| वीरगंज, माघ ९ पर्सा जियालाल साह नेपाल चिकित्सक संघको अपिललाई समर्थन गर्दै वीरगंज स्थित नारायणी उप–क्षेत्रिय अस्पतालका सम्पुर्ण चिकित्सकहरुले सामुहीक रुपमा राजनामि दिएका छन् । नारायणी उप–क्षेत्रिय अस्पतालका ..... (सामाचारका लागि Read more » किलिक गर्नुहोस् ।) मेडिकल सुपरिटेण्डेन्ट डा.रामाशंकर ठाकुरले चिकित्सकको नाताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँका श्रीमान् सचिवलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मार्फत राजिनामा दिएको हो । राजनामा अन्तर्गत नेपाल सरकारको ११ तहका चिकित्सक डाक्टर विके झा, डाक्टर जगदिश अग्रवाल, डाक्टर सुमन प्रसद त्यस्तै अस्पतालका डा.अरुण झा, विरेन्द्र प्रद्यान, सुशिल चौधरी, मनोज गुप्ता, रविन्द्र ठाकुर, एसकेलाल, निरज सिह, मुकेश अग्रवाल लगायत अस्पताल विकास समितिका १८ जना चिकित्सक र नेपाल सरकारका ४० जन चिकित्सकहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रामाशंकर ठाकुर मार्फत राजिनामा दिएको हो । अस्पतालका सम्पुर्ण चिकित्सकहरुले सामुहिक राजनामा दिएपनि अस्पतालमा भने सेवा दिई राख्ने मेडिकल सुपरिटेण्डेन्ट डा. ठाकुरले बताए । त्यसै अन्तर्गत आज अस्पतालको त्रिवेणी अकास्मीक कक्ष परिसरमा चिकित्सकहरुले विहान १० बजे देखि विरामिहरु चेक जाँच गरेका छन् । मध्यमाञ्चलका सम्पुर्ण जिल्ला देखि भारत्तको विजबनीया, रक्सौल, लक्षमीपुर, सिक्टा लगायतको ठाँऊगरि प्रत्येक दिन ५ सय देखि ७ सय सम्म उपचार गराउन आउने नारायणी उप–क्षेत्रिय अस्पतालमा भने आज २ सय देखि २ सय ५० विरामिहरुको मात्रै उपचार भएको नसा तथा हाडजोर्नि विशेषज्ञ डा. रोसन अलिले बताए । अस्पतालमा आउने विरामिहरुको मात्रै चेकजाँच भईरहेको छ तर ग्रामिण भेगका जनतालाई जनकारी नभएकाले उपचार हुन नसकेको हो । |
23 January, 2014
नारायणी उप–क्षेत्रिय अस्पतालका सम्पुर्ण चिकित्सकहरुले सामुहीक रुपमा राजनामि दिए
- यसमा तपाइको मत
- Facebook Comment
0 comments:
Post a Comment