• नयाँ खबर

    29 August, 2015

    आज जनैपूर्णिमा मनाईदै, बन्दले पर्वमा सास्ति (फोटो फिचर)




    भदौँ १२ वीरगंज
    श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । 
    वीरगंजमा पनि आज माईस्थान मन्दिरमा दर्शनार्थिहरुले पुजाआज गरि पुरोहितको हातबाट नाडीमा रक्षा बधाएका छन् भने दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने गरेका छन् । यसैगरी आज जनौँ फेर्ने पनि दिन भएकोले यस दिनलाइृ बन्धन बाँध्ने प्रचलनको रुपमा रक्क्षा कवच बनहाउने गर्दछन ।  
    तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।
    १४ दिनको लगातार बन्दले भने अधिकाशं दिदिबहिनीले आफनो दाजुभाईलाई राखि बाध्न जानपाएका छैनन् यसैगरी छिमेकि मुलुक भारतमा विहेवारी गरेकाहरुले समेत वन्दले आफना दाई भाईलाई राखि बाध्न आउन पाएनन् । 
    आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको हो । “शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्तिको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ, ।“यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन समेत रहेको छ ।”
    तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।यो दिन विभिन्न मठ मन्दिर तथा धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।  नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।
    जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
    खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    25 August, 2015

    गुट उपगुटले गर्दा आन्दोलन विथोलिने हो कि ?


    दुबै मोर्चाले एकै समयमा घण्टाघर चोकमा गरेको सभालाई सम्बोधन गर्दै नेताहरु l

    पर्सा ८ भदौ
    ‘ई का ह हो ’ १२ दिन पछि वैधनाथ धाम, सुल्तानगंज लगायतको धाम घुमेर आएका बेहरा बलुवाका पानालाल मंडल घण्टाघर अगाडी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले छुट्टाछुट्टै आयोजना गरेको सभालाई सम्बोधन हेर्दै एक जना दर्शकसंग सोधदै थिए ।
    मंडल लगायत उनकै गांउका १५ जनाको समुह १२ दिन भारतको विभिन्न धार्मिक स्थलमा पुगे कहि कतै टाडाको दुरी हिनेर पार गर्नु परेन तर रक्सौंलबाट वीरगंज आउन टेम्पु नपाएकाले हिनेरै आउनु प¥यो । मधेशी मोर्चामा आबद्ध विभिन्न मधेशवादी दलका नेता कार्यकर्ताहरुले वीरगन्जमा  आ–आफनौ शैलिले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा दुई गुट भएसंगै कोहि लाठी जुलुस, कोई मोटरसाईकल जुलुस प्रर्दशन गरिरहेका छन ।
    दुबै मोर्चाले एकै समयमा घण्टाघर चोकमा गरेको सभालाई सम्बोधन गर्दै नेताहरु l
    प्रदर्शनमा विभिन्न ठाउँबाट सरकार विरुद्ध कार्यक्रता र सर्वसधारण जुटन थाले पनि गुट उपगुटले मंगलबार भने केहि वादविवाद समेत भयो । यि यस्तै खालका वादविवादले आ–आफै मधेशी दलहरु कुटाकुट हुने हो कि भन्ने डर समेत हुन लागेको छ । जुन प्रकृयाले स्वस्फुर्त सर्वसधारण आउन खोजे पनि आ आफनौँ गुट उपगुटले गर्दा आन्दोलन विथोलिने हो कि भन्ने कतिको अशंका समेत छन् ।
    बन्दको समर्थन बार एशोसिएसन, व्यापारी, शिक्षक संघ संस्था लगायतका प्रवुद्र्ध व्यक्तिहरुले समर्थन गरेपनि सोचे जस्तो केन्द्रमा हलचल भएको छैन् ।





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    24 August, 2015

    लाखौँ विद्यार्थीको भविष्यपनि बन्द ।

    Jiyalal Sah
    जियालाल साह 
    एक सातादेखि मधेश बन्दले व्यापारीहरु समेत आजित भएर बन्दको विरोध गरे शिक्षा क्षेत्रका लागि कसैको पनि गाई गुई सुनेको अवस्था छैन । जब कि शिक्षा ति बन्दकर्ता र व्यापारी, व्यवासायी सम्पुर्णलाई अति आवश्यक कुरा हो । 
    आन्दोलनमा हाम्रो देश सार्क राष्ट्र मै अगाडी छन्, यसो भनिराख्दा चिन्तित हुदैँ रामाकान्त साह भन्छन, गाँस, बास, कपास जसरी अनिवार्य छ, त्यसरी नै शिक्षा पनि अनिवार्य छ भन्ने, हाम्रा नेताहरुले कहिले बुझदेलान ! अधिकार र प्रदेशकै लागि बन्द हो भने कुन प्रदेशलाई शिक्षा चाहिएको छैन् रामाकान्त प्रश्न गर्छन । उनि एन आई कलेजका विद्यार्थी हुन् नेताहरुले गराएका वर्गिकरण अनुसार उनि मधेशी समुदायमा पर्छन् । यसो भनिराख्दा आफु लज्जित महशुस गरेको रामाकान्त बताउछन् ।  

    मोर्चाले बन्दको क्रममा प्रमुख चारदलको सव यात्रामा सहभागि एक स्कुले विद्यार्थी । फोटो : जियालाल  
    देशमा गएको विपदले समेत विद्यालयमा पढाई हुन नसकेको अवस्थामा राजनितिक किचलोको बन्दले ठप्प गरेको पठनपाठनमा रामाकान्त झै गौतम माविमा अध्ययनरत राहुल पनि ज्यादै चिन्तत छन् । उनि भन्छन् ‘प्रथम परीक्षा चलदैथिए चार वटा मात्रै परीक्षा सकेको छ, दुई दिन विद्यालय पुगे तर फर्केर आए ।’ विद्यालयलाई शान्ति तथा बन्द मुक्त क्षेत्र घोषणा गर्नका लागि जिल्ला तथा केन्द्रका शिर्ष नेताहरुले पहिला नै लिखित रुपमा प्रतिबद्धता जनाइ सकेका छन् । तर नानि देखि लागेको बानि झै वेपरवाह सरकारी, समुदायिक तथा निजि विद्यालय, शैक्षिक संस्थाहरु बन्द गराएका छन् । 
    नयाँ वर्षको सुरुवातमै भुकम्पले विद्यार्थीहरुलाई ढेड महिना नराम्रो संग प्रभावित ग¥यो यसैगरी अत्याधिक गर्मिले विदा नै दिनुप¥यो यि यस्तै विपतले आधि वर्ष वित्यो तर विद्यार्थीहरु ३÷४ च्यापटर भन्दा बढी पढन नपाएको अवस्थामा पहिचानको लडाई भनि विद्यालय बन्द गराउनु असोभनिय रहेको माईस्थान विद्यापिठका प्रधानाध्यापक विनोद मेहता बताउछन् । विद्यार्थीहरुको पढने समय वर्षको सुरुवात मै हो, प्रअ मेहता भन्छन झन कक्षा १० का विद्यार्थीहरुलाई फागुन सम्म मात्रै पढउन पाउँछौँ, फलामे ढोका मानिएको एसएलसी परिक्षामा यि यस्तै अवस्था रहे राम्रो प्रतिफलको आस गर्नु दिवा सपना देख्नु बराबर हो । तिन दिने बन्द पश्चात अनिश्चतकालिन बन्दको अहवान सुने लगतै मैले एकल प्रयासमा विद्यार्थीहरुलाई स्कुल पोसाक नलगाई पढानका लागि बोलाए तर अभिभावकहरु डरले मानेनन् दोस्रो दिन देखि विद्यार्थीहरु आएनन् प्रअ मेहताले बताए । प्रत्यकेदिन विद्यार्थी र अभिभावकहरुले बन्द कहिले खुल्छ भनि फोन गरेर हैरान पार्छन बन्दको विकल्प नभइन्जेल विद्यालय बन्द नै रहने बताउने गरेको प्रअ मेहता बताउछन् ।
    प्रजातान्त्रिक व्यवस्थामा हक अधिकारका लागि आन्दोलन गर्नु आफनो ठाउमा छदैछ तर शैक्षिक क्षेत्रलाई शान्ति तथा बन्द मुक्त क्षेत्र घोषणामा प्रतिबद्धता गरेर शिक्षा क्षेत्रलाई ठप्प पारि आन्दोलन गर्नु विद्यार्थीको जिवनसंग खेल्वाड गर्नु बराबर रहेको अभिभावक संघका अध्यक्ष अमर गौतम बताउछन् । यस बन्दले पुर्ण रुपमा विद्यार्थी प्रभावित हुने अध्यक्ष अमर गौतम बताउछन, उनि भन्छन विद्यालयको दोष भएको भए विद्यालयले बेहोर्ने कुरा हुन्थ्यो तर बन्दले राजनैतिक स्वार्थ मात्र पुर्ति गर्छ त्यसैले शैक्षिक संस्था बन्द नगराई सञ्चालनमा ल्याईदिएको भए विद्यालयहरुसंग सहकार्य गरेर विदाको दिनमा पनि अध्यापन गराई विद्यार्थीको पढाई मेकअप गराउन्थ्यो ।
    बन्दको विरोध गर्दै व्यापारीहरु । फोटो : जियालाल 

