• नयाँ खबर

    11 September, 2016

    तिम्रो जीवन नै अँधेरी पार्न, मैले भनेकी हैन - गजल

     


    तिम्रो जीवन नै अँधेरी पार्न, मैले भनेकी हैन
    छुनै  नसक्ने तारा झार्न, मैले  भनेकी हैन

    चाहाना थियो दुई  पल, मिठो होस् सम्बन्ध 
    मेरै खुसीको लागी  हार्न, मैले  भनेकी  हैन 

    सधँै भरी तिम्रो जित हेर्ने, मेरो  चाहाना हो
    तिम्रो खुशीलाई  मार्न, मैले  भनेकी   हैन

    तीम्रो  ओठको मन्द मुस्कान, हेर्ने रहर  मेरो
    आफ्नो सपनाको खोला तार्न, मैले भनेकी हैन

    केवल जिउँदोछु तिम्रो वियोगमा, पलपल आज 
    सम्झी(सम्झी आँसु झार्न, मैले  भनेकी हैन


    – गीता भण्डारी (झापा), हाल वीरगंज पर्सा
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: तिम्रो जीवन नै अँधेरी पार्न, मैले भनेकी हैन - गजल Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top