• नयाँ खबर

    26 September, 2016

    संयुक्त लालपुर्जा अभियानले महिलाहरुको भूमिमा पहुँच बढ्दै


    — कोपिला चौलागाई 
         मध्य नेपाल सन्देश
    पिता पुूर्खादेखि नै पितृसत्तात्मक संरचनामा चल्दै आएको छ  हाम्रो समाज । भनाईमा चाहि श्रीमान् श्रीमती एक रथका दुई पांग्रा हुन् भनिन्छ । तर वास्तविकता भने अर्कै छ । जतिसुकै आदर्शको कुरा गरे तापनि आफ्नो घर परिवारमा महिलाहरुलाई बराबर अधिकार दिने वा सामान निर्णय गर्न पाउने हक अपवादमा नै भेटिएला । हुन त अहिले महिला अधिकारको क्षेत्रमा काम गर्ने धेरै सामाजिक संघ संस्थाहरु रहेका छन् । जसको कारणले गर्दा हाम्रो मधेशको घुम्टोभित्र रहेका महिलाहरुलाई समाजमा नागरिकको रुपमा उभ्याउन सहयोग गरिरहेको छ । पहिलेको तुलनामा अहिले महिलाहरु धेरै अगाडी आउने कोशिश गरिरहेका छन् र कतिपय महिलाहरु समुदायमा आफ्नो स्थान बनाउन पनि सफल हुन थालेका छन् । 
    केही गैर सरकारी संघसंस्थाले संचालन गरेको सक्षम परियोजना अनुसार पनि समाजमा सामाजिक परिवर्तन भइरहेको छ । दिव्य यूवा क्लवले पनि विभिन्न गा.वि.स.हरुमा यस्तैै कार्यक्रम गरी महिला अधिकार सम्बन्धी विभिन्न कामहरु गर्दै आईरहेको छ । जसम महिलालाई संयुक्त लालपुर्जा लिन उत्प्ररित गर्ने अभियान पनि एक हो । 
    महिलाहरुले बाहिर निस्केर हिड्नु हुदैन, घरको शोभा बढाउनुपर्छ, महिलाले लजाउन जान्नुपर्छ, घर परिवारका सदस्यहरुको सेवा गर्नुपर्छ, समुहहरुमा सहभागि हुनु हुदैन भन्ने जस्ता कयौँ मान्यता बोकेको समुदायमा महिला अधिकारको नै कुरा गर्दा स्थानीय पुरातनवादी सोच भएकाहरुले बाधा अड्चन ल्याउने त सामान्य नै हो । तै पनि आफुमा ईच्छा भएको खण्डमा त्यस्ता वाधा अड्चनहरुले केहि असर नगर्ने र आफ्नो दद्देश्यमा पुग्न सकिने उदाहरणहरु पनि स्थानीय महिलाहरुले नै प्रस्तुत गरेका छन् । सन् २०१३ देखि भूमिमा महिलाहरुको पनि अधिकार स्थापीत हुनुपर्छ भन्ने उद्देश्यका साथमा संयूक्त लालपुर्जा दर्ता अभियान सुरु गरिएको थियो । यो अभियान सजिलो भने पक्कै थिएन । महिला अधिकारको कुरा गर्दा समाज बिगनर्ज आएका, घर भाँड्न आएका भन्ने सोच भएको पितृप्रधान समुदायमा भूमीमा महिलाको पनि हक हुनुपर्छ भन्ने अभियान संचालन गर्दा महिलाहरुलाई नै धम्की दिने पनि गरेका थिए तर नियमित रिफ्लेक्ट सर्कलहरुम छलफल, नियमित सामाजिक परिचालन र घरभेटको माध्यमले महिलाहरुसंग नियमित भेटघाट गरि यो अभियानलाई निरन्तर संचालन गर्न सकिरहेका छौँ । रिफ्लेक्ट सर्कलमा नै छलफल हुने क्रममा महिलाहरुले आफुहरुले घरमा संयुक्त ललापुर्जाको कुरा गर्दा श्रीमान् रिसाउने अनुभव  पनि महिलाहरुसँँग छ । 
    धेरैले वीरगंज मालपोत कार्यालयमा आएर आफ्नो लालपुर्जालाई संयुक्त बनाएका पनि छन् ।  यस्तै गरि बिस्तारै बिस्तारै संयुक्त लालपुर्जा बनाई आफ्नो श्रीमतीको नाममा सम्पत्ति गराउने घर परिवारको संख्या बढ्दै पर्सामा पनि बढ्न थालेको छ । अहिले सम्ममा ७५ जोडीहरुले जिल्लामा संयुक्त लालपुर्जा बनाई सकेका छन् । हाम्रो उद्देश्य संयुक्त लालपुर्जा बनाउने ता की समुदायमा भएको कुनै एकको नाममा सम्पत्ति भएपछि श्रीमतीले लिएर भाग्ने र श्रीमान्ले अर्की ल्याउने भन्ने डर समाप्त होस र बराबरी होस । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: संयुक्त लालपुर्जा अभियानले महिलाहरुको भूमिमा पहुँच बढ्दै Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top