• नयाँ खबर

    29 October, 2016

    मिठाईंको पर्व तिहार सेल, रोट, फिनी बनाउने विधि


    सेल
    सामग्री : मसिनो गरी पिसेको चामलको पिठो १ किलो, खस्रो चामलको पिठो २ पाउ, मैदा २ पाउ, चिनी २ पाउ, अलैंची पिसेको २० ग्राम, घिउ आवश्यकतानुसार ।
    विधि : एउटा गहिरो भाँडामा चामलको पिठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हालेर मुछ्ने । त्यसलाई आधा घन्टाजति त्यत्तिकै छाड्ने । सेल पकाउने तावामा सेल डुब्ने गरी घिउ तताउने ।  घिउ तातेपछि एक डाडुजति मुछेको पिठोमा हालेर चलाउने । सोलीको सहायताले घिउमा सेललाई आकार दिन सकिन्छ । दुवै साइडमा पल्टाई(पल्टाई पकाएर खैरो भएपछि निकाल्ने । 

    रोट
    सामग्री : मैदा १ किलो, घिउ ३ पाउ, बेकन पाउडर ३ पाउ, खाने सोडा १ चम्चा ।
    विधि : घिउ, चिनी, बेकन पाउडर तथा सोडालाई फिटेर त्यसमा पानी हाल्ने र मैदा हाल्दै मुछ्ने । नरम भएपछि कपडाले छोपेर दिनभरि राख्ने । भोलिपल्ट बेल्ने र साइजअनुरूप काटेर घिउमा फ्राइ गर्ने ।  पाकेर खैरो भएपछि रोट तयार हुन्छ । 


    फिनी
    सामग्री : मैदा १ किलो, घिउ ४ पाउ ।
    विधि : मैदालाई नरम तथा पातलो हुने गरी मुछ्ने । घिउ तथा मैदालाई पनि राम्रोसँग फिट्ने । त्यसपछि पिठोलाई फोल्ड गरेर काट्ने । काटेपछि चारकुने आकारमा बेल्ने । यसलाई घिउमा ६(७ मिनेटसम्म पकाएपछि फिनी तयार हुन्छ । सौजन्य 

    तिहारसंगै बजारमा उपभोग्य सामानको मुल्यमा बृद्धि, बढि मुल्यलिनेलाई कारबाहि गर्छौ : प्रजिअ–अधिकारि


