• नयाँ खबर

    30 March, 2016

    विद्यार्थीहरु प्रहरी कार्यालयमा

    पर्सा १७ चैत
    सशस्त्र हिंसा न्यूनिकरण तथा समुदायिक सुरक्षा सबलिकरण परियोजना र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा पर्साको रंगपुर टाडीका विद्यार्थीहरुलाई प्रहरीको गतिविधिका बारेमा जनकारी गराउन जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए । विद्यार्थीहरुलाई प्रहरी निकायमा टाफ्रिक, उजुरु, छानविन लगायतको गतिविधिका बारेमा पर्साका प्रहरी नायब उपरिक्षक होविन्द्र बोगोटिले जनकारी गराएका थिए । यस प्रकारको जनकारीले प्रहरी र विद्यार्थीको साथै समाजसंग नजिक हुन अझै धेरै प्रभावकारी बन्छ । 
    25 March, 2016

    नेता, प्रचण्ड वीरगंजमा, मधेशी मोर्चाको विरोध प्रदर्शन, सरकारको काम सुस्त रहेको नेता प्रचण्डको आरोप


     चैत १२ पर्सा    
    दोश्रो वीरगंज महोत्सव व्यापार मेलाको उदघाटन गर्न वीरगंज पुगेका एकृकित नेकपा माओवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्रि पुष्प कमल दहाल प्रचण्डलाई वीरगंजमा मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले कालो जण्डा देखाउनुको साथै ठाउँ ठाउँमा विरोध प्रदर्शन गरेको छ ।
    दोश्रो वीरगंज महोत्सव व्यापार मेलाको उदघाटन गर्न प्रचण्ड आउने खबर पाउन साथ हिजो विहिवार मधेशी मोर्चाले उनको पुत्ला जलाएका थिए भने आज विहानदेखि वीरगंजको घण्टाघर चोक र मुर्लिमा टायर बालेर प्रदर्शन गरेका थिए भने मधेशी मोर्चाका कार्यकर्ताहरुले वीरगंजको मुर्लि, पावरहाउस चोक, माईस्थान र वीरगंज महोत्सव व्यापार मेला स्थल प्रदर्शन गरेका थिए । यससंगै मेलाका लागि बनाइएका विभिन्न ठाउँका स्वागतद्वारको व्यानर समेत मोर्चाका कार्यकर्ताहरुले च्यात्दै केहि ठाउँकोद्वार भत्काएका थिए ।
    यससंगै दिउसो १ बजे वीरगंज पुगेका पुर्व प्रधानमन्त्रि प्रचण्डलाई मोर्चाका कार्यक्रर्ताहरुले कालो झण्डा देखाउदै उनि विरुद्ध नाराबाजि गरेका थिए । यस क्रममा प्रहरीले राष्ट्रिय मधेश समाजवादि पार्टिका केन्द्रिय सदस्य राजेशमान सिंह, संघिय समाजवादि फोरम नेपालकी महिला अध्यक्ष मिथिलेश सिंह, तराई मधेश लोकतान्त्रिक पार्टीकी महिला अध्यक्ष रेखा साह, नेपाल सदभावना पार्टिकी केन्द्रिय उपाध्यक्ष मुन्नी श्रीवास्तव, यसैगरी मोर्चाका नेताहरु प्रदिप चौरसिया, सुशिल पटेल, विकास चौरसिया, सुरेशमान सिहं, रवि सरार्फ, विट्टु सरार्फ लगायतकाहरुलाई हिरासतमा लिएका छन् ।

    वीरगंज आई पुगेका अध्यक्ष प्रचण्डले पुजन होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेशी मोर्चाका कार्यक्रर्ताहरुले मलाई विरोध गर्नु बुझन नसकेको प्रतिक्रिया दिएका थिए । उनले मधेशी, जनजाति लगायत उत्पीडनमा परेका जनताको मागका बारेमा आफै गम्भीर भएर लागेको र विमति र संविधानमा सच्चयाउनुपर्ने बुँदामा आफैले संषोधन गराउन मुख्य भुमिका खेलेकाले मेरो विरोध गर्नु आफै बुझन नसकेको बताएका थिए ।
    यससंगै मधेशी मार्चाले सरकार समक्ष राखेको ११ बुदे मागमा सबै खाले माग पुरा हुने खालको रहेको प्रतिक्रिया दिएका छन् । उनले समावेशी समानुपातिकमा लगभग लगभग माग पुरा हुनै लागेको र नागरिकताको समस्याको बारेमा खासै केहि ठुलो समस्या नगरेको बताएका थिए । यससंगै सिमांकनको जुन माग छन् त्यसमा हिजोको दिनमा ९ बुदे सहमति भएका थिए, त्यसमा मधेशमा २ वटा प्रदेश हुने प्रवधान उल्लेख थियो । यसका विषयमा समेत बसेर छलफलको अधारमा टुङ्गयाउने अध्यक्ष प्रचण्डले बताएका थिए ।
    यसैगरी अध्यक्ष प्रचण्डले अहिलेको सरकार गिराउने र ढाल्नका लागि तपाईको कसरत चलिरहेको पत्रकारहरुको जिज्ञासाका बारेमा उनले सरकार खसाउनु भन्दा हाम्रो पार्टि आफैले सरकारमा सहभागि भई सहयोग गरेको बताएका थिए । यसैगरी उनले सरकारको कामलाई निकै सुस्त रहको बताउदै यस्तो सुस्त गतिले देश नचल्ने बताएका थिए । यसबारेमा जिम्मेवारी पदमा रहेका मन्त्रिहरुलाई आफुले जनकारी गराएको समेत बताएका थिए ।
    क्रन्तिकारी पत्रकार संघ पर्साले आयोजना गरेको पत्रकार  सम्मेलनमा  दुई नम्बरका प्रदेश इन्चार्ज विश्वनाथ साह, बेन्द्रिय सदस्य अशोक जयसवाल, सांसद सत्यनारायण भगत, दिलमाया निरज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण धर्मेन्द्र चौरसियाले गरेका थिए भने कार्यक्रम क्रान्तिकारी पत्रकार संघका अध्यक्ष निरज पिठाकोठे मगरको अध्यक्षतामा समपन्न भएको थियो । पत्रकार सम्मेलन सकिए लग्तै अध्यक्ष प्रचण्ड वीरगंजको अदर्शनगरस्थित रंगसालामा आयोजना भएको दोस्रो वीरगंज महोत्सवको उदघाटन गरेका थिए ।


    12 March, 2016

    What next in the Madhes?

    Madhesi protesters are ready to go back to the streets again, but only if their leaders behave

    Jiyalal Sah in Birganj
    Walking through the streets of Birganj today, one would be forgiven for doubting that this was the epicentre of the violent agitation that crippled the country for six months. The city’s iconic Clock Tower is ticking, horse carts are plying, and there are virtually no traces of what was going on until just one month ago.
    But listen to people at tea stalls and they are talking of nothing else but the recent Madhes movement. Everyone is asking: what’s next?
    The Madhesi Front, the force behind the Madhes movement, is trying to reignite the fire which was abruptly extinguished ahead of Prime Minister KP Oli’s India visit last month. Jata Shankar Gupta, a local Madhesi leader in Birganj, says: “After the upcoming Holi festival, we will hit the streets once again.”
    But common Madhesi peoplewho fought for their dignity and against the state’s apathy rule out the possibility of another street movement of the same intensity. Bikram Sah, (pictured) one of the few Madhesi protesters who took part in the sit-in at the Birganj-Raxaul crossing till the last day, feels the battle is not over, but he is not sure if the protests will be of the same nature or duration.
    Pics: Jiyalal Sah
    “It all depends on how leaders reach out to us,” he says. “If they want us to go back to the streets again, they must clearly tell us for what and for how long?”
    A 55-year-old farmer from Ramnagari village near Birganj, Sah was on a pilgrimage to India when Madhesi protesters began blocking the Birganj-Raxaul checkpoint in September last year. He returned home on the fifth day of the blockade, and was carried away by the fiery speeches of Madhesi leaders.
    The next day, Sah stuffed his mat, blanket and pillow into a sack and reached the border bridge where hundreds of Madhesi protesters were staging a sit-in to put pressure on the Big Three parties in Kathmandu to amend theconstitution. Even as days, weeks and months passed, the Big Three did not relent and the number of protesters dwindled.
    But Sah was determined to fight till the end. In November, police chased away protesters, including him. A violent clash ensued in which an Indian protester was killed. Sah was also beaten up. “They broke my leg, but when I was discharged from the hospital, I did not go home. I went straight to the border,” he said.
    In February, when local traders from Birganj and Raxaul burnt down the tent set up by Madhesi protesters at the border six months ago, Sah was again injured. “This time, I got a deep cut near my right eye, but what was more painful was the way our leaders called off the strike – we moved back without getting what we fought for,” Sah said.
    One morning this week, Sah was in his garden tending to garlic plants. He said: “I had to sell a cow to make up for the loss that I incurred in the past six months, so I will think twice before believing leaders next time.”
    Kanhaiya Prasad Sah (pic), a motorcycle mechanic in Birganj, did not take part in protests till the last day, but he was a regular in the early days of the movement. He said he lost interest when he saw Madhesi leaders trying to finish off each other in Birganj.
    “Everyone wanted to be our messiah, but nobody really cared about rising above caste and religion,” he says. “Each political party is trying to expand its base in Birganj, and even Baburam Bhattarai’s New Force is trying to gain a foothold here, but I don’t think there will be another uprising anytime soon.”
    Most Madhesis feel embarrassed by the way their leaders conducted themselves in front of Indian leaders, or their involvement in black-marketing of fuel during the blockade. Sah says: “Our leaders must correct themselves to win our trust again.”
    In Kathmandu this week, Madhesi leaders say they want to continue protests. But on the ground here, it looks like it is easier said than done. They first have to win back the trust of their own people. By : Nepali Times
    10 March, 2016

