• नयाँ खबर

    28 September, 2015

    एपी वान टिभीले माग्यो १ सय ३६ टेलिभिजनकर्मी


    काठमाडौँ : सञ्चालनको तयारीमा रहेको एपी वान टेलिभिजनले १ सय ३६ मिडियाकर्मी मागेको छ। अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालनमा ल्याउन लागेको टेलिभिजनले विभिन्न विधामा रोजगारी खुलाएको हो।

    टेलिभिजनले नजिता दिनसक्ने, क्षमतावान, सामुहिक रुपमा काम गर्न सक्ने कर्मचारी खोजेको जनाएको छ। एपी वान टिभीले २५ रिपोर्टर सहित समाचार कक्षमा ५८ जना र अनुसन्धानमा ५ जना तथा दृश्य सम्पादनमा ५ जना, कार्यक्रम उत्पादन तथा प्रस्तुतीमा ३८ जना तथा प्राविधिक २१ जना माग गरेको हो। आवेदनका लागि योग्यता भने खुलाएको छैन। टेलिभिजनले सात दिन भित्र आवेदन दिन भनेको छ।

    साथै नेपाली मिडिया इतिहासमै पहिलोपटक विदेशमा समेत संवाददाता माग गरेको छ। टेलिभजनले अमेरिका, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया कोरिया र अन्य खाडी मुलुकका लागि संवाददाता माग गरेको हो।

    एपी वान टेलिभिजनको सञ्चालन अन्नपूर्ण राष्ट्रिय दैनिक र रेडियो अन्नपूर्ण नेपालकै सञ्चालकले गर्न लागेका हुन्।


     


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    25 September, 2015

    Protests in Nepal choke essential supplies from India



    AP PhotoNepalese policemen face protestors belonging to ethnic and religious groups dissatisfied with Nepal's new constitution adopted on Sunday, in Birgunj, a town bordering India in Nepal, Thursday, Sept. 24, 2015. Nepal's top political parties on Thursday reached out to protesters angry about the country's new constitution, after violence in the region bordering India halted more than 1,000 oil tankers and trucks with essential supplies from entering Nepal. (AP Photo/ Jiyalal Sah)









    Nepalese policemen run for cover as they are chased by protestors belonging to ethnic and religious groups dissatisfied with Nepal's new constitution adopted on Sunday, in Birgunj, a town bordering India in Nepal, Thursday, Sept. 24, 2015. Nepal’s top political parties on Thursday reached out to protesters angry about the country’s new constitution, after violence in the region bordering India halted more than 1,000 oil tankers and trucks with essential supplies from entering Nepal. (AP Photo/ Jiyalal Sah)
    KATHMANDU, Nepal (AP) — Nepal's top political parties on Thursday reached out to protesters angry about the country's new constitution, after violence in the region bordering India halted more than 1,000 oil tankers and trucks with essential supplies from entering Nepal.
    Officials said nearly 400 Nepalese protesters clashed with police in Birgunj, a town on the border with India, on Thursday. They belong to ethnic and religious groups dissatisfied with Nepal's constitution adopted on Sunday, and demand more territory and rights for ethnic federal states. The area is nearly 300 kilometers (200 miles) east of Kathmandu, the capital.


    About 1,500 oil tankers from India used to enter southern Nepal every day from the Jogbani border post, but there has been no movement for the past three days, said Indian official Sri Prakash. The disruption of traffic has raised fear of shortages in the Himalayan nation. Trucks from India are loaded with sugar, salt, food and cooking gas cylinders.

    Nepal is heavily dependent on supplies from its giant neighbor.
    Ashok Arya, an Indian customs official at a border crossing in Gorakhpur district, blamed the Nepalese side. Nepalese officials apparently are reluctant to allow the vehicles to travel unescorted for fear of being looted by protesters.
    India says that the aspirations of the disgruntled groups from the southern plains bordering India have not been met, and that the troubles might flare up violence spilling into India, where a large number of Nepalese nationals work.
    Nepalese Home Ministry spokesman Laxmi Pasad Dhakal declined comment on some Nepalese media reports that India had enforced a blockade to pressure the Nepalese government to meet the concerns of the ethnic and religious groups.
    Dhakal said Thursday there have been some minor protests in the region, but they had gone down significantly.
    The violence in recent weeks has killed at least 45 people.
    A senior leader of the Madhesi ethnic group in southern Nepal, Laxman Lal Karna, said earlier this week that the new constitution failed to address many of the issues and that protests would continue.
    On Thursday, three major political parties appointed Forest Minister Mahesh Acharya to try to broker talks.
    "He will talk to the agitating parties to build an environment of trust," said Chudamani Khadka, a Maoist leader and aide to Maoist chairman Pushpa Kamal Dahal.
    The ethnic groups have not yet responded.
    ___
    Associated Press writers Biswajeet Banerjee in Lucknow, India, and Indrajit Singh in Patna, India, contributed to this report.


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    Protests in Nepal choke essential supplies from India


    AP PhotoNepalese policemen face protestors belonging to ethnic and religious groups dissatisfied with Nepal's new constitution adopted on Sunday, in Birgunj, a town bordering India in Nepal, Thursday, Sept. 24, 2015. Nepal's top political parties on Thursday reached out to protesters angry about the country's new constitution, after violence in the region bordering India halted more than 1,000 oil tankers and trucks with essential supplies from entering Nepal. (AP Photo/ Jiyalal Sah)



    KATHMANDU, Nepal (AP) — Nepal's top political parties
    on Thursday reached out to protesters angry about the country's new constitution, after violence in the region bordering India halted more than 1,000 oil tankers and trucks with essential supplies from entering Nepal.

    Officials said nearly 400 Nepalese protesters clashed with police in Birgunj, a town on the border with India, on Thursday. They belong to ethnic and religious groups dissatisfied with Nepal's constitution adopted on Sunday, and demand more territory and rights for ethnic federal states. The area is nearly 300 kilometers (200 miles) east of Kathmandu, the capital.

    About 1,500 oil tankers from India used to enter southern Nepal every day from the Jogbani border post, but there has been no movement for the past three days, said Indian official Sri Prakash. The disruption of traffic has raised fear of shortages in the Himalayan nation. Trucks from India are loaded with sugar, salt, food and cooking gas cylinders.

    Nepal is heavily dependent on supplies from its giant neighbor.

    Ashok Arya, an Indian customs official at a border crossing in Gorakhpur district, blamed the Nepalese side. Nepalese officials apparently are reluctant to allow the vehicles to travel unescorted for fear of being looted by protesters.
    India says that the aspirations of the disgruntled groups from the southern plains bordering India have not been met, and that the troubles might flare up violence spilling into India, where a large number of Nepalese nationals work.
    Nepalese Home Ministry spokesman Laxmi Pasad Dhakal declined comment on some Nepalese media reports that India had enforced a blockade to pressure the Nepalese government to meet the concerns of the ethnic and religious groups.
    Dhakal said Thursday there have been some minor protests in the region, but they had gone down significantly.
    The violence in recent weeks has killed at least 45 people.
    A senior leader of the Madhesi ethnic group in southern Nepal, Laxman Lal Karna, said earlier this week that the new constitution failed to address many of the issues and that protests would continue.
    On Thursday, three major political parties appointed Forest Minister Mahesh Acharya to try to broker talks.
    "He will talk to the agitating parties to build an environment of trust," said Chudamani Khadka, a Maoist leader and aide to Maoist chairman Pushpa Kamal Dahal.
    The ethnic groups have not yet responded.
    ___
    Associated Press writers Biswajeet Banerjee in Lucknow, India, and Indrajit Singh in Patna, India, contributed to this report.

