• नयाँ खबर

    29 December, 2016

    कस कसले पाए शिक्षा पत्रकारिता पुस्कार –२०७२ ? बाराबाट भण्डारीलाई र पर्साबाट न्यौपानेलाई यसवर्षको शिक्षा पत्रकारिता पुस्कार


    काठमाडौँ १४ /
    राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ७५ हजार राशीको यो पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो ।
    यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल (राजधानी दैनिक–इलाम) र अम्मर खड्का (नागरिक दैनिक–सुनसरी), मध्यमाञ्चलबाट दिवाकर भण्डारी (अन्नपूर्ण पोष्ट–बारा) र ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), पश्चिमाञ्चलबाट बसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) र कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) गरी ५ क्षेत्रमा सुयक्तरूपमा प्रदान गरिएको छ भने उपत्यकाबाट लिलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको छ ।
    बैठकले उपत्यकासहित ६ क्षेत्रका २÷२ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७२’ पूर्वाञ्चलबाट शेखर ढकाल (रेडियो नेपाल–सुनसरी) र सरिता राई (रासस–भोजपुर), मध्यमाञ्चलबाट मायामितु न्यौपाने (रेडियो वीरगञ्ज–पर्सा) र मनिका झा (अन्नपूर्ण पोष्ट दैनिक–धनुषा), उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–काठमाडौं) र आस्था केसी (रातोपाटी डटकम–काठमाडौं) लाई प्रदान गरिएको छ । त्यस्तै पश्चिमाञ्चलबाट वीरेन्द्र केसी (कान्तिपुर–अर्घाखाँची), लक्ष्मण पोखरेल (दैनिकपत्र दैनिक– रुपन्देही), सन्तोष गौतम (नवविकल्प साप्ताहिक–म्याग्दी), मध्यपश्चिमाञ्चलबाट गोविन्द केसी (नागरिक दैनिक–दैलेख), दीपबहादुर घर्ती (कमाण्डरपोष्ट दैनिक–जाजरकोट) र ईश्वर अधिकारी (काक्रेविहार दैनिक–सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट बसन्तप्रताप सिंह (कान्तिपुर दैनिक–बझाङ), शेरबहादुर ऐर (अनुमोदन दैनिक–कैलाली) र टंकबहादुर कुँवर (विन्तीपत्र साप्ताहिक–कैलाली) गरी संयुक्तरुपमा प्रदान गरिने भएको छ ।
    त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ तर्फ पुर्वाञ्चलबाट पूर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), मध्यमाञ्चलबाट रेडियो मकवानपुर (मकवानपुर) र रेडियो रसुवा (रसुवा) लाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । त्यस्तै उपत्यकाबाट रेडियो सगरमाथा १०२.४ (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी १०७.४ (बाग्लुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्तरुपमा रेडियो धनगढी ९०.५ (कैलाली) र रेडियो अमरगढी ९७.४ (डडेलधुरा) लाई प्रदान गरिएको छ । रु. २० हजार राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो ।
    यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पत्रपत्रिकातर्फ युगबोध दैनिक (दाङ) र आजको शिक्षा साप्ताहिक (काठमाडौं) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ हिमशिखर टेलिभिजन (झापा) लाई प्रदान गरिएको छ ।
    25 December, 2016

    क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान


    मध्य नेपाल सन्देश
    आइतबार विश्वभर मनाउन लागेको क्रिसमसको अवसरमा वीरगंजको घण्टाघरमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको छ ।
    एशुको २०१७ औं बर्षको अवसरमा नेपालमा पनि शनिबार र आइतबार विभिन्न कार्याक्रमहरु गरिएको हो शनिबार पहिलो दिन वीरगन्जमा शान्ति ¥याली र शुभकामना आदा प्रदान समेत गरिएको छ । आफ्नो संस्कृतिक झलकाउने पोसाक लगाएर पर्वमनाउनेहरुले नगरपरीक्रमा गरि वीरगंजको घण्टाघर चोक अगाडी संस्कृतिक कार्यक्रम समपन्न गरिएको पाष्टर बाबुराम क्षेत्रीले बताए । पर्सा क्रिष्टीयन संघको आयोजनामा भएको कार्यक्रममा युवाहरुले विभिन्न गित सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । 

    साप्ताहिक राशिफल - २०७३ पौष १० गते देखि १६ गते सम्म


    ज्यो. पं. छविरमण सुवेदी बारा
    मेषः  साता सामान्य फलदायी रहनेछ । साताका आईतबार ,सोमबारका दिनमा व्यापारमा लाभ व्यवसायमाप्रगति मनोरञ्जन नात्मक यात्राको योग छ । मंगलबारदेखि शुक्रबारसम्मका दिनहरु प्रतिकुल रहनेछन् । यी दिनमा शारीरिक कष्टकर बेचैनी, कसैसँग विवाद हुने ग्रहयोग परेको हुदाँ खाँदा, हिड्दा र बोल्दा सतर्कता आवशयक छ । ऊँ गं गणपतये नमः मन्त्रको स्मरण गर्दै गर्दा राम्रो हुन्छ । 

    बृष :– साताका बुधबार सम्मका दिनहरु रमाइलो सँग वित्नेछन् । यी दिनमा विरोधी सँग विरोधको सामना गर्नुपर्ने कडापरिश्रमबाट काममा सफलता मिल्ने र व्यापार व्यवसायमा लाभ प्रगति हुने ग्रहयोग छ । विहीबार , शुक्रबार र शनिवारका दिन मा काममा अलमल, व्यापार व्यवसायमा घाटा, मानसिक बेचैनी, शारीरिक कष्ट हुने हुँदा हिड्दा बोल्दा, गाडी चलाउदा र हाक्दा सतर्कता आवश्यक छ । 

    मिथुन :– साताका बुधबारसम्मको समय प्रतिकुल रहनेछ । यी दिनमा काममा बाधा वा अलमल हुने मनमा निराशा छाउने विरोधीको विरोधको सामना गर्नुपर्ने देखिन्छ । विहीबार, शुक्रबार र शनिवारका दिनमा प्रेममा सुधुरता, रमाइलो मनोरञ्जनात्मक यात्रा, व्यापार व्यवसायमा लाभ प्रगति हुने ग्रहयोग रहेको छ । 

    कर्कट :– साता प्रतिकुल रहनेछ । साताको सुरुमा घर , बाहन सम्बन्धी विवाद खानपानको तापर्वाहीले पेटको समस्या र भयचिन्ता हुन सक्छ । साताको मध्य र अन्त्यतिर असुभ समाचारले मन खिज्न हुने काममा बाधा, शत्रुभय , आफन्तसँग विरोध हुने हुदा । यो साता दैनिक जीवनका क्रियाकलापमा विशेष सावधानी अपनाउँदा राम्रो हुनेछ । 

    सिंह :– साताको आइतबार , सोमबारका दिनमा वादविवादमा विजय, मित्र सहयोगले काममा सफलता मिल्ने प्रशस्त धनलाभ पनि हुने देखिन्छ । साताका मंगलबारदेखि शनिबार सम्मका दिनहरु त्यति राम्रा छैनन् । यी दिनमा घरेलु समस्याले मनमा खिन्नता, काममा बाधा वा अलमल हुनेछ । मालसामान हराउन वा चोरिन सक्छ । यस अर्थ खाँदा हिड्दा बोल्दा र सुरक्षातर्फ विशेष सतर्कता आवश्यक छ । 

    कन्या :– साताको सुरुमा सञ्चित धनको खति र मानहानी हुन सक्छ । साताका मंगलबार, बुधबार , विहीबारका दिनमा राज्यपक्षबाट लाभ भित्र सहयोगले महत्वपूर्ण काममा सफलता पुराना साधी भाइसँग भेटघाट हुने ग्रहयोग देखिन्छ । भने शुक्रबार , शनिबारका दिन प्रतिकुल रहनेछन् । 

    तुला :– साताको सुरुमा पारीवारिक जमघटका बिच मीठो खानाको अवसर मिल्नेछ । मानसम्मान पुरष्कार पाउने योग देखिन्छ । 
    मंगलबार, बुधबारका दिनमा मानसम्मानमा आँच आउन सक्छ । अपमान, अपजसको सामना गर्नुपर्ने देखिन्छ । विहीबार, शुक्रबार, शनिबारका दिनमा प्रशस्त धनलाभ हुने बोली व्यक्तित्व बढने भित्र सहयोगले महत्वपूर्ण काम बन्ने ग्रहयोग रहेको छ । 

    बृश्चिक :– साताको सुरुमा व्यर्यभ्रमण , बेचैनी र अनावशयक खर्च हुनेछ । मध्यतिर अन्नलाभ, धनलाभ हुने मीठो खानाको अवसर मिल्ने ग्रहयोग देखिन्छ । साताको अन्त्यतिर अतिथि सत्कारमा धनखर्च हुनेछ । आम्दानी खर्च बराबर हुने साता रहेको छ । 

    धनु :– साताको सुरुमा प्रशस्त धनलाभ हुने सुख शान्तिका साथ मनोरञ्जन गर्दै समय वित्नेछ । धनलाभ हुने ग्रहयोग परेको छ । साताको मध्यभागमा व्यर्थभ्रमण, अनावश्यक खर्च, बेचैनी काममा अलमल हुनेछ । साताको अन्त्यतिर सुख शान्ति र सफलता मिल्नेछ । 
    मान सम्मान मिल्ने धन लाभ अन्नलाभ हुने ग्रहयोग रहेकोछ । 

    मकर :– विहीबार सम्मका दिनहरु अनुकुल रहनेछन् । यी दिनमा विदेश यात्रा हुने वा विदेशी आफन्तको सुसमाचार आउनेछ । प्रशस्त धनलाभ पनि हुनेछ । मनमा शान्ति , मुहारमा कान्ति र शरीरमा स्फूर्ति आउने योग छ । साताको अन्त्यतिर बेचौनी शङकाको व्यर्थभ्रमण काममा अलमल र अनावशयक खर्च हुने हुदाँ सतर्कता आवश्यक छ । 

    कुम्भ :– साताको सुरुमा शरीरमा आलस्यता , काममा अपजस मिल्नेछ । साताको मध्य र अन्त्य भागमा सरकारी उल्झन सुल्झनेछ । काममा सफलता मिल्नेछ । उधारो धन उढने प्रशस्त आम्दानी हुने मनोरञ्जन गर्दै समय वित्ने ग्रहयोग रहेको छ । 

    मीन :– साताको विहीबार सम्मका दिनहरु प्रतिकुल रहनेछ । यी दिनमा शारीरिक कष्ट, मानसिक बैचैनी , कोही कसैसँग विवाद पर्न सक्छ । काममा अलमल वा अल्छीपन देखा पर्नेछ । साताका शुक्रबार, शनिवारका दिनमा बैदेशिक काममा सफलता , पदोन्नति र कर्म प्राप्तिको ग्रहयोग रहेको छ । 

