• नयाँ खबर

    03 February, 2016

    यी हुन सात प्रदेशका सम्भावित राजधानीमा, जहाँ एमाओवादीले प्रदेश कार्यालय राखिसक्यो

    काठमाडौं, संघीय प्रदेशअनुसार पार्टी संरचना बनाएको एकीकृत नेकपा माओवादीले आफ्ना प्रदेशका सम्भावित राजधानीमा प्रदेश कार्यालय स्थापना गरेको छ । सात प्रदेशमध्ये दुई नम्बर प्रदेशको कार्यालय स्थापना गर्न बाँकी छ ।
    १ नम्बर प्रदेशबाहेक पाँचवटा प्रदेशको कार्यालय सम्भावित राजधानीमा राखिएको नेताहरूले बताएका छन् । १ नम्बर प्रदेशको पार्टी कार्यालय विराटनगर, ३ को काठमाडौँ, ४ को पोखरा, ५ को दाङको घोराही, ६ को सुर्खेतको वीरेन्द्रनगर र ७ नम्बर प्रदेशले धनगढीमा पार्टी कार्यालय स्थापना गरेको छ । २ नम्बर प्रदेशको काम महोत्तरीको बर्दिबासबाट सञ्चालन भइरहे पनि कार्यालय स्थापना गरिएको छैन ।
    एमाओवादी नेताहरूले पार्टी कार्यालय अन्तरिमकालका लागि स्थापना गरिएको बताएका छन् । ‘अहिले स्थापना गरिएका पार्टी कार्यालय अन्तरिमकालका लागि हुन्,’ स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेश इन्चार्ज चक्रपाणि खनालले भने, ‘भोलि प्रदेशको राजधानी जहाँ हुन्छन्, पार्टी कार्यालय पनि त्यहीँ हुन्छन् ।’ 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यी हुन सात प्रदेशका सम्भावित राजधानीमा, जहाँ एमाओवादीले प्रदेश कार्यालय राखिसक्यो Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top