• नयाँ खबर

    29 February, 2016

    किसानले अब फोनबाटै विज्ञसँग सल्लाह लिन पाउने

    काठमाडौँ, १७ फागुन । किसानले कृषि र पशुपक्षीको व्यवसायमा आइपर्ने कठिनाइका सम्बन्न्धमा आजदेखि विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न पाउने भएका छन् ।
    अवकाशप्राप्त कृषि प्राविधिक, विश्वविद्यालयका विज्ञ एवम् अनुसन्धानकर्ताको ज्ञान र सीपलाई किसान समक्ष पु¥याउन कृषि विकास मन्त्रालयले आजबाट किसान ‘कल सेन्टर’लाई प्रयोगमा ल्याएको हो । पर्वतको चुहाबाट राजेश रिमाल क्षेत्री ९आरसी०ले कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलसँग प्रत्यक्ष कुराकानी गरेपश्चात औपचारिक रुपमा किसान कल सेन्टरलाई प्रयोगमा ल्याइएको हो ।
    आज कृषि सूचना तथा सञ्चार केन्द्रमा स्थापित किसान कल सेन्टरवाट कृषि मन्त्री हरिबोल गजुरेलले पर्वतका आरसीले राखेको कृषि आयोग गठन सम्वन्धमा राखेको जिज्ञासालाई सम्वोधन गर्नुभएको थियो । कृषिमन्त्री गजुरेलले आरसीसँग प्रत्यक्ष कुरा गर्दे कार्यविधि तयार भई मन्त्री परिषद्मा पेस भइसकेको बताउनु हँुदै किसानले १३३ सेवा केन्द्र र २५५ उपसेवा केन्द्रबाट भनेकै समयमा अनुदानको रासायनिक मल प्राप्त गर्ने जानकारी दिनुभयो ।
    यसअघि कृषि विकास मन्त्रालयले विसं २०२३ मङ्सिर २५ बाट रेडियो नेपालमा र २०५६ सालमा नेपाल टेलिभिजनबाट कृषि कार्यक्रम सञ्चालनको सुरुवात गरेको थियो । सो कार्यक्रममा किसानले विज्ञसँग सवाल–जवाफ गर्न पाउँदैनन् । कृषिप्रसार सेवालाई व्यापकता दिने उद्देश्य अनुरुप सुरुवात गरिएको किसान ‘कल सेन्टर’ हप्तामा तीन दिन सञ्चालनमा आउने कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले राससलाई जानकारी दिनुभयो ।
    किसानले १६६००१९५००० मा फोन गरी विज्ञसँग आफ्नो समस्या सिधा राख्न सक्छन् । सो कलमा टेलिफोन गर्दा किसानले कुनै शुल्क तिर्नु पर्दैन । हप्तामा आइतबार, मङ्गलबार, र बिहीबार ११ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म किसानले विज्ञसँग कृषि, कृषि प्रविधि, कृषि बीउबीजन, मलखाद, र कृषि यान्त्रिकीकरणका सम्बन्धमा प्रत्यक्ष खोजीनीति र किसानसँग दोहोरो कुराकानी गर्नसक्ने छन् ।
    सेन्टरको दैनिक व्यवस्थापकीय कार्य सञ्चालनका लागि कृषि सेवामा कार्यरत वरिष्ठ कृषि अधिकृत एक, प्राविकधिक सहायक एक र अन्य एक सहयोगी कर्मचारी कृषि विकास मन्त्रलायबाट काजमा खटाई कार्य प्रारम्भ गरिएको हो । कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने प्रविधिबारे किसान, कृषि उद्यमी कृषि व्यवसायी, कृषिप्रसार तथा अन्य सरोकारवालालाई जानकारी गराउने, कृषि उपजको सम्भाव्य बजार, कृषिमा आधारित संरक्षण एवम् प्रशोधन प्रविधि किसानबाट प्राप्त गुनासो सङ्कलन गर्न आवश्यक व्यवस्था मिलाइने भएको कृषि सचिव उत्तमकुमार भट्टराइले जानकारी दिनुभयो । रासस

    डान्सबारमा विकृति, अब साडी र कुर्ता सलवार मात्रै ! अश्लील हर्कत गर्न नपाइने

    धनगढी, १७ फागुन । कैलाली सदरमुकाम धनगढीमा सञ्चालिन डान्सबारमा काम गर्ने महिलाले साडी र कुर्ता सलवार लाउनुपर्ने भएको छ ।
    डान्सबारमा विकृति बढ्दै गएको भन्दै ब्यवस्थित गर्न स्थानीय प्रशासनले सो निर्णय गरेको हो । डान्सबारलाई नियमन गर्न भन्दै आचारसंहिता समेत बनाएको छ ।
    प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चपागाईको अध्यक्षतामा बसेको बैठकले डान्सबारहरलाई व्यवस्थापन र नियमन गर्न आचारसंहिता निर्माण गरेको हो ।
    जसमा डान्सबार संचालनका लागि विभिन्न निकायबाट लिनुपर्ने इजाजत अनिवार्य रुपमा लिनुपर्ने, नेपाल सरकारको विभिन्न निकायमा तिर्नुपर्ने कर अध्यावधिक गर्ने, राती १० बजे अनिवार्य रुपमा बार बन्द गर्नुपर्ने, कर्मचारीहरुको व्यवस्थित विवरण राख्नुपर्ने, कर्मचारीहरुको लागि अनिवार्य परिचयपत्रको अनिवार्य व्यवस्था गर्ने, बार भित्र भद्र पोशाक ९साडी, कुर्ता सुरुवाल० को व्यवस्था गर्ने, बारमा महिला र पुरुषको बासस्थान अलग(अलग ठाउँमा राख्ने, कार्यरत कर्मचारीहरुको पारिश्रमिक पारदर्शी हुने गरी राख्नुपर्ने भनिएको छ ।
    त्यस्तै, मूल्यसूची प्रष्ट देखिने गरी मेनुको व्यवस्था गर्ने, साउण्ड सिस्टम राख्दा अरुलाई असर नपर्ने गरी व्यवस्थापन गर्ने, उत्तेजित र अश्लिल व्यवहारमा प्रस्तुत नहुने, ग्राहकहरुको सवारी साधनको पार्किङ र सवारी साधनको सुरक्षाको व्यवस्था मिलाउने, ग्राहकहरुले बारेमा कार्यरत महिला कर्मचारीहरुमाथि अभद्र र अश्लिल व्यवहार नगर्ने र ग्राहकलाइ असर पर्ने गरी धुम्रपान गर्न नपाइने आचारसंहिता बनाइएको छ । बैठकले निर्माण गरिएको आचारसंहितालाई अनिवार्य रुपमा अबलम्बन गर्न निर्देशन समेत दिएको छ । - चक्रपथ

    एसिड पीडित सीमाको जीवनमा यसरी फर्किंदैछ खुसी (फोटो कथा


    काठमाडौं, १७ फागुन, नयाँ बानेश्वरस्थित नोबेल कलेजको गेटमा भेटिएकी सीमा बस्नेतलाई देख्दा गतसाल बसन्तपुरमा भएको कहालीलाग्दो एसिड काण्ड एकाएक सम्झना आयो । एसिडले डढेर बिग्रेको उनको अनुहार विस्तारै आफ्नै रंगमा फर्कंदै थियो । त्यसबाहेक उनको ओठमा फैलिएको मुस्कानले डंढेलो लागेको मैदानमा पनि फेरि मुनाहरु पलाउन सक्ने रहेछन् भन्ने लाग्यो ।
    आफ्नो जीवनलाई कहालीलाग्दो मोडमा पुर्याइदिने त्यस दिनको घटना बिर्सिरहेकी थिइन् सायद, त्यसैल उनको मुद्रामा खुसी सल्बलाएको थियो । नत्र पीडाको बोझ बोकेर मान्छे मुस्कुराउनै सक्दैन, मुस्कुरायो भने पनि त्यसमा प्राकृतिक रंग भरिएको हुँदैन । 
    एसिड आक्रमणपछि वीर अस्पतालमा उपचाररत सीमा
    कलिलो उमेरकी सीमा त्यस दिन बसन्तपुरमा ट्युसन पढ्दै थिइन् । त्यसैबेला संगीता र सीमामाथि एसिड प्रहार भयो । ठीक त्यसबेलासम्म उनको निकट भविश्यको एकमात्रै सपना थियो–एसएलसीमा राम्रो नम्बर ल्याएर पास गर्ने । तर, घटना लगत्तै उनको सबै बदलियो । एसिडले दुवैको अनुहारमा नराम्रोसँग क्षति गर्यो । अनुहारमा भएको क्षति त सबैले देखे तर, मानसिक क्षति न देख्न सकिन्थ्यो, न सामान्य तबरले त्यसको पूर्ति नै सम्भव थियो ।