    एक किसानको सफलताले निजगढमा ‘केरा खेती’ फस्टायो

     कविता खड्का
    मध्य नेपाल सन्देश
    कृषि प्रधानदेशको बारा जिल्ला माछा उत्पादनमा मात्र नभएर केराखेतीमा पनि मध्य तराईमा अग्रणी हुन थालेको छ । यो जिल्लाकोे समथल भूमि भरपुर उपयोग गर्दै केरा खेतीबाट पनि राम्रो उन्नति गर्न यहाँका किसान कस्सिएका छन् । केही किसान त निकै प्रफुल्ल भेटिए । 
    नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने नारायणी अञ्चलको ५ जिल्लामध्ये निकै सवल बारा जिल्ला खाद्यान्न उत्पादनका लागि अग्रण्ीा स्थानमा पर्न थालेको पाइन्छ । फरक फरक बालीनालीका लागि देशैभरिको माटो र हावापानी उपयुक्त रहे पनि त्यसको भरपुर सदुपयोग गर्न कृषि उपजमा बारा जिल्लाले विविधता ल्याएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको चुरे  पर्वतमालाभन्दा दक्षिण र छिमेकी मुलुक भारतको सिमानाभन्दा उत्तरको समथर भूभाग अथवा तराईलाई अन्नको भण्डार नै मानिन्छ । नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गतको जिल्ला कृषि विकास कार्यालय बाराको सहकार्य अनि सहयोग र यहाँका किसानको मिहनेत र लगनले व्यवसायिक खेतीमा नयाँ आयामहरु थपिदै आएको बाराका किसानहरुको भनाइ छ । 
    खाद्यान्न उत्पादनमा बारा जिल्लाको बेग्लै पहिचानलाई केरा खेतीले पनि थप उक्साउन थालेको खुद बाराको निजगढका किसान आफै बताउँछन् । यहाँ खासगरी धान, गहुँ, मकै, मसुरो, आलु, तोरीलगायतको बाली हुने पछिल्लो बाराको बिशेषता हो । बर्षेबालीमा किसानहरु उखुतर्फ आकर्षित हुने पुरानो चलनलाई वीरगन्ज चिनी कारखाना बन्द भएपछि विकल्पको खेतीका रुपमा अंगालेको उनीहरुको भनाइ छ । समयमै आम्दानी जुटाउनका लागि अहिले केरा खेतीतर्फ किसानहरुको आकर्षण बढ्दा जिल्लाको ६२ हजार ८ सय ११ हेक्टर खेतीयोग्य जमिनमा २ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती सुरु भएको छ । कांचोमा तरकारीको रुपमा र पाकेपछि पौष्टिक तत्वले भरिपुर्ण फलको रुपमा मानिसहरुले रुचाउने केरा दुई दशक अगाडीसम्म यहाँ खासगरी भारतबाट आयात भएर आउँथ्यो । तर अहिले जिल्लाका किसानहरुले उत्पादन गरेको केरा नेपालको बिभिन्न भागमा निकासी हुन थालेको निजगढ नगरपालिका निवासी किसान गोविन्द खड्काले बताए । 
    तराईको जिल्लाहरुमा पहिलेदेखि नै केरा खेतीगरिदै आएको भए पनि बारामा व्यवसायिक रुपमा केरा खेतीको सुरुवात २०५४ साल पछि भएको हो । केरा खेतीगर्ने प्रशस्त सम्भावना हुँदाहुदै पनि कृषकहरु यसतर्फ आकर्षित हुन सकेका थिएनन् । आधुनिक प्रविधि अपनाएमा बढीभन्दा बढी उत्पादन लिन सकिन्छ भन्ने सोचका साथ व्यवसायिक केरा खेती सुरुवात गरिएको उनले तर्क गरे । स्वास्थ्यको दृष्टिले केरा अन्य फलफूलभन्दा स्वस्थवद्र्धक र शक्ति प्रदान गर्ने फलमा उत्कृष्ट मानिन्छ । केराबाट भिटामीन ए, बी र सी प्राप्त हुन्छ । यसलाई विश्वको प्रमुख फलको रुपमा पनि लिइने गरिएको उनको भनाइ छ । केरालाई सामान्यतया पकाएर खाने गरिन्छ । संगसंगै केराको विभिन्न परिकार बनाइ तरकारी, अचारमा पनि प्रयोग गर्ने चलन छ उनले भने । 
    नगदे वालीको श्रेणीमा पर्ने केराको खेति राम्रो आम्दनीको श्रोतको रुपमा देखा परेपछि किसानहरुको आकर्षणको कारण बन्न पुगेको पहिलो पटक व्यवसायिक रुपमा बाराको निजगढमा केरा खेती सुरुवात गरेको किसान खड्काले दावी गरे । कृषि विकास कार्यालयले आयमुलक खेती तर्फ अकर्षण गराउने उदेश्यले विक्रम सम्बत २०५३ सालमा बाराका किसानहरुलाई चितवन लगायत अन्य जिल्लाहरुमा कृषि भ्रमण गराएको थियो । त्यसबखत कृषक खड्काकी पत्नी अम्बिका खरेलले व्यवसायिक रुपमै केरा खेतीको भ्रमण र यसका बारेमा जानकारी लिन पुगेको उनले सविस्तार सुनाए । भ्रमणबाट फर्के लगत्तै पतिलाई केरा खेती गरी यसको व्यवसायमा लाग्न प्ररणा नै उनैको हो । सुरुमा पत्नीको कुरामा विश्वास नलागे पनि खड्काले आफै ती ठाउँहरुको भ्रमण गरेपछि भने चितवनबाटै विरुवा भित्राएर केरा खेती शुरु गरेको उनको भनाइ छ । यसपछि भने आजसम्म पछाडी फर्केर हेर्नु नपरेको खड्काले दावी गरे । 
    केराले गर्मी तथा ओसिलो हावापानी मन पराउछ तर सिचाईको सुविधा भएमा सुख्खा ठाँउमा यसको सहज खेती गर्न सकिन्छ । केरा खेतीका लागि १८ देखि २७ सेन्टिग्रेट तापक्रम र हिउँदमा प्रशस्त घाम लाग्ने, तुषारो नपर्ने राम्रो प्रबन्ध भएको, हल्का तर प्रशस्त प्रारङ्गिक मल भएको माटो केरा खेतीका लागि उपयुक्त हुने जिल्ला कृषि विकास कार्यालय बाली विकासका कर्मचारीले बताए । थोरै क्षारीय माटोमा पनि यसको खेती गर्न सकिन्छ,जहाँ ओइलिने रोगको प्रकोप कम हुन्छ । यसरी हेर्दा सबैभन्दा राम्रो जातहरुमा झापाली मालभोग र विलियम हाइब्रेड पाइन्छ । यी जातका केरा चाडो फुल्ने, फल्ने, कोसा संख्या पनि धेरै र कोसा पनि ठूलो, पाकेपछि पहेलो रंग हुने, मिठो वास्ना, सुगन्धित र पाकेपछि पनि धेरै दिन राख्न सकिने भएकोले कृषकहरुले समेत यी जातहरु मन पराउने गरेको उनीहरुको भनाइ छ । 
    केरालाई उसिनेर या पाकेको केरालाई चाना पारी सुकाई, पिसेर पिठो बनाई हलुवा पनि खान सकिन्छ । केरा खेती व्यवसायिक रुपमै विस्तार हँुदै जाँदा कृषि विकास कार्यालय बाराले कृषकहरुलाई प्रतिगोटा विरुवामा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । यससंगै केरा खेती गरिरहेका किसानहरुको बालीको कृषि विकास कार्यलयले १ करोड ५० लाख सम्मको वीमाको व्यवस्था पनि मिलाई दिएको कृषि विकास कार्यालय बाराका प्रमुख  शिवरतन साहले बताए । 
    मालभोग केरा आजभोली सबैले औधी रुचाउने गरेका छन् । यहि कारण हो, नेपाली बजारमा मालभोग केराको माग बढ्दै गएको छ । केहिवर्ष अगाडीसम्म भारतको हाजीपुरमा उत्पादित मालभोग केराहरुले नेपालको बजार ओगटदै आएका थिए । तर नेपालमा पनि व्यावसायीक केरा खेती हुन थालेपछि यहिका मालभोग केराहरुले बजार ओगटदैछ र भारतको हाजिपुरबाट आउने केराको आयात बिस्तारै कम भएको छ । निजगढमा उत्पादित मालभोग केरा अति नै मिठो हेर्दा आकर्षक हुने हुँदा यसलाई मन पराउने गरेको सिम्रौनगढ बारा घरभई हाल कलैया बस्दै आएका एक केराका पारखी रामकिसोर यादव बताउँछन् ।  
    निजगढमा उत्पादित केरा बिहान मगायो, बिक्रीका लागि अर्काे दिन कुर्नै पर्दैन फलफूल व्यावसायीले बताए । आफनै जिल्लामा उत्पादित केरा सहज बिक्री हुने र मनग्य आम्दानी पनि हुने गरेको कलैया बजारका रोशनी फ्रुट सेन्टर सञ्चालक राधेश्याम कुमारले बताए । उनले आफनो जिल्लाको उत्पादनमा जोड दिएपछि भारतीय केराको माग घटिरहेको समेत तर्क गरे । घरवरिपरि, खाली जग्गा, निजी तथा सार्वजनिक जग्गा, सडक छेउछाउ, भिरालो जग्गा, मठ मंदिर, स्कूल, मदर्शा, इदगाह, स्मसानघाट, नहर किनार, बगैंचा वरिपरि, वन भित्र केरा लगाएर जलवायु परिवर्तनको असरबाट वातावरण जोगाउनुका साथै खाद्य, पोषण तथा आर्थीक सुरक्षामा सहयोग पु¥याउन र भविष्यमा निर्यातको लागि पनि राम्रो आधार बन्ने व्यवसायीहरुको पनि दावी छ । 

    संविधान संशोधनमा संघीय प्रदेश र राष्ट्रिय हित — सम्पादकीय

    कता–कता नेपाल नै हो, अधिकारका बहानामा जस्ले जे मन लाग्यो त्यहि कुरा गर्न पाउने । नत्र राष्ट्रिय अखण्डता र बिखण्डनका कुरा कुनै देशवाशीले गर्दैन । यो गर्नु पनि हुन्न । तर नेपालमा भने मुलुकको नेता हुँ भन्ने र पटक पटक मन्त्री भएकाहरुबाट नै राष्ट्रिय अखण्डताका कुरालाई बद्ख्याई गरेको सुनिन्छ । संस्सारमा कुनै यस्तो मुलुक छैन, जहाँ बिखण्डनको कुरा गर्दा त्यहाँका नागरिकलाई सम्मानका साथ राखियोस् । हामी कहाँ भने राष्ट्रियता माथि धावा बोल्ने धेरैले उन्मुक्ति पाइराखेका छन् । अधिकारबाट बञ्चित पारिएका र परेका प्रत्येक नागरिकले अधिकारका लागि आन्दोलन गर्नु माँग गर्नु बिद्रोह गर्नु लोकतन्त्रमा जायज हो । तर अधिकारका नाममा बिद्रोह वा मागको चर्का कुरा गर्दै अरुको अधिकार हनन् गर्नु र राष्ट्रलाई नै बिखण्डन गरी अलग राष्ट्र बनाउने धाक भने उति सुहाउने कुरा होइन । राष्ट्र भनेको सिमित नागरिकको प्यावा होइन । जुन कसैले कित्ताकाट गरेर मोलमोलाई गरोस् । त्यो पनि नेताहरु कै राजनीति सवारका हुँँकारमा । 
    अधिकारका कुरा गरी फेरी बिभेद भए त्यो स्वविवेकी नागरिकले सहि राख्छन् भन्ने हुन्न । मुलुक बनाउने र आम नागरिकको हक अधिकार समान बनाउने नाममा सिमित नेताहरुका सिकञ्जामा मुलुक जकडिनु आम देशवासीका लागि सह्य हुँदैन । संघीयताका नाममा हुने संघीय प्रदेशको भागबण्डा गर्दा राष्ट्रिय अखण्डतालाई शिरोधार्य गर्न जरुरी छ । मुलुक रहे आमदेशवासी सुमार्गको बाटो तर्फ अगाडी बढ्न समय बढि लाग्दैन । तर आपसमा जुँगाको लडाईंबाट राष्ट्रलाई अपरिपक्क ढंगले संघहरु बनाउने काम भए त्यसले राम्रो संकेत ल्याउँदैन । पहिचान, सामथ्र्य र भौगोलिक परिदृष्यलाई एक ठाउँमा राखेर समग्र देशलाई नै आँकलन गर्न देश बनाउँछु भन्नेहरुले बिर्सनु हुन्न । मलाई यति चाहिन्छ, उति चाहिन्छ भन्ने र म यति दिन्छु उति दिन्छु कोही लिने र दिने भई अपरिपक्क ढंगबाट चाक्लाबन्दी गरी फेरी पनि संघहरु निर्माण गर्नहुन्न भन्ने हेक्का मुलुक भित्रका राजनीतिक दलले राख्नुपर्छ । यसका लागि सबै राजनीतिक दलहरुले सतर्कता अपनाउन आवश्यक छ । 
    राजनीतिक दल र नेता भन्ने वित्तिकै राज्य संचालनका लागि दूरगामी ढंगले नीति बनाउन सक्ने र राष्ट्रको सेवा गर्न सक्ने निकाय र व्यक्ति भन्ने बुझिन्छ । तर त्यहि निकाय र व्यक्तिले गैर जिम्मेवारी प्रत्तुत गरे त्यो जनताको दृष्टिमा कहिले नउठ्ने गरी थला पर्न सक्छ र मुलुकको पनि हित हुँदैन । राजनीति गर्नु भनेको नै मुलुक र त्यस भित्रका जनताको उन्नति र प्रगतिको द्योतक बन्नु हो । यसका लागि नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरी जति थोरै संघहरु निर्माण गर्न सक्यो पछिको विकास उति द्रूत गतिमा अगाडी बढ्न सक्छ भन्ने कुरालाई अझै संविधान संशोधनको घनचक्कर चलाई रहेका सत्ताधारी र आन्दोलनरत पक्षले बुझ्न आवश्यक छ । धेरै संघहरु निर्माण भए त्यसले देशको विकासमा लाग्ने खर्च संघीय प्रदेशको संचालनमा लाग्ने र नागरिकका लागि केही गर्न नसकिने कुरालाई वेवास्ता गर्दै यति सानो देशमा ७ प्रदेश बनाइएको छ । त्यो पनि नेपाल जस्तो कृषि प्रधानदेशको कृषि योग्य हजारौं विगाहा जमिन संघीय प्रदेशको भौतिक पूर्वाधारमा सिध्याउने अर्को प्रपञ्च होइन भन्न सकिन्न । त्यसमा पनि मधेश र पहाडलाई अलग( अलग गरी आउने संघीय ढाँचाले अंगिकृत नागरिकता ह्वात्तै बढेको मुलुकमा भोली के हुन्छ बोधगम्य बिषय छ । यो कुरालाई हाम्रा आम जनताका हिमायती राजनीतिक दल हौं भन्ने दल र तिनका नेतृत्वकर्ताले बिर्सन हुँदैन । यो कृरालाई विर्सिए भोलीका दिनमा अझ धेरै विखण्डनकारीहरुको मतैक्य बढ्दै नजाला भन्न कठिन छ । 

    खोजी जवाफदेहिताको !

