• नयाँ खबर

    01 February, 2016

    मोटरसाइकल ठक्करबाट सख्त घाइते

    पोखरिया, १८ माघ
    पर्साको पोखरियामा सोमबार बिहान ११ बजे एक जना युवक मोटरसाईकलको ठक्करबाट सख्त घाईते भएका छन । पोखरिया नगरपालिका स्थित कृष्ण आयल स्टोर अगाडी पोखरियाबाट बिरगंज तर्फ गईरहेको ना. २० प. ६३२९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकलबाट ठक्कर लागी पोखरिया १२, शिव बर्वा निवासी रामलोचन साह घाईते भएका हुन । ओठ र टाउकोमा गम्भीर चोट लागेका साहको पोखरिया अस्पतालमा उपचार भएको थियो । टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागी बिरगंज पठाईएको पोखरिया अस्पतालले जनाएको छ ।
    ठक्कर दिने मोटरसाईकल र चालक बैरिया बिर्ता, १ निवासी अभिशेष सर्राफलाई ईलाका प्रहरी कार्यालय पोखयिामा राखिएको प्रहरीले जनाएको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मोटरसाइकल ठक्करबाट सख्त घाइते Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top