• नयाँ खबर

    19 January, 2015

    राष्ट्रिय वाणिज्य बैकको स्वर्ण जयन्ती ११ महिला सहित ८३ जनाले गरे रक्तदान ।


    माघ ५ पर्सा
    राष्ट्रिय वाणिज्य बैकको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ११ महिला सहित ८३ जनाले रक्तदान गरेका छन् ।
     बैकको प्राङगनमा आयोजना गरेको कार्यक्रममा सृष्टी दहाल, मन्दिरा खडका, मोहीत खडका, प्रमोद चौधरी, विन्देश्वर पटेल लगायत ८३ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्रका प्रमुख प्रविण मानन्धरले जनकारी गराउनु भएको छ । कार्यक्रममा रक्तसंचार केन्द्रका प्रविधिक धिरेन्द्र झा, मुस्तफा हवारी लगायतले सहयोग गरेका थिए ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    गुप्ता वीउवासङ्घको उपाध्यक्षमा मनोनित




    वीरगञ्ज, ५ माघ
    वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (वीउवासङ्घ) को रोजगारदाता परिषद्को संयोजकमा सुवोधकुमार गुप्ता मनोनित भएका छन् । वीउवासङ्घको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सोमबार गुप्तालाई मनोनित गरेको हो ।
    सङ्घको विधानअनुसार रोजगारदाता परिषद्को संयोजक कार्यसमितिमा तृतीय उपाध्यक्ष हुने व्यवस्था छ । गुप्तालाई सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले पद् तथा गोपनीयताको सपथ ग्रहण गराए ।
    समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले आर्थिक विकासमा अघि बढ्न आर्थिक जागरणको आवश्यकतामा जोड दिए । उनले वीउवासङ्घले अनुकरणीय सक्रियता देखाएको भन्दै विकासका साझा अवधारणामा महासङ्घ सहकार्यका लागि तत्पर रहेको पनि स्पष्ट पारे । औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या समाधानको अभियानमा सबैभन्दा पहिला निजीक्षेत्रबीच नै समन्वय हुनुपर्ने धारणा उनको थियो ।
    वीउवासङ्घका निवर्तमान अध्यक्ष अशोककुमार वैधले महासङ्घ र जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरुको शुद्धीकरणका लागि महासङ्घको विधान संशोधन अनिवार्य भएको बताए । कार्यक्रममा न्यू बिजनेस एज प्रालिका अध्यक्ष मदन लम्साल,  मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुणराज सुमार्गी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अशोककुमार टेमानी, वीउवासङ्घका पदाधिकारी, कार्यसमिति सदस्यलगायतको सहभागिता थियो । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    खैरो हिरोईन सहित एक जना पक्राऊ



    माघ ५ पर्सा
    लागु औषध खैरो हिरोईन सहित एक जना भारतियलाई आज जिल्ल प्रहरी कार्यलय पर्साले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल थाना जोकियारी बस्ने २७ वर्षका मोहम्मद नाजिर रहेका छन् । 
    सुराकिको आधारमा प्रहरीले उनलाई बीरगंज उप महानगरपालिका १० घण्टाघरचोकको दक्षिण बाटोमा शंकास्पद तवरले हिनिरहेको अवस्थामा उनको शरीर खनतलासि गर्दा उनको जिन्स पाईन्टको खल्तीमा लुकाई छिपाई लागु औषध खैरो हिरोईन २५ ग्राम बरामद गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    लोडसेडिङ फेरि बढ्यो, अब दैनिक ११ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)




    काठमाडौं, माघ १ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि फेरि बढाएको छ । प्राधिकरणले आगामी आइतबारदेखि लागू हुने गरी दैनिक ११ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । हाल सातामा ७० घन्टासम्म विद्युत् आपूर्ति कटौती हुँदै आएकामा अब सातामा ७५ घन्टासम्म लोडसेडिङ हुनेछ ।
    विद्युतको माग बढेको र मध्य–मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि पूर्णरुपमा बन्द गर्नुपरेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    17 January, 2015

    नायब सुब्बा बन्ने अवसर : लोकसेवाले खोल्यो झण्डै ५ सय सुब्बाको विज्ञापन



    3 माघ, काठमाडौं ।
          निजामती सेवामा प्रवेश गरी सरकारी जागिर खाने इच्छा छ रु के तपाई लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ रु यदि त्यसो हो भने निजामती सेवामा छिर्ने अवसर छ । लोकसेवाले देशभरबाट गरी झण्डै ५ सय जना  नायब सुब्बाको विज्ञापन प्रकाशन गरेको छ ।