     – कविता खड्का
    मध्य नेपाल सन्देश
    शिक्षा नै जिवनको आधार हो भन्ने नारा हामी बच्चा देखि नै पढदै आईरहेका छौ सुन्दै आईरहेका छौ । र यो यथार्थ पनि हो । अझ बाल कल्व तथा बालबालिका भएको ठाउँमा त ठुलठुल्ला व्यतिmहरुले भाषणमा आजका बाल बालिका भोली देशका करुणाधार हुन भन्ने गर्दछन । तर त्यही देशका करुणाधारहरुले आर्जन गर्ने शिक्षा दिक्षाको व्यवस्था कस्तो छ ? शिक्षालाई कतिको महत्व दिईएको छ ?यस विषयमा ध्यान गएको खासै पाईदैन । देशका करुणाधारहरुले शिक्षा आर्जन गर्ने स्थानको रुपमा हामी गाउ गाउमा रहेको प्राथमिक बिद्यालयलाई नै लिन सक्छौ । बिद्यालयमा हुनु पर्ने आधारभुत सेवा सुबिधाको बारेमा कसैलाई चासो छैन वा कसले चासो लिने । ती बालबालिकाको पढाईको भन्दा पनि त्यहा हुने विधालय व्यस्थापन समितिको चुनाव, प्र.अ.को सरुवा, शिक्षकको दरवन्दी आदीमा मात्र चासो हुने गरेको पाईन्छ । 
    बिद्यालयको भौतिक अवस्थाहरुले पनि यस प्रतिको चासो चिन्ता र बिद्यालय प्रतिको माया मोहलाई झल्काउछ । बिद्यालयहरुको दुरा अवस्था हेर्दा आँखाबाट आँसु आउने खाल्का बिद्यालयहरु छन हाम्रो समुदायमा जसलाई हामी बिद्याको मन्दिर भन्दछौ । प्रत्येक गाविसमा अहिले कम्तीमा २ वटा र बढीमा ७ वटा सम्म बिद्यालय रहेको पाईन्छ तर त्यसको अवस्था दयनिय छ । बिधार्थी छन त पढाउने शिक्षक छैन, शिक्षक छन त बस्ने ठाउ छैन आखिर किन यस्तो अवस्था छ त हम्रो सामुदायिक बिद्यालयहरुको । हरेकले आ आफनो छोराछोरी डाक्टर, ईन्जिनीयर बनेको देख्न चाहन्छन तर आफनो वरीपरि रहेको बिद्यालयको प्रगति, विकास, पुर्वाधारमा कसैको ध्यान जादैन आखिर किन ? आफनो बालबालिकाको भबिष्य निर्माण गर्ने बिद्यालय प्रति आफै सचेत हुन कसले सिकाउछ कसले बुद्धि दिन्छ ? 
    बिधार्थीहरु शिक्षक प्रति जवाफदेहि छैनन, शिक्षकहरु बिधार्थी प्रति जवाफदेहि छैन, प्रधानाध्यापकहरु बिद्यालय व्यस्थापन समिति प्रति जवाफदेहि छैनन न त अभिभावकहरु नै बिद्यालय र बिद्यालयको विकास प्रति जवाफदेहि देखिन्छन । खाली एकले अर्कालाई दोषारोपण मात्र गर्ने काम गर्छन । बिद्यालय व्यस्थापन समितिको काम बिद्यलायको सहि व्यवस्थापन गर्ने र बिद्यालयमा पढाईको वातारण बनाउने होे तर यसो गरिएको कहि कतै पाईदैन । कहिले काहि त बिद्यालय व्यस्थापन समितिको विवादले १÷ १ महिना बिद्यालयमा ताल्चा मारेको समाचार पढन पाईन्छ जव बिद्यालयमा नै ताल्चा लागे पछि के को लागि बिद्यालय व्यवस्थापन समिति ? के का लागि अभिभावक समिति ? आखिर कहिले सम्म यसरी हामी बिधार्थीको जीवनसंग खेल्वाड गर्छौ ? शिक्षकहरु पढाईको गुणस्तर भन्दा पनि आफ्नो राजनिति र अरु कामको प्राथमिकतामा ध्यान दिन्छन । बिषयगत कमजोर बिधार्थीहरुलाई बिद्यलायमा थप समय र थप मेहनत गर्नुको सट्टा ट्युसन र कोचिंङ्गको सल्लाह दिन्छन र आफै संचालक भएर गरिव बिधार्थीसंग चर्को शुल्क असुल्ने काम गर्छन के यहि हाम्रो शिक्षा प्रणालीमा आएको गणतन्त्र ? बिद्यलयको पढाईको बिषयलाई लिएर अभिभावकहरु कहिल्यै पनि बिद्यालयमा आउदैनन । कहिले पनि शिक्षक र प्रधानाध्यापकसंग गुणस्तरीय शिक्षाको बारेमा छलफल गर्दैन । यहासम्म की बालबालिको प्रगति विबरण देखाउन बोलाउदा समेत बिद्यालयमा नआउने अभिभावकहरु आफने छोराछोरी फेल भए पछि शिक्षक र प्रधानध्यापकसंग झगडा गर्न आउछन । एस एल सी परिक्षामा जसरी भए पनि आ आफ्नो छोराछोरीलाई पास गराउनका लागि केन्द्र, केन्द्राध्यक्ष , निरीक्षक र नेताको घर घरमा धाउछन आखिर किन यसरी ? कहिले सम्म यसरी ? बिद्यालयको पढाई प्रति चासो नराख्ने तर एस एल सी परिक्षा आए पछि हुनेवाला ससुरा समेत चिट चोराउनका लागि परिक्षा केन्द्र समेत पुग्ने के यहि हो हाम्रो छोराछोरीको पढाई प्रतिको हाम्रो जिम्मेवारी ? 
    बिद्यालयको पुर्वाधारको बिषयमा कुरा गर्दा प्राथमिक बिद्यालयको अवस्था झनै कमजोर रहेको देखिन्छ ? जवकी जग बलियो भने कै प्राथमिक हो । जिर्ण भवन, घासे मैदान, बाहिर शौचले भरिएको शौचालय, रातीमा कुकुरले आराम गर्ने कक्षा कोठा, बिद्यालयको प्राङ्गणमा स्थानिय वासिले राखेको पराल, भत्केको प्रवेश द्धवार यो पहिचान हो हाम्रो प्राथमिक बिद्यालयको । यस्तो ठाउमा अध्ययन गर्ने बालबालिकाको मानसिकता कस्तो होला ? उसले आर्जन गर्ने शिक्षाको गुणस्तर कस्तो होला ? हामीले कहिल्यै सोचिरहेको छैनौ । प्रत्येक वर्ष त्यही बिद्यालयको वरीपरी बसेर त्यस गाविसमा आएको सरकारी रकमको बाड फाड हुन्छ । बिद्यालयको नाममा आएको राहतको हिसाव फर्छयौट हुन्छ तर त्यो बिद्यालय दर्शक मात्र बनेको पाईन्छ । त्यस बिद्यालयको विकासमा गाविसको योग्दान भएको पाइैदैन । आखिर विकास को नजरमा किन पर्दैन बिद्यालय ? किन बिद्यालयको विकासमा समाजको महत्वपुर्ण व्यतिmहरुको ध्यान जादैन ? के हाम्रो शिक्षा प्रणाली यस्तै रहन्छ । 
    अहिले चारै तिर संघियता, राज्य पुर्नसंरचना, प्रान्तीय राजधानी को चर्चा चलिरहेको छ तर शिक्षालाई कसरी अगाडी बढाउने, शैक्षिक संस्थालाई कसरी व्यस्थापन गर्ने भन्ने विषयमा चर्चा भएको पाईदैन ? आखि किन ? सरकार, जनता सवै यस विषयमा छलफल गर्नु पर्ने होईन र ? 

    तरकारीवाली अनिसा, शिक्षक बन्ने चाहना


    – इश्वरी श्रेष्ठ
    मध्य नेपाल सन्देश, 
    केही हप्तादेखि निकै चलन चल्तीमा रहेको शब्द हो तरकारीवाली, केहि फोटो सार्वजनिक गर्दै विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि चर्चित बनेकी नेपाली चेलि तरकारीवालिको चाहना पुरा गर्न धेरैले हात अगाडी बढाएको छ । यस्तै तरकारीवाली हरेक गाँऊ, टोल, सहरमा छन् । ति मध्येकी एक हुन् वीरगंजको मिना बजारमा कोभी बेच्दै आएकी अनिसा कुमारी । आमा, बुबासंग फुर्सदको समयमा तरकारी बेच्न रुचाउने १० वर्षिय अनिसा पढेर शिक्षक बन्ने योजनाका साथ अगाडी बढिरहेकी छिन् । 
    सानै उमेरमा मेहनत गर्न रुचाउने अनिसा माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दछिन् । बुबा बिरेन्द्र साह र आमा लालमुनी देवीकी छठौँ सन्तान मध्य एक अनिसा । आफना भाईहरुको प्रिय हुन् । आफना भाईहरूलाई खेलाउने फकाउने र माया गर्न उनि माहीर छिन् । अनिसा पढ्न, खेल्न र रमाइलो गर्न बाहेक बजारमा तरकारी बेच्न पनि निकै  रमाउने गरेको उनकी आमा लालमुनि देवीले बताईन् । लामो समय देखि वीरगंज मै बसोबास गर्दै आएकी साह परिवारमा काम संग(संगै अध्ययन अध्यापनलाई समेत प्राथमिकताका साथ अगाडी बढाइरहेको उनको आमाको तर्क छ । सिजन अनुसारको तरकारीहरु बिक्रि गर्दै आएका अनिसाका आमा बुवा दिनभरी बजारमै हुन्छन् । तरकारी नबेचि खान पुग्दैन उनकी आमाले भनिन् बालबच्चा धेरै छन्, जसोतसो गुजारा चल्दैछ । अहिलेको जमानमा नपढाए हुन्न् उनले भनिन् धेरै पैसा स्कुलमा पर्दैनन् तरपनी कहिले काहीँ कापी, कलम किन्न समस्यै पर्छन् । तर छोरिको पढाइ राम्रो छ । स्कुलबाट आएपछी खाजा खाएर आफ्नो पाठ गर्छ । स्कुल जान कहिल्यै पनि किचकिच गर्दैनन् ज्ञानी भएर आफै तयार हुन्छे । स(साना भाईहरुलाई पनि तयार गराएर संगै स्कुल लग्ने र ल्याउने गर्दछिन् । हामीहरु धेरै नपढेपनि छोरी शिक्षक बन्ने भन्छीन् अनिसाकी आमाले भनिन् छोरी तरकारी बेच्दा उसका साथीहरु जिस्काउ छन् तिमि तरकारी बेच्ने बन्छौँ तर उनि उल्टै शिक्षिका बन्छु सबैलाई शिक्षा दिन्छु भन्दा छोरिको कुराले खुसी बनाउँछ । कहिले काहिँ डर हुन्थयो छोरि पढाई छोडेर तरकारी बेच्ने होकि तर अब हामी ढुक्क छु, मेरो छोरी शिक्षिका बन्छे । छोरिलाई पढाउछु उसको सपना पूरा गर्छु । दुखः सुख त आउँछ, जान्छ उनकी अमाले भनिन् । यिनै तरकारीवालि अनिसा संग मध्य नेपाल सन्देशले गरेको कुराकानी ः–
    तिम्रो नाम ?
    अनिसा कुमारी
    मिल्ने साथी  ?
    पिंकि र काजोल
    तरकारी बेच्न आउँछ ?
    आउँछ
    कस्ले सिकाउनु भएको तरकारी बेच्न ?
    ममि बुबा दुबैले
    ठूलो भएर शिक्षिका बन्नु पर्छ कस्ले भन्नू भएको ?
    स्कुलमा मिसले
    स्कुलको होमवर्क कस्ले सिकाउनु हुन्छ ?
    बाबाले
    कस्ले बढी माया लाग्छ ?
    दुबैको
    तिमीलाई वीरगंज कतिको मन पर्छ ?
    धेरै मनपर्छ । 

