• नयाँ खबर

    31 January, 2016

    ठूलो परिमाणमा लागु औषध चरेश सहित दुई कारोबारी पक्राउ

    parsa
     
    वीरगन्ज १७ माघ
    नेपाल भारत सीमा क्षेत्रको ग्रामीण नाका हुँदै भारततर्फ अवैध लागु औषध ओसार पसार गर्ने दुईजना लागु औषधको कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका दुई जना लागु औषध कारोबारी र उनीहरुको साथबाट बरामद भएको लागु औषधहरुलाई सार्वजनिक गरेको हो । 
    पक्राउ पर्नेमा भारतको विहार पश्चिम चम्पारण नरकटियागन्ज बस्ने ३५ वर्षीय विनोद माझी र पर्सा जिल्लाको मुडली गाविस वडा नं. १ बस्ने ३० वर्षीय नेवन माझी रहेका छन् भने उनीहरुको साथबाट प्रहरीले ६०  केजी अवैध लागु औषध चरेश बरामद गरेको छ ।
     जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेका भिस्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जान लागेको डी.एल. ०३ सी.ए.इ. १०७१ नम्बरको टर्बो गाडीलाई चेकजाँच गर्दा प्लाष्टिकमा बेरेर राखिएको ५० किलो चरेस बरामद भएको थियो भने चालक विहार पश्चिम चम्पारण बेतिया जिल्ला नरकटियागन्ज बस्ने बिनोद माझीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले बताए ।
    यसैगरि सीमा चौकी बुडगाईबाट खटिएका गस्ती टोलीले जयमंगलापुर वडा नं. ७ स्थित  चेकजाँच गर्ने क्रममा १० केजी लागु औषध चरेस सहित मुडली गाविस वडा नं. १ बस्ने नेवन माझीलाई पक्राउ गरेको छ । निज बी.आर. २२ टी. २७१० भारतीय नम्बरको मोटरसाइकलमा लुकाई छिपाई लागु औषध चरेश भारत तर्फ लान लागेको क्रममा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुबै कारोबारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
    लामो समयदेखि पर्सा जिल्लामा लागु औषधको उत्पादन नभएपनि पहाडी जिल्लाबाट कारोबारीहरुले राष्ट्रिय वन, पर्सा वन्यजन्तु आरक्ष हुँदै पर्साको ग्रामीण नाकाबाट भारतसम्म ओसार्ने काम गर्दै आएको छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले ग्रामीण नाका हुँदै भारततर्फ हुने लागु औषध ओसार पसारको सञ्जाललाई भत्काउन पर्सा प्रहरीले अनुसन्धान गरि रहेको र चेकजाँचमा पनि तिब्रता बढाएको बताए ।
    30 January, 2016

    सयौँ नेपाली यूवालाई कुलतमा फसाएका, लागु औषध गिरोहका नाईके पक्राउ

    पक्राउ परेका लागु औषधका नाईकेलाई सार्वजनिक गर्दै प्रहरी ।
    माघ १६ पर्सा   
    जियालाल साह
    लागु औषध गिरोहको नाईकेलाई खैरो हिरोईन र लागु औषध सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्साले  आज सार्वजनिक गरेको छ ।
    भारत विहार पुर्वि चम्पारण जिल्लाको रक्सौल थाना वडा नम्बर १२ बस्ने सलमान भाईको उपनामले प्रख्यात देवेन्द्र कुमार सुमनलाई शुक्राबार दिउसो प्रहरीले वीरगंज उप महानगरपालिका वडा नम्बर १९ ईनर्वा प्रहरी चौकि अगाडीबाट सुराकिको अधारमा पक्राउ गरेको हो । उनको साथबाट खैरो हिरोईन २८ ग्राम, डाईजिपाम, फेनारगण र नर्फिन एक सय दश, दश पिस र ८ हजार ९ सय ४५ नेपाली रुपैया र ३ सय ३० रुपैया भारतिय रुपैया समेत बरामद गरेको हो ।
    पक्राउ परेका सुमन मधेश आन्दोलन कै क्रममा ८/१० जना युवा जम्मा पारी सलमान भाईको नारा लगाउदै आन्दोलन ताकै नेपाल भारत सिमानाकाको धर्नास्थल मितेरी पुलमा चर्चित रहेका थिए । शुक्रबार नेपालका डिलरहरुसंग १० लाख रुपैयामा सहमति भएर लागु औषध तथा खैरो हिरोइन ल्याएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता होविन्द्र बोगटिले बताए । उनले भने पक्राउ परेका सुमनले सयौँ नेपाली युवालाई लागु औषधमा फसाएका छन् । यिनैको कारण वीरगंज, जनकपुर, काठमाडौँ लगायतको रिहाब सेन्टरहरु चलिरहेका छन् । सुरुमा ड्रग प्रयोगका लागि दिन्छन् पछि नेपाली युवाहरु छुटकरा पाउनलार्य बाध्य भएर रिहाब सेन्टरहरुमा भर्ति हुने गर्दछन् । 
    भारतदेखि नेपाल सम्मको लागुऔषधको संजाल बारे जनकारी गराउदैँ पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ ।
    ५ वर्ष अगाडी देखि सलमान भाईको नामले अफ्नो भिजिटिङ कार्ड बनाएर नेपालको काठमाडौँ, ललितपुर, चितवन, नरायणघाट, हेटैडा, विराटनगर, लगायत विभिन्न ठाउँमा आफनो डिलर राखेर लागुऔषधको गिरोह सञ्चालन गरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । सुमनले भारतको मझफरपुर, मोतिहारी, पटना लगायतको स्थानबाट लागुऔषध ल्याई रक्सौलमा भण्डारण गरि आफुले सञ्चालन गरेको माँ दुर्गा ड्रग एजेन्सी मार्फत नेपालको विभिन्न ठाउमा सप्लाई तथा विक्रि वितरण गर्दै गरेका थिए । अपराधिको कुनैपनि पार्टि, जात, क्षेत्र नभएकाले अपराधि मानव समाजको विरोधी र समाजको विरोधी समेत विरोधी भएकाले प्रहरीले अपराधिलाई आन्दोनसंग कुनैपनि साठघाठ भए, नभएपनि अपराधको दृष्टीकोणले कार्वाहि गर्ने प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।




