• नयाँ खबर

    14 January, 2017

    वीरगंजमा एकहप्ते योग शिविर शुरु


    मध्य नेपाल सन्देश
    राष्ट्रिय योग दिवसको अवसरमा वीरगञ्जमा ७ दिने योग तथा ध्यान शिविर शुरु भएको छ । वीरगञ्जको भिश्वामा रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र पर्साको आयोजनामा योग तथा ध्यान शिविर शुरु गरिएको हो ।
    प्रत्येक दिन बिहान साढे ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने योग शिविरमा भारतीय महावाणिज्य दुतावास अन्र्तगत रहेको भारतीय साँस्कृतिक सम्बद्ध परिषद ९आरसीसीआर० का योग गुरु प्रमुख रविशंकरमणी पाण्डेले योग प्रशिक्षण दिने स्वास्थ्य केन्द्रका प्रमुख डा सुचित कुमार शर्माले जानकारी दिए । योग गुरु पाण्डेले एकसातासम्म अनुलोम विलोम प्रणायम, कपालभाँती, सुर्य नमस्कार, ताडाशन, विरभद्राआशन, उत्कटाशन, कटीचक्राशन, वृक्षाशन लगायतका योग अभ्यास सिकाउने उनले बताए । सहभागीहरुलाई योग अभ्यास गराउने क्रममा बोल्दै गलत योग अभ्यासबाट सिर्जित स्वास्थ्य समस्याको कुनै उपचार नभएको जनकारी गराएका थिए । मन लगाएर विस्तारै योग गर्न सुझाव दिँदै, मन र शरीरलाई एकाग्र बनाएर योग अभ्यासमा लिन हुनुपर्नेमा उनले जोड दिएका थिए । निरन्तर योग अभ्यासले मानिसको शरीरमा रोग नलाग्नुको साथै रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने उनको तर्क थियो । 


    09 January, 2017

    साप्ताहिक राशिफल — २०७३ पौष २४ देखी माघ १ गते सम्म


    ज्यो. पं. छविरमण सुवेदी बारा
    मध्य नेपाल सन्देश, 
    मेष – साता रमाईलोसंग वित्नेछ । साताको सुरुमा मीठो खानाको अवसर प्राप्तहुनेछ । घरमा अतिथी आगमन हुने अतिथी सत्कारमा धन खर्चको योग परेको छ । साताको, भुमि सम्वन्धी समस्या देखा पर्ने शरिरमा अल्छीपन र मनमा डर भयहुने ग्रहयोग छ ।

    बृष – साता सोचे अनुसार सफल रहने छ।  साताको सुरुमा उच्च भाग्योदय हुने मान सम्मान  र सफलता मिल्नेछ । मध्यतिर प्रशस्तधन लाभ हुने  घरमा अतिथीको आगमको योग छ । अन्त्य तिर सरकारी कामकाजमा  सफलता मिल्ने साथीभाईको सहयोगले महत्व पुर्ण काम बन्ने देखिन्छ ।

    मिथुन – साताको सुरुमा यात्रामा सफलता अनाश्यक धन खर्च र वेचैनी हुने देखिन्छ साताको मध्यतिर पारीवारीक जमघटका बिच मिठो खानाको खानाको अवसर मिल्ने बोली व्यतिmत्व  बढने ग्रहयोग  परेको छ। अन्त्यतिर सरकारी कामकाजमा सफलता मिल्ने  साथीभाई सहयोग मिल्ने  ग्रहगोचर बनेको छ । 
    कर्कट – साता मिश्रित फलदायी रहनेछ । साताको मंगलवार सम्मको समय अनुकुल रहनेछ । यी दिनमा मनोरञ्जनात्मक यात्रा हुनेछ, प्रशस्त धन लाभ र काममा सफलताको योग छ । बुधवारका, विहिवारका दिनमा अनावश्यक खर्च, व्यर्थ भ्रमण र मानसिक बेचैनी हुने देखिन्छ । सतर्कता आवश्यक छ । शुक्रवार, शनिवारका दिनमा मीठो खानाको अवसर मिल्ने, दान धर्ममा मन जाने, छोटो दुरीको तीर्थ यात्रा हुने र अन्न लाभ, धन लाभ हुने ग्रहयोग रहने छ ।

    सिंह – साताका विहिवार सम्मका दिनहरु रमाईलो गर्दै बित्ने छन । यी दिनहरुमा तीर्थ यात्रा हुने, हाकिम वर्गबाट प्रशंसा मिल्ने सरकारी उल्झन सुल्झने, प्रशस्त धन लाभ हुने ग्रह योग रहेको छ । साताका शुक्रवार, शनिवारका दिनमा खर्च बढने, व्यर्थ भ्रमण, बेचैनी हुने हुदाँ सतर्कता आवश्यक छ । 

    कन्या – साता रमाईलोसंग बित्ने छ । साताको पहिलो दिन आईतवार आर्थिक सङ्कट र वादविवाद हुन सक्छ । सोमवार देखि शनिवार सम्मका दिनहरु अनुकुल रहने छन । यी दिनहरुमा ईश्वर भतिmमा मन जाने, छोटो दुरीको तीर्थ यात्रा हुने, बैदेशिक काममा सफलता मिल्ने र प्रशस्त धन लाभ र प्रयास गर्दा बैदेशिक यात्रामा सफलता मिल्ने ग्रह योग रहेको छ । 

    तुला – साता मध्यम फलदायी रहनेछ । मंगलवार सम्मका दिनहरु प्रतिकुल रहने छन । यी दिनहरुमा कोहि कसैसंग वादविवाद हुन सक्छ । आर्थिक समस्या, शारीरिक रोग, मानसिक चिन्ताले सताउन सक्छ । त्यसैले यी दिनमा खादा, हिडदा वा बोल्दा सतर्कता अपनाउनु पर्छ होला । बुधावार देखि शनिवार सम्मका दिनहरु रमाईलो गर्दै बित्ने छन । यी दिनहरुमा व्यापारमा लाभ, व्यवसायमा प्रगति, नोकरीमा सन्तोष पदोन्नति हुने ग्रह योग छ । 

    वृश्चिक – साता मिश्रित फलदायि हुने छ । साताको मंगलवार सम्मका दिनहरु अनुुकुल रहने छन । यी दिनहरुमा शत्रु पराजय, मनोरञ्जनात्मक यात्रा, व्यापार व्यवसायमा लाभ, दाम्पत्य जीवनमा सुमधुरता र प्रममा सफलताको योग छ देखिन्छ । बुधवार र बिहिवारका दिनमा आर्थिक संङ्कट, शारीरिक पीडा स्वास्थयोपचारमा धन खर्च हुने देखिन्छ । शुक्रवार शनिवार ईश्वर भतिmमा मन जाने, धार्मिक भ्रमण हुने, र भाग्यले साथ दिने गोचर योग रहेको छ । 

    धनु – साता मिश्रित फलदायि रहने छ । साताको आईतवार देखि बिहिवार सम्मको समय राम्रो बित्ने छ । यी दिनमा शिक्षामा प्रगति, शत्रु पराजय र व्यापारमा लाभ व्यवसायमा प्रगति यात्रामा सफलता र दाम्पत्य जीवनमा सुमधुरता बढने देखिन्छ । शुक्रवार र शनिवारका दिनमा काममा अलमल, मानसिक चिन्ता कोही कसैसंग वादविवाद र सर्दी ज्वरो आदिले नसताउला भन्न सकिदैन । 

    मकर – साता  रमाईलासंग बित्ने छ । ज्ञान बिज्ञानको चर्चा परिचर्चा हुने, सन्तान सुख मिल्ने, शिक्षामा सफलता , बिदेशी आफन्तको सुसमाचारले मन प्रशन्न हुने योग छ । कडा परिश्रमबाट काममा सफलता मिल्ने छ । व्यापारमा लाभ, व्यवसायमा प्रगति हुने ग्रह योग बनेको छ । 

    कुम्भ – साता मध्यम फलदायि रहने छ । साताको सुरुमा घरेलु समस्या देख पर्ने, शरीरमा अल्छीपन र आफन्तले धोखा दिन सक्छन । सर्तकर्ता आवश्यक छ । साताको मध्य र अन्त्य फलदायि रहनेछ । यी दिनमा पठन(पाठनमा अभिरुचि बढनेछ । सन्तान सुख मिल्ने, बिदेशी आफन्तको सुसमाचार आउने छ । 

    मिन – साता मिश्रित फलदायि देखिन्छ । साताको सुरुमा घरमा अतिथिको आगमन हुने, मित्र सहयोगले महत्वपूर्ण  काममा सफलता मिल्ने छ ।  राज्यबाट सहयोग, समर्थन मिल्ने छ । बुधवार बिहिवारको दिनमा घरेलु समस्या, मनमा भय र शरीरमा अल्छीपना देख पर्ने छ । शुक्रवार र शनिवारका दिनमा ज्ञान बिज्ञान र धर्मको चर्चा परिर्चामा समय बित्नेछ । पठन पाठनमा अभिरुचि बढने ग्रह योग छ । 

    खोजी जवाफदेहिताको, खोइ त विद्यालय प्रतिको जिम्मेवारी ?

    कविता खड्का
    मध्य नेपाल सन्देश,
    विद्यालय निम्न माध्यमिक विद्यालय (कक्षा ८ सम्म अध्यापन हुन्छ), शिक्षक संख्या ४ जना, बिधार्थी संख्या २५०, भवन पर्याप्त, साईकिल तथा मोटर साईकिल राख्ने पार्किगको व्यवस्था पनि । तर सरकारले उपलब्ध गराएको कम्प्युटर लथालिंङ्ग फालिएको अवस्था आखिर किन ?  त्यहाँ ४ जना मात्र शिक्षकहरु छन्  भने कक्षा ८ सम्म कसरी पढाइ रहेका होलान ? भवन पर्याप्त मात्रामा छ तर पनि विधार्थीहरु एउटै कक्षा कोठामा २÷२ वटा कक्षाका विधार्थीहरु कोचिएर बसेका छन । एका तर्फ सरकारले विद्यालयमा सेवा सुबिधा दिएन भनेर विद्यार्थी शिक्षक, अभिभावक, राजनितिक दल सवैले गुनासो गर्ने तर सरकारले उपलब्ध गराएको सामाग्रीको सहि सदुपयोग नगर्ने हो भने शिक्षामा कसरी परिवर्तन आउँछ । शिक्षालाई कसरी विकास गर्न सकिन्छ । बिद्यालयमा आएको सामाग्रीको रेखदेख कसले गर्ने ? प्राबिधिक शिक्षाका लागि आएको कम्प्युटर चले नचलेका न शिक्षा कार्यालयबाट गएका बि.नि., श्रोत व्यतिmलाई मतलब हुन्छ न त गाउका कसैलाई । लाखौ रुपैया पर्ने कम्प्युटर फालिएको छ भने बिद्यार्थीहरु प्राबिधिक शिक्षाबाट बन्चित भईरहेका छन । यदि कम्प्युटर राख्ने ठाउँ थिएन भने किन ल्याईयो कम्प्युटर, बिद्यार्थीलाई सिकाउनु थिएन भने कसका लागि ल्याईयो कम्प्युटर यस बिषयमा कसैको जवाफदेहिता देखिदैन । जिल्ला शिक्षाका कार्यालयले लाखौको लगानी गर्नु भन्दा पहिले त्यहाको अवस्था बिश्लेषण गर्नु पर्ने होईन र ? बिद्यालयमा आएको सामाग्री चले नचलेको बारेमा अभिभावकले चासो राख्र्नु पर्ने होईन र ? आखिर कस्ले हेर्ने यी सव कुराहरु ? 
    बिद्यालय स्तरको शिक्षा कमजोर भयो भनेर सवै अभिभावकहरु आफनो छर छिमेकको सामुदायिक बिद्यालयलाई छोडेर निजि बिद्यालयमा महंगो शुल्क तिर्न हामी तयार छौ । आफ्ना बालबालिकाको लागि दिनरात पसिना बगाएर शिक्षा दिक्षा दिन तयार छौ । निजी बिद्यालयको चर्को शुल्क तिर्न तयार छौ । तर आफ्नै समुदायको लागि रहेको सामुदायिक बिद्यालय प्रति हामी जिम्मेवार छैनौ आखिर किन ? जनताका लागि भनेर राजनितिक गर्ने तर जनताको छोराछोरी पढने बिद्यालयको दुरावस्था हेरेर दर्शक मात्र बनिरहेका छन हाम्रा स्थानिय राजनितिक नेतृत्व आखिर किन ? कहि धेरै बिधार्थी भएर बस्ने ठाउ छैन । बिद्यालयको काम गर्नका लागि समेत कम्प्युटर छैन । कहि बिधार्थी बस्ने कक्षाकोठा छैन तर यहा सव थोक भएर केहि पनि नभएको जस्तो छ आखिर किन ? हरेक निकायमा काम नगर्नेलाई अनुगमन गर्ने र कार्वाही गर्ने व्यवस्था छ तर शिक्षामा आज सम्म पनि शिक्षकलाई जिल्ला शिक्षा कार्यालयबाट कार्वाही भएको हामी सुनेका छैनौ आखिर किन ? के यही हो हाम्रो शिक्षा व्यवस्था ? के यही हो हाम्रो शिक्षा प्रतिको जवाफदेहिता ? के यहि शिक्षा व्यस्थाका लागि हामी आन्दोलन गरेका छौ ? 