          लोकसेवा आयोगले देशका विभिन्न ५ क्षेत्रीय कार्यालयहरुबाट गरी कुल ४ सय ८२ जना राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बाका लागि विज्ञापन प्रकाशन गरेको हो ।
        खुल्ला तथा समावेशीतर्फ गरी पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट कुल १ सय ४ पदका लागि दरखास्त आह्वान गरिएको छ । सबैभन्दा बढि २ सय ४ जना नायब सुब्बा पदका लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीबाट दरखास्त आह्वान गरिएको छ । त्यस्तै पश्चिमाञ्चलबाट ८३, मध्यपश्चिमाञ्चलबाट ५५ र सुदुरपश्चिमाञ्चलबाट ३८ जना नायब सुब्बा पदका लागि विज्ञापन गरिएको छ ।
    लोकसेवा आयोगले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गर्दछ ।
    समावेशीतर्फ छुट्टाइएको कुल पदको ४५ प्रतिशतलाई शत प्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजातिका लागि २७ प्रतिशत, मधेशीका लागि २२ प्रतिशत, दलितका लागि ९ प्रतिशत, अपांगका लागि ५ प्रतिशत र पिछडिएको क्षेत्रका लागि ४ प्रतिशत कोटा छुट्टाइएको हुन्छ ।
    कहिले हुन्छ परीक्षा ?

    लोकसेवा आयोगले प्रकाशित गरेको सूचनाअनुसार प्रथम पत्रको सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षणको परीक्षा (वस्तुगत) आगामी बैशाख २५ गते दिउँसो ४ बजे हुनेछ । दोश्रो पत्र सामाजिक आर्थिक अवस्था विषयको विषयगत परीक्षा वैशाख २६ गते दिउँसो ११ बजे र तेस्रो पत्रअन्तरगत ऐच्छिक प्राज्ञिक विषयको वस्तुगत परीक्षा सोही दिन दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

    परराष्ट्र सेवाका लागि समेत परीक्षा दिनेहरुका लागि चौथो पत्र अंग्रेजी भाषा र कुटनीतिक विषयको परीक्षा वैशाख २७ गते बिहान ८ बजेका लागि तोकिएको छ ।

    प्रथम चरणको लिखित परीक्षाबाट अन्तरवार्ता र कम्प्युटर सीप परीक्षणका लागि उमेद्वारहरु छनोट गरिन्छ । कम्प्युटर सीप परीक्षण र अन्तरवार्ताको मिति लिखित परिक्षाको नतिजा प्रकाशित हुँदा उल्लेख गरिने लोकसेवा आयोगले जनाएको छ ।

    कम्प्युटर सीप परिक्षण र अन्तरवार्ताबाट सम्बन्धित पदमा उत्तीर्ण उमेद्वारहरु लोकसेवा आयोगले सिफारिस गर्ने गर्दछ ।

    शुल्क कति लाग्छ ?

    नायब सुब्बा पदका लागि फारम भर्दा उमेद्वारले ४ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । तर, खुल्ला बाहेक समावेशी समूहमा समेत फाराम भर्ने उमेद्वारले थप समावेशी समूहका लागि ४ सय रुपैयाँसँगै प्रत्येकको २ सयका दरले शुल्क तिर्नुपर्नेछ ।  परराष्ट्र सेवाको थप पत्रका लागि  २ सय रुपैयाँ थप गर्नुपर्नेछ ।

    दरखास्त दिने मिति र स्थान

    लोकसेवा आयोगका अनुसार आयोगको क्षेत्रीय निर्देशनालय तथा क्षेत्रीय निर्देशनालयसँग सम्बन्धित अञ्चल कार्यालय र लोकसेवा आयोगको कार्यालय नभएका जिल्लाको हकमा सम्बन्धित जिल्ला हुलाक कार्यालयमा पनि दरखास्त बुझाउन सकिनेछ ।
    मध्यमाञ्चलबाट प्रकाशित विज्ञापनका लागि काठमाण्डौ उपत्यका दरखास्त संकलन केन्द्र अनामनगरका साथै गोश्वारा हुलाक कार्यालय सुन्धारामासमेत दरखास्त बुझाउन सकिने व्यवस्था गरिएको छ । दरखास्त साथ शैक्षिक योग्यताका प्रमाणपत्रहरु (अ) लब्धांकपत्र (आ) उमेर खुलेको चारित्रिक प्रमाणपत्रै र नेपाली नागरिकताको प्रमाणपत्र समेतको प्रतिलिपि एवं दरखास्त दस्तुर बुझाएको नगदी रसिद पेश गर्नु पर्नेछ ।
    प्रमाणपत्रको प्रतिलिपिमा उम्मेदवार स्वयंले सक्कलबमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नु पर्नेछ । बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
    बहालवाला कर्मचारीले दरखास्थका साथ नियुक्ति पत्रको प्रतिलिपि संलग्न गरी दरखास्त फाराममा सेवासम्बन्धी विवरणहरु उल्लेख गरी अनिवार्यरुपमा प्रमाणित गराई पेश गर्नु पर्नेछ ।