    सुप्रिया ढकाल,
    सिमरा, बारा,
    मध्य नेपाल सन्देश । 
    नेपालीहरुको दोस्रो ठुलो माहान पर्व शुभ–दिपावली नजिकिदै जादा बाराका बिभिन्न बजारमा सर्बसाधारणको चहलपहल बढ्न थालेको छ । 
              अरु समय मानिसको चहलपहल पातलो देखिने बजारमा तिहार लागेसंगै महिला दिदिबहिनीहरुको भिड बढि देखिएको छ । तिहारका लागि चाहिने खाद्यान्न होस् । या तिहारको समायमा आफ्ना दाजुभाईका लागी आवश्यक पर्ने भाईमसला, फुलमाला लगायत टिकाको सामाग्रीहोस् । यि प्राय समान किन्ने महिला दिदिबहिनीहरुको बजारमा निकै भिड बढेको स्थानिय ब्यापारीहरुले बताएका छन् । 
    तिहारमा सबैभन्दा बढि महत्व दिने भाईमसला र फुलमाला बढि बिक्रि हुने गरेको ब्यापारीहरुले बताएका छन् । तर यता उपभोक्तहरुले भने अन्य दिनको तुलनामा भन्दा दशै तिहार जस्ता चार्डबाडमा अन्य दाल, चामल लगायतका उपभोग्य सामानको मुल्य बृद्धि हुने गरेको उपभोक्ताहरुले गुनासो गरेको छन् । तराईसंगै प्राय शहरमा पर्वको मौकाको फाईदा उठाउदै व्यापारीहरुले मुल्यवृद्धि गर्ने गरेका हुन्छन् ।  यता बाराका प्रमुख जिल्ला अधिकारि कृष्णप्रसाद ढुङ्गानाले चाडपर्वको समयमा मुल्यबृद्धि हुनसक्नेभन्दै त्यसको प्रभावकारि अनुगमन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । साझेदारि दैनिकसंगको प्रमुख जिल्ला अधिकारि ढुङ्गानाले शर्वसाधारणबाट मुल्यबृद्धि भएको गुनासो आए त्यसको अनुगमन गरि तत्काल कारबाहि गर्न निर्देशन दिनुभयो । 
              बजार अनुगमनको काम प्रभावकारि रmपमा भईरहेकोभन्दै मुल्यबृद्धि गरेको पाईए कडा कारबाहि गर्ने उहाले बताउनुभयो । स्थानिय तहको अनुगमन गर्ने अधिकार ईलाका प्रशासन कार्यालयलाईसमेत हुनेभन्दै उहाले चाडपर्वको समयमा प्रभावकारि अनुगमन गर्न आग्रह गर्नुभयो । उता दिपावली र छठ नजिकदै गर्दा बाराको सिमरा, जितपुर, पथलैया, डुमरवाना, कलैया, प्रसौनी, गण्डक, तिरबेनी,  बेहारा, छतापिपार, नितनपुर लगायतका बिभिन्न ठाउंमा जुवा तास ब्यापक रुपमा खेल्न थालीएको छ ।  दिपावली र छठ नजिकदै जांदा जुवा तास खुलेयमा रुपमा खेल्न थालिएको छ । प्रहरी प्रशासनले कडा कार्वाहि गर्न नसक्दा यसरि जुवातास जस्ता प्रबृत्ति मौलाएको शर्वसाधारणले बतएका छन् । 
    यसबर्ष दिपावली नआउदैदेखी नै बाराका बिभिन्न भागेमा ब्यापक रुपमा जुवा तास भईरहेका सिमराका स्थानिय किरण खड्काले बताए । ५ बर्ष देखि ७० बर्षका उमेर मानिसहरुले सार्वजानिक ठाउमै बसेर दिनभरी जुवा तास तथा रातमा कौडा खेल्ने प्रबृत्ति देख्न सकिन्छ । 
    जुवा र तास खेल्न घरबाट धान चामल बेच्ने तथा  अभिभाबकहरुको खाल्तीबाट रकम निकालेर खर्चीने जस्ता क्रियाकलाप पनि बढ्दै गएको छ । जसले गर्दा पारिवारिक कलह बढिरहेको छ । दिपावली र छठ जस्ता पर्वको अघिल्लो दिन तास खेलेर साईत बनाउने भन्ने प्रचलनलाई मानिसहरुले लत बनाएका छन् । यस प्रथालाइ रोक्न नसकिएको खण्डमा कयौ बेघर हुने अवस्थासम्म पुग्ने स्थानीबासी राम नारायण कुर्मीले बताएका छन् ।  दिपावली र छठको अगाडी नै सार्वजानिक ठांउमा जुवा र तास खेल्दा समेत प्रहरीको निगरानी नरहेको स्थानीबासीहरुको  आरोप लगाएका छन् । 