    अधिकार सँगसँगै कर्तव्य पनि जोडिएको हुन्छ – अधिकारकर्मी जिनु

    जिनु मानन्धर
    – निलम पन्त
    मध्य नेपाल सन्देश
    बुवा इन्द्र बहादुर तोईना र आमा सूर्यवती तोईनाको कोखबाट जन्मिएका तीन सन्तान मध्ये जिनु मानन्धर जेठो सन्तान हुन् । उनका १ बहिनी र १ भाइ रहेको उनको जन्म वि.सं.०४२ साल असोज ६ गते भक्तपुर जिल्लाको भक्तपुरमा भएको हो । त्यहीको बनेपा स्थित रहेको क्याम्पसबाट वि.सं.०६५ सालमा स्नात्तक सम्म अध्ययन गरी २४ वर्षको उमेरमा नै जिल्ला पर्सा विरगंज स्थित आर्दशटोल–३ मा बस्ने उमेश मानन्धरसंग विवाह भएको हो । यिनको कोखबाट १ जना छोराको जन्म भईसकेको छ । यिनले आफनो जिवीकोपार्जनको लागि विर्ता स्थित नारी कलेक्सन संचालन गरी कपडा सिउने र बेच्ने कार्य गरी मानव अधिकार क्षेत्रमा काम समेत गर्दै आएकी हाल मानव अधिकार शान्ति समाज पर्साको जिल्ला महिला सदस्यमा समेत कार्यरत रही समाजसेवा प्रति उत्तरदायी हुदै आफनो पहिचानको लागि मानव अधिकारको क्षेत्रमा उन्मुख भई अघि बढि रहेकी छन् । उनै जिनु मानन्धर संगको संक्षिप्त कुराकानीः
    महिला हिंसाको घटनामा मानव अधिकार हनन् भएको पाईन्छ ? यसलाई रोक्न के गर्न सकिन्छ ?
    – हाम्रो समाजमा के छ भने महिलालाई अलिकति पछाडी नै पारिएको देखिन्छ । जसरी पनि हामी महिला अगाडी उठ्न खोजे पनि कुनै न कुनै बाधा आउँछ । आफू अगाडी बढ्न खोजे पनि घर–परिवार या समाजले केही न केही कुरा यस्तो हुन्छ कि, परिबन्धमा पारिएको हुन्छ , अनि मान्छेलाई उम्कन गा¥हो हुन्छ । घर–घरमा प्रायः जसो जति पढेलेखेको होस्, कही न कही घरेलु हिंसा भएको नै हुन्छ । र आफु पनि शिकार भएको हुन्छ । तर सम्बन्धित ठाउँमा भन्न गा¥ह्रो हुन्छ । किनभने ईज्जतको कुरा हुन्छ । समाजले के भन्ला , कसो भन्ला भनेर प्रश्न उठ्न सक्छ । त्यसकारणले पनि अगाडी बढनको लागि एकजनाले हैन सबै जनाले सोच्नु पर्दछ । एकजुट हुनुपर्दछ । र साथै पहिला आफुले आफुलाई चाहि सवल बनाउनु पर्दछ ।
    मानव अधिकारको कार्यमा अझ महिलाहरुलाई सक्रिय रुपले सहभागी गराउन के गर्दा उपयुक्त हुन्छ ?
    – सबभन्दा पहिला त महिलालाई सहजीकरणको वातावरण नै छैन । घरपरिवार या समाजले यो कुरा बुझनुपर्यो । अब सबै महिला त नभनौ , कतिपय महिला त अगाडी बढन पनि चाहदैनन् । त्यो अनुसारको वातावरण नभए पछि जतिसुकै पढेलेखेको होस् या जतिसुकै शिक्षित परिवारको होस्, उनीहरु चाही दबीएर बसेका हुन्छन् । यस कारणले सबभन्दा पहिले त आफुले आफुलाई नै उठाउनु पर्यो । आफु पहिला सक्रिय हुनुपर्यो  । त्यो वातावरण संग लड्ने आफुलाई बनाउनु पर्यो । आफुनै पहिला गर्न सकिएन भने अरु कसरी सक्रिय हुन्छन । सबभन्दा पहिले घरपरिवार भन्दा पनि श्रीमान् बाट साथ पाउँनुपर्छ ।
    महिलाहरुको संरक्षणको लागि तथा आत्मनिर्भरको लागि के उपायहरु उपनाउन सकिन्छ ?
    – यसको लागि समाजमा जनचेतना मुलक कार्यक्रम गरिराख्नुपर्छ । शिक्षामा बढी जोड दिनुपर्छ । र साथै आत्मनिर्भरताको लागि महिलाहरुले सिपमुलक तालिम लिनु अनिवार्य गर्नुपर्दछ ।
    घर–घरमा मानव अधिकारको सूचना कसरी पु¥याईन्छ ?
    – घर–घरमा सूचना पु¥याउनको लागि सबभन्दा पहिला हामी आफै जागरुक हुनुपर्दछ । अनि त्यसपछि हामीमा त्यो हिम्मत पनि हुनुप¥र्यो । किनभन देखी हामी जाने ठाउँमा गएपछि के भन्ने, कसरी सम्झाई बुझाई गर्ने । सबभन्दा पहिले त हामीले यसको बारेमा आफुले बुझनु पर्यो । यसलाई कसरी उपयोग गर्न सकिन्छ । कसरी हामीले आफनो जीवनस्तरमा उकास्न सकिन्छ र जनचेतना जगाउन सकिन्छ ।
    घटना विशेष मात्र तपाईहरुको सक्रियता देखिन्छ तर अरु बेला खासै देखिन्दैन् किन ?
    – हामी यस संस्थामा भए पनि सबैजना अरु–अरु काममा पनि छौ । अनि अरु बेलामा चाही नदेखिनुको कारण एक त आफनो काम पनि हेर्नु पर्यो । अर्को कुरा चाही अब कुनै घटना घटने बेलामा के गर्नुपर्यो , कसरी अगाडी बढनु पर्छ । भनेर हामी भित्रै त्यो छलफल गरिरहेका हुन्छौ । के कस्ता कार्यक्रम गर्नुपर्छ । के कस्तो समस्या आउँदा खेरी त्यसको निराकरण गर्नुपर्छ भनेर त्यो विषयमा छलफल भईरहेको हुन्छ ।
    आन्दोलनमा मानव अधिकारको अल्लघंन भएको घटना सम्बन्धमा तपाईको संस्थाले के– कस्तो कार्य गर्दछ ?
    – आन्दोलन हुँदा खेरी आन्दोलनकारी धेरै घाईते भएका थिए । त्यो बेलामा घाईतेहरुलाई अस्पताल पु¥याई दिएका छौ । उपचार पनि गराई दिएका छौ । त्यसपछि नमिलेको कुरा चाहि यस जिल्लामा गएर मिलाउने काम पनि भएको छ । र छलफल गरेर सम्झाउने–बुझाउने काम पनि गरेका छौ । दुईपक्षलाई सम्झाई–बुझाई वार्तामा ल्याउने काम पनि भएको छ । अनि प्रहरी प्रशासनमा गएर पनि मिलाउने काम पनि भएको छ ।
    वीरगंज क्षेत्र आसपासमा मानव अधिकारका के–कस्ता घटना घटने गरेका छन् । त्यसका रोकथामका लागि के गर्दै हुनुहुन्छ ?
    – यस क्षेत्र आसपासमा दाईजोप्रथा, बालविवाह, छुवाछुत, सम्बन्ध विच्छेद र घरेलुहिंसा जस्ता जघन्य अपराध घटना घटने गरेका छन् । विशेषगरी तराईतिर देखेको चाही सबभन्दा ठूलो समस्या दाईजोप्रथा हो । जस्तैः जो गरीब परिवार छ त्यसको लागि ठूलो समस्या छ । अब छोरी हुन्छ, जस्मा दुई तीन जना अनि दाईजो दिन नसकेर घरमा नै बसीरहेको हुन्छ । र केही गरेर उनीहरुलाई बिहे गरिदिनु प¥र्यो भने ऋण लिएर विवाह गरिदिने अवस्था छ । यो रोकथाम गर्न को लागि समाज जनजागरण अभियान संचालन गर्न आवश्यक छ ।

    जाडोमा पनि छालारोग किन ?


     

    – कविता खड्का
    मध्य नेपाल सन्देश
    विगत ९ बर्ष देखि नारायणी उप क्षेत्रीय अस्पतालमा छाला तथा यौन रोग बिशेषज्ञ डा. अतुलेश कुमार चौरसिया छाला तथा यौन रोग विभागको विभागिय प्रमुखको रुपमा विगत लामो समयदेखि सेवा दिईरहेका छन् । वीरगंज आसपासका क्षेत्रमा  मात्रै नभएर मध्य तराई मै एउटा सफल बिशेषज्ञको रुपमा स्थापित डा. अतुलेश कुमार चौरसियासँग छाला रोगकै विषयमा मध्य नेपालले गरेको कुराकानी । 
    १) खासमा छाला रोग के हो ? 
    छालामा लाग्ने कुनै पनि रोग या कुनै पनि एबनरमलिटी, एबनरमल चिज, नरमलमा जस्तो छाला त्यसमै आउने परिवर्तन लगायत छाला चिलाउने, पानीका फोका हुने दुख्ने लगायतको परिवर्तनलाई छाला रोग लागेको हुन्छ । 
    २) छाला  रोग अन्तर्गत कस्तो प्रकारका रोगहरु पर्दछन् ? 
    खासमा यो हामीले अवर्जव गर्न थालेपछि छाला रोग लागेको थाहा हुन्छ । यो सर्ने पनि हुन्छ नसर्ने पनि हुन्छ । किटाणु रहित पनि हुन्छ किटाणु नभएको पनि हुन्छ । बिशेष गरेर यस अन्र्तगत छालामा लाग्ने रोग छालामा देखा पर्ने गर्दछन् । यसमा कुष्ठरोग पनि हुन सक्छ । कुनै हानी पुरयाउने हुन्छ । कुनै हानी नपुरयाउने पनि हुन्छ । कुनै छालाको क्यान्सर पनि हुन सक्छ । यो धेरै प्रकारको रोग हुन्छ । अब जाडो मौसम शुरु हुदैछन् । सुरुमा छाला फुस्रो र सुख्खा हुदैँ, विस्तारै विस्तारै छाला चिलाउन थाल्छ । र एर्लर्जी डेभलप हुदै रोगमा परिनत हुदैँ जान्छन् । 
    ३) छाला रोग बढी जाडोमा हुने रोग हो ? यो गर्मिमा पनि हुने गर्दछ यो दुबै मौसमको रोगलाई के–कस्तो खालको रोग भन्न सकिन्छ ?
    यो एलर्जी कन्डिशन रोग हो । यो गर्मी,जाडो दुवैमा हुन सक्छ । कुनै पनि रोग गर्मीमा बढी च्याप्छ । कसै–कसैलाई बढीमा एउटै ठाँउमा एलर्जी भईरहेको हुन्छ । हुन्छ भने कसैलाई केही हुदैनन् । हामी जुन वातावरणमा बस्छौँ । विशेष गरी तराईमा धुँवा, धुलो र लामखुटे हुने तराई मधेशको यो वातावरणमा आँखाले देख्ने, नदेख्ने धँलोको कण, माटोका कण, धँवाको कणहरु हाम्रो स्किनमा त्यसलाई एडप्ट गरेन । एबजर्ब गरेर स्किनमा एलर्जी डेभलप हुदै जानेगर्दछन् । तर सँगै बसेको मान्छेलाई हुँदैन । आफ्नो आफ्नो छालाको क्यापसिटी पावरमा भर पर्दछ । 
    ४) अधिकांश व्यक्तिहरुलाई छाला रोग लागेपछि हरेक वर्ष त्यहि सिजनमा फेरी आउने गरेको पाईन्छ ? के यो नछुट्ने खाल्कै रोग हो ?
    यसलाई सिजनल एलर्जी भनिन्छ । जाडो होस या गर्मी होस ।  यो पाटिकुलर यो सिजनमा  कुनै न कुनै माईल्स , पोलेन्स , किटाणुहरु रुख बिरुवाको पातमा टासेर हावाको माध्यमबाटा हाम्रो शरीरमा टासिन्छ । त्यो सिजन हाम्रो शरीरमा एडप गरेन भने, र त्यहाको हावा पानीले एडप्ट गरेन भने त्यो ठाउ अनुसार फरक पर्द छ ।  पचायो भने कम पचाएन भने बढी एलरजी हुन्छ । 
    ५) छाला रोगमा सरुवा हुने  र नहुने रोग कुन कुन हुन् ? 
    एजर्जी कहिले पनि सर्दैन । अरुलाई सर्नका लागि कीटाणु भएको रोग हुनु पर्छ । लुतो दाथ, कुष्ठ रोग सर्न सक्छ । सर्ने रोगमा कुनै नकुनै किटाणु हुन्छ । एलरजी जसलाई पनि हुन सक्छ । एलरजी सर्दैन । कुष्ठरोगको लक्षण त्यो भाग शुन्य हुन्छ । 
    ६) तराई भेगमा अधिकाशं हुने रोगहरु हरेक वर्ष दोहरिने गर्दछन् ? यस्तो किन भएको जस्तो लाग्छ ? 
    हामी पढे लेखेका शिक्षित व्यतिmले पनि आफनो स्वास्थ्य प्रति त्यती सचेत छैनन । रोग लागेर ग्रसित भए पछि मात्र डाक्टर कहा आउने गरेको पाईन्छ । हामी रोग प्रति ध्यान दिदैनौ । आफने सरसफाई र आफनो व्यवहरमा परिवर्तन ल्याउनु परयो । के कारणले आफुलाई एलरजी भईरहेको छ त्यसको कारणको बारेमा चनाखो रहने र सकभर बचनका लागि सावधानी अपनाउने । 
    तराईको भेगमा धुलो उडने गर्छ त्यसैले धुलोबाट बच्नको लागि माक्सके प्रयोग गर्ने । मोटर साईकल चलाउदा पनि धुलोबाट बच्न फुल हेल्मेटको प्रयोग गर्ने जस्ता सावधानी नअपनाएको पनि पाईन्छ । 
    ७) यो रोगबाट बच्नका लागि के के कुरामा ध्यान दिनुपर्दछ ? 
    सर्वप्रथम रोग यो लाग्नबाट बच्नका लागि सरसफाईमा पुर्ण ध्यान दिन जरुरी छ । बिशेष गरी तराई भेगमा स साना बच्चाहरुलाई आमा बुवाले १५/२० दिन सम्म ननुहाई बिहान बेलुका तेल लगाई दिन्छन् । यसको कारणले पनि छालामा बिभिन्न किसिमको ईन्फेकसन भई रोग लाग्ने गर्दछन् । 
    दिनमा एक पटक अनिवार्य रुपमा नुहाउने गर्नु पर्दछ । तर हामीले नुहाए ता पनि हामीले नुहाउदा प्रयोग गर्ने पानी कस्तो छ टंकी सफा छ की छैन यसको पनि ख्याल गर्न आवश्यक हुन्छ । सकभर सावुन तौलियाहरु एक अर्काले प्रयोग गरेको प्रयोग गर्नु हुदैन । बाहिर हिड्दा खेरी सकभर माक्स लगाएर हिडनु पर्छ । 
    सरसफाईमा ध्यान दियो भने यसको संक्रमणबाट बच्न सकिन्छ । सवै रोगको निदान भने कै सफा रहनु, स्वस्थ खाना खानु, तनाव रहित वातावरणमा बस्नु हो । डाक्टरले दिएको सल्लाह सुझाव अनुसार उपचार गराउने र आफ्नो स्वास्थको ख्याल राख्न सुझाव दिन चाहन्छु । 