    साथी संगीतालाई लक्षित गरी एसिड प्रहार गरिएको थियो । तर, संगीतासँगै रहेकी सीमा बस्नेत पनि सिकार भएकी थिइन् । त्यसबेला सीमालाई आफ्नो जिन्दगी नै सकिएको महुसस भएको थियो ।
    भर्खरसम्म खुसी देखिएकी सीमाको अनुहारबाट त्यस घटना सम्झनासाथ खुसी हरायो । ‘अब मेरो जीवन सकियो भन्ने लागेको थियो, तर अस्पतालबाटै एसएलसी दिन पाएँ’ सीमाले भनिन्, ‘बाहिर देखिने खुसी मेरा सबै फर्किएका छन्, तर जतिबेला त्यो घटना सम्झन्छु, भित्रबाट आउन खोजेका मेरा सबै खुसी गायब हुन्छन् ।’   
    त्यसपछि उनी उपचारका लागि ३७ दिन अस्पताल बसिन् र अस्पतालबाटै एसएलसी परिक्षा दिइन् ।  एसएलसीमा ६२ प्रतिशत अंक ल्याएर उत्तिर्ण भइन् । अहिले उनी बानेश्वरस्थित नोबेल कलेजमा ११ कक्षामा पढदै छिन् ।
    यसबीचमा उनलाई देशका थुप्रै उच्च पदस्थ व्यक्तिले भेटे । धेरैको माया, हौसला पाएर आज उनी सामान्य जीवनमा फर्केकी छिन् । एसिड काण्डको एक वर्षपछि अहिले उनी कुन अवस्थामा छिन्, के गर्दै छिन् रु उनकै शब्दमा–
    • यसरी भयो जीवन परिवर्तन

    त्यो दिन बिर्सेका बेला म अरु भन्दा खुसी नै देखिन्छु । जव त्यो घटना मनमा आउँछ, अरुले बाहिरबाटै देखिनेगरी मेरो अनुहार बदलिएको पाउँछु । मेरा लागि त्यो कालो दिन थियो । आज–भोलि कहिलेकाहीँ सम्झँदा पनि जिउ नै सिरिंङग हुन्छ । आफ्नो भविष्य कसरी राम्रो बनाउने भनेर पढिरहेकी थिएँ । तर, ममाथि वज्रपात भो । मेरो पढाइ राम्रै थियो । एसएलसी दिने अन्तिम अवस्थामा थिएँ ।
    त्यहीबेला शारीरिक र मानसिक पीडा खेप्नुुपर्यो । अभिभावक र अन्य व्यक्तिको हौसलाले मैले अस्पतालको ओछ्यानबाटै एसएलसी दिएँ । ६२ प्रतिशत अंक आएको छ । मलाई लाग्छ, यदि त्यो घटना नभएको भए कम्तीमा ८० प्रतिशत आउँथ्यो ।
    त्यतिबेला मैले गायिका बन्ने सपना बोकेकी थिएँ । कक्षामा साथीसँग गीत गाउथेँ । स्कूलका कार्यक्रममा पनि गीत गाउथेँ । त्यो घटनापछि मैले आफ्नो उद्देश्य परिवर्तन गरेकी छु ।
    • राजनीतिमा रुचि

    अहिले मलाई राजनिति गर्ने इच्छा जागेको छ । अहिले बुझ्दै छु, हाम्रो समाज धेरै पछाडि रैछ । गरिवी र अशिक्षाले अनेकौँ समस्या आउँदा रहेछन् । त्यसैले राजनीतिमा लागेर एउटा सक्षम समाज निर्माण गर्ने र अन्यायमा परेका सबैको अधिकारका लागि लड्ने योजना बनाएकी छु । सबैभन्दा पहिले त आफ्नो पढाई पूरा गर्नु छ । अहिले बानेश्वरस्थित नोबेल कलेजमा ११ कक्षामा पढ्दै छु । प्लस टु सकेपछि राजनीतिशास्त्र पढ्छु । एसिड घटनापछि मलाई धेरै राजनीतिज्ञले भेट्नुभयो । धेरै विद्यार्थी नेताले पनि भेट्नुभएको थियो । म अस्पताल हुँदा र अस्पतालबाट फर्केपछि खासगरि अनेरास्ववियुका विद्यार्थी नेताहरुको सहयोग पाएँ । नविना दिदि लगायत अन्य सबै अग्रजले मलाई हौसला दिनुभएको छ । उहाँहरूबाट मैले प्रेरणा लिएकी हुँ ।
    • जिन्दगीको नयाँ मोड

    त्यो घटनापछि मेरो जिन्दगीले पूरै नयाँ मोड लियो । जे भयो त्यसलाई मेट्न सकिंदैन, सकेसम्म बिर्सने प्रयास गर्छु, तर मेटिंदैन जीवनबाट त्यो घटना । अहिले लाग्दैछ, जीवनमा दुुःखद घटना आउँछन् । तर, जस्तोसुकै दुुःखबाट पनि उठ्नुपर्दो रहेछ । त्यो घटनापछि आफूलाई मरेतुल्य पाएकी थिएँ । तर, बाँच्न सघाउने सोचाई पनि सँगसँगै आउँदा रहेछन् । घटनापछि मैले नयाँ पनि केही जान्ने अवसर पाएँ जस्तो लाग्छ । अहिले धेरैको मायाँ र हौसला पाएकी छु । धेरैको सहानुुभूति पनि पाउँछु । धेरैले ख्याल गर्नुहुन्छ । बाटोमा हिँड्दा पनि कति मान्छेले सहानुभूति दर्शाउनुुहुन्छ । फोटो खिचाउन मन गर्नुहुन्छ, हौसला दिने कुरा गर्नुहुन्छ । यस्तो हुँदा खुसी लाग्दो रहेछ । कलेजले पनि मलाई निःशुल्क पढाइरहेको छ । जिन्दगीमा केहि गरेर देखाउँछु भन्ने हिम्मत बढेको छ ।
    सबै कुरा राम्रो हुँदाहुँदै पनि कहिले काहीँ मन खिन्न हुन्छ । घटना सम्झँदा आफूलाई सम्हाल्न सक्दिनँ । हाम्रो परिवार आर्थिक रुपमा निकै कमजोर छ । बाबाले सुन पसलमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । काठमाडौंको बसाई धेरै अप्ठ्यारो छ । मलाई अहिले पनि मासिक तीन हजारको औषधी लगाउनु पर्छ । त्यहि पैसा जुटाउन पनि हामीलाई धौ धौ छ । 

    आमा चिन्ता गर्नुहुन्छ, भन्नुहुन्छ– तँलाई धेरै पढाएर राम्रो ठाउँमा घरबार गरिदिने रहर थियो, तर, अब गाह्रो हुन्छ होला । जस्तो पायो त्यस्तै केटाले बिहे गर्दैन भनेर चिन्ता लिनुहुन्छ । म आमालाई सम्झाउँछु ।
    घटना ताजा हुँदा धेरै संघसंस्था र व्यक्तिहरूले सहयोग गर्ने भन्नुभएको थियो । तर घटना सेलाउँदै गएपछि प्रतिवद्धता भएका सहयोग पनि पाएकी छैन ।
    • किन घट्छन् यस्ता घटना

    यो दुुःखद घटना हो । यस्तो घटना घटाउने अपराधी नै हो । उसले सजाय पाउनैपर्छ । यो घटनापछि एसिड आक्रमणकारी ९जीवन विक०को बयान पनि पढ्न पाएँ । त्यसमा कति सत्यता छ, मलाई थाहा छैन । तर, मैले के बुुझेँ भने, गरिब देश, जहाँ विभेद, गरिबी र अशिक्षा छ, त्यहाँ यस्ता घटना घट्दा रैछन् । हुन त जति समृद्ध देशमा पनि नयाँ–नयाँ अपराधका घटना भइरहेका हुन्छन् । तर, यस्ता घटना घट्नुमा समाज र राज्य नै दोषि हुन्छ जस्तो लाग्छ । यसमा समाजका सबै मानिस सचेत हुनुपर्छ ।- शब्द र तस्बिर : कृष्ण पौड्याल - चक्रपथ

    प्रमुख पार्टी कार्यालयका कर्मचारी कति तलब खान्छन् ?

