• नयाँ खबर

    22 August, 2016

    नेपालकी पहिलो मुस्लिम ‘हिरोइन’

    मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।
    ‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ।
    ओशिमा बानु यस अर्थमा पृथक छिन्, जो नेपाली फिल्मक्षेत्रमा मुस्लिम समुदायबाटै पहिलो ‘हिरोइन’ का रूपमा भित्रिएकी छन्। यतिमात्र होइन, ओशिमा मोडल, फेसन तथा मोडलिङसम्बन्धी काम गर्ने संस्था ‘हाउस अफ फेसन’ की संस्थापकसमेत हुन्।
    फिल्मक्षेत्रमा मुस्लिम महिलाको न्यून उपस्थिति रहेका बेला ओशिमाको प्रवेशलाई सुखद र गौरवको विषय मान्छिन्, अन्सारी। र, उनको सफलता र निरन्तरताको कामना पनि गर्छिन्।
     पचास वर्षभन्दा लामो इतिहास बोकेको फिल्मक्षेत्रमा अहिलेसम्म कुनै पनि मुस्लिम महिला पर्दामा नअटाउनु आफैंमा सोचनीय विषय हो। उत्तिकै सोचनीय विषय हो, नेपाली फिल्मले मुस्लिम समुदायका कथालाई उतिसारो नसमेट्नु।
    यस्तै बहस चलिरहेका बेला हसन खानको निर्माण तथा नारायण पुरी निर्देशक रहने ‘रोमियो’ नामक फिल्ममा ओशिमा नायिका बनेर अभिनय गर्दैछिन्।
    ओशिमा फिल्ममा छानिएपछि मुस्लिम समुदायका थुप्रैले सकारात्मक कदम भन्दै बधाइ दिए। तर, सामाजिक सञ्जालमा मुस्लिम समुदायबाटै ओशिमाले नकारात्मक टिप्पणी पनि खेपिन्।
    ‘हेर मुस्लिम केटी भएर..., लाज छैन, दिमाग छैन? जस्ता कमेन्टहरू आए,’ ओशिमा भन्छिन्, ‘म यस्ता कुराको वास्ता गर्दिन।’
    ‘मुस्लिम महिला’ भन्नेबित्तिकै धेरैको मस्तिष्कमा बुर्काले ढाकिएको जुनखाले चित्र आउँछ, त्यो धेरै हदसम्म नेपाली समाजको यथार्थ पनि हो। यस्तो सामाजिक जकडबीच नेपाली मुस्लिम समुदायभित्र सानो भए पनि यस्तो वर्ग हुर्किंदैछ, जो मोडलिङ, फेसनजस्ता ‘ग्ल्यामरस’ दुनियाँमा सक्रिय छन। सुन्दरी प्रतियोगितामा भाग लिन्छन्। ‘ग्ल्यामरस’ तस्बिर खिचाउँछन्। यद्यपि, धर्मप्रति आस्था पनि उत्तिकै राख्छन्।
    ओशिमा बानु यस्तै समूहकी युवती हुन्।
    आफ्ना पुर्खा कहिलेदेखि काठमाडौं बस्न थाले, ओशिमालाई थाहा छैन। उनले देखेसम्मका उनका पुर्खा काठमाडौंकै रैथाने हुन्। त्यसैले काठमाडौंबाहिरका मुस्लिम समुदायको भन्दा अलि फरक भोगाइ रह्यो उनका बा/हजुरबाहरूको।
    उनका बाबु मुस्लिम भए पनि आमा क्षत्री समुदायकी हुन्। बिहेपछि आमा मुस्लिम भइन्। हरेक बिहान अल्लाहको प्रार्थना गर्छिन् तर छोरीलाई प्रार्थना गर्नैपर्ने, हिजाब वा बुर्का लगाएर हिँड्नुपर्ने ‘उपदेश’ भने कहिल्यै दिइनन्। उनी यति मात्र भन्ने गर्छिन्, ‘राम्रो बाटोमा हिँड्नुपर्छ। त्यसो भयो भने कसैले केही भन्न सक्दैन।’
    काठमाडौंको आधुनिक परिवेशमा हुर्किएका सबै मुस्लिम युवतीको अवस्था ओशिमाको जस्तो सहज छैन, ओशिमाको ‘अब्जर्भेसन’ले यसै भन्छ।
    मोडलिङ, फेसन, अभिनय लगायत क्षेत्रमा लाग्ने सोच हुँदाहुँदै मनमा समाज र परिवारको डर पालेर आफ्नो इच्छा मार्ने थुप्रै मुस्लिम युवती उनले देखेकी छन्। उनका उमेरका साथीहरू त अहिले घरजम गरेर बच्चा हुर्काएर बसिरहेका छन्। काठमाडौंमै जन्मेहुर्केका युवतीको समेत १६/१७ वर्षमै बिहे हुने गरेको उनले देखेकी छन्। उनलाई पनि कसैकसैले भनेका रहेछन्, ‘बिहे गरेर थपक्क मुस्लिम तरिकाले बस।’
    उनले कसैको कुरा सुनिनन्। ‘मनमा विश्वास लिएर अगाडि बढ्ने मात्र सोचेँ,’ उनले भनिन्, ‘मनको कुरा सुनेँ।’
    सुरुमा उनको मनले मोडलिङको कुरा गरेको भने थिएन। उनी अनायासै ‘शोबिज’को दुनियाँमा आइपुगिन्।
    केही वर्ष अस्ट्रेलिया बसेर फर्किएपछि उनले साडी व्यापारमा हात हालिन्। कसैले फेसबुकमा उनको फोटो देखेछन्। सुन्दर देखेपछि ‘भिभासिटी म्यागेजिन’का लागि फोटोसुटको प्रस्ताव गरेछन्। त्यतिबेलासम्म उनलाई मोडलिङ, फेसनका बारेमा उति ज्ञान थिएन। अस्ट्रेलिया बसेकीले ‘खुल्ला समाज’बारे थाहा भने थियो। उनले आफूलाई कहिल्यै ‘म मुस्लिम हुँ, मलाई यो गर्न वर्जित छ’ भन्ने ठानिनन्। बरु केही पत्रपत्रिकाका ‘ब्लोअप’ देखेकाले फोटोसुटप्रति उनको धारणा त्यति सकारात्मक थिएन। तर, ‘भिभासिटी म्यागेजिन’ को फोटोसुट उनले देखिरहेका ब्लोअपभन्दा ‘सालिन’ हुने भएपछि बाबुआमासँग सोधिन्।
    बाबुले अनुमति दिए। आमाले उही कुरा दोहोर्याइन्, जुन उनले पहिलेदेखि नै भन्दै आएकी थिइन्, ‘राम्रो बाटोमा हिँड्नुपर्छ। त्यसो भयो भने कसैले केही भन्न सक्दैन।’
    ‘मलाई खुसी लागेको काम, अनि परिवारको सपोर्ट। त्यति भए पुगिहाल्यो। अरूले के भन्लान् भन्ने मतलबै भएन,’ उनले भनिन्।
    फोटोसुट भयो। उनलाई विस्तारै मोडलिङको चस्का पस्यो।
    सन् २०१२ को कुरा हो, उनले ‘फेस अफ क्लासिक डायमन्ड’ मा भाग लिइन् र विजेता बनिन्। उनलाई मिस नेपालमा पनि भाग लिने रहर जाग्यो। एक वर्षपछि मिस नेपालमा पनि भाग लिइन् र टप टेनसम्म पुगिन्।
    यी दुई प्रतियोगितामा भाग लिने क्रममा अन्य सहभागीहरूसँग उनको परिचय हुन्थ्यो। जब उनी आफ्नो पूरै नाम भन्थिन्, सबै चकित भावमा भन्थे, ‘मुस्लिम पनि यस्तो ओपन?’
    यसबीच उनी आफैंले मोडलिङसम्बन्धि काम गर्ने ‘हाउस अफ फेसन’ पनि खोलिसकेकी थिइन्। जहाँबाट उनी फेसनसम्बन्धी कार्यक्रम आयोजना गर्नुका साथै सुन्दरी प्रतियोगिता पनि चलाउँछिन्। बजारमा आएका पछिल्ला फेसनका कपडा बिक्रीवितरण पनि गर्छिन्।
    धर्मकै कारण कुनै उल्झन नब्यहोरी करिब सात वर्षभन्दा बढी समयदेखि मोडलिङ यात्रामा रहेकी ओशिमाले मोडलिङमा लागेका मुस्लिम समुदायका महिला विरलै भेटेकी छन्। ‘बाहिर हामीजत्तिकै खुल्ला भएर हिँड्नेहरू छन् तर मोडलिङ, फेसनमा फाट्टफुट्ट मात्रै छन्,’ उनले भनिन्।
    उनको अनुमानमा परिवार, समाज र धर्मकै कारण मुस्लिम युवतीहरू ग्ल्यामरस दुनियाँमा आउन सक्दैनन्।
    त्यसो त जति नै खुला भएर हिँडे पनि उनको मनमा बेला–बेला डर पलाउँदो रहेछ। परिवार नै आफ्नो कामदेखि खुसी छन् भने समाजको डर उनलाई छैन। डर रहेछ, ‘अल्लाह’को। उनी भगवान र अदृश्य शक्तिप्रति विश्वास राख्छिन्।
    दिनहुँ प्रार्थना नगर्दा, आम–मुस्लिम महिलाजस्तो हिजाब वा बुर्का नलगाउँदा बेला–बेला ‘अल्लाह’ को डर लाग्ने उनको भनाइ छ। मनमा यस्तो सोच आएको बेला आफूलाई सम्हाल्ने उनको आफ्नै सूत्र छ, ‘मैले मान्छे त मारेको होइन, त्यसो भने के पाप?’
    ***
    ओशिमालाई आफू मुस्लिम समुदायबाट पहिलो नेपाली ‘हिरोइन’ भएकोमा त्यति गर्व लाग्दैन! 
    ‘को मुस्लिम, को क्रिश्चियनभन्दा पनि उसको खुबीको प्रशंसा गर्नुपर्छ,’ उनले भनिन्, ‘म आफ्नो धार्मिक पृष्ठभूमि होइन, कामसँग मात्र मतलब राख्छु र मलाई पनि मेरो कामकै आधारमा मूल्यांकन गरियोस् भन्ने चाहन्छु।’
    हुन त मुस्लिम समुदायमा मात्र होइन, नेपालका नगन्य महिलाले आफूले रोजेको काम गर्न पाएका छन्। ओशिमा मुस्लिम समुदायभित्र औंलामा गन्न सकिने युवतीमध्ये पर्छिन्, जसले आफूले रोजेको काम गर्न पाएकी छन्।
    ओशिमाले पाएको मौकामा खुसी हुँदै मानवअधिकारकर्मी मोहना अन्सारी भन्छिन्, ‘मुस्लिम महिलाहरूको अवस्था पनि ठाउँअनुसार फरक छ। काठमाडौंका मुस्लिम महिला अलि बढी स्वतन्त्र छन्। ओशिमा बहिनीले जुन मौका पाएकी छन्, त्यो एकदमै खुसीको कुरा हो। फिल्मक्षेत्र पनि एउटा राम्रो व्यावसायिक क्षेत्र हो, जहाँ हरेक तह–तप्काका मान्छेको उपस्थिति र अभिव्यक्ति आवश्यक छ। अब उनको निरन्तरताले पनि अर्थ राख्छ।’ - setopati
    21 August, 2016