    बन्दको समर्थन प्याबसनले समेत यसअघि नै गरिसकेको छ, निजि विद्यालयमा अध्यापन गराई रहेका एक अभिभावकले भने निजि विद्यालयहरुको छाता संगठनको रुपमा रहेको यी संस्थाहरु विद्यार्थीको सहयोग गरि विद्यालयहरु खेलाउनुको साटो बन्दको समर्थन गर्नु गैरजिम्मेबारी पन हो । भुकम्पमा पढाई भएन तर विद्यार्थीको शुल्क मिन्हा भएन, यसैगरी गर्मि विदा र यो बन्दमा पढाई नभईरहेको बेलामा यी छाता संगठनहरुले विद्यार्थीको शुल्क मिन्हा गराउछन् उनि प्रश्न गर्दै, विद्यार्थीको भविष्यप्रति स्वार्थको राजनिति नगर्न आग्रह गर्छन् । यता प्याबसन पर्साका अध्यक्ष लालबाबु पटेलले भने शान्तिपुर्ण आन्दोलन भएकोले समर्थन गरेको दाबि गर्छन, उनि भन्छन् विद्याथीलाई पठन पठान मर्का परेपनि हामी शुल्क मिन्हा गराउन सक्दैनौँ वन्द भएपनि घरभाडा, शिक्षकको तलब लगायतको खर्च व्यवहोर्नुपर्नेले हामि वन्दमा विद्यार्थीको शुल्क मिन्हा गरउन नसक्ने अध्यक्ष पटेल बताउछन् । 
    यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक प्रदिप यादव भने हाम्रो मनोसाय शिक्षा क्षेत्र खोल्नु हो तर स्कुल बस नचलाएर खोल्ने सम्भावना गर्न सकिन्छ हालको अवस्थामा केहि भन्न नसकिने अवस्था रहेको बताउछन् । जिल्ला शिक्षा कार्यलयसंग बुझदा यसै बन्दमा जिल्ला शिक्षा अधिकारी काठमाडौँ भएका कारण नआउनजेल केहि भन्न नमिल्ने एक अधिकारी बताउछन् ।    






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    बाबुरामज्यू, ठोरी कुन प्रदेशमा पर्छ रे ? संविधानको विधेयकमा ठोरी गायव !


    ७ भदौ, काठमाडौं । 
    पर्साबाट अलग्याएर ठोरीलाई चितवनमा गाभिएको भन्दै ठोरीबासीले दिपावलीसमेत गरे । तर, संविधानको मस्यौदा समितिले तयार पारेको विधेयकमा अन्ततः ठोरीलाई पर्सामै राखिएको छ ।
    सात प्रदेशको सीमांकनमा सहमति भएपछि शुक्रबार सम्वाद समितिका सभापति डा। बाबुराम भट्टराईले पर्सार्को ठोरीलाई प्रदेश नम्बर ३ मा राखिएको जानकारी दिएका थिए ।
    लगत्तै ठोरीबासीले दलीय सहमतिको स्वागत गरेका थिए । पर्साका राजनीतिक दलहरुले भने यो निर्णयको विरोध गरेका थिए । अखण्ड पर्सा र नारायणीको माग गर्दै कांग्रेसकै अगुवाइमा आन्दोलनसमेत सुरु भएको थियो । संविधान मस्यौदा समितिले संविधानसभामा पेश गरेको संविधानको विधेयक ठोरीबारे मौन छ । विधेयकमा सिंगो पर्सालाई नै प्रदेश नम्बर २ को सूचीमा राखिएको छ ।

    ठोरीको विषयमा भएको सहमतिबारे सोध्दा मस्यौदा समितिका सदस्य एवं एमाओवादी सभासद हितराज पाण्डेले भने( ‘यो विषय समितिमा आएकै छैन । उहाँहरुलाई नै सोध्नुस् ।’





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    ईसा पनि हिन्दू थिए : चर्चित पुस्तकमा प्रपन्नाचार्यको यस्तो थियो दावी


    (डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा आज बिहान साढे तीन बजे निधन भएको छ। लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उनको मृगस्थलीस्थित आश्रममा नै निधन भएको हो। वनारस संस्कृत विश्वविद्यालयबाट वेदशास्त्रमा आचार्य र विद्यावारिधि गरेका उनको एक दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन्। उनको चर्चित कृति 'वेदमा के छ?' मा रहेको 'के ईसा पनि हिन्दू नै थिए?' शीर्षकको लेख यहाँ साभार गरेका छौँ) ​

    फिलिस्तिनबाट जुन धर्मले बाटो लिएर भारतखण्ड पस्यो र जुन वेटिकनबाट समस्त विश्वको ८० करोड इसाई धर्मावलम्बीहरुलाई शासित गर्छ, त्यो धर्म प्रवर्तक ईसा मसिह पनि आर्यपुत्र नै रहेछन् भन्ने कतिपय तलतिरका प्रमाणहरुबाट बुझ्नुहुनेछ पाठक,वाचकवृन्दहरुले। यो कुरा हामीले जबर्जस्ती सिद्ध गर्न खोजेको होइन अपितु ईसाका सम्बन्धमा शोधखोज गर्ने ती कतिपय पौरस्त्य र पाश्चात्य विद्वानहरुका अनगिन्ती प्रमाणहरुले सिद्ध गरेको कुरा हामीले यहाँ राखेका छौँ।