    23 September, 2015

    भारतसित सुगौली सन्धिदेखि यता नेपालको शिर निहुरिएको - दाहाल


    आश्विन ५, २०७२- पूर्वप्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधन जारी नेपाली जनताको स्वविवेक र स्वाभिमानको विषय भएको बताए । ‘संविधान सभाबाट हामीले चाहेजस्तो संविधान आएको होइन तर सम्पूर्ण दुर्घटना हुनबाट जोगिएको छ,’ दाहालले भने, ‘आफ्नो बारेमा आफैंले फैसला गर्न नेपाल सक्षम छ भन्ने स्थापित गर्न चाहेका हौं । हामी कसैको दवाव र झुकावमा जान सक्दैनौं ।’
    नेता दाहालले भारतले नेपालमा संविधान जारी भएप्रति असन्तुष्टि जारी गर्दै नाकाबन्दी गरेको चर्चा चलेप्रति शीर्षस्थ दलहरुबीच गम्भीर छलफल हुने बताए । ‘यो संविधान कुनै देशको विरोधमा होइन र छैन,’ भारतसित सुगौली सन्धिदेखि यता नेपालको शिर निहुरिएको उल्लेख गर्दै उनले भने, ‘नेपालले नैसर्गिक सार्वभौम अधिकारको प्रयोग गर्दा भारतीय जनताले समर्थन जनाउनु पर्छ । हामी लडाइँ, झगडा गर्दैनौं । यदि नाकाबन्दी गरेमा हामी गाडी छाडेर साइकलमा चढ्ने छौं ।’ आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिमका मुद्धा देशको आन्तरिक मामला भएकोले यसको समाधान हामी आफैंले गर्ने भएकाले कुनै राष्ट्रले होच्याउछ भने प्रतिवाद गर्न तत्पर रहेको समेत दाहालले बताए ।
    एमाओवादीका पोलिटब्युरो सदस्य गोपाल किरातीको ‘प्रचण्डपथको विजय’ नामक पुस्तक सार्वजनिकीकरण सामारोहमा नेता दाहालले उक्त अभिव्यक्ति दिएका हुन् । ‘हामी आफ्नो आन्तरिक समस्या समाधान आफैं तयार छौं,’ नेपाली जनताको दह्रो एकताको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, ‘तर हामी नेपालीको शिर निहुरिने गरी कसैसित झुक्दैनौं । हामी सबैले भीष्म प्रतिज्ञा गरौं ।’
    समारोहमा उपस्थित भारतीय पत्रकार आनन्द स्वरुप बर्माले भारतले नेपाली जनताविरुद्ध आर्थिक नाकाबन्दी गर्नु लाजमर्दो विषय भएको बताए । ‘आज मेरो देशको प्रधानमन्त्रीले नेपाली जनताविरुद्ध आर्थिक नाकाबन्दी गर्नु लज्जास्पद कुरो हो,’ युद्धकालमा मात्र आर्थिक नाकाबन्दी हुने उल्लेख गर्दै उनले प्रश्न गरे, ‘भारत को हो ? यस्तो अधिकार कसले दियो ? अर्को सार्वभौम छिमेकी राष्ट्रलाई यस्तो गर, उस्तो गर भन्ने दादागिरिको जवाफ के हुनसक्ला ?’
    देशका जनताले आफ्नो भाग्यको फैसला आफैं गर्नसक्ने र ठूलो देशले छिमेकी मुलुकप्रति धावा बोल्न नहुने नेपालबारे जानकार पत्रकार बर्माले उल्लेख गरे । by - ekantipur.com

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    19 September, 2015

    असन्तुष्ट पक्षको माग सम्बोधन नगरी दीपावली र नाचगान जरुरी छैन: बाबुराम

    आश्विन २, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले मधेसी, थारु, जनजाति लगायतका असन्तुष्ट पक्षको माग सम्बोधन नगरी संविधान आएकोमा नाचगान र दीपावली मनाइहाल्नु नपर्ने तर्क गरेका छन् । संविधान आएकोमा मुलभूत रुपमा खुसी रहे पनि दिपावली नै गर्नुपर्ने अवस्था नरहेको बताए ।
    ‘ठूलो हिस्सा र जनसंख्या ओगटेको मधेसी समुदायलाई पनि विश्वासले लिएर संविधान जारी गर्न सक्नुपथ्र्यो, त्यो सम्भव भएन,’ धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती अवलोकन गर्न पाँचखाल १६ पहरीगाउँ पुगेका उनले भने, ‘ती असन्तुष्टिलाई सम्बोधन गरेर अहिलेको उपलब्धिलाई सकरात्मक लिँदै सबैको समर्थन जुटाएर संविधान जारी गर्नुपर्छ भन्ने मेरो कुरा हो ।’
    संविधान निर्माणमा भारतलाई पनि स्पेस दिन चाहेको चर्चाको उनले ‘मनगढन्ते फतुरहरु’ले चलाएको हल्लाको संज्ञा दिए । ‘वैचारिक रुपमा नसकेपछि मलाई सिध्याउन चाहनेहरुले चलाएको हल्ला हो,’ उनले भने, ‘मधेसी, थारु जस्ता काला बर्णका मानिसलाई गैरनेपाली (भारतीय) देख्ने एउटा जमात पनि छ ।’ उनले संविधान निर्माणको लागि भारतले लिएको चासोलाई अस्वभाविक रुपमा लिन नहुने बताए । ‘घरमा झगडा भएपछि छिमेकीले खेल्न खोज्नु स्वभाविक हो,’ उनले भने, आफ्नो देशको संविधान बनाउने अधिकार आफैँलाई हुन्छ, तर चासो राख्दा उत्पात नै भयो भन्ने पनि सोच्नुहुन्न ।’
    आफू नेतृत्वमा कतिपय बिषयमा सहमति खोजिएको भन्दै उनले संविधान रोक्न खोजेको कुराको खण्डन गरे ।  संविधान जारी गर्न राष्ट्रपतिको भूमिका नभएकोमा संशोधन गरेर जारी गर्ने अधिकार दिइएको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई दलहरुले बोल्न अंकुश लगाएको कुरामा विवाद नगर्न आग्रह गरे । संविधान जारी भएपछि सर्वदलीय सरकार बाहेक बहुमतीय सरकारमा आफू सामेल नहुने उनले बताए ।
    एकीकृत बस्तीको अवलोकन गरेपछि उनले धुर्मुस् र सुन्तली नेतृत्वको टोलीलाई धन्यवाद दिए । ‘सरकारले नमूना बनाएर अरुले लागू गराउनुपर्नेमा यहाँ उल्टो भयो, उनले भने, अब यो मोडल सरकारले फलो गर्नुपर्छ । संविधान निर्माण सकिएकोले मुलुक अब नवनिर्माण र पुनर्निर्माणमा जुट्नुपर्ने उनले बताए । प्राधिकरणका प्रमुख कार्यकारी गोविन्द पोखरेलले आफूसँग सल्लाह लिएको बताउँदै आवश्यक सल्लाह सुझाव र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पहरी बस्तीमा नै खाना आएर उनी फर्किए ।
    सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै मेरी बास्सै, भद्रगोलका कलाकार र सगुन डटकमको टोलीले पाँचखाल १६ पहरीगाउँमा एकीकृत नमूना बस्ती बसाएको थियो । पहरी गाउँमा एकैनासका घरभित्रै शौचालय भएको बगैँचा सहितको ३ कोठे पक्की २० घर छन् । प्रत्येक घरको लागि खानेपानी धारा र बस्तीमा ५ बायोग्यास प्लाट जडान गरी सबै घरमा व्यवस्था गरिएको छ ।
    पलाञ्चोक भगवती मन्दिरमा दैनिक फूलको व्यवस्था गर्ने र जात्राहरुमा खट बोक्ने कामका लागी पलाञ्चोकमा गुठी जग्गामा बसेका पहरीहरुको नाममा कुनै जग्गा छैन । बाबुबाजेको नाममा रहेको गुठीको जग्गामा नै उनीहरुले भोगचलन गर्दै आएका छन् ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    16 September, 2015