    दशैं मनायौं अब दिपावली र छठ पनि संगै मनाऔ


    दिप ज्योति श्रेष्ठ,
    मध्य नेपाल सन्देश ।
    अक्सर दशैं भन्नासाथ पहाडतिर मनाइने चाड भनेर लिने गरिन्छ हाम्रो समाजमा । सायद टिका र जमरा यहिँ धेरै लगाइने भएकोले होला यसो भनिने गरेको । मधेशतिर भने ठ्याक्कै दशैं नभनेर यसलाई नवरात्री भनिने गरिन्छ । फरक यति हो उनीहरु दुर्गा पूजा गरेर यो चाड मनाउछन् भने पहाडकाहरु दुर्गा पूजाको साथै टिका र जमरालाई दशैं मान्छन् । मनाउने तरिकाहरु जेजस्तो भए पनि दशैं भन्नासाथ हर्ष, र उल्लासले नछुने मन सायदै कम होला नेपालमा । 
    दशैंको मौसम सुरु हुनासाथ देशको सबै भागमा एक किसिमको रौनक छाउन थाल्छ । देशभरि नै हुने लामो सरकारी बिदाले गर्दा मान्छेहरुमा एक किसिमको हलिडे मुड र माहोल सिर्जना गरेको हुन्छ अनि थप अन्य चाडबाडहरुको स्वागतको लागि मौसमले सङ्केत गर्दछ जस्तै दशैं लगत्तै आउने अन्य चाडहरु दिपावली, छठ लगायत । दशैँको रौनक सकिन नपाउदै फेरि दिपावलीको रमझमले हामीलाई सताउन थाल्छ । मधेशतिर दिपावली भनिने गरेको यो चाड पहाडतिर भने तिहारको नामले प्रख्यात छ । 
      लक्ष्मीको पूजा गर्ने, घरघरमा दीप प्रज्वलन गर्ने कुराहरु सम्भवतः सबै ठाउँमा गरिने प्रमुख विशेषता हो यो चाडको तर पहाडमा भने यसलाई दाजुभाइ र दिदीबहिनीको चाड भनेर पनि भन्ने गरिन्छ । देउसी र भैलो अर्को विशेषता हो यहाँको तिहारको । मनाउने तरिकाहरु फरक छन् यद्यपी यो चाडले सबैतिर दीप र उज्ज्यलोको सङ्केत गर्दछ जुन सबैभन्दा प्रमुख विशेषता हो । यो लगत्तै फेरि छठको चहलपहल सुरु हुन्छ । तराईमा विशेष गरि मनाइने यो पर्वको अहिले काठमाण्डौ तिर पनि निकै चर्चा हुने गरेको पाइन्छ । अहिले छठ तराईको मात्र नभएर सम्पूर्ण देशको पर्व भएको छ ।
      सम्भवतस् दैनिक कामको बोझबाट आराम लिने सबैभन्दा लामो समयको बहाना हो दशैं, दिपावली र छठ । हर्ष, उल्लास र सद्भावलाई सङ्केत गर्दै यो मौसममा आउने यी चाडहरुले सबैको मन जितेको छ भन्नेमा कुनै शंका छैन ।
    माथि भनिए जस्तै दशैँ र दीपावली मनाउने तरिकाहरु ठाउँ अनुसार, सम्प्रदाय अनुसार भिन्नभिन्न भएपनि मानिने भगवान् एकै हो । त्यसो भए किन यसलाई यो पहाडको, यो तराईको चाड भनेर नामाकरण गर्नु । चाडबाडहरु धर्म, सम्प्रदाय, जातजातीबिच अवश्य फरक छन् होला तर यसको प्रमुख उद्देश्य सुख, शान्ति र मेलमिलापको कामना हो । 
      कुनै पनि धर्मग्रन्थमा सायद यो कुरा लेखिएको छैन होला कि अर्को धर्म, सम्प्रदायकाहरुलाई माया नगर्नु, सदभाव नदेखाउनु, घृणा गर्नु भनेर । 
    यथार्थ यो हो कि ‘मेरोभन्दा अरुको धर्म-संस्कृति सानो हो’ भन्ने भावनाले गर्दा हामी आफ्नो धर्म(सम्प्रदायप्रति यति अन्धो हुन्छौं, हामीले आफूबाहेक अरु कसैलाई राम्रो देख्न सक्दैनौं । 
      यो अन्धोपन निकै खतरनाक हुनसक्छ भन्ने कुरामा हामी जहिले सतर्क हुनुपर्छ । चाहे हामी जुनसुकै धर्म, जातजाती र संस्कृतिलाई प्रतिनिधित्व गर्ने भएपनि सबैको आ–आफ्नै महत्वहरु छन, विविधताहरु छन, विशेषताहरु छन् भन्ने हामीले बिर्सनुहुँदैन । सधैं एकले अर्काको धार्मिक र सांस्कृतिक विशेषताको सम्मान गरौँ । आफूले अरुको सम्मान गरेनौं भने अरुले पनि आफूलाई त्यस्तै व्यवहार गर्छन् भन्ने यथार्थमा सधैं हेक्का राखौं । आफ्नो बारेमा बुझाउने र अरुको बारेमा बुझ्ने प्रयत्न गरौँ’।
    भगवान् भनौं या आल्लाह भनौं या प्रभु या अरु कुनै ज-जसले बनाएको भएपनि यो समाज र हामी मानव जाती साँचीनै सुन्दर छौँ । यसको सुन्दरतालाई बिथोलिन नदिउ । विविधतामा नै एकता खोजौं । एकले अर्काको सम्मान गरौँ अनिमात्र हामीलाई हाम्रो यही फरकपन र भिन्नता नै बडो सुन्दर र विशेष लाग्नसक्छ । त्यसैले, दशैं त मनायौं आऔं अब दिपावली र छठ पनि सँगै मनाऔं । अन्तमा सम्पुर्णमा दिपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।

