• नयाँ खबर

    30 October, 2015

    ७५ वटै जिल्लाका प्रहरी कार्यलयहरूको ड्युटि अफिसर हरूको फोन र मोवाइल (Nepal District's Officers Number's)

    कुनै समस्या परेमा  समयमा नै सम्बन्धित निकायमा खवर गरे चाडैसामधान हुन सक्छ थाहा पाइ राखाै ७५ वटै जिल्लाका प्रहरी कार्यलयहरूको ड्युटि अफिसर हरूको फोन र मोवाइल Number Note
    जिल्ला कार्यलय मोवाइल number
    पर्सा 051-522151, 9855090136, 9855075555, 985113182
    राैतहट 055-520099, 9855040999, 9855035555, 9851057575
    वारा 053-550100, 9855045101, 9855005555, 9851280137
    मकवानपुर 057-520399, 9855090150 ,9855045555
    चितवन 056-520155, 9855090133, 9851280358, 9855015555
    धनुषा 041-520099, 9854026090, 9854005555, 9851280166
    महोत्तरी 044-522151, 9854030099, 9854085555, 9851033405
    सर्लाही 046-520714, 046-520099, 9854075555, 9851280133
    तेह्रथुम 026-460100, 9852060199, 9852095555, 9851059655
    धनकुटा 026-520100, 026-520698, 9852035555, 9851127948
    संखुवासभा 029-560100, 9852090181, 98520755555, 9851281334
    भोजपुर 029-420199 9852090148 9852015555 9851281301
    सुनसरी 025-560100 9852090127 9852085555 9851280212
    मोरङ्ग 021-530358 9852026750 9852005555 9851052263
    झापा 023-456100 9852671555 9852615555 9851280424
    इलाम 027-520100 9852690030 9852605555 9851131978
    पाँचथर 024-520100 9852681122 9852625555 9852690001
    ताप्लेजुङ्ग 024-460199 9852690052 9852635555 9851091116
    सप्तरी 031-520055 9852890270 9852855555 9851030589
    सिराहा 033-520005 9852890044 9852865555 9851280067
    उदयपुर 035-420199 9852835277 9852815555 9851280840
    खोटाङ्ग 036-420199 9852805555 9851080359
    अोखलढुङ्गा 037-520199 9852890050 9852875555 9841355106
    सोलुखोम्वु 038-520199 9852825555 9852825555
    काभ्रे 011-490202 9851280441 9851235555 9851091734
    सिन्धुपाल्चोक 011-620104 9851280374 9851255555 9851023747
    धादिङ्ग 010-520199 9851245555 9851280977
    नुवाकोट 010-560199 9851282811 9851295555 9851280403
    रसुवा 010-540199 9851282801 9851275555 9851280366
    सिन्धुली 047-520199 9854090133 9854065555 9851281199
    रामेछाप 048-540099 9854040706 9848060989 9854055555
    दोलखा 049-421199 9854015555 9851024584
    कास्की 061-522099 9856039599 9856005555 9851280477
    स्याङ्जा 063-420199 9856090162 9856075555 9851122133
    गोरखा 064-420199 9856055555 9851280552
    लम्जुङ्ग 066-520199 9856015555 9851128499
    मनाङ् 066-440199 9856035555 9841832693
    तनहुँ 065-560199 9856090178 9856065555 9841608863
    रूपन्देहि 071-520199 9856090622 9857075555 9851280370
    कपिलवस्तु 076-560099 9857090353 9857023470 9841326432
    नवलपरासी 078-520199 9857065555 9857045403 9851042422
    पाल्पा 075-520199 9857095555 9841696434
    अर्घखाँची 077-420199 9857090352 9857005555 9851282000
    गुल्मी 079-520199 9857061710 9857015555 9851280377
    बाग्लुङ्ग 068-520199 9857620003 9857605555 9857090014
    पर्वत 067-420199 9857630551 9857615555 9851093858
    म्याग्दी 069-520299 9857640444 9857625555
    मुस्ताङ्ग 069-440099 9857635555 9851076648
    दाङ्ग 082-560199 9857890101 9857805555 9851012422
    प्युठान 086-420049 9857815555 9851110752
    रोल्पा 086-440199 9857825555
    रूकुम 088-530187 9857835555 9851280111
    सल्यान 088-520099 9857890077 9857845555 9849797490
    बाँके 081-520211 9858090110 9858055555 9742003314
    वर्दिया 084-420199 9858090101 9858035555 9841448195
    सुर्खेत 083-520199 9858090190 9858005555 9851280123
    दैलेख 089-420113 9858090122 9858015555
    जाजरकोट 9858054050 9858054050
    जुम्ला 087-520013 087-520263 9858325555 9742055566
    कालिकोट 087-440083 9858390011 9858335555 9745035140
    मुगु 019-460099 9858345555 9851061104
    हुम्ला 019-680055 9638819953 9858315555 9851280555
    डोल्पा 087-550056 9847815049 9858305555 9848205852
    कैलाली 091-521150 9858425555 9851280141
    डोटी 094-420205 9858440199 9858435555 9851280379
    अछाम 097-620199 9858490126 9858405555 9851280800
    बझाङ्ग 092-421005 9858415555 9851280433
    बाजुरा 097-541130 9858490053 9858445555 9851147258
    कन्चनपुर 099-521200 9858752200 9858735555 9851284000
    डडेलधुरा 096-420199 9858790070 9858715555 9851280180
    बैतडी 095-520199 9858705555 9858705555 9741193563
    दार्चुला 093-420199 9858725555 9858790023
    ललितपुर 5551055 9851283017
    भत्तपुर 6614852 9851283020
    काठमान्डाै 4261360 9851283012

