• नयाँ खबर

    30 November, 2013

    घडिअर्वा पाखरी

    वीरगंजको रमणिय घडिअर्वा पोखरीको दृष्य ।

    28 November, 2013

    प्रेस चौतारीद्वारा एमालेका सभासदहरुलाई सम्मान

    वीरगंज, १३ पर्सा दोस्रो संविधान सभामा निर्वाचित भएका पर्सा जिल्लाका एमालेका सभासदहरुलाई प्रेस चौतारी नेपालले बधाई दिदै सम्मान गरेको हो । वीरगंजको स्थानिय होटल मकालुमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा पर्सा जिल्लाको ग्रामिण भेगको विकास निर्माणमा निकालिएको रकमहरु तुरुन्त ...... सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । ....... विकास निर्माणमा लगाउन एमाले क्षेत्र नम्बर २ का सभासद विचारी यादवले आग्रह गर्नु भएको छ । सभासद यादवले चाहे कुनैपनि दलका नेता वा व्यतिmहरु हुन तर अव पर्सामा विकास निर्माणको काममा कुनै प्रकारको बहानामा हिनामिन गर्न नदिने बताएका छन् । उनले प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयसंग आग्रह गर्दै विकास निर्माणमा निकालिएका रकमहरु तुरुन्त काममा लगाउन र पेश्की लिएर फरार रहेका ठिकदारहरुलाई कार्वाहि गर्न आग्रह गर्न भएको हो । सभासद यादवले पत्रकारहरुले निस्वार्थ रुपमा आफुलाई सहयोग गरेको भन्दै पत्रकार महासंघको भवणमा आर्थिक सहयोग नगरि घरबनाउने समानमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । त्यसैगरि क्षेत्र नम्बर ३ का सभासद राजकुमार गुप्ताले एमाले बहुपहिचान सहितको संघियताको पक्षमा भएको भन्दै संघियता विरोधि भन्नेहरुको पक्षमा नपर्न स्पष्ट पार्नु भएको थियो । गुप्ताले पत्रकारहरुको प्रशंसा गर्दै नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि ५ सय ५१ बोरा सिमेन्ट आफुले महासंघलाई प्रदान गर्ने कार्यक्रमका दौरान घोषण गर्नु भएको हो । त्यसैगरि क्षेत्र नम्बर ५ का सभासद जयप्रकाश थारुले ग्रामिण भेगको विकास गराएर मात्रै शहरि भेगको विकास गराउने बताएका छन् । उनले भने गाँऊ विकास भए शहर आफै विकास हुने हुदाँ विकास निर्माणको काम गाँऊ वाटै सुरु गर्नुपर्ने थारुले बताए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दासले पर्सा क्षेत्र नम्बर २ वाट विजयी भएका एमाले सभासद विचारी यादवलाई रातो र कालो रंगको पेन संविधान बनाउनका निम्त दिदै सम्मान गर्नु भएको हो । त्यस्तै गरि क्षेत्र नम्बर ३ का सभासद राजकुमार गुप्ता र ५ का सभासद जयप्रकास थारुलाई पत्रकार महासंघका अध्यक्ष केसि लामिछाने र प्रेस चौतारीका अध्यक्ष श्याम बन्जाराले रातो र कालो रंगको पेन संविधान बनाउनका निम्त दिदै सम्मान गर्नु भएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय, प्रहरी उपरिक्षक धिरज प्रताप सिह, एमालेका केन्द्रिय सदस्य रामचन्द्र साह, बरिष्ठ पत्रकार जगदिश शर्मा, पत्रकार महासंघका पुर्व अध्यक्ष सत्रुधन नेपाल, दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन प्रेस चौतारी नेपालका सचिव अनुप तिवारीले गर्नु भएको थियो । कार्यक्रम चौतारीका अध्यक्ष श्याम बन्जराको सभापतित्वमा समपन्न भएको थियो ।

