• नयाँ खबर

    05 March, 2016

    “तिम्रो खुशीमा” म्युजिक भिडियोको बिमोचन सम्पन्न


    वीरगंज, २२ फागुन
    “तिम्रो खुशीमा” नामक म्युजिक भिडियोको आज वीरगंजमा एक कार्यक्रमको बिच बिमोचन भएको छ । वीरगंजका चर्चित मोडल युवराज केशरी र श्रेया मान्धरको मुख्य भुमिका रहेको भिडियोको बिमोचन वीरगंंज स्थित माईस्थानमा रहेको वृन्दावन होटलमा सम्पन्न भएको हो । 
    वीरगंज उपमहानगरपालिका का ईन्जिनियर शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न बिमोचन कार्यक्रममा म्युजिक भिडियोका नायक युवराज केसरी,नायिका श्रेया मानन्धर,सहयोगीहरु अनिशा पौडेल,रौनक क्याल,सुजल कार्की,धिरेन्द्र ठाकुर, वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई,कन्चनजंघां स्कुलका डाइरेक्टर  मार्टिन मुक्तान,मधेसी पत्रकार समाज पर्साको अध्यक्ष संतोष पटेल,सिटी डान्स एकेडमीका डाइरेक्टर राजन रौनियार,स्थानिय गायक दिप्तिका मिश्रा ,बिसिसी कलेजका प्रिन्सीपल सुशिल भट्टराई ,बिइङ्ग ह्युमनका अध्यक्ष तनबिर आलम लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  
    बिजय ठाकुरको निर्देशन तथा गायक अशोक प्रधानको स्वरमा रहेको गीतको  सम्पुर्ण छायांकन वीरगंजका बिभिन्न स्थानहरुमा भएको निर्देशक बिजय ठाकुरले बताए । मोडल युवराज केशरीले यो भन्दा अगाडि मायालु तिमी, जिन्दगीमा , तिमीलाई देखेर जस्ता गीतमा अभिनय गरिसकेका छन् । मोडल केशरीको तिम्रो खुशीमा  चौथौ म्युजिक भिडियो बिमोचन हुदै छ । यसैगरी केशरीको मायालु तिमीलाईको म्युजिक भिडियो पनि चाँडैनै छायांकन हुने निर्देशक ठाकुरले बताए ।  बिमोचन समारोहको सहजीकरण शिवम् साह र स्वागत मन्तव्य वीरगंजका चर्चित गायक अशोक प्रधान गरेका थिए ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: “तिम्रो खुशीमा” म्युजिक भिडियोको बिमोचन सम्पन्न Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top