    चाडपर्वको समयमा सीमावारी भन्दा सीमापारी भिड


    फाईल फोटो
    गीता भण्डारी,
    मध्य नेपाल सन्देश ।
    साधारणतया गाउँघरमा भन्दा शहर बजारमा अलिबडी चहल पहल अनि भिडभाड हुनु अस्वभाविक होइन । त्यसमा पनि कुनै चाड पर्वको बेला हुने गरेको भिडभाडलाई हामीले सामान्य रुपमै मान्ने गछांै । किनकी चाडपर्वमा सधैं झैं घरमा चाहिने आवश्यक सामानको भन्दा अलिबडी सरसामान किनी जोहो गर्ने प्रचलन छ । नयाँनयाँ कपडा, खाद्यपर्दाथ, अति आवश्यक सामानदेखि केही विलाशीता सामानसम्म किन्ने र बेच्ने पर्वको सानो विशेषता पनि हो । यसको अलावा सो समयमा चोकबजार तिर जाने आउने भिडभाडले पर्व भित्रिएको थप अनुभव समेत गराउँछ । पर्वको यस समयलाई हामी सामान्य भाषामा किनबेचको सिजन पनि भन्ने गछौं । किनकी यहि समयमा २।४ पैसा कमाएर केही दिन भए पनि पेटभरी खान पाउने आशादेखि लिएर ठूल्ठूला व्यवसाहीहरुको लागी एउटा अवसर पनि हो चाडपर्व । त्यसैले भए नभएको ऋणपान गरेर नै भए पनि हामीलाई चाहिने आवश्यक समान बिभिन्न ठाउँबाट आयात अनि निर्यात गरी हाम्रा आवश्यकताहरु पूर्ति भईरहेका हुन्छन् । तर चाडपर्वको नाममा हुने किनमेलको भिडलाई नियाल्ने हो भने खास गरी सीमावर्ति जिल्लाहरुमा नेपालमाभन्दा सीमा पारीका बजारहरुमा मालसामान किन्ने अनि बेच्नेको घुर्इंचो बढी मात्रामा देखिन्छ । यसरी बडेको भिडलाई हेर्दा नेपालको खास गरी वीरगन्ज, बिराटनगर भैरहवा र काकडभिट्टा जस्ता सीमावर्ति क्षेत्रभित्र पर्ने बजारहरु खालीखाली जस्ता देखिन्छन् ।
      यताका बजारको तुलनामा सीमापारीका व्यवसायीहरुलाई फूर्सद छैन । बेला बेलामा आउने यस्ता सिजनमा पनि दुःख सुखगरी जोहो गरेर व्यवसाय सुरु गरेका नेपालका व्यापारी तथा व्यवसायीहरुले उचित मात्रामा लाभ उठाउन नसकेको देखिन्छ । यो एउटा सोचनीय विषय पनि हो । सँगैको सीमावारीको बजार सुनसान र सीमापारीको बजार खचाखच हुनु त्यो पनि यताकै ग्राहकहरुको करणले । कताकता सयम सान्दर्भिक भने देखिदैन । यो कुरालाई अन्देखा गर्नु र सँगैको नेपाली बजार सुनसान भई पारीको बजार यताका ग्राहकले खचाखच भरिने कुरालाई सीमा वारीका व्यापारी व्यवसायीहरु र स्थानीय प्रशासनले पनि केही नीति अख्तियार गर्न भने कमजोरी गरेको हो कि भन्ने भान हुन्छ । सानो र बेरोजगार बढी भएको मुलुकका जिम्मेवार निकाय र व्यक्तिहरुले यता तर्फ ध्यान दिन आवश्वयक देखिन्छ । किन की हाम्रो जस्तो सानो देश त्यसमा पनि बेरोजगारीले थलिएको यस अवस्थामा यसरी आफ्ना आवश्यकतालाई पूरा गर्न सीमा पारी जानु पर्ने बाध्यतालाई समयमै बुझ्न सके सानोतिनो व्यापार गरेर हात मुख जोर्नेहरुले राहत पाउने कुरामा कुनै सन्देह हुँदैन । केही पैसा सस्तो पाउने आशमा अनेकौ हन्डर खादै अनावश्यक झन्जट अनि चेक जाचँको क्रममा भोग्दै आएको सास्ती, धँुवाधुलो सगै कतिपय ठाउँमा विभिन्न नाउँमा हुने गरेको ठगी जस्ता समस्याहरुबाट हुने हानीको मूल्याँकन भने भएको पाइदैन । नेपाली ग्राहक देखेपछि यसै रेट बढाई यताकै दाम बराबर गरेका कति उदाहरण पनि नभएका भने होइन । तर पनि यो पर्याप्त बुझाईको कमीका कारण केही सस्तोमा पाइन्छ भन्ने आशामा थप रकम कटौति भएको भने धेरै ग्राहकले पत्तै पाएका हुँदैनन् । अर्काे कुरा नेपालमा व्यापार व्यबसाय गरेर बस्नेहरु र यहाँका सरोकारहरुले पनि यस्था क्रियाकलापलाई रोक्नको लागी बजार प्रबद्धनलाई उति व्यवस्थापन गर्न सकेको छैन । केही भरपर्दाे र विश्वासिलो तथा उचित मूल्य कायम गर्न सके दुई पैसा बचाउने नाउँमा दिनप्रतिदिन यसरी किनमेलकै सन्दर्भमा सिमापारी जानेहरुको भिडलाई आफ्नै चोक, गल्ली तथा बजारमा भित्र्याउन सके सानो आर्थिकले संचालन गरिएका व्यापार व्यवसायले प्राथमिकता पाउने थियो । अनि ग्राहक वर्गहरुले पनि अनावाश्यक झन्झट बिना नै आफ्ना आवश्यकता पूरा गरी चाडपर्वको समयमा गरिने अर्थ कारोबारलाई आफ्नै देशमा खर्चिदा केही मात्रामा भए पनि आत्मनिर्भरतालाई प्रोत्साहनसगै केही समयकै लागी भए पनि रोजगार पाएका स्थान अनि हाम्रा चोक बजारले प्राथमिकता र आफ्नो व्यापार फष्टाएको महशुस हुने थियो । साथै यस्ता कुरालाई सरोकारवालाले समयमा नै बुझ्न र सहज व्यवस्थापन गर्न सके सिमापारी धाउनु पर्ने बाध्यतालाई केही हद सम्म कम गरी चाडपर्वको यस्तो सिजनमा लाभ उठाई आफ्नै ठाउँका हाट बजार ले प्राथमिकता पाउने थियो । 