    •  कांग्रेस
     काठमाडौं,१७ फागुन– लोकतान्त्रिक प्रणालीमा राजनीतिक पार्टीले नै मुलुकको नेतृत्व सम्हाल्ने पद्दति हुन्छ । मुलुकको शासन प्रशासनको नेतृत्व लिएर नयाँ र आधुनिक प्रणालीमा ढाल्ने राजनीतिक पार्टीहरुका केन्द्रीय कार्यालयका प्रशासनिक ब्यवस्था भने गैर ब्यवसायिक छन् । संसदको दोस्रो ठूलो पार्टी एमाले बाहेक कुनै पनि पार्टीमा कर्मचारीको छनौट,  ब्यवस्थापन, सेवा सुविधा र शर्त अपारदर्शी छन् ।
    एमालेले भने पार्टी सदस्य मध्येबाटै कर्मचारी भर्तीको खुला आमन्त्रण गर्छ र सरकारी सरहको सेवा सुविधा दिन्छ अनि स्थायी नियुक्ति दिएका सबै कर्मचारीलाई संचयकोषको सुविधा सहित हरेक महिनाको २५ गते बैंक खातामा तलव दिन्छ । अन्य पार्टीहरुको कर्मचारी ब्यवस्थापन गैर ब्यवसायिक र भद्रगोल देखिएको छ । कतिपय पार्टीले त कर्मचारी प्रशासन नै नभएको र कर्मचारीको सेवावारे भन्न नसकिने वताए । संसदमा प्रतिनिधित्व गर्ने मुख्य ५ पार्टी, कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका केन्द्रीय कार्यालय चलाउने कर्मचारीको ब्यवस्थापन कस्तो छ रु उनीहरुको सेवा सुविधा कसरी निर्धारण गरिएको छ ?
    • कांग्रेस

    नेपालको पुरानो मानिएको र संसदको पहिलो राजनीतिक दल रहेको नेपाली कांग्रेस पार्टी मात्रै पुरानो होइन कर्मचारी र कार्यकर्ता ब्यवस्थापनमा पनि पुरानो नै देखिएको छ । सबैभन्दा ठूलो तर, अब्यवस्थित पार्टीका रुपमा कांग्रेसको कर्मचारी ब्यवस्थापनले देखाएको छ । अन्य पार्टीको तुलनामा कांग्रेस केन्द्रीय कार्यालयमा धेरै स्टाफ छन् ।  कांग्रेस केन्द्रीय कार्यालयमा २१ जना कर्मचारी कार्यरत छन् । पार्टी कार्यालय सानेपामा कार्यरत तीमध्ये कसैको  जागिर स्थायी छैन । तल्लो तहमा पियन देखि माथिल्लो तहमा सहसचिव र मुख्यसचिवसम्म कांग्रेस कार्यालयमा छन् । मासिक ८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म कांग्रेसका कर्मचारीले तलब थाप्ने गरेका छन् । कार्यालय सचिव प्रदिप पराजुलीका अनुसार ती सबै कर्मचारी अस्थायी हुन् । ‘सबेै कर्मचारी अस्थायी हुन्’ उनले भने ।
    कांग्रेस कार्यलयमा कार्यरत सबै कर्मचारी पार्टी सदस्य छन् । कांग्रेसको कर्मचारी रहेका कार्यकर्ता पार्टीमा काम हुन्जेल काम गर्छन् । पार्टीबाट पाएको भन्दा  राम्रो सेवा  सुविधा अन्यत्र पाए उनीहरु कार्यालयको जागिर छोडेर हिंड्छन् । पराजुलीका अनुसार नेपाली कांग्रेसले कर्मचारी कल्याणकारी कोषको व्यवस्था गरेको छ । भैपरी आउने समस्या टार्न त्यही कोषबाट खर्च गरिने गरेको उनले वताए ।
    ‘कल्याणकारी कोषले अप्ठयारो पर्दा सबैलाई सहयोग गर्छ’ कार्यालय सचिव पराजुलीले भने, ‘तर कर्मचारीका लागि संचयकोष या अन्य सुविधा भने छैन ।’ कांग्रेस ठूलो पार्टी भएकाले आम्दानी पनि राम्रै छ । सांसदबाट लेवी, मन्त्री राजनीतिक नियुक्ति क्रियाशील सदस्यता लगायतबाट पार्टीलाई आम्दानी हुने गरेको छ । त्यही रकम पार्टीको कार्यलयमा पनि खर्च हुने उनले बताए ।
    • एमाले

       

     संसदको दोस्रो ठूलो पार्टी नेकपा एमाले अन्य पार्टीहरुको तुलनामा एमाले बढी नै व्यवस्थित देखिन्छ । पुरानो पार्टी कार्यालय बल्खुमा भए पनि बैशाख १२ गते गएको भुकम्पले भवन भत्किएपछि  अहिले नयाँ कार्यालय धुम्बाराहीमा सारिएको छ । कार्यालयको सबै काम धुम्मबाराहीस्थित कार्यालयमै हुने गरे पनि बल्खुको  कार्यालयमा पनि तीन जना स्टाफ कार्यरत छन् । बल्खु र धुम्बाराही गरेर एमालेसँग १३ जना कार्यालय स्टाफ  छन् । 
    एमाले कार्यालयमा काम गर्ने सबै कर्मचारी स्थायी भएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । उनका अनुसार एमालेमा कर्मचारीलाई पनि सरकारी मापदण्ड अनुरुप नै ब्यवस्थापन गरिएको छ ।  एमालेले लोकसेवाको जस्तै  प्रणालीका आधारमा कर्मचारी नियुक्त गर्छ । ‘कर्मचारी राख्दा खुला सूचना आव्हान गरेर, लिखित र अन्तरवार्ता लिइन्छ’ कार्यालय सचिव श्रेष्ठले भने, ‘योग्यता र क्षमता जाँचेर नियुक्ति दिइन्छ तर आवेदन दिन आउने कर्मचारीले पार्टीको सदस्यता भने लिएको हुनुपर्छ ।’
    एमालेले यसरी नियुक्ती पाएका  कर्मचारीलाई संचयकोष सहित सरकारी कर्मचारी सरह विदा र सेवा सुविधा दिएको  छ । एमालेमा सबैभन्दा पुराना  कर्मचारी शान्ति श्रेष्ठ २४ बर्षदेखि कार्यरत छिन् भने चार पाँच बर्ष अघिदेखि कार्यरत नयाँ कर्मचारी पनि छन । न्युनतम १०  हजार रुपैयाँ देखि २१ हजार सम्म एमालेले कर्मचारीलाई तलव खुवाउँछ । हरेक महिनाको २५ गते तलव कर्मचारीको बैंक खातामा जम्मा गरेको छ ।
    सेक्युरिटीगार्ड,  गार्डेनर र इलेक्ट्रिसिटीमा कार्यरत कर्मचारी भने एमालेले करारका आधारमा राखेको छ । कार्यलय सचिव श्रेष्ठका अनुसार एमालेले कर्मचारीमा दलित, जनजाति, महिला, मधेशीको समावेसी मापदण्ड पनि अपनाएको छ । ‘नियम अनुसार नै समावेशी पनि अपनाइएको छ, कार्यालयको नियम पनि पूर्ण रुपमा ब्यवसायिक बनाएका छौं’ श्रेष्ठले भने, ‘कार्यालय समय कर्मचारीले पुरै समय कार्यालयलाई नै दिनु पर्छ ।’
    एमालेले प्रधानमन्त्री, मन्त्री, सांसद र पार्टीको सिफरिसमा नियुक्त भएका नेता कार्यकर्तालाई अतिरिक्त लेबि तोकेर आम्दानी गर्ने गरेको छ । जसमा प्रधानमन्त्रीले मासिक २५ हजार, उपप्रधानमन्त्रीले १६ हजार, मन्त्री र राज्यमन्त्रीले १४ हजार, सांसदले १३ हजार र राजनीतिक नियुक्ति लिने कार्यकर्ताले तलबको १० प्रतिशत लेवी पार्टीलाई बुझाउने ब्यवस्था मिलाएको छ । यस्तै पार्टी सदस्यता शुल्क  एमालेको आम्दानीको मुख्य स्रोत हो ।
    • एमाओवादी 

       