    शहीदको शालिक रहेको स्थानमा मोर्चाको प्रहार

    शहीदको शालिक अगाडि विरोध प्रदर्शन गर्दै मोर्चाका कार्यकर्ता । तस्वीर ; जियालाल साह
    माघ १६ पर्सा
    जियालाल साह
    मधेशी मोर्चाका कार्यकर्ताहरुले वीरगंजमा शहीद तेजबहादुर अमात्यको शालिक रहेको स्थानमा ढुंगामुढा  र टायर  बालेर समेत प्रदर्शन गरेका छन् । आज शहीद दिवस हो । गण्डकस्थित शहीद तेजबहादुर अमात्यको शालिकमा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले फूलमाला चढाई श्रद्धाञ्जलि व्यक्त गरेलगत्तै पुगेका मधेशकेन्द्रित दलका नेता कार्यकर्ताले फूलअबिर चढाएको स्थानमा नियतबस कुल्चँदै, ढुंगा हान्दै र छेउमै टायर बालेर नेपाली कांग्रेसविरुद्ध नाराबाजी गरेका हुन् ।
    कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेको शहीद थिरबम मल्लको शालिकमा माल्यार्पण गरेपछि गण्डकमा रहेको शहीद तेजबहादुर अमात्यको शालिकमा समेत माल्यार्पण र श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
    शहीदको शालिक अगाडि विरोध प्रदर्शन गर्दै मोर्चाका कार्यकर्ता । तस्वीर ; जियालाल साह
    कांग्रेसको झण्डा सहितको जुलुसलाई घण्टाघरबाटै पछ्याईरहेका मधेशी मोर्चाका स्थानीय नेता शिव पटेल र उनका कार्यकर्ताको समूहले अमात्यको शालिक भएको स्थानमा पुगेर शहीद बारे लेखिएको संगरमरमरमा ढुंगा हान्दै, फूलमाला कुल्चेर कांग्रेसविरोधि नारा लगाएका थिए ।
    घटना लगत्तै पुगेको प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई शालिक परिसर बाहिर निकालेपछि त्यसस्थानमा तोडफोड भने हुन पाएन ।
    कांग्रेस नगर समितिका सभापति महमद सहाबुद्दिनले शहीद मधेश वा पहाडको नभई मुलुककै हुने भएकाले उनीहरुलाई सबैले सम्मान गर्नुपर्ने बताए ।
    कांग्रेस वीरगञ्ज नगर कार्यसमितले शहीद दिवसको अवसरमा नारायणी उपक्षेत्रीय अस्पतालमा एक थान नेबुलाईजर प्रदान गर्नुका साथै बिरामीहरुका लागि फलफुल वितरण समेत गरेको थियो ।

    जियालाल साह, वीरगञ्ज हिमालखबर
    हिमालखबर

    हिमालखबर

    नेपाल युवा विश्वकपको कवाटरफाईनलमा

    माघ १६, पर्सा
    उमेर समूहको विश्व क्रिकेटमा समृद्ध इतिहास रहेको नेपालले शनिबार त्यसमा अर्को कोशेढुंगा उपलब्धी थपेको छ । नेपालले यसका लागि बंगलादेशमा भइरहेको यू १९ विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको हो । नेपाल युवा विश्वकपको अन्तिम आठमा पुगेको यो दोस्रो पल्ट हो ।
    प्रतियोगिताको समूह डी मा नेपालसँगै भारत लगातार दुईरदुई खेल जितेपछि यो स्थिति तयार भएको हो । भारत पनि प्रतियोगितको अन्तिम आठमा पुगेको छ । नेपालले आफ्नो दोस्रो खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको हो । नेपालले पहिला खेलमा न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो ।
    नेपाल यसअघि सन् २००० को यू १९ विश्वकपमा क्वाटरफाइनल पुगेको थियो । तर त्यति बेला नेपाललाई भाग्यले साथ दिएको थियो । यसपल्ट भने नेपालले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धीलाई आत्मसात् गरेको हो । अब नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ ।
    लगातार दुई खेल हारेपछि यो समूहका अरु दुई टिम न्युजिल्यान्ड र आयरल्यान्डको चुनौती समाप्त भएको छ । उनीहरूबीचको लिगको अर्को खेलको औपचारिक अर्थ हुने छैन् । उनीहरूले अब प्लेट च्याम्पियनसिपमा खेल्नेछन् । भारतले भने शनिबारको अर्को खेलमा न्युजिल्यान्डलाई १ सय २० रनले हराएको हो ।
    पहिले ब्याटिङ गरेको भारतले त्यस खेलमा आठ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ओभरमा ३१.३ ओभरमा अलआउट भएर १ सय ३८ रन मात्र जोड्न सक्यो । यसअघि भारतले आयरल्यान्डलाई हराएको थियो ।  
    नेपालको क्वाटरफाइनलमा प्रतिद्वन्द्वी भने तय हुन बाँकी छ । त्यसका लागि नेपाल र भारतबीचको खेल तथा त्यसपछि तय हुने समूह विजेता र उप विजेताले निर्णायक भूमिका खेल्नेछ । समूह डी को क्वाटरफाइनल समीकरण समूह ए सँग रहेको छ । यस समूहमा बंगलादेश, दक्षिण अफ्रिका, नामिबिया र स्कटल्यान्ड छन् ।
    समूह डी को विजेताले समूह ए को उप विजेतासँग खेल्नेछ । यस्तै समूह डी को उपविजेताले समूह ए को विजेतासँग खेल्नेछ । अन्तिम खेल अगाडि समूह डी मा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छ ।
    29 January, 2016