    बिद्यालयमा राखिएको कम्प्युटरको अवस्था हेर्दा जो कोहिको पनि मन छुन्छ । एउटा कक्षा कोठामा १०० जना बिधार्थीहरु कराई रहेका छन् । त्यसैमा आधिलाई बेरेर कार्यालय संचालन गरिएको छ र त्यसैको ढोकामै कम्प्युटर फालिएको छ । कम्प्युटरको माथि फलामको घण्टी र झाडु फालिएको छ । बिद्यार्थीहरु कम्प्युटरत हेरीरहेका छन तर चलाउन पाईरहेका छैनन । बिद्यालयमा कम्प्युटर त छ तर नामको मात्र छ कामको छैन । हेर्नको लागि त बाहिरबाट हेर्दा सव थोक भएको जस्तो देखिन्छ बिद्यालय तर भित्र बाट भने केहि पनि छैन, खोक्रो छ । प्रधानाध्याक ज्युले शिक्षक नभएर आफुले समेत पढाउनु परेको गुनासो गर्दछन । शिक्षक कम भएका कारण सामुहिक शिक्षण पद्धति अपनाएर अध्यापन गराएको कुरा गर्छन तर त्यसमा सत्यता देखिदैन । बिधार्थीहरुको मुहारमा पढाई प्रतिको चासो देखिदैन । न त सामुहिक शिक्षणको चमत्कार नै देखिन्छ । बिद्यालयको अवस्था हेर्दा गरिब, दलित, र पिछडिएको बालबालिकाको उपस्थिति देखिन्छ त्यस बिद्यालयमा । त्यसैले पनि होला बिद्यालय प्रतिको चासो कसैमा देखिदैन । बिद्यालयमा आएको सामाग्रीको सदुपयोगको बारेमा कसैले मतलब नराखेको देखिन्छ । गाविसमा प्रत्येक बर्ष आएको बजेटको सानो सानो अंश हिना मिना भयो भनेर जिल्ला बिकास, जिल्ला प्रशासन कार्यालय सम्म पुग्ने स्थानिय बासिन्दाको आखा यी फालिएको कम्प्युटरमा किन पर्दैन । विकासमा आफनो पनि हिस्सेदारी खोज्ने र आफुले पनि केहि रकम आफनो भागमा पारेर तालिम संचालन गर्ने बालक्लव र महिला समुह , नागरिक सचेतना केन्द्र र वडा  नागरिक मंचको आखा यी बिद्यालयमा फालिएको कम्प्युटर किन पर्दैन । यहि बिद्यालयको बिकासको काममा सहयोगी भुमिका खेल्दैन भने के का लागि बिद्यालय व्यस्थापन समिति ? बिद्यालयलाई निरिक्षण गर्दैन भने के का लगि बि.नि. के का लागि श्रोत व्यतिm ? 
    यदि हाम्रो समुदायलाई समबृद्ध बनाउनु र बिकसित बनाउनु छ भने त्यसका लागि बिशक्षाको एकदमै आवश्य छ । हाम्रा बालबालिकाले अध्ययन गर्ने बिद्यालयको विकासमा सामाजको तर्फबाट अगुवाई गर्न जरुरी छ । आफना वरिपरि भएका बिद्यालय प्रति चासो राख्न जरुरी छ । नत्र बिद्यालयमा फालिएको कम्प्युटर जस्तै हाम्रा छोराछोरीको भबिष्य पनि अन्धाकारमय हुन्छ सव थोक भएर पनि केहि नभएको जस्तो हुन्छ । बिद्यालय प्रति समुदाय, अभिभावक, प्र.अ. वरपरका स्थानिय राजनितिक दलका अगुवाहरु जवाफदेहि हुन आवश्यक छ । हामी हाम्रो समुदायमा भएको बिद्यालय प्रति जवाफदेहि भयौ भने सम्बन्धि निकाय आफै जवाफदेहि हुन्छ । नत्र पर्साको बिजबनीय ने.रा.नि.मा.वि.को जस्तो अवस्था नहोला भन्न सकिन्न । होईन भने हाम्रा सन्ततीले हामीसंग वारम्वार प्रश्न गर्ने छन् के का लागि बिद्यालय ? कसका लागि राजनिति ? खोई त हाम्रो समुदाय प्रतिको जिम्मेवारी ? 

       


    ठोरीमा १० बर्ष पछि ४० प्रतिशत घरमा बत्ती बल्यो


    सुस्तिका गिरी,
    मध्य नेपाल सन्देश, 
    पर्साको ठोरीमा पोल गाडेको १० वर्षपछि मात्र शुक्रवार देखी बिधुत सञ्चालनमा आएको छ । २०२० सालमा चितवनबाट स्थानान्तरण भई पर्साको ठोरीमा वसोवास गर्न आएका स्थानियहरुले हालसम्म विधुत सेवा पाउन सकेका थिएन् । 
    औपचारिक रुपमा उर्जामन्त्री जनार्दन शर्माले ठोरीको सरस्वती चोकमा बिजुली बत्ती बालेर औपचारिक बिजुली सञ्चालनमा आएको हो । देशको भुभागमै रहेरपनि विजुलि पोल तार भएर पनी विधुत प्राधिकरणको ढिलाशुस्ति र राज्यको ढिलासुस्तिका कारण विधुत सुचारु भएको थिएन् । हिजोबाट विधुत सुचारु भएको ठोरीमा ३ सय ८० घरमा सुरुवाती चरणमा बति बलेको छ । उर्जामन्त्रिको निर्देशनमा सबै घर घरमा विधुत पुर्याउने लक्ष्यका साथ मिटर जडानको काम प्राधिकरणले समयमै गरे ठोरीवासी अन्धकारमा बस्नु नपर्ने पुर्व गाविस अध्यक्ष उदव सापकोटाले बताए । कार्यक्रममा नेपाल बिद्युतका केन्द्रिय निर्देशक कुलमान घिसिङ, नेकपा माओबादी केन्द्रकी नेता तथा पुर्व मन्त्री उर्मिला अर्याल, पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, स्थानीय बिकास अधिकारी बिश्व प्रकास शर्मा, ठोरीमा बिद्युत बिस्तार गर्ने अभियन्ता आस बहादुर गुरुङ, रेडियो बिजयबस्तीका हेम चापागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार प्रेम लामा र सन्तोष देउजाले गरेका थिए । कार्यक्रम बिद्युत प्रधिकरण सर्बदलिय समिति ठोरीका संयोजक राम प्रकाश कुँवरको सभापतित्वमा समपन्न भएको थियो । 

    मौसमी व्यवसायले दिलाएको सफलता र पछिल्लो चुनौति

    कविता खड्का 
    मध्य नेपाल सन्देश,
    २०४६ सालको राजनीतिक परिवर्तनपछि शेरबहादुर देउवाको सरकारले २०५९ साल फागुन १५ गते बसेको मन्त्री परिषदको बैठकले वीरगंज चिनी कारखाना बन्द गर्ने निर्णय ग¥यो । यो निर्णयसंगै यसैबाट गुजारा चलाईरहेका १ सय ९४ कामदार र यससंग अस्रित हजारौँ किसानहरुको उठिबास भयो । 
    कारखानामा मजदुरको रुपमा कार्यरत वीरगंज रानीघाटका साहेबलाल बर्णवालको परिवारमा भने यस निर्णयले ठूलो बज्रपात पा¥यो । ५ वटा छोरा र ५ वटा छोरीका धनी साहेबलाल त्यसबेला के गर्ने के नगर्ने सोच्न सकेका थिएनन् । लामो विश्रामपछि कारखाना सञ्चालनको छाँटकाँट नदेखेपछि खाजा नास्ताको पसल सञ्चालन गरे । धेरै मेहनत, थरिथरिका ग्राहकको, थरिथरिका मागले दिनभरी दौडधुप गर्दा पनि नास्ताको पसलबाट खासै आम्दानी नहुने ६५ वर्षिय साहेबलालले बताए । ठूलो परिवार भएकाले छोरा छोरीको त्यो बेला राम्रो शिक्षा दिक्षा दिलाउन सकिन । आम्दानी भएको रकम घरायसी काममै सकिन्थ्यो । ४/५ वर्ष सम्म यस व्यवसायले छोरा, छोरीको घरजम गराउन र आफु बस्ने घर समेत बनाउन नसकिने देखेपछि बाध्य भएर आफ्नो पेशा नै परिवर्तन गरी फलफूल व्यवसायमा आफू होमिएको उनको भनाइ छ । 

    उतिबेला ५ हजारको लगानीले रक्सौलबाट स्याँऊ, सुन्तला, केरा, अनार ल्याएर घण्टाघर अगाडी ठेलामा बेच्न थाले । केही हप्ताको व्यापारले साहेबलाललाई राम्रो सफलता दिलायो । उनी सम्झन्छन् । त्यो समयमा रात्रीबसमा जानेहरु प्रायःले फलफूल किन्थे । विहान ७ बजे देखि राती ८, ९ बजे सम्म ल्याएको सबै फलफूल बेचेर सिधिन्थ्यो । विस्तारै व्यवसायमा लगानी बढाउदै गए । केही वर्षमै फलफूलको रोजगारले सफलता दिलायो । १५ वर्ष अगाडी ४० रुपैयामा बेचिने स्याँउ अहिले एक सय २० मा विक्रि भईरहेको छ । उतिबेला फलफूल व्यवासयी थोरै थिए । आम्दानी धेरै थियो । उतिवेला राजमंगल गुप्ता, जोधन साह, भैरो साह लगायतकाले व्यवसाय छाडिसकेका छन् । आम्दानी रामे भए पनि सो समयमा रक्सौलबाट फलफूल ल्याउन लैजाने झन्झटले मात्र पिरोल्थ्यो । नत्र यस व्यवसायले ३ वटा छोरा र ५ वटा छोरीहरुको विहे गराएर ८ धुर जग्गा किनेर ८ कोठाको घर बनाउन सकें । समय परिवर्तन हुदै यस व्यवसायले दिलाएको सफलताले २ वटा छोरा अहिले पनि स्नातकमा पढ्दैछन् । एक छोरा कालगतिले नै ( मुटुको रोगले ) वित्यो । एक छोरा राहुल बर्णवाल शिक्षक छन् । अर्का छोरा अभिमन्यू वर्णवाललाई मेरै पेशा जिम्मेवारी दिएर केही वर्षदेखि म यहि वीरगंजको घण्टाघर अगाडी चिया बेच्दै आएको छु । 