    दर्शवर्ष यद्धको नेतृत्व गरेको र शान्ति प्रक्रिया हुँदै सरकारको समेत नेतृत्व गरेको एमाओवादी संसदको तेस्रो पार्टी हो । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हाल १४ जना  कर्मचारी कार्यरत छन् । त्यहाँ कार्यरत कर्मचारीलाई न्युनतम १२ हजार देखि बढिमा २५ हजार रुपैयाँसम्म पारिश्रमिक दिने ब्यवस्था गरेको कार्यालय सचिव प्रकाश पोखरेलले बताए । 
    तर एमाओवादीका कार्यालयमा कार्यरत सवै कर्मचारी अस्थायी हुन् । पार्टी अफिसमा कार्यरत कर्मचारीका लागि अतिरिक्त कुनै सुविधा छैन । गाह्रो  साह्रो हँुदा पार्टीले सामान्य उपचार खर्च ब्यहोरिदिने भएकाले तलव बाहेक अन्य अतिरिक्त सुविधा कर्मचारीलाई नभएको कार्यालय सचिव पोखरेले वताए ।
    सबै कर्मचारी पार्टीकै कार्यकर्ता भएकाले कर्मचारी फेरिइरहने पनि उनले वताए । ‘सबै कर्मचारी पार्टीकै कार्यकर्ता हुन्, लामो समय कार्यालयमा बसेर काम गर्दैनन्’ पोखरेलले भने, ‘त्यसैले आवश्यकता अनुसार कर्मचारी फेरिइन्छन् ।’ माओवादी पार्टी कार्यालयमा कार्यालय  सहायकदेखि माथिल्लो तहमा सचिव पदसम्म रहेका छन्  । त्यहाँ काम गर्ने कर्मचारी अपाङ्ग, युद्धका घाईते र महिला भएको सचिव पोखरेलले वताए । त्यहाँ कार्यरत अस्थायी कर्मचारीका  लागि पनि पार्टीको  नियमित आम्दानी लेवी, मन्त्री र सांसदले बुझाउने लेवी, सदस्यता नविकरणबाट  लिने गरिएको बताए । 
    • राप्रपा नेपालः 

    राप्रपा नेपाल पनि  संसदको चौथो ठूलो शक्तिका रुपमा चिनिएको  छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा १० जना कर्मचारी कायरत छन् । न्युनतम मासिक ६ हजार ५ सयदेखि अधिकतम १४ हजार रुयैयाँसम्म तलब  लिने कार्यालय सचिव कर्ण माझीले वताए । उनका अनुसार सवै कर्मचारी अस्थायी हुन् । कर्मचारीका लागि केही सुविधा नभए पनि रापप्रा नेपाल अति नै प्रजातान्त्रिक ढंगबाट चलेको कर्मचारी बताउँछन् । कार्यालयमा व्यवसायिक स्टाफ छैनन् । ‘काम हुञ्जेल गर्छन् नभए छाडेर पनि गएका छन्’ माझीले भने, ‘विगतको तुलनामा अहिले पार्टीले आम्दानी पनि राम्रै गरेको छ ।’ अहिले सांसद, मन्त्री, केन्द्रीय सदस्यको लेवी उठ्ने गरेको छ । त्यसैलाई पार्टीको खर्चमा प्रयोग गर्ने गरेको पनि उनले बताए । 
    • लोकतान्त्रिक फोरमः

    मधेशी जनाधिकार फोरमको कार्यालयमा ५ जना कर्मचारी छन् । १५ हजारदेखि बढिमा ४५ हजार रुपैयाँसम्म तलब दिने गरेको कार्यालय सचिव परमानन्द मेहताले बताए । तीनकुनेमा रहेको पार्टी कार्यालयमा कार्यरत कर्मचारी सबै अस्थायी भएको उनले बताए । तर, अस्थायी भए पनि दशैं विदा या बिरामी हुँदा पाटीले सहयोग गर्ने पनि मेहताले वताए । कार्यालय समयमा सबैले विहान दश देखि चारबजेसम्म बस्नै पर्ने हुन्छ । सात बर्षअघि राखिएका सबै कर्मचारी हालसम्म कार्यरत छन् । मन्त्री, सांसदको लेवी र सदस्यता शुल्क, चन्दा संकलन लगायत आम्दानीको स्रोत भएको उनले बताए ।  कविता अधिकारी - चक्रपथ

    यसरी पक्राउ परे देउवा (दुर्लभ फोटो फिचर)



    काठमाडौं, १६ फागुन । १३ महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व लिन कसरत गरिरहेका वरिष्ठ नेता शेरबहादुर देउवाको दुर्लभ तस्वीर सार्वजनिक भएको छ ।

    सुदूरपश्चिमदेखि देशको प्रधानमन्त्रीसम्म बनेका देउवा अहिलेसम्म कांग्रेसको सभापति बन्न सकेका छैनन् । पञ्चायती व्यवस्था र शाही शासनविरुद्ध लड्ने क्रममा उनी पक्राउ परेका थिए ।
    राजनीतिक सुरु गरेदेखिका केही दुर्लभ तस्वीर फेला परेको हो । फागुन २० देखि २३ सम्म राजधानीमा हुने महाधिवेशनमा देउवा प्यानलै बनाएर निर्वाचनमा उत्रिदैछन् ।
    नेपालमा भएका ठूला ठूला राजनीतिक परिवर्तनमा देउवाको महत्वपूर्ण योगदान रहेको भन्दै कार्यकर्ताले यसपाली सभापति हेर्न चाहेको बताउने गरेका छन् । -दैनिक नेपाल
    हेर्नुस् दुर्लभ तस्वीरः

    सैनिकबाट धोका पाएकीले न्याय पाइनन्, उपहासको कथा बन्यो अदालतको फैसला


    फागुन १७, २०७२। तपाईंलाई लाग्नसक्छ कि अदालतजस्तो सम्मानित निकायबाट पीडितका पक्षमा फैसला भएत फैसलाको पक्कै कार्यान्वयन हुन्छ भनेर । अहँ।। त्यो पनि कहाँ हुँदो रहेछ र रु त्यसैले त ‘नेपालका कानुन दैवले जानुन’ भन्ने भनाई स्थापित भएको होला सायद । यहाँ यस्तै भएको छ । पुनरावेदन अदालत दिपायलमा परेको मुद्दामा पीडित भनिएका पक्षमा फैसला भए पनि पीडक भनिएका पक्षलाई कुनै कार्वाही भएको छैन ।
    प्रसङ्ग हो डोटीको बन्लेक गाविस ७ की लक्ष्मी विष्टको । हुन त यस्ता घटना गोपनियता र आत्मसम्मानका लागि सञ्चारमाध्यममा नआउनुपर्ने हो, तर पीडित विष्टले पत्रकार सम्मेलन आयोजना गरेरै मिडियाकरण गरिदन आग्रह गरपछि रहस्य सार्वजनिक गरिन लागिएको हो ।
    विष्टकै गाउँका तत्कालिन समयमा हनुमानध्वज गुल्म, भगतपुर ब्यारेक कञ्चनपुरमा कार्यरत सैनिक जवान टेक बहादुर धामीले करिब ४र५ वर्ष लामो सम्बन्धपछि प्रेम विवाह गरि वि।सं।२०६८ चैत्र मसान्तमा उनलाई कञ्चनपुरको कलुवापुरमा डेरा गरि राख्यो । झण्डै तीन महिनापछि गर्भवती भएकी उनलाई २०६९ पुष १२ गते सेती अञ्चल अस्पताल लगेर गर्भपतन गरायो ।
    आफ्नो नाम ठेगाना समेत अस्पताललाई जानकारी नगराएर मोबाईल नं। ९८४८४८०४८८ छोडेर बाहिरिए । त्यसपछिको केहिदिनसँगै बसेको र लगत्तै सम्पर्क विहीन अवस्थामा धामीले विष्टलाई छोडेर गएको पीडित बिष्ट बताउँछिन् । त्यसपछि भारतबाट फोन गरेर ‘तिमी आफ्नो घरमा जाउ, म ईण्डिया आईसके, मेरो घरपरिवारले तिमीलाई स्विकार्दैन, त्यसैले तिमी आफ्नो घर फर्क’ भनेको बिष्ट बताउँछिन् । त्यसपछि केहिदिनमै धामी वेहोसीपनमा कलुवापुरमा फर्केर डेरामा राखिएका लुगाकपडा, ग्याँस चुल्हो र भाँडाकुँडा, छिमेकीको घरमा राखेर गएपछि केहिदिन उनलाई घरबेटीले साहारा दिएको रुदै बिष्टले सुनाईन् ।
    त्यसबिचमा उनले विभिन्न बेलामा सेनाका विभिन्न निकायमा, प्रहरी चौकीमा, सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र, जिल्ला अदालत, पुनरावेदन अदालत सबै ठाउँ धाईन् । हुँदै गर्दा जिल्ला अदालत डोटीको मिति २०७० पुष ९ गतेको फैसला अनुसार टेकबहादुर धामी र लक्ष्मी बिष्टबिच लोग्ने स्वास्नीको नाता कायम समेत गरिसकेको सदर हुने गरि २०७१ असार २४ गते पुनरावेदन अदालत दिपायलले समेत फैसला गरेको छ ।
    नाता कायम भैसकेपछि यसबिचमा पीडित विष्टले माना चामल सम्बन्धी दिएको उजुरीका आधारमा वि।सं। २०७१ पुष २ गतेको जिल्ला अदालतको निर्णय अनुसार बिष्टलाई धामीले मिति २०७१ असोज १ गतेबाट लागु हुने गरि भरणपोषणका लागि मासिक रु।६ हजार उपलब्ध गराउनुपर्ने फैसला भएको देखिन्छ । तर बिष्टले आजका मितिसम्म कुनै रकम नपाएको उनले बताईन् ।
    उनका अनुसार सैनिक जवान धामीका बुबा हरि सिं धामी तत्कालिन समयमा नेपाली काँग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको असिग्राम गाविस रुवाखोलामा अवस्थित घरमा कामदार रहेको र उनले त्यतिबेला नै ‘तैंले के गर्न सक्छस्’ भन्दै धम्काएको स्मरण गर्दै गहभरी आँशु पारिन् । ठूलै पदमा आशिन जिम्मेवार व्यक्तिको संरक्षणका कारण आफुले न्याय पाउन नसकेको बिष्टले गुनासो गरिन् ।
    उनका अनुसार पीडक धामी हाल वन तथा पर्यावरण गण, रानीबास सिन्धुलीमा कार्यरत छन् । साथै सम्पूर्ण सरोकारवाला निकाय र अधिकार क्षेत्रमा क्रियाशिल निकायहरुलाई सहयोगका लागि पनि उनले गुहार गरेकी छिन् ।
    उनको यो पीडादायि घटनापछि माईती परिवारले पनि उनलाई स्विकारेको छैन । हाल उनी स्थानीय स्तरमा सिलाई कटाई तालिम लिएर व्यवसाय गर्दै आएकी छिन् ।
    यसरी अदालतले एक हिंसा पीडित महिलाका पक्षमा गरिसकेको फैसला समेत कार्यान्वयन नभएकाले नेपालमा कानुन कार्यान्वयनको अवस्था छर्लङ्ग छ र हिंसामा बढोत्तरी हुनेमा प्रशय मिल्ने देखिन्छ । तसर्थ सम्बन्धीत निकायले बेलैमा कदम चालोस् । - झलक पाली,- दैनिक नेपाल
    अदालतको फैसलाको एक अंश :-