    माथि देखाइएका धर्महरु सबै आर्य हिन्दू धर्मबाट फुटेर गएका हाङ्गाबिङ्गा मात्रै हुन्। ती धर्महरुमा वैदिक हिन्दु धर्मदेखि अलि पछि फुटेको हाँगो पार्सियन धर्म हो। त्यसपछि अरु धर्मको जन्म भएको हो। यसै प्रकारले भारतीय हिन्दू गणना अनुसार ईसाको जन्म विक्रमको पहिलो शताब्दीमा मानिएको हो। ईसाभन्दा पहिले मूसाले चलाएको यहूदी धर्म मानिन्थ्यो। त्यसलाई आज पनि ओल्ड टेस्टामेन्ट अर्थात् पुरानो धर्मशास्त्र भन्छन् र ईसाबाट चलेको धर्मशास्त्रलाई न्यु टेस्टामेन्ट अर्थात् नयाँ धर्मशास्त्र भन्छदछन् तर ईसा मसिहहरुको बारेमा उनको १८ वर्षको जीवनीका सम्बन्धमा इसाई पादरीहरुसँग सोद्धा बोल्न सक्दैनन् कोनि किन हो।

    यसमा सबैभन्दा पहिले आफ्नो जीवनको अधिकांश भाग महात्मा इसाको १८ वर्षको जीवन कहाँ बित्यो?  त्यस सम्बन्धमा खोज गर्ने रुसी विद्वान डा निकोलस नोटोविचको शोधप्रबन्धलाई अगाडि सार्न सजिलोसँग सकिन्छ। महात्मा ईसा पहिले एमडी साधु थिए। आजभन्दा दुई हजार वर्ष पहिले युरोपको कुनै एक प्रान्तमा एमडी नाम गरेको ठाउँमा एस्सेन पन्थका मान्छे रहन्थे। त्यहाँबाट हिँडेर भारतमा आइपुगी आफ्नो जीवनको १८ वर्ष भारतखण्डको जम्बुद्विपमा बिताए। डा नोटोविचले ४० वर्षसम्म खोज गर्दै तिब्बतको हिमोस बौद्ध लामाहरुको गुम्बा मन्दिरमा पुगी पत्ता लगाए। त्यहाँका लामाहरुले ताडपत्र, भोजपत्र आदिमा लेखिएको ईसाको जीवनचरित्रको सामग्री दिए। यतिमात्र हैन अपितु स्वयं ईसाले लेखेको प्रकरण पनि त्यहीँ छ अरे। जसमा भारत भ्रमण गरेको १८ वर्षको यात्रावर्णन आफै ईसाले गरेको छ। 

    हिमोस गुम्बामा यो बौद्ध मन्दिरको १४ प्रकरणको २४४ श्लोकमा भएको वर्णन अनुसार ईसा सिन्धुप्रदेशबाट आर्यावर्त पुगीकन केही दिन बौद्ध भएर जगन्नाथपुरी पुगे। अनि ब्राह्मणहरुसँग सनातन वैदिक धर्मको दीक्षा लिएर वेदशास्त्रहरुको अध्ययन ईसाले गरेका थिए। राजगिरी, काशी आदि तीर्थ भ्रमण पनि साधु महात्माहरुको सँगमा गरे। अनि बौद्ध विहारमा छ वर्षसम्म बसेर बौद्ध दीक्षा लिइसकेपछि नेपालको बाटो भएर तिब्बत गए। बौद्ध धर्मसँग मेल खाने अद्भूत समताले गर्दा स्मिथ, विन्टरनीज, इलियट तथा अनेक अरु पनि विद्वानहरुले यो तथ्यलाई स्वीकार गरेका छन्। 

     यसका सम्बन्धमा साधु रामसुखदासको महात्मा ईसा और उनके भारतमेँ दीक्षा नामक पुस्तक पनि मनन गर्न योग्य छ। यो किताब काशीबाट प्रकाशित भएको छ। महेन्द्र कुल श्रेष्ठको क्या इसाका धर्म पहिले भारतमेँ चला? अमृत प्र २५ डिसेम्बर १९७८ को लेखमाला पनि अत्यन्त मनन गर्न योग्य छ। यो लेखमा यस रुपमा लेखकले दर्शाएका छन् कि ईसा फिलिस्तानमा सूलीमा मरेको होइन अपितु बहाना पारेर भारत पठाएको सिद्ध गरे। -

    डा जकालियटको इन्डिया इन बाइबलले त केही छोडेको छैन। सबै थोक वेद शास्त्र पुराण गीता महाभारत रामायण आदिबाट ईसाको न्यु टेस्टामेन्ट बनेको हो भनेर सिद्ध गर्नुभएको छ। डा जकालियटको एक विशेषता अरु पनि छ। त्यो यो कि अङ्ग्रेजी प्रायः प्रत्येक शब्द संस्कृत शब्द र धातुहरुबाट बनेको मान्नुहुन्छ। त्यसै भएको हुनाले त्यतिखेरका प्रसिद्ध विद्वान मैक्समूलरले यो लेखकले भारतीय ब्राह्मणहरुको जुठो खाएको छ भनी नहुँदो आक्षेप पनि लगाए। तर मैक्समूलरको आक्षेप रिसको पोको भूइँमा उतार्न मात्रै हो।

    यस्तै रितिले डा नोटोविचको द अननोन लाइफ अफ जिसस ईसाको अज्ञात जीवन भन्ने शोधप्रबन्धका बारेमा पनि मैक्समूलरले नोटोविचलाई तिब्बतका लामाहरुले ठगे भनी नाइन्टिन्थ सेन्चुरीमा लेखे। तर त्यतिखेर डा नोटोविच लन्डनमा थिए। टाइम्स पत्रिकामा विश्वका समस्त पादरीहरुको खुबै खबर लिए। अनि मैक्समूलरको पनि स‍ंयुक्ति खण्डन गर्दा फेरि कुनैले पनि कलम चलाएनन्।   

    त्यस्तै प्रकारले डा जकालियटको भारतमा बाइबिल ग्रन्थको पनि मैक्समूलरले आलोचना गर्ने प्रयत्न गरे तर सफल भएनन्। अनि यो ग्रन्थ मूल रोम भाषामा लेखिएको हो। यसको अङ्ग्रेजी अनुवाद लन्डनबाट प्रकाशित छ। तर अङ्ग्रेजी अनुवाद प्रामाणिक छैन। अनुवादकहरुले  मिलेर लेखकको अभिप्राय र प्रामाणिक खोजहरुलाई उडाई आफ्नो तर्फबाट मिलाएर प्रकाशित गरेका छन्। त्यसो हुँदा पञ्जाबको होसियारपुर निवासी विद्वान मनस्वी लेखक श्री सन्तराम बीएले मूल रोम भाषामा लेखेको एक प्रति वीर सावरकरबाट प्राप्त गरेर हिन्दी अनुवाद गरी भारतमेँ बाइबल नाम राखी प्रामाणिक अनुवाद गरे। कलमीलाई रोम अङ्ग्रेजी र हिन्दी तीनैलाई आँखा मिलाउने सौभाग्य मिल्यो। पी एन ओकको क्रिश्चियनिटी इज कृष्णनीति ग्रन्थ पनि पढ्न योग्य छ। सप्रमाण उहाँले सिद्ध गर्नुभएको छ कि उनीहरुको मान्य धर्मग्रन्थ तौरेत अञ्जील बाइबल आदिमा पाइने र उनीहरुको मूसाई रोमन क्याथोलिक प्रोटेस्टेन्ट थियासफी आदि सम्प्रदायहरुमा पाइने धेरै जस्तो के खर्लप्प भने पनि हुन्छ हिन्दू आर्यहरुबाटै गएको सप्रणाम सिद्ध गर्नुभएको छ। पन्डित रघुनन्दन शर्मा साहित्यभूषणले पनि वैदिक सम्पतिको २६३ पृष्ठमा भारतमा आएर ईसाले काशी र विहार आदिमा विद्याध्ययन गरेर तिब्बत जाने कुरा लेखिएको छ।   