    बारा र पर्सामा शुरु भएनन् नेपाली काग्रेशको निर्वाचणको चहलपहल

     माघ १५ वीरगंज
    जियालाल साह
    नेपाली काग्रेशको निदेशन अनुसार आज देशभर काग्रेशको निर्वाचण भएपनि बारा र पर्सामा कुनै पनि निर्वाचनको कार्यक्रम भएको छैन् ।
    केन्द्रले गाउँ तथा नगरमा चुनावको लागि निर्देशन दिएपनि । मधेशी मोर्चाको विरोधको कारण अधिवेशन हुन सकेको छैन् । केन्द्रिय निर्देशन अनुसार आज हरेक जिल्लामा निर्वाचन अधिकृत पठाएको भनिएपनि बारा र पर्सामा भने अधिकृतहरु सम्पर्कमा आएका छैनन् । पर्सा जिल्लाको पार्टि सभापति सांसद सुरेन्द्र चौधरी वीरगंज बाहिर रहेकाले कुनै पनि निर्वाचणको प्रकृया नै शुरु नभएको नेपाली काग्रेश नगर कार्य समितिका सभापति महम्द सावुदिनले जनकारी गराउनु भएको छ ।
    यसैगरि बारामा भोलि सनिवार जिल्ला सभापति, सांसद र परवेक्षक तथा केन्द्रिय सदस्यहरुको बैठक वसि निर्वाचण बारे निर्णय गर्ने सिमरा इकाइ कमिटिका अध्यक्ष श्यामबाबु गुप्ताले बताए । जिल्ला सभापति आएपनि निर्वाचण अधिकृत सम्पर्कमा नआएकाले आज कुनैपनि गतिविधि गर्न नसकेको सिमरा इकाइ कमिटिका अध्यक्ष गुप्ताले बताए । खासगरि काग्रेश निकट नेपाल शिक्षक संघ बाराले कुनै पनि गाउँ तथा नगर लगायतको अधिवेशनमा सहभागि नहुने केहि दिनअघि विज्ञप्ती निकालेर जनाएका थिए । आन्दोलन कै कारण बाराको ६ वटै निर्वाचण क्षेत्र मध्ये १, २, ३, ४, र ५ मा कुनै पनि गतिविधि भएको छैन तर क्षेत्र नम्बर ६ मा भने भोलि बैठक वसि छलफल गर्ने बताएका छन् । खास गरि १ देखि ४ सम्म मा मधेशी मोर्चाको बहुलियत रहेकाले यस क्षेत्रमा निर्वाचन नहुने जनाईएको छ ।
     

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    वीरगंज भन्सार कार्यालय भएरै खुलेयाम तस्करी

    खुलेयाम ईन्धन तस्करी । तस्बिर : जियालाल साह
     माघ १५ पर्सा
    तस्करी : वीरगंज भन्सार कार्यालय अगाडी खुलेयाम भारतबाट ल्याईएका ईन्धन नेपाली गाडीमा लोड हुदैँ । तस्करीले झण्डै नेपाल सरकारको राजश्व संकलन हुने १० अर्ब भन्दा बढी रुपैया तस्करको गोजिमा गएको हो । तस्बिर : जियालाल साह

    नाकाबन्दीपछि पहिलोपटक पाँचवटा मालवाहक गाडी रक्सौलबाट भित्रियो, मोर्चाको धर्ना खुकुलो, ड्राईपोर्टको अवरुद्ध समेत हटयो ।

    वीरगंज भन्सार कार्यालयमा भित्रिएका ट्रकहरु ।  तस्बिर : जियालाल साह
    माघ १५ पर्सा
    जियालाल साह
    भारतले गरेको नाकाबन्दीको आज १ सय २९ औँ दिनमा पहिलो पटक भारतिय कष्टमबाट ५ वटा मालबाहक ट्रक वीरगंज भन्सार कार्यालय पठाएको छ । भने वीरगंजबाट पनि भारतिय तथा नेपली नम्बरको ४ वटा ट्रक रक्सौल गएको छ । यसैगरी बारा, पर्साका काफिला बाबा, कावारिया संघले ड्राइपोर्ट सडकमै दिईरहेको धर्ना प्रहरीले समझाई बुझाई गरेपछि हटेको छ ।
    आन्दोलनरत मधेशी मोर्चाले नेपाल भारत सिमानाको मितेरी पुलमा सितलहरले गर्दा विहान २÷३ जनाले मात्रै धर्ना दिईरहेका बेला पुलकै बाटो भएर पहिलो पटक ५ वटा मालबाहक ट्रक वीरगंज भित्रिएको हो । सिमांकन हेरफेर गर्नुपर्ने माग राख्दै विरोध सभा, आम हडताल, चक्का जाम, राजमार्ग बन्द हुदै आसोज ७ गतेदेखि नेपाल भारत सिमानाकाको प्रमुख नाकामा मधेशी मोर्चाले धर्ना दिदै आएको थियो । धर्नाको आडमा भारतले वीरगंज भएर कुनैपनि माल समान बोकेका ट्रक तथा कन्टेनरहरु भित्रिन  दिएका थिएनन् तर संविधान संशोधन गरेयता भारतिय कष्टमले मालबस्तुको कागजात बनाउनमा सहज दिन थालेकाले समानहरु भित्रन लागेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता सुशिल कुमार शर्माले बताए । भारतिय कष्टम पठाउने वितिकै मोर्चाका कार्यक्रर्ताले बाटो अवरुद्ध गरिसकेका छन् कष्टम कागजातका कामहरु त गरिरहेका छन् तथापि अहिले नै नाका सहज हुने आकलन गर्न गाह्रो हुने प्रवक्ता शर्माले बताए ।
    उता ड्राइपोर्ट सुख्खा बन्दरगाह अगाडी मुख्य सडकमा बाबा धाम जाने कावरिया बाबाहरुले हिजोबाट अवरुद्ध गरेको बाटो आज दिउसोबाट जिल्ला प्रहरी कार्यालयले सम्झाई बुझाई गरेपछि अवरुद्ध खुलेको छ । ब्यापक प्रहरी, दमकल सहित पुगेको प्रहरी टोलिको समझाई बुझाईपछि कावरिया बाबाहरुले बाटो छोडेका थिए ।