    ५० विरुवा वृक्षारोपनका लागि प्रहरी प्रमुख देखि प्रध्यापक, कर्मचारी, राजनितिक दल र संघसंस्था (फोटो फिचर)

    वीरगंज १७ फागुन २०७२
    मेरो समय
    वीरगंज नगरलाई स्वच्छ ,समृद्ध एवं सुरक्षित बनाउने लक्ष्य सामाचारमा भनिएको छ तर यस लक्ष्य भने प्रचार प्रसारका लागि मात्रै भनिएको सजिलै बुझन सकिन्छ । वीरगंजमा दर्जनौँ संस्थाले वृक्षरोपन गर्ने गर्दछन् तर संरक्षण गरेको भने देखिन्नर कारण अर्को वर्ष फेरी वृक्षारोपन गर्नु छ सायद त्यसैले होला एकै ठाउमा बारम्बार वृक्षरोपन भएको, यसपटक पनि वृक्षारोपन भएको छ ।

      सामाचार अनुसार संस्थाको कार्यतालिका अनुसार गर्नैपर्ने भएर वृक्षारोपन गरिएको देखिन्छन्, काम देखाउने तर प्रचार बढी ईमेलमा प्राप्त भएको सामाचारमा केहि नयाँ तरिकाले वीरगंज नगरलाई स्वच्छ ,समृद्ध एवं सुरक्षित बनाउने लक्ष्य भनिएको हो ।प्राप्त सामाचारमा  आज रोटरी क्लब अफ वीरगंज र रोट्क्याट क्लब अफ वीरगंजको संयुक्त रुपमा आर्दश सेकेण्ड्री स्कूलमा आयोजना गरेको कार्यक्रममा एक दर्जन प्रमुख व्यक्तिले ५० विरुवा रोपेको हो ।
    वृक्षारोपनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, रोटरी क्लबका डिस्ट्रीक गर्भनर केशव कुनुवार, वीरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक प्रो।डा। दिपक शाक्य, आर्दश स्कुलका निर्देशक हरीरत्न तुलाधर, रोटरी क्लब अफ वीरगंजका अध्यक्ष बिश्वकरण जैन, रोट्क्याट क्लब अफ वीरगंजका अध्यक्ष पियुश गुप्ता, वीरगंज उपमहानगरपालिकाका निमित प्रमुख प्रकाश अमात्य, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक खेम आर्चाय, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक एन मल्ल, संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साका सल्लाहकार युवा नेता ओमप्रकास सर्राफ, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतका पदाधिकारीहरुले अशोक, लिची, आँफ, सपेता र फुल सहित बिभिन्न प्रजातिका ५० बढी विरुवा रोपेको जनाए अनुसार रोट्याक्ट क्लबका कबिता चौधरी जनकारी दिइएको बताइएको छ ।




    समाचार patelsantosh929@gmail.com इमेलमा प्राप्त भएको हो ।

    प्रहरीद्वरा तीन बिगहा अफिम खेतीनष्ट

    फागुन १७ रौतहट    
    मेरो समय
    प्रहरीले सक्रिय रुपमा अबैध रुपमा अफिमको खेति गरेको सुचनाको अधारमा विभिन्न स्थानको अफिम नष्ट गरेको छ ।
    रौतहट जिल्लाको गाविस पथरा बुधराम ८ र ९ वडामा अबैध रुपमा १३ वटा प्लटहरुमा ३ विग्हा क्षेत्रफलमा लगाएको अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । इलाका प्रहरी कार्यालय कोपवा पिपरीया,प्रहरी चौकी बंकुल र जिल्ला प्रहरी कार्यालयको संयुक्त कमाण्डमा गएको टोलिले अन्दाजी ५० लाख बढी मुल्य बराबरको अफिमको बोट विरुवा नष्ट गरेको रौतहटका प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलले जनकारी गराउनु भएको छ । 


    सिचाईमा राजनितिक भर्ति केन्द्र बन्द गर्न १ सय ७५ डन प्रवृतिकालाई कार्वाहि – मन्त्री यादव

    फागुन १७ पर्सा    
    जियालाल साह
    राजनितिक भर्ति केन्द्र अन्त्य गर्नका लागि सिचाई मन्त्रालय कडा रुपमा लागेको सिचाई मन्त्रि उमेश यादवले बताउनु भएको छ ।
    सिचाइ तथा जल उत्पादनको बारेमा अध्ययन गर्न तराईका विभिन्न जिल्ला भ्रमणमा रहेका सिचाई मन्त्रि उमेश यादवले आज वीरगंजको होटल भिष्वा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । मन्त्रि यादवले सुन्सरी मोरङ सिचाई आयोजनाबाट १ सय ७५ जना डन प्रवृतिका व्यक्तिलाई कार्वाहि गरि कामबाट हटाएको बताउदै, वर्तमान महानिर्देशक रामानन्द यादव, पुर्व सचिव शितलबाबु रेग्मी, पुर्व महानिर्देशक शिव कुमार शर्मा लगायतको नेतृत्वमा संयुक्त टोलि बनाई  सुन्सरि मोरङ, चन्द्र नहर, गण्डक, बागमती लगायतको आयोजनाहरुको वृस्तृत अध्ययन गरि टोलिले ल्याएको रिपोर्टको अधारमा अझै त्यस्ता डन प्रवृतिको व्यक्तिहरुलाई काम कार्वाहि गर्न लागिएको बताउनु भएको हो । मन्त्रि यादवले सिचाईमा २४÷२५ वर्षदेखि हाल सम्म उपभोक्ता समिति उहि रहेकाले अब पुर्ण रुपमा किसानलाई सदस्य बनाई सिचाईको काम किसानलाई कस्तनान्तरण गर्ने गरि काम अगाडि बढिरहेको बताउनु भएको छ ।
    यसैगरी मन्त्री यादवले कृषिका उधोगका लागि हाम्रो देशमा ठुलो सम्भावना भएकाले यसको कार्यन्वयन र किसानको सहयोगको लागि सिचाई मन्त्रालयले तराईका ८ जिल्लालाई लक्षित गर्ने गरि प्रत्येक निर्वाचण क्षेत्रमा २÷२ वटा पोखरी जिर्णोद्वार गर्ने योजना ल्याएको बताउनु भएको छ । मन्त्रि यादवले मन्त्रालयबाट आजै १० वटा डि को टोलिले तराईका जिल्लाहरुमा पुगेर अनुगमनसंगै काम थाल्ने बताउनु भएको छ । वर्सौदेखि पुरिएका पोखरीलाई मर्मतगरि अकासे पानि सिञ्चत गर्ने र यसैवर्षदेखि किसानलाई पोखरीबाट समेत सिचाईको सुविधा मिलाउने गरि काम गर्न लागिएको मन्त्री यादवले बताए । किसानको सुविधाका लागि हप्ता दिन भित्रमा पोखरीको मर्मत सम्भारको काम सकाएर गाविसलाई जिम्मा लगाईने र गाविसको स्तोरउन्नतीका लागि माछा पालनमा समेत अग्रसर गराउने योजनामा रहेको उनले जनकारी गराएका थिए ।
    पर्सा जिल्लाको विजवनियालाई पुर्ण सिञ्चीत गाविस घोषण गर्न आएका मन्त्री यादवले  तराईका जिल्लाहरुमा पुर्ण सिचाई गाविस घोषण गरिराख्दा आफ्नो पनि छबि दाउमा लागेकाले यसमा शंखा नगर्न किसानहरुसंगग अनुरोध गर्दै र आउने जेठ मसान्त भित्र कार्यन्वयन गर्ने दाबी गर्नु भएको हो । कार्यक्रममा सिचाईका क्षेत्रिय निर्देशक राजेन्द्र अधिकारी, नेताहरु बाबुराम कौसिक, श्रेत्रबहादुर श्रेष्ठ, कृष्ण उदास खनाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण राधेश्याम पटेलले गरेका थिए ।