    ४/५ वर्षदेखि बुवाको पेशा अंगाल्दै आएका अभिमन्यू वर्णवाल भन्छन्, बुवाको पालामा फलफूल व्यवसाय गर्ने सिमित व्यक्तिहरु थिए । अहिले एक सयभन्दा बढी साइकलमा टोकरी राखेर व्यवसाय गर्नेहरु छन् । बुवा जस्तो ठेलामा राखेर व्यवसाय गर्नेहरु अहिले कोही छैनन् । सबै पलायन भईसके । यस व्यवसायमा अहिले १५ हजार लगानी लगाए दिनको मुश्किलले हजार रुपैया हुन्छ । खासगरी बिहेवारी, ब्रतबन्धको बेला राम्रो आम्दानी हुने यस पेशामा अहिले धेरै व्यापारी भईसकेकाले त्यति आम्दानी हुदैन । बुवाले यो व्यवसाय छोडेदेखि यस व्यवसायबाट मैले भाईहरुलाई पढाउदै, केही ई(रिक्सा भाडामा लागाएको छु । तर अब यसै व्यवसायले केही परिवर्तन हुन्छ भन्न सकिन्न् । देशमा रोजगारी छैन । बाध्य भएर जुन पहिले गर्दै आएको व्यवसाय छ त्यहि गर्नुको विकल्प छैन अभिमन्यूले भने । साधारण पढेलेखेका लागि यो व्यवसाय राम्रो हो ।  तर बढि पढेलेखेकाका लागि होइन । यहाँ त रोगजारी नभएरै धेरै पढ्न चाह्ने भाइहरु पढाई छोडेर फलफूल व्यवसायमा लागेका छन् । त्यस्ता भाइहरुको भविष्य राम्रो हुन्न उनले भने । पढाई पुरा गरेर रोजगारी गर्नु राम्रो हो । यस्तो व्यवसाय सामान्य पढेलेखेका लागि बढि उपयुक्त हुन्छ । जसले उनीहरुको पनि व्यवसाय सुदृढ हुदै जान्छ । ५ वर्ष अगाडी साइकलमै टोकरी राखेर व्यवसाय थालेका गणेश कलवार अहिले फलफूल व्यवसाय १५ वषर््ीाय भाई अरुणको काधमा सुम्पेका छन् । यो फलफूल व्यवसाय गर्ने व्यवसायीको असफलताको पछिल्लो अवस्था हो । वर्णवालले फलफूल व्यवसायमा उति आम्दानी नभएर छोरालाई सुम्पेजस्तो कलवारले पनि आफ्नो भाइलाई पसल छोडेका छन् । यो फलफूल व्यवसायको गिर्दो अवस्था हो । पहिले जस्तो अवस्था छैन वर्णवालले जोड दिंदै भने । 

    रोजगारी नपाएर लाखौँ युवा विदेहको मरुभुमिमा रगत, पसिना बगाउन बाध्य छन् । आफ्नो देशमा व्यवसाय र रोजगारको थुप्रै अवसर हुदाँ हुदै बर्सेने फेरिने सरकार र कर्मचारीहरुले अदूरदर्शी सोचले खुद्रा र विभिन्न किसिमका व्यवसायको उचित व्यवस्था नहुँदा दीगो व्यवसाय संचालन हुन नसकेको फलफूल व्यवसायीहरुले बताए । मै हु भन्नेहरुको सरकार बनाउने र ढाल्ने प्रचलनले दिन दुखिको गुजारा चल्न मुस्किल हुन थाल्यो । हरेक सहरमा विभिन्न व्यवसाय गर्नेहरुको उचित प्रबन्ध गरिएको हुन्छ । तर वीरगन्जको सन्दर्भमा भने आफ्नै पहलमा स(साना व्यवसाय सञ्चालन गर्न खोज्दा भरपर्दो ठाउँ छैन । अव्यविस्थत र फुटपाथमा पसल सञ्चालन गर्न त कस्लाई मन हुन्छ र ? आफैले सजग भएर गर्ने हो । फुटपाथमा कहिले नगर प्रहरी त कहीले ट्राफिक प्रहरीले उठिबास लगाउने गरेको साना व्यवसायीहरुका गुनासा हुन् । विभिन्न समयमा आउने विभिन्न सरकारी अधिकारी र प्रशासन प्रमुखले शहरको गुरु योजना विनै मनपर्दो संरचना बनाउने र भत्काउने गर्दा पनि आफूहरु जस्ता मानिसको आवतजावत बढि हुने ठाउँमा व्यवसाय गर्ने चल्ती पसलवालाहरुको समस्या कम छैन । यदी यी व्यवसायीहरुको समस्या सामाधान तर्फ सरकारी निकायले पहल नगर्ने हो भने दशकौँसम्म जिवित होला भन्न सकिन्न उनीहरुले तर्क गरे । 

    आफू गलेर विकृति हटाउने आँटलाई सलाम

    भविष्यमा मुलुकका लागि चाहिने असंख्य गुणवान् व्यक्ति उत्पादन गर्ने निकायको जग बलियो र ओजपूर्ण हुनुपर्छ भन्ने विचार गलत होइन । त्यसमा पनि शिक्षा र स्वास्थ्य क्षेत्र जहाँ लाखौं चिकित्सक, शिक्षक, प्राध्यापक र राष्टू सेवक उत्पादन हुने शैक्षिक संस्थाको गरिमा गौरवपूर्ण हुनैपर्छ । त्यसमा दुईमत हुन सक्दैन । चिकित्सा शिक्षा र सेवामा रहेका हरेक विकृति अन्त्यका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ डाक्टर गोविन्द केसीको माग पनि यो भन्दा खासै फरक देखिदैन । कुरा व्यक्तिको मात्र नभई मुलुकको जिम्मेवार र उच्च प्राज्ञिक निकायको पनि यहि हुनुपर्छ । 
    एक व्यक्तिले मुलुकको महत्वपूर्ण पद्धति माथि नै सुधारको माग राखी आमरण जस्तो बाटो रोजी १० औं पटक सम्म दवाव दिनु चानचुने कुरै होइन । ती बरिष्ठ चिकित्सक जो शिक्षा र स्वास्थ्यको बिकृति हटाउन पटक–पटक आफ्नो प्राण आफै डाम्दै कष्ट उठाइरहेका छन् । बरिष्ठताका आधारमा आइओएममा डिन नियुक्ति, एमबीबीएस शुल्क निर्धारण, चिकित्सा शिक्षा ऐन नआउँदा सम्म कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, शिक्षाक्षेत्रमा भएका अनियमितता छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन समिति गठन जस्ता उनले उठाएका माग के गलत छन् त ? सोचनीय बिषय हो । हुन नसक्ने मागहरु भए उनलाई बस्तुतः यथार्थ कुरा बताई अगाडी बढ्नु पर्छ । नत्र तिमीले उठाएका माग ठिक छन् भनी सहमति गर्ने र कार्यान्वयनका समयमा कोल्टे फेर्ने प्रबृति आफै कपटपूर्ण छ । 
    हाम्रो मुलुकमा राजनीति कर्म गरी देश र जनताको सेवा गर्छौं भन्ने जनचुसक व्यक्तिहरुले आफ्नो जीवन जोखिममा पर्ने गरी एक पटक पनि आमरण अनसन बस्न आँट गर्दैनन् । केवल जनतालाई लडाएर भिडाएर जनताकै छोराछोरी आहुती दिएर मात्र उनीहरुले आफ्नो स्वार्थ सिद्ध गरेका छन् । यो कुरा आम मानिसलाई जगजाहेर पनि छ । आफै जोखिम मोल्न तयार हुने अपवादका रुपमा पुराना केही राजनीतिकर्मी बाहेक पछिल्ला पुस्ता जेलनेल काटी कठिन अवस्थाको अनुभवबाट जनताको मुक्तिको लागि समभावमा अगाडी बढ्न सकेकै छैनन् । देश र जनताको सेवा गर्नु हौवावाजीमा नै नेता भइटोपलेर मात्र हुँदैन । देश र जनता भनेको एकदुई वडा या जिल्लासम्म मात्र हो भन्ने अल्प ज्ञानले मुलुक चल्दैन । वर्तमान अचाक्ली लाग्दो राजनीति अनिर्णय यसैको परिणति हो । मुलुक दूरगामी राजनेताको अभावमा छट्पटिदै छ । यस्तो समयमा तिमीहरु सहि काम गर भनी पटक–पटक सचेत गराई बोलेको र लेखेको कुरा पूरा गर्न घच्घच्याई रहने बरिष्ठ चिकित्सक जस्ता केसी जस्ता दृढ सोच भएका व्यक्तिलाई नेपाली जनले सलाम भन्न कन्जुस्याई गर्नु हुँदैन । 

    08 January, 2017

    शिक्षा र संस्कार,परिवर्तन समाजको मूल आधार


    गीता भण्डारी
    मध्य नेपाल सन्देश
    बदलीदो सोच, परिवर्तित समय अनी जीवनको महत्वपूणर््ा पाटो मध्येको प्रमुख पाटो भनेको शिक्षा नै हो, आजको समाजमा शिक्षा र दृष्टिकोण लाई कैचीको दूईधार भन्दा फरक नपर्ला जसरी बाहीरी दुनिया हेर्नको लागी आखाँको सहारा लिईन्छ त्यसै गरी जीवनलाई सुखमय बनाउन शिक्षा लाई हेरीन्छ, । तसर्थ शिक्षा परिवर्तनको मुल मार्ग हो भने संस्कार समाज परिवर्तनको मुल धार । शिक्षा विना मानव जिवनको अस्तित्व नै कहाँ छ र आजको प्रतिष्प्रधी दूनियामा, हर सानो देखी ठुल्ठुलो उपलब्धीहरु सम्भब भएको छ भने त्यसको श्रय जान्छ शिक्षाको आधारलाई । अनी समाज परीर्वतनको मुल आधार भनेकै शिक्षा अनी सगै जोडिएको संस्कारलाई लिन सकिन्छ । 
    उच्च सोच र आत्मा बिश्वासलाई अंगाल्लेर हिड्न सक्ने हो भने आजको परीवर्तनशिल समयको मुलधार शिक्षा साथै संस्कार हो ।
    सामान्यतः शिक्षा वा शिक्षीत भन्ने बित्तीकै हाम्रो पहिलो स्मरण स्कूल क्याम्पस सगै जोडिएको नाता, प्रमाण पत्र, तीर जान्छ कुरा अस्बभाविक पनी हैन किन की प्रतिष्पर्दा पद्धतिको छालमा सानो रोजगारको बाटो समाउन खोज्दा मोटो लिफाफा बोकेर ईन्टरभ्यूको लाईनमा खडा भईएन भने हाम्रा अनुभव र कार्य क्षमताहरु ओझेलमा पर्दछन् । 
      तसर्थ हाम्रा आवाजलाई उजागर गर्न गाहूो छ । चाहे त्यो अफीसरको लागी खुलेको आवेदन होस या निम्न स्तरीय, प्रसस्त मात्रामा कागजपत्र र अनुभवका खातालाई नियालिन्छन् तर्सथ हामी सबैको दिमागमा यस्तो सोच आउन सामान्यतय नै मानिन्छ । तर आजका दिनमा हामीले यो कुरा बझ्न जरुरी हुन्छ, शिक्षाको साथ साथै मानवजातीमा हुनपर्नै आदर सत्कार ,सोच अनी संस्कारलाई मानव जीवन सँगै जोडीएको हुन्छ । सम्पुर्ण अविभावकले आफ्ना बाल बच्चालाई उचित ज्ञान ,सँस्कार दिएका हुन्छन् तर पनि यो बदलीदो परिवेशमा एक पिढीले अर्काे पिढीलाई गर्नुपर्ने जिम्वेवारीको बोध यताकदा फिक्का पर्ने गरेको घटनाहरु पनि सुन्नमा आएको कुरा लाई नर्कान पनि नसकीने अवस्था छ । 
    समाज परिवर्तनको लागी समाजमा हुने हरेक क्रियापलाप हरु र तिन बाट उत्पन्न अन्तरलाई झीनो रुपमा बूझ्न आवाश्क छ । टोल समाजको परिवर्तनले नै समाजीक सदिृढीकरणमा टेवा पुर्याउने काम गर्दछ , जती सुकै नारा बाजी र भाषणमा व्यक्त गरीएका कुराहरु जब सम्म हामी आफैले कार्यन्वयनमा ल्याउन सक्दैनौ तब सम्म बिकाश निर्माण सँगै जनचेतना र पुर्वधारको जग बस्न सक्दैन । हामी समाजमा बस्ने सामाजिक प्राणी तर समाजप्रतिको उत्तरदायित्वलाई काधमा लिन सकेनौ भने समाज परीवर्तनको बाधक बन्नेछ । पुरानो रुढीवादी सोच ,महिला सशत्तिकरण, बाल बालीकाको पालनपोषण र आचारसहिताका पाठ सगै वृद, बृदाप्रतिको सहानुभूतीलाई आत्मासाथ गर्न नसके परिवर्तनको नाममा चिसो खोलमात्र ओढ्ने खेल बन्न सक्छ भन्ने कुराको बिश्लेषण गर्न आवाश्यक छ । 
    हाम्रो समाजमा घटीत घटनाक्रम लाई महिला हिंसाका अदृस्य पाटोलाइ खोजतलास गरी शिक्षाको ज्योती छर्दै ,अन्तर जातियताको नाममा हुने सामाजिक विवेदलाई अन्त्य गरी मानव जीवनमा लैङ्गिक समानता ल्याउन सके समाज परिवर्तनलाई जल्दोबल्दो परिवेशमा ढाली परिवर्तको मार्ग चित्रण कोर्न सम्भव देखिन्छ यदी शिक्षाको महत्व बुझ्न सक्ने हो भने ,मानव जीवनमा शिक्षाको मूल खम्बा आमा, बुबा र आफ्रनै घरपरिवारका माननीय सदस्यहरु हून्, जस्ले भर्खर जन्मेर तोते बोली फुट्दा देखी बृद्धा अवस्थाको अन्तिम अवस्था सम्म आई पूग्दा सम्म सत्य, नरम, ज्ञानबद्धक कूरा हरु सिकाईरहनु भएको हुन्छ, समयको बदलिदो गति को दौडाईमा हामीले स साना कूराहरुलाई बेवास्ता गर्दै फड्को मार्न थाल्यौ भने हाम्रा भावी सन्तनसगै आउने नयाँ पिढीहरुले हामीले छोडेका संस्कारहरु भूल्दै जाने अवस्थाको सिर्जना त हुदैन ? यो कुरा बिचाराधिन बन्दै गएको यस अवस्थामा हामी र हाम्रा कर्तव्यलाई भर पूर मात्रामा निभाउने प्रयत्न लाई जोडतोडले लाग्न जरुरी देखिन्छ ,भने घडीको टिक टिक आवाज सगै फन्को मारिरहेको समय चक्र सगै हाम्रा परिवर्तनले पनी फन्को मारिरहनेछ,, मानव जिवनको महत्वपुर्ण अंग शिक्षा सगं जोडिएको संस्कार सगै नितान्त परिर्वनलाई असर पारी नंै रहेको हुन्छ । 