    28 January, 2016

    नेपालद्वारा न्यूजिल्यान्ड ३२ रनले पराजित


    माघ १४, २०७२
    बंगलादेशमा भइरहेको आईसीसी यू–१९ विश्वकपको समूह डीमा रहेको नेपालले  न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । टस हारी पहिलो ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो । 
    २३९ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको न्यूजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर मात्र २०६ रन बनाउन सक्यो । नेपाली बलर दिपेन्द्र ऐरील ३ र प्रेम तामाङले २ विकेट लिए भने सुनिल धमला र सन्दिप लामिछानेको खातामा पनि १–१ विकेट परेको छ ।
    न्यूजिल्यान्डका ब्याट्स्म्यान ग्लेन फिलिप्सले सर्वाधिक ५२ रन बनाएर आउट भए भने जोश फिनीले ३७ रन बनाएका थिए । उच्च स्कोर बनाउने दुवैको विकेट तामाङले झारेका हुन् ।
    पहिलो ब्याटिङ गरेको नेपालका तर्फबाट कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ओपनर सन्दीप सुनार ६७ बलमा ३९ रन बनाए भने अर्का ब्याट्स्म्यान आरिफ शेखले पनि ३९ रन बनाउन सफल भए । नेपालका लागि कुशल भुर्तेलले पनि महत्वपूर्ण ३५ रनको योगदान गरे ।
    न्युजिल्यान्डका नाथन स्मिथले नेपालको ३ विकेट लिए । By http://bit.ly/1OR5TZn

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    दुई महिनामा एकै टोलका २६ जनाको मृत्यु

    माघ १४ पर्सा
    जियालाल साह
    पर्साको पोखरीया नगरपालिका अन्तर्गत पर्ने सतवरीया –४ मा पछिल्लो दुई महिनाभित्र २६ जनाको मृत्यु भएपछि गाउँले त्रसित छन् । देउता रिसाएको भन्दै कोही पूजा–पाठमा व्यस्त छन्, कोही झारफूकमा भने कोही साधु–बाबाका पछाडि दौडिएका छन् ।
    मृत्यु भएका २६ जना मध्येका मकसुद मियाका नाती झ्यलबाट चिहाउँदै । तस्बिर : जियालाल साह

    दुई महिनाभित्रै २६ जनाकोे मृत्यु भएपछि गाउँमा त्रास फैलिएको स्थानीय राजेश्वर ठाकुरले बताए । अधिकांश गाउँलेहरु देउता रिसाएर वा कुनै दुष्टात्माको प्रकोपले गाउँमा महामारी फैलिएको दाबी गर्छन् । गाउँलेहरुले भागवत पाठको समेत तयारी गरेका छन् ।
    मृत्युको कारण भने एउटै छैन ।
    सतवरीयामा धेरैको मृत्यु भएको खबर पाएपछि घरघरै पुगेर जानकारी लिएको जनस्वास्थ्य कार्यालयको टोलीले गाउँमा कुनै महामारी फैलिएको नभई विभिन्न रोगका कारण मृत्यु भएको जनाएको छ ।
    टोलीको प्रतिवेदनले अलग अलग कारणले मृत्यु भएकोले गाउँमा महामारी नफैलिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । मृत्यु हुनेमा नबजात शिशुदेखि १०२ वर्षका वृद्ध समेत छन् ।

    जन्मदेखि १२ वर्ष उमेर समूहका ८ जना १२ देखि ५५ वर्ष उमेर समूहका ६ जना र ५५ देखि १०२ वर्ष उमेर समूहका १२ जनाको पछिल्लो दुई महिनामा मृत्यु भएको हो ।

    मृत्यु भएका बालबालिकामध्ये तीन जनाको झाडापखाला ९कोल्ड डायरिया०, एक जना कम तौलको जन्मेका कारण, दुई जना ‘सिडस्’ (सडेन इन्फ्यान्ट डेथ सिन्ड्रोम) का कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको पोखरीया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। रोसन चौरसीयाले बताए ।
    गाउँको घरघरै पुगेर जानकारी लिदै जनस्वास्थ्य कार्यालयको टोली । तस्बिर : जियालाल साह
    यद्यपी विरामीले निरन्तर औषधि सेवन गरे–नगरेको, रोगले च्यापिसकेपछि मात्रै औषधि लिएको हुनसक्ने र मृत्यु हुनभन्दा अघि रोगीको अवस्थाबारे थाहा नभएको उनले बताए । उनले भने , सिडस्’ बाट मृत्यु भएका परिवारसँग बुझ्दा राति मज्जाले बच्चा दुध खाई सुतेको छ, विहान जगाउदाँ मृत्यु भएको पाईएको छ ।” 
    ज्यान गुमाउनेमध्येकी २२ वर्षीया धनवंती देवीको प्रसुतिका बेला अत्याधिक रक्तस्राव भएर मृत्यु भएको र आमाको मृत्यु भएको केही बेरमै बच्चाको समेत मृत्यु भएको उनका श्रीमान ललन रामले बताए ।
    चिसोकै कारण १२ दिनका प्रदुमन चौहानको समेत मृत्यु भएको चिकित्सकले बताएका छन् । अन्यलाई टाउको दुख्ने, पक्षघात, मानसिक समस्या, दम, किडनीको रोग, क्यान्सरबाट मृत्यु भएको बुझिए पनि मृत्यु हुनुअघि विरामीलाई स्वास्थ्य संस्थामा नलगिएकाले मृत्युको एकिन कारण थाहा पाउन गाह्रो हुने जनस्वास्थ्य अधिकृत राजकिशोर प्रसादले बताए ।
    गाउँलेमा चेतनाको अभाव, अन्धविश्वास छ, त्यसले पनि रोगको संक्रमण हुने र उपचार नपाई मृत्यु भएको हुनसक्छ,” उनले भने ।
    27 January, 2016

    राजश्व असुलिको चुनौति, यसरी हुँदैछ, राजश्व संकलन (फोटो फिचर)