    गरिबी र अशिक्षाले बालविवाह बढ्दै

     वीरगन्ज, २७ फागुन । गरिबी, अशिक्षा र चेतनाको अभाव तथा परम्परागत सामाजिक मूल्यमान्यताका कारण अहिले पनि पर्सामा बालविवाह दर उच्च रहेकोमा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
    “अशिक्षा र चेतनाको अभाव तथा बालविवाहसम्बन्धी विद्यमान ऐनकानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुले नै जिल्लामा बालविवाह दर उच्च रहेको छ” बाल विवाहविरुद्धको सचेतनामूलक अभियानमा लागेका दिव्य युवा क्लबका कार्यक्रम प्रमुख रामाकान्त पटेलले भन्नुभयो ।

    कानुनले १० वर्ष नपुगेकी बालिकाको विवाह गरे÷गराएको हकमा छ महिनादेखि तीन वर्षसम्म कैद सजाय र रु एक हजारदेखि १० हजारसम्म जरिवाना, १० देखि १४ वर्ष नपुगेकी बालिकाको हकमा तीन महिनादेखि एक वर्ष कैद र रु पा“च हजारसम्म जरिवाना वा दुवै सजाय तथा १४ वर्षमाथिदेखि १८ वर्ष नपुगेकी युवतीको हकमा छ महिनासम्म कैद र रु १० हजार जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो रहेकाले बालविवाह नरोकिएको बताइएको छ ।
    त्यस्तै जानीजानी तोकिएको व्यवस्थाविपरीत विवाहको काम गर्ने पुरोहित, लमी र अरू मद्दत गर्नेलाई एक महिना कैद वा रु एक हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
    मुलुकी ऐनको ११औँ संशोधनले विवाहका लागि संरक्षकको मञ्जुरी भए १८ वर्ष र मञ्जुरी नभए २० वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ भने विवाह दर्ता ऐन २०२८ मा विवाह गर्ने केटाकेटीको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ ।

    धेरैजसो बालविवाह संरक्षक वा अभिभावकको मञ्जुरी र सहमतिबाट नै हुने भएकाले बालविवाहका मुद्दा अदालतसम्म पुग्न सकेको छैन, अधिवक्ता पन्नालाल गुप्ताले भन्नुभयो, “हालसम्म बालविवाह भन्दै त्यसको बदर गराउन पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको अवस्था अत्यन्त न्यून छ ।”
    जिल्लाबाट बालविवाहको अन्त्य गर्न सशक्तरुपमा सामाजिक क्रान्ति ल्याउनुपर्दछ, अर्का अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले भन्नुभयो – “समाजमा कुप्रथाका रूपमा रहेको बालविवाहविरुद्ध व्यापक जनचेतना जगाउनुपर्दछ ।”
    बालविवाह गर्ने÷गराउने कार्यलाई पहिले समाजले सम्झाउने, बुझाउने र नमानेपछि त्यस्ता अभिभावक वा संरक्षणलाई कानुनी कारबाही गर्नुपर्ने बताउँदै गैरसरकारी संस्था जिल्ला समन्वय समितिका अध्यक्ष रामनरेशप्रसाद यादवले भन्नुभयो – सामाजिक कङ्लकका रुपमा रहेको यो समस्याको न्यूनीकरणका लागि समाजको सचेत वर्ग अगाडि आउनुपर्दछ ।
    स्थानीय समाजसेवी मुकेश सराबगीले सामाजिक तथा धार्मिक आडमा गरिने विभेद र शोषणबाट महिलालाई मुक्ति नदिलाएसम्म सभ्य र समृद्ध नेपाल निर्माण हुन नसक्ने बताउँदै बालविवाहविरुद्ध अभियानलाई गाउँगाउँसम्म पु¥याउनुपर्दछ भन्नुभयो । रासस

    चीनसँग इन्धन सम्झौताको तयारी अन्तिम चरणमा

    काठमाडौं २७ फागनु, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुई मुलुकबीच हुने इन्धन व्यापार सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री ओली आगामी चैत ७ गतेदेखि चीन भ्रमणमा जाँदैछन् ।
    आपूर्ति मन्त्रालयका अनुसार चीनसँग इन्धनसम्बन्धी दुईपक्षीय व्यापार तथा आपूर्ति सम्झौता गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । व्यापार र सरकारस्तरबाट हुने दुईपक्षीय सम्झौताको मस्यौदा आपूर्ति मन्त्री गणेशमान पुनले अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट राय सुझावसहित अनुमोदन गराइसकेका छन् ।
    मन्त्रालयका अनुसार इन्धनको कुल मागको ३० प्रतिशत चीनबाट आपूर्ति गर्ने सरकारी योजना छ । प्रधानमन्त्रीको भ्रमणमा दुई मुलुकबीच सम्झौता भयो भने ३० प्रतिशत डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास चीनबाट आपूर्ति हुनेछ ।
    ‘प्रधानमन्त्रीको भ्रमणका क्रममा हुने इन्धन सम्झौताका लागि मन्त्रीको विशेष सक्रियतामा आवश्यक तयारी मन्त्रालयबाट सकेर परराष्ट्र मन्त्रालयमा ड्राफ्ट पठाइसकेका छौुं, मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले बुधबार अन्नपूर्ण पोस्टसँग भने । भ्रमणको क्रममा परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराइएको मस्यौदाका आधारमा दुवै मुलुकबीच सरकारस्तर र व्यापार स्तरमा सम्झौता हुनेछ ।
    यसअघि गत कात्तिक ११ गते नेपाल आयल निगम र चीन सरकारको स्वामित्वको पेट्रो चाइनाका अधिकारीले ९चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन० इन्धनको व्यापार गर्ने विषयमा द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर गरेका थिए । निगमले चीनबाट कुल मागको ३३ प्रतिशत चीनबाट आपूर्ति गर्ने विषयमा सहमति पत्रमा हस्ताक्षर गरेको थियो ।
    भारत सरकारको निमन्त्रणामा दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई भारतले मागको ७० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउने जानकारी गराएपछि सरकारले इन्धनको अभावलाई दीर्घकालीन रुपमा सम्बोधन गर्न चीनबाट ३० प्रतिशत भित्र्याउने तयारी गरेको हो ।
    नेपाल आयल निगमका अनुसार व्यापार गर्ने विषयमा सहमति भए पनि दुई पक्षबीच हालसम्म बीटुबी ९बिजिनेस टू बिजिनेस० सम्बन्धी सम्झौता भएको छैन । ‘अहिलेसम्म व्यापार गर्ने विषयमा दुई पक्षबीच सहमति मात्रै भएको छु, निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने,‘ गभर्मेन्ट टु गभर्मेन्ट सम्झौता नहुँदासम्म बीटुबी सम्झौता हुँदैन ।ु
    उनका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा पहिले दुई मुलुकबीच जीटुजी ९नेपाल सरकार र चीन सरकार० बीच सम्झौता हुन्छ । त्यसपछि इन्धन व्यापारसम्बन्धी दुई पक्षीय बिटुबी सम्झौता हुनेछ ।
    चीनले अहिलेसम्म नेपाललाई युरो मापदण्डको १३ लाख लिटर पेट्रोल अनुदानमा एक पटक उपलब्ध गराइसकेको छ भने दोस्रो पटक पुनः सोही परिमाणमा उपलब्ध गराउने आश्वासन दिए पनि उक्त परिमाणको इन्धन नेपालले प्राप्त गर्न सकेको छैन ।
    चिनियाँ पक्षले मागेको परिमाणमा चीनको छिंघनई प्रान्तस्थित छिंनिङको गोलमड रिफाइनरी प्लान्टबाट सबै प्रकारका इन्धन उपलब्ध गराउन सक्ने आश्वासन दिएको छ । गोडमड केरुङबाट एक हजार आठ सय ५० किलोमिटर पश्चिममा पर्छ ।
    बाधक कर र भौतिक पूर्वाधार
    मन्त्रालय स्रोतका अनुसार सम्झौताका लागि आवश्यक तयारी गरिए पनि अहिले पनि चीनले कुन मूल्यमा नेपाललाई इन्धन उपलब्ध गराउँछ भन्ने विषयमा अन्यौल छ ।
    निगमले इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले अन्तर्राष्ट्रिय मूल्यको आधारमा कर छुट गरेर रक्सौल नाकामा उपलब्ध गराउने मूल्यकै हाराहारीमा इन्धन उपलब्ध गराइदिन चिनियाँ पक्षसँग ‘लबिङु गर्दैआएको छ । चिनियाँ पक्षले अन्तर्राष्ट्रिय मूल्य र कर छुट गरेर इन्धन उपलब्ध गराउने विषयमा आवश्यक तयारी नगर्दा दुवै मुलुकबीच इन्धनको कारोबार गर्ने विषयले मूर्त रुप लिन सकेको छैन ।
    पेट्रो चाइनाले निगमलाई गत कात्तिकमा करसहितको ल्हासाको खुद्रा मूल्य उपलब्ध गराएको थियो । त्यो मूल्य सूचीअनुसार त्यसबेलाको मूल्यको आधारमा राजधानीमा करसहित चिनियाँ पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९० र डिजेलको मूल्य एक सय ५५ रुपैयाँ तोकिएको थियो ।
    यसैगरी करबाहेक केरुङमा पेट्रोल ८८ रुपैयाँ र डिजेल ८४ रुपैयाँ प्रतिलिटर उपलब्ध गराउन सकिने चिनियाँ पक्षले प्रस्ताव गरेको थियो । चिनियाँ पक्षले प्रस्ताव गरेको उक्त मूल्यअनुसार इन्धनको मूल्य आईओसीले उपलब्ध गराउने मूल्यभन्दा पनि महँगो पर्ने भएकाले त्यसपछि आवश्यक प्रक्रिया रोकिएको थियो ।
    मन्त्रालय स्रोतकाअनुसार चिनियाँ पक्षले चीन र तिब्बतमा लाग्ने स्थानीय कर जोडेर नेपाललाई इन्धन उपलब्ध गराउन खोजेकाले त्यहाँको इन्धन महँगो भएको हो । ‘प्रधानमन्त्रीको भ्रमणको क्रममा कर मुक्त गरेर इन्धन उपलब्ध गराउने बिषयमा दुवै सरकार प्रमुखबीच कुरा हुनेछु, मन्त्रालय स्रोतले भन्यो ।
    तत्कालीन समयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पटकपटक कर मुक्त मूल्यको आधारमा इन्धन उपलब्ध गराइदिन चिनियाँ पक्षलाई पत्राचार गरेको थियो । तर चिनियाँ पक्षले हालसम्म त्यस विषयमा चासो नदेखाएका कारण नेपाल र चीनबीच हुने भनिएको बीटूबी सम्झौता हुन सकेको छैन ।
    इन्फोप्रधानमन्त्रीको भ्रमणमा दुई मुलुकबीच सम्झौता भयो भने ३० प्रतिशत डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास चीनबाट आपूर्ति हुनेछ ।