    बदनाम भयो जिन्दगी - गजल, मुक्तकहरु

    जिवन

    सक्दिन्न भन्न मलाई नै तिम्रो खास बनाउ भनेर ।
    दुई मुटु हाम्रो एक धडकन संगै सास बनाउ भनेर ।। 

    बिर्सि देऊ बरु जे भयो भयो भाग्य नै खराब थियो ।
    चाहेको हैन जिवन यादको दास बनाउ भनेर ।।

    सक्दिन्न पुछन तिम्रा ती आशुँ यही काखाम रोए नि ।
    किन भन्नु फेरी सम्झेर जिवन नास बनाउ भनेर ।।

    पीडामा मेरो रुने छन धेरै सपना हु कसैको ।
    भनेको पनि छैन नि कुनै आस बनाउ भनेर ।। 

    तिमी बिना मर्छु नभन अब सव था छ तिमीलाई ।
    चाहेको छैन जिवन तिम्रो लास बनाउ भनेर ।। 

    सक्दिन्न भन्न मलाई नै तिम्रो खास बनाउ भनेर ।
    दुई मुटु हाम्रो एक धडकन संगै सास बनाउ भनेर ।। 
    – लक्ष्मीकान्त शर्राफ, ठाकुराम क्याम्पस, वीरगंज 


    बदनाम भयो जिन्दगी


    तिमीसंग नाम जोडि बदनाम भयो जिन्दगी । 
    तिमीसंगै नाता तोडी आराम भयो जिन्दगी ।। 

    तिम्रो प्रेमको नसामा मातिएको थिए ।
    चोट दिई व्युझायौ, लगाम भयो जिन्दगी ।।
    चन्द्रमा भनी तिमीलाई रातमा नि रम्थे ।
    औसी भनी चाल पाउदा घाम भयो जिन्दगी ।।

    तिमी खुशि होऊ भनी कति व्रत वसे ।
    महल तिर पस्यौ सुन्दा माम भये जिन्दगी ।। 
    अन्जानमा पाप बोकी हिडेको म थिए ।
    पापको भारी झरे पछि राम राम भयो जिन्दगी ।।

    तिमिसंग नाम जोडि बदनाम भयो जिन्दगी । 
    तिमिसंगै नाता तोडी आराम भयो जिन्दगी ।। 
    – दिलिप राज कार्की, वीरगंज 

    जिन्दगी


    बग्दैछन् आँखामा आँशु नुनिलो पानी बनेर ।
    मुल्य बिहिन एउटा जिन्दगानी बनेर ।।
    हरेक रात झस्काईरहेका छन सपनीमा पनि ।
    बसेका छन् सवै यादहरु सिरानी बनेर ।। 
    डरलाग्दा ती दिनहरु पार गर्दै यहाँसम्म ।
    सम्झदा आउँछन् आँखामा कहानी बनेर ।।
    – सन्ध्या पौडेल, वीरगन्ज

    अमलाको सेवनले दिने फाईदाहरु

    पुष्पा राना (व्युटिसीयन)
    मध्य नेपाल सन्देश
    अहिले अमलाको सिजन छ ।  यसको फाईदा उठाउन पाए धेरै फाईदा हुने छ । स्वस्थ्य केशको लागी अमला यो एउटा उतम औषधी हो । अहिले ताजा आवला पाउँछ । यसको सेवन सवैको लागि लाभप्रद हो । ताजा अमलाको सेवनले हामी सधै रोगबाट बच्ने छौ । अमलाको चुरण, मुराबा, च्यवनप्रास, वर्षै भरी प्रयोग गर्न सक्छौ । आयुर्वेर्दीक हिसावले अमला अमिलो हुन्छ । यसमा भिटामिन सि पर्याप्त हुने भएको हुनाले यसले धेरै फाईदा पु¥याउँछ । 
    १) औषधी प्रयोग– हामी महिलाहरुमा श्वेत प्रदर हुने समस्या पनि हुने गर्द छ । कसै कसैले यस्तो समस्यामा ३  देखि ५ ग्राम चुर्णको मिश्रीसंग प्रति दिन २ पटक खाने यो चुर्णलाई एक चिया चम्चा महमा मिलाएर चाटे पनि श्वेत प्रदरमा फाईदा हुन्छ । 
    २) श्वेत प्रदर कसै कसैलाई धेरै हुने गर्दछ । पेट दुख्ने हुन्छ । त्यो बेला २ चम्चा आवलाको चुर्ण २ चम्चम मिश्रीको धुलोमा २ भाग बेसार मिलाएर बिहान बेलुकी ३÷३ ग्राम पानीमा सेवन गरे आराम हुन्छ ।
    ३) टाउको दुखाई –आवलाको ३ देखि ५ ग्राम चुर्णमा आधा चम्चा शुद्ध घ्यु र १० ग्राम मिश्रीको धुलोमा  मिसाएर खाने गरेमा ग्यास्टीक या पितको कारणले दुखेको टाउकोमा राहत पाउदछ । 
    ४) कब्जीयत – कब्जीयत भएको बेलामा पनि टाउको दुख्ने हुन्छ त्यस बेलामा पनि आवलाको चुर्ण मिश्रीको धुलो मिसाएर राति सुत्नु भन्दा अगाडी एक गिलास मन तातो पानीको साथ सेवन गर्नाले कब्जीयत हुनबाट बचाउछ । 
    ५) दाँतलाई बलियो पार्न –आवलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनु र चम्किलो पनि देखिन्छ । 
    ६) केश कालो पार्न र जरा बलियो पार्न – काचो वा सुकेको आवलालाई राति फलामको भाडामा भिजाउने बिहान हातमा पन्जा लगाएर कपालको जरा जरामा लगाउने गरेमा केश कालो हुने चम्किलो र बलियो हुनुको साथै केश पाक्ने समस्या पनि रोकिन्छ । 
    ७) अहिले आवलाको सिजन छ आवलाको पाचक बनाएर राखेमा दिनमा एक दुई टुक्रा पाचक सेवन गर्नाले पनि स्वास्थ्य केश र अनुहारको छालालाई पनि राम्रो देखिन्छ । 
    आवलाको पाचक बनाउने बिधि ः 
    १ किलो आवलामा १० ग्राम ज्वानो, ५ ग्राम हिंग, कालो नुन स्वास्द अनुसार मिलाउने सवै भन्दा पहिला आवलाको बिउलाई छुटयाउने । 
    आवलालाई मसिनो पिसेर पेस्ट बनाउने । ज्वानोलाई हल्का भुटेर पिस्ने । बिरे नुन पिस्ने, हिंग पिसेर सवै थोकलाई मिलाएर मुछने राम्रोसंग नाङ्गलोमा हल्का तेल लगाउने र मस्यौरा बनाए झै मसिनो बनाएर घाममा राम्रो संग सुक्ने गरी सुकाउने । सुके पछि प्लास्टीकको सिसीमा राम्रोसंग ढकन लगाएर राख्नेर दिनमा २ पटक एक देखि ९ पिस सम्म सेवन गर्न सकिन्छ । 

    कछुवा - बाल चित्रकार

    कछुवा (TORTOISE)

    बाल चित्रकार 

    नाम : रिजन सिंह
    स्कुल : माउन्ट एडमन्ट सेकेन्डरी स्कुल
    कक्षा : १
    रौल नं. : २४

    सुविधा भोगी अनि गरीबको झोली बीच असमान दृष्टीकोण


    गीता भण्डारी
    मध्य नेपाल सन्देश
    सरकारी ओहदामा बसेका कर्मचारी वा सासंदहरुको सुविधा ह्वातै बढेको समाचारले निकै चर्चा परीचर्चा पाएको छ । नपाओस् पनि कसरी ? जनताका न्यूनतम् आवश्यकता, मूलकका जल्दा बल्दा समस्याहरुलाई एकातीर थाती राख्दै, लोकमान सिहंको महाअभियोग प्रकरण, दुई दशक भन्दा बढी समय खर्चेर खरबौ रुपैया खर्ची अनेकौ हण्डर र चुनौती पार गदै कयौ सहीदहरुको बलीदान पश्चात ल्याईएको संविधान कार्यन्वयन, सामान्य उपचार सम्म नपाई अकालमै ज्यान गुमाउन वा आत्महत्या गर्न बाध्य जनता, बिगत डेढ बर्ष बिती सक्दा पनि लाखौ भुकम्प पिढीतहरु यसरी खूल्ला आकाशमा च्यातिएको पाल अनी उदाङ्गीएको छातीमा न्यानो खोजीरहेका अबोध ति बाल बालीकाहरु तालु पोल्ने घामको तापले सूस्केरा फाल्दै गरेका ती ओठ सिधा हुन नपाउदै बर्षातको पानी र कठ्याग्रिने जाडोले निलाम्य भएका अद्भत अनुहारहरुको जिवन अनी दिन रात मिहनेत गरी एक छाक टार्न धौ(धौ पर्ने श्रमीक वर्गहरुको न्यनूनतम बेतन र सर्वसाधरणको बार्षिक आम्दानीको तुलनामा सुविधा भोग्ने हैसियत सम्म नभएका कतिपय सासंदहरुको तलब सूविधामा एक्कासी लामो फड्को मार्न सफल भएको छ । 
    देशको अर्थ ब्यवस्था चुनौतीलाई नियाल्ने हो भने ब्यवहारीक र पारदर्शक बन्न नसकेकै कारण चर्चाको विषय बन्न पुगेको यथावर्ता हाम्रो माझमा स्पष्ट छ । तर्सथ यो चर्चालाई हामीले स्वभाविक रुपमा लिएका छौ । वास्तबमा अहिले हाम्रो देश भयकंर जटिल्ता बाट गूज्ररीरहेको अवश्थामा छ,जनताका समस्या अनी देश निर्माणको काममा कछुवाको ताल झै सूस्ताएकै कारण हाम्रो देश पछाडी तर्फ धकेलीदै छ भन्ने कुरा बुझ्न जरुरी देखीन्छ, स्वास्थ्य निरोगी हुने हर कसैको चाहना हुन्छ, सुखी र निरोगी जीवन यापन गर्नको लागी जन्म अगावै देखी मृत्यु मूखमा नपूगे सम्म हर तरहका सावधानी पनि खोजीरहेका हुन्छौ । तर कच्चा शरीर न हो नत रोगले निम्तो दिन्छ न मृत्युले पर्खन्छ,तसर्थ अकल्पनिय क्षतीबाट गूज्रीरहेका हाम्रा कतीपय सर्व साधरणले एउटा सिटामोल सम्म उपलब्ध गर्न नसक्नु, आफैमा लज्जास्पद पक्ष हो, भने धनाग्यको बाबजुद स्वदेशमै उपचार गर्न सकीने स (साना रोगलाई पनि राज्यको ढिकुटीनै रित्त्याउदै बिदेश तिर पलायन हुने परम्पंरागत नेताहरुको बिचको असमान दृष्टिकोण लाई चिर्ने अनिवार्य छ । प्रसव पिडाले छट्पटाएको अवश्थामा उपचार नपाउनु, भोकाएको पेटमा रोटीको व्यवस्था मिलाउन नसक्नु, न्युनतम् आवाश्यकता पुर्ति गर्न नसक्दा  गैरजिम्वेवारी तर्फ औल्याईएको बाटोमा तर्फ ध्यान दिन सके अनी राहत कोष या निशूल्क उपचारको व्यवस्था ल्याउन सके मकवानपुरको हाँडीखोला स्थित मूटु रोगी २१ बर्षिय आशिष उप्रेति र उनकी आमा विनीता उप्रेती जस्ता गरीबीको मारले थलिएर कहिले आउला मृत्यु भन्दै कुर्न पर्ने अवश्था पक्कै आउदैन थियो ।
    उसो त हाम्रा देशका नेताहरु बिच ठ्याम्मै तालमेल मिल्दै नमिल्ने,बिचार मिल्दै नमिल्ने पनी हैन रहेछ भन्ने कुरा त पहिले पनी देखेकै थियौ र आज पनी सांसदहरुको तलब सुविधामा बढौती सम्बन्धि बिधे्यक पेश गरे देखी सो बिधे्यक पास नहून्जेल नकूनै दल, न कुनै पार्टी,न पक्ष, न बिपक्ष नभनी एकै पंतीमा उभिएर होमा हो को स्वर मिलाउदै बहुमतले विधेयक पास गर्दा देखीएको एकबद्धताले जाहेर गरेको कुरा तपाई हाम्रो माझमा र्छलंग देखीएको कुरा हो । तसर्थ जनताका दुखीरहेका घाउमा मलम लगाउदै,भोकले छट्पटाएको बेला एकटुक्रा रोटीको जमर्काै गराउदै पिढीतहरुलाई गास र बास र कपासको व्यवस्था मिलाउन सकको भए, जनताका समस्या र समाधान अनी देश निर्माणको काममा यसरीनै एकै पंती भएर उभिन सक्ने हो भने देशमा असम्भब भन्ने कुरा भने केही छैन,र असम्भव पक्षको पनि विकल्पहरु खोज्न सहज वातावरण निर्माण हुने थियो, जसरी आज चर्चाको विषय बनेको सासंदको सुविधा बढौती तर्फ सबैको ध्यान केन्दित भएको देखीएकोछ जनतालाई खुसी, सवल साथै देशको बिकाशलाई प्राथमिकता दिन सक्ने भए यसरी बर्षाे देखी बढ्न नसकेको र्सासदहरुको सेवा सुविधा र भत्ता बढाईनु पर्छ भन्ने स्वर जनताले स्यमं उठाउने महलको सिर्जना गर्नु पर्ने रहेछ यो बुझ्न आवाश्यक छ । मुलकका जल्दा बल्दा समस्याहरु बेलैमा समाधान गर्न सके ती समस्याले उग्ररुप लिने छैन भन्ने बुझ्न जरुरी छ । फोटो – सौजन्य