    चेलिबेटिमाथि दुव्र्यवहार रोक्न रक्सी पसलमा कडाई

    भदौँ ५ पर्सा
    मध्य नेपाल 
    भारतको विहारमा रक्सीमाथि प्रतिबन्ध लगाएपछि नेपालको बोर्डर क्षेत्रमा नयाँ रक्सी पसलहरुको गैरकानुनि रुपमा सञ्चालनमा बृद्धि भएको पाईएको छ । यस्ता पसलहरु माथि प्रहरीले कार्वाहि थालेको छ ।
    विहारमा रक्सी माथि प्रतिबन्ध लगाएपछि भारतियहरुले नेपालको सिमा क्षेत्रको हाट बजारमा आएर रक्सी खाने, हो–हल्ला गर्ने तथा नेपाली महिला चेलिबेटिमाथि दुव्र्यवहारको घटना बढेकाले प्रहरीले नेपाल सरकरको अनुमति बेगर सञ्चालन गरेका रक्सी पसलहरु माथि कार्वाहि थालेको हो । 
    जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलिले कार्वाहि स्वरुप पहिलो चरणमा अबैध रुपमा सञ्चालनमा रहेको रक्सी पसलहरुको सम्पुर्ण रक्सीजन्य पदार्थ नियन्त्रणमा लिने गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।
    प्रहरीले पर्साको गाविस जानकिटोला स्थित नेपाल भारत सिमाको दशगाजा नजिकै दसौतामा गैरकानुनि रुपमा सञ्चालनमा रहेको न्यू पटेल रक्सी पसलको विभिन्न ब्राण्डको शिल रहेका २६२ पिस रक्सी जन्य पदार्थ र २५ पिस वियर बरामद गरि कार्वाहि थालेको छ । बरामद रक्सी जन्य पदार्थ ५४ हजार मुल्य बराबरको रहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । उनले भने नेपाल सरकराबाट अनुमति बेगर अबैधानिक रुपले सञ्चालन गरेको, समाजमा खल्ल पुर्याउने काम र भारतियहरु सिमा क्षेत्रको रक्सी पसलमा आएर नेपाली चेलि माथि दुव्र्यवहार गर्ने गरेको सुचनाको अधारमा हामीले सिमा क्षेत्रमा रहेको यस्ता पसलहरुमाथि कार्वाहि थालेका छौँ ।
    पर्साको अमरपट्टि, जानकीटोला, भिष्वा लगायतको सिमा क्षेत्रको हाट बजार तथा गौरकानुनि रुपमा सञ्चालित पसलहरु माथि कार्वाहि अगाडि बढाएको छ । 
    प्रहरीले सञ्चालन गरेको यस्तो कार्यको सिमा नजिकै बसोबार गर्नेहरु खुशि व्यक्ति गरेका छन् । पर्सा दशौताका एक स्थानियले भने जब देखि विहारमा रक्सी माथि प्रतिबन्ध लगाईयो तब देखि यहाँको हाट बजारमा मारपिट, तथा झण्डा गर्नेको संख्यामा वृद्धि भएको छ ।
    गाँउलेहरु यस्तागतिविधिले आजित भएका छन् स्थानिय जानकि टोला प्रहरी चौकीमा उजुरि दिदाँ खासै चासो दिएका थिएनन् तर जिल्ला कै प्रहरीले कार्वाहि थालेपछि सिमासंगै जोडिएको गाऊँका महिला चेलिबेटि दुव्र्यवहारबाट जोगिनुको साथै गाउँमा पनि शान्ति फर्किने भएको छ । 