    26 November, 2013

    मजदुरहरुको माग प्रति पक्षपात भएको भन्दै पुनः आन्दोलनमा

    वीरगंज, ११ पर्सा 
    हिमालय डिष्टलरि लिमिटेड लिपनिविर्ता ७ का मजदुरहरुको माग प्रति पक्षपात भएको भन्दै पुनः मजदुरहरु आन्दोलनमा उत्रेका छन् । ४५ मजदुर मध्ये ... सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । ...
    ..१६ जना मजदुरहरुलाई काम दिने वाकि मजदुरलाई वाईकट गरेर यि मजदुरहरु यस फैट्रिको नरहेको भन्दै मजदुरहरुका अगुवा नागमणि उपाध्यायले १६ जना मजदुरलाई मात्रै नियूतिmपत्र सहित काममा लगाउन लागेकाले हामि पुनः आन्दोलनमा उक्रेको ७ वर्ष देखि काम गर्दै आएका पटेल नगरका एक मजदुरले बताए । श्रम कार्यलय मार्फत पटक–पटक फैट्रिमा चिठि कटाउदा समेत आफुहरुलाई वेवस्ता गरेको  आरोप थियो । १६ जनालाई मात्रै काम दिने हो भने यिनिहरुलाई आन्दोलनमा किन लगायो यिनलाई काम चाहिया छ त्यसैले काम दिनुपर्ने माओवादिका केन्द्रिय सदस्य गोपाल पटेलले बताए ।

    ललित योग समाज सेवाद्वारा छात्रछात्रालाई छात्रवृति र अस्पताललाई सहयोग

    वीरगंज, मंसिर ११ पर्सा
    ललित योग समाज सेवा संस्था कमलेश्वरी अमात्य छात्रवृति पुरस्कार र सम्मान कार्यक्रम समपन्न भएको छ । समुदायीक विधालय मार्फत ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । ...
    ... एस.एल.सि. मा जिल्लाभरिमा सर्वोकिष्ट अंक ल्याएका शारदा माध्यमिक विद्यालयका रमगढवा का सौरभ तिवारी लाई पुरस्कार स्वरुप रु १५ हजार नगद सहित जिल्ला शिक्षा अधिकारी हरिप्रसाद बस्तीले सम्मान पत्र प्रदान गर्नु भएको हो । त्यस्तै गरि स्व। दोलेन्द्र वहादुर अमात्य परिवार संलग्न ३ विधालयका उत्कृट छात्रछात्रालाई नगद रु ५ हजार सहित सम्मान पत्र प्रदान गरेको हो । सम्मानित हुनेमा माईस्थान विद्यापिठ माविका राजन साह, स्वीटि चौरसिया, हनुमान माविका प्रिन्स कुमार कुशवाहा, उष कुमारी चौधरी, नसृह उच्च माविका दयासंकर पटेल र अंजली यादवलाई नगद सहित सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथि कमलेश्वरी अमात्य सम्मानीत गर्नु भएकी हुन् । कार्यक्रमका अवसरमा नेपाली काग्रेस क्षेत्र नम्बर १ का विजयी सभासद राजेन्द्र बहादुर अमात्यले संस्थाले गर्दै आएको कामका वारे प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा जानकि प्रधान, दयानन्द झा, रामनारायण मिश्र, डा।दिपक शाक्य, मोहमद सावुदिन लगायतको उपस्थिति रहेको थियो । त्यस्तैगरि कार्यक्रमकै अवसरमा नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजलाई ललित योग समाज सेवा संस्थाले मुटुका विरामि हेर्ने कार्डियाट मोनिटर, ईसिजि मेसिन र फोल्डीङग हुने स्पेशल बेड सहयोग स्वरुप अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।रामाशंकर ठाकुरलाई हस्तनान्तरण गरेको हो ।

    जनताको मतबाट हारेको नभएर काग्रेसका जिम्मेवार कार्यकर्ताको अन्तर्घातवाट पार्टिले हार व्यहोरेको - नेता चौरसिया