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    29 October, 2015

    प्रथम राष्ट्रपति डा. यादवका सात गल्ती : सफ्ट ‘कु’देखि पुत्रप्रेमसम्म

    Rambaran Yadab

    यसरी बिते शीतलनिवासमा रामवरणका सात वर्ष


    १२ कात्तिक, काठमाडौं । सात वर्षभन्दा लामो कार्यकाल पूरा गरेर गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव बिहीबार शीतलनिवासबाट विदा हुँदैछन् । विदा लिने क्रमसँगै यादवको कार्यकालको आम नागरिकहरुबाट समीक्षासमेत हुन थालेको छ ।
    नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई पद हस्तान्तरण गरेपछि यादव शीतलनिवासबाट बाहिरिनेछन् । उनको विदाइमा सरकारले शीतलनिवासको दक्षिणतर्फको बगौंचामा औपचारिक कार्यक्रम समेत राखेको छ ।
    डा. यादव ०६५ साउन ५ गते गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेका थिए । सात वर्ष तीन महिने कार्यकालमा यादवले संक्रमणकालीन राजनीतिलाई दलीय सहमतिमा अघि बढाउन उल्लेख्य भूमिका खेले ।
    सकारात्मक भूमिका
    दलहरुबीच आरोप प्रत्यारोप र शीतयुद्ध जस्तै अवस्थामा पुगेका बेला उनले नेताहरुलाई शीतलनिवासमा बोलाएर सहमति बनाउन अविभावकीय भूमिका खेेले ।
    संविधानसभाको दोस्रो निर्वाचनका क्रममा वैद्य माओवादीसहितका दलहरुलाई सहमतिमा ल्याउन पनि उनले मध्यस्थकर्ताको भूमिका खेले । तर, दलहरुको यो प्रयास सफल भएन र बैद्य माओवादी संविधानसभाको दोस्रो चुनावमा सहभागी भएन ।
    मधेसी समुदायबाट राष्ट्रपति बनेका यादवले राष्ट्रिय एकता एवं सामाजिक सदभावमा सकारात्मक भूमिका खेले । मधेसवादी दलहरुले उनलाई ‘पहाडे राष्ट्रवादी’को लाञ्छना लगाए पनि उनले दौरा सुरुवाल र ढाका टोपी लगाएर हिमाल, पहाड, तराई सबैको साझा व्यक्तित्वका रुपमा आफूलाई उभ्याए ।
    कार्यकालको उत्तरार्धमा उनले मधेसी समदायको भावना संविधानमा समेट्नुपर्ने अडान राखेर मधेसी जनताको पनि भावनाको प्रतिनिधित्व गर्ने काम गरे ।
    समग्रंरुपमा मूल्यांकन गर्दा राष्ट्रपति यादवको लामो कार्यकाल असफल वा दुखद रहेन । उनीविरुद्ध एकपटक पनि अविश्वासको प्रस्ताव संसदमा पेश भएन ।
    तर, सात वर्ष केही महिनाको कार्यकालमा खेलेका धेरै सकारात्मक भूमिकाका बीच राष्ट्रपति यादव बेलाबेला विवादमा समेत तानिए । कटवाल काण्डमा त राष्ट्रपति यादवविरुद्ध सडकमा समेत नारा लाग्यो । राष्ट्रपति यादवको कार्यकालका सातवटा महत्वपूर्ण विवादलाई यसरी हेर्न सकिन्छ :

    १. कटवाल काण्ड
    राष्ट्रपति यादवको सातवर्षे कालकालको सबैभन्दा विवादास्पद काण्ड हो रुक्माङगद कटवाल प्रकरण । यादव राष्ट्रपति बनेको केही दिनपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने ।
    प्रचण्ड सरकारले ०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो । तर, सेरेमोनियल भूमिकामा रहेका राष्ट्रपति यादवले सरकारको निर्णय उल्टाउँदै मध्यरातमा कटवाललाई थमौती गरिदिए, जुन राष्ट्रपतिको कुर्सीबाट गरिएको संवैधानिक गल्ती एवं शक्तिको दुरुपयोग थियो ।
    कटवाल काण्डकै कारण प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए भने नागरिक सर्वोच्चको नारा लिएर एमाओवादी सडकमा उत्रियो । नागरिक समाज विभाजित भयो । केहीले राष्ट्रपतिविरुद्ध सडकमा नारा लगाए । तर, धेरैले भने यो प्रकरणमा सरकारले गरेको राजनीतिक गल्तीलाई राष्ट्रपति यादवले संवैधानिक गल्तीमार्फत सच्याएको बताउने गरेका छन् ।

