• नयाँ खबर

    29 December, 2013

    जितेर गए ...! महिनै पिच्छे सिमाका पिलरहरु गायब !

    जितेर गए ! सिमासंगै जोडिएका जिल्लाहरुका सभासदहरुले हाम्रो देशको सिमाको विषयमा चासो दिने छन् त ? महिनै पिच्छे सिमाका पिलरहरु गायब .. ..सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।.
    ...भईरहन्छन् यथार्थ पिलर कति हो भन्ने यकिन हुन नसकेको अवस्थामा सभासदहरुले यस विषयमा चासो दिनुहुनेछ आश मात्रै छन् सिमा नजिकका वासिन्दाहरु को ! आफ्नौ भुमिमा आएर बेच्छा प्रहार गर्दछन् प्रहरीको बन्दुक खोसिन्छन् के सिमा नजिकका वासिन्दाहरु न्याय पाईएला .!

    एस.एस.पि.खनालको सक्रियता बाल विवाह रोक्नमा

    सक्रियता पर्साको गाविस बहुअरी पिडारी श्री नेरा उच्च मावि मा आयोजित बाल विवाह सम्बन्धी सचेतना कार्यक्रममा सहभागिहरु । कार्यक्रममा बाल विवाह सम्बन्धी ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    ..जय हनुमान तराई विकास तथा सास्कृतिक परिषद रमगढवा २ को पश्चताप शिर्षकको नाटक प्रदर्शनि गरेको थियो । क्राईम निर्मुल पार्नमा सक्रिय रहेका अंचल प्रहरी कार्यलय नारायणीका बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल अब समाजमा कायमै रहेको बाल विवाह रोक्नमा पर्साका विभिन्न गाँऊ गाँऊमा सचेतना कार्यक्रम गर्दै आएका हुन् । बाल विवाह कार्यक्रममा परिवर्तनका लागि युवा संस्थाको समेत भुमिका रहदै आएको हो । 

    सुचनाको हक अधिकार र प्रयोगबारे एकदिने अभिमुखिकरण समपन्न्

    वीरगंज, १४ पौष
    जनतालाई सुचनाको हक सहज रुपमा उपलब्ध हुने गरि पर्सा जिल्लाका ९८ वटा सरकारी कार्यालयमा २ महिना यता सुचना अधिकृत तोकीएको पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले जनकारी गराउनु भएको छ ।
                         सुचनाको हक अधिकार र प्रयोगबारे एकदिने अभिमुखिकरण कार्यक्रममाको उदघाटन सत्रमा बोल्दै बजिमयले ७ वर्ष  ..सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    . अगाडि नै कार्यन्वयन हुनुपर्ने ऐन कार्यन्वयन नभएकाले अबका दिनमा नागरीकलाई सुचना लिन सहज हुने उद्देश्यले सरकारी कार्यलयहरुमा सुचना अधिकृतहरुको अनिवार्य रुपमा नेमप्लेट राख्न निर्देशन समेत दिएको बताउनु भएको हो । जनतालाई चाहिने सुचना स्वथस्फुर्त उपलब्ध हुने सुचना तुरुन्तै दिने लगायतको निर्देशक आफ्नो मताहातको कार्यलयहरुका प्रमुखहरुलाई दिईसकेको प्रजिअले दावि गर्नुभएको हो । सरकारी निकायको काम कारवाहीलाई पारदर्शी र जवाफदेहि बनाउने कार्यमा सुचनाको हकले महत्वपुर्ण भुमिका निर्वाह गर्ने पत्रकार महासंघका अध्यक्ष केसि लामिछानेले बताउनुभएको हो ।  लामिछानेले जनताले सुचना माग्नुभन्दा कार्यालयहरुले नै नियमीत रुपमा सुचना प्रवाह गर्नुपर्ने बताउनु भएको थियो अध्यक्ष लामीछानले कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साको तर्फबाट प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले सुचना प्रवाहका लागि राम्रो भिमिका खेलिरहनु भएको सराहना गर्दै उहाँलाई दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । एक दिने अभिमुखिकरण कार्यक्रममा फ्रिडम फोरम नेपालका सञ्जिव घिमीरेले प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय सुचना आयोग, सुचनाको हकका लागि अभियान र हेलपिग ह्यण्डस क्लवको संयूक्त आयोजनामा भएको कार्यक्रममा सार्वजनिक निकायका सुचना अधिकारी, सञ्चारकर्मी, लगाएतको सहभागिता रहेको थियो ।


    26 December, 2013

    बाल विवाह रोक्नमा एस.एस.पि.खनालको सक्रियता

    एस.एस.पि.खनालको सक्रियता पर्साको भिष्वामा मंगल उच्च माविमा आयोजित कार्यक्रममा उपस्थित बालबालिकाहरु । सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    क्राईम निर्मुल पार्नमा सक्रिय रहेका अंचल प्रहरी कार्यलय नारायणीका बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल अब समाजमा कायमै रहेको बाल विवाह रोक्नमा पर्साका विभिन्न गाँऊ गाँऊमा सचेतना कार्यक्रम गर्दै आएका हुन् ।