    मध्य मार्गी बाटो खोजौं


    – दीपज्योति श्रेष्ठ
    मध्य नेपाल सन्देश
    विगत केहि वर्षदेखि  हिउँद लाग्यो की कुनै न कुनै आन्दोलनमा होमिनु पर्ने नेपाली जनताको नियती जस्तै बनेको छ । अघिल्लो वर्ष ठिक यही समयमा देशको तराई क्षेत्र राजनीतिको चरम रापमा बलिरहेको थियो । बुझेर वा नबुझिकन मान्छेहरु आन्दोलनमा होमिएका थिए अधिकार र स्वतन्त्रताको सपना बोकेर । कतै ‘अखण्ड सुदूरपश्चिम’को आवाज घन्किरहेथ्यो भने कतै ‘एक मधेश एक प्रदेश’को नारा दन्किरहेथ्यो । अहिले पनि काठमाण्डौ, बुटवल, पाल्पा, कपिलवस्तु लगायतका ठाउँहरु तातिएको समाचारले संचारमाध्यमहरु भरिन थालिसकेका छन् ।
    देशमा लोकतन्त्र र गणतन्त्रको घोषणासँगै संघियताको बहसले स्थान पाएको थियो । पहिलो संविधानसभामा संघीयता नै बाधक बन्यो, यसमा कुरा नमिल्दा संविधान नै जारि नगरि संविधानसभा विघटन हुन पुग्यो तर दोस्रो संविधानसभामा विवाद बाँकि नै रहे पनि देशमा ७ प्रदेश बनाउने उल्लेख गर्दै अन्ततः संविधना जारी भयो । संविधान जारी भइसके पनि नेपाली राजनीतिको केन्द्रिय विषय भनेको संघीयता नै रह्यो । नमिलेका केहि विषयहरुलाई पछि संशोधन गरेर मिलाउने वाचासहित दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुको प्रयत्नमा ‘नेपालको संविधान २०७२’ जारी गरिएको थियो तर मधेश केन्द्रित दलहरुले भने अहिलेसम्म असहमति जनाउदै संविधानमा हस्ताक्षर नै गरेका छैनन् । 
    नयाँ संविधान कार्यन्वयनमा लैजान संघीयताको विषयलाई निष्कर्षमा पुर्याउनु अनिवार्य छ । यही क्रममा अहिले फेरि एकपटक संघीयताले सबैको ध्यान तानेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले मंगलबार मधेश केन्द्रित दललाई गरिएको वाचा अनुरुप संविधान संशोधन विधेयक दर्ता गराएको छ । विधेयक दर्ता भए लगतै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सडक र सदन दुवैतिर आन्दोलनमा उत्रिएको छ । सरकारले ल्याएको प्रस्तावमा एमाले मात्रै होइन जसको लागि भनेर ल्याईएको थियो ती दल समेत पक्षमा देखिएका छैनन् । मधेश केन्द्रित दलको सर्मथन पाउने आशामा रहेका सत्तारुण दल बिस्तारै थप जटिल परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा देखिएका छन् मोर्चाको विरोधका कारण । 
    लामो समयदेखि विरोधमा रहेका मधेश केन्द्रित दलहरूलाई लक्षित गरेर यो प्रस्ताव ल्याईएको हो, उनीहरुले नै यसमा आपत्ति जनाउनुले विधेयक समाधानमुखी प्रस्तावभन्दा वीकरण बढाउने कारक बन्छ कि भन्ने आंशका उत्पन्न भएका छन् । 
    राजनीतिले त देश र जनतालाई जोड्ने पुलको काम गर्नुपर्ने हो तर दुर्भाग्य हाम्रो राजनीति भने त्यस दिशातर्फ अगाडि बढ्न सकेको छैन । विगतदेखिका राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने यो प्रष्टै हुन्छ कि नागरिकलाई अनेक मुद्धामा अलझाउने काम भइरहेको छ राजनीतिक नेतृत्वबाट । यसले विभाजनको राजनीतिलाई ढाडस दिईरहेको छ जुन देशलाई दुर्घटनामा लाने एउटा ठूलो कारण हुनसक्छ ।
    संघीयता आफैमा कहिल्यै समस्या होइन । अहिलेको समस्या यसको बुझाईमा भएको हो । संघीयताको बहस चलेको यतिलामो समय भईसक्दा पनि राजनीतिक नेतृत्वले यसलाई व्यवहारिक तवरले बुझाउने कोशिस नै गरेन न नागरिकले बुझ्न नै सके । हो, विडम्बना यहिँ भईदियो । संविधान संशोधन गरिने कुरा राष्टूघात वा नगरिने कुरा राष्टूहित भन्ने होइन यसलाई अन्तरवस्तु र परिस्थितिको यर्थाथसँग जोडेर हेर्नुपर्ने हुन्छ ।
    मुलुकमा संघीयताका विषयमा बहस चलिरहँदा यति सानो देशमा संघियता जरुरि नै छैन भन्ने मत पनि देखिन थालेका छन् । यस्तो बहस सृजना हुनुमा पनि यसलाई व्यवस्थापन गर्ने पाटोमा देखिएको कमजोरीले नै काम गरेको छ ।
    लोकतन्त्रमा आफूलाई चित्त नबुझेको कुराको विरोध गर्न पाईन्छ तर सधैंको यो किचकिच, विरोध, कलहले भने लोकतन्त्रलाई दिनानुदिन कमजोर बनाउदै गएको छ । यो कहिल्यै समस्याको समाधान पनि होइन यसले त एकआपसमा वैमनस्यता पैदा गर्न र अवसर कुरेर बसेका विचौलियाहरुलाई फाईदा पुर्याउने बाहेक अरु केहि गर्न सक्दैन । यस्ता समस्याको समाधान राजनीतिक तहबाटै खोजिनु  पर्छ । जे समस्या परे पनि सडकमै ओइरिने हो भने संसद केका लागि र हाम्रा जनप्रतिनिधिको औचित्य के त ? 
    राज्यको पुनःसंरचनाको विषयमा राजनीतिक दलका ठूला नेताहरुमा आफ्ना पुरानै निर्वाचन क्षेत्रलाई कायम राख्न खोज्नुले पनि समस्या सृजना गरेको देखिन्छ । राज्यको पुनःसंरचनाको विषयलाई देश नै टुक्राउन खोजे जसरी गरिने कतिपय प्रचारले पनि यो विषयलाई थप जटिल बनाएको छ यो जनतालाई बुझाउने जिम्मा भने राजनीतिक दलहरुकै हो । नागरिकमा देखिएको आशंकालाई हल नगरेसम्म समस्या यथावत रहने छन् । 
    ५ विकास क्षेत्र, १४ अन्चल र ७५ जिल्लामा मिलेरै बसेका नागरिकहरुमा अहिले पहाड तराईसँग जोडिनै नहुने, तराई पहाडसँग मिसिनै नहुने जस्ता भ्रम फैलाएर दल र नेताहरु आफ्नै दुनो सोझ्याउने दाउमा छन् । आफूलाई चुनावमा कताबाट फाइदा हुन्छ, कुन कुन ठाउँमा आफ्नो बर्चस्व छ त्यसलाई चाहिं अन्त पार्नै नहुने भन्ने जस्तो मानसिकताबाट सोचियो भने हामी ढुक्क भए हुन्छ यो बहसले कहिल्यै पार पाउदैन भनेर ।संविधान जारी गर्ने समयमै आन्दोलनमा रहेका मधेश केन्द्रित दलहरुका मागलाई सम्बोधन गर्न संविधान संशोधन गरेर जाने विषयमा प्रमुख दलहरुका बिचमा सहमति नै जस्तो थियो तर पछिल्ला सत्ता समिकरणले त्यो सहमतिलाई दलहरु आफ्ना स्वार्थ अनुसार व्यख्या गर्न थालेका छन् । 
      अहिलेको परिस्थितिमा निवार्चन हुने अवस्था छैन । त्यसैले संविधान जारी गर्ने समयमा प्रमुख दलका बिचमा भएको संविधान संशोधनको भद्र सहमति कार्यान्वयन गर्दै निर्वाचनमा जानु अहिलेको आवश्यकता हो । यदि सरकारी प्रस्तावप्रति विमति छ भने त्यसविरुद्ध आफ्नो मत राख्ने या त्यसलाई विफल पार्ने ठाउँ सडक होइन,  संसद् नै हो ।
    मधेश केन्द्रित दलहरूले पनि एकआपसमा कोभन्दा को बढी ‘क्रान्तिकारी’ देखिने भन्ने होडबाजी बन्द गरेर समस्याको रचनात्मक समाधान पहिल्याउनेतर्फ लाग्नुपर्छ । खासगरी निरन्तर ‘आन्दोलनकारी’ देखिँदा मात्र आफ्नो राजनीतिक पहिचान कायम रहन्छ र जनाधार बढ्छ भन्ने भ्रमबाट अब चाँडै मुक्त हुन जरुरी छ । सुझाव ईमेल : deepzyoti@gmail.com