    २. पुत्रमोह
    यादव राष्ट्रपति बनेपछि धनुषा क्षेत्र नम्बर ५ मा उपचुनाव हुने भयो । तर, यादवले पुत्रमोह देखाएपछि उनी आलोच्य बने । उनले नेपाली कांग्रेसको राजनीतिमा खासै योगदान नदेखिएका डाक्टर छोरा चन्द्रमोहनलाई वीर अस्पतालको रेडियोलोजिस्टबाट राजीनामा गराई उम्मेदवार बनाउन कांग्रेस नेतृत्वलाई दबाव दिए र सफल पनि भए । तर, छोरा डा. चन्द्रमोहन एमालेका रघुवीर महासेठसँग पराजित भए ।
    यो प्रकरणमा राष्ट्रपति यादवले छोरा चन्द्रमोहनलाई भोट मागेको तथा शक्तिको दुरुपयोग गरेको आरोप समेत लाग्ने गरेको छ ।
    चन्द्रमोहन अधिकांश समय बाबुसँगै शीतलनिवासमा बसे र दोस्रो संविधानसभा चुनावमा पनि छोरालाई कांग्रेसबाट टिकट दिलाएरै छाडे । दोस्रो चुनावमा चन्द्रमोहन धनुषा ५ बाट निर्वाचित भएका छन् । यादवमाथि चन्द्रमोहनलाई मन्त्री बनाउन दबाव दिएको आरोप पनि लागेको छ । चुनावमा बाबुले शक्तिको दुरुपयोग गरेर छोरालाई जिताएको आरोपसमेत राष्ट्रपतिमाथि लाग्दै आएको छ ।
    छोरा चन्द्रमोहनजस्तै राष्ट्रपतिकी बुहारीले पनि प्रसुतीगृहबाट जागिर छाडेकी थिइन् । विदेश गएकी बुहारी नेपाल फर्केपछि प्रशुतीगृहमा पुनर्बहालीका लागि राष्ट्रपतिले टेलिफोनमार्फत दबाव दिने काम गरे । तर, यसमा उनी सफल भएनन्, उनको छविमा दागमात्र लाग्यो ।
    त्यसैगरी अविवाहित छोरीलाई देश-विदेश जहाँ जादाँ पनि सरकारी सुविधामा सँगै लिएर हिँड्ने गरेकोमा पनि नागरिक स्तरमा उनको आलोचना भयो ।
    ३. कांग्रेस महाधिवेशमा मुछिए
    राष्ट्रपतिमा निर्वाचित हुनुअघि यादव कांग्रेसका महामन्त्री थिए । राष्ट्रपति बनेपछि उनले बाहिर देखिने गरी कांग्रेससँग त्यति धेरै नजिकिएनन् । तर, कांग्रेसको १२ औं महाधिवेशनमा विवादमा आए ।
    काठमाडौंमा ०६७ मा भएको महाधिवेशनमा यादवले सुशील कोइरालालाई भोट मागेको आरोप लाग्यो । कांग्रेस नेताहरुका अनुसार राष्ट्रपति डा. यादवले तराई-मधेसका कांग्रेस महाधिवेशन प्रतिनिधिहरुलाई शीतलनिवासमा बोलाएर सुशीलका पक्षमा भोटका मागेका थिए ।
    ४. प्रधानमन्त्री भट्टराईको बर्खास्ती प्रयास
    पहिलो संविधानसभा नयाँ संविधान नै नबनाई ०६९ साउन १४ मा विघटन भयो । त्यसपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति डा. यादवबीचको कटुता छताछुल्ल भयो । आफ्नो घोषणा अनुसार ०६९ मंसिर ७ मा चुनाव गर्ने वातावरण बनाउन नसकेको आरोपमा राष्ट्रपति यादवले तत्कालीन प्रधानमन्त्री भट्टराईलाई बर्खास्त गर्ने असफल प्रयास गरे ।
    त्यही क्रममा तत्कालीन प्रधानमन्त्री डा. भट्टराईले आफू सिंहदरबारमै भीमसेन थापाजसरी सेरिन तयार रहेको तर आत्मसमर्पण नगर्ने सार्वजनिक चुनौती दिए ।
    बाबुरामलाई हटाउनका लागि रामवरणले सेनापति गौरवशमशेर जबरासँग सहयोगसमेत मागे । तर, जबराले सरकारलाई समर्थन गर्ने जवाफ दिएपछि यादव असफल भए । प्रधानन्त्री भट्टराईले सार्वजनिक रुपमै यादवमाथि ‘कू’ को प्रयास गरेको आरोप लगाए । शीतलनिवासले अहिलेसम्म खण्डन गर्न सकेन ।
    यादवले ०६९ मंसिर ९ मा सरकार गठनको आह्वान गरे । यससँगै राष्ट्रपति यादव फेरि विवादको अर्को भूमरीमा परे ।
    सत्तारुढ एमाओवादी र मधेसी मोर्चाको अस्वीकारका बाबजुद यादवले अन्तरिम संविधानको धारा ३८ को उपधारा १ अनुसार सहमतिका आधारमा प्रधानमन्त्री छान्न आहृवान गरेका थिए । राष्ट्रपतिलाई यो अधिकार नभएको भन्दै तत्कालीन सरकारले विरोध पत्र बुझायो ।
    एमाले अध्यक्ष केपी ओलीले त संसदमा यो संसदले वर्तमान राष्ट्रपतिलाई चिन्दैन समेत भने
    तत्कालीन राजनीतिको चार शक्तिमध्ये माओवादी र मधेसी मोर्चाको सहमति नभएकाले राष्ट्रपतिको आहृवान कार्यान्वयन भएन र भट्टराईलाई हटाउने यादवको दोस्रो प्रयास पनि असफल बन्यो ।
    ५. खिलराज प्रकरण