    धान भित्राउदै किसानहरु ।

    धान भित्राउदै किसानहरु :  यसवर्ष समय अनुकुल रहेकाले धानको उत्पादनमा बढोतरी भएको हो ।।

    अच्छु कस्तो जाडो

    बेलवा गाऊ नजिकै खलियानिमा लगाईएको घुरमा आगो ताप्दै बालिका ।।

    बाल मजदुर

    ग्रामिण भेगको भिष्वा नाका नजिकै जुता सिउन ग्राहकको पखाईमा यि बाल मजदुर ।।



    25 December, 2013

    प्याबसन पर्साको १२ औँ जिल्ला अधिवेशन समपन्न

    वीरगंज, १० पौष
    सरकारले निजि विद्यालयको अनुमति पत्र बाहेक निजि विद्यालयमा चाहिने सेवा सुविधावाट बेवस्था गरेको निजि विद्यालयको छाता संघटन प्यावसनका केन्द्रिय उपाध्यक्ष लक्ष्य बहादुर केसीले गुनासो गर्नु भएको छ । प्याबसन पर्साको १२ औँ .सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    . जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष केसीले लोकतन्त्र आएको यति वर्ष वितिसक्दा पनि हाम्रो सेवा सुविधा पुरानै रहेकाले अब बन्ने संविधानमा निजि क्षेत्रको सुविद्या, सुरक्षा र शान्तिको व्यवस्था गर्नुपर्ने बताउनु भएको हो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी हरि बस्तीले निजि विद्यालयका विभिन्न छाता संगठनहरुको भएकाले हामिलाई सहकार्य गर्न समेत कठिनाई हुने गरेको बताउदै निजि क्षेत्रका संग्ठनहरु एक ढिक्का भई अगाडि बढनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा ठाकुराम बहुमुखि क्यामपसका क्यामपस प्रमुख ललन द्विवेद्वि, डा.दिपक शाक्य, केन्द्रय महासचिव डिके ढुङगाना, कोषाध्यक्ष कृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम इमामुदिन अहमदको सभापतित्वमा समपन्न भएको थियो ।

    यशू कृषको जन्म उतस्व समपन्न

    वीरगंज, १० पौष
    यशू कृषको जन्म उतस्वको अवसरमा आज वीरगंजमा समेत विभिन्न कार्यक्रमको आयोजना गरि धुम धामका साथ क्रिसमस डे मनाएका छन् । वीरगंजको भिष्वा सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    चोक १८ स्थित नवजिवन एजि चर्चमा भएको कार्यक्रममा सहभागिहरुले यशूका बारेमा जनकारी गराउदै भजण, किर्तनका साथै नाचगान गरेर यशुको जन्म उत्सव मनाएको हो ।
     अमलेखगंज, सिमरा, जितपुर लगायतका स्थानवाट आएका यशु धर्मलम्बीहरुले यशुको जन्मउत्सवको नेपाली, भोजपुरी तथा हिन्दी गितहरुमा नाच गाण गरेका थिए । पास्टर बाबुराम क्षेत्रिको सभापतित्वमा भएको कार्यक्रममा यशुकै जन्मउत्सवको अवसर पारेर विभिन्न मनोरंजनात्मक कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा विजय चौधरी, सुवास क्षेत्रि, खुश्बु क्षेत्रि, अस्मीता खडका, सोनि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

    21 December, 2013

    Bell

    Jitpur Gadhimai Temple Bell 

    १६ औँ राष्ट्रिय परिषद बैठक सम्पन्न

    वीरगंज ६ पौष
    नयाँ संविधान मावन अधिकार सम्मत संविधान भन्ने नाराका साथ आज वीरगंजको  सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
     राणिशति अतिथि सदनमा मानव अधिकार तथा शान्ति समाजको १६ औँ राष्ट्रिय परिषद बैठक उदघाटन सत्र सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको १६ औँ राष्ट्रिय परिषदको उदघाटन सत्रलाई सम्बोधन गर्दै नेता केसीले संघियताको नाममा जाति–जातिको विचमा द्वन्द्व गराउने कार्य गर्ने गराउने लाई नेपाली काग्रेशले निषेध गर्ने प्रष्ट रहेको बताउनु भएको छ । उनले भने काग्रेश र एमालेको विचारका अधारमा हामि एक भई अरु बाकि दल मधेशी, माओवादी लगायतको पार्टिलाई समेत सम्मीलित गरेर संविधानमा जान लागेको पार्टिको मान्यात रहेको हुदाँ नचाहिदो अडान लिनु जनता विराधी काम नगर्न सुझव दिनु भएको हो । त्यसैगरी मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापती कृष्ण पहाडीले सभासदहरुले नयाँ संविधान मानव अधिकार सम्मत संविधान र मधेशी, पिछडिएका वर्गलाई समेत यसै सभासदहरुले नै समेटेर जनता समक्ष सबैको सर्वपक्षिय संविधान ल्याउने विश्वास व्यक्त गरेका हुन् । कार्यक्रममा नेकपा एमालेका पोलिट व्यूरो सदस्य पशुपती चौलागाई, केन्द्रिय सदस्य रेनुका पौडेल, गोविन्द खनाल, महाराज सुवेदी, हरि बस्तोला, प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय, सभासद राजेन्द्र बहादुर अमात्य, प्रहरी उपरिक्षक धिरज प्रताप सिह,  लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम कृष्ण कुमार खनालको सभापतित्वमा समपन्न भएको थियो ।   