    समावेशीतर्फका उम्मेदवारहरुले पेश गर्नु पर्ने थप कागजातहरुः-

    (क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा । तर, नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

    (ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीका आधारमा गर्नुपर्ने । तर, राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

    (ग) अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषदबाट अपाङ्गता प्रमाणित गरेको आधारमा हुनुपर्नेछ ।

    (घ) मधेसीका हकमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

    (ङ) पिछडिएको क्षेत्रका हकमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) मा उल्लेख भएका जिल्लामा स्थायी बसोवास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट (दरखास्त फाराम आयोगमा बुझाउने दिन भन्दा ३ महिना अगाडि सम्म) हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

    स्थायी वसोवास भएको जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा सो गर्नुपर्नाको कारण उल्लेख भएको पत्र नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट लिएको, निजामती सेवा ऐन, २०४९ को दफा ७ (७) मा उल्लेख भएको जिल्लामा विवाह गरी वा बसाइँ सराइ गरी गएको भएमा विवाहको हकमा विवाह दर्ता प्रमाणपत्र र वसाइ सराईको हकमा छाडेको र गएको गाउँ विकास समिति/नगरपालिकाको बसाइँ सराई कागज दरखास्त साथ पेश गर्नु पर्नेछ ।

    दरखास्त दिने अन्तिम मिति आगामी माघ २० गतेसम्मका लागि तोकिएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म पनि दरखास्त बुझाउन सकिने छ । लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np बाट फाराम डाउनलोड गर्न सकिन्छ ।

    उमेद्वारको योग्यता कति ?

    संयुक्त र एकीकृत परीक्षा प्रणालीका आधारमा हुने परीक्षाका लागि लोकसेवा आयोगले विभिन्न सेवा समूहमा उमेद्वार बन्न पाउने शैक्षिक योग्यता तोकेको छ । जसअनुसार उमेरको हकमा पुरुष उमेद्वारको १८ वर्ष उमेर पुगेको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ र महिला र अपाङ्गको हकमा १८ देखि ४० वर्ष उमेरका महिलाले दरखास्त दिन पाउनेछन् ।

    -न्याय सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा प्रवीणतापत्र तह वा सोसरह उत्तीर्ण    गरेको हुनुपर्ने ।
    - परराष्ट्र सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अंग्रेजी विषयसहित प्रवीणता प्रमाणपत्र वा सोसरह    उत्तीर्ण गरेको हुनुपर्ने ।
    -प्रशासन सेवाको सामान्य प्रशासन समूहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा  प्रवीणतापत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने ।
    -प्रशासन सेवाका लेखा समूहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा  प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई  प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने ।
    -प्रशासन सेवा, राजस्व समूहका लागि  मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बाणिज्यशास्त्र वा  कानूनमा प्रवीणता
    - प्रमाणपत्र तह वा अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्रमध्ये कुनै एक मूल विषय लिई  प्रवीणता  प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने ।
    -लेखापरीक्षण सेवाका लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार, प्रशासन वा वाणिज्यशास्त्र विषयमा  प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने । - Onlinekhabar.com




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    प्रहरीको तर्फबाट ३ पत्रकार सम्मानीत