    आज हरितालिका तिज ...

    आज विहान वीरगंज स्थित अलखिया मठमा पुजा आज गर्दै ब्रतालु । फोटो जियालाल

    जारि मधेश आन्दोलनमा थुप्रै दिदि बहिनिको सिन्दुर पोछिएको छ, आशा गर्छु अब कुनै नेपालीको सिन्दुर नपुछियोस् । चाहि सरकार पक्षबाट होस या आन्दोलनरत पक्षबाट तिजको सम्पुर्णमा धेरै धेरै शुभकामना ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    15 September, 2015

    संचारकर्मीहरुमाथि राज्य र गैर राज्यपक्षधरले नियोजित रुपमा आक्रमण गरिरहेको घटनाले महासंघ गम्भीर

    पर्साको पिडारी स्थित ओरिया खोलामा बालुवा तस्करको समाचार संकलनको क्रममा भाग्दै लडदै गरेका कान्तिपुर दैनिकका पत्रकार भुषण यादव । तस्बिर ः जियालाल

    भदौँ २९ वीरगंज
    बिगत एक महिनादेखि जारी आन्दोलनका क्रममा संचारकर्मीहरुमाथि राज्य र गैर राज्यपक्षधरले नियोजित रुपमा आक्रमण गरिरहेको घटनाले
    नेपाल पत्रकार महासंघ पर्सा शाखालाई गम्भीर बनाएको छ ।
    समाचार संकलनका क्रममा एभीन्यूज टिभीका वीरगन्ज क्षेत्रिय ब्यूरो प्रमुख राजु श्रेष्ठ तथा संवाददाता जीयालाल साह, कान्तिपुर दैनिक सम्वाददाता भुषण यादवलाई आक्रमण गरिनु, पत्रकार जगत राईमाथि राज्य पक्षका सुरक्षाकर्मीबाटै दुब्र्यवहार गरिनु तथा राष्टिय फोटो पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष राम सरार्फको घरमा पेट्रोल बम प्रहार भएको घटनाले पत्रकार महासंघलाई गम्भीर बनाएको छ । आन्दोलनका क्रममा कुनैपनि बाहनामा संचारकर्मीमाथि भएका यस्ता घटनाको पत्रकार महासंघ पर्सा शाखा आपत्ति प्रकट गर्दै पत्रकारहरुको भौतिक सुरक्षाको सवालमा गम्भीर र जिम्मेवार बन्न समेत स्थानीय प्रशासनसँग माग गर्दछौं । साथै,अहिलेको भिषम राजनीतिक अवस्थामा संवेशिल,गम्भीर र जिम्मेवार भएर पत्रकारिता गर्न समेत सबै संचारकर्मीहरुमा पत्रकार महासंघ पर्सा शाखा आग्रह गर्दछ ।

    संचारकर्मीहरुमाथि राज्य र गैर राज्यपक्षधरले नियोजित रुपमा आक्रमण गरिरहेको घटनाले नेपाल महासंघ गम्भीर

     पर्साको पिडारी स्थित ओरिया खोलामा बालुवा तस्करको समाचार संकलनको क्रममा भाग्दै लडदै गरेका कान्तिपुर दैनिकका पत्रकार भुषण यादव । तस्बिर : जियालाल

    भदौँ २९ वीरगंज
    बिगत एक महिनादेखि जारी आन्दोलनका क्रममा संचारकर्मीहरुमाथि राज्य र गैर राज्यपक्षधरले नियोजित रुपमा आक्रमण गरिरहेको घटनाले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई गम्भीर बनाएको छ । 
    समाचार संकलनका क्रममा एभीन्यूज टिभीका वीरगन्ज क्षेत्रिय ब्यूरो प्रमुख राजु श्रेष्ठ तथा संवाददाता जीयालाल साह, कान्तिपुर दैनिक सम्वाददाता भुषण यादवलाई आक्रमण गरिनु, पत्रकार जगत राईमाथि राज्य पक्षका सुरक्षाकर्मीबाटै दुब्र्यवहार गरिनु तथा राष्टिय फोटो पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष राम सरार्फको घरमा पेट्रोल बम प्रहार भएको घटनाले पत्रकार महासंघलाई गम्भीर बनाएको छ । आन्दोलनका क्रममा कुनैपनि बाहनामा संचारकर्मीमाथि भएका यस्ता घटनाको पत्रकार महासंघ पर्सा शाखा आपत्ति प्रकट गर्दै पत्रकारहरुको भौतिक सुरक्षाको सवालमा गम्भीर र जिम्मेवार बन्न समेत स्थानीय प्रशासनसँग माग गर्दछौं । साथै,अहिलेको भिषम राजनीतिक अवस्थामा संवेशिल,गम्भीर र जिम्मेवार भएर पत्रकारिता गर्न समेत सबै संचारकर्मीहरुमा पत्रकार महासंघ पर्सा शाखा आग्रह गर्दछ । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    १० गतेभित्र प्रधानमन्त्री, कात्तिक ३ भित्र नयाँ राष्ट्रपति


    २९ भदौ, काठमाडौं । आगामी असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा। रामवरण यादवको विदाइ र नयाँ राष्ट्रपति पनि चयन हुनेछ ।