    जाडोमा न्यानो पहिरन प्रयोग गरौं


    अञ्जली चौहान,
    मध्य नेपाल सन्देश,
    हामीले डिजाइनर ड्रेसको कुरा गर्दा विवाहमा, पाटीमा, गर्मीमा, चाँडवाडमा लगाउने पहिरनको निकै चर्चा ग¥यौँ । तर हामी मौसम अनुसारको पहिरनको चर्चा गरौँ । किनभने जाडो पनि बढ्दै गएकोले जाडो मौसममा पनि हरेक व्यक्तिहरुले फेसनेवल पहिरन लगाउन पछि पर्दैनन् त्यहि भएर जाडोमा पनि कस्तो पहिरन लगाउन सकिन्छ भन्ने कुरा जानी राख्नुपर्दछ । 
    बजारमा जाडोको लागी पनि विभिन्न डिजाइन र विभिन्न किसिमका कपडाहरु पाईन्छ । जस्तै कलेज पढ्ने केटाकेटीका लागि, अफिसमा काम गर्ने व्यक्तिका लागि र गृहणी हरेक व्यक्तिको इच्छाअनुसार बजारमा कपडाहरु सजिलै पाईन्छ । तर हामीले जस्तो पायो त्यस्तै कपडा लगाएर पनि हुन्न अफुलाई कन्फटेवल र आफुमाथी सुहाउने खालको कपडाको छनौट गर्नु पर्छ । जस्तै जिन्स, भेस्ट,टि सर्ट, सर्ट, पाईन्ट लगाउने महिलाहरुको लागि यदि कपडा छनौट गर्नुपर्दा आफुलाई कुन रङ्ग सुहाउदो हुन्छ र कस्तो किसिमको डिजाइनको लगाउदा प्रफेक्ट देखिन्छ ध्यान दिएर छनौट गर्नुपर्छ । 
    जिन्स नै लगाउनु पर्दा जिन्स संग म्याच गरेर ऊनिको लङ्ग  स्लेभस भएको भेस्ट र त्यसको कम्बीनेसनमा लङ्ग कोट र माथिबाट सानो पातलो स्टल राख्न सकन्छ । घाटि ढाक्नलाई चिसो बाट पनि बचाउछ । यदि कसैको (हाइट) सानो छ  भने उसले लङ्ग कोट संग लामो हिल भएको क्लोज सुज लगाउदा त्यसैको कम्बीनेसनमा लङ्ग कोट नलगाएर सर्ट छोटो लम्बाइ भएको कोट वा कलर भएको स्वेटर लगाउदा प्रफेक्ट कम्बीनेसन देखिन्छ । आजकाल बजारमा  खास जाडोको लागि लेडिज पाइन्टहरु भित्र भुवादार ऊनी भएको लगाउँदा न्यानो बनाइ राख्ने लेगिज, कोरियन पाइन्ट, जिन्सहरु उपलव्ध छन् । त्यस्तै विहे भएको महिलाहरु त्यस्ता जिन्स लगाउन नरुचाउने महिला हरुले ऊनीको न्यानो कुर्ता र लेगिज आफना रुचि अनुसार लगाउन सक्छन । अहिले ऊनीको कुर्ता र लेगिजहरु विभिन्न डिजाइन र बुट्टेदार कुर्ताहरु पनि बजारमा किन्न सकिन्छ । सथै विभिन्न  डिजाइनका स्टलहरु नरम, मुलायम र फरक फरक कलरमा पाउन सकिन्छ । आफना ईच्छा अनुसार कलर कम्वीनेसन गरेर लगाउन सकिन्छ । त्यसैमा म्याच गरेर क्लोज सु पनि लगाउन सकिन्छ । किनभने चाडोमा सेन्डलको प्रयोग खासै नभएको देखिन्छ ।  
    यस्तै साडी लगाउने महिलाहरुका लागि सुतिको साडी जाडोको लागी धेरै न्यानो र राम्रो हुन्छ सुतिको साडी पनि लगाउन रुचि नहुने धेरै महिलाहरु होलान् तर  सुती साडिहरु पनि आजकाल बजारमा विभिन्न डिजाइनर प्रिन्टमा र रेसम कडाई बुट्टामा पाउन सकिन्छ । साडिसंग न्यानो ऊनीको ब्लाउजको पनि फेसन बढ्दै गएको छ । जाडोको मौसममा मखमल भेल्भेट कपडाको ब्लाउज पनि विभिन्न डिजाईनमा  सिलाएर लगाउन सकिन्छ । अहिले बजारमा पनि भेल्भेटमा पनि विभिन्न किसिमका बुट्टाहरु प्रिन्टहरु भएका कपडा उपलब्ध छन् । 
    12 December, 2016

    पुष्पाले जितिन सिएनएन सुपर हिरोको उपाधि

    पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन् ।
    अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गरेकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो ।
    उनलाई जिताउन मत अभियान चलाइ रहेका युवा अभियानकर्मी गौरव कँडेलले सो जानकारी दिएका छन् ।
    काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहेकी छन् । उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भनिन, “ सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।”
    योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहेको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नेछन । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो । – सौजन्य हिमालखबर

    यत्ता ध्यान कहिले ?

    यत्ता ध्यान कहिले ? ठूला मान्छे आउँदा रोड टाल्दै उनीहरुको सवारी हुने सडक बनाउने नगरपालिका आफ्नो कर्तव्यप्रति इमान्दार भएर कहिले जुट्ने ? तस्विर : कविता खड्का

    लालचको मानसिकता विनाशकारी


    – सन्ध्या पौडेल
    मध्य नेपाल सन्देश
    एउट निकै परिश्रमी र इमान्दार किसान थियो । किसानको एउटा बगैंचा थियो । ऊ दिनरात त्यही बगैंचामा काम गथ्र्यो । किसानको बगैंचामा अंगुरको बोट थियो । त्यस्मा असाध्यै मिठो अंगुर फलेको थियो । किसानले सोच्यो कि केहि अंगुर जमिनदारको घरमा पनि पठाए भने जमिन्दार खुशी हुने थिए । किसानले जमिनदारको घरमा एउटा टोकरीभरी अंगुर पठाइ दिए । जमिदारलाई त्यो अंगुर एकदम मिठो लाग्यो । त्यस पछि जमिदारले सोचे ओहो ! यति मिठो अंगुर त मैले खाएको थिइन । यो अंगुरको बोट मेरो बगैंचामा हुनुपर्छ । त्यस पछि जमिन्दारले आफ्नो कामदारलाई किसानको बगैंचामा गएर त्यो अंगुरको बोट ल्याउन आदेश दिए । कामदारहरु किसान कहाँ गई अंगुरको बोट मागे । किसानले बिरुवा भएपछि आफै ल्याईदिने कुरा बताए । तर कामदारहरु नमानी किसानको बगैंचामा भएको अंगुरको बोटलाई उखलेर लगे । किसान निकै दु ःखी  भयो । अंगुरको बोटलाई कामदारहरुले जमिदारको बगैंचामा रोपे केहि दिन पछि जमिन्दार बगैंचामा गए । अंगुरको बोटमा अंगुर फल्नु त टाढाको कुरा अंगुरको बोट नै मरेको देखेर जमिन्दार हेरेको हेरै प¥र्यो । जमिन्दारको लालचको कारण मिठो अंगुरको बोट सुक्यो ।    
    जमिन्दारको लालचले गर्दा मिठो अंगुर फल्ने बोट नै मासियो । जमिन्दारले पश्चाताप मानी किसानको घरमा गई माफी माग्यो । लालचको मानसिकता एकदमै विनाशकारी हुन्छ । त्यसैले यसवाट बच्नु पर्छ । त्यस्को लागि आफुसंग जे छ त्यसैमा रमन सिक्नु पर्छ । अर्काको हेरेर डाह गर्नु  हुदैन । अनि मात्र हामी लालचको प्रभावबाट टाढा भाग्न सक्छौ । 

    पथलैया–वीरगंज सडक खण्डलाई ६ लेनको बनाउने काम तिब्र

    – सुप्रिया  ढकाल
    मध्य नेपाल सन्देश
    ५७ वर्ष पुरानो सडकलाई चौडा गर्ने योजनाका साथ सडक बिभागले वीरगंज ( पथलैया सडक खण्डलाई ६ लेन विस्तार गर्ने योजनाका साथ अगाडी बढेको छ । विभागले दैनिक हजारौं सवारी साधन गुड्ने चापको सांघुरो सडकलाई अन्तराष्ट्रिय गुणस्तरको नाला सहित बनाउने योजनाका साथ कामलाई तिब्रता दिएको विभागका योजना प्रमुख रवीन्द्रलाल दासले बताए । तयारी स्वरुप अहिले नाला बनाउने र खाली ठाँउमा माटो हाल्ने काम भईरहेको दासले बताए । 
    योजना अनुसार ६ लेन सडक पूर्वपश्चिम राजमार्गको पथलैयादेखि दक्षिण त्रिभुवन राजपथमा पर्साको लिपनीविर्ताको परवानीपुरसम्म जोड्ने छ । देशकै ६५ प्रतिशत बढी व्यापार हुने वीरगंज नाका बढ्दो सवारी साधनका कारण साँघुरिदै गएका सडकहरु ५ दशक अगाडी कै योजना अनुसार निर्माण भएको थियो अहिले नयाँ योजनाका साथ यस सड्कलाई फराकिलो बनाउदै लगिने योजनामा रहेको छ । 