    बीरगंज ३ माघ ।
               आन्दोलनमा खटिएका सुरक्षाकर्मीहरुको तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजीत एक कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष ध्रुब साह सहित ३ जनालाई सम्मान गरिएको छ । गत पुष २६गते बीरगंजमा सिके राउतको पक्राउपछि उनका समर्थकहरुले एकजना प्रहरीलाई घेराबन्दि गरी कुटपीट गरिरहेको बेला फोटो पत्रकार राम शर्राफ र पत्रकार महासंघका उपाध्यक्ष एवं रेडियो बीरगंजका कार्यकारी अध्यक्ष ध्रुब साहले बचाउनु भएको थियो । 
                   आन्दोलनकारीको आक्रमणबाट सख्तघाईते प्रहरी हबल्दार राजेश आलेलाई आफ्नो ज्यान जोखिमा हालेर बचाएको हुदा सन्चारकर्मी साह र सर्राफ सहित चिकित्सक प्रमोद शर्राफलाई आन्दोलनमा खटिएका सम्पुर्ण २ सय ४४ जना प्रहरीहरुको तर्फबाट सम्मान गरिएको हो  । 
                कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक दिबेश लोहोनीले समाजप्रतिको जिम्मेवारी बहनगरी सन्चारकर्मी तथा चिकित्सकले प्रहरी जवानलाई बचाउन खेल्नुभएको भुमिकाको सम्मान गरिएको बताउनुभयो  । त्यसैगरी सो कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका उपाध्यक्ष ध्रुब साहले आन्दोलनकारीले एकजना प्रहरीलाई घेराहाली आक्रमण गरेर गम्भिर घाईते बनाएको दृष्यलाई आफुले हेर्न नसकी सन्चारकर्मी भन्दापनि मानबियताको दृष्टिकोणले तत्काल ज्यान जोखिममा हालेर उद्धारमा जुटेको धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा सन्चारकर्मी राम सर्राफले फोटो खिच्दा खिच्दै आफुले मानबिय दायित्वलाई बुझेर घाईते प्रहरीको उद्धार गरेको बताउनुभयो । त्यसैगरी चिकित्सक प्रमोद सर्राफले प्रहरी पत्रकार र डाक्टर देश र जनताको सेवामा समर्पित संस्था भएको हुदा उनीहरु देशको सम्पत्ति हुन् उनीहरुको रक्षागर्ने दायित्व जनता भएको कुरामा जोडदिनुभयो ।
    कार्यक्रममा सन्चारकर्मी साह,सर्राफ र चिकित्सक प्रमोद सर्राफलाई समग्र प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्साका डिउटी कमाण्डर पशुपति तामा¨ र प्रहरी उपरीक्षक लोहनीले फुलमाला र टिका लगाएर सम्मान गर्नुभएको थियो । 





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    बेइङ ह्युमनद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


    वीरगंज, ३ माघ
                 बेइङ ह्युमन अर्गनाइजेसनको आयोजनामा आज वीरगंजको श्रीजुद्ध माविमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा सय भन्दा बढीको स्वास्थ्य चेकजाँच गरिएको छ ।
                  शिविरमा आँखा, दाँत र छालाका विरामिहरुको चेकजाँच गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरिएको छ । शिविरमा आएकाहरुको डा. सुमन प्रसाद, डा. शिवशंकर प्रसाद गुप्ता, डा .रोमा कुशवाहा, डा. राज श्रेष्ठ, डा. रोशन कुशवाहा, डा. पुष्कर तिवारी, डा. शिवशंकर प्रसाद चौधरी लगायतले स्वास्थ्य परिक्षण गर्नु भएको थियो । यस अघि आयोजित औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै नागरीक समाजका अगुवा एंव शिक्षाविद डा. दिपक शाक्यले उमेर सानै भएपनि सस्थाका पदाधिकारीहरुले मानव सेवामा दिएको योगदानको प्रशंसा गर्दै सस्थाले गर्ने हरेक कार्यक्रममा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । समाज परिवर्तनको संवाहक नै युवा रहेकाले उनिहरुले गर्ने सकारात्मक कामको सहयोग गर्न कोहि पनि हिच्किचाउन नहुनेमा उहाँले जोड दिनु भयो । यस्तै ससस्त्र प्रहरी सिमा सुरक्षा बल चिनिमिल वीरगंजका ससस्त्र प्रहरी उपरिक्षक भिमबहादुर थापाले युवाहरुको सकारात्मक कामलाई मात्रै प्रोत्साहन दिन सके पनि समाज परिवर्तनको दिशामा अगाडि बढ्ने बताउनुभयो । यस्तै डा. मनोज कुमार गुप्ताले सस्थाले शुरुवात बाट नै मानव सेवामा आफ्नो कदम बढाएकाले यसको आगामि दिन उज्जव रहेको भन्दै सकारात्मक कार्यमा सेवा प्रवाह गर्न अनुरोध गनुभयो ।
    पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराले सस्थाको नाम नै मानवता संग जोडिएकाले यसले गर्ने हरेक काम मानव उत्थानका लागि हुन जरुरि रहेको बताउनु भयो । कार्यक्रममा समाजबादी युवा लिग पर्साका अध्यक्ष शुसिल पटेल, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ, स्वतन्त्र मानवअधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । सस्थाका अध्यक्ष तनविर आलमको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सस्थाकी सदस्य मनिषा साहले गर्नुभएको थियो । विशेष गरि शहरमा रहेर पनि स्वास्थ्यको पहुँचबाट टाढा रहेकाहरुलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको र शिविरमा उल्लेख्य विरामिहरुको सहभागिताले आफुहरुलाई अझै प्रोत्साहन मिलेको सस्थाका उपाध्यक्ष ज्याउल होदाले जानकारी दिनु  भयो ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    15 January, 2015