    दलित महिलाको जीवनस्तर उकास्न प्रहरीद्वरा बाख्रा सहयोग

    भदौँ ५ पर्सा
    मध्य नेपाल
    दलित महिलाको जीवन स्तर उकास्नका लागि प्रहरीको सहयोगमा पर्सा जिल्लाको भिखमपुर तथा धोडदौड पिपराको दलित महिलाहरुले बाख्रा उपहार पाउने भएका छन् ।  
    प्रहरी मेरो साथी अभियान कार्यक्रम अन्तगर्त असाढको पहिलो साता स्थानिय संगको अन्तक्रियामा यहाँका दलित महिलाहरुको जिवनस्तर ज्यादै कमजोर भएको पाईएको थियो । जिवन स्तर उकास्न केहि सहयोग गर्नुपर्ने यहाँका महिलाहरुले प्रहरीलाई आग्रह गरेका थिए । आग्रह अनुसार लेडि सर्कल नेपालको सहयोग तथा जिल्ला प्रहरी कार्यालयको प्रहरी मेरो साथि कार्यक्रम अन्तर्गत १०÷१५ वटासम्म बाख्रा पालनका लागि दुई दलित महिला समूहका अध्यक्ष सुनकोसी देवी र लालपरी देवीलाइ ७५ हजार रुपैया सहयोग गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । 
    घरपरिवारका सदस्यलाई शिक्षित नबनाएसम्म घर एवं समाजको प्रगति नहुने बताउदै पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले गाउँघरका बालबालिकाहरू पढेर शिक्षित नभएसम्म बालविवाह तथा दाइजोप्रथा नरोकिने बताए । तराईमा सहयोगको खाचो नरहेको बताउदै आफ्ना छोराछारीलाई पढाउन उनले आग्रह गरे । घरका सदस्य शिक्षित भए समाजसँगै देश विकास हुने भएकोले सहभागीहरूलाई आआफ्ना छोरीछोरालाई जसरी पनि पढाउनुपर्नेमा उनले जोड दिए ।
    लेडी सर्कल नेपालकी अध्यक्ष रश्मी दासले दुवै गाविसमा गठन भएका दलित महिला समूहहरूमध्ये दुई समूहलाई उक्त रकम हस्तान्तरण गरेकी थिइन् । रकमबाट समुहको निर्णयबाट बाख्रा खरिद गरि आयस्तर कमजोर भएका र इच्छुक महिलालाई बाख्रा पालन गराई आम्दानी भएको आधा रकमबाट समुदायका अरू महिलाहरूलाई पनि आयआर्जनका लागि सहयोग गर्ने अध्यक्ष दासले बताइन् । यस कार्यलाई प्रहरीसंगै लेडि सर्कलले पनि अनुगमन गर्ने हुदाँ रकमको दुरुपयोग नभई जीवनस्तर सुद्धिड हुने अध्यक्ष दासको विश्वास छ । 
    कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाह, सशस्त्र प्रहरी निरीक्षक शम्भु विक्रम शाह, राउन्ड टेबलका भूतपूर्व अध्यक्ष मनोज दास, लेडी सर्कल नेपालकी पूजा अग्रवाल, सुषमा शर्मा, निशा अग्रवाल, खुशी शर्मा, सुनीता खेतान, अरविन्द खेतान, सञ्जय पटवारी लगायतको उपस्थिति थियो ।

    १२५ जना डिएसपीको सरुवा, को कहाँ पुगे हेर्नुस् सुची


    भदौ ५, २०७३
    काठमाडौं स्  प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सय २५ जना प्रहरी नायव उपरिक्षकहरुको सरुवा गरेको छ। २०७३ भाद्र महिनादेखि तलब, भत्ता समेत नयाँ सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको हो।

    महानगरीय प्रहरी बृत्त, थानकोटमा कृष्णप्रसाद पंगेनी, महाराजगंजमा गोविन्द पुरी, कालिमाटीमा नवराज अधिकारी, सिंहदरबारमा मनोहरप्रसाद भट्ट, कमलपोखरीमा महेश थापा, सातदोबाटोमा रामेश्वरप्रसाद यादब, ठिमीमा श्यामबाबु ओलिया, जनसेवामा सन्तोष आचार्य, बालाजुमा सन्तोष तामाङलाई ल्याइएको छ।


    20 August, 2016

    बाऊद्वरा छोरीको हत्या, ‘अनर किलिंग’


