• नयाँ खबर

    15 February, 2016

    वीरगञ्जमा फोटो पत्रकारिता सम्बन्धी अन्र्तक्रिया सम्पन्न

    वीरगन्ज, ३ फागुन २०७२
        राष्ट्रिय फोटो पत्रकार समूह पर्साको आयोजनामा आज वीरगञ्जमा फोटो पत्रकारिता सम्बन्धी अन्र्तक्रिया सम्पन्न भएको छ । वीरगञ्जका फोटो पत्रकारहरुले बङ्गलादेशी फोटो पत्रकार एजे घानीस“ग अन्र्तक्रिया गरेका हुन् ।
        नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित अन्र्तक्रियामा फोटो पत्रकार घानीले विश्वका विभिन्न देशमा घुमेर हा“सिल गरेको अनुभव सुनाउनुका साथै वीरगञ्जका पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाहरुको जवाफ दिनुभएको समूहका कोषाध्यक्ष सफल खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा एजे घानीले फोटो पत्रकारिता, फोटो कथा, वृत्तचित्र र फोटो प्रमाणका बारेमा बताउनुभएको थियो ।
        उहा“ले फोटो पत्रकारितामा प्रविधिमा आएको द्रुततर विकासले चुनौति थपेको भएपनि अवसर पनि उत्तिकै रहेको बताउनुभयो । कार्यक्रममा समूहका केन्द्रिय उपाध्यक्ष राम सर्राफ, पर्सा अध्यक्ष पंकज श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष केसी लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगञ्जमा फोटो पत्रकारिता सम्बन्धी अन्र्तक्रिया सम्पन्न Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top