    भारत तथा तेस्रो मुलुकबाट आयतित समान मितेरी पुल  तल कच्ची बाटोमा समान लोड गर्दै भरियाहरु । तस्बिर : जियालाल साह
    माघ १३ पर्सा      
    जियालाल साह
    यसवर्ष ६४ औँ भन्सार दिवस देशभर विभिन्न कार्यक्रम गरि मनायो कार्यक्रमले आन्तराष्ट्रिय रुपमा अविलम्बन गरेको नियमहरु पालना, कार्यन्वयनमा जोड र राजश्व वृद्धिका लागि विभिन्न आयात, निर्यात कर्तालाई प्रोत्साहन दिने गर्दछन् । देशको प्रमुख विकासको आधार भनेको राजश्व हो तर यस आर्थिक वर्ष २०७२÷२०७३ मा भने देशकै सबैभन्दा बढी राजश्व संकलन गर्ने वीरगंज भन्सार कार्यालयको लागि जुन लक्ष्य निर्धारण गरिएको थियो त्यो भने, श्रावण मसान्त देखि पौष सम्म आईपुग्दा शुन्य दशमलवमा घटेको अवस्था छन् ।
    भन्सार कार्यालयका लागि आयतित समान भन्सार यार्ड तर्फ ल्याउदै ।
    आर्थिक मसान्तको ६ महिना वितिसक्दा आफ्नो लक्ष्यको ३३ अर्ब ४३ करोड २७ लाख रुपैया, झण्डै ७० प्रतिशत घटी राजश्व संकलन गरेको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
    यसबर्ष भुकम्पको मारले डुबेको देशलाई आर्थिक विकासको माध्यमले आयातकर्तालाई अझै बढी सहजता बढाई राजश्व संकलन गर्ने भार सरकारको थियो ताकि आउने आर्थिक वर्षमा भुकम्पबाट देशभरि क्षति भएको सम्पतीको पुनःनिर्माणका लागि बजेटको दायरा बढाउन सकोस । तर ६ महिना वितिसक्दा राजश्वको असुलि अग्रगति तिर नगई दुरगति तिर मधेशी मोर्चाको राजनितिक माग र नाकाबन्दीले गएको हो ।
    आयतित समान भन्सार यार्डमा भित्राउदै भरिया ।
     अहिले पनि भारतको नाकाबन्दी र मोर्चाको नाका केन्द्रित आन्दोलन टुङगो लाग्न नसक्दा देशले अझैँ कति नोक्सानि व्यवहोर्ने हो त्यो भने अझै पनि अधुरो  तर अकलपनिय घाटा हो ।
    वर्षभरिको हरेक महिना – महिनामा आकलन गर्न नसक्ने, खरायोको गतिमा राजश्व संकलन गर्ने वीरगंज भन्सार कार्यालय ५ महिना यता कछुवाको गतिमा समेत थला परेको छ तर भने अहिले आर्थिक वर्षको सातौँ महिनामा झिनो आस भने भरियाको भरमा पलाएको छ । दुई देशको सिमाना छुट्याउने दशगजामा बग्ने सिर्सिया नदी उपर बनाइएको नेपाल–भारत मितेरी पुलमा मधेशबादी मोर्चाको धर्ना छ । धर्नाबाटो भएर ठेला रिक्सा आउन जान सक्दैनन् प्रत्येक दिन – रातको जोखिम मोलि भरियाहरुले सिमापारी रक्सौलबाट व्यापारीहरुले भारत तथा तेस्रो मुलुकबाट आयतित गरेका मालबस्तु ट्रकबाट ओलार्छन् ठेलामा लोड गर्छन र मितेरी पुलमाथिबाट पुरानो पुलको कच्ची बाटोमा झर्छन र पुनः कोई भरिया ठेलामा लोड गर्छन् कोई रिक्सा, टाङ्गा, मोटरसाइकलमा लोडगर्छन त कोहि टाउकोमा बोगि वीरगंज भन्सार कार्यालयको यार्डमा ल्याउने गरेका छन् ।
    भरियाको भरमा आयतित समानहरु भन्सार यार्डमा थुपारिएको ।
     यसरी ल्याईएका मालबस्तु भन्सारका पदाधिकारीले जाँचपास गर्छन् जाँचपास पछि व्यापारीले भन्सार यार्डमै ट्रक ल्याई देशको विभिन्न ठाउँको लागि पठाउने गर्दछन् । यसरी राजश्व संकलनको काम भईरहेको छ । मंगलबार कर्मचारीहरु भन्सार दिवसमा सरसफाई, वृक्षारोपन, सिलन्यास लगायतको कार्यक्रमगरि मनाईराख्दा भरियाहरु रक्सौलबाट समान ल्याउने, मितेरी पुलबाट झार्ने र पुनः भन्सार यार्डमा पुर्याउने मै व्यस्त देखिन्थे । पौष महिनाको अन्तिम साताबाट सुरु भएको यो क्रम अहिले मोर्चाको आन्दोलन खुकुलो भएकाले गर्दा विस्तारै बढ्दै गाईरहेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता सुशिल कुमार शर्माले बताए । उनका अनुसार क्रमशः राजश्व असुलि सुधार भई दिनकै ३० लाख भन्दा घटी असुलि नभएको बताए । तर यि आयतित वस्तु एक एक पोकाको महंगो मुल्य तिरेकाले आम उपभोक्क्त सम्म पुग्दा महंगो मुल्य पर्न जाने उनले बताए ।
    भरियाबाट आयतित समानहरु ट्रकमा लोड गर्दै दैनिक मजदुरहरु ।
    वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष ०७२÷०७३ को पहिलो महिना श्रावणमा सरकारको लक्ष्य ७ अर्ब २२ करोड ९४ लाखको ७ अर्ब ३१ करोड ३३ लाख राजश्व संकलन गरि १.१६ प्रतिशत बढी राजश्व संकलन गरेको थियो । यससंगै भाद्रबाट सुरु भएकोे मधेश बन्दले क्रमश रुपमा राजश्व घटदै गईरहेको अवस्था छन् । आफनो लक्ष्य ८ अर्ब ८२ करोड ५० लाखमा, ४ अर्ब ९१ करोड १३ लाख मात्रै राजश्व संकलन भई झण्डै ४४.३५ं प्रतिशत भाद्र महिनामा घटी राजश्व संकलन गरेको हो । यसैगरी आश्विन ६ गते देखि मधेशी मोर्चाले आन्दोलनलाई अझै सशक्त पारि नाका कन्द्रित आन्दोलन शुरु गर्दा आफनो लक्ष्य ७ अर्ब ७८ करोड ६७ लाखमा २ अर्ब ६४ लाख मात्र संकलन भई ७४.२३ प्रतिशत घटी आश्विनमा राजश्व संकलन गरेको थियो । यसैगरी क्रमशः कार्तिक महिनामा लक्ष्य ७ अर्ब ३० करोड ५९ लाखमा ७ करोड ३९ लाख मात्रै संकलन भई ९८.९९ प्रतिशत घटि राजश्व संकलन गरेको हो । यसैगरी मंसिर महिनामा ८ अर्ब ३० करोड ५९ लाख रुपैयाको लक्ष्यमा ११ करोड १८ लाख रुपैया मात्रै राजश्व संकलन भई ९८.६४ प्रतिशत घटि राजश्व असुलि गरेको थियो यससंगै आर्थिक वर्षको ६ औँ महिना पौषमा आफनो लक्ष्य ८ अर्ब ३० करोड ५९ लाख रुपैयाको ७  करोड ७०  लाख रुपैया मात्रै राजश्व संकलन गरि आफनो लक्ष्यको ९९.७ प्रशित घटि राजश्व संकलन गरेको हो ।
    जबकी आर्थिक वर्ष ०७१÷०७२ मा यस वीरगंज भन्सार कार्यलयले श्रावण देखि पौष सम्म आफनो महिनाको लक्ष्य ५४ अर्ब १९ करोड २२ लाखमा ५८ अर्ब २३ करोड ९६ लाख संकलन गरेको थियो । आफनो लक्ष्य भन्दा ४ अर्ब ४ करोड ७३ लाख झण्डै ४६.३३ प्रतिशत बढी राजश्व असुलि गरेको थियो ।  
    धर्नामा बसेका मधेशवादी दलका नेता कार्यकर्ताहरु ।
    अतराष्ट्रिय बिमानस्थलको एक, चिनसंग जोडिने ९ वटा र भारतबाटजोडिने २० वटा गरी नेपालमा रहेका ३० वटाभन्सार कार्यालयमध्ये वीरगन्ज भन्सार कार्यालय एक्लैलाई ५१ प्रतिशतभन्दा बढी राजश्व असुलीको लक्ष्य छ । चालु आर्थिक बर्षमा भन्सार बिभागले लिएको असुलीको कुल लक्ष्य २ खर्ब ५ अर्ब रुपैया छ भने वीरगन्ज भन्सारलाई मात्र १ खर्ब ३ अर्ब रुपैया संकलन गर्नुपर्नेछ । यसरी व्यपार र राजश्व असुली दुबै दृष्टिले महत्पुर्ण र प्रमुख रहेको वीरगन्ज नाका थुनिदा राज्य र आयातकर्ता ब्यपारी सबैलाई भारी नोक्सानी भएको छ । यि भारी नोक्सानी व्यवहोर्दाले गर्दा यतिनजेल भन्सार यार्ड खाली भई दिवसको अवसर पारेर कर्मचारीहरु सरसफाईमा जुटेका छन् ।
    अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सहभागि अतिथिहरु ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।
    22 January, 2016