    वीरगंज, मंसिर ११ पर्सा
    नेपाली काग्रेस क्षेत्र नम्बर ३ मा जनताको मतबाट हारेको नभएर काग्रेसका जिम्मेवार कार्यकर्ताको अन्तर्घातवाट पार्टिले हार व्यहोरेको पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार अजय चौरसियाले बताएका छन् । वीरगंजको स्थानिय सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । ...
     होटल सम्झनामा पत्रकार सम्मेलनमा बोल्दै चौरसियाले क्षेत्र नम्बर ३ को तश्करहरु मेरो विरोद्धमा लागेकाले आफु हारेको बताए । उनले भने त्यसैले पार्टिको विद्यान र आदर्श विपरीत कार्य गरेका २६ जना पार्टीको कार्यकर्ताहरुलाई साधारण सदस्यता समेतवाट मुक्त हुनेगरि निष्कासन गरेको चौरसियाले बताए । आफु जहिले पनि जनतासंग प्रतिबद्ध रहेकाले विकास कार्यमा निरन्तरता दिने बताउदै सहयोग गर्ने सम्पुर्ण जनतालाई धन्यवाद दिएका थिए । क्षेत्र नम्बर ३ को निर्वाचन अनुगमन समितीको प्रतिवेदनको अधारमा पार्टिका जिल्ला सदस्य राजेश्वर साह, महाधिवेशन प्रतिनिधि वृजकिशोर पटेल, पुर्व महासमिति सदस्य वीरबहादुर यादव, गाविस सभापतिहरु काशीप्रसाद यादव, संकर राउत अहिर, प्रमोद साह, बच्चा साह, क्षेत्रिय प्रतिनिधिहरु राधेश्याम यादव पुनिलाल साह, हरिन्द्र साह, मथुरा महतो लगायत कार्यकर्ताहरुलाई सधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रम क्षेत्रिय सभापति श्याम पटेलको सभापतित्वमा समपन्न भएको थियो ।  

    पर्सा जिल्लाको अरु क्षेत्र भन्दा १ मै सबभन्दा वढी बदरमत ।

    वीरगंज, ११ मंसिर पर्सा जिल्ला क्षेत्र नम्बर १ मा गत संविधान सभाको चुनाव कै तुलनामा यस वर्षपनि ७ प्रतिशत भन्दा वढि मत बदर भएको छ । तुलनात्मक रुपमा ........सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । .....
    ...हेर्दा क्षेत्र नम्बर १ मा अरु क्षेत्र भन्दा बढी नै घरधुरीहरु शिक्षित देखिएपनि संविधान सभाको निर्वाचणमा भने क्षेत्र नम्बर १ नै वढि अशिक्षित वा अज्ञान्ताको कमि देखिएको छ । संविधान सभा २०६४ सालको निर्वाचणमा क्षेत्र नम्बर १ मा कुल खसेको मतमा ७.२३ प्रतिशत मत झण्डै ३ हजार २ सय ९७ मत बदर भएको थियो भने यस वर्ष पनि क्षेत्र नम्बर १ मा खासै सुधार नभई ७.०८ प्रतिशत झण्डै २ हजार ८ सय ७५ मत बदर भएको हो । गतवर्षको चुनावमा जिल्ला भरिको बदर मत ७.३ प्रतिशत झण्डै १७ हजार ७ सय ७३ मत थियो भने यस वर्ष ५.२९ झण्डै १० हजार ९ सय २१ मत बदर भएको हो । गत वर्षको चुनावमा पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा ८.२८ र ३ मा ८.८१ मत बदर भएको थियो । तर यस वर्ष भने क्षेत्र नम्बर २ मा ४.८७ र ३ मा ५.५१ मत मात्र बदर भएको जिल्ला निर्वाचण कार्यलय पर्साको तथ्याङकमा देखाउछन् । जबकि गत वर्षको चुनावमा निर्वाचण शिक्षा प्रणली समेत त्यति प्रभावकारि रुपमा लागु भएको थिएन् तर यसवर्ष अरु क्षेत्र भन्दा क्षेत्र नम्बर १ मै यतिका मत बदर जानु निर्वाचण शिक्षा प्रणलीमा प्रश्न खडा गर्छन् ।