    आफु सक्षम भएपनि अरुका लागि केही गर्नुपर्छ – संगिता सरावगी

    – निलम पन्त
    मध्य नेपाल सन्देश
    घर परिवारमा सम्पन्न भए पनि समाजका लागि केही गर्नुपर्ने इच्छा बोकेकी ४५ वर्षिय संगीता सरावगीको जन्म भारतको कोलकतामा भएको हो । बाबु जयप्रकाश गुप्ता र आमा कुसुम देवी गुप्ताको कोखबाट जन्मेकी संगिता ई.सं. १९७१ नोमेम्बर २९ मा दोश्रो सन्तानको रुपमा यस धर्तिमा पाईला टेकेकी हुन् ।  
    भारतको उडिसामा आर्य समाजका बाबुआमाको पहलले शिक्षा-दिक्षा प्रारम्भ भई १९९२ मा स्नातक सम्म पास गर्न सफल भएकी संगिताले माईतमा उडिसाकै रोटरी क्लबको सदस्य भई समाजिक कार्यमा लागेकी संगिताले बताइन् । नेपाल भारतको सिमा वारीपारीको कुसंस्कृतिका बारेमा खासखुस मात्रै सुनेकी थिईन् । माईतमा रोटरीले गर्ने विभिन्न समाजिक कार्यमा सरिक हुने संगिता सरावगीको वैवाहिक सम्बन्ध रोटिबेटीको सम्बन्ध भन्दै हामीले अहिले सम्म भनिदै आएको जसरी नै नेपाल स्थित वीरगन्जका मुकेश सरावगीसँग १९९२ जनवरी २६ मा विवाह भएको उनले बताइन् । तराई मधेश मात्रै होईन भारतको विहारमा समेत दाईजोले जरो गाडेको समाजमा रहे पनि उनीसँग दाम्पत्य जीवनमा बाँधिन चाहने दुलाहा पक्षबाट भने विवाहमा दाईजो भन्ने शब्द पनि उचारण नगरेको उनको भनाइ छ । श्रीमान् असाध्यै मिलनसार र सहयोगी भएकाले नेपाली परिवेशमा घुलमिल हुन त्यति गाह्रो नभएको संगिताले तर्क गरिन् । सरावगीको दाम्पत्य जीवनबाट ३ जना छोराको जन्म भई, बच्चाहरुको पालनपोषणमा लागेकी संगिता हाल वीरगंजको अरुणोदय क्लब, संस्कार क्लबकी महिला सदस्य र पतञ्जली योग पिठका लाईफ टाईम सदस्य हुन् । यति मात्र नभई श्रीमान् मुकेश सरावगीको सहयोगमा नव नेपाल निमार्ण पार्टीको तर्फबाट संविधानसभा सदस्यको रुपमा समानुपातिक उम्मेदवार बन्न सफल भएकी थिईन् । यिनै संगीता सरावगीसंग मध्य नेपाल सन्देशका लागि निलम पन्तले गरेको सार संक्षेप :–
    १. अरुणोदय क्लबको स्थापना कति सालमा भएको हो ?
    यो संस्था भनेको सामाजिक कार्य गर्ने संस्था हो । यसको स्थापना वि.सं.२०५३ सालमा भएको हो ।
    २. तपाई कसको प्रेरणाबाट यस संस्थामा आउनु भएको हो ?
    म विवाह भएर नेपाल आउँदा मलाई यहाँको त्यति ज्ञान थिएन । छोरा स्कूलमा पढ्दा उसको साथीको ममीसंग मेरो भेटघाट भयो र उनको प्रस्तावले संस्थाको स्थापना भयो । त्यसै मार्फत आवद्ध भई हामी काम गर्न थाल्यौँ । 
    ३. तपाईको संस्थाले के–कस्तो कार्य गर्दै आईरहेको छ ?
    यो संस्था भनेको समाजिक संस्था हो । हामीले अपाङ्ग बच्चाहरुको लागि आर्टिफिसियल खुट्टा वितरण, नरायणी उप-क्षेत्रिय अस्पतालका लागि विभिन्न समाग्रिहरु वितरण, भुकम्प पिडित, असहाय र विभिन्न संघसंस्थाहरुमा सहयोग गर्ने गर्दछन् । यति मात्र नभई हाम्रो संस्था मार्फत वीरगंज विर्तामा रहेको कारागारमा शौचालय, स्नान घर, चौतारी लगायतको निर्माण गरि सहयोग गर्ने गरेका छौँ । 
    ४. यहाहरुको संस्थाको दिर्घकालिन योजनाहरु के–के छन् ?
    हाम्रो संस्थाले धेरै किसिमको काम गर्ने गर्दछ । जस्तैः सा-सानो बच्चाहरुको लागि खेल प्रतियोगिता, राईम्स प्रतियोगिताहरु छन् । यस प्रतियोगिताले बच्चाहरुमा सकरात्मक विकास भई सुखि र खुशी भएर अगाडी बढ्न मदत पुर्याउने गर्दछन् । हाम्रो संस्थाले महिलाहरुको क्षेत्रमा समेत कार्यक्रम गर्ने गर्दछन् । ताकि उनीहरु आफै सक्षम भई अगाडी बढ्न सकुन हाम्रो संस्थाको आगामी योजना वीरगंज शहरलाई हरियाली बनाउने हो । त्यसका लागि विभिन्न एन.जि.ओ र आई.एन.जि.ओ संगको सहकार्यमा अगाडी बढिरहेका छौँ । यसैगरी वीरगंजको विभिन्न स्थानहरुमा हेर्ने हो भने अहिले चापकल निकै कम छन् यसका लागि हाम्रो आफ्नौ अरुणोदय क्लबको लगानीमा ठाउँ-ठाउँमा कल जडान गर्ने भावी योजनाहरु रहेको छ । शहरका अधिकांश हरकिसिमले सक्षम छन् । तर हाम्रो उदेश्य गाँऊबाट आएका व्यक्तिहरु सक्षम हुनु हो त्यसका लागि हामीले केही न केही गरिदिनुपर्ने कर्तव्य बन्छ, त्यसै कर्तव्य पुरा गर्नका लागि हामी लागि परेका छौँ । 
    ५. तपाई मारवाडी समुदायकी महिला, यसरी विभिन्न ठाउँमा काम गर्दा कस्तो अनुभव बटुल्नु भएको छ ?
    म एकदमै गर्व महसुस गर्ने गर्दछु । अहिले पनि मारवाडी समुदायकी महिलाहरु घर बाहिर निस्किदैनन् । तर आजको समयमा म घरबाट वाहिर निस्केर विभिन्न समाजिक कार्य गर्दा मन प्रफुल्ल भएर आउँछ । सुरुवातमा विहे भएर नेपाल आउँदा मलाई कसैले चिन्दैनथे, तर आज यहि संस्था मार्फत धेरैसंग चिनजान भएको छ । अझै समाजिक क्षेत्रमा काम गर्न इच्छुक छु । गरिब, असाहय, दिनःदुःखी र अनाथहरुको अवस्था देख्छु, ति सबै आफ्नै जस्तो लाग्छ त्यसैले अझै सय प्रतिशत काम गर्न चाहन्छु । 
    हाम्रो समुदायका अरु मारवाडी महिलाहरुलाई भन्न चाहन्छु, सबै एकजुट भएर हातमाहात र काधँमा काध मिलाएर समाजका लागि केहि गर्न सुझाव दिन्छु । 
    ६. महिला हिंसा हाम्रो समाजमा दिनप्रतिदिन बढ्नुको कारण यहाँले के देख्नु हुन्छ ?
    सर्वप्रथम शिक्षाको कमी, बेरोजगारी, दाईजोप्रथा र बालविवाह जस्ता कार्यहरुले हाम्रो समाजमा महिला हिंसा दिन प्रतिदिन बढिरहेको छ । 
    ७. यहा सतसंगमा पनि जोडिनु भएको छ । तपाई जस्ता अरु महिलाहरुलाई यसमा कसरी जोड्न सकिन्छ ?
    सतसंगमा जोडनको लागि म संस्कार क्लबसंग आबद्ध भएको छु । आजको समयमा कोही पनि व्यक्तिहरु फुर्सदमा छैनन् । तर सतसंगले सत्य मार्ग निर्धारण गर्दछ । हामीहरुले सतसंगमा जोडनका लागि मनोरञ्जन गराएर समेत सतसंग गराउने गर्दछौँ । आजभन्दा ९ वर्ष अगाडी हामी ७/८ जना मात्रै थियौँ । तर अहिले ३० जना भन्दा बढी भईसकेका छौँ । अझै सतसंगमा जोडिन आउने व्यक्तिहरु हामीसंग सम्पर्कमा हुनुहुन्छ । 
    ८. भखरै योग गुरु रामदेवको योग विज्ञान शिविर समपन्न भएको छ, शिविरबाट तपाईले कतिको उपलब्धि लिनु भएको छ ?
    यो शिविरले धेरै उपलब्धि भएको छ । केही महिना देखि केही शारिरीक समस्या भएको थियो । तर अहिले ठिक भएको छ । शारिरीक, मानसिक र सामाजिक रुपले जागरुक भयो भने मात्र कुनै कार्य गर्न सकिन्छ । उहाँको शिविरले धेरैलाई राहत दिएको छ । केही वर्ष अगाडी पनि मैले रामदेव बाबाको ८(१० ओटा शिविर लिईसकेकी छु । उँहाकै आर्शिवाद, विपश्ना, मेडिटेसन र पतञ्जली औषधीबाट हाम्रो तेस्रो बच्चा समेत स्वस्थ्य जन्मेको हो । 
    ९. तपाईको विचारमा वीरगंजको विकासको निमित्त के-कस्तो पाईला चाल्न सकिन्छ ?
    वीरगंज विकासको लागी धेरै कुराहरुमा ध्यान पु¥याउनु पर्छ । बसपार्कको काम चाडोभन्दा चाडो समपन्न गर्नु पर्दछ । वीरगंजको मुटुमै रहेको घंटाघरको जग्गामा अन्तराष्ट्रिय सभाहल बनाउन पहल गर्नुपर्दछ । यसका लागी वीरगंजका जनताले मात्रै होईन यस भेगकै जनता र सांसदहरुको दबाब चाहिन्छ । यसैगरी हरिखेतान क्याम्पस अगाडीको पार्क निर्माणका लागि वीरगंज उप-महानगरपालिका लाई घचघच्याउनु पर्दछ । देशकै ठुलो करोडौँ नाफामा रहेको चिनी कारखाना र कृषि औजार कारखाना बन्द अवस्थामा छ । यसलाई संचालनमा ल्याई रोजगारी प्रदान गर्नुपर्दछ । 
    यसैगरी कुनैपनी देशका उधोगीहरुका लागि लगानिको वातावरण मिलाईदिनुपर्दछ । त्यसका लागि सम्पुर्ण राजनितिक पार्टी विकासका लागि एकमत हुन जरुरी छ । यी कुराहरुमा ध्यान पुर्याए वीरगंजको मात्र नभई देशभित्रको हरेक सहरको विकास सम्भव छ । 
    १०. तपाई आफनो जिवनकालमै विर्सनै नसक्ने अविस्मरणिय पल भन्नु पर्दा के सम्झनु हुन्छ ?
    मेरो जिवन कालकै सम्झनाको पल मेरो छोरोको जन्मदिन हो । हामी बच्चाको जन्मदिन होटलमा नमनाएर अनाथ बच्चाहरुसंग घुलमिल भएर अनाथ आश्रममै गएर उनीहरुको कपडा, खाद्यान्न र विभिन्न खानपिन गरेर मनाउने गर्दछौँ ।  हामी जुन क्षेत्रमा पनि काम गरे पनि जो असहाय छन् त्यसका लागि केही न केही गर्नु पर्दछ । यो मेरो जिवन कालकै अविस्मरणिय पल हुने गर्दछ ।

    जानी राखौं


    १) शालिग्रामलाई कसको अवतारको रुपमा पूजा गरिन्छ ? 
        क) यमराज ख) बुद्ध  
        ग) विष्णु घ) महादेव 
    २) हिन्दु धर्ममा गाईलाई के को प्रतिक मानिन्छ ?
        क) सरस्वति ख) पार्वति 
        ग) दुर्गा   घ) लक्ष्मी
    ३) देवताको पनि देवता भनेर कुन देवतालाई चिनिन्छ ?
        क) महादेव   ख) अग्नी देव 
        ग) नागदेव   घ) मानदेव
    ४) हिन्दु धर्ममा काग र कुकुरलाई कसको दुतको रुपमा पूजा गरिन्छ ?
        क) भैरव   ख) रामदेव  
        ग) यमराज   घ) पाण्डव 
    ५) नेपालीमा बुद्धलाई कुन देवताको अवतार मान्दछन् ?
        क) महादेव   ख) विष्णु  
        ग) गणेश   घ) कुमार
    उत्तर :– (१) (ग) विष्णु (२) (घ) लक्ष्मी (३) (क) महादेव (४) (ग) यमराज (५) (ख) विष्णु 

    फेसन अनुसारको पहिरन प्रिन्सेस लाइन कुर्ता बनाउने तरिका र विधि


    अञ्जली चौहान
    मध्य नेपाल सन्देश 
    आजभोली नयाँ डिजाईनको कपडा बजारमा आउना साथ बढी चलनचल्तिमा नयाँ फेशनको पहिरनको रुपमा मांग बढेको पाईन्छ । त्यस्तै अहिले बढि फेशनमा चलेको कपडा प्रिन्सेस लाइन कुर्ता वा ब्लाउज विभिन्न डिजाइनमा सिलाएर वा किनेर लगाउने गरिएको पाईन्छ । त्यसैले आज हामी प्रिन्सेस लाइन कुर्ता कसरी बनाउने भन्ने तरिका जानी राखौ ।
             प्रिन्सेस लाइन कुर्ता बनाउनका लागि सर्वप्रथम कसको लागि बनाउनेको त्यसको नाम लिने तर मैले उदाहरणको रुपमा एउटा नाम लिएकी छु : ((लम्बाई(३३), (कुमु(१४), (कम्मर गोलाई(२८), (कम्मर देखी हिप सम्म(६), (हिपको गोलाई(३६), (बुस्ट ग्याप(७) यसरी सिकाईसकेपछि त्यही नाप अनुसारको डाूफ्ट कोर्ने । ड्राफ्ट कोर्दा ड्राफ्टिङग पेपरमा पहिले डाूफ्ट कोरेर त्यसको कटिङग गर्ने त्यसपछि सोही पेपरको सहयोगले कपडा माथी राखेर पहिले २ फोल्डमा पछाडीको भाग ट्रास गरेर काट्ने ।   