    गुजराती परिवारमा छोराछोरीको शिक्षादिक्षाको समस्या


    — कविता खड्का
    मध्य नेपाल सन्देश 
    वि.सं. १९९८ सालमाभारतको गुजरातमा अनिकाल परेपछि ज्यान जोगाउन नेपाल आएका गुजराती समुदायले ७५ वर्ष फुटपाथ व्यवसाय मै विताएका छन् । गुजरातबाट विभिन्न ठाँउमा भौतारिदै नेपाल आइपुगेका कासीराम गुजराती सहितका उनका केही आफन्त यस अघि वीरगंज घण्टाघरमा रहेको रेल्वे स्टेसनको खाली जग्गामा पालमुनी बस्ने गरेका थिए । कहिले त्रिपालको घरलाई हावाले उडाउँने त कहिले पानीले ओच्छ्यान समेत डुवाइ दिने गरेपछि रातारात सडकमा बस्न बाध्य हुने गरेको कासीरामले दुखेसो सुनाए । 
    यसरी बस्ने क्रममा करीब ३५ बर्ष पहिले रेल्वे स्टेसन कै अगाडी खालीजग्गा भाडामा लिएर स-साना टहरा बनाइ बस्न थाल्दा सुरुमा एउटा टहराको रु ६ सय भाडा पर्दथ्यो अहिले उनीहरु १५ वटा टहरा वनाएर प्रति टहराको मासिक रु १५ सय तिरेर ८५ जनाको समूह बस्दै आइरहेको उनीहरुको भनाइ छ । पहिले भन्दा केही जीवनयापन गर्ने तरिका सामान्य बदलिए पनि आफ्ना सन्ततिहरुको शिक्षा दिक्षाको भने उनीहरुलाई साह्रै चिन्ता रहेको पाइएको छ । आफू त जसोतसो जीवनको उत्तराद्र्धतिर पुग्न थाले पनि सन्ततिहरुले अझै पढ्न र म यो देशको नागरिक हो भन्ने यकिन गर्न सकेका छैनन् कासीरामले भने । 
    बजारबाट स्टीलको भाडाकुडा खरिद गरी टाउकोमा भाडाकुडा बोकेर बिहान ७ बजेदेखि रातनपरुन्जेल सम्म वीरगंज शहरको गल्ली-गल्लीको प्रत्येक घर पुगी पुरानो कपडामा भाडाकुडा साटने दैनिकी नै बनेको छ । त्यो साटेर ल्याइएको कपडालाई आफ्नो निवासमा ल्याई सफासंग धोई पखाली आईरन गरेर रेल्वे स्टेसन अगाडीको सडकमा बेच्ने आफ्नो व्यवसायको शैलीको सविस्तार उनले सुनाए । पुरानो कपडाको व्यापार गर्दा मासिक यति नै कमाई हुन्छ भन्ने यकिन नहुने ती गुजरातीहरुको भनाइ छ । कहिले काही साफै विक्री हुदैन, भने मेला पर्वको वेला बढी कमाई हुन्छ । करिब महिनामा ६ देखि १० हजार सम्मको एउटा पसलबाट आम्दानी हुने ४३ वर्षका दिपक गुजराती मालीले मध्य नेपाल सन्देशलाई बताए । 
    त्यो सडकको छेउको फुटपाथमा पसल थापी बस्दा पसल अगाडी गाडीवालाले गाडी लगाई दिने र टांगा वालाहरुले पनि निकै दुख अभ्यस्त बनाउने गरेको उनीहरुको भोगाइ छ । आमाबुबा वीरगंजको गल्ली गल्लीमा भाडाकुडासंग कपडा साट्न जानु पर्ने भएकोले वच्चा र वृद्ध तथा वयस्क छोरी चेलीहरुले पसलमा बस्दा अरुले जिस्क्याउने अनावस्यक मानसिक तनाव हुने उनीहरुको आफ्नै पीडा छ । ठूल्ठूलो सटरमा पसल खोलेर बस्ने हामीसंग पैसा छैन । सानो ठाउँ सडकको छेउमा पसल गरेका छांै त्यो पनि वेलावेलामा नगरपालिकाले हटाउने हल्ला गर्छ र कहिले हटाइ नै दिन्छ । 
    जन्म नेपालमा भयो, बिहेवारी यही भयो । एक छोरा र एक छोरी छन् । यही ठाउँमा पसल संचालन गर्दा गर्दै आमाबुवा बित्नु भयो । अव जाउँ त हामी कहाँ जाउँ गहभरी आशु पार्दै ३४ बर्षीय पुनम गुजरातीले बताइन् । आफनो नागरिकता तथा बालबच्चाको जन्म दर्ता नभएका कारण सरकारी बिद्यालयमा छोराछोरीको पढाइका लागि भर्ना हुदैन । न त बोर्डिङ्गमा पढाउने पैसा छ । हाम्रो जीवन त यसरी दुखःमय जेनतेन गरी चल्दै छ । तर छोराछोरीको भविष्य अझ अन्यौलमा छ । न त हामी आएका ठाउमा फर्केर जान सकिरहेका छांै । न त यहाँ हाम्रो कसैले कुरा सुन्छ सविता गुजरातीले भनिन् । हामीलाई संयुतm रुपमा बस्ने वास, पसल संचालनका लागि एक ठाउँमा व्यवस्थित गरिदिने र छोराछोरीको पढाईमा सरकारले सहयोग गरिदिए हाम्रो पनि कल्याण हुने थियो उनले भनिन् । गरीव भएता पनि एक आपसमा कसरी मिलेर बस्नुपर्छ भन्ने अन्य समूदाय भन्दा आफूहरुले कमन नबुझेको उनीहरुको भनाइ छ  । 
    एकलाई पर्दा अर्कोले सहयोग गर्ने र आफनो दुखः सुख एक आपसमै बाड्ने गरेका छौं । यिनीहरुको बिवाह पनि आफनो समुदाय भित्र नै हुने गरेको छ । ८५ जनामध्ये लगभग ४५ जनाले टोलीमा नागरिकता बनाएका छन् भने बाँकीको नागरिकता बन्न सकिरहेको छैन ७५ बर्षीय कासीराम गुजरातीले बताए । उनको अहिले सम्म नागरिकता बन्न सकेको छैन । यहि मेरो नागरिकता भएको भए वृद्ध भत्ताबाट औषधी उपचार गर्थे, मेरो कमाउने कोही छैन उनले आफनो दुखेसो सुनाए । पहिले पहिले शौच गर्न उनीहरु स्टेशनको खाली जग्गमा प्रसस्त थियो । त्यस पछि जग्गा धनीले शौचालय निर्माण गर्दा शौचालय मै जान्थे,तर शौचालय भरीए पछि निकै नै कठिन भएको उनीहरु बताउछन् । नगरपालिकाले वीरगंज स्थित घण्टाघरको छेउमा निर्माण गरेको सार्वजनिक शौचालयमा प्रतिव्यतिm रु १० का दरले तिरी बिहान शौच गर्न जानुपर्ने पनि उनीहरुको अर्को बाध्यता छ । 

    सीमाक्षेत्र बिशेष कार्यक्रमको रकम सफ्वेयरमा खर्च – सम्पादकीय

    नेपाल सरकारले बडो प्राथमिकताका साथ ल्याएको सीमाक्षेत्र बिशेष कार्याक्रम आफैमा गाउँ बनाउने गतिलो आधार हो । राज्यले नहेर्ने पुरानो शैलीलाई परिवर्तन गरी मधेशका जिल्लालाई समेटी गाउँ सम्म रकम पु¥याउने प्रयास गलत भने होइन । यसमा स्थानीय निकाय र स्थानीय नागरिक दुवैको इमान्दारिता र काम प्रतिको लगाव आवश्यक रहन्छ । तर गएको बर्षबाट नेपाल सरकारले लगानी गरेको सीमाक्षेत्र बिशेष  कार्यक्रमको अधिक रकम अर्थहिन झैं देखिनु राम्रो संकेत होइन । खर्च देखिएको धेरै रकम खाली तालिम, गोष्ठी, बाटो मर्मत, नाला मर्मत जस्ता बनिबनाउ क्षेत्रमा खर्च गरिएको तथ्याँक सार्वजनिक हुनुले २ नम्बर प्रदेशका सबै जिल्लामा भएको लगानी सही ठाउँमा सदुपयोग नभएको प्रष्ट देखिन्छ । 
    यो लगानी कार्यन्वयनका लागि कुनै पनि ठोस योजना बनेको र कार्यन्वयनमा नै इमान्दारिता रहेको दुवै देखिएको छैन । यसमा स्थानीय नागरिक र स्थानीय निकायको लापर्वाही र कमजोरी प्रष्ट दे्खिएको छ । यो कुरा गएको बुधबार २ नम्बर प्रदेशका सबै जिल्लाहरुका स्थानीय विकास अधिकारी तथा उनका प्रतिनीधिहरुले आफ्नो जिल्लाको विवरण रार्वजनिक गर्दा यर्थाथ खुलेको हो । महोत्तरी जिल्ला वाहेक अन्य जिल्लाको अवस्था विचरादिन हुनु यो क्षेत्रका नागरिक माथि स्थानीय निकायहरुले गरेको अन्याय पनि हो । अनि आम सर्वसाधारणको पनि कमजोर भूमिका रहेको प्रष्ट छ । लगत्तै यस क्षेत्रका राजनीतिक दल भनाउनेहरु त जनता प्रति कति गैर जिम्मेवार रहेछन् भन्ने कुराले पनि ठूलो अर्थ राखेको छ । जनताका हिमायती भनेका राजनीतिक दल र राजनीतिकर्मीहरु नै हुन् । सर्वसाधारणलाई हरेक कुराको पूर्ण ज्ञान नहुन पनि सक्छ । तर आफ्नो क्षेत्रमा कति बजेट आएको छ ? सो कहाँ कहाँ खर्च हुँदैछ ? भन्ने सो क्षेत्रका राजनीतिकर्मीहरुलाई हेक्का नहुनु र भएर पनि अन्देखा गर्नु उनीहरुको लाचारी वाहेक अरु केही हुन सक्दैन । केवल राज्यलाई सधैं धारेहात पारी गाली गर्दैमा आफ्नो दायित्व पनि पूरा हुन्छ भन्ने ठान्नु स्थानीय राजनीतिकर्मीको भूल हो । 
    संघिय संरचनामा मुलुक गइसकेको अवस्थामा आफ्नो ठाउँ आफै बनाउँ भन्ने अवधारणा प्रार्थनीय हुनुपर्छ । स्थानीय क्षेत्रको आवश्यकता र अपरिहार्यता केन्द्रमा हुनेहरुलाई राम्रोसँग ज्ञान हुँदैन भनी बजेट खर्च गर्ने जिम्मेवारी स्थानीय स्तरमा नै बढी दिने शैली संघिय गणतन्त्रको गहना हो । यो कुरा प्रत्यक्ष स्थानीय राजनीतिक दलका अगुवा कार्यकर्ताहरुलाई नभएको देखिनु राम्रो संकेत होइन । स्थलगत भ्रमणमा खटिएका मन्त्रालयका प्राविधिकले स्थानीय विकासमन्त्री हितराज पाण्डे र स्थानीय मन्त्रालयका सचिव केदार बहादुर अधिकारी उपस्थित कार्यक्रममा नै काम भएका भनिएका २ प्रदेशका जिल्ला र गाविस तथा जिविसहरुमा विना माष्टर प्लान र विना सुपरभिजनमा काम भएको तर्क सार्वजनिक गर्नुले अब यो क्षेत्रका नागरिकले पनि चुप लागेर बस्न नहुने तथ्य प्रकाशमा आएको छ । राज्यले लगानी गरेको रकमबाट सरकारले हरेक गाउँगाउँमा गएर आफै काम गरिदिने होइन । आफ्नो ठाउँको विकास स्थानीय राजनीतिक दल, स्थानीय सर्वसाधारण र राज्यका नियमनकारी निकायको संयुक्त प्रयासमा सम्पन्न गरिनुपर्छ । बढी जिम्मेवारी चाही फेरी पनि राज्यका नियमनकारी निकाय र राजनीतिक दलका अगुवा कार्यकर्ताहरुको नै हो ।  
    स्थानीय क्षेत्रमा हुने कामहरुलाई आम नागरिकले पनि चासोका साथ नहेरिए राज्यका नियमनकारी निकायका चल्तापूर्जा कर्मचारी र स्थानीय अगुवा राजनीतिककर्मीले सिध्याइदिन्छन् । यो कुरालाई अब सीमाक्षेत्रका हरेक ठाउँका नागरिकले चनाखो भएर हेर्न बिर्सनु हुँदैन । सर्वसाधारणले सधैं एकनासको विपन्नताबाट माथि उठ्न आम नागरिकले तिरेको करबाट नै विनियोजित रकम विकासका नाममा कहाँ कहाँ खर्च हुँदैछ भन्ने नियाल्न जरुरी छ । यसो गरिए मात्र राज्यले लिएको लक्ष्यलाई फलिभूत बनाउन र आफ्नो जीवनस्तर माथि उठाउन पनि सम्भव रहन्छ । नत्र नेपाल सरकारले गतबर्षबाट संचालनमा ल्याएको सीमाक्षेत्र विकास कार्यक्रम जस्ता कार्यक्रमका धेरै रकम लक्षित वर्ग वा ठाउँ ( हार्डवेयर ) मा नपुगी कागजी काम ( सफ्वेयर ) मा मात्र सकिन्छ । जसरी सीमाक्षेत्र विकास कार्यक्रमको रकम सिनित्तै भयो । 