    बङ्गविच्छेद आन्दोलनकारी श्री बाबा सावरकरले ख्रिस्ट परिचय ग्रन्थमा यो सिद्ध गर्नुभयो कि हजरत ईसाको जन्म भारतको हिन्दू परिवारमा भएको हो। बाबा सावरकरको युक्तिलाई हटाउन कुनै पादरीले सकेनन् र अन्तमा उपेक्षाभावमा रहन थाले। मेजर विल्फोर्डको पनि यस सम्बन्धमा गतिलो शोधखोज छ। डा बुकानिनले पनि आफ्नो विचार ईसाको सम्बन्धमा प्रस्तुत गरेको देखिन्छ। फिलस्मिथको ध्यान पनि ईसाको १८ वर्षको जीवन कहाँ बित्यो होला भन्ने चर्चामा जाँदा उसै ठाउँमा पुग्यो। फ्रान्सिसी यात्री क्वेक्वनियरले पनि ईसाको १८ वर्षको शोधखोज गरेर राम्ररी टुङ्गो लगाएको छ। भारतमा पादरी भएर बस्ने पादरी गोपालाचार्यले पनि राम्ररी निधीखुदी गरी सावरकरसँग मेल गर्न पुगेका छन्। हिन्दू परिवारमा ईसाले जन्म लिने सम्बन्धमा यस प्रकारले धेरै आधुनिक पाश्चात्य पौरस्त्य विद्वानहरुको एकै मतो देखिन्छ।


    यहाँ उनीहरुका वाक्य प्रमाण उद्धृत गर्दा ग्रन्थ स्वतन्त्र हुन जाने हुनाले कतिपय शोधग्रन्थहरुको नाम निर्देशमात्रै गरिएको छ। ईसा हिन्दु हो भन्नुमा कतिपय प्रमाण यी पनि छन्- फ्लोरेन्समा ईसाकी आमा मेरियमको मूर्ति राखिएको छ। मेक्समिलन गिर्जाघरमा पनि त्यही मूर्ति राखिएको छ। मूर्ति निश्चित नै मेरियमकै हो। तर ती ईसाकी आमा मेरियमको मूर्ति दुवै गिर्जाघरमा हिन्दू रानी, महारानी जस्ति साडी गुन्युँ लगाएको छ। अनि मस्तकमा हिन्दुहरुले लाउने कुमकुमको टीका लगाएको छ।   त्यस्तै प्रकारले ईसाको पनि ठाउँ ठाउँमा चित्र तथा मूर्तिहरु राखिएका छन्। म्युनिकको चित्रघरमा टाँगिएको चित्रमा ईसा सन्यासी महात्माको वेशमा छ। अनि मस्तकमा तिलक पनि लगाएको छ। फ्लोरेन्सको मूर्तिमा ईसाले यज्ञोपवित जनै धारण गरेको छ।  

    यस सम्बन्धमा गङ्गाशङ्कर एमएको भक्ति भी विदेशियोँ के देन भक्ति अङ्क कल्याण गोरखपुरबाट प्रकाशित र डा नोटोविच र माथि लेखिएका सबै विद्वानहरुका ग्रन्थ मननयोग्य छन्। ईसाको एउटा चित्र रोमको पोप धर्मगुरुको भ्याटिकन राजमहलमा पनि छ। त्यस चित्रमा ईसाको मस्तकमा टुप्पी र धोती लगाएको साधु वेशमा छ।   

    अब कतिपयले भन्छन् कि ईसा भारत आउँदै आएनन्। अनि उनलाई फिलिस्तिनमा नै सूली चढाएर मारिदिए। त्यसमा पनि हामीले मनपरी लेख्ने काम गर्दैनौँ। विद्वानहरुले जहाँ जहाँ शोधखोज रिसर्च गरेर प्रकाशित गरे तिनै प्रमाणहरुलाई जस्तको तस्तै राख्ने प्रयत्न गर्दैछौँ। यसमा माथिका विद्वानहरुले त भारतमा आएका हुन् भन्ने कुरा सिद्ध गरेकै छन्। तर मौलामा मुहमद अलीले कुरानको अङ्ग्रेजी अनुवादको भूमिकामा लेखेको छ कि सूलीमा चढाइकन बचाएर भारतमा आएपछि काश्मिरमा योगसमाधिमा शरीर छुटेको हो। फिलिस्तिनलाई छाडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले जिसस इन इन्डिया अर्थात् ईसा भारतमेँ भन्ने पुस्तकमा प्रष्ट गरेको छ। 

    एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मिरमा आज पनि ईसाको समाधि विद्यमान छ। काश्मिरको साधारण जनजीवनमा पनि थाहा छ कि यो ईसाको समाधि हो। यतिमात्रै होइन उनको धर्म पनि युरोपमा प्रचार हुनुभन्दा पहिले दक्षिण भारतमा प्रचार भएको हो। यो कुरा त ईसाईहरुलाई पनि मान्य नै छ। महात्मा ईसा दुई फेर भारतमा आएको प्रमाण पाइन्छ। यो कुरालाई प्रसिद्ध चित्रकार निकोलस रोरिकले पनि १९२९ मा प्रकाशित आर्ट अफ रसिया भन्ने पुस्तकमा पनि काश्मीर लद्दाख भारत आदि इसाले घुमेको चर्चा गरेको छ।   

    कति भाषा वैज्ञानिकहरुले काश्मिरी गुज्जर र हिब्रु भाषाको साम्यबाट पनि ईसा काश्मिरमा बसी समाधि अवस्थामा प्राण छाडेको सिद्ध हुन्छ भनेका छन्। हिब्रु हिन्दू आर्यहरुको पुरानै हाँगा हो। ईसाई पादरीहरुलाई ईसाको पढाइ लेखाइ शिक्षा दीक्षासम्बन्धी १८ वर्षसम्मको उत्तर नपाएर लाटिएर बस्नु या उपेक्षा गर्नु साह्रै गाह्रो कुरा छ। त्यति वर्षसम्म ईसा कहाँ थिए? त्यसका सम्बन्धमा एक अरु झोँकी रिसर्च गर्ने विद्वानको कुरालाई पनि मनन् गर्नुहोस्। डाक्टर स्पेन्सरले १९२९ मा मिस्ट्रिकल लाइफ अफ जिसस नामक पुस्तक प्रकाशित गरे। त्यो पुस्‍तकमा उनले लेखे कि ईसा फिलिस्तिनमा सूलीमा मरेनन्। ईसा त आफ्नो आयु ६०-७० वर्ष पूरा गरेर स्वर्गवासी भए। उसै पुस्तकको पृ २८९ मा लेखे कि ईसा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्यासी भएर काशी जगन्नाथ विहार नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्दै थिए। यसै प्रकारले मृत्युको बारेमा पनि मुसलमानहरुको धार्मिक ग्रन्थ कुरानमा सुरतेँ निशा पारा भन्ने प्रकरणमा ६-१५७ मा सूलीमा ईसा मरेनन् र अरु ठाउँमा भागेर गए भन्ने कुरा लेखिएको पाइन्छ।  