    संविधानसभाले असोज ३ गते साँझ ५ बजे संविधान घोषणा गर्ने समय तय गरेको छ । यससँगै सभामुखदेखि प्रधानमन्त्री र राष्ट्रपतिको पनि निर्वाचनको प्रारम्भिक मिति अनुमान गर्न सकिन्छ ।
    अहिले पारित हुँदै गरेको नयाँ संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्था छ । जसमा धारा २९२ मा नयाँ संविधान जारी भएको बेला संसद अधिवेशन चलिरहेको भए सात ७ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।
    अहिले संसदको अधिवेशन चलिरहेको छ र यो तत्काल अन्य हुने सम्भावना छैन । संसद अधिवेशन नचलेको अवस्थामा भने अधिवेशन बोलाएको सातदिभित्र प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।
    सत्तारुढ कांग्रेस र एमालेबीच आलोपालाको सहमति भए अनुसार सरकारको नेतृत्वमा अब एमालेको पालो हो र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।
    यसैगरी कात्तिक ३ गतेभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरिसक्नुपर्ने हुन्छ । संविधानको धारा २९१ मा संविधान प्रारम्भ हुँदा संसद अधिवेशन चलिरहेको भए ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था छ ।
    राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि सभामुख र उपसभामुख चयन हुनेछ । पारित हुँदै गरेको नयाँ संविधानको धारा २९३ मा भएको व्यवस्था अनुसार संविधान जारी भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्नेछ ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    14 September, 2015

    गाईलाई राष्ट्रिय जनावरबाट हटाउने प्रस्ताव संविधानसभाबाट अस्वीकृत


    २८ भदौ, काठकाडौं । गाईलाई राष्ट्रिय जनावर बनाउनुहुँदैन भन्दै संविधानको मस्यौदा विधेयकमा परेको प्रस्ताव संविधानसभाको बहुमतले अस्वीकार गरेको छ ।
    गाईलाई राष्ट्रिय जनावर बनाइनुहूँदैन भन्दै सभासद शिवलाल थापाले शंसोधन प्रस्ताव राखेको थिए । त्यस्तै सभासद अनुराधा थापामगरले एकसिंगे गैंडालाई राष्ट्रिय जनावर घोषणा गर्न प्रस्ताव गरेकी थिइन् । सभासद यशोदा लामाले पनि गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने प्रस्ताव गरेकी थिइन् ।
    त्यस्तै सभासद चित्रबहादुर केसीले पनि धारा ९ माथि संशोधनको प्रस्ताव राखेको थिए । by onlinekhabar



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    यसरी पारित भयो स्पष्टीकरणसहितको धर्म निरपेक्षता

    कमल थापाको पक्षमा २१ जना मात्रै उभिए

    २८ भदौ, काठमाडौं । नेपाली राजनीतिमा चर्को विवादको विषय बन्दै आएको ‘धर्म निरपेक्षता’ लाई अन्ततः सोमबार बिहानको संविधानसभा बैठकले संशोधनसहित पारित गरेको छ ।
    ऋब(ःभभतपारित भएको मस्यौदाको धारा ४ मा रहेको ‘धर्म निरपेक्षता’को व्याख्यास्वरुप अब स्पष्टीकरण थप भएको छ ।
    धारा ४ मा नेपाल राज्य शीर्षक अन्तरगत भनिएको छ( ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वंभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतन्त्रात्मक, समाजवाद उन्मूख, गणतन्त्रात्मक, बहुजातीय राज्य हो, जसलाई संक्षेपमा नेपाल भनिने छ ।’
    धारा ४ को स्पष्टीकरणमा अब यस्तो लेखिने भएको छ(‘धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ ।’
    कोको उभिए विपक्षमा रु

    संविधानमा धर्म निरपेक्षता राखिनु हुन्न भन्दै कमल थापा, दीपक बोहोरा, भाष्कर भद्रा, कुमार खड्का लगायतले छुट्टाछुट्टै संशोधन प्रस्ताव पेश गरेका थिए । तर, उनीहरुका प्रस्तावहरु बहुमतले अस्वीकृत गरेको छ ।
    धर्म निरपेक्षताको साटो हिन्दु राष्ट्र भनिनुपर्छ भन्ने कमल थापाले राखेको प्रस्ताव बहुमतले अस्वीकार गरेपछि थापाले उभिएर मत विभाजनको माग गरेका थिए । तर, मत विभाजनका लागि ६१ जना सदस्य आवश्यक पर्नेमा कमल थापाको प्रस्तावको पक्षमा २१ जना सभासदमात्रै उभिएका थिए ।
    संविधानको धारा ४ माथि संशोधन प्रस्ताव राख्नेहरुमा हरिचरण साह, विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी लगायत थिए ।
    धर्म निरपेक्षतामा स्पष्टीकरण थप्नका लागि तीन दलका तर्फबाट चीनकाजी श्रेष्ठले पेश गरेको संशोधन प्रस्ताव बहुमतले पारित गरेपछि अब नेपाल धर्मनिरपेक्ष राष्ट्र हुने पक्कापक्की भएको हो । By Onlinekhabar.com

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    पत्रकार राम सर्राफको घरमा पेट्रोल बम प्रहार

    पेट्रोल बम प्रहार 

    वीरगन्ज २८ भदौ 
    वीरगन्जमा आईतवार राति पत्रकार राम सर्राफको घरमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको छ । राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय उपाध्यक्ष सर्राफ द हिमालयन टाइम्सका पर्सा संवाददाता एंव अनलाइन यात्रा डेलीका संचालक पनि हुन । 
    वीरगन्ज १२ रानीघाटस्थित सर्राफको घरमा आईतवार राति सवा नौ बजे अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको हो । कफ्र्यु लागकै बेला राति सवा नौ बजेको समयमा मोटरसाइकलमा सवार भई आएका अपरिचित युवकहरुले सर्राफको घरको मुल गेटमा पेट्रोल बम प्रहार गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
    आफु सपरिवार घर भित्र रहेका बेला मुल गेट बाहिर आगो बलेको देखेर छिमेकीहरुले खबर गरेपछि बाहिर आएर हेर्दा बलिरहेको आगोबाट पेट्रोलको गन्ध आएको सर्राफले बताए । स्थानियवासीको सहयोगमा आगो निभाइएको पत्रकार सर्राफले बताए । 
    घटना लगत्तै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे र प्रहरी उपरिक्षक दिवेश लोहनीलाई जानकारी गराएपनि कुनै सहयोग नपाएको उनले गुनासो गरे । यता घटनाको चौतर्फी रुपमा भर्तसना भएको छ । घट्नामा कसको संलग्नता रहेको भनी यकिन हुन नसकेको सर्राफले बताए । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    13 September, 2015