    सशक्त आन्दोलनले मधेशीको अधिकार सुनिश्चित हुने : नेता मातृका यादव


    माघ १ पर्सा 
                नेपालमा मधेस र मधेसीहरु सवैभन्दा बढी उत्पीडित रहेको र सत्ता अभ्यासले मधेसले राष्ट्रिय पहिचान मात्र गुमाएको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितीका संयोजक मातृका यादवले आरोप लगाएका छन्  । 
                     आज वीरगंजको राणीसती धर्मशालामा  संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितद्वारा आयोजित पत्रकार सम्मेलनमा संयोजक यादवले सशक्त आन्दोलनले मात्र मधेशीको अधिकार सुनिश्चित हुने ठोकुवा गर्नुभयो । समग्र मधेस एक प्रदेशको निर्माण, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको हरेक निकायमा पुर्ण समानुपतिक प्रतिनिधित्व ,समान मताधिकार, प्रादेशिक स्वाशासनसहितका स्वायत्तताका अधिकारहरु संबिधानले मात्र समाधान गर्ने भन्दै यी मागंहरु सम्बोधन नभएको संबिधान स्वीकार्य नहुने चेतावनी समेत दिएका थिए । समग्र मधेस एक प्रदेश (स्वायत्त क्षेत्र,संरक्षित क्षेत्र तथा बिशेष क्षेत्रको व्यवस्था सहित),राष्ट्रिय आत्मनिर्णयको अधिकार,पुर्ण समानुपातिक निर्वाचन प्रणाली,स्वायत शासन ,राज्यको सम्पुर्ण निकायमा  पुर्ण समानुपातिक प्रतिनिधित्व,समान मताअधिकार ,धर्मनिरपेक्षता,मधेशमा भइरहेको आन्तिरीक तथा बाह्य बसाइँ सराइ नियन्त्रण, भष्ट्रचार मुक्त एवं जनताप्रति उतरदायी सरकार, समान शिक्षा स्वास्थ्य ,रोजगार र समाजिक सुरक्षाको ग्यारेण्टी, कृषिलाई वेैज्ञानिकीकरण गर्ने , राष्ट्रिय उद्योगहरुको पुन संचालन र नयाँ उद्योगहरुको स्थापना , चुरे बन जंगलको सुरक्षा र बिकास ,हुलाकी राजमार्गको निर्माण  , सवै गाउँमा बाटोको निर्माण, सवै गाँउमा व्यवस्थित संचार र प्रत्येक गाबिसमा एम्बुलेस तथा प्रत्येक क्षेत्रमा वारुणयन्त्रको व्यवस्था लगायतको माँग राखी सशक्त आन्दोलको तयारीमा रहेको समितीले  एजेण्डासंग मिल्ने बामपन्थी तथा लोकतन्त्रबादी राजनितीक शाक्तिहरु, आदिवासी जनजाती र मधेशका अन्य राजनितीक दल तथा संघ संगठनहरु संग मोर्चा बनाएर अघि बढने समेत जनाएको छ । 
                         पत्रकार सम्मेलमा समितीको संयोजक मातृका यादव, सहसंयोजक गोपाल ठाकुर,प्रवक्ता बलराम  यादव,कोषाध्यक्ष  भरत साह , सदस्यहरु परमान्द वर्मा, रामलौट तिवारी, घनश्याम यादव,छोटेलाल यादव ,ई. नुरुलहोदा अंसारी लगायतको उपस्थिती रहेको थियो ।  वीरगंजमा  बसेको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितको पहिलो बैठकले  मातृका यादवको संयोजकत्वमा ३४ सदस्ययी कार्यसम्पादन समिती , भरत साहको संयोजकत्वमा ३ सदस्ययी आर्थिक समिती, डा. रामकेवल साहको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिती,देवेन्द्र यादवको संयोजकत्वमा बिदेश बिभाग गठन भएको सह संयोजक एवं पुर्व सभासद गोपाल ठाकुरले बताए । आउँदो माघ ७ गते मधेसमा पर्ने सम्पुर्ण जिल्लामा बिरोध सभा गर्ने निर्णय गरेको प्रवक्ता बलराम यादवले बताए ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    14 January, 2015

    महिला हिंसा न्युनिकरणका लागि विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण ।