    जे होस् विश्वका ८० करोड ईसाईहरुकव धर्माचार्यमाथि लेखिएका प्रमाणहरुबाट उनी हिन्दू नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत आएको पनि उनै प्रमाणहरुले सिद्ध छ। अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए? यस प्रश्नको उत्तर ईसाई पादरीहरुसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ।   अवश्य नै नेपालको लुम्बिनी अञ्चल कपिलवस्तुमा जन्मेका बुद्धको धार्मिक उपदेश पाउने बुद्धका शिष्यहरुसँग शिक्षा पाउन विहारमा आए होलार नेपालको सन्देश गर्ने चाँजो देखिन्न। त्यतिखेर विश्वविख्यात बौद्ध धर्मको केन्द्र अनि विश्वविद्यालय पनि विहारमा थिए। अनि त्यतिखेर इरान, अरब, मिश्र ग्रीक जापान आदिबाट विद्या आर्जनका लागि विहार विश्वविद्यालयमा छात्रहरु आउँथे। त्यसो हुँदा ईसाले पनि भारतमा नआउने कुनै कारण देखिँदैन। निश्चितै आए होला र त बौद्ध धर्मको प्रस्ट छाप पाइन्छ। 

    जे होस् कुम्भकर्ण गौरीशङ्कर माउन्ट एभरेस्टको दर्शन तिब्बत जाँदा अवश्य नै गरे होला। नेपालको बाटो जाँदा लुम्बिनी कपिलवस्तु आदि हुँदै तिब्बतको छेउमा पर्ने नेपालको शिरमुकुट कुम्भकर्णसँग ईसाको साक्षात्कार हुनु स्वभाविकै हो। बौद्ध धर्मसँग प्रभावित ईसाले कोशीमा गीता पढेर सारनाथ कपिलवस्तु लुम्बिनी आदि बुद्धतीर्थहरुमा जानु केही आश्चर्यको कुरा होइन। हुनसक्छ कि माथि लेखिएका विद्वानहरुका परिश्रम र शोधखोजहरुलाई झुटो पार्ने कोशिश पनि गर्न सक्छन्। डा नोटोविचको थिसिसलाई समेत पोलेर फ्याँक्ने सुझाव मात्रै होइन कहिले पनि ननिकाल्ने आदेश शक्ति पनि पादरीहरुमा छ। त्यसो हुँदा जे भए पनि ईसा हिन्दू नै ठहरिन्छन् किनकि माथिको सबै प्रमाणहरु झुटो हुन सक्दैन। 

    ह्रृणदेशस्य मध्ये वै गिरिस्थं पुरुषं शुभम्। ददर्श बलवान राजा गौराङ्गं श्वेतवस्त्रकम्।।२।। को भवानिति तं प्राह सहोवाच मुदान्वित। ईसापुत्रञ्च मां विद्धि कुमारीगर्भसम्भवम्।२३।। (भवि. पु. प्रसर्ग सं ३ अ.२
      यो पौराणिक प्रमाण पनि भारतमा मात्रै होइन शक राजाका देशमा पनि ईसाले घुमेको ठहरिन्छ। By Pahilopost


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    23 August, 2015

    मधेसी मोर्चाको आन्दोलनमा मुस्लिम अधिकार मंच तथा वीरगंजका व्यवसायी लाठ र टेमानीको ऐक्यूवद्धता

     वीरगंज, ६ भदौ 
    संयु्क्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं तमलोपा सहमहामन्त्री जितेन्द्र सोनलले अधिकार ,पहिचान र स्वभिमानको लडाईमा आ आफनो संघ सस्था ऐक्यवद्धता जनाई आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । 
    प्रहरीले आन्दोलनकारी माथी बिभिन्न बहानामा गरेको दमनको कडा बिरोेध गर्दै प्रहरी प्रशासनले आफनो आचरण नसुर्धाने कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । सरकार र प्रमुख तिन दलले आठ दिन देखि मधेसमा भईरहेको आन्दोलनलाई वेवास्था गर्दै भैरहवा र सप्तरीमा सरकारले आफनो नाङ्गो नाच देखाएको  सर्वबिवितिदै नै छ । सरकारले नाकबाट दुध खाने प्रयास  गरिरहेको बताउदै पर्सा जिल्ला बाट गाबिस ठोरीलाई काटेर आफनो दोहरो चरित्र देखाईसकेको  छ । सम्मेलनमा बोल्दै नेपाल मुस्लिम अधिकार मंच पर्साका अध्यक्ष जफर अंसारीले  भईरहेको मधेस आन्दोलनमा आफनो ऐक्यवद्धता जनाएका छन् । जफरले मधेसी र मुस्लिमको साँझा मुद्दा भएको बताउदै आफनो तर्फबाट आन्दोलनमा तन,मन र धनले सहयोग गर्ने बताए । अहिलेको सरकार बहिरो , अन्धो र दमनकारी भएको स्मरण गराउदै १६ बुदें सम्झौता मधेसको बिरोधमा  रहेको बताए । सरकारले मुस्लिम माथीको  बिभेदपुर्ण निती त्याग गर्न माँग गर्दै समानुपातिक जनसंख्याको आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्वको माँग गरेका थिए । पत्रकार सम्मेलनमा संघिय समाजबादी फोरम नेपालका उपाध्यक्ष एवं सभासद लालबाबु राउत , केन्द्रिय सदस्यद्वव  करिमा बेगम, बिरेन्द्र यादव, पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव,सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, पर्साका अध्यक्ष ईम्दाद गद्दी, तमलोपा पर्साका अध्यक्ष पुरुषतोमलाल झा,तराई मधेस सदभावना पार्टी पर्साका कार्यावाहक अध्यक्ष श्रीराम गिरी , नेपाल मुस्लिम अधिकार मंच पर्साका सचिव सम्सुल हक समानी लगायतको सहभागिता रहेको  सम्मेलन मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले सहजीकरण गरेका थिए । साथै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं व्यवसायी अशोक टेमानी र वीरगंज उद्योग वाणिज्य संघका  पुर्व अध्यक्ष एवं उद्योगपति गणेश लाठले समेत आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    मधेश आन्दोलन अधिकार प्राप्ति र आर्थिक क्रान्तिका लागि, नेताको स्वार्थका लागि होईन - कञ्चन झा