    सार्क विदेशमन्त्री स्तरीय बैठक बेरोजगारी मा केन्द्रित

    चैतको पहिलो साता मिनि शिखर सम्मेलन पोखरामा

    फाल्गुन २७, २०७२ - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को पोखरामा हुने विदेशमन्त्रीस्तरीय बैठक ९मिनी शिखर सम्मेलन० मा यस क्षेत्रका युवाहरूको भविष्यबारे साझा धारणा तय हुने भएको छ । पोखरामा चैत १ देखि सुरु हुने ४ दिने बैठकमा युथ चार्टर पारित गरेर अघि बढ्ने तयारी आठै सदस्य मुलुकको छ । अवसर नपाएर वैदेशिक रोजगारमा गएकादेखि बेरोजगार युवासम्मलाई ध्यानमा राखेर आठै सदस्य मुलुकले साझा रणनीति तय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
    परराष्ट्र मन्त्रालयले युवासम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्मा पारित गर्न पठाए पनि अझै टुंगोमा पुगेको छैन । युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त साझा योजनाका आधारमा सार्कको युथ चार्टर तय भएको छ । परराष्ट्र मन्त्रालयले चार्टर तय गरेर पठाइसकेको स्रोतले बतायो । सम्मेलनअघि मन्त्रिपरिषद्ले पारित गरेपछि सबै मुलुकको संसदले पारित गरेर काम अघि बढ्नेछ । विदेशमा काम गर्न गएका युवाको हक, हितदेखि युवाको वृत्ति विकासमा समेत यो चार्टरले काम गर्ने अधिकारीहरूको दाबी छ ।
    यस क्षेत्रमा व्याप्त युवा बेरोजगारी, युवालाई नेतृत्वमा लैजाने, सीप विकास, उच्च शिक्षा, एक(अर्का मुलुकका युवाबीच अन्तक्रिर्यालगायत दर्जनौं विषय यसमा समेटिएको छ । यो चार्टर प्रभावकारी रूपमा लागू भए युवाहरूको समस्या सम्बोधन सामूहिक रूपमा हुनेमा अधिकारीहरू विश्वस्त छन् । सार्कको कार्यक्रम समितिले पारित गरेर सचिवस्तरीय बैठक हुँदै मन्त्रीस्तरमा लगिनेछ । यसमा दक्षिण एसियाली विश्वविद्यालयसहित अन्य दुई यस्तै क्षेत्रीय इन्स्टिच्युटको प्रतिवेदनसमेत कार्यक्रम समितिमा आउनेछ ।
    पोखराको ग्रान्ड होटलमा हुने उक्त बैठकमा यसअघिको शिखर सम्मेलनले गरेको प्रतिबद्धता र भएका कामका विवरण प्रस्तुत हुनेछन् । परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकमा शिखर सम्मेलनको प्रतिबद्धता कार्यान्वयनबारे ६८ पृष्ठको कार्ययोजना र भावी रणनीति पेस गर्नेछन् । उक्त प्रतिवेदनले अहिलेसम्म भएका काम र हुन नसकेका कारणसमेत औंल्याउने यसमा संलग्नहरूले बताए ।
    मिनी शिखर सम्मेलनका रूपमा चिनिने उक्त बैठकले आगामी शिखर सम्मेलनको पनि तय गर्नेछ । पाकिस्तानले आयोजना गर्ने भनिएको १९औं शिखर सम्मेलन यसै वर्षको मंसिरलाई प्रस्तावित भए पनि पाकिस्तानले केही समय सार्ने कूटनीतिक संकेत दिइसकेको अधिकारीहरूको भनाइ छ । बैठकमा शिखर सम्मेलनबाहेक मुख्यसचिव स्तरीय बैठक, ग्रामीण पर्यटनसम्बन्धी सार्क स्तरीय बैठक, बसाइँ सराइसम्बन्धी उच्चस्तरीय बैठक गर्नेबारे समेत टुंगो लाग्नेछ ।खासगरी शिखर सम्मेलन भएको एक वर्षपछि समीक्षा बैठकका रूपमा यसलाई लिइने गरिन्छ ।
    बैठकमा भाग लिन भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्सका विदेशमन्त्रीहरू नेपाल आउने निश्चित भएको छ । सार्कलाई इकोनोमिक युनियनका रूपमा विकास गर्ने, स्वतन्त्र व्यापार क्षेत्रको प्रभावकारिता, साझा स्याटलाइट, उपक्षेत्रीय सहकार्य, सार्क केन्द्रको प्रभावकारिता, सडक र हवाई सञ्जाललगायत विषयमा छलफल केन्द्रित हुनेछ । त्यस्तै यस क्षेत्रमा व्याप्त आतंकवाद, उग्र आतंकारीहरूको बढदो प्रभाव कम गर्न साझा सुरक्षा रणनीति र सहकार्यलगायत विषयमा समेत छलफल हुनेछ । यद्यपि त्यस विषयमा कुनै ठोस प्रतिवेदन भने छैन । पर्यवेक्षकलाई विभिन्न आयोजनामा लगानी गराउने विषय र काम हुन नसक्नुको कारणबारे समेत छलफल हुनेछ । एकभन्दा बढी मुलुकसँग ९ पर्यवेक्षक मुलुकले सहयोग गर्न सक्ने भए पनि त्यसमा काम अघि बढेको छैन । -   कान्तिपुर

    ‘आर्ट अफ लिभिंग’ गुरु रविशंकर दोषी ठहर, ५ करोड जरिवाना

    थप १२० करोड जरिवाना गर्न सिफारिस

     ‘आर्ट अफ लिभिंग’ नाम गरेको धार्मिक संस्थाका अभियन्ता गुरु रविशंकरलाई वातारण विनासमा संग्लग्न भएको ठहर गर्दै भारतको ‘नेशनल ग्रिन ट्राइबुनल’ले ५ करोड रुपयाँ जरिवाना गर्ने निर्णय गरेको छ। 
    आगामी शुक्रबारदेखि यमुना नदीको किनारमा रविशंकरले बृहत ‘विश्व सांस्कृतिक कार्यक्रम’ आयोजना गर्दैछन्।
    ‘आर्ट अफ लिभिंग’ अभियानले ३५ बर्ष पुरा गरेको अवसरमा आयोजना हुने उक्त कार्यक्रम ३ दिनसम्म चल्ने छ जसमा ३० लाख बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
    उक्त कार्यक्रम स्थल निर्माणका क्रममा आयोजकले व्यापक रुपले वातावरण विनास गरेको ट्राइबुनलको ठहर छ। ट्राइबुनल न्यायधीश र विज्ञहरु भएको सरकारी समिति हो।
    कार्यक्रम नै रोक्नु पर्ने वातावरण पक्षधरले माग गरे पनि ट्राइबुनलले भने रविशंकरलाइ जरिवाना मात्र गरेको छ। उक्त निर्णयबाट असन्तुष्ट भएका रविशंकरले यस विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन। भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले भनेका छन् म जेल जान तयार छु तर एक पैसा पनि तिर्दिनँ।  
    ट्राइबुनलले दिल्ली विकास प्राधिकरण र दिल्ली प्रदुषण नियन्त्रण समितिलाई पनि वातावरण विनासप्रति आँखा चिम्लिएको भन्दै जरिवाना गरेको छ। प्राधिकरण ५ लाख र समिति एक लाख जरिवानामा परेका छन।
    अहिले ठूलो संख्यामा इन्जिनियर र निर्माण मजदुरले कार्यक्रम स्थल तयार पारिरहेका छन्। नदीदेखि धेरै टाढासम्मको जमिन समतल बनाइएको छ। ठूला संरचना खडा गरिएको छ। पार्किंग स्थल, शौचालय र अन्य आवश्यक संरचना निर्माण भएका छन् भने ५०/६० हेक्टर भूमिबाट वनस्पति र रुख विरुवापूर्ण रुपले मासिएको छ।
    भारतीय सेनाका जवानहरु निर्माण कार्यमा संग्लग्न छन्। उनले कार्यक्रम स्थल निर्माणमा सेना प्रयोग गर्न आफ्नो प्रभाव  प्रयोग गरेको भन्दै रविशंकरको चर्को आलोचना भएको छ।
    रविशंकरले भने उक्त विरोधलाई ‘ननसेन्स’ भनेका छन्। उनका अनुसार कार्यक्रम सात एकड जमिनमा हुनेछ जसमा ८,५०० संगीतकर्मी र १५५ देशबाट ३० लाख भन्दा बढी मानिस सहभागी हुनेछन्। ‘कमनवेल्थ खेलमा भन्दा यस कार्यक्रममा धेरै मानिस सहभागी हुनेछन,’ उनले भनेका छन्।
    ट्राइबुनलले त्यहाँको वातावरणलाई पहिले कै स्तरमा फर्काउनका निम्ति रविशंकरसँग १२० करोड भारतीय रुपैँया जरिवाना गर्न सिफारिस गरेको छ। तर, उक्त कदमका लागि १२० करोड थोरै हुने धेरैको आंकलन छ।   
    लोकप्रिय गुरुका रुपमा चिनिने रविशंकरका धेरै ब्यापारी र राजनितिज्ञहरु शुभेच्छुक र चेला छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको निकट सम्वन्ध रहेको छ। उनको कार्यक्रमलाई प्रमुख दलका नेता र सरकारका प्रमुख व्यक्तिहरुको समेत समर्थन छ।