    25 November, 2013

    २ केन्द्रिय अध्यक्ष सहित १ सय ९३ जनाको जमानत जफत

    पर्सा जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रबाट दोश्रो संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएको २ केन्द्रिय अध्यक्ष सहित १ सय ९३ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार कूल २ सय १० जनाले उम्मेदवारी दिएकोमा १ सय ९३ जनाको जमानत जफत भएको हो । पर्सा जिल्लामा ...... सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । 
    ५ वटै क्षेत्रको कुल ५ लाख ७९ हजार रकम जमानत जफतबाट सरकारको राजश्वमा जम्मा भएको हो । पर्सा जिल्लाको क्षेत्र नम्बर १ मा ४० हजार ६ सय ११ खसेको मतमा २ हजार ८ सय ७५ मत बदर भएको हो । यस क्षेत्रमा ५५ जनाले उम्मेदवारी दिएकोमा काँग्रेसका राजेन्द्र अमात्य, तराई मधेश लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तव र राष्ट्रिय समाजवादी पार्टिका राजेशमान सिह वाहेक पुर्व कृषि राज्यमन्त्री मधेशी जनअधिकार फोरमकी करिमा बेगम, सद्भावना पार्टीकी केन्द्रिय अध्यक्ष सरिता गिरी, फोरम मधेशका केन्द्रिय अध्यक्ष भाग्यनाथ गुप्ता लगायत ५२ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचण कार्यलय पर्साका प्रमुख मधुकर पोखरेलले बताउनु भएको हो । त्यस्तै गरि पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा ४५ जनाले उम्मेदवारी दिएकोमा एमालेका विचारी यादव, फोरम नेपालका प्रदिप यादव, नेपाली काग्रेसका अजय द्विवेद्वी, एमाओवादीका बसरुद्दिन अंसारी र राप्रपा नेपालका राजीव पराजुलीबाहेक ४० जना उम्मेदवारको जमानत जफत भएको छ । यो क्षेत्रमा उम्मेदवारी दिएका फोरम गणतान्त्रिकका महासचिव शशीकपुर मियाँको समेत जमानत जफत भएको छ । यहाँ ४० हजार ३४ खसेको मतमा १ हजार ९ सय ५१ मत बदर भएको छ ।
    त्यसैगरी पर्सा जिल्लाको क्षेत्र नम्बर ३ मा ४२ जना उम्मेदवारले दिएको उम्मेदवारीमा विजयी भएका एमालेका राजकुमार गुप्ता र नेपाली काग्रेशका अजय चौरसीया बाहेक ४० जना उम्मेदवारको जमानत जफत भएको हो । जसमध्ये संघिय सदभावना पार्टिका सह–महासचिव शिव पटेलको समेत जमानत जफत भएको छ । यस क्षेत्रमा ४१ हजार ९ सय ९१ खसेको मतमा २ हजार ३ सय १२ मत बदर भएको छ । त्यस्तै पर्सा जिल्लाको क्षेत्र नम्बर ४ मा ३३ जनाले उम्मेदवारी दिएकोमा विजयी भएका नेपाली काँग्रेसका सुरेन्द्र चौधरी, संघीय समाजवादी पार्टीका राजकुमार यादव, एमालेका प्रद्युम्न चौहान र ए माओवादीका प्रह्लाद गिरी वाहेक २९ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा ४२ हजार २ सय २८ खसेको मतमा १ हजार ८ सय ५ मतबदर भएको हो । त्यसैगरी पर्सा जिल्लाको क्षेत्र नम्बर ५ मा ३५ जनाले उम्मेदवारी दिएकोमा एमालेका जयप्रकाश थारु, नेपाली काग्रेशका रमेश रिजाल, माओवादीका उर्मिला अर्याल वाहेक ३२ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा ४२ हजार ४ सय ९७ खसेको मतमा १ हजार ९ सय ७८ मतबदर भएको हो । 