    कञ्चन झा
    हामी आन्दोनमा छौ । र यो ऐतिहासिक आन्दोलनले नौ दिन पुरा गरेको छ । संविधानमा सिमांकन सहितका बिषयलाई लिएर तराई मधेश ठप्प भएको छ । र यो निरन्तर छ, तराई मधेशका साना सहरमा गाडा गुडाएर, ज्यालादारी गर्ने र रिक्सा चालक लगायतका मजदुरका परिवारका घरमा चुलो नबलेको पनि नौ दिन नै भयो होला । तिनका बालबालिकाले के खाए होलान यस बिषयमा समेत हामीले चासो राख्ने बेला भएको छ ।
    तर नेताहरु भने आन्दोलनका नाममा जीवन आहुतिको मुल्य तोकेर मधेशका जनताको अधिकार र भावनासँग खेलवाड गर्दैछन । आन्दोलनमा जीवन आहुति दिनेका लागि राज्यले उचित क्षतिपूर्ती र सम्मान दिने अन्तराष्ट्रिय मान्यता विपरित अहिले केही मधेशका स्वघोषित नेताहरु रुपैयाँ पचास लाखमा मधेशी जनताको रगत र जीवनको बार्गेनिङ गर्दै छन । जुन आफैमा अन्तराष्ट्रिय मानव अधिकार कानुन र मानवता विपरित छ ।
    अहिले मधेश आन्दोलनको नेतृत्व गरिरहेका नेता एक पटक होईन पटक पटक सरकारको बागडोर सम्हालन पुगेका छन । ति मध्य कै एकजना राजेन्द्र महतो पनि हुन । उनी आफु मन्त्री हुदा मधेशी जनताको हितमा भन्दा आफ्नै ढुकुटि भर्न तल्लिन रहे । जुन सबै मधेशी जनतालाई थाह छदैछ । महतोले मन्त्री रहदा पैसाका लागि स्वास्थय क्षेत्रका विभिन्न स्थानमा रहेका मधेशी कर्मचारीलाई हटाएर पैसाका लागि अन्यलाई बढुवा र सरुवा गरे । अहिले अचानक आफ्नो मधेशकै सिट खोसिने भयमा चार दलीय सिन्डीकेटबाट बाहिररिएको नाटक गर्ने बिजयकुमार गच्छदारले गृहमन्त्री हुदाँ मधेशी प्रहरी कर्मचारी र युवाबाटै भर्ना, सरुवा र बढुवाका नाममा ढुकुटि भरे । यस्तै अन्य मधेशी नेताको असली हविगत थाह हुदाहुदै किन हामी आन्दोलनलाई अधिकार प्राप्तीको क्रान्ति नबनाई नेताको भ्रान्ति बनाउदै छौ?
    जनआन्दोलन पछि मधेश मुक्तिका नाममा राजनीतिक आवरणमा भुमिगत समुह मार्फत आपराधिक कृयाकलाप गराउने फोहरी खेलमा समेत कही न कही यिनै नेताको अप्रत्यक्ष संलग्नता समेत रहदै आयो । फलस्वरुप दर्जनौ उर्जाशिल युवा अपराधमा संलग्न रहे । फलस्वरुप अझै थुप्रै युवा जेलमा छन । र अहिले फेरी आफ्नो निहित स्वार्थ र विदेशी प्रभु रिझाउन उनै सोझा तराई मधेशका जनतालाई बलिको बोको बनाउने यि नेतामा बिश्वास गरिरहने हो भने अहिलेको आन्दोलनको मर्म र महत्व समेत समयसँगै विलिन भएर जानेछ ।
    यसअर्थ जनकार युवापुस्ताले आन्दोलनलाई क्रान्तिमा उपान्तरण गर्दै तराई मधेशका जनता र भुगोलको हितमा काम गरौ । भडकावबादी र स्वार्थी तथा विगतमा गन्हाएका नेतालाई आन्दोलनबाटै खेदौ । साभार : यूवा अभियन्ता कञ्चन झाको फेसबुकबाट । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    22 August, 2015

    पर्साबाट ठोरी टुक्राएकोमा पर्सा जिल्लाका सभासदहरुको घोर आपती ।


    वीरगंज, भदौ ५
    जियालाल साह
    पर्सा जिल्लाबाट ठोरी गाबिसलाई टुक्राएकोमा पर्सा जिल्लाका नेपाली काग्रेस, नेकपा एमाले र संधिय समाजवादी फोरम नेपालका सभासदहरु घोर भत्र्सना गरेका छन् ।
    नेपाली काग्रेशका सभासद सुरेन्द्र चौधरी, एमाले सभासद  बिचारी प्रसाद यादव, राजकुमार गुप्ता संघिय समाजवादी फोरम नेपालका सभासद लालबाबु राउत गद्दी लगायतकाले घोर भत्र्सना गरेका छन् । सभासदहरुले आज पालैपालो पत्रकार सम्मेलनको आयोजना गरी तिन दलका शिर्ष नेताहरु ल्याएको सात प्रदेशको खाँकामा ठोरीलाई प्रदेश नं. ३ मा गाँभेकोमा आफनो गम्भिर ध्यानाकर्षण भएको बताउदै पर्सेली जनताको मर्म र भावनालाई वेवास्ता गरी नेता बिशेषका लागि ल्याइएको सात प्रदेश को खाँका आफुलाई मान्य नहुने बताएका छन् ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    वीरगंजका व्यापारीहरुको वन्दको विरोध -याली


    भदौँ ४ पर्सा 

                  अनिश्चित कालिन बन्दको विरोध गर्दै आज वीरगंजका खुद्रा व्यवसायीहरुले बन्दको विरोध ¥याली निकालेको छ ।
                वीरगंज उधोग वाणिज्य संघको कार्यलय अगाडीबाट निकालेको विरोध ¥यालीमा सयौँ भन्दा बढी व्यापारीहरुले बन्दलाई अन्त्य गरौँ भन्दै वन्दको विरोधमा विरोध ¥याली निकालेको हो ।  विरोध ¥याली वीरगंजको अलखिया मठ, आदर्शनगर, घडिअर्वा पोखरी, माईस्थान, महाविर स्थान हुदैँ वीरगंजको बजारको परिक्रमा पछि पुनः वीरगंज उधोग वाणिज्य संघमा पुगेर उधोग वाणिज्य संघका बन्द खोलाउन पहग गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको हो । वन्दले आजित वीरगंजका व्यवसायीहरुले पहिलो पटक वन्दको विरोध गरेको हो । आर्थीक राजधानिको रुपमा चिनिने वीरगंजमा दैनिक करोडौँको कारोबार हुने गर्दछन् । ६ दिन देखिको बन्दले आजित वीरगंजका व्यापारीहरुले वन्दको सधैका लागि वन्द गरौँ सम्पुर्ण व्यापारी एक होऔँ भन्दै बन्द गराएका थिए । विरोध ¥याली निस्किराखेका बेला व्यापारीहरुले आफ्नो बन्द पसल खोलेर सहयोग गरेका थिए । बन्दले वीरगंज भन्सार कार्यालयलाई समेत प्रभावित बनाएको छ, सुरुवातिको तिन दिन मधेश वन्दमा भन्सार कार्यलयमा केहि मात्रामा काम भएपनि अनिश्चित कालिन बन्दले ठप्प पारेको वीरगंज भन्सारमा अहिले दैनिक १० देखि १५ करोड भन्दा कमै राजश्व संकलन भईरहेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता शुशिल सर्माले बताए । उनले भने वीरगंज भन्सार कार्यालयले दैनिक रुपमा ३० करोड भन्दा बढी राजश्व संकलन गर्दै आएको हो । तर बन्दले यस महिनाको लक्ष्यमा समेत प्रभावित पार्ने बताए । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    हाम्रो बारेमा

    यो वेभसाइट मध्य नेपालको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले खासगरि महिलाको जीवन स्तर उकासन खालको विभिन्न समाचार, स्वास्थ्य, टिप्स, परामर्श, सौन्दर्य, लेख, अन्तरर्बार्ता, विकास खबर, बिश्व लगायत भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई हामीले समेट्ने गर्दछौँ ।                 