    मधेसी मोर्चाले सरकारसँग राख्यो विल्कुलै नयाँ माग, मनपरी नगर्न चेतावनी

    काठमाडौं, २७ फागुन । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग नयाँ माग राखेको छ ।
    उसले सर्वोच्च अदालतमा न्यायधीश नियुक्तिमा भइरहेको भागवण्डा अन्त्य गर्न माग गरेको हो ।
    यसअघि आन्दोलन र मधेसका मुद्दा सम्बोधन गर्न माग गर्ने मोर्चाको विहीबार बसेको बैठकले न्यायिक क्षेत्रमा मनपरी नगर्न सत्तारुढ दलहरुलाई चेतावनी दिएको हो ।
    तमलोपा कार्यालय विजुली बजारमा बसेको बैठकपछि मोर्चाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘न्यायपरिषदको पूर्णत र संसदीय समितिको गठन नभएको अवस्थामा नेपालको संविधान २०७२ को धारा ४२ को समेत विपरित राजनीतिक आस्था र भागवण्डाको आधारमा सर्वोच्च अदालतमा न्यायधीशको नियुक्ति सिफारिसको मोर्चा बिरोध गर्दछ’, बैठकको निर्णयमा भनिएको छ, ‘समानुपातिक समावेशीताको सिद्धान्तको आधारित रही न्यायपरिषदको पूर्णता र स्वरुप प्रदान गरी न्यायाधीशको नियुक्ती हुन मोर्चा जोडदार माग गर्दछ ।’
    यसपटक मोर्चाले कुनै आन्दोलनका कार्यक्रम पनि घोषणा गरेन् ।

    दरबार हत्याकाण्डको १४ वर्षपछि पारसले मुख खोले (भिडियोसहित)

    काठमाडौं, २७ फागुन । पूर्वराजा विरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको एक पछि अर्को रहस्य खुल्ने क्रम जारी छ ।
    यसैक्रममा २०५८ जेठ १९ गते राति भएको यो घटनाका प्रत्यक्षदर्शी पूर्व युवराज पारसविक्रम शाहले हत्याकाण्डको सनसनीपूर्ण खुलासा गरेका छन् ।
    यो हत्याकाण्डमा मुख्य नायक त्यस बेलाका तत्कालिन युवराज दीपेन्द्र रहेको खबरले विश्वलाई नै स्तब्ध बनाएको थियो । तर, नेपाली जनमानसमा यो घटना रहस्यमय बनिरहेको बेला पूर्व युवराज पारसले यस घटनाको रहस्य खोलेका हुन् ।
    उनले सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै दरबार हत्याकाण्ड पूर्व युवराज दिपेन्द्रले गराएको दाबी गरेका छन् ।
    उनले भने( ‘उहाँ ९दिपेन्द्र०ले पहिला बुवालाई गोली हान्नुभयो । त्यसपछि बहिनी, ज्वाई र काका धिरेन्द्रलाई हान्नुभयो । अन्तिममा आमा ऐश्वर्या र भाई निराजनलाई पनि बाँकी राख्नुभएन् । हामीहरु अर्को कोठामा हुँदा बाच्यौ ।’
    उनले आफूलाई भाग्यमानी भन्दै त्यो रात दरबारमा बाच्ने सबै भाग्यमानी भएको बताए ।
    हत्याकाण्डमा पूर्वराजा विरेन्द्रसहित १० जनाको मृत्यु भएको थियो ।


    विद्यार्थीसँगको सहकार्यमा समुदायको निर्माण

    फागुन २७ वीरगंज, वीरगंजका आठ कलेजका करिब सात दर्जन विद्यार्थीले अध्ययनसँगै आफ्नो समुदायको विकासका लागि सामुहिक पहलको सुरुवात गरेका छन ।
    सानो पाइलाको अगुवाईमा वीरगंजमा श्रृखलाबद्ध रुपमा सुरु भएको विद्यार्थीको संलग्नता र सहकार्य अभियानमा आएका विद्यार्थीले आफ्नो भुमिका, क्षमता र रुची नै तोकेर सहकार्यका लागि साझेदारीको सुरुवात गरेका हुन । सानो पाइलाले संचालनगर्दै आएका समुदायको शिक्षा, स्वास्थ्य, कृषि, मानव अधिकार, विकास निर्माण र सचेतनाजस्ता कार्यक्रममा सहभागिताका लागि उनिहरुले इच्छा ब्यक्त गरेका हुन । उनिहरुले देशमा रहेको दाईजो प्रथा र छोराछोरी बिचको भेदभावको कडा बिरोध गर्नुका साथै यसको रोकथाम र निराकरणका लागि आफु खुलेर लाग्ने बताए । अधिकांस छात्राहरुले समाजले महिलालाई हेर्ने दृष्टिकोण र छेकबारका बिषयमा खुलेर कुरा गरेका थिए ।  
    स्थानिय नेशनल एकेडेमीकी छात्रा पुजाकुमारी रौनियारले आफ्नो उपस्थिती रहने क्षेत्रको विकासका लागि आफ्नै योगदान आजको आवश्यकता भएको बताईन । उनले आफुले अध्ययन गरेको कुरा अन्यलाई बाडन पाउने अवसर सानो पाइलाले दिएको बताईन । यस्तै एमबी केडिया डेन्टल कलेजका छात्र जशोधानन्द चौधरी जानेको कुरा संस्थागत रुपमा प्रयोगगर्ने अवसरका रुपमा सानो पाइलाको अभियानलाई लिएको बताए । उनले पेशाले भावि दन्त चिकित्सक हुनेभए पनि आफुले आफ्नो समुदायमा निभाउने जिम्मेबारी बोध भएको बताए ।
    सानो पाइलाका संस्थापक कञ्चन झाले संस्थाले स्थापनाका पछिल्ला नौ वर्षमा गरेका कार्यका बिषयमा बिद्यार्थीलाई जानकारी गराएका थिए । पर्सा र बारामा संस्थाले अफिम र गाँजा खेतिलाई बिस्थापन गर्नुका साथै सुरुवात देखि नै लागुपर्दाथ बिरुद्ध विभिन्न अभियान संचालन गर्दै आएको छ । उनले नेपालमा दातृ निकायको सहयोगसँगै समुदायको सहयोग र सहकार्यमा परियोजना अघि बढाउनु आजको आवश्यकता रहेको बताए । उनले समुदायका समस्या, आवश्यकता र चेतनाका लागि समुदायनै सक्रिय रहनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा भारतीय महाबाणिज्य दुताबासकी जर्नल कन्सुलर अन्जु रञ्जनले नेपालको समुदायको विकासमा भारत सधै सहयोगी रहदै आएको बताईन । उनले सानो पाइलाको अभियानमा दुतावासले सहयोगगर्ने प्रतिवद्धता जनाएकी थिईन । संस्थाकी सचिव डाक्टर सुषमा तिवारीले देशको अग्रणी भुमिकामा रहने युवाले आफ्नो क्षमता, चाहना र सीपको पहिचानगर्दै एकजुट भएर अगाडी बढन आह्वान गरिन । उनले युवाको चाहना स्थिर रहने र महत्वकाक्षा बढि हुने भएकाले समाजले चाडो प्रभावित गर्ने भएकाले सचेत रहनुपर्ने बताईन ।
    देशका तीस भन्दा बढि जिल्लामा पछिल्लो नौ वर्षदेखि समुदायमा केन्द्रीत रहेर कामगर्दै आएको सानो पाइलाले समुदायको निर्माणबाट नै देश निर्माण सम्भव र सरल भएको वकालत गर्दै आएको छ । संस्थाको लागू औषध पूर्नस्थापना, बाल अधिकार, अनाथ भनिएका बालबालिकाको परिवारसँग पूर्नमिलन, भारतीय सर्कसबाट उद्दार भएका युवाको सर्कस काठमाडौं र हिमालयन ज्वैलरी जस्ता कार्यक्रम सफल भएका छन ।
    कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले युवाले देखेको सपना युवाकै सहभागितामा अघि बढन लागेको बताए । उनले युवामा निर्भर रहेको देशको अर्थतन्त्र र विकास निर्माणमा समुदायको निर्माणको सोच सराहनिय भएको बताए । उनले भने “ केही युवाले देशका लागि देखेका सपना अब सबै युवाको साझा सपना हुने दिन आएको छ, मिलेर अघि बढे असम्भव केही छैन,” झाले भने ।

    नेपाली भूमिमा चिनियाँ सीसी क्यामरा


    काठमाडौँ २७ पर्सा, सरकारले चीनसँग किमांथाका नाका संचालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।
    नाका आसपास चहलपहल तीब्र भएपछि सतर्कता बढाइएको हो ।
    चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको छ । केही समयअघिसम्म खुल्ला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा २ दिनमात्र खुला गर्ने गरिएको छ।

    टेलिकममा भ्रष्टाचार भएको भन्दै प्रयोगकर्ताको तथ्यांक आफ्नो नियन्त्रणमा भएको ह्याकरको दाबी !

