• नयाँ खबर

    24 July, 2016

    निरन्तर दुई वर्षदेखि भन्सार राजश्व प्रभावित

    वीरगंज भन्सार कार्यालयले विगत दुई वर्षदेखि आफ्नो लक्ष्य अनुसारको असुलि गर्न नसकेर प्रत्यक्ष रुपमा प्रभावित बनेको छ । 

    साउन ९ पर्सा, जियालाल साह :
    आर्थिक मसान्त २०७०/०७१ मा ८९ अर्ब ३२ करोड को वार्षिक लक्ष्य लिएको वीरगंज भन्सार कार्यालयले ८९ अर्ब ३४ करोड राजश्व संकलन गरेर आफ्नो लक्ष्य अनुसारको राजश्व संकलन गरेको थियो । तर विगत दुई वर्षदेखि वीरगंज भन्सार कार्यालयले लक्ष्य अनुसारको आफ्नो राजश्व संकलन गर्न सकेका छैनन् । आर्थिक वर्ष २०७१/०७२ को वैशाखमा आएको विनाशकारी भुकम्पका कारण झण्डै ३ महिना सम्म आफ्नो लक्ष्यमा पुर्ण रुपले फर्कन सकेका थिएनन् जसले गर्दा ९१ अर्ब ५ करोड रुपैया वार्षिक रुपमा राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ८९ अर्ब ९० करोड मात्रै संकलन गरेर झण्डै १ अर्ब १५ करोड रुपैया राजश्व घाटा भएको थियो ।  
    यसवर्ष पनि वीरगंज भन्सार कार्यालयले लामो समयको नाका अवरोधलाई कारण देखाउदै संशोधन गरेको लक्ष्य अनुसार पनि ७७.४२ प्रतिशत मात्रै संकलन गर्न सकेको हो । कार्यालयले आर्थिक वर्ष २०७२/०७३ को ७१ अर्ब ८६ करोड वार्षिक लक्ष्यको ५५ अर्ब ६४ करोड मात्रै असुलि गरि झण्डै १६ अर्ब २२ करोड रुपैया राजश्व घाटा व्यवहोरेको वीरगंज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले बताउनु भएको हो । मधेशमा जारी आन्दोलनले असोज ७ गते देखि माघ २२ गते सम्म पुर्ण रुपले भन्सार नाका बन्द नै रहेका थिए । त्यसपछि पनि पुर्ण रुपले भन्सारमा मालबस्तु आउन सकेका थिएन् जसले गर्दा राजश्व संकलनको आफनो लयमा फर्कन सकेका थिएन् । मधेश आन्दोलनले मात्रै भन्सार कार्यालयले झण्डै ७ महिना सम्म प्रभावित भएकोले दोस्रो पल्टको राजश्वको लक्ष्य दास्रो पटकको समेत पुरा गर्न नसकेको भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए । 
    सरकारले गत वर्ष आएको विनासकारी भुकम्पको मारले डुबेको देशलाई आर्थिक विकासको माध्यमले आयातकर्तालाई अझै बढी सहजता बढाई राजश्व संकलन गर्ने भार भन्सार कार्यालयको थियो । ताकि आउने आर्थिक वर्षमा भुकम्पबाट देशभरि क्षति भएको सम्पतीको पुनःनिर्माणका लागि बजेटमा सहयोग पुगोस तर अक्लपनिय घाटा मात्रै व्यवहोरिनु परेको हो । 
    यता वीरगंज भन्सार कार्यालयले आफ्नो लक्ष्य संकलनमा घाटा व्यवहोरेपनि भैरहवा नाकाले वर्षभरीमै ६० अर्ब ९१ करोड रुपैया राजश्व संकलन गरेको हो । जुन वीरगंज भन्सार कार्यालय भन्दा झण्डै ६ अर्ब बढी हो । अन्तराष्ट्रिय बिमानस्थलको एक, चिनसंग जोडिने ९ वटा र भारतबाटजोडिने २० वटा गरी नेपालमा रहेका ३० वटाभन्सार कार्यालयमध्ये वीरगन्ज भन्सार कार्यालय एक्लैलाई ५१ प्रतिशतभन्दा बढी राजश्व असुली गर्ने गरेको थियो तर मधेश बन्दले गर्दा लक्ष्य नै संसोधन गरेरपनि राजश्व संकलन गर्न नसकेको हो ।

    रात्रि उडान लागि टुंगो लाग्न सकेन् ।

    काठमाडौंबाट रात्रि उडान र अवतरणबा लागि सिमरा विमानस्थलले कराेडाैं खर्चेर अाफ्नाे सुविधा सम्पन्न व्यवस्थापन गरेर विधुत प्रधिकरणसंगकाे समन्वयमा विजुलि बतिकाे व्यवस्था गरेपनि रात्रि उडानका लागि टुंगो लाग्न सकेकाे छैन् । तस्बिर : जियालाल साह

    घण्टाघर ट्लक्क टल्कियाे !


    रङ्ग राेग्नकाे काम सकियाे, घण्टाघर ट्लक्क टल्कियाे ।
    #Birgunj_Ghantaghar

    देश चलाउने नेताका कमाण्डरहरू ।

    वीरगन्ज पथलैया सडक खण्डकाे चिनिमेल अगाडि पुरै बाटो छेकेर माेटरसाइल कुदाउदै गर्दा माेटरसाइकलमा सवार एक वृद्धले बाटाे छेकेकाे देखेर भाेजपुरीमा गालि गर्दै 'काेरिया सब'ताेहनि के बाप के राेड ह भन्दै गालि गर्दै थिए ! झट सुन्दा उनको कुरा बेवास्ता गरेकाे लागेपनि याे गुनासाे अाम मानिसले समेत विभिन्न पार्टीहरूले निकाल्ने गरेकाे रयालिमा भाेग्दै अाएकाे पीडा हाे ।
    #हाम्रा_देशका_नेताहरू
    #नेताका_कमाण्डरहरू

    पिपल बाेटले करोडौंकाे संरचना भत्किने डर



    करोडौं रूपैया खर्चेर वीरगंजका व्यपारीहरूकाे सहयाेगमा निर्मित नेपालकै प्रवेशद्वारकाे रूपमा चिनिने शंकरअचार्य गेटकाे संरचना माथि उव्जेकाे पिपल बाेटले संरचना नै भत्किने डर भएकाे छ । 
    हरेकवर्ष यहाँका व्यापारीले अाफ्नै खर्चमा उब्जाका बिरुवाहरू नष्ट गर्नुकाे साथै संरक्षण र सम्वर्धन गर्दै अाएकाेमा यसवर्ष पनि यहाँका व्यापारीले गरिदेला भनेर वीरगंज उप-महानगरपालिकाले व्यवस्था गरेकाे देखिन्छ, जसका कारणले यसबाटाे भएर अाउनेजाने सर्वसधारणले करोडौंको संरचना मेटिने चिन्ता देखाउन्छन् । तस्बिर : जियालाल साह

    Scroll to Top