    मधेश आन्दोलनको आज ३० दिन पुरा


    भाद्र २७ वीरगंज
            जारी मधेश आन्दोलनको आज ३० दिन पुरा भएको छ । भने वीरगंजमा कर्फु लगाईएको आज १४ दिन पुरा भएको छ । यस क्रममा प्रशासनले कर्फु खुकुलो बनाउदै दैनिक रुपमा विहान ९ बजेदेखि दिउसो १ बजे सम्मका लागि र दिउसो ४ बजे देखि साझ ७ बजे सम्मका लागि कार्फु लगाउदै आएको छ । 
    बन्दको मारमा परेका जनताहरुलाई कालोबजारी, अखाद्यवस्तु, महगाई लागायतको समस्या दैनिक रुपमा भोग्दै आउनु परेको अवस्था छ । बन्दले सबभन्दा बढी दैनिक ज्यालादारिमा काम गर्ने मजदुरहरु मर्कामा परेका छन् । यस बन्दको समर्थन उधोगी व्यवसायी, बुद्धिजिवि, नागरिक समाज, भन्सार एजेन्ट संघ, शैक्षिक संघ संगठन लगायतकाले समर्थन गरेपनि बन्दको उपलब्धी हुन सकेको छैन् । अझै बरु विद्यालय, क्यामपस, उधोग कलकरखाना बन्दले सास्ती र समस्या मधेशका जनताले आज एक महिना देखि बाध्य भएर भोग्दै र झेल्दै आईरहेका छन् । पर्सामा आन्दोलन तातेको बेला आधा दर्जन भन्दा बढी गाउँ तथा सिमामा रहेका प्रहरी चौकिहरु जलाईसकेका छन् । 
    सिमामा रहेका भिष्वा, पिडारीगुठि, पाडेपुर, जानकिटोला, आसवारी लगायतको प्रहरी चौकि जलाईएर प्रहरीहरुलाई लखेटिएका थिए । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    12 September, 2015

    [रिपोर्टरको डायरी] बालुवा तस्करले लखेट्दा‍...


    भाद्र २५, २०७२- सदरमुकाम वीरगञ्जबाट ४५ किलोमिटर पश्चिममा रहेको पर्साको सीमावर्ती गाउँ पिडारीगुठी । पारिपट्टि भारत बिहार पश्चिमी चम्पारणको गदियानी भंगाहा गाउँ । दुई देश छुटयाउने सिमानामा रहेको ४२४/१९ नम्बरको पिलर ।
    पिलर यता नेपाली भूभागमा रहेको ओरिया खोलाबाट पारि गाउँका तस्करले दिनहुँ करिब ५ सय ट्रयाक्टर बालुवा उत्खनन् गरी ओसार्ने गरेको खबर आयो । वीरगञ्ज आसपास जारी आन्दोलनका क्रममा गत भदौ १५ गते आन्दोलनकारीले पर्सा जिल्लाको नाकामा रहेका प्रहरी इकाईहरुमा आगजनी भएपछि प्रहरी यहाँबाट हटेका थिए ।
    भारतीय तस्करहरु निर्वाध रुपमा नेपालमा पसेर बालुवा लगिरहेको सूचना आएपछि बिहीबार विहान समाचार संकलनका लागि म पिडारीगुठी पुगें ।  बाटो देखाइदिन इलाका प्रहरी कार्यालय सेढवाका इन्चार्ज सई मोहन थापाले सहयोग गरे । तस्करीको कुरा सुनेपछि एक महिना अघिमात्र जिल्ला प्रहरी कार्यालयबाट इलाकामा आएका थापा आफ्ना असई र २ जवानसहित हामीसँगै ओरिया खोला पुगेका थिए ।
    अपराह्न करिब १ बजे त्यहाँ पुग्दा छरिएर रहेका १५/२० वटा ट्रयाक्टरहरुमा बालुवा लोड हुँदै थियो । विहानदेखि सुरु हुने उत्खनन् हामी पुग्दा अधिकांश ट्याक्टर एक लट लोड गरेर बिक्री गर्न गएका थिए । कोही खाना खान । दुई देश छुट्याउने पिलर भन्दा ट्रयाक्टरहरु झन्डै एक किलोमिटर भित्र नेपालको भूमिमा थिए ।


    सुरुमा हामीलाई देखेर बालुवा उठाउनेहरु भागे । हामीले भागे भन्ठानेका उनीहरु पर पुगेर एकत्रीत भए र बालुवा उठाउने सावेल (बेल्चा) लिएर हामी भएतिर आए । राम्रो तस्बिरका लागि म आफ्नो समूहभन्दा केही अगाडि पुगेको थिएँ । सई थापा र असई भगवान राउत कुर्मी मभन्दा पनि केही अगाडि थिए । हातमा सावेल लिएर तस्कर समूह हामीतिर दौडिन थाल्यो । खतरा देखेपछि हामी पछाडि फर्किएर बगरमा दौडिन थाल्यौं ।

    हिलाम्मे बगरमा दौडिँदा म तीनपल्ट लडें । हरेक पटक लड्दा अब उनीहरुले पक्रिन्छन् भन्ने सोचाई मनमा आइरह्यो । लडे पनि जुरुक्क उठ्ने, फेरि दौडिने । माथि डिलमा पुगुन्जेल जुत्ता, पाइन्ट, सर्ट, झोला सबै हिलाम्मे भइसकेका थिए । घाँटीमा भिरेको क्यामेरामा पनि हिलो लागेको थियो ।

    डिलमाथि पुग्दा समूहका तस्कर समूहमा अरु मानिस थपिएका थिए । फर्केर हेर्दा असई कुर्मी तस्कर समूहको घेरामा परेछन् । उनलाई समूहले घेरा हालेर बेल्चाले हानिरहेका थिए । एकछिनमा उनीहरुले कुर्मीलाई घिसार्दै भारततिर लगिरहेका देख्यौं । भीडमै रहेको एकजनाले ‘चौकीके थानदार साहेब हँ, छोड्दे मत् मारसन् (यो मान्छे चौकीको थानेदार हो, यसलाई छोड्देउ, नपिट)’ भनेपछि असईलाई उनीहरुले छाडे ।
    आफ्नै भूमिमा विदेशीबाट ज्यान जोगाउन भाग्न पर्नु र आँखा अगाडि एक प्रहरी अधिकृतले कुटाई खाएको देख्दा ग्लानी महशुस भइरहेको थियो । स्कुले प्रतिस्पर्धामा धेरै पटक दौडमा भाग लिएँ, केहीमा जितेका सिल्डहरु घरमा अझै छन् । तर, ज्यान जोगाउन यसरी कहिल्यै दौडिएको थिइनँ ।