     काठमाडौं २७ फागुन, नेपाल टेलिकममा विभिन्नखाले भ्रष्टाचार भएको समाचार रातोपाटीले सार्वजनिक गरेपछि त्यसको विरोधमा ह्याकरको एक समूहले टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक ह्याक गरिएको र उक्त तथ्यांक आफ्नो नियन्त्रणमा रेहको दाबी गरेको छ । आफ्नो फेसबुक पेजबाट टेलिकमका प्रयोगकर्तालाई सम्बोधन गर्दै उक्त समूहले नेपाल टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक आफ्नो नियन्त्रणमा भएको दाबी गरेको हो । उक्त समूहले केही प्रयोगकर्ताको ह्याक भएको विवरणसमेत सार्वजनिक गरेको छ ।
    • कसले गर्यो ह्याक ?
    केही समयअघि डा। बाबुराम भट्टराईको वेबसाइट ह्याक गर्ने ह्याकर को समूह बलयलथmयगक ‪३‎यउलभउ ले टेलिकमका भ्रष्टाचार भएका कारणले उसका प्रयोगकर्तालाई नेपाल टेलिकम असुरक्षित छ भन्ने जानकारी दिनसमेत आफूले यस्तो गरेको बताएका छन् । ह्याकरको उक्त समूहले प्रयोगकर्ताका सम्पूर्ण मोबाइल नम्बर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । उक्त समूहले प्रयोगकर्ताको नागरिकता नम्बर, युजरनेम, बुवाको नाम, ठेगाना र अन्य सम्पूर्ण विवरणसमेत ह्याक गरिएको दाबी गरेको छ । यद्यपि, उक्त समूहले प्रयोगकर्ताको सेक्युरिटी कोड भने ह्याक नभएको स्पष्ट पारेको छ । उक्त समूहले यसअघि पनि आफूले थुप्रै साइट ह्याक गरेको दाबी गरेको छ । उसले वरुण राष्ट्रिय निकुञ्ज, किप्स एफएम, इसेवाको एक सब डोमेनलगायतका साइट ह्याक गरिसकेको छ भने समूहले रक्षा मन्त्रालयको साइटसमेत केही दिनका लागि ह्याक गरेको थियो ।
    टेलिकमको सर्भर असुरक्षित छ भन्ने प्रमाणित गर्न ह्याक गर्यौं : ह्याकर समूह
    ह्याकरको उक्त समूहले आफ्नो फेसबुक पेजमार्फत नेपाल टेलिकमको सर्भर सुरक्षित छ वा छैन भन्ने जान्न आफूले प्रयोगकर्ताका सम्पूर्ण तथ्यांक नियन्त्रणमा लिएको जानकारी दिँदै नेपाल टेलिकमलाई आफ्नो ‘सर्भर’ सुरक्षित राख्नसमेत आग्रह गरेको छ । उसले आफूहरूले नियन्त्रणमा लिएका कुनै पनि तथ्यांकको दुरुपयोग नगर्नेसमेत दाबी गरेको छ । ‘नेटवर्कमा समस्या छ । त्यही कारणले सर्भर सुरक्षित छैन भन्ने प्रमाणित गर्न हामीले टेलिकमका तथ्यांक नियन्त्रणमा लिएका छौं ।’ नेपाल टेलिकमको सर्भर ह्याक भएको प्रमाणित गर्न ह्याकर समूहले उनीहरूलाई कसैको मोबाइल नम्बर पठाए नेपाल टेलिकमको सर्भर प्रयोग गरी एसएमएस पठाइनेसमेत दाबी गरेको छ ।
    •  के भन्छन् आईटी विज्ञ ?
    यस विषयमा राटोपाटीले काठमाडौँमा काम गरिरहेका विभिन्न आईटी विज्ञसँग सम्पर्क गरेको थियो । काठमाडौँको कोटेश्वरमा सञ्चालित एक सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘नेपाल टेलिकमको सर्भर असुरक्षित भएको पक्कै हो । ह्याकरले गरेको ह्याकबाट उक्त तथ्य प्रमाणित भएको छ ।’ काठमाडौँको मैतीदेवीमा सञ्चालित अर्को एक सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘तपाईंले यसबारे सोध्नुभएपछि मैले पनि ह्याकरले सार्वजनिक गरेको तथ्य पढेँ । र, आफैँले त्यसबारे अनुसन्धान पनि गरेँ । ह्याकर समूहले टेलिकमका प्रयोगकर्ताका सम्पूर्ण विवरण आफ्नो नियन्त्रणमा लिएका रहेछन् । उनीहरूले उक्त तथ्यांकको दुरुपयोग नगर्ने भनेपछि केही गरी गरिहाले भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ ।’
    • टेलिकम प्रवक्ताले प्रतिक्रिया दिइनन् !
    यसबारे नेपाल टेलिकम प्रवक्ता प्रतिमा वैद्यलाई सम्पर्क गर्दा उनले फोन उठाइनन् । फोन नउठेपछि उनलाई एसएमएसमार्फत यसबारे प्रश्न सोध्दासमेत उनको प्रतिक्रिया आएन । नेपाल टेलिकममा असुरक्षित सर्भर राखेको र सस्तोमा पाइने सफ्टवेर प्रयोग गरेर करोडौँ रुपैयाँ भ्रष्टाचार भएको समाचार रातोपाटीले सार्वजनिक गरेको थियो ।

    हिमालयन एयरलाइन्सले भित्र्यायो पहिलो एयरबस, चैत ३० देखि उडान भर्दै

    फागुन २७ काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल भित्र्याएको छ । हिमालयले तिब्बत एयरलाइन्ससँगको सहकार्यमा नेपालबाट अन्तरराष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो ।
    आगामी चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जानकारी दिएको छ । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो ।
    हिमालयले विस्तारै अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ । विजखबर

    एनसेल उपहार योजना आजबाट अहिले सुचारगरी पाउनुहोस् ९० दिन निशुल्क उपहार

    फागुन २७ काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना ल्याएको छ । जस अन्र्तगत एनसेलका ग्राहकले अब ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन सक्छन् ।
    योजना बिहिबार बाट लागु भई ९० दिनसम्म संचालनमा रहने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । योजनामा एनसेलका सम्पूर्ण नयाँ तथा पुराना प्रिपेड तथा पोष्टपेड ग्राहकले भाग लिई प्रत्येक दिन निश्चित डेटा प्याक, बोनस ब्यालेन्स, बोनस टक टाईम, रात्रि टक टाईम, बोनस एसएमएस र एमएमएस लगायतका मध्येबाट कुनै एक उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।
    एनसेलका ग्राहकले १७१२४ मा डायल गरी अथवा अंग्रजीको पहिलो अक्षर ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् । सहभागी जनाए पछि ग्राहकले विविध उपहारहरु मध्ये एक उपहार हरेक दिन योजना अवधिभर लगातार पाउनेछन् ।
    योजनामा रु ५० बोनस ब्यालेन्स, रु २५ बोनस ब्यालेन्स, रु १५ बोनस ब्यालेन्स, ९ एमबी डेटा, ६ एमबी डेटा, ५ मिनेट बोनस टक टाईम, १० बोनस एसएमएस र एमएमएस, रु १० रात्री टक टाईम बोनस, रु १० रात्री बोनस, ५ बोनस एसएमएसलगायत उपहारहरु रहेका छन् ।
    यसरी प्राप्त हुने उपहार ग्राहकले त्यसै दिन अर्थात राती १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । राती १२ बजे पछि अघिल्लो दिनको उपहार स्वतः सकिनेछ र सोही उपहार ग्राहकले फेरी अर्को २४ घण्टाका लागि मान्य हुने गरी पाउनेछन् ।योजनामा सहभागी ग्राहकले पहिलो दिन प्राप्त गरेको उपहार योजना अवधिभर लगातार प्राप्त गर्नेछन् । विजखबर

    कानुन बनाउने संसद् नै कानुनविहीन

    २७ फागुन, काठमाडौं । दलीय स्वार्थ हावी भएपति मुलुक सञ्चालनका लागि आवश्यक कानुन बनाउने व्यवस्थापिका संसद नै नियमावलीविहीन बन्न पुगेको छ ।
    संसद् सञ्चालनका लागि आवश्यक नियमावली निर्माणमा संसद् उदासीन बन्दा मुलुकका  संवैधानिक नियुक्तिहरु नै प्रभावित बन्न थालेका आजको राजधानी दैनिकमा समाचार छ ।
    आन्तरिक विवादकै कारण चार पटक सम्म म्याद थपिएको नियमावली मस्यौदा समितिको पछिल्लो पटक वैधानिकतामै प्रश्न उठेको छ । नियमावली बनाउन नसकेपछि पछिल्लोपटक थपिएको समितिको म्याद २० फागुनमै सकिएको छ ।
    तर, म्याद सकिएको एक साता बितिसक्दा पनि न समितिको म्याद थप भएको छ न त समितिले नियमावी मस्यौदा नै तयार पार्न सकेको छ । समितिको म्याद संसद्को पूूर्ण बैठकले मात्र थप नर्ग सक्छ ।