            ‘मध्य नेपाल’ पोर्टलको नाम राख्नुको पछाडि विश्वको आधा अकाश महिलाले नै ढाकेकी छिन् ।  हाम्रो देशभित्र पनि महिलाहरुले थुप्रै कामहरु गरेर देखाएकि छिन् । त्यसै महिलाहरुका साथै समाजमा भएका विकृति, विसङ्गतिको विरुद्धमा खडा रुपमा कलमको माध्यमले लडने हाम्रो अभिप्राय हो । यस पोर्टल संगै हामी पत्रिकाको माध्यमले समेत अगाडि बढ्न खोजेका होँ । ‘मध्य नेपाल सन्देश’ साप्ताहिक पत्रिकाको नामले समेत हामीले समाजमा एक अलग पहिचान स्थापित गर्न खोजेका छौँ । यसैपनि महिला भएकै कारण संघर्ष र चुनौति धेरै छन् अझै घुघट भित्र बस्न बाध्य तराई मधेशमा महिलाका लागि थुप्रै चुनौतिहरु छन् । यस मेहनत र चुनौतिका बाबजुद हामीले वीरगंजबाट ‘मध्य नेपाल’ न्यूज पोर्टल र ‘मध्य नेपाल सन्देश’ साप्ताहिक पत्रिका मार्फत तपाईमाझ आउन लागेका हौँ । न्यूज पोर्टलका लागि प्रत्येक प्रहर हामी ताजा सामाचारका साथ तपाई माझ हुनेछौँ भने पत्रिका मार्फत प्रत्येक आईतबार तपाईको घर दैलोमा पुग्नेछौँ । यहाँको मायाँ सदभावका लागि हामी हरदम आशावादि छौँ । धन्यबाद ।।   

               यहाँको सल्लाह सुझाव र विषय विश्यान्तर लेख, रचना या कुनै सामाचारका लागिmadhayanepalsandesh@gmail.com मा ईमेल गरि हाम्रो न्यूज पोर्टल र पत्रिका मार्फत प्रकाशित गराउनु सक्नुहुनेछ । 


    08 August, 2015

    ज्लाउने संविधान हैन कार्यान्वयन गर्नसके अब आउने संविधान लामो समय टिक्ने युवा नेता भट्टराई



    साउन २३ पर्सा 
    प्रमुख दलहरु संविधान लेखनलाई टुंगोमा पु¥याउन जुटिरहँदा मध्य तराई मधेशका जनतामा भने आक्रोश चुलिएको छ ।
    सानो पाइलासँगको सहकार्यमा पीडीएल कन्सल्टीङ्ग ग्रुपद्धारा आज वीरगञ्जमा आयोजित कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख एवंम सचिव योगेश भट्टराईले निषेधको राजनीति नगर्न सुझाएका थिए । उनले भने, ‘एमाले मधेसबाटै जन्मिएको पार्टी हो । जिम्मेवारीबाट विमुख हुन्छ भने उसलाई जवाफदेही बनाउनुपर्छ । जहाँ जन्मेको हो त्यस ठाउँप्रति उसको दायित्व हुन्छ । त्यसैले विचार मिलेन भनेर कसैलाई निषेध गर्नुहुँदैन ।’ नयाँ संविधानमा संघीयताको सम्भावित प्रारुपप्रति रुष्टहरुको आक्रोश मत्थर पार्ने प्रयास गर्दै भट्टराईले भने, ‘यो ३२ गुणयुक्त छैन । कसी लगाएको सुन पनि हैन । तर यो जलाउनै पर्ने संविधान पनि हैन ।’ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधानका प्रावधानहरु कार्यान्वयन गर्नसक्यौं भने यो संविधान लामो समय टिक्ने उनले बताए । उनले नागरिकताको विषयमा मधेसी जनताले उठाएको मागप्रति आफु सकारात्मक रहेको समेत बताए । 
    त्यस्तै संघीयता विरोधीको आरोप खण्डन गर्दै एकीकृत माओवादीका नेता खिमलाल देवकोटाले २०६३ मा अन्तिरम संविधान नै नआउने खतरा देखेर त्यसवेला आफुहरुले सो माग छाडेको प्रष्टिकरण दिए । उनले भने, ‘अन्तरिम संविधान नबने संविधानसभाको चुनाव हुँदैनथ्यो, चुनाव नभए अहिलेको अवस्थासम्म आइपुग्ने स्थिति नै हुन्थेन । यसैगरी नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले नेपालबाहेकको संघीयता कसैले सोच्न नसक्ने भन्दै एकीकृत नेपालभित्रको संघीयतामा मधेसले न्याय खोजिरहेको बताए । निर्माण प्रक्रियामा रहेको संविधानमा मधेसी जनताले कुनै सुगन्ध र सकारात्मक कुरा नदेखेको झाको भनाई थियो ।  उता तमलोपाका नेता जितेन्द्र सिंहले प्रमुख दलहरुले खेलको मध्यान्तरमा आएर नियम बदलेको भन्दै प्रक्रिया मिचेर जारी गर्न लागिएको संविधानप्रति मधेसी जनताले अपनत्व महसुस नगर्ने बताए । 
    संघीयताको आलोचक राष्टिय जनमोर्चाका नेता भैरवराज रेग्मीले संघीयताले देश टुक्राउँछ भन्ने अभिव्यक्तिका कारण सहभागिहरुको आलोचना गर्दै उनिमाथि खनिएका थिए । बहसको निष्कर्ष सुनाउँदै तराई मधेस मामिलाका जानकार पत्रकार चन्द्र किशोरले सहभागीहरुको सक्रियताको प्रशंसामा भने, ‘जुन समाजले प्रश्न गर्न सक्छ त्यो समाजको भविष्य उज्वल छ । त्यहाँ जीवन्तता छ ।’ मस्यौदा संविधानमा उल्लिखित नागरिकतासम्बन्धि प्रावधानप्रति ब्यंग्य गर्दै उनले भने, ‘नागरिकताको यही प्रावधान लागु भएमा कांग्रेस र एमाले पनि अंगीकृत हुन्छन् । किन भने उनीहरु भारतमै जन्मिएका हुन् ।’  कार्यक्रममा तराईका विभिन्न समुदायहरुको उपस्थिति रहेको थियो । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    ६ प्रदेशको सिमांकन यस्तो छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरिलाई ५ औँ प्रदेशमा ।

