलंकी र बसपार्कमा निःशुल्क बस सेवा लेखिएको व्यानर सहित ५० वटा गाडी सेवाका लागि राखिएको जनाएको छ ।
    सरकारले निःशुल्क बसको व्यवस्था गरेपछि यात्रुले केही राहत महसुस गरेका छन् । यसैबीच धेरैजसो चालक भूकम्प प्रभावित जिल्लाका भएकाले अहिले चालकको समस्या भएको महासंघले जनाएको छ ।
    महासंघका अनुसार प्रभावित क्षेत्रका चालक गाउँ गएकाले गाडी भएपनि त्यहि अनुसार चालक छैनन् । तर यात्रुलाई सेवा दिनको लागि आवश्यक व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

    सोर्स-उज्यालो अनलाईन




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    28 April, 2015

    सरकारले शोक स्वरूप तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने


    १५ बैशाख, काठमाडौं । बिनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिको शोकमा सरकारले  आधा झन्डा झुकाउने निर्णय गरेको छ ।
    बुधबारदेखि तीन दिनसम्म शोक स्वरुप स्वदेश तथा विदेशमा रहेका कूटनीतिक नियोगहरुमा आधा झन्डा झुकाउने निर्णय गरेको हो ।
    शनिबार गएको भूकम्पले चार हजार तीन सय १० जनाको मृत्यु भएको छ । सात हजार नौ सय ५३ जना घाइते भएका छन् ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    यस्तो छ काठमाडौंको बेहाल तस्वीर

     काठमाडौं । शनिवार गएको भुकम्पपछि काठमाडौंको अवस्था बेहाल छ । घर भत्किएपछि खुला ठाउँमा बासको खोजी भैरहेका छ । पानी र खाद्यान्नको अभाव छ ।
    नेपालका स’रक्षाकर्मी मात्रै नभएर पाकिस्तान, भारत, चीनको उद्दार टोलीले समेत तिव्र गतिमा काम गरिरहेको छ । शहरका पुराना सबै संरचना भत्किएका छन् । ठूला घरले प’रिएर हजारौंको ज्यान गएको छ । यस्तो छ भुकम्पपछि काठमाडौंको हाल । राससका कुमार श्रेष्ठ र रत्न श्रेष्ठले खिचेका तस्वीरहरु ।
    भुकम्पले ढलाएको गोरखा दरबार । तस्वीरस् प्रशन्न पोखरेल रासस

    चितवनको भरतपुर मेडिकल कलेजले विरामीलाई अस्पताल बाहिर टेन्ट टाँगेर सेवा दिंदै । यहाँका अस्पतालले निशुल्क उपचार सेवा दिईरहेका छन् । नारायण ढुंगानाररासस

    चितवनको भरतपुर मेडिकल कलेजले विरामीलाई अस्पताल बाहिर टेन्ट टाँगेर सेवा दिंदै । यहाँका अस्पतालले निशुल्क उपचार सेवा दिईरहेका छन् । नारायण ढुंगाना/रासस  - See more at: http://www.pahilopost.com/content/-3798.html#sthash.5hGujedB.dpuf
    चितवनको विकट सिद्धी गाविसको मझवाङमा घर भत्किएपछि बच्चा बोकेर टोलाउँदै गरेकी दिलमायाँ चेपाङ र उनका परिवार । चेपाङ गाउँमा भुकम्पका कारण २ जनाको ज्यान गएको छ भने अधिकाँश घरहरुमा क्षती पुगेको छ । नारायण ढुंगानाररासस

    काठमाडौंको माछापोखरी तिनकुने चोकमा ढलेका होटल तथा लजमा उद्दार गर्दै सुरक्षाकर्मी । तस्वीर कुमार श्रेष्ठररासस

    दुर्घटनामा आफन्त गुमाएपछि शोकमा रहेको परिवार, यो तस्वीर काठमाडौं माछापोखरीमा लिइएको हो । तस्वीर कुमार श्रेष्ठररासस

    भुकम्पले आफन्तको ज्यान लिएपछि शोकाकुल परिवार
















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    12 April, 2015

    कपडा व्यवसायिमाथि बम तथा गोलि प्रहार, गोलिलागि १ घाइते प्रहार गर्ने पक्राउ ।


    चैत्र २९ पर्सा 
    वीरगंज उप महानगरपालिका ७  स्थित किसनलाल कपडा पसलका साहु रामटोल ९ बस्ने ४९ वर्षिय महेश कदमिया माथि अज्ञात व्यक्तिद्वार बम र गोलि प्र्रहार गरेको छ । 
    कादमिया आफनो कपडा पसलमा बसिरहेको बेला एक  व्यक्तिले उनलाई झोलामा रहेको २ वटा सुतली बम उनि माथि प्रहार गरेको थियो । बम नपडकिएपछि ति  व्यक्तिले बन्दुक निकाली  कादमिया माथि गोलि प्रहार गरेको प्रत्यक्षदर्सिले बताएको छ  । भने बम  तथा  गोलि प्रहार गर्र्ने व्यक्तिलाई स्थानियवासिले पक्राउ गरि प्रहरीलाई बुझाएको हो  । यता कादमियाको दाहिने तिघ्रामा गोलि लागेको छ उनको उपचार वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालममा भईरहेको छ । घटना घटेको केहिबेर मै प्रहरीले वीरगंजको विभिन्न स्थानमा चेकजाँच  सुरु गरेको थियो  । 
    यस प्रकारको घटनाले यहाँँका  स्थानियवासिन्दा तथा व्यापारीमा एक किसिमको भय छाएको छ, फेरी पनि वीरगंजमा व्यवसायि तथा उधोगपतिहरु त्रासमा  वस्नु  पर्ने त होइन्  ? 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    04 April, 2015

    गर्मियामको सुरुवातसंगै ब्लड बैकमा रगतको अभाव, ७ महिला सहित ८५ जनाले गरे रक्तदान ।


    पर्सा २१ चैत्र, 
    गर्मियामको सुरुवातसंगै ब्लड बैकमा रगतको अभाव भएपछि रगत संकलनका लागि आज गण्डक युथ क्लबबाराले अण्डक चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिला सहित ८५ जनाले रक्तदान गरेका छन् ।
      बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले ब्लडको पोका दिएर रक्तदानको कार्यक्रमको उदघाटन गर्नुहुदै रक्तदान कार्यक्रममा महिलाहरुको समेत सहभागिता बढाउनुपर्ने बताउनु भएको छ । गर्मियाममा रगतको अभाव हुने गरेकाले समेत विभिन्न प्रचार प्रसारका माध्यमबाट महिलालाई जागृत गराउदै रक्तदानमा सहभागि गराउनु पर्ने बताउनु भएको हो । कार्यक्रममा महिलामा सन्जु कोइराला, निता दनुवार र पुरुषमा रविन कुमार साह, रोसन अधिकारी, अजित साह, सिवजि गुप्ता, जयप्रकाश गुप्ता, विरेन्द्र शर्मा, मुकेश साह, रमेश साह लगायतले रक्तदान गरेका थिए ।
      कार्याक्रममा ब्लड बैकका प्रमुख प्रविण मानान्धर, बल्ड डोनर्स एसोशिएसनका सचिव अरविन्द सिहं, सदस्य अजय कुशवाहा, प्राविधिक दिलमाया घिमिरे, आरएन चौधरी, पलाष्टिक संघका अध्यक्ष कुवेर गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उमेश गुप्ताको सभापतित्वमा समपन्न भएको थियो भने कार्यक्रमको सहजिकरण क्लबका सचिव राजेश गुप्ताले गरेका थिए । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    Scroll to Top