    20 December, 2013

    फेरी त्यो दिन सम्झऔँ ... म्यूजिक कन्सर्टको सम्पुर्ण फोटो फिचर ।

    फेरी त्यो दिन सम्झन चाहन्न् प्रख्यात गायक सुगम पोखरेल ।
    मेलामा घुमाउछु आईसक्रिम खुवाउछु सिनेमा देखाऊछु वीरगंज घुमाऊछु । हिन जाऊ हाम्रो वीरगंज बोलको गित प्रस्तुत गर्दै ख्याति प्राप्त वीरगंजकै हाम्रा सन्जू अमात्य दाई ।। — withSanju Amatya at Maisthan, Birgunj Nepal. 

    कार्यक्रमलाई सम्बोधन गर्दै एक प्रस्तोता ।।

    बाकि फोटो फिचर हेर्नका लागि Read more  किलिक गर्नुहोस् ।

    मलाई पुगेन पुगेन यो बैसले गित प्रस्तुत गर्दै आस्था वि ।।

    उतसाहिक रुपमा उपस्थित म्यूजिक कन्सर्टका प्रशंसकहरु ।

    उतसाहिक रुपमा उपस्थित म्यूजिक कन्सर्टका प्रशंसकहरु ।

    कार्यक्रमको फोटो लिदै फोटो पत्रकार । — with Ram Sarraf.

    अटो ग्राफ प्लिज ।।। अटोग्राफ लिदै उनका प्रशंसकहरु ।

    उतसाहिक रुपमा उपस्थित म्यूजिक कन्सर्टका प्रशंसकहरु ।। — with Nilima PoudelAayushna Kandel and C-riza Bista.

    कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । 

    मलाई पुगेन पुगेन यो बैसले गितको बोलमा कम्मर मचाउदै प्रशंसकहरु ।

    उतसाहिक रुपमा उपस्थित म्यूजिक कन्सर्टका प्रशंसकहरु ।

    उतसाहिक रुपमा उपस्थित म्यूजिक कन्सर्टका प्रशंसकहरु ।

    उतसाहिक रुपमा उपस्थित म्यूजिक कन्सर्टका प्रशंसकहरु ।

    कार्यक्रमको तस्बिर लिदै प्रशंसक ।





    15 December, 2013

    बाल्यकालको सम्झना .... दिलाउने लट्टु ।

    बाल्यकालमा खेलिने लट्टु खेल :- बाराको जितपुर स्थित गढिमाई मन्दिरको प्राङगनमा आफ्नो हातमा लट्टु नचाउदै एक बालक ।

    नयाँ सदस्यताको लागि क्रियाशिल पत्रकारहरुद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

    वीरगंज, ३० मंसिर पर्सा
    श्रमजिवि क्रियाशिल पत्रकारहरुले नयाँ सदस्यताको लागि दिएको अल्टीमेटमको समयभित्र महासंघ पर्सा शाखाले ठोस कदम नचालेपछि संघर्ष समितिले पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यताका लागि निवेदन सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    माग गरेपनि सदस्यता वितरण नगर्ने षड्यन्त्र गरेपछि क्रियाशिल पत्रकारहरुले गठन गरेको संघर्ष समितिले नयाँ सदस्यता वितरणको लागि महासंघ पर्सा शाखालाई २४ घण्टे अल्टीमेटम दिएकोमा ठोस कदम नचालीएपछि आईतवार वीरगञ्जको होटल सम्झनामा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
    आन्दोलनको कार्यक्रम अन्तरर्गत पुस १ गते विहान १० बजे देखि साझ ५ बजे सम्म हातमा कालो पट्टि बाधेर विरोध जनाउने, पुस २ गते वीरगंजको घण्टाघरवाट ¥यालीले नगर परिक्रमा गरि घण्टाघरमा कोणसभा गर्ने, पुस ३ गते अन्तक्र्रिया गर्ने, पुस ४ गते विहान १० बजे देखि दिउसो २ बजे सम्म क्रियाशिल पत्रकारहरुले पेन डाउन गर्ने र पुस  पाँच गते नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा २ घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । उल्लेखीत कार्यक्रम गर्दा पनि नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँँ सदस्यता वितरण नगरे आमरण अनसन सहितको दोश्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरीने संघर्ष समितिका संयोजक सन्तोष पटेलले चेतावनि दिनुभयो । पर्सा शाखाले नयाँँ सदस्यताको लागि निवेदन आह्वान गरेर पनि नयाँँ सदस्यता नदिने मानसिकता र हौवा फैलाउन केन्द्रित भएपछि र महाधिवेशनको ६ महिना अगाडी सदस्यता दिन नमिल्ने भन्दै आएकोले क्रियाशिल पत्रकारहरु बाध्य भई आन्दोलनमा उक्रेका हुन् । गत मंसिर २८ गते पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष केशि लामिछानेलाई २४ घण्टाको अवधि दिई ज्ञापन पत्र बुझाएकोमा मंसिर ३० गते आईतवार सम्म पनि महासंघको तर्फवाट कुनै पनि चासो नदेखाईएकोले संतोष पटेलको संयोजकमा क्रियाशिल पत्रकारहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