    तिहारसंगै गाउँघरमा जुवा, तास सुरु


    मध्य नेपाल सन्देश ।
      तिहारपर्व नजकिदै जादाँ प्रायः मधेशका जिल्लाहरुमा जुवा खेल्नेहरुको भीड बढेको छ । हिन्दुहरुको महान् पर्व दिपावली र छठ पर्वको बहानामा स्थानीयहरुले टोलटोलमा जम्मा भएर व्यापक रुपमा जुवा, तास खेल्ने गरेका छन् । बारा, पर्सा, रौतहट लगायतका गाउँहरुमा जुवा खेल्नेहरु बढेको स्थानीयले बताएका छन् । 
    जुवा, तास सुरु भएको देखेर स्कूल पढ्ने विद्यार्थीहरुले समेत झन्डा, मुन्डा र कैडी भन्दै गलत शैलीको सुरुवात गर्न थालेका छन् । विगतको बर्ष भन्दा फरक यस बर्ष दशैं सुरु भए लगतै सरु भएको जुवा, तास ग्रामीण भेगको सार्वजनिक ठाउंमा व्यापक रुपमा हुँदा पनि स्थानीय सुरक्षाकर्मी भने मौन देखिएकोको उनीहरुको भनाइ छ । बिगतका दिनमा स्थानीय प्रहरीले गाउं गाउंमा जुवा र तास नखेल्न आग्रह गर्दै माइकिङ्ग गर्ने गरेका भए पनि यसवर्ष त्यस्तो गरिएको पाईदैन । घरपरिवारका सदस्यसहरुसंग किनमेलका लागि मागेका पैसा समेत जुवा खेलेर केहीले सिध्याउने गरेका छन् । पर्साको रामनगरी, हरिहरपुर, लङ्गडी, जानकीटोला तथा बाराको खोपवा, विशनपुरवा, बुधगाई, फेटा, मटिरिया लगायतको गाउँमा जुवा, तास व्यापक रुपमा हुने गरेको स्थानीयले जनकारी दिएका छन् । 

    घरेलु उद्यमशिलता :चाडपर्व लक्ष्ति समानहरु


    चाडपर्व लक्ष्ति समानहरु : वीरगंजको घण्टाघर चोक नजिकै दिपावली र छठपर्वलाई लक्ष्ति गरी घरेलु उद्यमशिलताबाट बनाईएका समानहरु विक्रि गर्दै व्यापारीहरु । तस्बिर : कविता खडका 

    मेहनती हात


    मेहनती हात : वीरगंजमै पहिलो पटक ई–रिक्सा खरिद गरि रिक्सा चलाएर दिनचार्य विताउदै आएकी एक महिला चालक । तस्बिर : कविता खड्का

    साप्ताहिक राशिफल - २०७३ कात्तिक १४ गते देखि २० गतेसम्म


    २०७३ कात्तिक १४ गते देखि २० गतेसम्म
    ज्यो. पं. छविरमण सुवेदी
    बारा
    मेष ः— साताको पूर्वाद्धमा सोचे आँटेको काममा सफलता मिल्ने व्यापार व्यवसायमा लाभ प्रगति हुने ग्रहयोग छ । 
    सुख शान्ति र मनोरन्जन गर्दै समय वित्नेछ । साताको उत्तराद्र्धमा शारिरिक पीडा आर्थिक संकट, कसैसँग विवाद पर्न सक्छ सतर्कता आवश्यक छ । ऊँ गं गणपतेयनमः मन्त्रको जप गर्नु भए भाग्यले साथ दिनेछ । 
    वृष ः— साताको शुरुमा शत्रुभय काममा अलमल कडा शारिरीक परिश्रम हुनेछ । मंगलवार, बुधवार र विहिवारका दिनमा नारी सहयोगले काम बन्ने मनोरञ्जनात्मक यात्रा हुने प्रेममा सफलता दामपत्य जीवनमा सुमधुरता बढनेछ । 
    शुक्रवार, शनिवारका दिनमा शारिरिक कष्ट, मनमा बेचैनी काममा अलमल हुने ग्रहयोग छ । श्रीं ह्रीं श्रीं ऊँ महालक्ष्मैनमः मन्त्रको जाप गर्नाले भाग्यले साथ दिनेछ । 