    पुस ३० पर्सा 
    महिला हिंसा न्युनिकरणको लागि काम गर्दै आएको एक्सन एड इन्टरनेशनलको सक्षम परियोजना र एक्टिभिष्टा नेपालको संयुक्त आयोजनामा आज वीरगंज पब्लिक कलेजका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कलेजका ६० जना विद्यार्थीहरुलाई महिलाहरुमाथि हुने दुव्र्यवहार रोक्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा पर्सा जिल्लामा सार्वजनिक स्थानमा हुने गरेको महिला हिसाँको बारेमा जियालाल साह र निरज पिठाकोटेले तयार पारेको बृतचित्र समेत देखाईएको थियो । जसमा यस जिल्लामा सार्वजनिक स्थान बस, सुनसान गलि र विषेश गरि चिसोको समयमा विहान कलेज जाने विधार्थीहरु कुनै न कुनै प्रकारको हिसाँमा परिरहेको जनकारी गराईएको थियो ।  अभिमूखिकरण कार्यक्रममा सक्षम परियोजनाका कार्यक्रम प्रमुख श्रीला सरकार र एक्टिभिष्टाका अमिना पौडेलले सहजीकरण गर्नुभएको थियो । यसैबीच कलेजमा भएको विद्यार्थीहरुको भेलाले बीरगञ्ज एक्टिभिष्टा नामक समुह गठन गरेको छ । नवगठित समुहको संयोजकमा शिक्षा थापा, सहसंयोजकमा प्रभात कुमार दास, प्रतिवेदकमा सुरज कुमार विश्वकर्मा रहनुभएको छ । त्यस्तै सञ्चार संयोजकमा सहजाद हवारी कोषाध्यक्षमा खुश्बु जोशी, फोटो तथा भिडियोमा जीयालाल साह र समाचार संयोजनमा माधुरी महतोलाई चयन गरिएको सक्षम परियोजनाकी कार्यक्रम प्रमुख श्रीला सरकारले जानकारी दिनुभयो । एक्टिभिष्टा समुहको सदस्यहरुमा सोनाम सर्राफ, तनमई प्र। पटेल, तुहिन राज, रीमा कुश्वाहा, रिंकी रौनियार रहेका छन् ।







    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    ब्लड डोनर्स एशो्सियसनमा पुन नेपाल सर्वसम्मत चयन

    पुस ३० पर्सा
    ब्लड डोनर्स एशो्सियसन पर्साको आज सम्पन्न साधारणसभाले शत्रुघन नेपालकै अध्यक्षता सर्वसम्मत नया कार्यसमितीको चयन गरेको छ । रक्तसंचार केन्द्र वीरगंजमा सम्पन्न साधारणसभाले अध्यक्ष नेपाल, उपाध्यक्ष अमित श्रेष्ठ, सचिव अरबिन्द सिंह, कोषाध्यक्ष रोशनी श्रेष्ठ, सहसचिव उमेश गुप्ता र सदस्यहरु मनोज साह, विदुर गुप्ता, सुदिप लामा, अजय कुशवाहा, लक्ष्मी खरेल, कविता मैनाली, मायामितु न्यौपाने, धिरेन्द्र थापा, निशान्त लामिछाने रहने गरी नया कार्यसमिती सर्वसम्मत चयन गरेको छ । साधारण सभाले डाक्टर दिपक शाक्य, मधु रााणा, जीतेन्द्र पुरुष ढकाल, श्याम बन्जारा, प्रदीप केडिया, प्रवीण मानन्धर, मदन गुप्तालाई सल्लाहकार समितीमा चयन गरेको छ ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    इसाईको इशारामा हिन्दु राष्ट्र हटाइयो, माघ ४ गते पथलैया बन्द गर्ने चेतावनी