    नेपाललाई ऐतिहासिक बंगबन्धु गोल्डकप

    माघ ८, २०७२
    सबै खाले अविश्वास, शंका र निराशाबीच नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप जितेको छ । नेपाली फुटबलका लागि ऐतिहासिक सावित दिन ढाकाको बंगबन्धु रंगशालामा बहराइनको यू–२३ माथि ३–० को जित हात परेको हो ।
    नेपालका लागि विमल घर्तिमगरले चौथो मिनेटमा गोल गरे । खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल थपे । अञ्जन केसीको उत्कृष्ट पासमा विशालले गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गरे र नेपालको जित निश्चित पारे ।  नेपालले आफ्नो फुटबल इतिहासमा उपाधि जितेको यो तेस्रो पल्ट हो ।
    यो २३ वर्षयता नेपालले जितेको पहिलो उपाधि हो । नेपालले दक्षिण एसियाली देशबाहेक अरु टिम पनि सम्मिलित प्रतियोगिता जितेको यो पहिलो पल्ट हो । नेपाल सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलपछि कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि भिडन्तमा प्रवेश गरेको यो पहिलो पल्ट हो ।
    नेपालले उपाधिसँगै ५० हजार डलरको पुरस्कार राशि पनि जित्न सफल रह्यो । यसअघि नै राष्ट्रिय खेलकुद परिषदले पनि विजेता नेपाली टिमका प्रत्येक सदस्यलाई दुई लाख रुपैंया प्रदान गर्ने घोषणा गरिसकेको छ । बहराइनले भने उप–विजेताका रूपमा २५ हजार डलरमा चित्त बुझायो ।
    पूरा प्रतियोगितामा नेपाल अपराजित पनि रह्यो । लिग चरणमा नेपालले फेल्डा र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो । यस्तै सेमिफाइनलमा नेपालले माल्दिभ्सको चुनौतीलाई अविश्वसनीय रूपमा ४–१ ले पन्छाएको थियो ।
    तीव्र गतिमा खेलिएको फाइनलमा बहराइन शारीरिक रूपमा अत्याधिक आक्रामक देखिएको थियो र नेपाली खेलाडी चोटबाट गुज्रिन पनि बाध्य रहे । खेलको अन्त्यमा बहराइन नौ खेलाडीमा र नेपाल दस खेलाडीमा सीमित रहेको थियो ।  नेपालका लागि गोलरक्षक विकेश कुथुले फेरि एकपल्ट उत्कृष्ट बचाउहरू गरे । नेपाली डिफेन्सको प्रदर्शन पनि सुदृढ रह्यो ।
    खेल मिलामतोको विवाद र नेतृत्व तहमा रहेकामाथिको प्रतिबन्ध काण्डबीच ओरालो लागेको नेपाली फुटबलले लामो समयपछि यो सफलता आत्मसात् गरेको हो । पूरा प्रतियोगितामा ‘अन्डर डग’ को उपमा पाएको नेपाल विवाद र काण्डबीच पछिल्लो समय फिफा वरीयतामा दक्षिण एसियाली देशमध्ये पनि पुछारमा रहेको छ ।