    भदौँ ४ पर्सा 
    बाऊद्वरा छोरीको हत्या, सुन्दा अपत्यार लाग्न सक्छ तर याथार्तमा एक निर्दयि बाऊले आफ्नौ छोरीको हत्या गरेका छन । भने आमा र छोरा फरार भएका छन् । 
    प्रसङ्ग हो पर्साको गाविस महादेवपट्टि वर्डा नम्बर ३ को, स्थानिय ३५ वर्षिय शिव मुखिया विनले आफ्नौ १४ वर्षिय छोरी प्रभा कुमारी मुखिया गाऊकै एक युवकसंग प्रेम सम्बन्ध गासेकाले उनको हत्या गरेको प्रहरीलाई व्यान दिएको छ । 
    भदौँ १ गते राति करिब २ बजेको समयमा छोरी प्रभा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएर बाऊ शिव मुखियाले उनको घाटी थिचेर मारेका छन् । उनका अनुसार गाउँका एक युवकसंग छोरीको  प्रेम सम्बन्ध रहेको थाहा पाएपछि इज्जत जोगाउन उनको हत्या गरेर राति नै नेपाल भारतको दशगजा क्षेत्र ओरिया खोलाको झाडिमा फालेका थिए । 
    सुरुवातमा गाऊँलेहरुले प्रहरीलाई खबर गरेपछि पक्राउ परेका बाऊ शिव मुखियाले प्रहरीलाई झुक्याउदैँ प्रभाकी आमा २५ वर्षिय शारदा देवी र १६ वर्षिय दाई राजकुमार मुखियाले छोरी प्रभा विरामी भएर भारतको बेतिया लगेको भनि बयान दिएको थियो । त्यसपछि पनि प्रहरीले उनको कुरामा सत्यता नभएको भन्दै थप अनुसन्धान गर्दै जादाँ बाऊ शिव मुखियाले आफ्नो पकिटबाट पैसा चोरेर किन खान्छौँ भन्दै गालि गर्दा उनि आफै पासो लगाएर आत्महत्या गरेको आफ्नो बचाऊमा प्रहरीलाई बयान दिएको थियो । तर अन्तमा प्रहरीले आफ्नो स्रोत र गाऊँलेसंग बुझदै जादाँ पछि शिव मुखियाले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको अरु थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ । 
    यस घटनालाई अंग्रेजी शब्दको ‘अनर किलिंग’ भनेका छन् यसको अर्थ कुनै व्यक्तिलाई उसकै परिवार वा समाजका व्यक्तिद्वारा उक्त परिवार वा समाजको मानहानी हुने कार्य गरेको आरोपमा गरिने हत्या भन्ने बुझिन्छ । खासगरी ‘अनर किलिंग’ लैंगिक विभेदमा आधारित अपराध हो । 
    आधुनिक युगमा बाऊ आमाले आफ्नो सन्तानको प्रेम प्रसङ्गलाई नकरात्मक रुपमा लिने गरकै कारण मन मुटाव र समझदारीको कमिले एकले अर्कोको हत्या गर्ने गरेको देखिन्छ । अझै तराईमा प्रेम सम्बन्धलाई नकरात्मक रुप लिने गरेकै कारण अपराधिक मनस्थिति सम्म पुग्ने गरेको देखिन्छ । 

    17 August, 2016

    सबैठवा गाविस पर्साको १४ औँ खुल्ला दिशामुक्त गाविस घोषणा

    भदौँ १ पर्सा 
    पर्सा जिल्लाको १४ औँ गाविसको रुपमा सबैठवा गाविस आज खुल्ला दिशामुक्त गाविस घोषणा भएको छ । एक घर एक चर्पी सबैठवा वासीको शान, स्वच्छ जीवन स्वच्छ वातावरण हामी सबैको स्वभिमान भन्ने नाराका साथ आज कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरेले खुल्ला दिशामुक्त गाविस घोषणा गर्नु भएको थियो । 
    विकास नेपालको सहजिकरण तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अगुवाईमा सबैठवा गाविस पर्साको १४ औँ गाविसको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको हो । कार्यक्रमका प्रमखु अतिथि प्रजिअ घिमिरेले बोर्डर संगै रहेको गाविस भएर पनि सरसफाईका लागि निकै लगनका साथमा एक खुडकिला माथि उक्लेकोमा बधाई दिदै अब पुर्न सरसफाई र पुर्न खोपयुक्त लगायतको कार्यक्रम गरेर देखाउनु पर्ने बताउनु भएको थियो । सिमासंगै जोडिएको गाविस भएरपनि पर्साका अरु गाविसभन्दा राम्रा काम गरेर देखाएकाले सरसफाईका दृष्टिकोणले पनि काम गर्न सक्ने उर्जा र क्षमता यस गाविसका अगुवाहरुमा रहेकाले पुर्ण सरसफाई घोषणामा समेत अगुवाई गर्नुपर्ने जोड दिनुभएको थियो । यसैगरी कार्यक्रममा स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालले खुल्ला दिशामुक्त गाविस घोषणा भएकोमा जिल्ला विकास समितिको तर्फबाट ७५ हजार राशीको पुरस्कार प्रदान गरेका थिए । उनले वर्षातमा विग्रेका बाटोका सम्बन्धमा जिविस एक्लैले केहि गर्न नसक्ने बताउदै यहाँका स्थानिय अगुवाहरुले विकासका लागि एक ढिका भएर आए यहाँका सडक सुधार हुने बताउनु भएको थियो । कार्यक्रममा खुल्ला दिशामुक्त गाविस घोषणा गर्न सहयोग गर्ने स्थानिय अगुवा, प्रजवलक लागयतकालाई सम्मान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस शोसाईटिका अध्यक्ष फुलमहम्मद मिया, सशस्त्र प्रहरी उपरिक्षक भिम बहादुर थापा, एनजिओ सिसिका रामनरेश यादव, लगायतकाले शुभकामना मनतव्य दिएका थिए । कार्यक्रम गाविस सचिव विपीन रौनियारको सभापतित्वमा समपन्न भएको थियो भने कार्यक्रमको सहजिकरण शिवनाथ यादवले गरेका थिए । 

    16 August, 2016

    ई-रिक्सा संस्थागत रुपमा सञ्चालन गरिने

    साउन ३२ पर्सा 
    वीरगंजमा सञ्चालित ई–रिक्सा सञ्चालक व्यवसायिहरुको भेलाले संस्थागत रुपमा दर्ता गराएर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । 
    वीरगंजको छपकैयामा बसेको बैठकले जितेन्द्र पटेलको अध्यक्षतामा ११ सदस्यि कार्यसमितिको गठन गरेको छ । वीरगंजमा सञ्चालित ई–रिक्साहरुको हकहितको संरक्षणका लागि ई–रिक्सा व्यवसायिक संघ गठन गरि संस्थागत रुपमा लैजाने निर्णय भएको अध्यक्ष जितेन्द्र पटेलले जनकारी गराएको छ । गठित नव कार्य समितिको उपाध्यक्षमा अलि रहमत मिया, सचिवमा जलेश्वर सोनार लगायत ११ सदस्य रहेका छन् । झण्डै २ सय ५० भन्दा बढी संख्यामा सञ्चालित वीरगंजको ई–रिक्साहरुको छाता संगठन मार्फत वैधानिक रुपमा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गराई काम कार्वाहि अगाडि बढाउने ई–रिक्सा सञ्चालक व्यवसायिहरुले बताएका छन् । 