    बारा ३० गते पुस,
    नेपाल साधु महासंघ केन्द्रिय कार्यालयद्धारा आज कलैयामा पत्रकार सम्मेलन गरि २०६३ साल जेठ ४ गते सुनियोजित तरिकाबाट नेपालमा हिन्दू राष्ट्र हटाएकोमा कडा आपत्ति जनाएका छन् ।
    साधु महासंघका केन्द्रिय संरक्षक बाबा सेवक सौरभनाथले ईसाई धर्मावलम्बीहरुको इशारामा र नेपालका आफुलाई ठूला भनाउदा नेताहरुले पैसा खाएर नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको आरोप लगाए । विश्वको १०० करोड हिन्दूहरुको एक मात्र हिन्दू राष्ट्र नेपाल आस्थाको केन्द्र रहेको बताउदै हाल नेपालमा ८ हजार १ सय चर्च बनाई इसाईहरुले तीव्र गतिमा धर्म परिवर्तन गराई रहेको बताएका थिए ।
    नेपाललाई हिन्दु राष्ट्र कायम नगरिए सम्म नेपाल साधु महासंघले आन्दोलन जारी राख्ने बाबा सौरभनाथले बताए ।
    पत्रकार सम्मेलनमा साधु महासंघ केन्द्रिय अध्यक्ष मदन मोहनदास, महासचिव झण्डा बाबा, वरिष्ठ सल्लाहकार रामकिशुन बाबा, बारा जिल्ला अध्यक्ष महेन्द्र दास वैरागी लगायतको उपस्थिति रहेको थियो । रिर्पोटर्स क्लब बाराका अध्यक्ष सिकेन्द्र पासवानको सभापतित्वमा सम्पन्न कार्यक्रम अनिल गुप्ताले सहजीकरण गरेका थिए । नेपाल साधु महासंघले माघ ४ गते पथलैयामा राजमार्ग बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    समर्पणद्वारा सय रिक्सा चालकलाई ज्याकेट सहयोग ।


    पुस ३० पर्सा 
              समर्पण सेवा संस्थाले आज एक सय जना रिक्सा चालकलाई जाडोमा न्यानोका लागि ज्याकेट वितरण गरेको छ । संस्थाले सामाजिक उत्थानका लागि सकारात्मक सोचको विकाससंगै समाजको सृजनामा मानविय सेवा सबै भन्दा ठुलो सेवाको धेयले रिक्सा चालकहरुलाई ज्याकेट वितरण गरेको थियो । 

     कार्यक्रममा सभासद श्याम टिवडिवाल, पुर्व सभासद ओमप्रकाश शर्मा, बरिष्ठ पत्रकार जगदिश शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रहरी उपरिक्षक दिवेश लोहनि, पत्रकार केसि लामिछाने लगायतले रिक्सा चालकहरुलाई ज्याकेट वितरण गर्नुभएको थियो । 

    कार्यक्रम स्थल रिक्सा चालकको अवस्था दयनिय रहेको थियो उनिहरुलाई सुत्ने कोठा खुला चौरमा पराल ओछयाएर, परालको चटाई ओढेर सुत्ने गरेका छन् । रिक्सा चालकहरु यस्तै अरुकोहि सहयोगि हातले ओढने कम्बल सहयोग गरिदिए यसपालिको जाडो कटने एक रिक्सा चालक संतोष कुमारले बताए । 

     ज्याकेट पाएका रिक्सा चालकहरु निकै खुसि भएको देखिन्थ्यो । 

     कार्यक्रमको संचालन शशि विचित्रले गरेका थिए । भने कार्यक्रम समर्पण सेवा संस्थानका अध्यक्ष विश्वनाथ साहको सभापतित्वमा समपन्न भएको थियो । 






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    13 January, 2015

    विद्यार्थीलाई जुत्ता


    पुस २९ पर्सा 
    वीरगंजस्थित बिभिन्न लायन्स क्लवले संयुक्त रुपमा मंगलबार वीरगंज कारागारस्थित समता स्कुलका विद्यार्थीलाई जुत्ता, मोजा र स्टेशनरी सामग्री बितरण गरेका छन् । 
    लायन्स क्लवका संस्थापक मेल्विन जोन्सको जन्मदिनको अवसरमा विद्यालयका ७८ विद्यार्थीलाई जुत्ता मोजा र स्टेशनरी उपलब्ध गराइएको हो । उक्त अवसरमा लायन्स क्लवमा आबद्ध विनित जैसवाल, डिएन अग्रवाल, आकाश सर्राफ, मनोज बावरी, मनिष सिस्का, मनोहर टिवडेवाल लगायतकाले ती सामग्री हस्तान्तरण गरेका थिए । कारागारका जेलर गोपाल प्रसाद बराल, युवा समाजसेवी दिलिपराज कार्की लगायतकाले लायन्स क्लवले देखाएको मानवताको प्रशंसा गरेका थिए ।  

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    समतालाई पुस्तकालय सामग्री