    अब प्रिन्सेस कुर्ताको ड्राफ्ट बनाउने बिधि :– 

    क,ख = पुरा लम्बाई + १ जोड्नेÞ
    क,ग = कुमको १/२ भाग लिने
    क,घ = छातिको १ चौथाई भागमा १जोड्ने
    घ,घ१ = छातिको १ चौथाई भागमा १.५ घटाउने 
    क,ङ = कम्मर लम्बाई जति छ त्यति लिने 
    ङ,ङ१ = कम्मर गोलाईको १ चौथाई भागमा १ जोडने 
    ङ,च = कम्मर देखी हिपसम्मको लम्बाई लिने 
    च,च१ = हिपको गोलाईको १ चौथाई भागमा १.५ जोडने 
    क,क१ = २ ईन्च लिने 
    क,क२ = कुर्ताको अगाडी भागमा ५ वा ६ ईन्च गला राख्ने 
    क,क३ = कुर्ताको पछाडी भागमा ६ वा ७ भन्दा बढि आफ्नो इच्छा अनुसार गला राख्ने 
    ग,ग१ = १/२ ईन्चमा चिन्ह लगाउने 
    घघ० = बुस्ट ग्यापको १/२ भाग गरि जति आउँछ त्यति ईन्चमा चिन्ह् लगाई कर्भ लाईन तान्ने ।
    ख,ख१ =कुर्ताको घेरा २० को आधा भाग गरि १० ईन्चमा चिन्ह् लगाउने ।

    नेपालमै बबाल छ, आमा ! टुटुुेको प्रेम महल फेरि कहाँ बनाउन सक्छु र

    नेपालमै बबाल छ !

    संविधान आएर नि बबाल छ ।
    संविधान न आएर नि बबाल छ  ।
    यता मिलाएर नि बबाल छ ।
    उता मिलाएर नि बबाल छ ।
    कसैलाइ मन्त्री पाएर बबाल छ ।
    कसैलाइ हटाएर बबाल छ ।
    यहाँ अपराधी समाएर बबाल छ ।
    उता अपराधी धपाएर बबाल छ ।
    यता घाँऊ चराएर बबाल छ ।
    उता घाँऊ बनाएर बबाल छ ।
    यता कुनै मा अँटाएर बबाल छ ।
    उता मिल्काएर बबाल छ ।
    यता थुतुनो बजाएर बबाल छ ।
    उता मुख चपाएर बबाल छ ।
    यता सम्बन्ध जमाएर बबाल छ ।
    उता बिच्छेद गराएर बबाल छ ।
    यता माग जुराएर बबाल छ ।
    उता टुक्राएर बबाल छ।
    यता जनता दबाएर बबाल छ ।
    उता जनता उठाएर बबाल छ ।
    यता आन्दोलन सेलाएर बबाल छ ।
    उता आन्दोलन चलाएर बबाल छ ।
    यता मसाल जलाएर बबाल छ
    उता सुर्य टल्काएर बबाल छ ।
    यसो नि बबाल उसो नि बबाल छ ।
    बबालै बबालको भको हाम्रो देश नेपाल छ ।
    — दिलिप राज कार्की, वीरगंज 


    टुटुुेको प्रेम महल फेरि कहाँ बनाउन सक्छु र 


    टुटुुेको प्रेम महल फेरि कहाँ बनाउन सक्छु र !
    जस्तो माया बाँडे पनि थोरै माया कहाँ पाउन सक्छु र !!
    आँफू एउटा सागर हँु भन ठान्छु सानु
    तर यो मनको प्यास कहाँ मेटाउन सक्छु र !
    म पागल सायद बुझ्दिन आफ्नो दुनियालाई
    आकाशको ताराले आफ्नो घर कहाँ सजाउन सक्छु र !
    कसैसँग हुँदा पनि टाढाको आभास हुन्छ अब
    सँगै बसेर तिम्रो प्रेमगित कहाँ गाउन सक्छु र !
    दुई चार पल हाँसेर आखिर फर्कन्छु आफ्नै संसारमा
    तिमी सँग लाएको चोखो माया कहाँ भुलाउन सक्छु र !
    पिडाले दुखेको छ मन खै किन यति
    यो ढलेको पर्खालको सोर कहाँ सुनाउन सक्छु र !
    सके सम्म लुटिएँ यो माायाको चालमा 
    यो बाटोमा अरु कति म कहाँ लुटाउन सक्छु र !
    तिमी मलाई जति दुखाएर मार तिम्रो खुशी
    तिम्रो हरेक प्रश्नको जवाफ म कहाँ फकाँउन सक्छु र !
    अन्तिम सलाम लेऊ यो अजनवीबाट
    तिम्रो झुठो संसारमा फेरि कहाँ फर्केर आउन सक्छु र ! 
    – लक्ष्मीकान्त शर्राफ, ठाकुराम क्याम्पस, वीरगंज 

    आमा

    संसारमा सबैभन्दा ठूलो के हो भन ?
    आमा नै हुुन्  ठूलो  कुरा  अरुलाई  नगन ।
    हामीलाई  संसार  देखाउने आमा नै हुन् चिन
    आमा किन्न पाउदैनौ अरु जे नि किन ।। 
    कोखाई कोखाई बाबु भनि पेटभर खाना खुवाउछिन्,
    ताते ताते बाबु भन्दै पाईला चाल्न सिकाउछिन्,
    मायाकि खानि पनि आमा नै हुन् चिन
    माया किन्न पाउदैनौ अरु जे नि किन ।। 
    जती गल्ती गर तिमि सहजै माफि पाउछौ,
    जब तिमि मुस्कुराउदै उनको अघि आउछौ,
    दयाको बिशाल सागर आमा नै हुन् चिन,
    आमा किन्न पाउदैनौ अरु जे नि किन ।।
    आमा छोड्छन् ढुंगा पुज्छन् यो पापि दुनिया,
    कृतज्ञ हुन्छन् ईश्वरप्रति नै सफलतालाई चुम्दा
    भगवानको दोश्रो रुप आमा नै हुन् चिन
    भगवान किन्न पाउदैनौ अरु जे नि किन ।। 
    दुख सुख झेलिकन हुर्काउछिन् छोरालाई
    त्यहि छोरा पैसाको लागी छोडिदिन्छ आमालाई,
    पैसा भन्दा ठुलो कुरा आमा नै हुन् चिन
    आमा किन्न पाउदैनौ अरु जे नि किन ।।
    — स्वस्तिका ढकाल, कक्षा १०, सिमरा १ बारा

    बाल चित्रकार लव कुमारको घर


    घर  (HOUSE)


    बाल चित्रकार
    नाम : लव कुमार सिंह
    स्कुल : ज्ञानवाटिका उच्च मा.वि. वीरगन्ज
    कक्षा : २, रौल नं. : २१

    बाल चित्रकार को गुडिया

    गुडिया  (DOLL)


    चित्रकार

    नाम : स्नेहा साह
    स्कुल : एस.टि. सेन्जेबियर्स उच्च मा.वि. वीरगन्ज
    कक्षा : ५, रौल नं. : ३१