    सहमति अनुसार दलहरुबीच भएको प्रदेशको सिमांकन यस्तो छ 

    सिंहदरबारमा संवाद समितिको बैठक
              काठमाडौं : काठमाडौं : निकै लामो बहस र विवादपछि मुख्य दलहरुले अन्ततः सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेका छन्।
            एक हप्‍तादेखिको निरन्तरको शीर्ष छलफल र वार्तापछि दलहरु शनिबार सहमतिमा पुगेका हुन्। दलहरुबीच सहमति पत्रमा हस्ताक्षर भएपछि आजै बस्ने संवाद समितिको बैठकले यसलाई पारित गरेर संविधानसभामा पठाउने छ। संविधानसभाको बैठक आठ बजे बोलाइएको छ। संवाद समितिको बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालासहित शीर्ष नेताहरु संसद् सचिवालयमा पुगिसकेका छन्। दलहरुबीचको सहमति सम्वाद समितिले मस्यौदामा परिमार्जन तथा थपघट गर्नुपर्ने बुँदासहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत हुने छ। सम्वाद समितिको प्रतिवेदनलाई संविधानसभाले मस्यौदा समितिमा परिमार्जनका लागि पठाइनेछ। मस्यौदा समितिले जनताका सुझावसहित सम्वाद समितिले पठाएका बुँदालाई समेटेर संविधानको विधेयक तयार गर्नेछ।
    जनताबाट आएका केके सुझावलाई मस्यौदामा समेट्ने भन्नेबारेमा एक हप्तादेखि नै चार दल हरेक दिन बिहानदेखि बेलुकासम्म छलफलमा जुटेका थिए ।
             पछिल्लो छलफल अखण्ड अडानमा अल्झिएको थियो । सम्बन्धित क्षेत्र वा अञ्चलका सभासद् तथा नेताहरुले आफ्नो क्षेत्रलाई टुक्राउन नपाइने भन्दै अखण्ड अडान राखेका थिए। अखण्ड सुदुरपश्‍चिमसँगै अखण्ड मोरङ सुनसरी, अखण्ड लुम्बिनी अडान, अखण्ड गण्डकी,  अखण्ड मध्यपश्‍चिमको माग र अडानले  सहमतिको प्रयास केही अल्झिएको थियो ।
            चार दलबीच १६ बुँदे सहमतिमा आठ प्रदेशमा जाने सहमति भए पनि कांग्रेस र एमालेले आठ प्रदेश मुलुकले थेग्न नसक्ने भन्दै पाँच वा ६ प्रदेशमा जानुपर्ने अडान राखेका थिए । जनताबाट आएका अधिकांश सुझावको जोड पनि प्रदेशको संख्या घटाउनुपर्छ भन्नेमा रहेपछि दलहरु प्रदेश घटाउन बाध्य भएका हुन् ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    नेपाल प्रहरीका एसपी र डीएसपीको बढुवा तथा सरुवा (बारा र पर्साका डिएसपिको पनि सरुवा ) (सम्पुर्णको सूचीसहित)

    काठमाडौं, २२ साउन । नेपाल प्रहरीका अधिकृतको सरुवा र बढुवा भएको छ ।
    प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको हो ।
    गृह मन्त्रालयको सचिवस्तरको बैठकले सरुवा तथा बढुवा प्रस्ताव स्वीकार गरेपछि प्रहरी अधिकृतको सरुवा गरिएको प्रहरी किताबखाना लैनचौरले जनाएको छ ।
    नेपाल प्रहरीका प्रवक्ता कमल बमले संगठनको आवश्यकताअनुसार अधिकृतहरुको सरुवा र बढुवा गरिएको जानकारी दिनुभयो । ‘संगठनको नियमावली प्रक्रिया र आवश्यकता अनुसार दुई दर्जनभन्दा बढी प्रहरी अधिकारीको सरुवा तथा बढुवा गरिएको छ, यो पछिल्लो समयकै बढी हो’ उनले भने ।
    यस्तो छ नेपाल प्रहरीका अधिकृतहरुको सरुवा र बढुवा तालिका :


    police-list police-list-1 police-list-2
    police-list-1-1police-list-1-2police-list-1-3
    सरुवा, बढुवा भएका डीएसपीहरु । 
    Dsp-list Dsp-list-1 Dsp-list-2 Dsp-list-3
    Dsp-saruwa-1 Dsp-saruwa-2 Dsp-saruwa-3 Dsp-saruwa-4 Dsp-saruwa-5 Dsp-saruwa-6 Dsp-saruwa-7 Dsp-saruwa-8 Dsp-saruwa-9 Dsp-saruwa-10 Dsp-saruwa-11 Dsp-saruwa-12 Dsp-saruwa-13 Dsp-saruwa-14 Dsp-saruwa-15 Dsp-saruwa-16 Dsp-saruwa-17 Dsp-saruwa-18

    - See more at: http://dainiknepal.com/2015/80846.html#sthash.DCp8C0KF.dpuf


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    05 August, 2015

    सर्वसाधारणहरुलाई खानेपानीका लागि दिनहु सास्ती


    सेढवा 20 श्रावन 
    पर्साको निर्मलबस्तीका सर्वसाधारणहरुलाई खानेपानीका लागि दिनहु सास्ती भोग्नु परेका गुनासो गरेका छन।
    निर्मलबस्ती वडा नम्बर ६ बिसाल चौक र मेल चौकमा रहेका करिब ९सय घरधुरीका ४हजार ६सय जनताहरुलाई खानेपानी ठूलो समस्या भएको बताएका छन। सो क्षेत्रमा पानी एक मात्र भूमिगत जल स्रोत हो। जसका लागि एउटा चापा कल वा बोरिगं जडान गर्न लाखौ रूपैया खर्च लाग्ने भएकाले निजी स्तरमा जडान गर्न नसकेका निर्मलबस्तीका पूर्व गाबिस अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो।करिब तीन दशक पहिले जापान सरकारले बिशाल चौकमा र दुई दशक पहिले खानेपानी संस्थानले मेल चौकमा बोरिगं जडान गरि दिएका थिए। तर सो २/३सय मिटर गहिरो बोरिगंबाट पानी निकाल्न पनि उतिकै समस्या भएको स्थानिय अमर निर्दोशले बताउनु भयो।बिधुत लाइनको बिकास संगै अहिले वाटर पम्पबाट पानी तानिन्छ।तर बिधुत प्राधिकरणका शाखा कार्यालय पोखरिया सब स्टेसनका कर्मचारीहरुको लापरवाहीका कारण झनै समस्या थापिएका स्थानियहरुले बताए। दिनमा दशौ पटकभन्दा बडि लाइन आउने जाने गर्दा मेशिनै बिग्रिने गरेका र लाइनमा सुधार गर्न पटक पटक भने पनि कुनै सुधार नभएको स्थानियले बताए
    कुनै कुनै बेला बिधुत नआएका बेला२/३ दिन सम्म पानी भर्ने लाइलमै गाग्री राख्नु परेको र ४किमी टाढाबाट पानी ल्याई गुजारा गरेका स्थानिय गृहेणी सन्तमाया तामांगले दुखेसो बताईन।
    हाम्रो प्यारो सेढ़वाको फेसबुकबाट । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    बार्षिकोत्सवको अवसरमा रक्तदान


    वीरगंज २० श्रावण/
    गुगल कम्प्युटर एजुकेशन एण्ड एडभान्स कोचिङ्ग सेन्टरले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोचिङ्ग सेन्टरले आफ्नै परिसरमा आयोजना गरेको कार्यक्रममा ४ महिला सहित २४ जनाले रक्तदान गरेका हुन । रानीघाट दुर्गा पुजा सेवा समितिका निवर्तमान अध्यक्ष सतिश सिंह राजपुतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमोद गुप्ता, बिजय केशरी, धिरज जैसवाल, राहुल बर्णवाल, नेहा केशरी, संजय चौरसिया, दिपक साह, उमेश कुमार प्रधान, रबि श्रेष्ठ, प्रमेशवर कुमार साह, इजाहुल हवारी, जया कुमारी अरबिन्द कुमार यादव, दिपक गौरो, सविता यादव, सुजित साह जितेन्द्र गुप्ता, प्रकाश पटेल, अनुरुल हक हवारी, अनुरुल हक आलम, चन्दा देवी, राकेश पटेल, प्रदिप गुप्ता, उपेन्द्र यादव लगायतले रक्तदान गरेका थिए ।
    प्रणय साहको फेसबुकबाट । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    Scroll to Top