    चर्को घामले प्यास बढाएको थियो । पानी खोज्दै धान खेत हुँदै गाउँको मन्दिरमा पुगें । चापाकलमा पानी खाएर रुमालले हिलो सफा गरें । केही सहज महशुस गरेपछि अफिसमा घटनाबारे जानकारी गराएँ । त्यहाँ रहेका गाउँलेले घटनाबारे थाहा पाएपछि आक्रोशित बनेर आए ।
    गाउँका अरु युवालाई बोलाएर लाठी लिएर प्रतिकार गर्न तम्सिए । लाठी नहुनेहरु नजिकैको बाँसघारीबाट बाँस काट्न थाले । हाम्रै सम्पत्ति खाएर हाम्रै मान्छेलाई पिट्ने भन्दै हातमा लाठी लिएर गाउँले खोला किनारतर्फ लम्के । केही बेर दोहोरो पिटापिट चल्यो । ४ जना घाइेत भए । त्यसको केहीबरेमा सुवर्णपुण बेस क्याम्पका सशस्त्र प्रहरी आइपुगे । उनीहरुले स्थिती नियन्त्रणमा लिएर गाउँलेलाई गाउँ फर्काए ।
    स्थानीय नेशार समानीका अनुसार एक ट्रयाक्टर बालुवा भारतमा ५ हजार भारुमा बिक्री हुन्छ । नाकाका चौकी जलेयता दैनिक ३० लाख बराबरको बालुवा भारत लगिएको छ । विगत लामो समयदेखि अवैध रुपमा बालुवा लाने गरेता पनि अहिले मधेस आन्दोलनमा प्रहरी चौकीहरु जलाइएपछि उनीहरु हौसिएको समानीले बताए । ‘विगतमा सिमित संख्यामा लाने गरेका थिए,’ उनले भने, गत सातादेखि सयौँको संख्यामा आउन थालेका छन् ।’
    नेपाली सुरक्षाकर्मीको सुराकीका लागि खोलाको डीलमा तस्करले भैँसी गोठालो खटाएका हुन्छन् । ‘यता गाउँतिरबाट सुरक्षाकर्मी आएको देख्नासाथ सुराकीले इसारा गरिहाल्छन्,’ पिडारी ५ का वीरेन्द्र महतोले भने, ‘अनि सबै भाग्छन् ।’ अवैध ओसारपसार गरेको विषयमा उक्त स्थानमा पटक पटक विवाद हुँदै आएको छ । २ वर्षअघि अवैध ओसारपसार नियन्त्रण गर्न जाँदा तस्कर समूहले प्रहरी नायव निरीक्षक (सई) गोपाल थामी, प्रहरी जवानद्वय सुरेन्द्र कलवार र सुनिल रिमाललाई कुटेर हात भाँचिदिएका थिए । ‘प्रहरीको हतियार समेत लुटेरा लगेका थिए,’ स्थानीय सञ्चारकर्मी ओमप्रकाश चौधरीले भने, ‘पछि सम्झाई बुझाई गरेपछि हतियार फर्काए ।’

    सुरक्षा स्रोतका अनुसार दुई देशीय सीमासुरक्षा बैठकमा ओरिया खोलाको अवैध उत्खननबारे नेपाली पक्षले चासो साथ ध्यानाकर्षण गराउँछन् । ‘नेपाली भूमिमा जबरजस्ती प्रवेशमा रोक लगाइने भारतीय सुरक्षा अधिकारीले पटक पटक प्रतिबद्धता समेत जनाएका छन,’ ती स्रोतले भने, ‘तर, कार्यान्वयन हुँदैन ।’
    राज्य कमजोर हुँदा आफ्नै सम्पत्ति विदेशी लुटेर खाँदा निरिह बनेकोमा पिडारीवासीले ग्लानी प्रकट गरेका छन् । दिनभरि त्यही गाउँमा बसी साढे ४ बजे बल्ल प्रहरी टोलीसँग वीरगञ्ज फर्किएँ ।  by ekantipur.com


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    11 September, 2015

    आन्दोलनकारीद्वारा घाइते असईको लखेटीलखेटी हत्या

    बिहान मात्र मुस्किलले बाँचेका थिए विक

    २५ भदौ, महोत्तरी । 
    महोत्तरीमा आन्दोलनकारीले उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असईको हत्या गरेका छन् । महोत्तरीस्थित सशस्त्र प्रहरीका एसपी धिरेन्द्र पाण्डेले घटनाको पुष्टि गरेका छन् ।
    महोत्तरीमा शुक्रबार विहान आन्दोलनकारीको आक्रमणबाट असई थमनबहादुुर विक घाइते भएका थिए ।
    उनलाई उद्धार गरी जिल्ला अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर जानकपुर लैजाने क्रममा उनको आन्दोलनकारीले हत्या गरेका छन् ।
    मुल सडकमा ठाउँ ठाउमा अवरोध भएका कारण एम्बुलेन्स सहायक सडक मार्गबाट गएको थियो । भमरपुरा भन्ने स्थानमा पुगेपछि कल्भर्टमा अड्कियो । प्रहरीलाई जनकपुर लैजाँदै गरेको सूचना पाएर आन्दोलनकारीले पछ्याइसकेका रहेछन् ।
    कल्भर्टमा एम्बुलेन्स अड्किको मौकामा आन्दोलनकारी पुगेपछि एम्बुलेन्समा भएकाहरु भागे । गम्भीर घाइते असई थमनबहादुर पनि भाग्न खोजे । तर, घरेलु हतियारसहित आएका आन्दोलनकारीले लखेटी लखेटी असई विकको हत्या गरेका छन् ।
    आन्दोलनकारीले एम्बुलेन्समा आगो लगाएका छन् । असई विकको शव त्यहाँबाट झण्डै डेढ किलोमिटर हत्या गरिएको अवस्थामा भेटिएको एसपी चन्दले अनलाइनखबरसँग बताए ।
    बिहान मात्र मुस्किलले बाँचेका थिए विक
    असई विक शुक्रबार विहान हेटौंडामा संयुक्त राष्ट्रसंघको परीक्षामा सहभागी भएर फर्किएका थिए । गाडीबाट बर्दिबाससम्म पुगेका उनी त्यहाँ हरेको सशस्त्रको बेसब्याम्पबाट साइकल लिएर जलेश्वर पुगृेका थिए ।
    चोकमा रहेका आन्दोलनचकारीले उनलाई चिनेपछि रोकेर आक्रमण गरेका थिए । उनी भागेपछि लखेल्दै जलेश्वर बजारको पोखरी छेउमा पुर्‍याए । ज्यान बचाउन असई विक पोखरीमा हाफ फाले ।
    आन्दोलनकारीले त्यहाँबाट निकालेर कुटे । उनको टोउकोका साथै शरीरको विभिन्न भागमा चोट लाग्यो । थप प्रहरी पुगेपछि उनले नयाँ जीवन पाएका थिए ।
    तर, थप उपचारका लागि जनकपुर लैजाने क्रममा आन्दोनलनकारी नै उनको हत्या गरेका छन् । एम्बुलेल्स चालक र असाई विकसँगै रहेका सशस्त्र प्रहरीका एक अधिकारीको अवस्था अज्ञात छ । By- Onlinekhabar



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    लाखौँ विद्यार्थीको भविष्यपनि बन्द !