    दलहरुबीच सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने ०६९ चैतमा सहमति भयो । संविधानले कतै परिकल्पना नगरेको प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने दलहरुको सहमतिलाई राष्ट्रपतिले सहीछाप लगाए, जसलाई संवैधानिक कानूनका विज्ञहरुले उनको गलत कदममा रुपमा विश्लेषण गर्ने गरेका छन् ।
    बाधा अड्काउ फुकाएर यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बन्ने बाटो खोले । संवैधानिक हिसावले यो नयाँ संविधानको गम्भीर उल्लंघन थियो । यसले कार्यपालिका र न्यायापालिकाको सम्वन्धमा नै खखल पुगेको संविधानविदहरु बताउँछन् ।
    ६. संसदबाट अनुमोदन हुन अस्वीकार
    मंसिरमा नयाँ संविधानसभाको चुनाव भएपछि कांग्रेस पहिलो, एमाले दोस्रो र एमाओवादी तेस्रो शक्ति बन्यो । तर, कांग्रेस र एमालेको सिट अन्तर धेरै ठूलो भएन र एमाले नेतृत्वले राष्ट्रपति नयाँ संसदबाट अनुमोदन हुनु पर्ने एजेण्डालाई जोडले उठायो ।
    एमाले अध्यक्ष केपी ओलीले त संसदमा यो संसदले वर्तमान राष्ट्रपतिलाई चिन्दैन समेत भने । सुशील कोइराला नेतृत्वको सरकार गठनका लागि कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा पनि राष्ट्रपति संसदबाट अनुमोदित हुनु पर्ने उल्लेख थियो ।
    तर, राष्ट्रपति यादवले संसदबाट अनुमोदित हुन आवश्यक ठानेनन् र त्यसको विरोध गरे । सत्तामा पुगेपछि आफूले उठाएको अनुमोदनको ऐजेण्डा एमालेले बिर्सिएपछि यादवलाई सजिलो भयो ।
    ७. र, जाने बेलामा मधेस मोह
    राष्ट्रपति हुनु अघि र भएपछिको सात वर्षे कार्यकालमा यादवले एक मधेस प्रदेशको कहिल्यै समर्थन गरेनन् । उनी सधै सबैलाई समेटेर लैजान दलहरुलाई प्रत्साहित गरिरहे । मधेसी दलहरुको सत्तामोह र थारु आन्दोलनले एक मधेस प्रदेश एजेण्डा आफैं कमेजार बन्यो ।
    मधेसवादी दलहरुको विरोधका बाबजुत संविधान घोषणामा सहभागी भएर उनले आफ्नो जिम्मेवारी निर्वाह गरे । साउन ३ गते संविधानसभा बैठकमा उपस्थित भएर यादवले संविधान जारी गर्न मान्दैनन् भन्ने प्रमुख दलहरुको अड्कलबाजीलाई गलत सावित गरे ।
    तर, सात वर्ष केही महिने कार्यकालको उत्तरार्धमा राष्ट्रपति यादवमा एकाएक मधेसमोह देखियो । नयाँ संविधान जारी भएपछि एक भारतीय पत्रिकालाई अन्तरवार्ता दिएर उनले शक्ति सन्तुलनका लागि भन्दै नयाँ राष्ट्रपति पनि मधेसबाटै हुने पर्ने अभिव्यक्ति दिए ।
    राष्ट्रपतिको ‘मधेसमोह’ राजनीतिक रुपमा त गल्ती थिएन । तर, संवैधानिक हिसाबले कार्यपालिका एवं संविधानसभाले गरेका काममा हस्तक्षेप गर्न खोज्ने उनको यो नियत संवैधानिक राष्ट्र प्रमुखका लागि शोभा दिने विषय थिएन ।
    अन्तिम घडीमा मधेसमोहसँगै यादवले पदमोह पनि देखाए । उनले दलहरुले चाहे आफू फेरि राष्ट्रपति बन्न तयार रहेको बताएर यस्तो छनक दिए ।
    अन्त्यमा,
    मानवीय हिसाबले राष्ट्रपति यादवमा गल्ती र कमजोरी देखिनु स्वाभाविकै हो । तर, प्रथम राष्ट्रपतिसँग व्यवहारिक अनुभव पनि नयाँ थिए । र, उनले गरेका कामहरु नयाँ राष्ट्रपतिका लागि परम्परा वा नजिर बन्ने सम्भावना पनि छ ।
    यसैक्रममा सामान्य विरामी हुँदा ६० लाख खर्च गरेर जापानमा उपचार गर्न गएको घटना होस् या अवकाश हुँदा राज्यले दिन लागेको सुविधालाई घटाउन आग्रह नगरेको विषय होस् यसले रामवरण सादगी भन्दा पनि ‘लालची’ पो हुन् कि भन्ने परेको छ ।
    राष्ट्रपतिबाट अवकाश पाए पनि राज्यबाटै पालित हुने यादवका गतिविधि नेपाली नागरिकले आजीवन नियालिरहने छन् । एकजना मेडिकल डाक्टरका हिसाबले उनले नेपाली जनताको सेवा गरिरहे भने जनताले राष्ट्रपति बनाएर उनीमाथि लगाएको गुन चुक्ता हुनेछ र उनका कमजोरीहरु पनि नेपाली जनताले बिर्संदै जानेछन् । राष्ट्रपति पदको गरिमा पनि अरु चुलिनेछ ।- Onlinekhabar