    आर्मीलाई हराउदै हेटौडा फाईनलमा

    सिमरा, २६ फाल्गनु : साविक बिजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै विजय युथ क्लब हेटौडा सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
    सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीबिरुद्ध सडन डेथमा नतिजा निकाल्दै हेटौडा अन्तिम दुईमा प्रवेश गरेको हो ।
    प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि नजिता आउन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा समेत ५–५ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो ।
    सडन डेथमा आर्मीका सन्तोष तामाङको प्रहार पोष्टमा ठोक्किदा हेडौडाका सुनिल बिकले गोल गर्दै टिमलाई जित दिलाएका थिए । यसअघि टाईब्रेकरमा आर्मीका जितेन्द्र कार्की, भरत खवास, रजिन धिमाल, दिपक गुरुङ र गोलरक्षक बिकेश कुथुले गोल गरेका थिए । हेटौडाका लागि सुनिल बल, सन्जय राज बाहक, भुपाल गुरुङ, रवि भण्डारी र बिश्व अधिकारीले गोल गरेका थिए ।
    खेलको सुरुवातमै खेलमा अग्रता लिएपनि आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा हेटौडाले बराबरी गोल फर्काएको थियो । खेलको १० औ मिनेटमा आर्मीले पेनाल्टीमार्फत अग्रता लिएको थियो । हेटौडाका मनोज बिष्टले टंक बस्नेतलाई लडाएपछि पाएको पेनाल्टीमा आर्मीका जितेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
    आर्मीबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हेटौडाले थुप्र्रै अवसर बनाएपछि पहिलो हाफमा गोल फर्काउन सकेन् । आर्मीले पनि पहिलो हाफमा पाएको केही अवसर चुकाउन पुग्दा अग्रता बढाउन सकेन ।
    झण्डै चार हजारको संख्यामा दर्शक उपस्थित भएको सिमरा रंगशालामा आर्मी र हेटौडाबिचको दोस्रो हाफ पनि प्रतिस्पर्धात्क र रोमाञ्चक बन्न पुग्यो । आर्मीबिरुद्ध राम्रा अवसर सिर्जना गरेको हेटौडाले खेलको ५८ औं मिनेटमा बराबरी गोल फर्र्काउने अवसर गुमायो । आर्मीका गोलरक्षक बिकेश कुथुलाई बिट गर्दै हेटौडाका रवि भण्डारीले प्रहार गरेको बल हिरण्य मगरले गोल लाईनबाट क्लियर गरेका थिए ।
    खेलमा फर्कर्ने थुप्रै अवसर गुमाएको हेटौडाले खेलको ८७ औं मिनेटमा बराबरी गोल फर्कायो । आर्मीको रक्षापंक्तीलाई तोड्दै बिमल रानाले उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काएका हुन् । हेटौडाबिरुद्ध दोस्रो हाफमा पाएको अवसर सदुपयोग गर्न आर्मीका भरत खवास, राजु तामाङ, रजिन धिमाल चुक्दा निर्धारित समय बराबरीमा सकिदै अतिरिक्त समयमा धकेलिएको हो ।
    अतिरिक्त समयमा पनि दुबै टिमले अवसर गुमाउन पुग्दा खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत नजिता नआएपछि सडन डेथमा आर्मीलाई हराउदै नवप्रवेशी हेटौडामा अन्तिम दुईमा पुग्यो ।
    टिमको पराजयपछि आर्मीका प्रशिक्षक मेघराज केसीले खेलको सुरुवातमै अग्रता लिएपनि सम्हालिएर खेल्न नसक्दा पराजय भोग्नुपरेको बताए । खेलमा अग्रता बढाउने थुप्रै अवसर चुकाउन पुग्नुपनि टिमका लागि दुभाग्यपूर्ण भएको केसीको भनाई थियो ।
    हेटौडाका प्रशिक्षक सुविन घिमिरेले टिमको प्रदर्शन तारिफयोग्य रहेको बताए । आर्मीजस्तो सशक्त टिमबिरुद्ध आफ्ना खेलाडीले देखाएको प्रदर्शनलाई आफूले निकै सम्मान गर्ने घिमिरेको भनाई थियो ।
    प्रतियोगिता अन्र्तगत बिहिवार दोस्रो सेमिफाईनल खेल वीरगन्ज युनाईटेड क्लब र रुपन्देही ११ बिच खेल हुनेछ ।

    आज खन्डग्रास सूर्य ग्रहण लागेको बेला देखिएको तस्बिर

    वीरगंज २६ फागुन ।आज बिहान ग्रस्तोदिन खन्डग्रास सूर्य ग्रहण लागेको थियो ।
    यो बेला ठूला ठूला घटना दुर्घटना हुनसक्ने खोगोलविदहरुले चेतावनी समेत दिएका छन् । यसलाई नेपालको आकाशमा सूर्य उदाएपछि सात बजेर २ मिनेटसम्म देखिएको थियो ।
    चर्चित ज्योतिष सुनील सिटौलाले ज्योतिष गणना अनुसार बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाएपछि मात्र हेर्न सकिने बताएका थिए ।
    सूर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु भएको, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष भएको थियो ।

    बायोग्राफी वीरगन्जको

    पछिल्लो मधेस आन्दोलनको केन्द्रमा रह्यो वीरगन्ज । नेपालको मुख्य व्यापारिक नाका पनि यही ठाउँ हो । नेपालको राजनीतिक, आर्थिक र सामाजिक तहमा प्रभावकारी भूमिका रहेको यो सहरको नालीबेली बुझ्न चाहनेका लागि पत्रकार गिरीश गिरीले पुस्तक तयार पारेका छन्, वीरगन्ज स् मेरो सहरको कथा ।
    यस सहरसँग गिरीशको भावनात्मक सम्बन्ध पनि छ किनभने उनी वीरगन्जमै जन्मेहुर्केका हुन् । उनको पत्रकारिताको व्यावसायिक करिअर पनि यहीँ सुरु भएको थियो । यसअघि यसै सहरका बारेमा वृत्तचित्र टिम नेपाल बनाएर चर्चा बटुलेका यी पत्रकार आफ्नो पुस्तकलाई वीरगन्जको बायोग्राफी मान्छन् ।
    खासमा गिरीशले वीरगन्जका बारेमा पुस्तक लेख्ने योजना दुई वर्षअगाडि नै बुनेका थिए । १०–१५ हजार शब्द लेखे पनि तर पुस्तकले पूर्णता पाएको थिएन । यसपटकको मधेस आन्दोलनका क्रममा जब उनी वीरगन्ज पुगे, तब रिपोर्टिङले मात्र उनको धीत मरेन । केही हजार शब्दका समाचारले वीरगन्जका तमाम विषयवस्तुलाई स्पष्ट पार्न नसकिने महसुस गरे । वीरगन्ज स् मेरो सहरको कथा यसकै प्रतिफल हो ।
    वीरगन्ज, त्यहाँको आन्दोलन र सामाजिक पक्षलाई चिहाउन यो पुस्तकले मद्दत गर्ने उनको विश्वास छ । वीरगन्ज यात्राको जटिलताबाट सुरु भएको पुस्तक त्यही जटिलताबाट फेरि निस्केर समाप्त भएको छ । “सहरको जन्मको कथादेखि यसको विकासक्रम, पुराना घटना, रहस्यमयी र रोचक पात्रको वर्णनदेखि मधेस आन्दोलनका वीरगन्जेली भोगाइहरू समेटेको छु,” गिरीश भन्छन्, “सानो इतिहास बोकेकै सहर भए पनि त्यसले समेटेका रोचक पात्र, विविधतायुक्त घटना र रंगीन परिवेशले सम्पन्न वीरगन्जको दस्तावेज हो पुस्तक ।” पुस्तक २८ फागुनमा सार्वजनिक हुँदैछ । -नेपाल
    08 March, 2016

    कांग्रेस महामन्त्रीमा सशांक कोइराला विजयी

    फाल्गुन २५, २०७२-कांग्रेस महान्त्रीमा सशांक कोइराला निर्वाचित भएका छन् ।
    १३ औं महाधिवेशनमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै सशांक महामन्त्री निर्वाचित भएका हुन् । उनी रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए ।
    निर्वाचन समितिले आधिकारिक घोषणा गर्नमात्र बाँकी छ ।
    कोषाध्यक्षमा पनि पौडेल समूहकै सीतादेवी यादव अगाडि छन् ।
    • को हुन् सशांक ?
    कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा सशांक कोइरालाको जन्म २०१५ सालमा विराटनगरमा भएको हो । लामो समय चिकित्सा पेसामा संलग्न आँखा रोग विशेषज्ञ डाक्टर कोइराला ०४६ सालको जनआन्दोलनमा चिकित्सकहरूका तर्फबाट सहभागी थिए ।
    परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका कोइराला ०६७ को १२औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए । उनी नवलपरासीबाट ०६४ र ०७० को दुइटै संविधानसभामा निर्वाचनमा विजयी भएका हुन् ।

    सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा महिला दिवसमा अन्तक्रिया

    वीरगन्ज २५ फागुन  प्रत्येक बर्ष मार्च ८ तारिखका दिन मनाइने अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मंगलबार वीरगन्ज स्थित श्रीपुरमा रहेको सामुदायिक केन्द्रले एक अन्तरक्रिया गरेर मनाएको छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलनमा उत्रेको दिनको सम्झनामा मनाउन थालिएको हो ।
    केन्द्र तथा सामुदायिक प्रहरी श्रीपुरले १ सय ६ अन्तर्रा्ष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा महिलाका समस्याका बारेमा र उनीहरुको सशक्तिकरणका लागि अन्तक्रिया कारिक्रम गरेका हुन । यो सामुदायिक केन्द्र अन्तरगतका वीरगन्ज उपमाहानगरपालिकाको १४, १५ र १६ वडाका महिला तथा पुरुष सहभागि अन्तरक्रियाको अध्यक्षता केन्द्रका अध्यक्ष राम सर्राफले गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथी पर्सा प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले प्रहरी र समुदाय मिलेर काम गर्दा समाजमा शान्ति सूरक्षा प्रभावकारी रुपमा कायम हुने र महिलाहरु माथी हुने हिंसा पनि न्युनिकरण हुने बताए । श्रेष्ठले शुभकामना सन्देश दिँदै व्यवस्थापिका–संसद्बाट बनाउनुपर्ने कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो भई अघि बढ्ने विश्वास व्यक्त गरे । उनले महिलाहरु आफै अगाडी सरेर समाजका कुरितीहरु अन्त्य हुने बताए । सामुदायिक सेवा केन्द्र श्रीपुरका बरिष्ठ सलाहकार जगदीश शर्माले सबै क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिता बढाउदै लजानु पर्ने बताए ।

    सुशीला कार्की पहिलो महिला प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ भनेर सलाहाकार शर्माले यसलाई साकारात्कम भने । वीरगन्ज उपमाहानगरपालिकाका कार्यवाहक कार्यलय प्रमुख प्रकाश अमात्यले कार्यालयको तर्फबाट महिला सशक्तिकरणको सवालमा सहयोग गर्ने प्रतिबद्धता गरे । नेपाल महिला कल्याण सस्थाका रेखा घिमिरे, महिला तथा बाल बालीका बिकाश संस्थाका बिपीन घिमिरे तथा स्थानीय महिला र पुरुषहरुको कार्यक्रममा ब्यापक सहभागीता रहेको थियो । कार्यक्रममा बेल्दै वक्ताहरुले महिलाहरुको अधिकार र स्वतन्त्रताको सवाल आन्दोलनको रुपमा अगाडी बढाउने राय जनाए । नेपालको संविधान २०७२ ले सबै निकायमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको, राष्ट्रपति र सभामुखमा महिलाले नै नेतृत्व गरेकोलाई वक्ताहरुले स्वागत गरे । सेवा केन्द्रका केषाध्यक्ष जयलाल साहले यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताए । 
     