    15 August, 2016

    वीरगंजमा नयाँ डिजिटल सिनेमा घर सञ्चालनमा

     साउन ३१ पर्सा 
    मध्य नेपाल खबर
     वीरगंजमा डिजिटल प्रविधिको नयाँ सिनेमा घर थपिएको छ । वीरगंज उप महानगरपालिका रानिघाट १४ मा ५ करोड ५० लाखको लागतमा बजरंग पिक्चर्स प्रालिको नामबाट सोमबारबाट नयाँ सिनेमा घरको समुदघाटन भएको हो । ६ वटा हालमा ४ वटा सिनेमा हल बन्द रहेको अवस्थामा जम्मा २ वटा मात्रै सिनेमा हल वीरगंजमा सञ्चालनमा रहेको थियो अब थप एक वटा नयाँ सिनेमा हल थपिएर ३ वटा सिनेमा घर सञ्चालन हुने भएको छ । नयाँ सिनेमा घरको समुदघाटन सञ्चालक शिवजि प्रसाद कलवारका बुवा रामदेव प्रसाद कलवारले रिविन काटेर गर्नु भएको थियो । 
    नेपाल बैक लिमिटेडको स्वामित्वमा रहेको बजरंग पिक्चर्स प्रालि लाई श्रीराम पिक्चर्स प्रालिका सञ्चालक शिवजि प्रसाद कलवारले ३ करोड २५ लाखमा खरिद गरि नयाँ प्रविधिहरु थप गरेर सिनेमा हल सञ्चालनमा ल्याएको हो । तत्काल बजरंग पिक्चर्स प्रालिको नामबाट नेपाल बैकबाट ऋण लिई सञ्चालन गरेका बखत बैकको ऋण तिर्न नसकेर बैकले आफ्नो स्वामित्वमा लिएको थियो । सञ्चालक शिवजि प्रसाद कलवारले आधुनिक तरिकाबाट हलको सञ्चालन गर्न लागेको बताउदै यस सिनेमा घरमा नेपाली, हिन्दी र भोजपुरी फिल्म चलाउने र माग अनुसार हलिउडका फिल्महरु समेत चलाउने उनले बताए । उनले भने वीरगंजको जनसंख्या दिनानुदिन बढ्दै गएको छ, यससंगै आधुनिक अनुसारको फिल्म हलको समेत खोजि हुन थालेकोले नयाँ प्रविधि अनुसार थप २ करोड ५० लाख रुपैया लगानि गरि सञ्चालन गर्न लागेका हौँ । 

    08 August, 2016

    आँखाको डार्क सर्कल हटाउने घरेलु उपाय

    आँखाले मनको भाषा बोल्छ । त्यसैले भन्ने गरिन्छ, बुझ्नेलाई इसारा काफी छ । 
    आँखाको सुन्दरतालाई अबर्णनीय र सौन्दर्यको प्रतिकका रुपमा लिइन्छ । 
    नारी सौन्दर्यका लागि आँखा त झन् प्रमुख नै मानिन्छ । जब यही आँखा वरपर कालो धब्बा (डार्क सर्कल) बस्छ, त्यसले अन्य सुन्दरतालाई पनि छायाँमा पार्छ । 
    शरीर जतिसुकै कसिलो भएपनि आँखा सुन्दर नहुँदा सुन्दरता अर्थपूर्ण मानिदैन । यदि तपाईंको आँखामा डार्क सर्कल छ भने यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ । १० चियापत्तिलाई केहीबेर सफा पानीमा उमाल्ने । सेलाएपछि चियापत्तीको छोक्रालाई बोतलमा हालेर फ्रिजमा राख्ने । यसलाई कपासमा राखेर १५ मिनेट डार्क सर्कल भएको ठाउमा राख्ने । २० आलुको रसलाई डार्क सर्कल भएको भागमा लगाउने । १५ मिनेट पछि मुख धुने । ३० चिसो दूध कपासमा झिजाएर आइ प्याकको रुपमा आँखामाथि राख्ने । ४० बदामको तेल र भिटामीन इ क्याप्सुल फिटेर डार्क सर्कल भएको ठाउँमा मालिस गर्ने । ५० मह र कागतीको रसको लेप लगाउने । १५ मिनेटपछि मुख धुने । यी कुनैपनि एक घरेलु विधि हरेक दिन प्रयोग गर्दा डार्क सर्कल हटाउन मद्दत मिल्नेछ । ५० हरियो काक्रो गोलोगरी काटेर आँखामाथी राख्ने । डार्क सर्कल आउने कारण मानसिक तनाव, कलेजो वा पाचन प्रणालीमा समस्या, निद्रा नपुग्नु, अस्वस्थ खानपान रक्सी–चुरोटको सेवन, महिनावारी नियमित नहुनु, कब्जियत, पोषणको कमी आदि डार्क सर्कल आउन सक्छ । यी घरेलु बिधि अपनाउँदा पनि डार्क सर्कल कम नभए डाक्टरको सल्लाह लिनुहोला । कतिपय अवस्थामा विभिन्न रोगका कारण पनि डार्क सर्कल आउन  सक्छ । - स्वास्थ्य खबर