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    19 October, 2015

    अधिवक्ता दिपेन्द्र झालाई खुला पत्र,


    दाजु नमस्कार, 
    कसरी चिनाउँ म तपाईँलाई? तपाईँले त आफुलाई नेपालमा जन्मिएको मधेशी भन्नुहुन्छ। जन्मनत हामी दुवै एकै क्षेत्रमा जनिएका हाैँ। तर म आफुलाई मधेशमा जन्मिएको नेपाली भन्न रुचाँउछु।
    तपार्इँले मेरो जात थाहा मात्र पाउनुभयो भने पनि मलाई गम्भीर आरोप लगाउनु हुन्छ,  ‘खस आर्य सामन्त’ भनेर। तर दाजु तपार्इँले भन्ने गरेको शोषित पीडित र उत्पीडित जातिका ठालु सामन्तहरुको जमिन्दारिबाट म लगायत पुरै मिथिला क्षेत्र नै पीडित छ। 
    तपाईँलाई त लाग्दो हो यो पहाडीया समुदायको मान्छे। यसले त सकेसम्म मधेशमा शोषण गर्छ। मधेशी समुदायको पीडा के बुझ्छ र ? शब्दको तानामाना बुनेर फेरि पनि तपार्इँको भावनामाथि प्रहार गर्र्देैछ। तर दाजु म मधेशमा जन्मेर मधेशलाई नै कर्म भूमी बनाउदैँ निरन्तर मधेशी जनताको सेवामा लागेको मान्छे। दुःख त त्यतिबेला लाग्छ जो मधेशमा जन्मेर मधेशीको नाममा अनेक सेवा सुविधा लिन्छ तर मधेशी जनताको सेवा गर्नको लागि मधेशलाई कर्म भूमी बनाउन त परै जाओस् आफ्नो समुदायको सबैभन्दा ठूलो पर्व छठ समेत रानी पोखरीमै मनाउँछ। र पनि आफुलाई मधेशी जनताको प्रवक्ताको रुपमा काठमाडौँबाट मिडियावाजी गर्छ। 
    दाजु, केही समय अघि तपाईँले लेख्नुभएछ कि धनुषा जिल्लामा सिडियोहरुको नामावलीमा एकजना पनि मधेशी छैन। ठिकै हो, जब तपाईँहरुले धनुषावासीहरुको उत्पीडनको विरुद्धमा जनकपुरमा बसेर वकालत गर्नुहुन्न भने किन कृष्णहरी पुष्कर, वीरेन्द्र कुमार यादव, अनिल ठाकुरहरु धनुषाका सिडियो बनुन्? आफुहरुचाँहि मधेशमा बस्न नमान्ने मधेशी जनताको उत्पीडनको जड के हो, मधेशी जनता किन पिडित छन् र मधेशको विकासको लागि आवश्यक मधेशी र पहाडी समुदायविचको मेलमिलाप र सहकार्य कसरी ल्याउने भन्ने तर्फ कहिल्यै विचारै नगर्ने तर राष्ट्रसेवाको निम्ति तराई मधेशमा अहोरात्र खटिने पहाडी समुदायलाई मधेशी नभएको एकमात्र कारणले भ्रष्ट देख्ने तपार्इँको मनोवृत्ति साम्प्रदायिक भएन र दाजु ? 
    दाजु, राष्ट्रियताको सवालमा महेन्द्रकालिन समय देखिनै मधेशी समुदायलाई रङ्ग र जातिकै आधारमा राज्यले विभेद गरेकै हो। यसमा राज्यको तर्फबाट सम्पूर्ण मधेशी समुदायसंग माफी माग्नै पर्छ। अब राष्ट्रियताको नयाँ परिभाषा विकास गर्नु आवश्यक छ। प्रत्येक नेपालीले रङ्ग र जातिको आधारमा कसैको राष्ट्रियता माथि गरिने शंकालाई पूर्ण रुपमा मेटाउन सक्नुपर्दछ। तर राष्ट्रियतालाई मजबुत बनाउने बेलामा तपार्इँको कुनै भूमिका नै छैन त? के सधै अर्को समुदायलाई गाली गरेर आफुलाई अब्बल बनाउन सकिन्छ र? 
    तपार्इँ काठमाडौँमा बसेर होला तपाईँले मधेशी जनताको वास्तविक माग बुझ्न सक्नु नै भएन। तपार्इँको उठबस नै मधेशको नाममा मधेशी जनतालाई शोषण गर्न पल्किएका जमिनदारहरुसंग मात्र भयो। धनुषाका मुसहर अनि सिराहाका चमारहरु त विचरा कसरी काठमाडौँ पुग्न सक्छन र? तिनीहरुको प्रतिनिधि बनेर काठमाडौँ छिरेकाहरुलाई त आलीसन महल बनाउनै ठीक भयो। दुई वर्षदेखि मधेशका उखु कृषकले चिनी मिलबाट भुक्तानी नपाएको अनि सिँचाइको अभावमा उर्वर भूमी बाझैँ बसेर मधेशका जनता खाडी मुलुक पस्नु परेको त पत्तै पाएनन्।
    दाजु तपार्इँलाई त लाग्दै छ कि मधेशी जनतालाई यो राज्यले अधिकार नदिएर उत्पीडित छन् तर साँचो मनले आफँैलाई सोध्नुस ०६२÷०६३ सालको जनआन्दोलन पछि सबैभन्दा बढी अधिकार पाउने समुदाय कुन हो भनेर। मधेशी समुदाय आज मधेसमा आन्दोलन गर्दैछन् तर के आन्दोलन अवसरको लागि हो त? अवसर (भलै त्यो मधेशीको नाममा केही ठालुहरुले मात्र उपभोग गरे) को लडाँई त पहिलो मधेश आन्दोलनबाटै जितिसकेका छन्। आज मधेशमा देखिएको जनउभार  कसैलाई न्यायधिस बनाउन वा अङ्गीकृत नागरिकता धारीहरुलाई मुख्य मन्त्री वा अन्य सर्वोच्च पदमा पुर्‍याउन हुदैँ हैन। यो जनउभार त मधेशको  विकास, समृद्धि र आत्मसम्मानको निम्ती हो। तपार्इँले चिन्ता देखाउनु भएको डा.सिके राउत प्रवृत्तिको समर्थन मधेशी जनताले कदापी गर्नेछैनन्। बरु मधेशी नेतृत्वले जन भावनालाई कुल्चेर पद र अवसरको खातिर विकास र आत्मसम्मानको मागलाई तिलान्जली दियो भने जनताले माफी दिने छैनन्। प्रधानमन्त्रीको निर्वाचनपछि मधेशी मोर्चाका नेताहरुको पुत्ला दहन र कार्यकर्ताहरुको सामुहिक राजिनामालाई नेतृत्वले खेलाची नसम्झे हुन्छ। अब पनि जनतालाई यो वा त्यो बहानामा भुल्याउन सकिन्छ भन्ने नसोच्दा हुन्छ। 
    तपाईँ कलम चलाउनु हुन्छ, तपाईँको बोली कसैले पत्याइदिन्छन् भने तपाईको आवाज के को निम्ती हो भनेर गम्भीर भएर सोच्नुहुन अनुरोध गर्दछु। तपाईँको कलमले सामन्तहरुको आवाजलाई हैन उत्पीडित जनजाति अनि बोल्न नसक्ने मधेशीको भावनालाई बोलिदिए बास्तवमै मधेशवाट उत्पीडन घट्ने थियो। तपार्इँको बोलीले भड्किएको तराई–पहाडको दुरीलाई कम गर्दै मेलमिलापको आवाज घनिभुत पारीदिए हुनेथियो। ऋतिक रोशन काण्डमा आफुले भोगेको अपमान र पीडा बोल्दै गर्दा मधेश आन्दोलनको नाममा जनकपुरबाट बिस्थापित भएकाहरुको पीडा पनि भनिदिए हुने थियो। 
    अन्तमा तपाईँ र म दुवै मिथिला भूमीको मान्छे। फरक यति हो तपार्इँले गर्वका साथ आफुलाई यस पवित्र भूमीको उत्पीडित धर्ती पुत्र भन्न पाउनु भएको छ। तर म यस क्षेत्रको जनताको सेवाको खातिर अहोरात्र खटेपनि तपाईँको समुदायबाट भ्रष्ट अनि खस आर्य सामन्त दरिनेमा परेको छु। तर मलाई कति पनि दुःख छैन किनकि मलाई आफ्नो जन्मभूमी (मिथिला क्षेत्र) को माया छ। मलाई थाहा छ एकदिन तपार्इँहरुले हामीलाई आफ्नो दुश्मन हैन परम मित्र सम्झनुहुनेछ। मेलमिलाप र सहकार्यका निम्ती हामी माथि लगाइएका सबै मिथ्या आरोपहरु तपाईँहरुले नै गलत सावित गरिदिनु हुनेछ।
    जब तराई मधेशमा मेलमिलापको भावना बलियो बन्छ आपसी द्धेष त्यागेर विकास समृद्धि र आत्म सम्मानको लागि सबै जात धर्म र समुदाय एकजुट हुने अवस्थाको सृजना हुन्छ तब मात्र मधेशको विकास सम्भव छ। अनि मात्र मधेशमा उत्पीडन घट्ने छ  । त्यसैले हामीलाई घृणा हैन माया गर्नुस्। मधेशको विकासको बाधक हैन। विश्वासिलो साझेदास सम्झिनसहोस्।  आउनुहोस् मधेश झर्नुहोस् यहाँको विकासको लागि हातेमालो गरौँ। भड्किएको सद्भाव फेरि मजबुत बनाउने कोशिस गरौँ।
    उहि तपाईँको प्रिय भाइ
    वावुराम भट्टराई, लालबान्दी, सर्लाही।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media. .... By- Setopati.com
    13 October, 2015

    बन्दमा विरामिको बेहाल,ग्रामिण भेगका समान्य विरामि सिकिस्त, महंगा एम्बुलेन्स भाडा तिरेर उपचार गराउनुपर्ने बाध्यता