    महिलाको संवैधानिक अधिकार कार्यन्यवनमा जोड

    फागुन २५ बीरगन्ज । नयां संविधानमा अन्तरहित महिला अधिकारको कार्यन्यवन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । १०६ औ श्रमिक महिला दिवशको अवसरमा अखिल नेपाल महिला संघ पर्साले आयोजन गरेको कार्यक्रमका वक्ताहरुले संवैधानिक अधिकार प्रत्येक निकायमा लागु हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिट व्युरो सदस्य नागेन्द्र चौधरीले संवैधानिक अधिकारकालागि महिलाहरु एकजुट भएर अगाडी बढन आग्रह गर्नु भयो । संविधानले महिलालाई पुरष सरह अधिकार दिएको दाबी गर्दै चौधरीले कार्यन्यवन पक्षलाई बलियो बनाउनु पर्ने बताउनु भयो । अनेमा संघकी केन्द्रिय सदस्य निर्मला देवकोटाले महिला मैत्री कानुन कार्यन्यवनमा देखिएको कमजोरीलाई सुधार गर्नुका निम्ती महिलाहरु अग्रसर हुनु पर्ने बताउनु भयो । ३३ प्रतिशत महिला आरक्षण आआफनो संगठन, पार्टी र सरकारमा लागु गराउन सबैले इमानदारी भुमिका खेलनु पर्ने आवश्यक रहेको उहाले बताउनु भयो ।
    अनेमा संघकी पर्सा अध्यक्ष उषा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा एमाले पर्सा क्षेत्र न. १ का अध्यक्ष नवराज शर्मा, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, महिला नेतृ विना शर्मा, चौतारीका सल्लाहकार बृजलाल पासवान लगायतकाले महिला सबलीकरणको विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा युवा संघ पर्साका अध्यक्ष श्याम गुप्ता, युवा नेता संतोष पासवानको सहभागिता रहेको थियो ।

    मनाङलाई स्तब्ध पार्दै रुपन्देही सेमिफाईनलमा प्रवेश

    सिमरा, २५ फाल्गुन, बारा
    दुई पटकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लबलाई स्तब्ध पार्दै रुपन्देही ११ सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
    सिमरा रंगशालामा मंगलवार भएको अन्तिम क्वार्टरफाईनल खेलमा मनाङलाई १–० ले पराजित गर्दै रुपन्देही अन्तिम चारमा प्रवेश गरेको हो । रुपन्देहीको जितमा म्यान अफ दि म्याच घोषित बुद्ध चेमजोङले खेलको ९औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
    रुपन्देहीको जितसंगै सेमिफाईनको समिकरण पुरा भएको छ । रुपन्देहीले अब सेमिफाईनलमा वीरगन्जसंग प्रतिस्पर्धा गर्नेछ भने बिभागिय टिम नेपाल आर्मीले बिजय युथ क्लब हेटौडासंग फाईनल प्रवेशका लागि भिडन्त गर्नेछ ।
    साविक बिजेता समेत रहेको आर्मीले सोमबार रुस्लान थ्रिस्टार क्लबलाई पराजित गरेको थियो भने बिजय युथले आयोजक नव जनजागृति र सरस्वती युथ क्लबलाई पन्छाउदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
    बिभागिय टिम एपिएफलाई पन्छाउदै क्वार्टरफाईनलमा प्रवेश गरेको रुपन्देहीले मनाङलाई पराजित गर्ने क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । उपाधीकै दावेदार मानिएको मनाङको प्रदर्शन भने खासै रहन सकेन् ।
    रुपन्देहीको तुलनामा सन्तुलित खेल खेलेपनि थुप्रै अवसर गुमाउन पुग्दा मनाङ पहिलो खेलबाटै घर फर्किएको हो । मनाङका अनिल गुरुङ, बिशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ र अफ्रिकि खेलाडी खेलाडी मुसाले थुप्रै अवसर चुकाएका थिए । खेलको ६७ औ मिनेटमा हेमन गुरुङले डिबक्स बाहिरबाट प्रहार गरेको बल क्रसबारमा लागेर फर्किनु मनाङका लागि दुभाग्य बन्न पुग्यो ।
    टिमको पराजयसंगै निराश बनेका मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफ्नो खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । रुपन्देहीको तुलनमा राम्रै खेलेपनि फिनिसिङमा चुक्दा हार ब्यहोर्नुपरेको बताए ।
    रुपन्देहीका सहायक प्रशिक्षक जगुनाथ खड्काले मनाङजस्तो सशक्त टिमलाई पराजित गर्न सकेकोमा खुशी ब्यक्त गरे । टिमको प्रदर्शन मनाङको तुलनामा केही कमजोर भएपनि रणनिति अनुसार खेल्न सकेकाले जित हासिल गरेको उनको भनाई थियो ।
    प्रतियोगिता अन्र्तगत बुधवार साविक बिजेता त्रिभुवन आर्मी क्लब र बिजय युथ क्लब हेटौडाबिच हुनेछ ।

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक ¥याली

    वीरगंज २५ फागुन, १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साको आयोजना एवं कारीतास नेपालको सहयोगमा पर्साको विभिन्न गाविसहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।“लैङ्गिक समान्ताका लागि पाइला हराहरी, सन् २०३० सम्म हिस्सा बराबरी, संविधानलाई व्यवहारमा उतारौं, हिला अधिकार सुनिश्चित गरौं” भनने मुल नाराका साथ पर्साको गाविस सुवर्णपुर, निर्मलबस्ती, ठोरीमा जनचेतनामुलक ¥याली निकालेको छ । आयोजक संस्थाका कार्यक्रम प्रमुख दिपेन्द्र कुमार साहको नेतृत्वमा निस्केको ¥यालीले गाउँको विभिन्न परिक्रमा गर्दै महिला हिंसा सम्बन्धि जनचेतना जगाइएको थियो ।
    ¥यालीमा आयोजक संस्थाका अवधेश कुमार राम, नरेश जैसवाल, सञ्चारकर्मी श्रवण साह, स्थानिय भद्रभलादमी, महिला, सर्वसाधारणको हजारौंको संख्यामा उपस्थिति रहेको थियो । गाविस सुवर्णपुरको १ देखि ९ सम्मका वडाहरुमा ¥याली निकालिएको थियो । जसमध्ये सबै भन्दा बढि सहभागीता भएको वडा नं. ७, वडा नं. ९ र वडा नं. १ लाई क्रमशः ८, ७ र ५ सयको दरले आयोजक संस्थाले नगद सहयोग समेत गरेको कार्यक्रम संयोजक दिपेन्द्र कुमार साहले जानकारी दिनु भयो ।
    यसैगरी पर्साको ठोरीमा अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।

    मधेस आन्दोलनबारे म्यानमारमा छलफल

     वीरगञ्ज, २५ फागुन, म्यानमारको राजधानी नेपीटनमा आज मधेस आन्दोलनबारे छलफल भएको छ । नेपाल, भुटान र डेनमार्कका प्रतिनिधिबीच मधेश आन्दोलनका उपलब्धि र आगामी कार्यदिशाबारे छलफल भएको हो ।

    अर्थपूर्ण प्रजातन्त्र र राजनीतिमा महिलाको भूमिका विषयमा भएको अन्तरक्रियामा नेपालबाट तराई मधेश लोकतान्त्रिक पर्टीका महासचिव जितेन्द्र सोनलको सहभागिता थियो । कार्यक्रममा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आनसाङ सूची नेतृत्वको नेशलन लिग फर डेमोक्रेसीका तर्फबाट सांसद स्वेस्वे सेन लतको पनि सहभागिता थियो । 

    रामचन्द्र किन हारे ? यी हुन् हारका ४ कारण !