    पर्सामा अफिमको हजारौँ बोट नष्ठ (फोटो फिचर)

    फागुन १७ पर्सा २०७२   
    जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएको अफिमको बोट विरुवाहरु नष्ट गरेका छन् । पर्साको गाविस झैवागुठीमा १५ सय र मधुवन मथवलमा ८० हजार लागु औषध अफिमको बोटसुचनाको अधारमा खेतमै पुगि विरुवा संकलन गरि आगो लगाई नष्ट गरेका थिए ।

    प्रहरीले गाविस झैवागुठी  ६ स्थित ४ धुर क्षेत्रफलको खेतमा लगाएको लागु औषध अफिम इलाका प्रहरी कार्यालय पोखरीयाको टोलिले नष्ट गरेका थिए ।
     सोह गाँउका वडा नम्बर १ निवासि भोजिदास तत्वाले आफनो निजि जग्गामा १५ सय बढी अफिमको बिरुवा लगाएको सुचनाको अधारमा खेतमा पुगेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता होबिन्द्र बोगोटिले जनकारी गराएका छन् ।

     विरुवा लगाएका खेतधनी तत्वा हाल फरार रहेकाले उनको खोजि कार्य भईरहेको उनले बताए ।
    यसैगरी गाविस मधुवन मथवल ३ सखौनिया टोल स्थित जङगल फडानि गरि अबैध रुपमा १२ कट्टा क्षेत्रफल भएको ऐलानि खेतमा लगाएको ८० हजार भन्दा बढी विरुवा प्रहरीले नष्ट गरेको प्रवक्ता होविन्द्र बोगोटिले जनकारी गराउनु भएको हो ।
    28 February, 2016

    अख्तियारको लिष्टमा १२ बर्षअघि मृत्यु भएका शिक्षक परे


     फागुन १६ उदयपुर २०७२ । हडिया गाविसको खैराहा प्राविमा कार्यरत शिक्षिका गंगा देवी ढकालको २०६० सालमा क्यान्सर रोगको कारण मृत्यु भयो । तर मृत्यु भएको १२ बर्ष पछि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०७२र७३ सुरुमा सम्पति विवरण नबुझाएको भन्दै जिल्ला शिक्षा कार्यालयमा पत्र पठायो । माघको दोस्रो हप्ता जिल्ला शिक्षा कार्यालय उदयपुरमा प्राप्त अख्तियारको नामावलीमा मृत्यु भई सकेका एक दर्जन बढि शिक्षकको नामावली समेत आए पछि अख्तियारको विश्वसनियता माथि नै प्रश्न उठेको छ ।
    नन्दीलाल साह हलुवाई, आमसाल निमाविका शिक्षक राम प्रसाद चौधरी, महेन्द्र निमाविका रेवान सिंह राई, मादले प्राविका लेख विक्रम राउत, ज्योती उमाविका लोक नाथ राउत क्षेत्री, उच्चमावि भलायडाडाका बिष्णु बहादुर मल्ल जरे प्राविका श्रीकान्त गुप्ता, कालिका प्राविका सिंहेश्वर यादवको मृत्यु भईसकेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ ।
    अख्तियारको पत्र आए पछि स्रोत व्यक्तिहरु सँग छलफल गर्दा एक दर्जन मृत्यु भईसकेको जानकारी आएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी तथा सूचना अधिकारी भुपेन्द्र कोईरालाले बताए ।
    ‘यस आर्थिक बर्षको सूरुमा १२ बर्ष अघिनै मृत्यु भएका शिक्षकको नाम कसरी आयो भनेर शिक्षा कार्यालय आश्चर्यमा परेको छ ।’ सहायका जिशिअ कोइरालाले बताए ।
    कोईरालाका अनुसार प्राप्त लिष्टमा ८० प्रतिसत शिक्षकले सम्पती विवरण बुझाई सकेका जिल्ला शिक्षा कार्यालयको रेकर्डमा छ । भदौ १७ गते जिल्ला शिक्षा कार्यालय उदयपुरले प्राप्त ८३० जना शिक्षकको नामावली शिक्षक किताव खानलाई बुझाएको अभिलेखबाट देखिन्छ । उदयपुरका तीन सय ९८ जना शिक्षकहरुको नामावलीमा अधिकांस शिक्षकका विद्यालयको ठेगाना, सिटरोल नम्बर, बाबु बाजेको नाम गलत पाईएको छ ।
    मृतक मात्र नभएर तिन दर्जन शिक्षक उमेरहदको कारण अवकास पाईसकेका व्यक्ति समेत अख्तियारको नामावलीमा परेकाले अहिले जागिर छाडिसकेका शिक्षकहरु मानसिक यातना भोग्न बाध्य भएको २०५९ सालमा सरस्वती मावि उदयपुरका शिक्षक मोहरबक्स अलीले गुनासो गरे । उनले भने ‘मैले १३ बर्ष अघि अवकास लिएको हु तर चालु आर्थिक बर्षको सुरुमा सम्पती विवरण नबुझाउनेको नाम कसरी पर्यो मलाई थाहा भएन’ । आफूहरु शिक्षकको पेशाबाट सम्मानका साथ अवकास लिएको मान्छे भएकाले र अख्तियारले अहिले आएर अनावश्यक मानसिक यातना दिएको अलिको भनाई छ ।जिल्ला शिक्षा कार्यालय उदयपुरका अनुसार प्राविका ३ सय ३३, निमाविका ३९ र माविका २६ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण नबुझाएकाले उनीहरु पाँच हजार असुल गर्न मन्त्रालय र अख्तियार पठाउन निर्देशन दिइएको छ । - रातोपाटि