     आश्विन २६ पर्सा
    जियालाल साह
    जारी मधेश आन्दोलनमा आज ६०  औँ दिन पनि व्यापार व्यवसाय पुर्ण रुपले ठप्प छ, आन्दोलनरत मधेशी मोर्चाले असोजको पहिलो साता देखि सुरु गरेको नाकाबन्दी आज २० औं दिन पनि जारी रहेको छ । बन्दले व्यापार व्यावसाय मात्र नभई ग्रामिण भेगबाट समान्य प्रकारका विरामि धेरै दिन देखि बाटो खुल्ने आसमा अस्पतालमा नआएकाले सिकिस्त भई महंगा एम्बुलेन्स भाडा गरेर अस्पतालमा
    आउने गरेको छ । प्रत्येक दिन ७/८ सय विरामि आउने यस अस्पतालमा अहिले सयौँको संख्यामा सिकिस्त खालका विरामिहरु भर्ना भएका छन् ।  
    ग्रामिण भेग भवराटार, जानकिटोला, सुवर्णपुर, विजयवस्ती लगायत टाढाका विरामिहरु नियमित सेवन गरिरहेको औषधीहरु सकेर यातायातका साधनहरु चल्ने प्रतिक्षामा सिकिस्त भई अस्पतालमा भर्ना हुन पगेकाछन् । भर्ना भएर पनि चाडै उपचार भईसक्ने अवस्था पनि वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालको छैन् । मधेश बन्दले अस्पतालमा चाप मात्र नभई औषधी पनि नपाईरहेको स्थानिय वीरगंज यूवा समाजका अध्यष कमल चौगाईले बताए ।
    उप–क्षेत्रिय अस्पतालमा एकै पटक सिकिस्त खालका विरामिको संख्या बढेर सिमित चिकित्सकले उपचार गर्नुपर्ने बाध्यता रहेको छ, यस अवस्थामा नेपाल सरकारले तोकेको चिकित्सकको दरबन्दी अनुसार चिकित्सक नहुदा समेत भएकै कर्मचारीले भ्याई नभ्याई विरामिहरुलाई सेवा दिनु परेको अवस्था रहेकोले नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्यक डा. निरज सिहले बताए । उनले भने खासगरि विरामिको ब्लड प्रेसर, डाईवेटिस सुगर, दम लगायतको औषधी सेवन भईरहेको विरामिहरुको औषधी सिधिरहेको अवस्थामा सिकिस्त भएर समान्य परिवारका मानिसहरु पनि बाध्य भएर उपचार गराउन एम्बुलेन्सको महंगा भाडा तिरेर ल्याउने गरेकाले अस्पतालमा विरामिको संख्या बढेको हो ।
    २ महिने काखे बच्चालाई सुई लगाउन आएका स्थानिय 
    यति मात्र नभई आवत जावतको कठिनाईले अस्पतालमा मात्र नभई हातामा रहेका औषधी पसलमा पनि सवै प्रकारका औषधी पाईनै हाल्ने स्थिति नरहेको अस्पतालका नासु उदय शंकर चौधरीले बताए । तर मधेश आन्दोलनमा घाईते भएकाहरुलाई उपचारका लागि चिकित्सकले सिफारिस गरेको औषधी अस्पताल हातामा रहेको फार्मेसिहरुबाट जसोतसो उपलब्ध गराईरहेको नासु चौधरीले दाबी गरे । 
    अस्पतालमा अहिलेको अवस्थामा सरसफाई लगायतको समस्यामा धेरै सुधार भएको स्थानिय बताउछन् । तर अस्पतालमा सरसफाईसंगै चिकित्सक पनि हुनुपर्ने २ महिने काखे बच्चालाई सुई लगाउन आएका स्थानिय बताए ।


    बन्दमा विरामिको बेहाल,ग्रामिण भेगका समान्य विरामि सिकिस्त, महंगा एम्बुलेन्स भाडा तिरेर उपचार गराउनुपर्ने बाध्यता

    २ महिने काखे बच्चालाई सुई लगाउन आएका स्थानिय l
    आश्विन २६ पर्सा
    जियालाल साह
    जारी मधेश आन्दोलनमा आज ६० औँ दिन पनि व्यापार व्यवसाय पुर्ण रुपले ठप्प छ, आन्दोलनरत मधेशी मोर्चाले असोजको पहिलो साता देखि सुरु गरेको नाकाबन्दी आज २० औं दिन पनि जारी रहेको छ । बन्दले व्यापार व्यावसाय मात्र नभई ग्रामिण भेगबाट समान्य प्रकारका विरामि धेरै दिन देखि बाटो खुल्ने आसमा अस्पतालमा नआएकाले सिकिस्त भई महंगा एम्बुलेन्स भाडा गरेर अस्पतालमा आउने गरेको छ । प्रत्येक दिन ७/८ सय विरामि आउने यस अस्पतालमा अहिले सयौँको संख्यामा सिकिस्त खालका विरामिहरु भर्ना भएका छन् ।  
    ग्रामिण भेग भवराटार, जानकिटोला, सुवर्णपुर, विजयवस्ती लगायत टाढाका विरामिहरु नियमित सेवन गरिरहेको औषधीहरु सकेर यातायातका साधनहरु चल्ने प्रतिक्षामा सिकिस्त भई अस्पतालमा भर्ना हुन पगेकाछन् । भर्ना भएर पनि चाडै उपचार भईसक्ने अवस्था पनि वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालको छैन् । मधेश बन्दले अस्पतालमा चाप मात्र नभई औषधी पनि नपाईरहेको स्थानिय वीरगंज यूवा समाजका अध्यष कमल चौगाईले बताए ।
    उप–क्षेत्रिय अस्पतालमा एकै पटक सिकिस्त खालका विरामिको संख्या बढेर सिमित चिकित्सकले उपचार गर्नुपर्ने बाध्यता रहेको छ, यस अवस्थामा नेपाल सरकारले तोकेको चिकित्सकको दरबन्दी अनुसार चिकित्सक नहुदा समेत भएकै कर्मचारीले भ्याई नभ्याई विरामिहरुलाई सेवा दिनु परेको अवस्था रहेकोले नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्यक डा. निरज सिहले बताए । उनले भने खासगरि विरामिको ब्लड प्रेसर, डाईवेटिस सुगर, दम लगायतको औषधी सेवन भईरहेको विरामिहरुको औषधी सिधिरहेको अवस्थामा सिकिस्त भएर समान्य परिवारका मानिसहरु पनि बाध्य भएर उपचार गराउन एम्बुलेन्सको महंगा भाडा तिरेर ल्याउने गरेकाले अस्पतालमा विरामिको संख्या बढेको हो ।

    यति मात्र नभई आवत जावतको कठिनाईले अस्पतालमा मात्र नभई हातामा रहेका औषधी पसलमा पनि सवै प्रकारका औषधी पाईनै हाल्ने स्थिति नरहेको अस्पतालका नासु उदय शंकर चौधरीले बताए । तर मधेश आन्दोलनमा घाईते भएकाहरुलाई उपचारका लागि चिकित्सकले सिफारिस गरेको औषधी अस्पताल हातामा रहेको फार्मेसिहरुबाट जसोतसो उपलब्ध गराईरहेको नासु चौधरीले दाबी गरे । 
    अस्पतालमा अहिलेको अवस्थामा सरसफाई लगायतको समस्यामा धेरै सुधार भएको स्थानिय बताउछन् । तर अस्पतालमा सरसफाईसंगै चिकित्सक पनि हुनुपर्ने २ महिने काखे बच्चालाई सुई लगाउन आएका स्थानिय बताए ।
    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    10 October, 2015