    विमलको उत्कृष्ट गोल
    विमलले खेलको सुरुमै गोल गरेका हुन् । कप्तान विराज महर्जनले निकालेको सुन्दर क्रसमा नवयुग श्रेष्ठले गरेको हेड बहराइनका गोलरक्षकले बचाएपनि त्यसै स्थितिमा निस्केको रि–बाउन्डलाई विमलले नजिकको दूरीबाट सजिलै गोल गरे । विमलले बहराइनका गोलरक्षकले राम्रोसँग गर्न नसेको क्लियरमा फाइदा लिएका थिए ।
    विमलको यो व्यक्तिगत चौथो गोल हो । बहराइनको ओलम्पिक टिम रहेको हुँदा यो गोल भने राष्ट्रिय टिमको तथ्यांकमा गणना गरिने छैन् । उनले यसै प्रतियोगिताको लिग चरणमा श्रीलंकाविरुद्ध पनि गोल गरेका थिए । विमलको यसअघिका गोल पाकिस्तान र भारतविरुद्ध रहेको छ ।
    विशालको पनि प्रतियोगितामा यो दोस्रो व्यक्तिगत गोल हो । उनले यसअघि माल्दिभसविरद्ध पनि गोल गरेका थिए ।

    नेपालको बदला
    अहिलेसम्म नेपालले बहराइनको राष्ट्रिय टिमको सामना गरेको छैन् । तर सन् २००३ मा नेपालले बहराइनको मनामामा भएको फ्रेन्ड्ली खेलमा बहराइनको यू–२३ टिमसँग खेलेको थियो र त्यसमा नेपाल ३–० ले पराजित रहेको थियो । अहिलेको जितसँगै नेपालले त्यसको बदला लिन भने सफल भएको छ ।

    इतिहास दोहरिदैं
    नेपाली फुटबल इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्नु रहेको छ र यो सफलता ढाकाको बंगबन्धु रंगशालामै प्राप्त भएको थियो । त्यति बेलाको नेपाली टिमका सबैभन्दा ठूलो स्टार उपेन्द्रमान सिंह अहिलेको राष्ट्रिय टिमका गोलरक्षक प्रशिक्षक रहेका छन् ।
    सन् १९९३ को फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो र त्यसमा १९ वर्षीय उपेन्द्रले उत्कृष्ट बचाउ गरेका थिए । निर्धारित र अतिरिक्त समयको खेल भने २–२ को बराबरीमा रहेको थियो । अहिलेको टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि त्यस स्वर्ण पदक विजेता टिमका सदस्य थिए । BY - Ekantipur.com

    वीरगंजमा प्रदर्शन, एक सर्वसधारण घाईते ६ जना प्रहरी नियन्त्रणमा । ( फोटो फिचर )

    वीरगंजको मिना बजार गल्लीमा प्रहरी माथि ढुङ्गामुढा गर्दै प्रदर्शनकारी ।
    माघ ८ पर्सा
    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले हिजो रंगोलिमा भएको घटनालाई लिएर आज विहानदेखि वीरगंजमा प्रदर्शन भएको छ ।
    प्रदर्शनको क्रममा प्रहरीले ढुङगा मुढा गरिरहेका विजय साह कानु सहित गुलेलि चलाउने २ जना र अन्य ३ जना गरि ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     मोर्चाका कार्यकर्ताहरुले घण्टाघरस्थित रहेको नेपाल टेलिकम दुर सञ्चार कार्यालयमा तोडफोडको साथै एउटा भ्यानमा समेत तोडफोड गरेका थिए । ढुङगामुढाले टेलिकमको महंगा सिसा, कार्यालय भित्रको ३६, ३० नम्बरको क्याबिनेट बक्समा नोकसानि भई ७ सय ग्राहकको टेलिफोन अवरुद्ध भएको निम्ति कार्यालय प्रमुख गिरिराज सुवेदिले बताउनु भएको छ । यसैगरी कार्यालयको कम्पयुटर र सिसाहरु फुटेकाले अन्दाजि ५० लाख बराबरको क्षति भएको उनले बताए । बाक्लो रुपमा उपस्थित रहेका प्रदर्शनकारीहरुले नेपाल टेलिकमको भवनमा रहेको झयालका सिसामा तोडफोड गर्नुको साथै छतमाथि घाम तापिरहेका टेलिकमका कर्मचारीहरु माथि समेत ढुङगामुढा गरेका थिए ।

    घण्टाघर अगाडी शान्तिपुर्ण आन्दोलन गर्दै प्रदर्शनकारी ।

     यसैगरी प्रदर्शनकारीले छपकैयाबाट आईरहेको बा १० प ८३२४ नम्बरको गाडिमा समेत तोडफोड गरेका छन् । यसैगरी प्रदर्शनकारीले चलाएको ढुङ्गा लागि एक बटुवा दिनेश यादवको टाउको फुटेको छ ।
    प्रदर्शनकारीले मुख्यगरि घण्टाघर, माईस्थान र मिना बजारको तरकारी बजारबाट प्रहरी माथि ढुङगामुढा गरेको थियो । प्रदर्शनले फुटफाट रुपमा संञ्चालन भईरहेको वीरगंज बजार अहिले पुर्ण रुपमा बन्द भएको अवस्थामा छन् ।
     प्रदर्शनकारीले घण्टाघर अगाडी भ्यानमाथि तोडफोड गरेको बारे जनकारी गराउदै प्रहरी ।