    13 December, 2013

    पत्रकार महासंघलाई २४ घण्टे अल्टीमेटम

    वीरगंज, २८ मंसिर
    पर्सा नेपाल पत्रकार महासंघले पर्सा जिल्लामा छ जनालाई जिल्ला शाखाको सिफारिस बिना नै महासंघको नया“ सदस्यता दिएको र कृयाशील पत्रकारलाई सदस्यताबाट बञ्चित गरिएको विरोधमा आन्दोलन शुरु भएको छ । सन्तोÈ पटेलको नेतृत्वमा पर्सा जिल्लामा छापा, रेडियो र टेलिभिजनमा कार्यरत सकृय पत्रकारहरुले संंघर्È समिती गठन गर्दै आन्दोलन शुरु गरेका हुन् । आन्दोलन अन्तर्गत सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    उनीहरुले नेपाल पत्रकार महासंघको जिल्ला शाखाका अध्यÔ केसी लामिछाने र Ôेत्रिय संयोजक महेश दासलाई २४ घण्टे अल्टीमेटमसहित ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा सम्पूणर््ँ कृयाशील पत्रकारहरुलाई महासंघको सदस्यता नदिलाइए सशक्त आन्दोलन शुरु गर्ने संघर्ष समीतीका संयोजक संतोष पटेलले चेतावनी समेत दिनु भयो । Ôेत्रिय समितीले सिफारिस गरेको भन्दै महासंघको केन्द्रिय समितीले असोज १३ गते जिल्ला शाखाको सिफारिस बिना नै सन्तोÈ कुमार साह, दिपेश प्रसाद, नन्दकिशोर गिरी, राकेश चन्द दास, मन्टु कुमार साह र ग्यासुद्दिन मिया“ देवानलाई सदस्यता दिएपछि सदस्यताबाट बञ्चित गराइएका दुई दर्जन्भन्दा बढी सञ्चारकर्मीहरु आन्दोलित भएका हुन् । नेपाल पत्रकार महासंघ पर्सा शाखामा यसपटक तीन वर्Èे कार्यकालमा आधा आधा  कार्यकाल दुईजना सभापतिले बा“डफा“ड गरेर सञ्चालन गर्ने विÈयदेखि शुरु भएको विवाद सदस्यता वितरण्ँस“ग पनि जोडिएपछि जिल्ला कार्य समितीबाट केन्द्रिय कार्य समितीसमÔ सदस्यता सिफारिस गरिएको थिएन ।  

    11 December, 2013

    क्षेत्रिय कुस्ती खेलकुद प्रतियोगिता शुरु

    वीरगंज, २६ मंसिर मध्यमाञ्चल स्तरिय कुस्ती खेलकुद प्रतियोगिता बुधबार वीरगन्जमा सञ्चालन भइरहेको छ । वीरगन्जको घडिअर्वामा स्थित जिल्ला खेलकुद विकास समितीको कबार्ड हलमा आयोजना भइरहेको .....सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    ......प्रतियोगिताको एकीकृत नेकपा माओवादीका भोजपुरा संयोजक क्षेत्रबहादुर श्रेष्ठले उद्घाटन दुबै कुस्ती खेलाडिलाई हात मिलाई गरेका थिए । संयोजक श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदबाट नै अहिले विश्वभर नेपाल चर्चामा आएको बताउ“दै नियमितरुपमा यस्ता खेलकुद प्रतियोगिताहरुको आयोजनाबाट खेलाडीको मनोबल उकास्न र खेलको प्रवद्र्धन गर्न ठूलो सहयोग पुग्ने धारण्ाँ आफनो धारणा व्यक्त गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा पर्सा र सर्लाही विजयी भएको छ । ५५ केजी तौल समूहमा रौतहटका पहलवानविरुधको खेलमा पर्साका जयमंगल यादव विजयी भएका छन् । उनले आङ्खनो प्रतिस्पर्धीलाई भुइ“मा पछार्दै जित हासिल गरेका हुन् । यसैगरी सर्लाहीका रामकैलाश रायले महोत्तरीका मकुन यादवलाई भुइ“मा पछार्दै जित सुनिश्चित गर्न सफल भएका हुन् । प्रतियोगिताको सेमीफाइनल र फाइनल चरण्ँका खेलहरु दिउ“सो डेढ बजेदेखि पुनः कभर्ड हलमा शुरु हुने जिल्ला खेलकुद विकास समितीका अध्यÔ अभिताभ बच्चन दासले बताएका हुन् । प्रतियोगितामा मध्यमाञ्चलका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीका कुस्ती पहलवानहरुको सहभागीता रहेको छ । पर्साका कुस्ती प्रशिÔक धर्मराज यादवका अनुसार प्रतियोगितामा २५ जना खेलाडीहरुको सहभागीता रहेको जनाएको छ ।