    एभिन्युजका राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि आक्रमण |


    ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साह

    वीरगन्ज २३ असोज
    एभिन्युज टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि शुक्रबार साँझ आक्रमण भएको छ । मधेस आन्दोलनका सम्बन्धमा आदर्श चोकबाट
    साँझ ७ स्३० बजे  टेलिभिजनमा लाईभ रिपोर्टिङ गरिरहेका बेला श्रेष्ठ र साहमाथि आक्रमण भएको हो । श्रेष्ठले आज वीरगन्जमा मधेसी मोर्चाबाट भएको प्रदर्शनका सम्बन्धमा जनताको प्रतिक्रिया लिइरहेका थिए । प्रदर्शनमा सहभागी हुन गाउँबाट आएको एक समूहले एक्कासि आक्रमण गरेको श्रेष्ठले बताए । श्रेष्ठ र साहलाई कुटपिट गरिएको छ । उनीहरु ज्यान जोगाउन भागेर एक सटर भित्र लुकेका थिए । त्यहाँ पनि आक्रमणको प्रयास गरिएको थियो । प्रहरी आएर लाठी चार्ज गरेर आक्रमणकारीलाई भगाएर पत्रकारद्वयलाई उद्धार गरेको हो । 

    एभिन्युजका राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि आक्रमण

    ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साह

    वीरगन्ज २३ असोज 
    एभिन्युज टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि शुक्रबार साँझ आक्रमण भएको छ । मधेस आन्दोलनका सम्बन्धमा आदर्श चोकबाट साँझ ७ स्३० बजे  टेलिभिजनमा लाईभ रिपोर्टिङ गरिरहेका बेला श्रेष्ठ र साहमाथि आक्रमण भएको हो । श्रेष्ठले आज वीरगन्जमा मधेसी मोर्चाबाट भएको प्रदर्शनका सम्बन्धमा जनताको प्रतिक्रिया लिइरहेका थिए । प्रदर्शनमा सहभागी हुन गाउँबाट आएको एक समूहले एक्कासि आक्रमण गरेको श्रेष्ठले बताए । श्रेष्ठ र साहलाई कुटपिट गरिएको छ । उनीहरु ज्यान जोगाउन भागेर एक सटर भित्र लुकेका थिए । त्यहाँ पनि आक्रमणको प्रयास गरिएको थियो । प्रहरी आएर लाठी चार्ज गरेर आक्रमणकारीलाई भगाएर पत्रकारद्वयलाई उद्धार गरेको हो । 





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    09 October, 2015

    १६ औँ दिन पनि प्रमुख नाका बन्द

    नागाँ धोति जुलुस प्रदर्शन गर्दै आन्दोलनकारी ।
    १६ औँ दिन पनि प्रमुख नाका बन्द
    आश्विन २२ पर्सा 
    आन्दोलनरत मधेशी मोर्चाले गएको असोज ७ गते देखि गर्दै आएको नाकाबन्दी आज शुक्रबार १५ औं दिन पनि जारी रहेको छ । लगातारको आमहडतालपछि मोर्चाले
    आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभरका सबै नाकाहरुमा धर्ना बसेर नाका अवरोध गर्दै आएका छन् । मोर्चाको धर्नाका कारण नेपालको प्रमुख भन्सार नाका वीरगन्जबाट १६ दिनदेखि कुनै पनि माल समान भित्रिएको छैन । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाले संयुक्त रुपमा गर्दै आएको नाकाबन्दीमा स्व–स्र्फुत मधेसी जनताले पनि साथ दिईरहेका छन् । 
    विहान पख थोरै मात्रमा धर्नामा सहभागि भएपनि दिउसो हरेक दिन गाउँ गाउँबाट टयाक्टर, बैलगाडा मोटरसाईकल र साईकलमा मधेसी जनता नाकामा धर्ना दिन आईरहेका छन् । मधेशी दलले दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका कारण वीरगन्ज र रक्सौल आउने जाने सवारी आवागमन ठप्प हुनुको साथै आर्थिक नगरिको रुपमा चिनिने वीरगंज बजारको व्यवसाय फटफुट बाहेक ठप्प नै भएका छन् ।

    आन्दोलनमा सहभागिहरु । 

    आन्दोलनमा सहभागिहरु । 






    १६ औँ दिन पनि प्रमुख नाका बन्द

    नागाँ धोति जुलुस प्रदर्शन गर्दै आन्दोलनकारी ।
    आश्विन २२ पर्सा 
    आन्दोलनरत मधेशी मोर्चाले गएको असोज ७ गते देखि गर्दै आएको नाकाबन्दी आज शुक्रबार १५ औं दिन पनि जारी रहेको छ । लगातारको आमहडतालपछि मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभरका सबै नाकाहरुमा धर्ना बसेर नाका अवरोध गर्दै आएका छन् । मोर्चाको धर्नाका कारण नेपालको प्रमुख भन्सार नाका वीरगन्जबाट १६ दिनदेखि कुनै पनि माल समान भित्रिएको छैन । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाले संयुक्त रुपमा गर्दै आएको नाकाबन्दीमा स्व–स्र्फुत मधेसी जनताले पनि साथ दिईरहेका छन् । 
    विहान पख थोरै मात्रमा धर्नामा सहभागि भएपनि दिउसो हरेक दिन गाउँ गाउँबाट टयाक्टर, बैलगाडा मोटरसाईकल र साईकलमा मधेसी जनता नाकामा धर्ना दिन आईरहेका छन् । मधेशी दलले दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका कारण वीरगन्ज र रक्सौल आउने जाने सवारी आवागमन ठप्प हुनुको साथै आर्थिक नगरिको रुपमा चिनिने वीरगंज बजारको व्यवसाय फटफुट बाहेक ठप्प नै भएका छन् ।