    मिथुन ः— साताको शुरुमा चोरभय, काममा बाधा हुने देखिन्छ । मन उदास एवं खिन्न रहनेछ । साताको मध्यतिर शत्रु भय काममा अलमल र कडा परिश्रम गर्नु पर्नेछ । साताको अन्त्यतिर यश, लाभ र मनोरन्जन हुने देखिन्छ । व्यपार व्यवसायमा प्रगति हुने सन्तोष मिल्ने साता रहेको छ । 
    कर्कट ः— साता समान्य रहला । साताको शुरुमा घरेलु समस्या मनमा भय, बेचैनी र शरीरमा अल्छिपना देखा पर्नेछ । साताको मध्य र अन्त्यतिर चोर भय काममा बाधा खिन्नता हुने योग छ । काम गरे अनुसार जस नमिल्ने आम्दानी नहुने ग्रहयोग रहेकोले खादा हिडदा र बोल्दा सतर्कता आवश्यक छ । 
    सिह ः— साताको शुरुमा लाभ, यश र विजय प्राप्तीको योग छ । मित्र सहयोगले महत्वपूर्ण काममा सफल्ता मिल्ने छ । 
    साताको मध्य र अन्त्यतिर खानाको लापरवाहीले स्वास्थ्यमा समस्या देखा पर्ने मालसमान चोरी वा हराउने ग्रहयोग परेकोले सुरक्षा तर्फ विशेष सतर्कता आवश्यक छ । 
    कन्या ः— साताका आइतबार सोमबारका दिन सञ्चित धनको खति, कोही कसैबाट अपमानित हुनु पर्ने देखिन्छ ।साताका मंगलवार, बुधवार र विहिवारका दिनमा राज्यबाट लाभ सहयोग प्राप्त हुने मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्ने प्रशस्त धनलाभ हुने योग परेको छ भने शुक्रवार शनिवारका दिनमा घर, वाहन सम्बन्धि समस्या देखा पर्नेछ । 
    तुला ः— साताको शुरुमा मिठो खानाको अवसर मिल्ने, पारिवारिक जमघटका बीच हासखेल गर्दै समय वित्ने देखिन्छ । बुधवार विहिवारका दिनमा संचित धनको खति अतिथि स्वागत सत्कारमा धन खर्चको योग रहेको छ । 
    शुक्रवार शनिवारका दिनमा प्रशस्त धनलाभ हुने पुराना साथीभाइसँगको भेटघाटको अवसर मिल्ने मित्र सहयोगले महत्वपूर्ण काम बन्ने ग्रहयोग रहेको छ । 
    वृश्चिक ः— साताको शुरुमा व्यर्थ भ्रमण बेचैनी अनावश्यक खर्चको योग देखिन्छ । बुधवार, विहिवारका दिनमा अन्न लाभ, धनलाभ हुने सामूहिक भोज भतेरमा मीठा खानाको अवसर मिल्ने बोली र व्यक्तित्व बढने देखिन्छ । शुक्रवार, शनिवारका दिनमा आम्दानी भन्दा खर्च बढी हुनेछ । घरमा आएका अतिथि सत्कारमा धनखर्चको योग छ । कही कसैबाट अपमानित हुनु पर्ने देखिन्छ । अतः खादा, बोल्दा र हिडदा सतर्कता आवश्यक छ । 
    धनु ः— साताको शुरुमा अकस्मिक धनलाभ हुने सुख शान्ति र मनोरन्जन गर्दै समय वित्नेछ । बुधवार विहिवारका दिनमा काममा अलमल मनमा बेचैनी देखा पर्नेछ । शुक्रवार शनिवारका दिनमा बोली व्यक्तित्व बढने मान सम्मान र पुरस्कार पाउने ग्रहयोग परेको छ । 
    मकर ः— साताका विहिवारसम्मका दिनहरु रमाइलो सँग वित्नेछ । यी दिनमा विदेश यात्रा चिठा पुरस्कार पाउने शेयर कारोबारमा सफल्ता मिल्नेछ । 
    अधुरा काम बन्ने न्यायीक क्षेत्रमा सफलता मिल्नेछ । शुक्रवार शनिवारका दिनमा व्यर्थ भ्रमण अनावश्यक खर्च र बेचैनी हुने ग्रहयोग परेको छ । 
    कुम्भ ः— साता रमाइलोसँग वित्नेछ । साताको सुरुमा शरिरमा आलस्यता ईश्वर भक्तिमा मन जानेछ । आफूभन्दा ठूलाको हप्की खानु पर्ने देखिन्छ  । साताको मध्य र अन्त्यतिर मनमा शान्ति शरिरमा स्फूर्ति र काममा सफलता मिल्ने ग्रह योग परेको छ । 
    मीन ः— साताको विहिवारसम्मको समय अलमलमा वित्नेछ । यी दिनमा शरिरमा पीडा, कसैसँग वाद विवाद हुने आर्थिक समस्या काममा अलमल हुदे देखिन्छ । 
    शुक्रवार, शनिवारका दिनमा काममा सफल्ता, वैदेशिक आफन्तको सुसमाचार आउने , विदेश यात्रामा सफल्ता मिल्ने, अधुरा काममा सफल्ता मिल्ने ग्रहयोग रहेको हुँदा बुद्धि पु¥याएर काम गर्नु भए साताको उत्तराद्र्ध फलदायी रहनेछ । 