    भगवान रामचन्द्रले आफ्नै भाइ भरतलाई राजगद्दी त्यागेर १४ वर्ष वनवासको यात्रामा जानुपरेको थियो । अहिले कांग्रेसका कार्यवाहक सभापति रामचन्द्रले पनि चार वर्षका लागि पार्टीको गद्दी छाड्नुपरेको छ ।
    रामचन्द्र पौडेल किन हारे रु
    नेपाली राजनीतिमा पाँच दशक देखि निरन्तर रुपमा लाग्दै आएका पौडेलको जीवनमा यस्तो अवस्था सिर्जना हुनुमा अरु कोही नभएर उनी आफै दोषी छन् । पौडेलका हारका चारवटा कारण छन् ।
    पहिलो कारण – कृष्ण सिटौलालाई मिलाउन नसक्नु । पार्टी सभापतिमा उम्मेदवारी दिँदै गर्दा उनले संस्थापन पक्षकै बलिया हस्ती कृष्णप्रसाद सिटौलासहितलाई मिलाउन सकेनन् । यो उनको ठूलो कमजोरी हो । यदि यो कमजोरीलाई पौडेलले बेलैमा बुझेको भए हार व्यहोर्नुपर्ने थिएन ।
    दोस्रो कारण – सिंह, महत र कोइरालाको साथ । १३ औं महाधिवेशनको पूर्वसन्ध्यालाई एकपटक फर्केर हेर्ने हो भने पार्टीमा खासै जनाधार नभएका प्रकाशमान सिंह, डा। रामशरण महत, सुजाता कोइराला नेताहरुलाई सारथी बनाउन हुने थिएन । जसका कारण आज पौडेलको ५ दशक लामो राजनीतिक जीवनमा नराम्रो ठेस लाग्न पुगेको छ ।
    तेस्रो कारण( खुमबहादुरलाई तान्न नसक्नु । महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसभित्र प्रभावशाली मानिएका खुमबहादुर खड्का पक्षधरलाई आफ्नो खेमामा ल्यान नसक्नु पनि पौडेलको ठूलो कमजोरी रह्यो । यदि पौडेलले खड्का पक्षधरलाई आफ्नो खेमामा ल्याउन सकेको भए नतिजा उनको पक्षमा पर्न सक्दथ्यो । त्यसमा पनि उनी चुकेकै हुन् ।
    चौथो कारण( साँघुरो घेरामा रमाउनु । ०४६ सालको परिवर्तनपछि प्रायः सत्ताको वरिपरि घुमेका पौडेल आफ्नो परिवार र नातेदारको घेराबाट बाहिर निस्कनु पनि उनको हारको अर्को कारण बन्यो ।
    यदि बेलैमा यी कमजोरीहरुलाई हटाएर उनी महाधिवेशनमा होमिएको भए आज उनले पराजय भोग्नुपर्ने थिएन । पौडेलको राजनीतिक जीवनमा जे नहुन थियो, त्यो भइसक्यो । त्यसैले अब पछुताउनु सिवाय अरु केही बाँकी छैन ।
    काग्रेसको पछिल्लो राजनीतिक अवस्थालाई नजिकबाट नियालेर हेर्ने हो सभापतिमा देउवाको जितसगै पार्टीमा देउवा पूर्णरुपमा हावी हुने स्पष्ट देखिन्छ । यस्तो अवस्थामा पौडेलले संसदीय दलको नेतादेखि अन्य प्रमुख जिम्मेवारी पाउने सम्भावना निकै नै कम छ ।
    यद्यपि १३ औं महाधिवेशनमा आफ्नो प्यानलबाट महामन्त्रीमा विपी पुत्र शशांकलाई अगाडि बढाएको हुँदा उनले जितेको खण्डमा पनि शशांक पौडेलसँग भन्दा देउवासँगै नजिकिने सम्भावना बढी छ ।
    माथिका विविध घटनाक्रमलाई मध्यनजर गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने १३ औं महाधिवेशनपछि कांग्रेसको आन्तरिक राजनीतिमा रामचन्द्रको यात्रा ‘राजनीतिक(वनवास’ को अवस्थामा पुग्ने खतरनाक मोडमा आइपुगेको छ । -डम्बर अधिकारी -अनलाइनखबर

    १०६ औँ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न ( फोटो फिचर)

     फागुन २५ पर्सा    
    मेरो समय
    ‘लैङ्गिक समानताको लागि पाइला हाराहारी : सन २०३० सम्म हिस्सा बराबरी’ भन्ने मुल नाराका साथ आज वीरगंजमा पनि १०६ औँ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न भएको छ ।
    वीरगंजको महिला तथा बालबालिका कार्यलय, जिल्ला प्रहरी कार्यालय, वीरगंज महिला जागरण समाज, केआई नेपाल, माईति नेपाल, विजाम, दिव्य युवा क्लब, सशस्त्र हिसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजना, एनजिओ सिसि, तराई उत्थान महिला केन्द्र लगायत विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आज विभिध कर्यक्रम समपन्न गरेको छ ।
    कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरेले महिला हिसाँ आ–आफ्नो घरबाटै हटाउनु पर्ने बताउनु भएको थियो । उहाँले महिला शिक्षित भए सिङगो समाज नै शिक्षत हुने संज्ञा दिदै महिला अगाडी बढनुपर्ने बताउनु भएको थियो । 
    यसैगरी कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले नारी सर्वगुण सम्पन्न भएको उदाहरणहरु दिदै जिल्लामा भएका संघसंस्थाहरुले अब सहरमा नभई गाउँमा महिला हिसाँ विरुद्धको कार्यक्रमहरु गर्नुपर्ने बताएका थिए । उनले सहर केन्द्रित कार्यक्रमले एउटा घरमा मात्रै आवाजहरु केन्द्रित भएकाले गाउँ गाउँमा कार्यक्रमहरु गर्नुपर्ने बताउनु भएको थियो । प्रहरी उपरिक्षक श्रेष्ठले गाउँमा आयोजना गराउने प्रत्येक कार्यक्रममा प्रहरी जस्तो सुकै सुरक्षा दिन तयार रहेकाले बताउदै जिल्लाको दर्जनौँ संस्थाले औपचारिक मै सिमित नहुन सुझाव समेत दिएका थिए ।
    कार्यक्रममा विभिन्न ६ जना एकल महिलालाई सम्मान गरिएको थियो भने डा।लक्ष्मी थापाले छोटो समयमा विभिन्न योगदान पुर्याएको वापत उहाँलाई समेत सम्मान गरिएको थियो । 
    कार्यक्रममा स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्याल, माइति नेपालकी संगिता पुरी, पुर्व कृषि राज्य मन्त्री करिमा बेग्म, युनिसेफका वृजकिसोर पटेल, एनजिओसिसिका अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो । 

    दिवसकै अवसरमा विहान घण्टाघरबाट निकालेको ¥यालिमा सहभागिहरुले महिला हिँसा रहित नेपाल सबैको इच्छा आत्मनिरभरका लागि सर्वसूलभ शिक्षा, छोरीलाई दाइजो होइन शिक्षा र अवसर दिऊ, उठौ जागौ आफ्नो अधिकार आफै खोजौ, संविधानलाई व्यवहारमा उतारौँ महिला अधिकार शुनिस्चित गरौँ लगायतको प्लेकार्ड बोकि ¥यालि निकालेको थियो । ¥यालि वीरगंजको माईस्थान, आदर्शनगर चोक, अलखिया मठ, विर्ता, नरायणी अस्पताल लगायतको विभिन्न स्थान परिक्रममा गरि लाइन्स क्लबको सभाहलमा पुगि कार्यक्रममा परिणत भएको थियो ।

    बिमल, अनन्त र अन्जन स्पेनी क्लब मार्बेल्लामा अनुबन्धित

    फागुन २५ काठमाडौँ ।
    फुटबल खेलाडीत्दय बिमल घर्तीमगर, अनन्त तामाङ र अन्जन बिष्टलाई स्पेनी फुटबल क्लब मार्बेल्ला युनाइटेड एफसीले अनुबन्धित गरेको छ ।
    उनीहरुले २०१६ को युरोपियन टुर अन्तर्गत हल्याण्ड, जर्मनी र बेल्जियममा खेल्ने क्लबले जनाएको छ ।
    युरोपियन टुर खेलाडीहरुका लागि परीक्षण समेत हुने बताइएको छ ।

    असुली गिरोहको त्रासमा वीरगन्ज

    वीरगन्ज – वीरगन्जमा उद्योगी, व्यवसायी, कर्मचारी तथा शिक्षकलाई धम्क्याएर रकम असुली गर्ने गिरोह सक्रिय भएको छ ।
    मधेस आन्दोलनपछि व्यापारिक प्रतिष्ठान, निजी अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा विद्यालयमा रकम माग गर्दै मधेस र थरुहट नाम जोडिएका विभिन्न संगठनको पत्र तथा धम्कीपूर्ण फोन आउने गरेको हो ।
    ‘मधेस मुक्तिका नाममा असुली गर्ने गिरोह सक्रिय हुँदा वीरगन्जका व्यवसायी त्रसित छन्,’ वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, ‘६ महिनाको आन्दोलनले अर्बौं क्षति भएको मुलुकको प्रमुख आर्थिक केन्द्रका व्यवसायी अहिले मधेसवादी भूमिगत संगठनको नाममा असुली तथा धम्कीले आहत छन् ।’ उनका अनुसार आन्दोलनपश्चात उद्योगी, व्यवसायीलाई धम्क्याएर रकम असुली गर्ने गिरोह नै अहिले सक्रिय छ । कारोबार दैनिकमा खबर छ ।

    मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा असर, कसरी बच्ने ?

    काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले मोबाइल धेरै चलाउँदा ख्याल गर्न सुझाव दिएका छन् ।
    बढ्दो प्रविधिसँगै मोबाइलको प्रयोग धेरै हुन थालेपछि त्यसबाट मानव स्वाथ्यमा थुप्रै प्रभाव पर्ने भन्दै ख्याल गर्न सुझाव दिएका हुन् ।
    १)मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।

    २) राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १।८ मीटर पर राख्नुस् ।

    ३) मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि परहोस् ।

    ४) गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।

    ५) धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।

    ६) इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।

    ७) पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।

    ८) मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।

    ९) फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ । यसबाहेक मोवाइल किन्दा क्ब्च् ९क्उभअषष्अ ब्दकयचउतष्यल च्बतभ०  हेर्नुस् । जति कम क्ब्च् उतिनै राम्रो हुन्छ । अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ ।

    स्रोतः डा। कोइरालाको फेसबुक पेज

    कांग्रेस शेरबहादुर देउवाः रुवाखोलादेखि सभापतिसम्म (संक्षिप्त जीवनी)

    काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उहाँ बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।
    बाल्यकालदेखि नै राजनीतिक चासो राख्नुहुने नवनिर्वाचित देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट सक्रिय नेपाली राजनीतिमा प्रवेश गर्नुभएको हो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति हुनुहुन्छ ।
    त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । देउवा एक छोराका पिता हुनुहुन्छ । उहाँकी धर्मपत्नी डा आरजु पनि अहिले व्यवस्थापिका–सांसद् हुनुहुन्छ ।
    नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
    विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उहाँ काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । विसं २०५९ मा दोस्रो पटक प्रधानमन्त्री हुनुभएका देउवा त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बन्नुभयो ।
    काँग्रेसको विभाजनपछि उहाँ नेपाली काँग्रेस ९प्रजातान्त्रिक०को सभापति बन्नुभएको थियो । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक) को एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभयो ।
    उहाँ विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेविसङ्घका प्रथम सभापति हुनुहुन्छ र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ ।
    देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ । यसअघि पार्टीको ११औँ र १२औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेदवार हुनुहुन्थ्यो । रासस
    Scroll to Top