    मधेश आन्दोलनका घाइतेको सुचि सहित प्रजिअलाई ज्ञापन

     साउन तेस्रो साता, स्थानिय सामाचार
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले जिल्ला प्रशासन कार्यालयको माध्यमबाट गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय पर्सामा गएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी केशराज घिमिरे मार्फत गृह मन्त्रालयमा मधेश आन्दोलनका घाइतेको सुची बुझाएका हुन ।  ज्ञापनपत्रमा मधेस आन्दोलनको क्रम्मा घाइते भएका  एक सय ८३ जना घाइतेको उपचार तथा भारतीय नगरिक सहित बीरगन्जमा मृत भएका ७ जनालाइ सहिद घोषणा गर्न  पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारसगं मागं गरिएको छ ।
    अध्यक्ष यादवले मधेसी मोर्चा र सरकार बीचभएको तीन बुदें सहमती अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च  र मृतकलाई दश लाख रुपैया क्षतीपूर्ती दिने सहमती अनुसार गृह मन्त्रालयलाई पर्सा जिल्लामा भएको घाइते तथा मृतकहरुको सुची पठाइएको हो ।  
    ज्ञापन पत्रमा आन्दोलनका क्रममा आन्दोलनकारी माथि लगाइएका मुद्दा फिर्ता लिने भएको सहमती अनुसार पर्सा जिल्लामा दर्ता रहेका विभिन्न मुद्दाहरुको विवरण समेत ज्ञापन पत्रसहित गृहमन्त्रालयमा पठाइएको अध्यक्ष यादवले जानकारी दिए । आन्दोलनका क्रममा पर्सा जिल्लाबाट ७ जनाले ज्यान गुमाएपनि ४ जनालाइ मात्र दश लाख क्षेती पुर्ती दिइए पनि बिगतको सरकारले सबैलाइ झतिपुर्ती दिइएको हल्लामात्र फिज्जाइएको बताउदै मधेस आन्दोलनमा पर्सा जिल्लामा मात्र एक सय ८३ जना घाइते मध्ये हालसम्म ६ जनालाई मात्र उपचार खर्च उपलब्ध गराएको दावी गर्नुभयो ।
    मोर्चाले बुझाएको सुची लिदै पर्साका प्रमुख जिलला अधिकारी  घिमिरेले सबै सुचीहरुलाई तत्काल गृह मन्त्रालयमा पठाउनुको साथै आन्दोलनका क्रममा कर्तब्यज्यान देखी  सार्वजनिक अपराधका ४२ वटा मुद्दाको सुची पहिले नै गृहमा पठाइ सकिएको  जानकारी दिनुभयो ।  त्यसै आन्दोलनको क्रम्मा वीरगन्जको इनर्वामा स्थित शंकराचार्य गेट अगाडी प्रहरी को गोलीलागि मृत भएका भारतीय नागरिक आशिस रामलाई शहिद घोषणा गर्दै मृतकका परिवारलाई तोकिएको क्षतीपूर्ती दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउन भयो । उहाले जिल्ला सुरक्षा समितिको बैठकबाट भारतीय नागरिकलाई शहिद घोषणा गर्न सिफारिस गरिएको जानकारी दिनुभयो ।
    प्रमुख जिल्ला अधिकारीलाई सुचि बुझाउने क्रममा   मोर्चामाअवद्ध दल तमलोपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, सद्भावना पार्टी पर्साका अध्यक्ष इमदाद गद्दी, रामसपा पर्साका अध्यक्ष प्रेमबाबु पटेल, तमसपा पर्साका  अध्यक्ष प्रेमचन्द्र कुशवाहा, मजफो गण तान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकिम अंसारी, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष मनोज कर्ण लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।    

    सुबोध स्मृति पुरस्कार चौहानलाई प्रदान गरिंदै

    साउन तेस्रो साता
    स्थानिय सामाचार
    सुबोध स्मृति पुरस्कार यस वर्ष वीरगंजका फोटोपत्रकार विजय चौहानलाई प्रदान गरिने निर्णय भएको राष्ट्रिय फोटो पत्रकार समूह पर्साका अध्यक्ष पंकज श्रेष्ठले बताए । 
    सुबोध स्मृति पुरस्कार प्रतिष्ठान वीरगंजले यस वर्षदेखि सो पुरस्कार वितरणको जिम्मा फोटोपत्रकार समूह पर्सालाई दिएकोमा समूहले फोटोपत्रकार चौहानलाई प्रदान गर्ने निर्णय गरेको हो । 
    २०६५ वैशाख १२ गते भारतमा रेल दुर्घटनामा परी प्रतीक दैनिकमा कार्यरत फोटोपत्रकार सुबोध सिंहको अल्पायूमै निधन भएको थियो । वीरगंजलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने फोटोपत्रकार सिंहको स्मृतिमा प्रतीक दैनिकले २०६५ भदौ १ गतेदेखि नै सो पुरस्कार सञ्चालन गर्दै आएको छ । २०६५–२०७२ सम्म बारा, पर्साका फोटोपत्रकारहरु क्रमशः राम सर्राफ, राम क्ष्ँत्री, उत्तम खड्गी, जीतलाल श्रेष्ठ, मनीष पौडेल, जियालाल साह, प्रवीण मानन्धर र प्रणयकुमार साहले पाइसकेका छन् । 
    १० हजारबाट शुरु भएको पुरस्कारको राशि गतवर्षदेखि २५ हजार पारिएको प्रतिष्ठानका अध्यक्ष्ँ जगदीश शर्माले बताए । प्रतीक दैनिकको वार्षिकोत्सव भदौ १ गते कार्यक्रमको आयोजना गरी फोटोपत्रकार विजय चौहानलाई पुरस्कृत गरिने सुबोध स्मृति पुरस्कार प्रतिष्ठानका सचिव शत्रुघ्न नेपालले जानकारी गराए । 