    लक्ष्मी मातालाई खुसी पार्ने काइदा


    लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ ।
    घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् । र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनु पर्छ ।
    श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ । श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ । त्यसै गरी पारोले बनाइएका जुन सुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन् । घरमा पारोले बनेको लक्ष्मीको मुर्ती राख्नु निक्कै फलदायी मानिन्छ । लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।
    त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिकरुपमा गरिनु पर्छ । श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो । 
    यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ । कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ । यसले घरमा धनको वृद्धि हुने मानिन्छ ।

    अझै नखुलेको होस्, अब त खोल - सम्पादकीय

    स्व उत्पादनबाट बेचेको बस्तुको मूल्यभन्दा आन्तरिक खपतका लागि किनेको बस्तुको मूल्य बढी हुनु सामान्य अर्थमा व्यापार घाटा हो । मुलुकको सन्दर्भमा भन्ने हो भने निर्यात गरेको बस्तुभन्दा आयात गरेको बस्तुको मूल्य बढी हुनु पनि व्यापार घाटा नै हो । 
    नेपालको व्यापार घाटातर्फ समिक्षा गर्ने हो भने व्यापार घाटा नै अचाक्ली रुपमा उकालो लागेको छ । भारत तथा तेस्रो मुलुकबाट गएको आर्थिक वर्षमा कुल ८ खर्ब १ अर्ब २१ करोड मूल्य बराबरको बस्तु आयात भएको तथ्यांक छ । जबकी नेपालले भने सोही अवधिमा केवल ८९ अर्ब मूल्य बराबरको बस्तु मात्र निर्यात गरेको देखिन्छ । यो भनेको व्यापार घाटाको समिक्षा गर्ने लायकको तथ्याङ्क समेत होइन । भनाइको मतलव लगभग पूरै जसो व्यापार घाटा नै हो । चालु आर्थिक वर्षको साउन महिनामा मात्र ६२ अर्ब १२ करोड मूल्य बराबरको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक हुनु मुलुकका लागि ज्यादै पीडादायिक अवस्था हो । अनि मुलुक हाक्छौँ भन्नेहरुको त अपूरदर्शिताको पराकाष्ठा होइन भन्न सक्ने ठाउँ नै छैन । 
    नेपालको व्यापार घाटाको पुरानो इतिहास हेर्ने हो भने २०१८ सालभन्दा पहिले नेपालको बाह्य ऋण नभएको देखिन्छ । झण्डै २ दशक अगाडी सम्म नेपालले चामल समेत निर्यात गर्दै आएको थियो । वर्तमानमा भने मुलुकभित्र उत्पादन हुने बस्तु समेत आयात गर्नुपर्ने अवस्था सृजना भएको छ । अधिकार प्राप्तिको पारङ्गत लडाई भनी जारी आन्दोलनको हुँकार जतिजति उच्च बन्दै गयो, नेपालको व्यापार घाटाको पाटो पनि नराम्ररी उकालो लागेको छ । राजनीतिक रुपमा पूरै व्यवस्था परिवर्तन भए पनि आर्थिक क्षेत्रको बर्बर दोहन बाहेक यसले केही भित्र्याएको छैन । देशको समृद्धि र जनताको हितमा काम गर्छौ भन्ने यहाँका राजनीतिक दल र नेताहरु देश र जनता प्रति परचक्रीको व्यवहार गर्दैछन् । देश रहे मात्र हाम्रो फूमलठे राजनीतिले भाउ पाउँछ भन्ने यति ज्ञान पनि यहाँका राजनीतिकर्मीहरुमा नहुनु ठूलो बिडम्बना पनि हो । 
    देश विकास र जनताको समृद्धिका लागि नेपालका राजनीतिकर्मीहरुले वैदेशिक ऋण घटाउदै व्यापार घाटालाई घटाउने तर्फ अब पनि नसोच्ने हो भने संघिय गणतन्त्र र लोकतन्त्रको दुहाई दिएर मात्र उन्मुक्ति पाउने अवस्था रहदैन । देशका युवा शक्तिलाई स्वदेशमा नै परिचालन गरी उत्पादनमुखी कार्यमा लगाउन अब किंचित ढिलो गर्नु हुँदैन । हरेक देशको राजनीति कर्मले नै त्यो देशको समुन्नतिमा टेवा पुग्छ भने कुरालाई आत्मसात गरी आर्थिक उन्नतिको बाटो राजनीति पक्षबाट अंगाल्न आवश्यक छ । घाटामा रहेको देश र परचक्रीको उपदेशले मात्र देशको प्रगति हुँदैन भन्ने कुरा अक भने सबैले मनन् गरी आ–आफ्नो ठाउँबाट रचनात्मक कार्य गर्न जरुरी छ । 