    24 November, 2013

    ROSE

    गुलाब एक कोमलता र सुन्दरताका लागि प्रसिद्ध फुल हो । यसलाई सानो बच्चाको उपमा दिने गर्दछ ।

    वीरगंजमा नयाँ सभासदहरुको न्वारन


    वीरगंजमा नयाँ सभासदहरुको हेटौँडाका राकेश शर्माले न्वारन गरेका छन् । वीरगंजको घण्टाघर ......... सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । 
    चोकमा बैधिक विधि पु¥र्याएर नयाँ सभासदहरुको न्वारन गराएका हुन । विगतका दिनमा विभिन्न दलका नेता सभासद भई संविधान सभा विघटन गराएका बेला स्राद गरेर होम गरी च्यापटर वन्द गरिसकेका शर्मा दोस्रो संविधान सभाका लागि शान्ति पुर्वक निर्वाचन गराएका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई धन्यवाद दिदै यसपटकका सभासदहरुले देशको संविधान वनाओस भनेर न्वारन गराई नयाँ जन्म भएको शर्माले बताए । उनले बैधिक विधि पु¥र्याएर न्वारनको नाम सभासदहरुको पद राखि पुजा गरेको बताए । अबका सभासदहरुले संविधान बनाए नयाँ जंगबहादुर नाम दिई देशभरिका विभिन्न ठाँउमा पुजा अर्चना गर्ने शर्माले बताए । 

    23 November, 2013

    मतगणना स्थल पत्रकारहरु फोटो फिचर

    मतगणना बाहिर उम्मेदवारहरुका समर्थक र प्रहरी विच तनाव हुदा तस्बिर लिदै विभिन्न संञ्चार संस्था संग आवद्ध पत्रकारहरु ।
    सम्पुर्ण फोटो क्यापसन हेर्नका लागि .... Read more .....किलिक गर्नुहोस् ।


     
    प्रत्यक्ष तर्फको मतगणनाको दिन पत्रकारहरुलाई मतगणना भित्र जान रोक लगाई झण्डै ३ घण्टा पछि जान दिईएको थियो ।

    पत्रकारहरुका लागि बनाइएएको  मिडिया सेन्टर ।।


    मतगणनाको परिणम आ–आफना संञ्चार माध्यमलाई पठाउनमा व्यस्थ सत्तचारकर्मिहरु ।। 

    मतगणनाको परिणम आ–आफना संञ्चार माध्यमलाई पठाउनमा व्यस्थ सत्तचारकर्मिहरु ।। 

    मतगणनाको परिणम आ–आफना संञ्चार माध्यमलाई पठाउनमा व्यस्थ सत्तचारकर्मिहरु ।। 

    निर्वाचण आयोगले खुल्ला अकाशमा बनाएको मिडिया सेन्टरमा   आ–आफना संञ्चार माध्यमलाई पठाउनमा व्यस्थ सञचारकर्मिहरु ।।

    मिडिया सेन्टरमा उपस्थित सञचारकर्मिहरु । 

    मिडिया सेन्टरमा उपस्थित सञचारकर्मिहरु । 

    आ–आफना संञ्चार माध्यमलाई पठाउनमा व्यस्थ सञचारकर्मि ।।

    मिडिया सेन्टरमा उपस्थित सञचारकर्मिहरु । 

    मिडिया सेन्टरमा उपस्थित सञचारकर्मि । 

    मिडिया सेन्टरमै निस्कीएको सर्प ।

     विभिन्न संञ्चार संस्था संग आवद्ध  सञचारकर्मिहरु तस्बिर लिदै ।।

    निर्वाचण आयोगले खुल्ला अकाशमा बनाएको मिडिया सेन्टरमा   आ–आफना संञ्चार माध्यमलाई पठाउनमा व्यस्थ सञचारकर्मिहरु ।