    10 December, 2013

    वीरगंज नागरीक समाजद्वारा अविनाश कर्ण सम्मानीत

    वीरगंज, २५ मंसिर 
    हालै सम्पन्न टी टुवान्टी विश्व कप क्रिकेट छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका वीरगंजका अविनाश कर्णलाई सम्मान गरेको छ । वीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका तर्फबाट उत्कृष्ट प्रदर्शन् गर्दै नेपाललाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन उल्लेखनीय योगदान ......सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।



    ..... पु¥याएका कर्णलाई यात्रा डेली डट कम र वीरगंज यूवा समाजको संयूक्त आयोजनामा अविनाश कर्णलाई आज सम्मानीत गरेको छ । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले उनका बुवा कवसल किसोर कर्णका पुत्र मात्र नभइ पर्सा जिल्लाका पुत्र अविनाशले जिल्लाको नाम आफ्नो लगनशीलता र मिहिनेतका बलमा वीश्वभर चिनाएका भन्दै उनलाई प्रशंसा गर्दै कदर पत्र सहित फुल माला र अविर लगाई सम्मान गरेका थिए ।  सम्मानित भएका अविनाश कर्णले देशलाई चिनाउन हामि जस्तो सुकै परिस्थतिमा समेत सक्दो प्रयास गर्ने प्रतिबद्धता गर्दै कर्णले यहाँका उधोगी व्यवसायी तथा विभिन्न संघ संस्था मार्फत केहि मात्रमा भएपनि खेलकुद क्षेत्रलाई सहयोग गरिदिएको खण्डमा वीरगंज रिजन नम्बर २ को खेलाडीहरुलाई अझै बल पुग्ने बताएका थिए । उधोगी  कार्यक्रममा नागरीक समाजका अगुवा डा.दिपक शाक्यले अविनाश पढने मास्टर डिग्री सम्मका सम्पुर्ण खर्च वीरगंज पब्लीक क्लेजले बेहोर्ने गरि उनलाई सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् । त्यसैगरी कार्यक्रममा वीरगंज भन्सार कार्यलयका कार्यलय प्रमुख रामहरी अर्यालले देशमा यस्ता युवा कर्णधारहरुको कार्यलाई प्रशासा गर्नुपर्ने र अगाडीका खेल जिवनमा सहयोग गर्नुपर्ने बताएका थिए । त्यसैगरी कार्यक्रममा २०१२ मा अन्डर १९ वल्र्ड कपमा खेल्नु भएका क्रिकेट खेलाडी हासिम अंसारीलाई समेत सम्मानीत गरेको थियो । कार्यक्रममा अविनाश कर्णका बुवा कवशल किशोर कर्ण, नागरिक समाजका अगुवा डा.दिपक शाक्य, यात्रा डेलिका संयोजक फोटो पत्रकार राम सरार्फ, पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिह, राष्ट्रिय अनुसंधान केन्द्रका प्रमुख राजेन्द्र जिसि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष केसि लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वीरगंज यूवा समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा समपन्न भएको थियो भने कार्यक्रमलाई पत्रकार रवि दहालले संचालन गर्नु भएको थियो । 