    मोर्चाले बन्दको क्रममा प्रमुख चारदलको सव यात्रामा सहभागि एक स्कुले विद्यार्थी । फोटो : जियालाल  


    Jiyalal Sah
    जियालाल साह 
     एक महिनादेखि मधेश बन्दले व्यापारीहरु समेत आजित भएर बन्दको विरोध गरे शिक्षा क्षेत्रका लागि कसैको पनि गाई गुई सुनेको अवस्था छैन । जब कि शिक्षा ति बन्दकर्ता र व्यापारी, व्यवासायी सम्पुर्णलाई अति आवश्यक कुरा हो । 
    आन्दोलनमा हाम्रो देश सार्क राष्ट्र मै अगाडी छन्, यसो भनिराख्दा चिन्तित हुदैँ रामाकान्त साह भन्छन, गाँस, बास, कपास जसरी अनिवार्य छ, त्यसरी नै शिक्षा पनि अनिवार्य छ भन्ने, हाम्रा नेताहरुले कहिले बुझदेलान १ अधिकार र प्रदेशकै लागि बन्द हो भने कुन प्रदेशलाई शिक्षा चाहिएको छैन् रामाकान्त प्रश्न गर्छन । उनि
    एन आई कलेजका विद्यार्थी हुन् नेताहरुले गराएका वर्गिकरण अनुसार उनि मधेशी समुदायमा पर्छन् । यसो भनिराख्दा आफु लज्जित महशुस गरेको रामाकान्त बताउछन् ।  
      देशमा गएको विपदले
    समेत विद्यालयमा पढाई हुन नसकेको अवस्थामा राजनितिक किचलोको बन्दले ठप्प गरेको पठनपाठनमा रामाकान्त झै गौतम माविमा अध्ययनरत राहुल पनि ज्यादै चिन्तत छन् । उनि भन्छन् ‘प्रथम परीक्षा चलदैथिए चार वटा मात्रै परीक्षा सकेको छ, दुई दिन विद्यालय पुगे तर फर्केर आए ।’ विद्यालयलाई शान्ति तथा बन्द मुक्त क्षेत्र घोषणा गर्नका लागि जिल्ला तथा केन्द्रका शिर्ष नेताहरुले पहिला नै लिखित रुपमा प्रतिबद्धता जनाइ सकेका छन् । तर नानि देखि लागेको बानि झै वेपरवाह सरकारी, समुदायिक तथा निजि विद्यालय, शैक्षिक संस्थाहरु बन्द गराएका छन् । 
     नयाँ वर्षको सुरुवातमै भुकम्पले विद्यार्थीहरुलाई ढेड महिना नराम्रो संग प्रभावित ग¥यो यसैगरी अत्याधिक गर्मिले विदा नै दिनुप¥यो यि यस्तै विपतले आधि वर्ष वित्यो तर विद्यार्थीहरु ३÷४ च्यापटर भन्दा बढी पढन नपाएको अवस्थामा पहिचानको लडाई भनि विद्यालय बन्द गराउनु असोभनिय रहेको माईस्थान विद्यापिठका प्रधानाध्यापक विनोद मेहता बताउछन् । विद्यार्थीहरुको पढने समय वर्षको सुरुवात मै हो, प्रअ मेहता भन्छन झन कक्षा १० का विद्यार्थीहरुलाई फागुन सम्म मात्रै पढउन पाउँछौँ, फलामे ढोका मानिएको एसएलसी परिक्षामा यि यस्तै अवस्था रहे राम्रो प्रतिफलको आस गर्नु दिवा सपना देख्नु बराबर हो । तिन दिने बन्द पश्चात अनिश्चतकालिन बन्दको अहवान सुने लगतै मैले एकल प्रयासमा विद्यार्थीहरुलाई स्कुल पोसाक नलगाई पढानका लागि बोलाए तर अभिभावकहरु डरले मानेनन् दोस्रो दिन देखि विद्यार्थीहरु आएनन् प्रअ मेहताले बताए । प्रत्यकेदिन विद्यार्थी र अभिभावकहरुले बन्द कहिले खुल्छ भनि फोन गरेर हैरान पार्छन बन्दको विकल्प नभइन्जेल विद्यालय बन्द नै रहने बताउने गरेको प्रअ मेहता बताउछन् ।
     प्रजातान्त्रिक व्यवस्थामा हक अधिकारका लागि आन्दोलन गर्नु आफनो ठाउमा छदैछ तर शैक्षिक क्षेत्रलाई शान्ति तथा बन्द मुक्त क्षेत्र घोषणामा प्रतिबद्धता गरेर शिक्षा क्षेत्रलाई ठप्प पारि आन्दोलन गर्नु विद्यार्थीको जिवनसंग खेल्वाड गर्नु बराबर रहेको अभिभावक संघका अध्यक्ष अमर गौतम बताउछन् । यस बन्दले पुर्ण रुपमा विद्यार्थी प्रभावित हुने अध्यक्ष अमर गौतम बताउछन, उनि भन्छन विद्यालयको दोष भएको भए विद्यालयले बेहोर्ने कुरा हुन्थ्यो तर बन्दले राजनैतिक स्वार्थ मात्र पुर्ति गर्छ त्यसैले शैक्षिक संस्था बन्द नगराई सञ्चालनमा ल्याईदिएको भए विद्यालयहरुसंग सहकार्य गरेर विदाको दिनमा पनि अध्यापन गराई विद्यार्थीको पढाई मेकअप गराउन्थ्यो ।
    बन्दको विरोध गर्दै व्यापारीहरु । फोटो : जियालाल 
     बन्दको समर्थन प्याबसनले समेत यसअघि नै गरिसकेको छ, निजि विद्यालयमा अध्यापन गराई रहेका एक अभिभावकले भने निजि विद्यालयहरुको छाता संगठनको रुपमा रहेको यी संस्थाहरु विद्यार्थीको सहयोग गरि विद्यालयहरु खेलाउनुको साटो बन्दको समर्थन गर्नु गैरजिम्मेबारी पन हो । भुकम्पमा पढाई भएन तर विद्यार्थीको शुल्क मिन्हा भएन, यसैगरी गर्मि विदा र यो बन्दमा पढाई नभईरहेको बेलामा यी छाता संगठनहरुले विद्यार्थीको शुल्क मिन्हा गराउछन् उनि प्रश्न गर्दै, विद्यार्थीको भविष्यप्रति स्वार्थको राजनिति नगर्न आग्रह गर्छन् । यता प्याबसन पर्साका अध्यक्ष लालबाबु पटेलले भने शान्तिपुर्ण आन्दोलन भएकोले समर्थन गरेको दाबि गर्छन, उनि भन्छन् विद्याथीलाई पठन पठान मर्का परेपनि हामी शुल्क मिन्हा गराउन सक्दैनौँ वन्द भएपनि घरभाडा, शिक्षकको तलब लगायतको खर्च व्यवहोर्नुपर्नेले हामि वन्दमा विद्यार्थीको शुल्क मिन्हा गरउन नसक्ने अध्यक्ष पटेल बताउछन् । 
     यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक प्रदिप यादव भने हाम्रो मनोसाय शिक्षा क्षेत्र खोल्नु हो तर स्कुल बस नचलाएर खोल्ने सम्भावना गर्न सकिन्छ हालको अवस्थामा केहि भन्न नसकिने अवस्था रहेको बताउछन् । जिल्ला शिक्षा कार्यलयसंग बुझदा यसै बन्दमा जिल्ला शिक्षा अधिकारी काठमाडौँ भएका कारण नआउनजेल केहि भन्न नमिल्ने एक अधिकारी बताउछन् ।      
    09 September, 2015