    मिडिया सेन्टरमा उपस्थित सञचारकर्मिहरु । 

    मतगणनाको परिणम आ–आफना संञ्चार माध्यमलाई पठाउनमा व्यस्थ सत्तचारकर्मिहरु ।। 

    मिडिया सेन्टरमा उपस्थित सञचारकर्मिहरु । 

    मिडिया सेन्टरमा उपस्थित सञचारकर्मिहरु । 


    राति थकाई मार्दै सत्तचारकर्मिहरु ।।

    रातिको समयमा तस्बिर लिदै सत्तचारकर्मि ।।

    पर्सा जिल्लाको मतगणनाको सम्पुर्ण फाटो फिचर

    मतगणना हुदै ।।            
    सम्पुर्ण फोटो क्यापसन हेर्नका लागि .... Read more .....किलिक गर्नुहोस् ।
    मतगणना स्थल रातिको दृष्य ।।
    प्रत्यक्ष तर्फको मतगणना सकिएलगतै थकित कर्मचारीहरु अराम गर्दै ।।
    मतगणना स्थल  ठाकुराम क्यामपस ।

    मत पेटिका ल्याउदै ।

     मत गणना वाहिर घेरा हालेर सुरक्षा दिदै ।


     मत गणना वाहिर उम्मेदवारका समर्थक हरु ।

    कडा सुरक्षा भित्र मतगणना हुदै ।।

    मतगणना हुदै ।।


    मतगणना स्थल रातिको दृष्य ।।

    जनताको मत ।

    प्रत्यक्ष तर्फको मतगणनामा सुरक्षा घेरा भित्र मतगणना गरिदै संगै सरसफाई गर्दै एक मजदुर । 

    मतगणना स्थल  वाहिर सुरक्षा दिदै ।।

    गिण्ती भएका मत पेटिका ।


    पहिलो पटक उम्मेदवारी दिएका नयां अनुहार राजकुमार गुप्ता विजयी


    दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्लामा नेकपा एमालेले तीन र नेपाली काग्रेशले दुई निर्वाचन Ôेत्रमा जित हासिल गरेका छन् । पा“च क्षेत्र मध्ये २, ३ र ५ मा नेकपा एमाले र Ôेत्र नम्बर १ र ४ मा नेपाली काग्रेश विजयी भएको हो । २०६४ सालको अघिल्लो निर्वाचनमा नेपाली काग्रेशका राजेन्द्र बहादुर अमात्य, सुरेन्द्र चौधरी एमालेका विचारी यादव र जयप्रकाश थारु पराजित उम्मेदवार हुन् । भने एमालेमा पहिलो पटक उम्मेदवारी दिएका राजकुमार गुप्ता नयां अनुहार भएका विजयी उम्मेदवार हुन् ।More details....http://birgunjtimes.blogspot.com/2013/11/blog-post_936.html

      

    पर्सा जिल्ला क्षेत्र नम्बर १ का विजयी उम्मेदवार



    दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर १ वाट नेपाली काग्रेशका राजेन्द्र बहादुर अमात्य विजयी भएका हुन् । अमात्य
    १२ हजार ४ सय ६३ मत हाशिल गरि विजयी भएका हुन् । उनका निकत्तम प्रतिदन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टिका विमल श्रीवास्तवले ९ हाजार २ यस ९१ र राट्रिय मधेश समाजवादी पार्टीका राजेशमान सिंहले ५,५३२ मत हासिल गरेका छन् । Ôेत्र नम्बर १ मा वडा नम्बर १३ को एउटा मतपेटिकाको स्टिकरमा नाम र छाप नभेटिएको भन्दै तराई मधेश लोकतान्त्रिक पार्टि र राट्रिय मधेश समाजवादी पार्टीका प्रतिनिधीले वडा नम्बर १३ र १९ को मतगण्ँना बा“की छ“दा बहिष्कार गरेर नारा वाजि गर्दै बाहिरिएका थिए । 
    विजयी घोषना कार्यक्रममा सहभागि व्यतित्वहरु
     विजयी जुलुशमा उपस्थितहरु ।।

     विजयी जुलुशमा उपस्थितहरु ।।

    Scroll to Top