    07 December, 2013

    मिस वीरगन्जको ताज आक्सा सिन्हा लगाउन सफल फोटो फिचर सहित ।

    वीरगंज,२२ मसिर
    शालिमार मिस वीरगन्ज प्रतियोगिताको ताज आक्सा सिन्हाले हासिल गरेकी छिन् । १३ जना प्रतिशपर्धिलाई पछि पार्दै वीरगंज विर्ताकी आक्सा सिन्हाले मिस वीरगंजको ताज लगाउन सफल भएकी हुन् ।
                             सिन्हालाई कार्यक्रमका प्रमुख अतिथि कैलाश कुमार बजिमयले ..........सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    .......शालिमार मिस वीरगंजको ताज पहिराई विजयी घोषण भएको थियो । त्यसैगरि फस्ट रनरअफको उपाधि ब्रहम टोलकी अनिता पौडेलले प्राप्त गरेकी छिन भने सेकेन्ड रनरअपको उपाधि घडिअर्वा की सुविक्षा श्रेष्ठले हात पारेकी छिन् । दुबै रनरअपलाई उधोग वाणिज्य संघका अध्यक्ष अशोक बैधले ताज लगाई दिएका थिए । ५ जना निर्णायक मण्डल रहेका निर्णायकहरुको आदेशले प्रतिस्पर्धिहरुको विजयी घोषण गरिएको थियो ।  १६ देखि २४ वर्षिय छात्राहरुले गरेको क्याटवाक, आकर्षक पहिरन, नित्य, प्रश्नत्तोर लगायतको विधालाई आ–आफ्नो क्षमता सम्पुर्ण प्रतिशपर्धिले गरेकी थिईन् । नेप्सक्ृयू समूहद्वारास्वीमिङग पुल परिसरमा आयोजित शालिमार मिस वीरगन्ज प्रतियोगितामा विभिन्न क्याम्पसमा अध्ययनरत १४ छात्राहरुको सहभागीता रहेको आयोजक यूवा दिपेश निरौलाले बताए ।  देशको प्रमुख शहर भएर चिनिने भएपनि यहाँ मनोरंजन र प्रतिभा प्रदर्शनको अवसर ज्यादै न्यून हुने गरेको तन्नेरीहरुले प्रतिशपर्धाका क्रममा आफना विचार राखेका थिए दुई महिना अघिदेखि शुरु भएको छनौट र प्रशिक्षण शिविरमा फरक फरक समुदाय र क्याम्पसबाट सहभागी भएका छात्राले आफ्नो प्रतिभामा निखार ल्याउने अवसर मात्र नभएर आपसमा सामाजिकीकरण हुने मञ्च समेत पाएको कार्यक्रमका प्रमुख अतिथि कैलाश कुमार वजिमयले बताए । कार्यक्रमलाई सौराज प्रधान र काजल बेरीवालले संचालन गरेकी थिईन् । 

    मिस वीरगंजकी विजयी आक्सा सिन्हा 

    मिस वीरगंजकी विजयी आक्सा सिन्हा 

    मिस वीरगंजकी विजयी आक्सा सिन्हा 

    मिस वीरगंज प्रतियोगितामा फस्ट रनर अप भएकी अनिता पौडेल ।

    मिस वीरगंज प्रतियोगितामा सेकेन्ड रनर अप भएकी सुविक्षा श्रेष्ठ ।।।

    मिस वीरगंज प्रतियोगिताको पानि माथिको दृष्य ।।



    06 December, 2013

    नेपाल बैँक लिमिटेडको ७७ औँ वार्षिकोत्सव कार्यक्रम समपन्न

    वीरगंज, २१ मंसिर
           नेपाल बैँक लिमिटेडको ७७ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा शुक्रबार वीरगन्जमा पनि पदक तथा प्रमाण पत्र वितरण गरिएको छ । बिर्तास्थित सिटी अफिस कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उत्कृष्ट ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    ......कर्मचारी तथा ग्राहकलाई सम्मान् गरिएको थियो ।  कार्यक्रममा बोल्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैधले कृषी क्षेत्रमा बहुसंख्यक नेपाली आश्रित रहेकाले बैंकहरुले कृषी क्षेत्रको लगानीलाई अझ प्राथमिकता दिनुपर्ने बताए । जिल्ला न्यायधिश भोलानाथ चौलागाईले तीब्र प्रतिस्पर्धाका कारण वाणिज्य बैंकहरुले नयाँ  प्रविधी अपनाएर ग्राहकलाई अझ प्रभावकारी र दू्रत सेवा प्रदान गरेकोमा सन्तुष्टी व्यक्त गरे । नेपाल बैक सिटि अफिसका प्रबन्धक सिताराम श्रेष्ठले जनतासँग सुमधुर व्यवहार र विश्वास भएकै कारण देशभरमा १ सय १८ शाखा बिस्तार गर्न रहेको बताए ।  कार्यक्रममा बैंकमा २५ वर्ष सेवा गरेका २१ जना कर्मचारीलाई स्वर्ण पदक र २० वर्ष सेवा दिएका एकजना कर्मचारीलाई रजत पदक र प्रमाण पत्रले सम्मान गरेको थियो । कार्यक्रममा नेपाल बैक कर्मचारी संघका क्षेत्रिय अध्यक्ष रोशन श्रेष्ठ, वित्तिय कर्मचारी संघका क्षेत्रिय अध्यक्ष विनोद दुबे लगायतको उपस्थिति रहेको थियो ।