    पत्रकार बन्न अब लाइसेन्स लिनुपर्ने, यस्तो छ प्रस्तावित पाठ्यक्रम

    पत्रकारितालाई पेशा बनाउन चाहनेले अब प्रवेश परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र अर्थात लाइसेन्स लिनुपर्छ भन्ने तपाईँलाई थाहा छ? प्रेस काउन्सिल नेपाल यसको अन्तिम तयारीमा जुटेको छ। २०७३ साउन २१ गते पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले प्रेस काउन्सिल नेपाललाई प्रतिवेदन बुझाउँदै पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न सिफारिस गरेको छ। प्रेस काउन्सिल नेपालले जतिसक्दो चाँडो यससम्बन्धी व्यवस्था गर्ने बताएको छ।
    अध्ययन प्रतिवेदनको निष्कर्षमा भनिएको छ- ‘पत्रकारिता व्यवसायको लागि योग्यता परीक्षणको व्यवस्था नहुँदा दिनप्रतिदिन मिडियाको गुणस्तर खस्किँदै गएको र सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता पालनाको स्थिति समेत सन्तोषजनक नरहेकोले मिडियाको गुणस्तर अभिवृद्धि र आचारसंहिता पालनाको स्थितिलाई सुधार गर्नको लागि पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न नितान्त आवश्यक भएको देखिन्छ।’ हामी तपाईँलाई कार्यदलको प्रतिवेदनको सारांशका आधारमा यसमा रहेका मुख्य विषय जानकारी दिँदै छौँ।
    १) कार्यदल
    प्रेस काउन्सिल नेपालले २०७२ फागुन १९ गते एउटा कार्यदल गठन गरेको थियो। सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा गठित कार्यदलमा रत्नराज्य लक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल सदस्य थिए। कार्यदलमा काउन्सिलका तत्कालीन उपप्रशासकीय अधिकृत दीपक खनाल सचिव थिए। कार्यदललाई ‘पत्रकारिता पेशामा प्रवेश पूर्व योग्यता परीक्षणको व्यवस्था के कसरी गर्न उपयुक्त हुन्छ अध्ययन गरी अवधारणा, पाठ्यक्रम तथा कार्यप्रक्रिया सहितको प्रतिवेदन पेश गर्ने’ जिम्मा दिइएको थियो। कार्यदलले गठन भएको पाँच महिनामा काउन्सिललाई प्रतिवेदन बुझाएको छ।
    २) योग्यता तोक्नुपर्ने औचित्य
    कार्यदलले ‘योग्यता तोक्नुपर्ने औचित्य’ शीर्षकमा चार कारण दिएको छ। पहिलो औचित्य दिइएको छ- ‘लोकतन्त्रलाई अझ बढी सवल बनाउन, स्वतन्त्र, सक्षम, मर्यादित एवं वैधानिक पत्रकारिताको स्थापना र विकासको लागि।’ (यहाँ वैधानिक पत्रकारिता भनेर के भन्न खोजिएको होला?) दोस्रो औचित्य- पत्रकारितालाई पेशाको मापदण्डअनुकूल बनाउन। तेस्रो औचित्य- भैरहेका पत्रकारहरुको हकहीत यथावत राखी अब पत्रकारितामा आउने व्यक्तिको योग्यता परीक्षण प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन। चौँथो औचित्य- अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने पत्रकारिताको विकास गरी पत्रकारिताको आत्मसम्मान कायम राख्न।
    ३) काउन्सिललाई छ त अधिकार?
    नेपाल मेडिकल काउन्सिलले डाक्टरको लाइसेन्स र नेपाल बार काउन्सिलले वकिलको लाइसेन्स दिएजस्तै पत्रकारलाई लाइसेन्स दिने अधिकार प्रेस काउन्सिल नेपाललाई छ त? प्रेस काउन्सिल ऐन, २०४८ मा काउन्सिलका उद्देश्य अन्तर्गत ‘योग्यता परीक्षण परीक्षा’ बारे उल्लेख छैन। त्यसैले कार्यदलले ऐनको दफा ५ मा रहेका काउन्सिलका उद्देश्यहरुको लागि नियम बनाउन सक्ने ऐनको दफा १७ र विनियम बनाउन सक्ने दफा १८ मा रहेको व्यवस्थालाई टेकेर पत्रकारको योग्यता परीक्षण सम्बन्धी व्यवस्था गर्न सुझाव दिएको छ।
    ४) कसले लिन्छ त परीक्षा?
    कार्यदलले पत्रकार लाइसेन्स परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विशेषज्ञहरुको समिति गठन गर्न सुझाव दिएको छ। सरकारको हस्तक्षेपरहित यो समितिमा स्वतन्त्र र निष्पक्ष व्यावसायिक व्यक्ति रहनेछन्। समितिले पत्रकारको योग्यता तोक्ने, परीक्षा सञ्चालन गर्ने र प्रमाणपत्र प्रदान गर्ने काम गर्ने छ। कार्यदलले समितिका संयोजक र सदस्यको मापदण्ड निम्नलिखित तोकेको छ।
    • न्याय प्रशासनको उच्च तहमा रही कार्यसम्पादन गरेको।
    • निरन्तर २५ वर्ष नेतृत्व तहमा रही पत्रकारिता गरेको।
    • पत्रकारिता विषयमा उच्च प्रज्ञिक कार्यमा कम्तिमा १५ वर्ष अनुभव हासिल गरेको।
    ५) कस्तो हुन्छ परीक्षा?
    लाइसेन्स लिन चाहनेले लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा सहभागी हुनुपर्नेछ। परीक्षा नेपाली र अंग्रजी भाषामा हुनेछ।
    ६) ककसले दिनुपर्छ त लाइसेन्स परीक्षा?
    यस विषयमा कार्यदलको प्रतिवेदन नै कन्फ्युजनमा छ। यही प्रतिवेदनमा एक ठाउँमा भूतप्रभावी नहुने व्यवस्था गर्न सुझाव दिइएको छ भने अर्को ठाउँमा एसएससी उत्तीर्ण गरी पत्रकारिता गरिरहेकाहरुले पनि लाइसेन्स परीक्षा दिन उपयुक्त हुने लेखिएको छ। कार्यदलको सिफारिस लागू भयो भने पत्रकारिता वा अन्य विषयमा भर्खर स्नातक गरेर पत्रकारिता पेशामा प्रवेश गर्न लागेका नयाँ जनशक्तिले लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने छ। यो व्यवस्था लागू हुनु अघिदेखि एसएलसी उत्तीर्ण गरी पत्रकरिता गर्दै आएकाहरुले पनि योग्यता परीक्षण परीक्षा दिनुपर्ने कार्यदलको सुझाव छ। कार्यदलकै प्रतिवेदनमा एक ठाउँ लेखिएको छ- ‘यसरी योग्यता र परीक्षण तोक्दा सुविधा भोग गरिरहेका व्यक्तिलाई असर नपरोस् भनी पश्चातदर्शी रुपमा लागू नहुने भविष्यका दिनमा मात्र लागू हुने गरी व्यवस्था मिलाउन उपयुक्त देखिन्छ।’ अर्थात पत्रकारिता पेशामा आउने नव प्रवेशीले मात्र लाइसेन्स परीक्षा दिनुपर्नेछ। यस विषयमा कार्यदलको प्रतिवेदनमा एक आपसमा बाझिने खालका सुझाव दिइएको छ।
    ७) लाइसेन्स परीक्षाका लागि के के पढ्ने त?
    ३५० पूर्णांकको लाइसेन्स परीक्षाका लागि १०० अंकभारको ‘पत्रकारिताको सामान्य परिचय’, १०० अंकको ‘प्रेस काउन्सिल र पत्रकार आचारसंहिता’, १०० कै ‘पत्रकारिताको अभ्यास’ र ५० को अन्तर्वार्ता रहने गरी कोर्स डिजाइन गर्न कार्यदलले सुझाव दिएको छ। १०० मा ४० ल्याए परीक्षामा उत्तीर्ण भइनेछ।
    ८) पत्रकारको पनि हुनेछ वर्गीकरण
    लाइसेन्स परीक्षा लिएरमात्र पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउन सम्भव छैन भन्ने निष्कर्ष कार्यदलको छ। ‘यस पेशामा लाग्नेहरुकै बिचमा एउटा स्तर पनि कायम गर्न जरुरी छ। पत्रकारको योगदान र वरिष्ठतालाई कदर गर्दै वर्गीकरण गर्नुपर्छ’, कार्यदलको प्रतिवेदनमा उल्लेख छ। विशेषज्ञ टोलीको सिफारिसमा पत्रकारको स्तर कायम गर्ने वा वर्गीकरण गर्ने गरी व्यवस्था गर्न कार्यदलले सुझाव दिएको छ।
    ९) लाइसेन्स परीक्षाको कोर्स अफ स्टडी
    कार्यदलले लाइसेन्स परीक्षाको पाठ्यक्रम पनि डिजाइन गरेको छ। लाइसेन्स लिन चाहनेले लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा सहभागी हुनुपर्नेछ। परीक्षा नेपाली र अंग्रजी भाषामा हुनेछ। यो पाठ्यक्रम अनुसारको परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुमा निम्न गुण हुने कार्यदलको बुझाइ छ-
    • पत्रकारिताका आधारभूत सैद्धान्तिक ज्ञान
    • राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सञ्चार, आमसञ्चार र पत्रकारिताको विकासक्रमबारे सामान्य जानकारी
    • समाचार लेखनका आधारभूत सीप
    • पत्रकारको पेशागत आचारसंहिताको ज्ञान
    • पत्रकारिताको अन्तर्वार्ता सम्बन्धी सैद्धान्तिक ज्ञान
    • पत्रकारिताको भाषासम्बन्धि सजगता
    • पत्रकारितासँग सम्बन्धित समसामयिक अभ्यास र प्रवृत्ति
    १०) यस्तो छ पाठ्यक्रम
    क) पत्रकारिताको सामान्य परिचय अंक १०० 
    • सञ्चार, आमसञ्चार र पत्रकारिताः विश्व र नेपालमा पत्रकारिताको सुरुवात
    • पत्रकारिताको परिभाषा, समाजमा पत्रकारिताको भूमिका
    • समाचारः परिभाषा
    • समाचारका प्रकारः परम्परागत, गहन, प्रतिकारात्मक, समाधानात्मक, खोजी घटनाप्रधान र प्रक्रियाप्रधान समाचार, इन्डेफ्थ समाचार
    • समाचारः समाचार-फिचर र विचार-आलेख बिचका भिन्नता
    • समाचारका स्रोतहरुः औपचारिक र अनौपचारिक स्रोत
    • समाचारका तत्वहरुः के, कहाँ, कहिले, को, किन र कसरी (सामयिकता, आकार, मानव अभिरुची र निकटता)
    • पत्रकारका आधारभूत आवश्यकताः सत्यतथ्य, निष्पक्षता, स्वच्छन्दता, सन्तुलन (मूल सिद्धान्त वा धर्म)
    • समाचारका मूल्यहरुः नयाँ, नौलो, निकटता, विशिष्ट र महत्वपूर्ण
    • समाचार संकलनः अवलोकन, दस्तावेज र मानवस्रोत
    • लेखन र सम्पादनः समाचारको शीर्षक चयन
    • सम्पादकीय लेखनः तीन तह
    • अन्तर्वार्ताः अन्तर्वार्ताकव तयारी, अन्तर्वार्ता लिँदा ध्यान दिनुपर्ने कुराहरु
    • संवैधानिक हकका रुपमा आमसञ्चार अधिकारः नेपालको संविधान २०७२ धारा १९
    • केही आमसञ्चार कानुनः छापा र प्रशारण सम्बन्धी कानुनहरु, गाली बेइज्जति ऐन
    • समाचारदाताः समाचारदाताका गुण
    • उपसम्पादकः काम र कर्तव्य
    • सम्पादकः योग्य सम्पादकका गुण
    • फोटो पत्रकारिताः समाचार फोटो
    • साजसज्जा, रेखाचित्र र व्यंग्यचित्र
    • पत्रकारिता र भाषाको सम्बन्ध
    • पत्रकारिता सम्बन्धी शव्दावलीः न्युज भ्यालुज, डेडलाइन, डेटलाइन, बाइलाइन, मास्टहेड, ब्यानर न्युज, हेडलाइन आदि।
    ख) प्रेस काउन्सिल र पत्रकार आचारसंहिता अंक १००
    • प्रेस काउन्सिलको इतिहास
    • अम्बुड्सम्यान
    • नेपालमा प्रेस काउन्सिल
    • प्रेस काउन्सिल ऐन
    • पत्रकार आचारसंहिता
    • नेपाल पत्रकार आचारसंहिता
    ग) पत्रकारिताको अभ्यास अंक १००
    • समाचार संकलन लेखनसँग सम्बन्धित समाजमा भएका कुनै पनि विषय
    • नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपाली अनुवाद गरी समाचार तयार पार्नुपर्ने समाचारमूलक कुनै पनि विषय।
    घ) अन्तर्वार्ता अंक ५०
    • आमसञ्चार र पत्रकारिता सम्बन्धी विषयवस्तु र यसका समसामयिक प्रवृत्ति, पत्रकारिताका सामान्य सिद्धान्त र अभ्यास
    पत्रकार बन्न योग्यता परीक्षण परीक्षामा सहभागी भइ प्रमाणपत्र (लाइसेन्स) लिनुपर्ने गरी पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले गरेको सिफारिस तपाईँलाई कस्तो लाग्यो? यो व्यवस्था कत्तिको व्यवहारिक होला? आफ्नो विचार व्यक्त गर्नुहोस्। - साभार
    03 August, 2016