    प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद

    महाविनाशकारी भूकम्पले बिचल्लीमा परेका भूकम्पपीडितलाई खुला आकाशमुनि राखेर आठ वर्षसम्म बन्न नसकेको संविधान हतारहतार जारी गरिएलगत्तै भारतको अघोषित नाकाबन्दीले गोरखा भूकम्पसमेतसमेत ओझेल पर्न थालेको छ । भूकम्पका मारमा परेकालाई नाकाबन्दीले प्रभाव पारेको छ । उद्योग, कलकारखाना, स्कुल, कलेजमात्रै होइन, हिँडडुल गर्नसमेत समस्या परेको छ ।
    पवनराज फुयाल
    कोही आफ्नै देशविरुद्ध नाकाबन्दी गर्दै सीमानाकामा धर्ना दिने त कोही आ–आफ्नै राज्यको माग गर्दै आन्दोलन र देशभरि फैलिएको हिंसाले राष्ट्रियता नै हल्लिएको स्थितिलाई नियन्त्रणमा लिने उद्धारकर्ताको अवतारमा प्रकट भए एमाले अध्यक्ष केपी शर्मा ओली । खासगरी माओवादीको विरोध गर्न उखान–टुक्कामा भाषण गर्न माहिर ओली माओवादी अध्यक्ष प्रचण्डको आडमा प्रधानमन्त्री बन्न पुगे । त्यो पनि भारत र नाकाबन्दीविरोधी राष्ट्रियताको कित्तामा जसले हिजोका मण्डलेदेखि आजका क्रान्तिकारी कहलाइने शक्तिलाई एकजुट गराएको थियो ।
    अधुरो र अपूरो संविधान जारी भएको खुसीमा नजलेका दीपावलीका दीप केपी ओलीले प्रधानमन्त्री बन्दा जलाएका थिए । किनकि यहाँ सवाल थियो उही राष्ट्रियताको । यसपछि राष्ट्रवादीबीच राष्ट्रियता यति लोकप्रिय भयो कि जताततै साइकलमा चढिन्छ तर झुकिँदैन, गुन्द्रुक र ढिँडो खाइन्छ तर झुकिँदैन । गोर्खाली मर्छ तर झुक्दैन आदि–आदि भावनाका राष्ट्रवादी नाराले जनतामा केही हदसम्म एकताको सन्देश फैलायो । जनता अभाव झेल्दै गए । ग्यासको सट्टा दाउरामा खाना पकाए । महिनौंसम्म पैदल हिँडे । कालोबजारी खेपे । अस्पतालमा औषधि नहुँदा रोगसँग पनि डराएनन् । आखिर केका लागि रु उही राष्ट्रियताका लागि रु राष्ट्रियताकै लागि भूकम्पले घरवारविहीन बनेर सडकमा बास बसेका जनताले राहत पनि नखोजी राष्ट्रियताकै लागि चुपचाप सहिरहे । त्यतिमात्रै होइन, ओलीले जनतालाई उत्साहित र खुसी राखिरहन एक वर्षमै लोडसेडिङ अन्त्य गरिदिने र घर–घरमा ग्यासको पाइप जोडिदिन आश्वासन दिन पनि भ्याए । जनताले त खोजेकै यही हो तर कसरी सम्भव छ त भन्ने जिज्ञासा राख्नेलाई मजाकमा उडाइदिएर गर्नै दिएनन् भनेर तुरुन्तै उखानमै टार्न खोजे ।
    तर, जनताले उनको राष्ट्रवादलाई त्यसै समर्थन र आत्मसात् गरेका होइनन् । जनताले गोर्खाली स्वाभिमानलाई बचाउन ओली सरकारले नाकाबन्दी गरेर तेल, खाद्यान्न र औषधि नदिई हामीलाई दुःख दिने भारतलाई जिलल्याउँदै चीनबाट भए पनि ग्यास, तेल र औषधि आपूर्ति गरेर राष्ट्रियता झुक्न दिँदैनौ भनेर दृढता व्यक्त गरे । तर, ओली र उनको बोली सधैं उही पुरानै आलटाल, ढिलासुस्ती र अन्य स–साना कुरा अनि उखानटुक्कामै सीमित भयो । विभिन्न कार्यक्रममा हास्यास्पद टुक्का सुनाउने हास्यकलाकारका रूपमा उपस्थित हुनुभन्दा केही उपलब्धि देखिएन ।
    जनताले समेत भारतले जे भन्यो त्यही मानेर झुक्दैनौ, तिमी पनि नझुक्नू भनेर ओलीको बोलीमा लोली मिलाउँदा परिस्थिति जटिल बने पनि एक÷दुई नाका खोलेर पेट्रोल नसके ग्यास या कम्तीमा खाद्यान्नसम्म अस्थायी रूपमै किन नहोस् चीनबाट ल्याएर महँगोमै भए पनि जनतालाई दिन सकेको भए त्यो असली राष्ट्रवाद हुन्थ्यो ।
     खासगरी ओलीको भारतविरोधी ‘सेन्टिमेन्ट’ र मधेस मामिलामा अत्यन्तै कडा अभिव्यक्तिकै कारण स्थिति गम्भीर र जटिल हुन पुगेको हो । तर, यस्तो अटल राष्ट्रवाद त्यो पनि कुरामा मात्रै सीमित भएको चरितार्थ भएको छ । भारतसँगको सम्बन्धलाई कूटनीतिक तवरले छलफल गर्ने प्रयास गरेको देखिएन । हालैको भारत भ्रमणक्रममा पनि भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक रूपमा नाकाबन्दी र नेपालको संविधानबारे सकारात्मक निष्कर्षमा नपुगेको संयुक्त प्रेस वक्तव्य नआउनुबाटै छर्लंग भएको छ । यसबाट पनि राजकीय सम्मानले मख्ख ओलीका लागि व्यक्तिगत रूपमा भ्रमण अत्यन्तै सफल र उनकै भाषामा केही समयदेखि दुई देशबीचमा रहेको ‘मिसअन्डरस्ट्यान्डिङ’ समाप्त भएको कुरा गलत साबित भएको छ । नरेन्द्र मोदीले आजसम्म नेपालको संविधानले सबैलाई खुसी बनाउनुपर्छ भन्नुभन्दा बढी नाकाबन्दीको विषयमा एकपटक पनि सार्वजनिक रूपमा बोलेका छैनन् । ओलीले नेपाल र भारतबीच रहेको असमझदारी हटेको घोषणा गर्न खै त नाकामा सहज रूपमा आवागमन सुचारु भएको रु खै जनताले सहज रूपमा इन्धन र खाद्यान्न पाएको रु भारत जानुअघि ओलीले राष्ट्रहितविपरीत सम्झौता गर्दिनँ भनेअनुसार नै त केही गरेनन् तर ४६ सदस्यीय जम्बो टोलीमा गएका ओलीले ८० मेगावाटको ढल्केबर प्रसारण लाइन उद्घाटन गरे । अझै केही वर्षभित्रमा अरू ६ सय मेगावाटे बिजुली किन्ने सम्झौतामा समेत हस्ताक्षर गर्न भ्याए । के यसरी नै केही समयमै लोडसेडिङ अन्त्य गर्न खोजेका हुन् त ओलीले रु के यही हो आत्मनिर्भर बनाउने ओलीको राष्ट्रवाद रु
    मधेसीलाई दुई÷चारवटा आँपको संज्ञा दिने ओलीलाई लागेको होला मधेसीलाई घुँडा टेकाएर नाकाबन्दी हटेको तर यसरी कुनै सरकारी सकारात्मक सहभागिता र हस्तक्षेपविना आन्दोलन मत्थर देखिनु सहज देखिँदैन । एकातिर मधेसी जनतामा साँच्चिकै नेपाल सरकारले हामीलाई थिचोमिचो गरेको रहेछ भन्ने भ्रम फैलिएको छ । अर्कातिर मधेसी नेताहरू खुलेआम विहारका नेतासँग आशिर्वाद थापेर भित्री रूपमा मधेसमा बिस्तारै स्वतन्त्र मधेसको आगो दन्काउन खोजिरहेका छन् । यसमा पनि ओलीको केटौलेपन र अरू जिम्मेवार पक्षको ध्यान पुगेको पाइँदैन । यस्तो जटिल विषयमा पनि ओलीको एकोहोरो सतही राष्ट्रवाद हाबी छ ।
    प्रधानमन्त्रीज्यू कुराभन्दा काममा ध्यान दिए बेस हुने थियो । गोरखा भूकम्प गएको वर्ष दिन बित्न लाग्दासमेत भूकम्पपीडितले आश्वासनभन्दा केही पाएकै छैनन् । कहिले पुनःनिर्माण प्राधिकरण विवाद त कहिले नाकाबन्दीलाई दोष दिँदै उनीहरूलाई पीडामाथि पीडा दिइएको छ । बरु उनी धरहरा बनाउन सहयोग घोषणा गर्छन् तर जनताको घर बनाउन किन ढिलासुस्ती । राष्ट्रपतिले एक महिनाको तलब पशुपतिनाथलाई दान दिने तर गोरखाको लाप्राक तथा बारपाकमा हिउँमा कठ्यांग्र्रिएकालाई न्यानो दिन किन आनाकानी ? - रातोपाटि

    एक वर्षमा साढे ३ अर्बको तेल सुविधा लिन्छन् सरकारी अधिकारी


    काठमाडौं – सचिव र सहसचिवहरुले पाउने व्यक्तिगत सवारी साधन प्रयोग गर्दा वर्षमै इन्धन र गाडी मर्मतबापत राज्यकोषको कति रकम खर्च गर्लान् रु तपाईंले गर्ने अनुमान झन्डै ८ र ९ डिजिटको वरपर हुनसक्छ । तर, व्यक्तिगत सवारी सुविधा पाउने निजामति सेवाका सचिव र सहसचिवले गाडीमा प्रयोग गर्ने इन्धन र गाडी मर्मतबापत खर्च गर्ने रकमको आँकडा भने सबैलाई अचम्मित पार्ने खालको छ ।
    निजामति सेवामा सचिव र सहसचिवहरुले व्यक्तिगत गाडी सुविधा पाउँछन् । यसरी गाडी सुविधा पाउने सचिव र सहसचिवहरुको संख्या झन्डै ८०० छ । तर, यो ८०० जनाले प्रयोग गर्ने गाडी मर्मत र इन्धन खर्च भने गरिब देशको हैसियतभन्दा निकै माथि देखिएको छ । विगत वर्षहरुदेखि नै बढी खर्च हुँदै आएको यो शीर्षकमा गत आर्थिक वर्षमा राज्यको निकै ठूलो धनराशी खर्च भएको देखिएको छ । (हेर्नुस् महालेखा परीक्षक कार्यालयको प्रतिवदेन ) 
    महालेखा नियन्त्रण कार्यालयको आर्थिक वर्ष ०७१–७२ को प्रतिवेदनमा इन्धन खर्च र मर्मत शीर्षकमा नेपाल सरकारकै ३ अर्ब १९ करोड १ लाख ८९ हजार ९ सय ८० रुपैयाँ खर्च भएको छ । यही शीर्षकमा भएको वैदेशिक सहयोगलाई पनि जोड्ने हो भने यो खर्च अझै तन्किन्छ । वैदेशिक सहायतालाई जोड्ने हो भने ३ अर्ब ३१ करोड ८१ लाख ६६ हजार ४२ रुपैयाँ यो शीर्षकमा खर्च भएको देखिन्छ । यो विगत आर्थिक वर्षको तुलनामा निकै बढी भएको बताइन्छ ।
    • कसरी हुन्छ यति धेरै खर्च ?