    बार्षिकोत्सवको अवसरमा अनाथ तथा विपन्न बालबालिकालाई लता कपडा र स्टेशनरी सहयोग

    वीरगंज, २१ पर्सा
    रेडियो वीरगंजले आफ्नो बार्षिक उत्सवको अवसरमा अनाथ तथा विपन्न बालबालिकालाई लता कपडा र स्टेशनरी सहयोग गरेको छ । मध्य तराईको पहिलो रेडियोको रुपमा स्थापित रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो .....सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    .... ११ औँ बार्षिकोत्सवको अवसरमा आज वीरगंज कारागार, पशुपति शिक्षा मन्दिर अदर्शनगर र वीरगंज अनाथालय विर्तामा रहेको बालबालिकालाई लता कपडा र स्टेशनरि सहयोग स्वरुप प्रदान गरेको हो ।  तराईमा बढदै गईरहेको जाडोको मध्यनजर गर्दै रेडियो वीरगंजले २ बर्ष देखि १० बर्ष सम्मका ८ जना बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी, पशुपति शिक्षा मन्दिरका बालबालिकालाई २० वटा कम्बल, त्यसैगरि  वीरगंज अनाथालयका बालबालिकालाई ५० वटा कपि र कलम वितरण गरेको रेडियोका अध्यक्ष ध्रुव शाहले बताए । सत्ता व्यापि रुपमा गर्न लागेको कार्यक्रममा रक्तदान, श्रष्टा सम्मान, मधेशको संघिय राजधानी वीरगंज बनाउने प्रतिबद्धता, देशकै चर्चित कालाकारहको सास्कृतिक कार्यक्रम लगायतको कार्यक्रमहरु गर्न लागेको प्रबन्ध निर्देशक उपेन्द्र डोटेलले बताए । कार्यक्रममा रेडियोका रामनारायण कुर्मी, अनुप तिवारी, मनोज पटेल, युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । 

     रेडियो वीरगंजले २ बर्ष देखि १० बर्ष सम्मका ८ जना बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी लिएका बालवालिकासंग फोटो खिचाउदैँ ।


    नारायणी अस्पतालको इमरजेन्सी कक्षमा मोटरसाईकल पार्किङ


    जियालाल साहवीरगन्ज,१९ मंसिर :

    नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनको लापरवाहीका कारण बिरामीको स्वास्थ्यसँग खेलवाड गर्ने कार्य भइरहेको छ । बिरामीको उपचारमा जिम्मेवार मानिएका चिकित्सकहरु नै बिरामीको स्वास्थ्यसँग ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।


    .. खेलवाड गर्ने कार्यमा संलग्न हुन थालेपछि सर्वत्र आलोचना गरिएको छ ।
                        एभेन्यूज टेलिभिजन क्रियू बुधबार दिउँसो छपकैयाँमा अवस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा रिपोर्टिङगका लागी पुगेका बेला आकस्मिक उपचार कक्षको अवस्था लथालिङग थियो । मुटुको चाप परिक्षणका लागी प्रयोग गरिने संवेदनशील उपकरण “इसिजी” राखिएको कक्षभित्र ना ११ प ९०२७ नम्बरको मोटरसाइकल पार्किङग गरेर राखिएको अवस्थामा भेटिएको थियो । अस्पतालमा गम्भीर घाइते भएर आएका बिरामीको मुटु चाप परिक्षणका लागी चिकित्सकले इसिजी मेशिन आफ्ना सहयोगीसँग मागेपछि खोज्ने क्रममा मोटरसाइकल पार्किङग गरिएको एक्स रे कक्षभित्र फेला परेको थियो । मोटरसाइकल पार्किङग गरेर हिंडेका अहेब जयराम महत्तोले इसिजी उपकरण राखिएको कोठाको ढोकामा ताल्चा लगाएर साँचो आफैंसँग लिएर गएकाले आधा घण्टापछि ढोकाको ताल्चा फुटाइएको थियो । यसैगरी अर्का एकजना चिकित्सक डा. शैलेश पाण्डेले ना १६ प २९३२ नम्बरको आफ्नो मोटरसाइकल इमरजेन्सी कक्षसँगै जोडिएको चिकित्सकहरु आराम गर्ने कक्षभित्रै पार्किङग गरेर राखेको अवस्थामा भेटिएको थियो । एभेन्यूज क्रियुले मोटरसाइकल पार्किङ गरेको दृश्य क्यामेरामा कैद गर्दा उनले हस्तक्षेप गर्ने प्रयास गरेका थिए । अस्पतालको बिजोग यत्ति मात्र होइन, अस्पतालका चिकित्सकहरुका लागी तोकिएको आराम कक्षभित्र निजी नर्सिङग क्याम्पसका तालिमे छात्राहरुले कब्जा जमाउने गरेका छन् । उनीहरुले जुत्ता चप्पल लगाएरै कक्षभित्र प्रवेश गर्ने र फोहोर पार्ने गरेको गुनासो चिकित्सकको छ । इमरजेन्सी कक्षका पियन अवध किशोर साले पनि आफूले पटक पटक आग्रह गर्दा समेत चिकित्सकहरु अटेर गरिरहेको गुनासो गरे । उनले यसबारे पटक पटक मेडिकल सुपरिटेण्डेण्टलाई समेत जानकारी गराइ सकेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रामाशंकर ठाकुरले चिकित्सकहरुको लापरवाहीबाट आफू पनि दिक्क भइसकेको बताउँदै लाचारी जाहेर गरे । 