    पेट सम्बन्धी हुने राष्ट्रिय रोग नै ग्यँष्टिक : डा. झा


     – कविता खड्का 
    मध्य नेपाल सन्देश,
    मानिसको खानपीनको असावधानीबाट सुरु हुने रोग नै सामान्य अर्थमा ग्याष्टिक हो । यसलाई मूलतः पेट सम्बन्धी हुने राष्ट्रिय रोग नै भने पनि हुन्छ । ग्याष्टिक भएको समयमै राम्रो खानपिन र उपचार नभए ग्याष्ट्रिक विग्रेर पेटमा अल्सर हुने गर्दछ । अन्तमा अल्सर भएर पनि उपचार नभए पछि क्यान्सर जस्तो भयानक रोग भई मानिसको मृत्यु समेत हुनसक्छ । 
    हाम्रो समाजमा समान्य रोग लाग्यो भने नजिकैको औषधी पसलबाट नजचाइकनै आफैले सुनेको अधारमा औषधी सेवन गर्ने चलन छ । यस्ता कार्यले गर्दा साधारण समस्याहरु विग्रेर ठूलो समस्या सृजना हुने गर्दछ । पेट रोग विशेषज्ञ एवं इन्डोस्कोपिष्ट डा. राकेश कुमार झाका अनुसार प्राय जसो अनुसन्धानमा पेटकै कारणले आर्थिक वर्ष ०७२/०७३ मा मात्रै लगभग १६ देखि २० जनामा क्यान्सर भएको भेटिएको छ । यो समस्या चाहि महिलाभन्दा बढी पुरुषमा पाइएको छ । यस्ता समस्या चाहि खास गरी बढी उमेर ६० बर्ष भन्दा माथिकोमा बढी छ । तराई मधेशमा मात्रै होइन् देशभरी ग्याष्टिको विरामी धेरै पाइरहेको हुन्छ । सुरुवातमा उपचार प्रति त्यति संवेदनसील भएको पाईदैन । उपचारका लागि प्रयास गरे पनि चिकित्सकको सल्लाह विना मनपर्दो औषधी लिने काम सहि होइन । जसले गर्दा विराम जटिल भई विग्रेर क्यान्सर समेत हुने गर्दछ डाक्टर झा भन्छन् । यो रोग लाग्ने कारण र निदानको सन्दर्भमा पेट रोग विशेषज्ञ एवं इन्डोस्कोपिष्ट डा.राकेश कुमार झासंग गरिएको थप कुराकानी :-
    १) खासमा पेटमा हुने रोगहरु के के हुन ? 
    पेटमा हुने रोग भनेको ग्याष्टिक, झाडापखाला, अलसर, क्यान्सर, हेपटाइटिस, लगायत सरुवा रोग पेटमा हुने रोगहरु हुन् । यी सबैभन्दा बढी विरामी ग्याष्टिक हो । यो विभिन्न प्रकारको हुन्छ । कुनै पनि रोग पेटमा लाग्नुभन्दा अगाडी खान मन नलाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, दिशा विग्रेर आउने लगायत यसमा हुने लक्षणहरु हुन् । पेटमा हुने समस्याहरु मध्ये हेपाटाईटिस पनि एक हो । यो जोन्डिसबाट सुरु भई हेपाटाईटिस ए, बी, सी, डी, ई प्रकारका हुने गर्दछन । यस मध्ये सवै भन्दा कमन हेपाटाईटिस ए हो त्यसपछि बी र सी हुने गर्दछन् । हेपाटाईटिस सी डूगको सेवन गर्नेहरुमा पाईन्छ । हेपाटाईटिस ए र बी हुनेमा सी र डी हुने सम्भावना धेरै नै हुने गर्दछन् । 
    २) पेट र छाती मानव अंगको संवेदनशिल अंग मानिन्छ तर पनि कतिले खानपिन र छातीमा लाग्ने चोटपटक प्रति खासै गम्भिर भएको पाईदैन किन होला ?
    यो हाम्रै समाजको अशिक्षाको कमी कमजोरी हो । अशिक्षित, सोझा साझा व्यतिmहरुलाई टाठाबाठा व्यतिmहरुले सम्झाउनु पर्ने हो । यदि सरसल्लाह लिने व्यतिmहरुले अरु व्यतिmलाई सहि सुझाव दियांै भने यो समस्यामा कमी हुने देखिन्छ । 
    ३) यहा नारायणी उप–क्षेत्रिय अस्पतालको ईन्डोस्कोपि विभागको पनि प्रमुख हुनुहुन्छ ? खासमा ईन्डोस्कोपिको बारेमा छोटकरीमा जनकारी  गराई दिनुस् न ? 
    ईन्डोस्कोपी भनेको मुखबाट क्यामरा जडित पाईप हाली खानाको नली, पेट र सानो आन्द्राको बीच भागसम्म जाने यसलाई अपर जीया ईन्डोकोपी भनिन्छ र अर्काे हामी मलद्धारबाट पाईपले ठुलो आन्द्रालाई  कोलोनोस कोपी भनिन्छ । यसले चाहि पेट भित्रको समस्याहरु जस्तै अल्सर, क्यान्सर, ग्याष्टिक आदि भए नभएको थाहा पाउन मदत मिल्छ । 
    ४) अहिले पेटको कुनै पनि रोग लाग्दा प्राय सवै जसो प्राईभेट क्लिनिकमा जादाँ ईन्डोस्कोपी नगराउने भनेर सायदै डाक्टरहरुले सल्लाह दिन्छन ? के साच्चिकै सवैले पेटमा समस्या हुने वितिकै ईन्डोस्कोपी गराउन अनिवार्य नै हो त ? 
    पेटको समस्या हेर्न मात्र ईन्डोस्कोपी गरिन्छ । पहिला पेटको समस्या पता लगाउने अनि मात्र ईन्डोस्कोपी गरिन्छ । सवै भन्दा बढी समस्या हालको हेलीको ब्याक्टो पाईलोरी  भन्ने ब्याकटेरिया हो । यो चाही विश्वको ७५ प्रतिशत भन्दा बढी व्यतिmहरुमा पाईएको छ । जुन टि.बी. भन्दा बढी यो ब्याक्टेरिया जनसंख्याको ४.६ बिलियन भन्दा बढी यी ब्याक्टेरियाहरु छन । पेटको क्यान्सर यही ब्याक्टेरियाले गर्दा हुन्छ । विश्वमा सर्वे गर्दा कसैलाई पनि यसको विषयमा जानकारी थिएन । ७० प्रतिशतमा सर्वेमा चिन्ताले गर्दा जवाफ दिए र २० प्रतिशतले पिरो, अमिलो खानाले भन्ने जवाफ दिए । अल्सर चिन्ताले पनि हुने हो तर ७० प्रतिशत चाही ब्याक्टेरियाले गर्दा हुन्छ । चुम्बन गर्दा पनि यस रोगका ब्याक्टेरिया एकबाट अर्काे व्यतिmमा सर्ने गर्दछ । यो व्यतिmको रहन सहन वातावरण, खाना, पानी, दिसा, लुगा, शौचालय आदिबाट पनि यो ब्याक्टेरिया फैलिन्छ । 
    ५ ) पेटमा लाग्ने रोगका लक्ष्णहरु के के हुन् ? यसमा लाग्ने रोग के कस्ता हुन् ? 
    मुख्य लक्षण भनेको पेट दुख्नु, वाकवाकी लाग्नु, पेट फुल्नु, दिशा विग्रनु लगायतको समस्या देखिनु पेटमा लाग्ने रोगहरुमा मुख्य लक्षणहरु हुन् ।  अब यो रोगहरुको लक्षण ग्यास्ट्रिक भएपछि देखिने समस्याहरु हुन् । अहिले जो कोही पनि अलिकता पेट दुख्ने, टाउको दुख्ने या साधारण केहि विरामी पर्ने वितिकै विना चिकित्सकको सल्लाहले क्लिनिकमा गएर आफै औषधी लिने गर्दछन् । खासगरी पेटको समस्या खानपिन, रहन सहनसंगै फुटपाथको खाना, औषधी प्रयोग भएका तरकारीहरुले गर्दा ग्यास्ट्रिक भई अल्सर हुने र पछि क्यानसर हुने गर्दछन् । विभिन्न सरुवा रोग, हेपटाइटिस लगायतको रोगहरु हुने गर्दछ ।  ९० प्रतिशतमा हिल्कव्याक्टोप्यारो व्याक्टेरिया पाइएको छ, । हामी कहाँ १७÷१८ जना वर्षमा क्यानसर रोगी पाउनु धेरै ठूलो डाटा हो । अहिलेको समयमा सबैले खानपिनमा र आफ्नो बानीमा सुधार नगर्ने हो भने यो वर्षको डाटा अझ बढ्दै जान्छ । 
    ६) पेट सम्बन्धी रोग नलाग्न के गर्नुपर्दछ ? 
    कुनैपनि रोग लान नदिनका लागि हामीले स्वस्थ्य खाना, स्वस्थ्य पानी, स्वस्थ्य रहनु प¥यो र योगा गर्नु प¥र्योे । अझै विस्तृतमा बुझदा खासगरी हामीले कुनैपनि फलफुल किन्दा किन्ने वितिकै मुखमा हाल्नु हुन्न । कम से कम ति सामाग्रिलाई १० मिनेट जति पानीमा भिजाउनु पर्दछ यसरी गर्दै जादाँ विस्तारै वानी पर्दै जान्छ र व्याक्टेरीयाहरु पनि हट्दै जान्छ । अन्तमा रोग नलाग्न कम्तिमा आफ्नो वरिपरिलाई सरसफाई गरिदियौ भने ५० प्रतिशत रोग रोक्न सक्छौँ । हामी कहाँ आफ्नो घरको फोहर अरुको जमिनमा लगेर फालिदियौँ भने हाम्रो घर सफा भनेर सोच्छौ तर त्यो भने सफा होइन् । रोग नलाग्न दिनका लागि हामीले समुदाय कै बारेमा   सोच्नु पर्दछ । 

    मन गरिब भए पनि देश धनी बनाउन सकिन्छ


    – कमला गिरी
     मध्य नेपाल सन्देश
    हाम्रो देश नेपाललाई अन्य देश जसरी हेरे पनि आफ्नो नजरले हेर्नु पर्छ । यी हाम्रा नजरले पनि बिश्लेषण गर्नु पर्दछ । यो सँसारका जटिल कुरालाई एक सामान्य ब्यतिmले पनि बुझ्न सक्छ । ती सबै कुरा बुझ्नलाई ऊ सँग उच्च शिक्षा( दिक्षाको भने ठूलो डिग्री हुन जरुरी छ भनेर भन्दा फरक नपर्ला । जसले चेतना र ज्ञानको उपयोग गरेर पनि त्यस्ता जटिल जटिल कुराहरुको अर्थ र पुष्टी गर्न सक्दछ । विश्वभरिका प्रभावशाली नेताहरुले देशका नेतृत्वलाई हतियार त्याग्न तयार भएका थिएनन् । पूर्णयता पराजित हुन खोजिरहेको छर्लङ्ग छ । देशका नागरिकहरु भने केहि शहिद पनि भएृका थिए । त्यसैले आफ्नो मन जति दुखि दरिद्रताले छाए पनि हाम्रो देशलाई अमिर तुल्याउनु दाया(बाँया नछुपाई बोल्नु पर्छ । हाम्रो देश नेपाल भन्ने वितिकै गौरव र खुशी प्रकट नगर्ने व्यक्तिहरु त शाएदै नागरिक होलान् । त्यसैले मान्छेको पहिलो आवश्यकता शान्तिसंग बस्न पाउनु हो । केवल देशको लागि मर्नु हो । सबै नेपालीहरुले देशका लागि सकारात्मक सोच विचार पु¥याई  त्याग तपस्याका साथ विभिन्न क्षेत्रमा र क्षेत्रबाट एक जुट भई अगाडी बढिसकेपछि देशको उन्नती र प्रगतीको पक्षहरु कसरी नहोला त । एउटा विचारलाई सबैको विचारसंग मिल्दो जुल्दो भएपछि हाम्रो खेशका विभिन्न खुम्चीएर बसेका र पहाड चुचुराहरु मैदान हुने थिए भन्ने कुरा पनि सहज देखिन्छ । मलाई यति मात्र थाहा छ कुनै पनि कालमा समस्या र अप्ठयारा काम देशका लागि मात्र भएको छैन । ती घमण्डी व्यक्तिहरु को मुीभर पुरा गर्न भएको कुरा चर्चा भएको छ । कुनै व्यक्तिले क्षमता भित्र रहेर नै काम गर्नु पर्दछ । जसलाई क्षमता भन्दा बढी काम गर्न लाग्यो भने जो व्यक्ति असफल हुनसक्छ त्यसैले अझै पनि समय वितेको छैन हामी हाम्रो देशको लागि  जति जुटेर कम्मर कस्ने छौ ।उती नै सफलताको बिन्दु छुनेछौ । विभिन्न खालका अनुभुतिका साथ देशका लागि जुटनु पर्छ भन्ने  कदम  अगाडी बढाउदा हामीलाई पनि बाच्न सजिलो हुन्छ । र देशको विकाश पनि छिट्टै हुनेछ । मानिसले जुन ठाउँमा पाईला टेक्छन् त्यस ठाउँको पुर्वाधारलाई अंगाली सहज तरिकाले बाच्ने उत्साह दिदेै आफुपनि बाच्ने  कुरा सिक्न अत्यन्त जरुरी हुन आउँछ । यो धर्ती र आकाशले मानिसलाई पृथक पृथक स्थानको परिचय दिए ता पनि मुल रुपमा पृथ्वी भरिका सम्पुृर्ण मान्छे एकै हुन । सबैमा भोक, निदूा, गति मन आदि समान किसिमले हुन्छ । जस्मा संस्कृति , धर्म, देश ईत्यादी मान्छेहरुले आफैले निर्माण गरेपनि बाकी ऐश्वर्य मानिसहरुमा अन्तर छैन तरपनि मानिसहरु आफुले आफैलाई फरक तुल्याई अभावहरुको भाव प्रकट गरिरहेको हुन्छ । यानिकी उ यस धर्तीको कुनै कुनामा किन नहोस ।
    सरसर्ती मैले नेपालको माया अनि केही विकाशका पुर्वाधार  माथी हामी सधै अगाडी बढीरहने प्रोत्साहित सबैमा गराउदै मानिस माथी तर्कहरु पोखिरहदा सरल या जटिल प्रश्न ननिकाली हाम्रो देशका लागी जीवन परित्याग गर्नु  पर्छ भन्ने भनाई लाई लिनु जरुरी पर्छ र म नेपाली हु मैले नेपालमा बस्नुपर्छ भनेर कदम अगाडी बढाई रहदा कम नहुला जसले देशका लागी मरिमेटेर यस्ता तर्कहरु लागु गर्दछ उसले कुनै प्रकारका व्यङग्य नहानि देशको रक्षाका लागी मरिमेटने छ भन्ने आशालाई निर्णयको  विन्दुमा भनाईन्छ । मानिसले जुन लक्ष्य बोकेर हिड्छ त्यहि उसको अगाडी बढने बिन्दु हो । मनमा कुनै किसिमका पिडा नराखी अगाडी बढन सजिलो भईरहन्छ । 
    कसैले उसलाई दार्शनिक प्रतिक्रिया दिईरहन । त्यसैकारण जीवनमा अगाडी बढ्न वा अरुलाई अगाडी बढाउन सिकाउनु एउटा असल मान्छेका गुण हुन् । यसरी सधै आफ््नो र अरुको उपकार सोच्ने मानिस कहिले पनि अरुको अगाडी शिर नझुकाई उच्च शिर फैलाएर अगाडी बढिरहन सक्छ भन्ने कुरामा विश्वस्त भइरहन सकिन्छ । 

    प्रख्यात योग गुरु रामदेव र अचार्य बालकृष्णको केही घरेलु उपयोगि टिप्स :–


    १) रुघा खोकीको घरेलु उपचार :–
    लहसुनमा पाईने एंटीबैकटेरियल, एंटीवायरल तथा एंटीफंगल हुन्छ त्यसैले यो रुघाखोकी सर्नबाट राक्ने अत्यन्त फलदायी हुन्छ । लहसुनको ४/५ दाना छिलेर घ्युमा भुटेर खानाले रुघाखोकीबाट आराम मिल्छ ।
    २) हरियो धनिया औषधीको भण्डार :–
    हरियो धनियामा सुजनबाट बचाउने गुण हुन्छ त्यसैले यो अर्थराईटिस रोगको लागि अत्यन्त उपयोगी हुन्छ । यो भिटामिन तथा आईरन र मैग्रिसियनको पनि भण्डार हो । हरियो धनिया पाचन प्रणालीको लागि पनि अत्यन्त फलदायी हुन्छ किन की यो लिवरको सकृयतालाई बढाउछ । 
    ३) शरिरको पिडा कम गर्ने औषधी :–
    जाडोको मौषममा शरीर दुख्नु सामान्य कुरा हो । यस बाट बच्नका लागी पर्याप्त मात्रामा हरियो साग सब्जी तथा फलफुल खानु पर्छ । सरसो तेललाई मनतातो गरी थोरै नुन मिसाएर दुखेको ठाउमा मालिस गर्ने, तातो पानीमा नुहाउने अथवा एक ग्लास तातो दुधमा एक चम्चा बेसार मिसाएर रातीमा पिउनाले आराम हुन्छ । 
    ४) आवलाको जुसले बढाउछ, अाँखाको ज्योती :–
    आवलामा अधिक मात्रामा भिटामिन सी पाईन्छ । त्यसैले यो आँखाको लागि धेरै फलदायी हुन्छ । प्रत्येक दिन बिहान खाली पेटमा आवलाको जुस सेवन गर्नाले आखाको ज्योती बढाउछ । आवलाको प्रयोग बिभिन्न तरिकाले गर्न सकिन्छ जस्तै : चुर्ण, मुराबा वा चटनी आदीको रुपमा प्रयोग गरेर । 
    ५) अदुवाको प्रयोगले दातको दुखाईमा मिल्छ राहत :–
    रुघाको कारणले कति पटक दात द्ख्ने गर्दछ । यस्तोमा अदुवाको एक टुक्रा दातको बीचमा च्यापेर राख्दा फाईदाजनक हुन्छ । 