    पुस २९ पर्सा,
    नेपाल ब¨लादेश बैंक वीरगंज शाखाले वीरगंज कारागारस्थित समता स्कुललाई पुस्तकालय संचालन गर्न मंगलबार बिभिन्न सामग्री बितरण गरेको छ । बैंकले कार्पेट, आधा दर्जन कुर्सी र १ थान किताब राख्ने दराज स्कुललाई उपलब्ध गराएको हो । 
    शाखा प्रमुख प्रमिला मानन्धरले विद्यालयकी प्रिन्सिपल रविना खातुनलाई ती सामग्री हस्तान्तरण गरेकी थिइन् । मानन्धर, कारागारका जेलर गोपालप्रसाद बराल, बैंकका कर्मचारी चन्द्र ढुंगानाले कैदीबन्दीका छोराछोरी अध्ययन गर्ने स्कुललाई समाजले यसरीनै सहयोगी हातहरु अघि बढे  विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धी हुने बताए । कार्यक्रमको सहजीकरण दिलिपराज कार्कीले गरेका थिए । 




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    Preeti to Unicode COnverter


    © Preeti to unicode





    Preeti to Unicode COnverter

    आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    ३० दलिय गठबन्धनको दास्रो दिन बन्दले जनजीवन प्रभावित झण्डै ५० करोड राजश्व उठनन् ।


    पुस २९ पर्सा 
    ३० दलिय गठबन्धनले अहवान गरेको बन्दको प्रभाव आज दोश्रो दिनपनि वीरगंजमा पुर्ण रुपले प्रभाव परेको छ । जिल्ला स्तरिय ३० दलिय गठबन्धनले विहान देखि वीरगंज आसपासमा एम्बुलेन्स, प्रेस, दुद्ध बोकेको गाडी, कुटनितिक नियोगको सवारी साधान बाहेक कुनै पनि सवारी साधनहरु चलन दिएका छैनन् । 
    हिजो अनुपातमा गठबन्धनका कार्यकर्ताहरु सडकमा कमै देखेपनि आज सहरको मुख्य मुख्य चोकमा टायर बालेका छन् भने प्रहरी मुख दर्शक बनेको देखिन्छन् । नेता कार्यकर्ताहरु वीरगन्जको विभिन्न चोकमा हातहातमा झण्डा राखि गाडि तथा पसलहरु बन्द गराएका छन् । बन्दको मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले व्यापक रुपमा प्रहरी परिचालन गरेका छन् । बन्दमा सहभागि नेता तथा कार्यकर्ताहरुले मधेश बन्द सफल पारौ, मधेशी एकता जिन्दावाद, पहिचान सहितको संघीयता र संघीयता सहितको सविधान जारी गर लगायतको नाराहरु लगाउदै हिडेका छन् । 
    बन्दका कारण आज दास्रो दिनपनि वीरगंज भन्सार कार्यलय र सुख्खा बन्दरगाह सिर्सियाबाट जाने सयौं ट्रकहरु रोकिएका छन् भने भन्सारबाट मात्रै दैनिक २५ करोड उठने राजश्वमा आज झण्डै ५० करोड राजश्व उठन सकेनन् ।





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    12 January, 2015

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन समपन्न अध्यक्षमा केडिया निर्विरोध ।



    वीरगञ्ज, २८ पौष÷
    वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आज सम्पन्न पदाधिकारी निर्वाचनमा अध्यक्षमा प्रदीपकुमार केडिया, वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश शर्मा, द्वितीय उपाध्यक्षमा गोपाल केडिया, कोषाध्यक्षमा सुनिलकुमार खेतान, सचिव (वाणिज्य) मा दीपककुमार टिबडेवाल, सचिव (उद्योग) मा अनिल अग्रवाल (पटवारी), सह–कोषध्यक्षमा प्रेमचन्द गोयल, सह–सचिव (उद्योग) मा अरविन्द्र अमात्य निर्विरोध निर्वाचित भएका छन् भने महासचिव र सह–सचिव (वाणिज्य) पदका लागि निर्वाचन भएको छ । 
    निर्वाचनमा महासचिव एक पदका लागि दुई जना उम्मेदवार सुरेशकुमार अग्रवाल र माधव राजपाल तथा सह–सचिव (वाणिज्य) पदका लागि पनि दुई उम्मेदवार नरेशकुमार टिबडेवाल र मनोजकुमार शर्माको उम्मेदवारी रहेकोमा महासचिव पदमा सुरेशकुमार अग्रवाल र सह–सचिव (वाणिज्य) मा मनोजकुमार शर्मा निर्वाचित हुनु भएको छ । 
    सङ्घको विधान अनुसार १२ जना पदाधिकारी रहने गरी व्यवस्था भए बमोजिम निवर्तमान अध्यक्ष स्वतः पदाधिकारीमा आउने तथा तृतीय उपाध्यक्ष अर्थात् रोजगारदाता समितिका संयोजकको मनोनयन नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने व्यवस्था रहेको कुरा प्रमुख निर्वाचन अधिकृत बालमकुन्द खरेलले बताउनु भयो ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    Scroll to Top