    व्यक्तिगत गाडी सुविधा पाउने सचिव र सहसचिवहरुको खर्च किन यति धेरै भइरहेको छ रु कर्मचारी क्षेत्रमा लामो समय बिताएर अवकास भएका पूर्वप्रशासकहरुका अनुसार यति धेरै रकम यो शीर्षकमा खर्च हुनुमा मुख्यतः सचिव र सहसचिव नै जिम्मेवार छन् । सचिव र सहसचिव इमान्दार हुने हो भने यो शीर्षकमा यति धेरै सरकारी रकम खर्च नहुने तर्क प्रशासन क्षेत्रबाट अवकास लिएकाहरुको छ । उनीहरुका अनुसार सचिव र सहसचिव यदि इमान्दार हुने हो भने अहिले भइरहेको खर्चको आधाभन्दा पनि बढी राज्यकोषको रकम जोगिन्छ ।
    स्रोतका अनुसार इन्धन र मर्मत खर्चमा देशको अझै धेरै रकम खर्च भइरहेको छ । सचिव र सहसचिवभन्दा बाहेकका व्यक्तिगत सवारी सुविधा पाउनेहरुबाट पनि यस्तै अनियमितता गरेर यो शीर्षकमा मनलाग्दी भइरहेको छ ।
    स्रोतका अनुसार यो शीर्षकमा यतिधेरै ब्रह्मलुट हुनुमा पहिलो त गाडीप्रति स्वामित्वबोध नहुनु, समयमा मर्मत नगर्नु र मर्मत गरेका बेला आवश्यकभन्दा बढी मर्मत खर्च देखाइनु हो । ‘मर्मत नै नगरी धेरै बिल पेस गर्ने र इन्धनमा पनि यस्तै अनियमितता गर्दा यो शीर्षकमा राज्यको ठूलो धनराशी अनियमित तरिकाले खर्च भइरहेको छ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने । ती अधिकारीका अनुसार कार्यालय परिवर्तन हुने बित्तिकै नयाँ गाडी चढ्ने र मर्मत नगरी गाडी कबाडी बनाउने प्रवृत्तिले पनि राज्यको ठूलो रकम नोक्सानी पुर्याइरहेको छ ।
    • नयाँ प्रस्ताव ल्याइँदै

    सचिव र सहसचिवहरुको व्यक्तिगत गाडी सुविधाबापतको रकम उपलब्ध गराउँदै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय यो शीर्षकमा अत्यासलाग्दो खर्च भएको तथ्यांक सार्वजनिक भएपछि झस्किएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले व्यक्तिगत सुविधाको सरकारी गाडी दुरुपयोगबारे चर्को आवाज उठेपछि यसलाई नियन्त्रण गर्न तयारी थालेको हो ।
    त्यसका लागि प्रधानमन्त्री कार्यालयले नयाँ प्रस्ताव अघि बढाउने तयारी गरिरहेको छ ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, सरकारी गाडी अनियमितता रोक्न प्रधानमन्त्री कार्यालयले अहिले धमाधम प्रस्ताव बनाउने काम गरिरहेको छ । अबको केही दिनमै उसले सरकारी गाडी प्रयोग सम्बन्धी नयाँ प्रस्ताव अगाडि बढाउने तयारी गरिरहेको छ । ‘सरकारी गाडी दुरुपयोगलाई रोक्न नयाँ प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
    प्रधानमन्त्री कार्यालयले ल्याउन लागेको नयाँ व्यवस्थामा राज्यबाट गाडी सुविधा पाउने तहमा पुग्नेबित्तिकै स्वामित्व हस्तान्तरण गरेर गाडी सुविधा दिने प्रस्ताव गर्न लागिएको छ । गाडी नयाँ कार्यालय सरुवा भएरसँगै लैजानु पर्नेछ भने मर्मत र इन्धनबापत तोकिएको पैसा मात्र सरकारले उपलब्ध गराउनेछ । यसो गरिएमा अहिले हुँदै आएको खर्चको झन्डै आधा कम हुनेछ । - रातोपाटि

    कोकाकोलाले सार्वजनिक गर्यो नयाँ स्लोगन,प्रियजनसँग कोक पिउन आग्रह

    काठमाडौं । कोकाकोलाले नयाँ स्लोगन सार्वजनिक गरेको छ । पेय पदार्थको सिजन शुरु हुनलागेसँगै ‘टेस्ट द फिलिङ’ भन्ने स्लोगन सार्वजनिक गरेको हो ।
    काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक सांगितिक कार्यक्रमबीच सो स्लोगन सार्वजनिक गरिएको हो । विश्वका अरु देशहरुमा यसअघि नै सार्वजनिक भइसकेको छ । सो अवसरमा कलाकार एड्रिन प्रधान, यम बुद्ध र भरत क्षेत्रीले आफ्नो सांगितिक प्रस्तुति गरेका थिए ।
    पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले यो गर्मिको मौसममा  प्रियजनसंग बसेर कोक पिउँदै बस्न आग्रह गरिन । अमेरिकामा मुख्य कार्यालय रहेको यो कम्पनी विश्वभरी नै फ्रान्चाइज कम्पनीका रुपमा फैलिएको छ ।

    फेसबुकले थप्यो नयाँ सुविधा,लाइक बटन क्लिक गर्दा पाँच ओटा इमोसन, अपडेट गरौँ

     काठमाडौं । फेसबुकले लाइक बटनमा ‘इमोसन’लाई जोडेको छ । अहिले फेसबुकको लाइक अप्सनमा क्लिक गर्दा ‘थम्ब्स अप’ सहित माया, हाँसो, आश्चर्य, दुस्ख र रिसको इमोसन देखाउँछ । 
    फेसबुकको निर्माता मार्क जुकरबर्गले केही समय अघि आफ्नो ‘लाईक बटन’मा केही परिवर्तन गर्न लागेको खुलासा गरेका थिए । 

    ‘श्रीमतीलाई मन्त्री बनाउन मधेस आन्दोलन’ (फोटो फिचर)

    १६ फागुन २०७२ । नकल्ली नागरिकता लिएको र भारती एजेन्टको आरोप खेप्दै आएका मधेस आन्दोलनका प्रमुख नेता राजेन्द्र महतोमाथि अर्को आरोप लागेको छ ।
    सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतोमाथि श्रीमतीलाई मन्त्री बनाउन मधेसमा पाँच महिनासम्म आन्दोलन गरेको आरोप लागेको हो । मन्त्री बनाउन महतोले अहिले प्रधानमन्त्रीसँग बार्गेनिङ गरिरहेको समेत दाबी गरिएको छ ।
    युवा संघ नेपालका सचिव एवं पूर्वाञ्चल इन्चार्ज परशुराम बस्नेतले मोरङको रंगेलीमा शनिबार आयोजित संविधान प्रचार प्रसार तथा कार्यकर्ता स्वागत कार्यक्रममा मधेस आन्दोलनका नाइके महतो श्रीमतीलाई मन्त्री बनाउन तछाडमछाड गरिरहेको आरोप लगाएका हुन् । करिब २५ सय बढी जनता सहभागी सभामा बस्नेतले मधेसी जनतामाथि शासन गर्न अहिले आन्दोलन भइरहेको भन्दै अब जनताले बुझिसकेको बताए । 
    ‘राजेन्द्र महतोको बुढीलाई मन्त्री बनाउन आन्दोलनमा होमिएका हुन् ।यसअघि पटक पटक मन्त्री भएर सम्पत्ति जोडे । श्रीमती डिम्पल झा लाई सांसद बनाए । अब मन्त्री बनाएर शासन गर्ने प्लान उनको छ ।’अधिकांश मधेस केन्द्रित दलका अध्यक्ष र नेताहरूले आफ्ना पत्नीहरूलाई समानुपातिकमार्फत सांसद बनाएका छन् । - दैनिक नेपाल


    Scroll to Top