    स्कर्टिङ गरी ल्याएको ग्याँसमा पनि कालाबजारी

    वीरगंज, २3 भदौ/    
        प्रतिसिलिन्डर ७० रुपियाँ बढी लिएर बिक्रेताले ग्याँस बेच्न थालेपछि उपभोक्ताले प्रहरीलाई खबर गर्‍यो। 
        मङगलवार बिहान वीरगंज–६ स्थित जय माँ दुर्गा इन्टर प्राइजेजले प्रतिसिलिन्डर १४ सय ५० रुपियाँ असुलेर  खाना पकाउने ग्याँस बिक्री गरिरहेको थियो। पछिल्लोपटक ग्याँसको भाउ घटे पछि ग्याँसको बिक्री मुल्य प्रतिसिलिन्डर   १३ सय ८० भएको कुरा उपभोक्ताले बताउँदासमेत बिक्रेताले स्कर्टिङगमा ल्याउँदा मूल्य बढी परेको भन्दै अटेर गरी बढी मूल्य असुलिरहेका थिए ।    “लान मन छ भने लैजाऊ, नत्र चुप लागेर जाऊ, ग्याँस छैन।” इन्टरप्राइजेजका सञ्चालक तथा बिक्रेताको ठाडो जवाफ थियो। कालो बजारी भइरहेकोबारे उपभोक्ता मध्येकाले प्रहरीलाई खबर गर्‍यो। वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी नायब निरीक्षक रमेश रेग्मीको नेतृत्वमा करिब एक घण्टा पछि प्रहरी टोली बिक्रीस्थलमा पुगेको थियो।
        इन्टरप्राइजेजका सञ्चालकले प्रहरीको कुरै सुन्न चाहेन। कम्पनीले नै बिक्री मूल्य १४ सय ५० तोकेको छ भन्दै उसले ग्याँस बेचिरहयो।
        पछि प्रहरी नायब निरीक्षक रेग्मीले ‘अटेर गरे नियन्त्रणमा लिएर कालाबजारीबापत मुद्दा चलाउने’ चेतावनी दिएपछि मात्रै बिक्रेता केही हच्कियो र १३ सय ८० को दरमा बिक्री गर्न थालेको थियो। प्रहरीले बिक्रेतालाई कारबाई बिना नै छोडेको भन्दै उपभोक्ताले विरोध जनाएका छन्।
        प्रहरीले चेतावनी दिने बेलासम्म धेरै जना ग्राहक ठगिइसकेका प्रत्यक्षदर्शी  रमेश गुप्ताले प्रतीकलाई बताए। बढी मूल्य तिरेका उपभोक्ताहरूलाई साँझसम्म इन्टरप्राइजेजले बढी रकम फिर्ता नगरेको उपभोक्ता तपेश्वर नाथले जानकारी
    गराएको छन्।
        उक्त इन्टरप्राइजेजलाई मङगलवार राति प्रहरीले नै स्कर्टिङग गरेर ग्याँस ल्याइदिएको हो। स्कर्टिङग गर्दा अतिरिक्त कुनै शुल्क नलागेको सुरक्षास्रोतले जनाएको छ। ग्याँस बिक्रेताले प्रहरीकै अगाडि कालाबजारी गर्दा पनि कारबाई नगरी छोड्दा उनीहरूको मन झन् बढ्ने हुँदा कारबाई चलाउन माग  छ। 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    04 September, 2015

    यो हो दुनियाकै सर्वाधिक शक्तिशाली डिजिटल क्यामेरा

    Camera1
    म सँग त निकै उच्च गुणस्तरको तथा शक्तिशाली क्यामेरा छ भन्दै फुइँ लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने अब चुपचाप बसे जाति । अझ तपाइँको क्यामेराफोनलाई त यसले लाजमर्नु नै बनाउला । किनकी वैज्ञानिकहरुले विश्वमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्दैछन् ।
    कस्तो होला त त्यो क्यामेरा ? अनि कसले प्रयोग गर्ला त ? यो जिज्ञासा रहनु स्वभाविकै हो । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा रहने यो ३.२ गिगापिक्सेलको यो क्यामेराले खिचेको तस्वीर यति विस्तृत हुनेछ की एउटै तस्वीरलाई देखाउनका लागि १५ सयवटा हाइ डेफिनेसनवाला टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ ।
    यो क्यामेराको आकार झण्डै एउटा कारको जत्रै हुनेछ । यसको तौल झण्डै ३ टन रहने छ । यो क्यामेरा अहिलेसम्म बनेका मध्ये सबैभन्दा ठूलो तथा गह्रौँ क्यामेरा पनि हुनेछ ।
    Camera2
    यो क्यामेराको सहायताले लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपले ब्रम्हाण्डको निकै विस्तृत तस्वीर खिच्न सक्नेछ अनि खगोलिय अध्ययनमा नयाँ अध्याय थपिने विश्वास गरिएको छ ।
    यसबाट प्राप्त तथ्यहरुको आधारमा खगोलविदहरुले आकाशगंगाहरुको निर्माणको अध्ययनका साथै हानिकारक क्षुद्रग्रह पत्ता लगाउन सक्नेछन् । त्यसका साथै विस्फोट भइरहेका ताराहरुको अवलोकनका साथै ब्रम्हाण्डको ९० प्रतिशत भाग ओगट्ने रहस्यमय कालो छिद्रका साथै कालो उर्जाको बारेमा बुझ्न समेत थप मद्दत मिल्ने विश्वास गरिएको छ ।
    यो क्यामेरालाई अन्तरीक्षमा पठाइनेछ र यो लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपको मुटुको रुपमा रहनेछ । उक्त दूरवीन ८.४ मिटर लामो हुनेछ, जुन अहिले चिलीमा निर्माण भैरहेको छ ।
    अमेरिकाको उर्जा विभाग अन्तरगतको एसएलएसी नेसनल एक्सलेरेटर ल्याबोरेटरीले विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली यो क्यामेराको निर्माण थालनी गर्न स्विकृति दिएको छ ।
    Camera 3
    १ सय ८९ वटा सेन्सर रहने यो क्यामेराको रिजोलुसन ८ लाख वटा ८ मेगापिक्सेलका क्यामेरा बराबर रहेको छ । साथै यसमा फिल्टर चेंजिंग प्रणालीका साथै विभिन्न तरंग गतिका प्रकाश अवलोकनका लागि सटर पनि रहेको छ ।
    अबको पाँच वर्षभित्रमा यो क्यामेराको निर्माण सम्पन्न गरी यसको परीक्षण गर्ने योजना गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एसएलएसी नेसनल एक्सलेरेटर ल्याबोरेटरीको दुइतले सफा कोठामा यसको निर्माण भएर परीक्षण हुनेछ र पछि त्यसलाई दुरविनमा स्थापित गरिनेछ ।
    Camera4
    सन् २०२२ बाट क्यामेरा तथा दुरविनले आफ्नो १० वर्षे मिसन सुरु गर्नेछन् र हरेक रात पूरै दक्षिण आकाशको डिजिटल तस्वीर खिच्नेछन् । त्यसबाट प्रतिवर्ष ६० लाख गिगाबाइट तस्वीर डाटा संकलन हुने अपेक्षा गरिएको छ र अहिलेसम्म नदेखिएका तारा तथा ग्रहहरु देखिने आशा छ ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    Scroll to Top