    निरोगी हुन योगबाट नै सम्भव छ : संयोजक सरावगी


    कविता खड्का
    मध्य नेपाल सन्देश 
    वीरगंजमा यसै साता योग विज्ञान शिविर समपन्न भएको छ । शिविरमा सहभागी भएका रामदेव बाबा र आचार्य बालकृष्णले योग साधना गराएका थिए । यस योग शिविरमा देशका शिर्ष नेताहरुको समेत उल्लेख्नीय रुपमा सहभागिता रहेको थियो । आखिर योगका लागि देशकै सम्पुर्ण नेताहरुको सहभागिता किन भन्ने धेरैको प्रश्न रहेको छ । यति मात्र नभई, बाबा रामदेव वीरगंज नेपालमा आफ्नो व्यापारीक प्रयोजनका लागि मात्रै यहाँ आएको भन्ने विभिन्न समाजिक सञ्जालमा टिका टिप्पनी आएका छन् । नेपालसंगै विश्व व्यापी रुपमा योग साधना मनाउन थालिएको भए पनि योग गुरु आएका बेला नेपालमा भने यस्ता टिका टिप्पणी किन आएका हुन् भन्ने बारेमा योग विज्ञान शिवर २०७३ मुल आयोजक समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य विजय कुमार सरावगीसंग मध्य नेपाल सन्देशका लागि कविता खड्का ले गरेको कुराकानी । 
    १) ५ दिने योग शिविरबाट बीरगंजले के पायो ?
    यो योग शिविरलाई बहुआयामिक दृष्टिकोणबाट हेर्न सकिन्छ । योगको आवश्यकता हामी वीरगंजलाई मात्र नभएर सबैलाई अत्यन्त आवश्यक छ । योग गर्नका लागि पैसा लाग्दैन । निशुल्क रुपमा सिक्न पाईन्छ । जो मानिस योग गरेर निरोग रहन सक्छ त्यो मानिस नै समबृद्ध बन्न सक्छ । उसका एफटर्सहरु समाजमा हेर्न सकिन्छ । जस्तै उद्योग, सामाजिक काममा होस उसले गर्ने दैनिकी जिवनमा सकारात्मक परिवर्तन आउँछ । जुन अहिले सबै मानिसहरुको जीवनमा छ । जो मानिसहरुले खानपिनमा हेरचाह पु¥याउदैनन् । मानिसहरु समयमा उठन सक्दैनन् । समयमा हिडन सक्दैनन् । त्यसका लगि पनि योग एकदमै आवश्यक छ । त्यसैले यस शिविरबाट वीरगंज बासीले योग सिक्ने मौका पाए । सबै रोगहरुलाई निको गराउनलाई औषधी नै प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन । योगको माध्यमबाट जडीबुटीको औषधीहरु प्रयोग गरी, योग साधना गरी प्राकृतिक चिकित्सकहरुद्धारा ठूला ठूला रोगको उपचार कम पैसामा गराउन सकिन्छ । 
    २) योग शिविर राख्नुको मुख्य उदेश्य के हो ? 
    प्रत्येक व्यतिm स्वस्थ हुनु, निरोगी हुनु जरुरी छ । स्वस्थ र निरोगी हुनका लागि योगबाट नै सम्भव भएको कुरा विश्वले नै मानिसकेको छ । त्यसैको महत्व बुझेर नै विश्व योग दिवस मनाईन्छ । योग गरी निरोगी बन्नु पर्छ भन्ने चेतना जगाउनका लागि हामीले योग शिविर संचालन गरेका हौँ । सामाजिक काम गर्नका लागि हामीहरुलाई सकारात्मक सोच भएको व्यतिmहरुको खाँचो थियो । जस्तै ब्लड डोनेसन गर्नुपर्छ भन्ने एउटा हाम्रो आह्वान थियो । वीरगंजमा एउटा बृहत रतmदान कार्यक्रम गरियो । ब्लड डोनेसनको आवश्यकता पुरा गरयो  । रतm संचार केन्द्रमा धेरै रगत राख्ने क्यापिसिटी भएको फ्रिज थिएन । ६ वटा फ्रिज विभन्न दातासंग सहयोग लिएर उपलब्ध गरायौं । अहिले बिद्युत लोडसेटिंगको बेलामा रगतहरु चिसो बनाउनका लगि ३० केभीएको जेनेरेटर छिटटै उपलब्ध गराउदै छांै । वीरगंजका नेपालीहरु योग सिक्नका लागि योग ग्राम हरिद्धवार जाने गर्दथे । भारतको विभिन्न ठाउँमा जाने गर्थे । त्यसमा समय र पैसा दुवै खर्च हुने गरेको थियो । विभिन्न धर्मशाला, ट्रष्टहरुसंग भेटेर कुरा राख्याँै र वहाहरुले नेपालको बोर्डर नजिकै एउटा जग्गा दानमा दिनुभयो र अब छिटटै योगग्रामको अवधारणाले मुर्त रुप लिदै छ । यहाँका सबै जनालाई योग सिकाउनका लागि ठुलो हल बनाउदैँ छौ । त्यहा जो कोहि पनि गएर निःशुल्क रुपमा योग सिक्न सक्नुहुनेछ । 
    ३) यस योग गर्ने बानी कति जनाले प्रत्येक दिन अपनाउने तपाईहरुको अपेक्षा थियो ? कति जनाले आफनो घरमै भए पनि अपनाउछन होला जस्तो लाग्छ ? 
    जुन व्यतिmहरु ५÷५ दिन बिहान बिहानै समय खर्चेर आए त्यस व्यतिmहरुले नियमित आफु पनि योग गर्नेछन र आफनो घर परिवार साथीभाईलाई पनि योग गर्नका लागि प्रोत्साहित गर्ने छन । आस्था, कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए । योग शिविरमा नआउने व्यतिmले घरमै बसी यसको लाभ लिएका छन । योग भन्ने चिज निरन्तर गरे मात्र स्वस्थ रहन सकिन्छ । एक दिन मात्र योग गरेर स्वस्थ रहन सकिदैन यसलाई सधै निरन्तरता दिनुपर्दछ र सबैले यसलाई निरन्तरता दिनेमा म विश्वस्त छु  । 
    ४) यो हप्ता भरी नै वीरगंज योग मै भएको थियो । प्रत्येक साझ बिहान देशका शिर्ष नेताहरुको  सहभागिता हुने गर्दथ्यो । यो सहभागिता के का लगि भएको धेरैले बुझेका छैनन् । तपाईहरुको चाही वहाँहरुलाई निमन्त्रणा गर्नुको उद्देश्य के थियो ? 
    देशका शिर्ष नेताहरुलाई बोलाउनुको मुख्य कारण के हो भने, नेताहरु पनि योगका बारेमा गम्भीर होउन् । अगामी दिनहरुमा नेपाल सरकारले योगलाई आफनो प्राथमिकतामा राखेर कार्यक्रम ल्याओस् ।  देशका प्रमुख व्यतिmहरुलाई पनि योगको आवश्यकता छ भने हामी जस्तो सर्व साधारणलाई पनि आवश्यता छ  भन्ने कुराको सबै जनतालाई महसुस गराउनका लागि नै शिर्ष नेताहरुलाई निमन्त्रणा गरेका हौँ । जनताहरुमा योग प्रतिको श्रद्धा बढोस् सबैलाई थाहा होस् योग जिवनको अमूल्य पाटो हो भनेर हामीले निमन्त्रणा गरेका थियौ । 
    ५) कतिले रामदेव बाबा आफनो व्यापारिक प्रायोजनका लागि मात्रै नेपाल आएको भनेका छन् यो कतिको सत्य हो ? 
    राम्रो काम गर्नेको विरोध सबैले गर्छन् । मैले बाबालाई नजिकबाट हेर्ने मौका पायौं । विगत १२ बर्ष देखि वहाँका कार्यहरु हेर्दै आएका हौं । वहाँले जुन भारत र नेपालका लागि काम गर्दै आईरहनु भएको छ यो मलाई थाहा छ । बाबाले स्टेजमै थुप्रै व्यतिmहरुसंग च्यालेन्ज गरिरहनु भएको थियो । यसका साथै थुप्रैलाई तपाईहरुको उत्पादन राम्रो छैन भनेर गाली गरिरहनु भएको थियो । यस गालीबाट जुन जुन व्यतिmहरुलाई असर परेको छ । त्यही संस्थाका व्यतिmहरुले रामदेव बाबा राम्रा छैनन् भन्ने भ्रम फैलाउने काम गरेका छन । यस्तो भ्रममा नलागांै हामी के भन्छौ भने बाबाको कामको परिणाम हेरौ, काम गर्ने शैली हेरौँ, त्यस पछि मात्रै हामी वहाँको नक्कल गर्नेछौँ । नेपालको लागि वहाँको उद्देश्य पवित्र छ । हैन भने वहाँले वीरगंज जस्तो सानो ठाँउमा ५÷५ दिन आफनो समय खर्चेर जाने थिएनन् । बाबाको ब्रान्ड वल्र्ड वाईड भई सकेको छ, । वहाँलाई केहि चिजको प्रचार प्रसार गराउनु पर्ने आवश्यकता छैन । कुनै ठूलो विभुति चाहिदैन । बाबाले बारम्वार वाचा गर्नु भएको छ म बाट कुनै पनि किसिमको  गलत कार्य हुने छैन । कुनै समाजलाई, कुनै राष्ट्रलाई असर पर्ने छैन ।
    ६) भर्खरै केहि सञ्चारमाध्यमबाट नेपालमा सञ्चालनमा आएको पतंजलीको लगानी रामदेव बाबाको होईन भनेर, तर बाबा आफैले वहाँ प्रत्येक पत्रकार सम्मेलनमा पतंजलीको लगाानीको जिकिर गर्नु भएको छ ? अझै ५ सय करोड लगानी गर्ने योजना बनाएको भन्नु भएको छ किन यस्तो ? 
    बाबाले अहिले सम्म जुन लगानी गर्नु भएको छ त्यो ब्रान्डमा लगानी लगाउनु भएको छ । अरु सबै लगानी एन आर एनका भुतपुर्व अध्यक्ष उपेन्द महतोजी ले स्थापना गर्नु भएको हो । त्यसबाट जुन नाफा हुन्छ त्यो सबै नेपालको च्यारिटीको लागि खर्च गर्ने भन्ने कुरा उद्घोष गरी सक्नु भएको छ । योगको माध्यमबाट हामीले भुकम्प र मधेस आन्दोलनबाट जुन जुन मानिसहरुमा निरासाको वातावरण छाएको थियो । हामी त्यस निरासालाई मिटाउने प्रयास गरेका छौ । हामीसंग योग शिक्षकहरु लगभग ५०० भन्दा बढी छन् । जुन स्कुल, संघ(संस्थाहरु आवश्यक ठान्नु हुन्छ, वहाहरुलाई हामी निशुल्क रुपमा उपलब्ध गराईदिने भनेका छौँ । वहाँहरुलाई योग गर्नुस् र योग गराउनुस् सबै जना निरोगी बन्नुहोस् र समबृद्ध नेपाल बन्नाउनुस् हामीले भनेका छौं ।
    Scroll to Top