    14 January, 2016

    आन्दोलनको फोटो प्रदर्शनी ।


    पुस ३० पर्सा
    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अहवान गरेको बन्दको क्रममा आज १ सय ५४ औं दिन तथा नाकाबन्दीको १ सय १४ औं दिन बिहिबार वीरगंजको मुख्य चोक घण्टाघर अगाडी फोटो प्रदर्शनी सुरु गरेको छ ।
    फोटो प्रदर्शनीमा वीरगंजमा प्रहरीसंगको मुठभेडमा भएको विभिन्न घटना परिघटना दर्शाउनका लागि ६० वटा फोटो प्रर्दशनीमा राखिएको छ । मोर्चाको केन्द्रिय कार्यक्रम अन्तर्गत आज मधेशका जिल्लाहरुमा मधेसीमाथि भएको हत्या हिसांका घटनाहरुको फोटो मार्फत प्रदर्शनी गरेको हो । मोर्चाले आफनो कार्यक्रमलाई फरक प्रकारको विरोधका कार्यक्रमहरु गर्ने २३ गतेको निर्णय अनुसार आज फोटो प्रदर्शनी गरेको हो । प्रर्दशनीमा बाक्लो संख्यामा उपस्थित भई सहभागिता जनाएका छन् । यस प्रकारको कार्यक्रमलाई कतिपयले सराहना गरेका छन् । 

    भारतबाट धान नआउने भएपछि ‘राइसमिल’ लाई थप संकट

    जियालाल साह
    पौष ३०पर्सा
    नाकाबन्दी मधेशमा जारी आन्दोलनले संकटमारहेका तराईका धानमिलहरु धान निर्यात नगर्नेभारतको निर्णयले थपसंकटमा परेका छन् 
    बन्दको क्रममाबारा, पर्सामा रहेका२५० भन्दा बढीचामल मिलहरु धरापमापरेका छन् महाभुकम्प, मधेश बन्द नाकाबन्दीले भन्दाभारतले नेपालमा निर्यात गर्दैआएको चामलका लागिकच्चा पदार्थधानप्रतिबन्ध लगाएको परिपत्रले गर्दाचामल मिलका सञ्चालकहरु ठुलोसंकटमा परेका छन्
    भारत सरकारको डिजिएफटि ९डाईरेक्टोरेट जेनरलअफ फरेन ट्रेड ले भारतबाट नेपालमा धाननिर्यात गर्न प्रतिबन्ध लगाउँदै परिपत्र गरेपछिनेपालका धान मिलहरुसंकटमा परेको दालचामल तेल व्यवसायी संघकाकेन्द्रीय सल्लाहकार एवम्उद्योग वाणिज्यसंघ पर्साका वरिष्ठउपाध्यक्ष सुबोध गुप्ताले बताए
    बारा पर्सामा रहेकाकरिब २५० धानमिल ९राइसमिल० हरुलाईजारी आन्दोलनको अवधिभरमा करिबरु १० अर्बनोक्सानी भईसकेको बताउँदै उद्योगी गुप्ताले थपे, “हामीले अधिकांश धानभारतबाटै आयात गरेरदेशभर चामल सप्लाईगर्छौं, अब उताबाटधान नआउने भएउद्योग नै बन्दगर्नुपर्ने अवस्था आउँछ
    यसवर्ष मौषमी प्रतिकुलता आन्दोलनका कारण तराईमाधान उत्पादन लक्ष्यको २५प्रतिशतभन्दा कम उत्पादन भएकोकृषि कार्यालयका धानविशेषज्ञ श्याम सुन्दरबताउँछन्
    नाकाबन्दी आन्दोलनका कारणकृषि यन्त्र सञ्चालन गर्नइन्धनको अभाव, मलखादको अभावकासाथै मौषमले समेतसाथ नदिएपछि उत्पादनमा कमीआएका बेला भारतबाट समेतआयत हुन नसक्नेभएपछि मिल सञ्चालकहरु मर्कामा परेकोहुन् जस्कोअसर उपभोक्ताहरुसम्म पर्नेछ। कृषि कार्यालय पर्साले जिल्लामा लाख ७५ हजारटन धान उत्पादन हुनेअपेक्षा गरिएकोमा लाख ३२ हजारटन मात्रै उत्पादन भएको   भारत सरकारको डिजिएफटिले नेपालमा धानपठाउन प्रतिबन्ध लगाएपनि चामलकालागि पनि लगाएकोछैन   बारा पर्सामा मात्रैराइसमिलहरुमा खर्बौंको लागानीभएको जानकारी दिंदैेशिवम् एण्ड एग्रोईन्डष्ट्रिज प्रा।लि।का प्रबन्ध निर्देशक शिवजिप्रसाद कलवारले भारतकोनिर्णयले नेपालका राईसमिलहरुको लगानीडुब्न लागेको बताए

    तराईमा उत्पादित धानलेदेशको कुल खपतको४० देखि ४५प्रतिशत आपूर्ति गर्छभने बाँकीे ५५प्रतिशत धान भारतबाट आयातहुन्छ
    भन्सार विभागका अनुसारगत आर्थिक वर्षमारु २५ अर्ब२५ करोड बराबरको लाख ३६ हजारटन धान कच्चापदार्थको रुपमा केही चामल भारतबाट आयातभएको थियो
     
    वीरगंजबाहेक अन्य नाकाबाट इन्धनका साथैअन्य कृषि उत्पादन नेपालतर्फ भित्रिए पनिकुनैपनि नाकाबाट अहिलेसम्म धानबोकेका सवारी साधनहरु नआएकोचाँदनी खाद्य उधोगकासञ्चालक विनोद गुप्ताले बताए
    उनले भने, “सामान्यतया कात्तिकपछि महिनासम्म भारतबाट धानआयत हुने गथ्र्यो तर, यसपटक पुसको अन्तिमसम्म पनिधान बोकेको एउटाट्रक आएको छैन्
    उनले भारतीय अधिकारीहरुसँग बुझ्दाधान पाइँदैन, चामललैजाउभन्ने जवाफपाइएको बताए
    (जियालाल साह, वीरगञ्ज ) हिमालखबर

    Scroll to Top