    आन्दोलनमा सहभागिहरु । 

    आन्दोलनमा सहभागिहरु । 






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    08 October, 2015

    वीरगंज भन्सार कार्यलयमा मात्र ७ अर्ब राजश्व घाटा

    वीरगंज भन्सार कार्यलयमा मात्र ७ अर्ब प्रभावित l फोटो : जियालाल साह

    आश्विन २१ पर्सा
    आन्दोलनरत मधेशी मोर्चाले असोज ७ गते देखि गरेको नाकाबन्दीको आज १५ औं दिनमा देशको सवैभन्दा बढी राजश्व संकलन गर्ने वीरगंज भन्सार कार्यलयको राजश्व
    संकलनमा भने निकै प्रभाव परेको छ । वर्षको सुरुवात मै भुकम्पले थला परि राजश्व घाटा बेहोरेको भन्सार कार्यलयले मोर्चाले गरेको बन्दका कारण भदौँ महिनामा मात्रै लक्ष्यको ३ अर्ब ९१ करोड रुपैया राजश्व घाटा बेहोरेको हो । यससंगै मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर जबदेखि नाकामा नाकाबन्दी गर्न थालेका छन् त्यसयता दैनिक रुपमा वीरगंज भन्सार कार्यालयले ७ देखि १० करोड रुपैया सम्म मात्र राजश्व संकलन गरिरहेको छ जबकि दैनिक रुपमा ३० करोड सम्म राजश्व संकलन गर्दै आएको वीरगंज भन्सार कार्यालयका प्रवक्त सुशिल सर्माले बताउनु भएको हो । उनले यस महिनाको लक्ष्य ७ अर्ब ७८ करोड मध्ये आज २१ गते सम्म १ अर्ब ८५ करोड रुपैया मात्रै राजश्व संकलन गरेको हो उनले भने यस्तै अवस्था रहिरहने हो भने यस महिनामा ५ अर्ब भन्दा बढी राजश्व घाटा हुने बताए । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    आन्दोलनले भारिमात्रामा राजश्व संकलन प्रभावित

    वीरगंज भन्सार कार्यलयमा मात्र ७ अर्ब प्रभावित l फोटो : जियालाल साह

    आश्विन २१ पर्सा
    आन्दोलनरत मधेशी मोर्चाले असोज ७ गते देखि गरेको नाकाबन्दीको आज १५ औं दिनमा देशको सवैभन्दा बढी राजश्व संकलन गर्ने वीरगंज भन्सार कार्यलयको राजश्व संकलनमा भने निकै प्रभाव परेको छ । वर्षको सुरुवात मै भुकम्पले थला परि राजश्व घाटा बेहोरेको भन्सार कार्यलयले मोर्चाले गरेको बन्दका कारण भदौँ महिनामा मात्रै लक्ष्यको ३ अर्ब ९१ करोड रुपैया राजश्व घाटा बेहोरेको हो । यससंगै मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर जबदेखि नाकामा नाकाबन्दी गर्न थालेका छन् त्यसयता दैनिक रुपमा वीरगंज भन्सार कार्यालयले ७ देखि १० करोड रुपैया सम्म मात्र राजश्व संकलन गरिरहेको छ जबकि दैनिक रुपमा ३० करोड सम्म राजश्व संकलन गर्दै आएको वीरगंज भन्सार कार्यालयका प्रवक्त सुशिल सर्माले बताउनु भएको हो । उनले यस महिनाको लक्ष्य ७ अर्ब ७८ करोड मध्ये आज २१ गते सम्म १ अर्ब ८५ करोड रुपैया मात्रै राजश्व संकलन गरेको हो उनले भने यस्तै अवस्था रहिरहने हो भने यस महिनामा ५ अर्ब भन्दा बढी राजश्व घाटा हुने बताए । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    02 October, 2015

    विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप किर्तिमानि मानव सांगलो

    विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप किर्तिमानि मानव सांगलो कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    01 October, 2015

    नेपालको संविधान २०७२ अब पि.डि.एफ. फाईलमा मज्जाले अहिले नै डाउनलोड गर्नुहोस् र पढनुहोस् ।

    नेपालको संविधान २०७२ अब पि.डि.एफ. फाईलमा मज्जाले अहिले नै डाउनलोड गर्नुहोस् र पढनुहोस् ।

    दिईएको तस्बिरमा एक क्लिक गरि डाउनलोड या पढन सक्नु हुन्छ ।  



    नेपालको संविधान २०७२ अब पि.डि.एफ. फाईलमा मज्जाले अहिले नै डाउनलोड गर्नुहोस् र पढनुहोस् ।

    दिईएको तस्बिरमा एक क्लिक गरि डाउनलोड या पढन सक्नु हुन्छ ।  


     



    नेपालको संविधान २०७२ अब पि.डि.एफ. फाईलमा मज्जाले अहिले नै डाउनलोड गर्नुहोस् र पढनुहोस् । 
    दिईएको तस्बिरमा एक क्लिक गरि डाउनलोड या पढन सक्नु हुन्छ । 



    विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप किर्तिमानि मानव सांगलो

    किर्तिमानि मानव सांगलो : फरक आन्दोलनमा महिलाहरुको बढी उपस्थिति रहेको थियो । उनिहरु स्वःस्फुर्तरुपमा सहभागिता जनाएको थियो । फोटो : जियालाल साह
    आन्दोलनमा रहेका मधेशी दलहरुले आज संयुक्त रुपमा वीरगंजको लक्षुमनवा चोक देखि पर्साको पश्चिम सुवर्णपुर सम्म किर्तिमानि मानव सांगलो बनाएका छन् । आन्दोलनरत दलहरुले विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप दिई यस्तो सांगोल बनाएको हो । विशेषगरि आजको फरक आन्दोलनमा महिलाहरुको बढी उपस्थिति रहेको थियो । उनिहरु स्वःस्फुर्तरुपमा सहभागिता जनाएको थियो । वीरगंजको राधेमाई १६ स्थित सडकमा सहभागि महिलाहरु । फोटो : जियालाल साह

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप किर्तिमानि मानव सांगलो

    किर्तिमानि मानव सांगलो : फरक आन्दोलनमा महिलाहरुको बढी उपस्थिति रहेको थियो । उनिहरु स्वःस्फुर्तरुपमा सहभागिता जनाएको थियो । फोटो : जियालाल साह

    आन्दोलनमा रहेका मधेशी दलहरुले आज संयुक्त रुपमा वीरगंजको लक्षुमनवा चोक देखि पर्साको पश्चिम सुवर्णपुर सम्म किर्तिमानि मानव सांगलो बनाएका छन् । आन्दोलनरत दलहरुले विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप दिई यस्तो सांगोल बनाएको हो । विशेषगरि आजको फरक आन्दोलनमा महिलाहरुको बढी उपस्थिति रहेको थियो । उनिहरु स्वःस्फुर्तरुपमा सहभागिता जनाएको थियो । वीरगंजको राधेमाई १६ स्थित सडकमा सहभागि महिलाहरु । फोटो : जियालाल साह
    Scroll to Top