    स्वस्थ समाजका लागि स्वस्थ बच्चा : डा. दास


    – कविता खड्का
    मध्य नेपाल सन्देश 
    विगत २७ वर्ष देखि चिकित्सा पेशामा कार्यरत बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर अशोक दास वीरगंजमा मात्रै परिचित होईन । उहाँको पेशाले वीरगंजमा उपचार गराउने विरामीहरुले वीरगंजलाई समेत परिचित गराउने गर्दछन् । वहासँग मध्य नेपाल सन्देशले जाडो र गर्मी महिनामा हुने निमुनियाका बारेमा बुझन खोजेका छौँ प्रस्तुत छ, वहासँग गरिएको कुराकानी ।
    १) डाक्टर साब खासमा निमुनिया भनेको के हो ? यो कति प्रकारका हुन्छन् ? 
    सधारण नेपाली भाषामा निमुनीया भनेकै फोक्सोको सुजन हो । यो धेरै किसिमको हुन्छ । सधारणतया बच्चाहरुमा हुने निमुनिया भनेको सासको रेट बढी हुनु, सास लिन गाह्रो हुनु, कोखा हान्नु निमुनिया हो । हाम्रो मेडिकल अनुसार हामीले जब एक्स रे गर्छौ अनि ठ्याकै कति निमुनिया छ भन्ने थाहा हुन्छ, जस्तै लोवर निमुनिया, एउटा मात्रै लोवर समात्यो त्यसलाई लोबर निमुनिया भनिन्छ । हाम्रो दुई वटा फोक्सोको दाहीने फोक्सोमा २ वटा भाग र देब्रेमा ३ वटा भाग हुने गर्दछन् । अब कतिको लोव समातेको छ, त्यसै अनुसारको यसको प्रकारहरु हुने गर्दछन् । 
    २) यो कति उमेर समुहका मानिसमा हुने गर्दछन् ?
    निमुनिया जसलाई पनि हुन सक्छन, तर सधारणतया बच्चालाई नै बढी खतरा हुने गर्दछन् । यो फोक्सोको इनफेक्सन हो । यो जुनसुकै उमेर समुहलाई पनि हुन सक्छन् । यदी कुनै पनि विरामीले गर्दा शरिरको प्रतिरोधात्मक क्षमता कमजोर भयो भने निमुनियाले समात्न सक्छ । जस्तै एड्स, क्षयरोग भएको विरामीलाई या कुनै पनि किसिमको लामो समय संकरमण भएका विरामीलाई निमुनियाले ज्यान लिन सक्ने गरी विरामी बनाउन सक्छन् । तर हामीले हेर्दा सबभन्दा बढी खतरा भनेको जन्मेको ६ महिना भित्रका बच्चालाई निमुनिया हुने जोखिम बढी हुन्छ ।  
    ३) निमुनीया भएको भनेर कसरी थाहा पाउने ? यसका लक्षणहरु के के हुन ? 
    जति सानो बच्चा हो त्यसलाई पहिचान गर्नु गाह्रो नै हो, तर यसको लक्ष्णहरु पहिचान गर्नुपर्दा खासमा बच्चाहरुको नाक जाम हुनु, यसका भिताहरु चल्ने, दुबैतिर फ्लाक्क फ्लाक्क गर्नु भनेको निमुनिया शुरु हुनु हो, यसैगरी सास अलि लामो लामो लिनु, दुध खादा अलि अफ्ठयारो मान्ने सास लिनुपर्दा मुखबाटै लिनुपर्ने हुदाँ दुध खानु र सासलिने गर्दछन् । यसैसँगै बेचैनी हुनु, कोखा हान्नु यो भन्नाले बच्चाको तल्लो पेट धसिनु हो । त्यहि अनुसार बढी निमुनिया भएको बच्चाको छातिको माथिल्लो भाग, हासुलि हाडको भन्दा पनि माथिल्लो भाग धासिएको हुनु भनेको निमुनियाको जोखिम अवस्था हो भनेर बाहिरबाट पहिचान गर्ने अधार हो । यसगरी राम्रोसंग हेर्न सक्नु भनेको सास लिने स्पिड हो । बच्चाको एक मिनेटमा मोटामोटि ४० देखि ६० पटक हुनुपर्छ । यो भन्दा बढी भयो भने निमुनिया शुरु भयो भनेर बुझन सकिन्छ । डब्लु एच.ओ. को क्लासिफिकेशन छ, ६० भन्दा जति बढ्यो त्यति खतरा हुदै जान्छ । यस्तो अवस्थामा तुरुन्तै स्वस्थ्य संस्थामा सम्पर्क गरिहाल्नु पर्छ । 
    ४) नेपालमा निमुनियाबाट विरामी हुने मानिस सरदरमा कति होला ? 
    निमुनियाको क्षेत्र हेरी हेरी हुन्छ, सरदरमा एक हजारमा १०५ जना यसबाट प्रभावित हुने गर्दछन् भने यसबाट एक(दुई जना जतिको मृत्यु हुने गर्दछन् । यसमा पनि स(साना जन्मपछीका विरामीहरु पर्ने गर्दछन् । पहिला भन्दा अहिले नवजात शिशु सघन कक्षको व्यवस्था भएको हुदाँ यदी विरामी समयमा पुग्यो भने निमुनिया भनेको निको भएर जाने विरामी हो । कही कतै भनाईहरु सुन्नु भएहोला, एक पटक निमुनिया भयो भने ५ वर्ष सम्म हुने विरामी हो भन्ने गर्दछन् कति डक्टरहरुले पनि यस्तो भनेको पाईन्छ तर यो एकदमै गलत कुरा हो । निमुनिया भनेको निको भएसक्ने विरामी हो । यदि ठिकसँग औषधी भयो भने निको भईसक्ने हो । निमुनिया भनेको पटक पटक हुदैन । कहिले काहीँ कुनै कुनै लुकेर मात्रै बसेको हुन्छ । यो एक्सरे बाट प्रष्ट भईहाल्छ । यदि पटक पटक निमुनिया हुन्छ ठिक हुन्न भने त्यो क्षयरोगको पनि कारण हुन सक्छ । 
    ५) जस्तै हिजोका दिनमा निमुनिया भएमा विभिन्न घरेलु उपाय गर्ने गर्दछन् त्यो कतिको उपयुक्त छन् । तत्कालै निमुनिया हुदाँ कस्तो खालको घरेलु उपाय अपनाउनु पर्दछन् ?
    सबभन्दा सजिलो भनेको नाक, कान, पिसाब फेर्ने ठाऊँ जस्ता प्वालहरु टाल्नु हुन्न । यसमा तेल हाल्ने गर्ने गर्दछन् यस्तो गर्नु हुन्न । बच्चालाई गुम्साएर राख्नु नहुने । सुतेर दुध नखुवाउने, बट्टाहरुबाट दुध नखुवाउने, लुगा पनि यतिमात्र लगाउने जतिले शरिरमा पसिना आउन नदेओस् । सरकारले दिएको खोप सधै पुरा गर्ने । 
    ६) बच्चा जन्मिदै निमुनियाको सिकार भएर जन्मेको हुन्छ यो चाँही किन हुने गर्दछन् ? 
    निमुनिया हुने भनेको जुन उमेरमा पनि हुन सक्छ । जन्म लिनु भन्दा अगाडी नै गर्भमा सास लिएको छ भने विशेष कुनै कारणले निमुनिया हुन सक्छ । 
    ७) हामीले दशकांै देखि निमुनियाको बारेमा सुन्दै आएका छौँ । तरपनि अहिले सम्म निमुनियाको विरामी कमी भएको पाईदौनौँ किन होला ? यसका बारेमा जनचेतना नभएर हो की ? 
    पढे लेखे समुदायमा निमुनिया कम हुन लागेको छ । अझै पनि पिछ्डेको वर्गमा, गाँउघरमा जुन एउटा भ्रम फैलिएको छ त्यो कम गर्नुपर्छ । जस्तै गाउँघरमा कानमा तेल हाल्यौ भने कान चर्को राम्रो सुन्छ भन्छ । मैले भन्ने गर्छु कुकुरले कहिले पनि कानमा तेल हाल्दैन कुकुर कति चर्को सुन्छ हामीले तेल हालेर झन कम सुन्छौँ चर्को सुन्दैन् । त्यस्तै नाकमा तेल हाल्नु सब फोहर निस्कन्छ, म भन्छु नाकमा फोहर हुन्छ कहाँ ? हामीले हालेपछी फोहर हुन्छ । मुखमा पनि तेलले पुछ्ने गर्दछ यो एकदमै गलत प्रथा हो । त्यस्तो गर्दाखेरी सास लिने सिस्टम विग्रन्छ यस्तो अवस्थामा पनि निमुनिया हुन सक्छ । घरमा पानी खुवाउनु हुन्न भन्छ, छेरपाटी लागेको छ, मान्छेलाई पानी खुवाउदैन । त्यसैले सधारण कुराहरु अलिकता विचार न मान्ने, भ्रम फैलिएको मान्छेहरुको जुन पहिलेको सोचाईछ, सुतेर दुःध खुवाउनलाई कसैले छोडेको हुदैन । अनि त्यो कुराले गर्दा निमुनिया भईदिने हो । सुताउदाँ अलिकता माथि गरेर सुताईदिने हो भने पेटको फोहर वान्ता गरेर घाटीतिर जादैनन् । 
    यहाँ हाम्रो ठाउँमा होम डिलेभरी गर्ने गर्दछन् गाऊँघरकै व्यक्तिहरुले डिलेभरी गराउछ । धेरैलाई थाहा नभएको पनि हुन्छ जब सम्म थाहा हुन्छ तब मात्रै अस्पतालमा ल्याउने गर्दछन् । 
    ८) निमुनियाका बेला विभिन्न डाक्टर कहाँ जादाँ फरक फरक औषधी दिने गर्दछन् । कतिको निको हुने कतिको ज्यानपनि समेत जाने गर्दछन् यस्तो बेलामा डाक्टरहरुले कतिको सजकता आपनाउनु पर्ने हुन्छ ? 
    अब यो अनुभव र अभ्यासको कुरा हो, यो किताब मात्रै पढेर हुन्न हामीले दिदाँखेरी अभ्यासको अधारमा दिने हो । कुनैपनि चिकित्सकले खराब सोचेर औषधी दिदैन्, अनुभव भएका चिकित्सकहरुबाट गल्ती भनेको कमै हुन्छ । र अर्को कुरा नयाँ चिकित्सकले कुनै औषधी दिएर विरामी विग्रेला भन्नु गलत कुरा हो । त्यो हो हल्ला गर्ने न्यू खोज्ने बाटो मात्रै हो । कोही पनि औषधी दिएर विग्रेला भनेको गल्त कुरा हो  तपाईले खुवाएको औषधी मिलेन की ? खाना कसरी खाने, सुत्ने कसरी, नाकमा फोहर आयो तान्ने कसरी, कफ, भयो लगायतमा ध्यान दिएको हुदैन् । मानिसहरु अस्पतालमा भर्ति हुन मान्दैनन् । भर्ना हुने वितिकै लुट्न, ठग्न भन्ने सोच गर्दछन् । तर अस्पतालमा भर्ना भयो भने त्यो सबै समयमा हुन्छ, औषधीसंगसंगै हेरचाह गर्नुपर्ने हुन्छ । कपडा कति लगाउने, नसर्कोस भनेर विचार गर्ने, नाकहरु सफा गर्ने, मुख सफा गर्ने अनि त्यो चिकित्सकले दिएको औषधी पनि काम गर्छ । 
    ९) अन्त्यमा यसको सजकता कसरी अपनाउदाँ राम्रो हुन्छ ? 
    सरसफाई राख्नुस, तौल राम्रो भएको बच्चा तन्दरुस्त हुन्छ, सुरुवातका लागी आमालाई राम्रोसंग खुवाउनु पर्दछ । पहाडीया समुदायमा खानपिनका लागी एकदमै सजक भईसके तर मधेशको मानिसहरु अहिलेपनि छठियार नभएसम्म नुन पनि न खा भन्छन् । मासु माछाको त कुरा परै जाओस् । आमालाई चोखा मात्रै खुवाउने गर्दछन् । जसले गर्दा दुध कम हुन्छ ड्ब्बाको दुध प्रयोग गर्छन् जसले गर्दा बच्चाको फोक्सो नै सेतो भएर आउँछन् । निमुनिया ठुलो विरामी होइन् । समयमै उपचार गर्नु पर्छ । नहुन दिनका लागि सतर्कता अपनाउनु पर्छ । 
    अझै मधेशमा एउटा गलत फेमी के छ भने आमाले खाएर बच्चा विरामी भयो । आमाले पानी खाईदियो विरामी भयो भनेर आउँछ । यो एकदमै गल्त कुरा हो । आमाले जे खाएपनि केही खरामी बच्चालाई गर्दैन । यसको सधारण उदाहरण के हो भने गाईले खाएर गाईको बच्चा विरामी भएको देख्नु भएको छ ? हामीले जति पनि हलेदो खाएपनी दुध त सेतै हुन्छ भनेपछी विरामी कसरी पहेलो हुन जान्छ ? जब दुधै पहेलो हुदैन् ? आमाले हरेक चिज पोषक तत्व खानुपर्छ । 
    यदी आमा विरामी भयो भने बच्चा पनि विरामी हुन्छ ठिक छ, तर आमा ठिक्छ भने बच्चा विरामी हुदैँन । जति पोषक तत्व खान्छौँ बच्चा तन्दरुस्त हुदै जान्छ । सजक्ताको जरुरी छ, निमुनिया ठुलो कुरा होइन् । जन्स्वास्थ्यले पनि यसमा ध्यान दिनुपर्छ । चिकित्सकहरुले पनि निमुनियाका विरामी आएपछि फेरी विरामी नहोस् भन्ने हेतु ख्याल गरेर उपचार गर्नुपर्छ । त्यसो भएपछि मात्र हाम्रो स्वस्थ्य बच्चा स्वस्थ्य समाज निर्माण हुन सक्छ । 
    Scroll to Top