    डेब्युमै सफल, लामा भन्छन् : अब चलचित्रमा नजर


    भानुभक्त आचार्य 
    हरितालिका तिज नजिकिदै गर्दा अहिले लोक बजार तिज मय बनेको छ । चर्चित लोक गायक गायिकाहरु तिजका गितमा केन्द्रित छन् । उता नृत्य निर्देशकहरुलाइ पनि भ्याइनभ्याई छ  । छोटो समयमा धेरै म्युजिक भिडियो निर्माण गर्नु पर्ने हुदा यो समयमा अन्य कामको लागि पनि समय निकाल्न गाह्रो हुन्छू निर्देशक अनिश लामाले बताए । 

    लामा पछिल्लो समय रोजाइमा परेका र बेस्त निर्देशकमा गनिन्छन् । उनले भने तिजको बेला ४ वटा सम्म म्युजिक भिडियो एक दिनमा निर्माण गरेको छुू । 
    बुधबार मात्र उनले हेमराज थापाको तिज गित ललिपप सम्पन्न गरे । हेमराज थापा र सिर्जु अधिकारीको स्वरमा रहेको गित सम्पन्न गर्दै लामाले भने यो गित सारै नै उत्कृष्ट बनेको छू । 
    उनले यसै बर्षको तिज बाट म्युजिक भिडियो निर्माणमा डेब्यु गरेका थिए । डेब्युमै राम्रो सफलता हात परेपछि अहिले उत्साहित रहेको उनि बताउछ्न् । लामाले पहिलो  बर्ष  मात्रै २१ वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनले डेब्युमै रश्मि तामाङ,पार्बती राई,बिजय थापा , नरेश जोगि लगाएतका चर्चित मोडेललाई म्युजिक भिडियोमा उतारेका छन् ।
    काभ्रे बाट काठमाडौं आएर संघर्ष गरेका लामा म्युजिक भिडियो पछि चलचित्र क्षेत्र प्रवेशको बाटो कुरिरहेको बताउँछन् । उनी भन्छन् अब चलचित्रमा काम गर्ने धोको छ ।

    Scroll to Top