    १९ औँ बेलविवाह समपन्न फोटो फिचर सहित

    वीरगंज, २१ पर्सा
     वीरगंजमा सामुहिक रुपमा १९ औँ बेलविवाह समपन्न भएको छ । वीरगंजको अलखियामठ अगाडि समपन्न भएको बेल विवाहमा  ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    मुर्लि, तेजारथ टोल, माईस्थान, राधेमाई त्यसैगरि छिमेकि जिल्ला रौतहट, बारा, मकवानपुर लगायतका ठाऊँवाट आएका बालिकाहरुको बेल विवाह भएको हो । ५ वर्ष देखि ११ वर्ष उमेर समुहका ३७ बालिकाहरुको सामुहिक रुपमा आज बेल विवाह गरिएको माईस्थान समितिका अध्यक्ष श्याम श्रेष्ठले बताए । वीरगंज १९ का राम श्रेष्ठका छारी दिप्रा श्रेष्ठको जन्मकुण्डीबाट साईत निकाली बेल विवाह समपन्न भएको अध्यक्ष श्रेष्ठले बताए । बालिकाको बेजोड उमेरमा हुने यस विवाहमा बेलको पतालाई शिव भगवान मानि बालिकाको विवाह गर्ने हुनाले बेल विवाह भनीएको नेवार महासंघका अध्यक्ष चक्रबहादुर शाक्यले बताउनु भएको हो । शाक्यका अनुसार सास्कृतिक पक्षमा हाम्रो छारीहरुको राजश्वला हुनु भन्दा पहिले बेलसंग विवाह गराई दिन्छौँ । बेल महादेवको रुप भएकोले बेल न टुटने नफुटने हुदाँ बालिकालाई बेलसंग विवाह गराईसकेपछि अरुले बालिकालाई खराब नजरले नहेर्ने मान्यता रहिआएको हुनाले बालिकालाई बेल विवाह गरिन्छ । गत वर्ष भएको बेल विवाहमा विभिनन जिल्ला र ठाऊँगरि ५३ जना बालिकाको सहभागिता रहेको महासचिव गणेशमान श्रेष्ठले बताए ।
    बेल विवाहमा सहभागि बालिका ।

    बेल विवाहमा Ram Raj Shrestha कि छारी दिप्रा श्रेष्ठ ।

     बेल विवाहमा सहभागि बालिकाहरु ।

     बेल विवाहमा सहभागि बालिकाहरु ।

    बेल विवाहमा सहभागि बालिका ।


    04 December, 2013

    ताज पहिरन दाऊमा तन्नेरी .. फोटो फिचर सहित



    मंसिर १९ वीरगंज,
    सालिमार मिस वीरगन्ज प्रतियोगिताको ताज पहिरन तन्नेरी छात्राहरु एक सातादेखि बन्द शिविरको प्रशिक्षणमा व्यस्त छन् । १६ देखि २४ वर्षिया छात्राहरु क्याटवाक र आकर्षक पहिरनबाट मात्र नभएर आफ्नो बौद्धिक क्षमता समेत प्रदर्शन् गरेर शिरमा ताज पहिरिने दाऊमा छ । 
    मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।



    नेप्सक्रियू समूहद्वारा वीरगन्ज स्वीमिङग पुल परिसरमा आयोजना हुने मिस वीरगन्ज प्रतियोगितामा विभिन्न क्याम्पसमा अध्ययनरत १५ छात्राहरुको सहभागीता रहेको काजल बेरीवालले बताईन्।  प्रतिस्पर्धामा उत्रिएर .
    सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    ताज पहिरिने मुख्य लक्ष्य भए पनि प्रतियोगितामा सहभागीतासँगै थुप्रै अवसरहरु पाउन थालेको सहभागी प्रतियोगिहरुको भनाई छ । दुई महिना अघिदेखि शुरु भएको छनौट र प्रशिक्षण शिविरमा फरक फरक समुदाय र क्याम्पसबाट सहभागी भएका छात्राले आफ्नो प्रतिभामा निखार ल्याउने अवसर मात्र नभएर आपसमा सामाजिकीकरण हुने मञ्च समेत पाएका छन् । सहभागी छात्रालाई मिसेज वीरगन्ज प्रतियोगिताकी रत्ना मानन्धरले प्रशिक्षण दिइ रहेकी छिन् । देशको प्रमुख शहरमा गनिने भएपनि यहाँ मनोरन्जन र प्रतिभा प्रदर्शन्को अवसर ज्यादै न्यून हुने गरेको तन्नेरीहरुका आम गुनासो सुनिन्छ । मोडेलिङलाई आफ्नो क्यारियर बनाउने लक्ष्य बोकेकी स्नातक तहकी छात्राहरु भन्छिन,यस्ता कार्यक्रमहरु यहाँ नियमित नहुने भएकाले अवसर नपाउँदा एकदम उकुसमुकुस हुन्छ । कार्यक्रम यहि शनिबार अदर्शनगरको स्वीमिङग पुल परिसरमा दिउसो ३ बजे देखि हुने आयोजक संस्था नेप्सकृयु समुहले जनाएको छ । 

    मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

    मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

    मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

    मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

    मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

    मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।
    मिस वीरगंजका आयोजक यूवापुस्ताहरु ।।

    Scroll to Top