    ग्रामीण महिलाहरुमा आत्म बल बढ्दै

    माधुरी महतो, 
    मध्य नेपाल सन्देश । 
    दुईचार जना पुरुषहरुको अगाडि उभिएर बोल्नलाई तराईका महिलाहरुलाई निकै ठूलो चूनौतिको सामना गर्नुपर्छ । मधेसी समुदायका महिलालाई कोही कसैसँग खुलेर बोल्न समाजमा राम्रो मानिदैन तर अहिले गाउँ गाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था मार्फत नागरिक सचेतना केन्द्र गठन भएपछि महिलाहरुमा आत्म बल बढेको छ । सरकारले महिलाहरुको हरेक क्षेत्रमा सहभागिता र पहुँच बढाउन स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत नागरिक सचेतना केन्द्र स्थापना गरी महिलाको सशक्तिकरणमा सहयोग गरेको छ । गाउँमा कार्यक्रम संचालन भएपछि अहिले बालबालिकाको जन्मदर्तादेखि गाँउमा निमार्ण हुने विकासका आयोजना र विभिन्न शिर्षकमा गाविसमा आउने बजेटहरुमा आफनो पहुँच र सहभागीता बढाउन तल्लिन भएको सारदा देवीले बताईन् ।  
    अहिले गाउँ गाउँमा वडा नागरिक मंच गठन भएपछि महिलाको लागि पनि बजेट आउँछ भन्ने थाहा भएको ग्रामीण भेगका महिलाहरुको सकारात्मक परविर्तनका कुरा सुन्न पाईन्छ । महिलालाई मात्रै होईन गाउँको पुरुषलाई पनि परीषद र बजेटबारे केही थाह हुँदैनथ्यो तर अहिले तालिम पछि सबै कुराको जानकारी भएको स्थानीय महिलाहरुको भनाई छ । पहिले अभिभावकहरुले नपढाएकै कारण समाजको अगाडि बोल्न डराउने महिलाहरुलाई विभिन्न संघसंस्थाको तालिमले पनि अहिले धेरै कुरा बोल्न सिकाएको छ  । घरको चुल्हाचौकामा मात्रै ब्यस्त हुने महिलाहरुले पनि आफनो अधिकार खोज्न थालेको अनुभव सुनाउँछिन् बडकी फुवरीया गाविसकी किरण सिँह । खास गरी यस्ता कार्यक्रमले गाउँका महिला तथा पुरुषलाई पनि धेरै सचेत र आफनो हक अधिकारीका लागि जिम्मेवार बनाएको स्थानीयवासीहरु बताउँछन्  । गाविसमा परिषद हुदाँ महिलाको उपस्थिती शुन्य नै हुन्थ्यो । तर अहिले भने महिलाहरु पनि आफनो घरभित्रको काम बाहेक कुनै पनि काममा महिला जानु हुन्न बोल्नु हुन्न भन्ने मान्यतालाई तोड्दै स्थानीय निकायले प्रदान गर्ने हरेक सेवा सुविधाबारे जानकारी लिन जागरुक भएको पर्सा विरुवागुठीका स्थानीयवासीको भनाई छ । 
    ग्रामीण भेगका महिलाहरु पहिलेको तुलनामा अहिले एकदमै जागरुक र चनाखो तथा सचेत भईसकेका गाविस सचिवहरुले पनि स्ीकार गरेका छन् । गाविस कार्यालयमा महिलाहरु नियमित रुपमा आफना कुरा लिएर जाने गरेको तथा आफना लागि आएका बजेटबारे चासो राख्ने गरेको पर्सा पचरुखी गाविसका सुनौलो बजार दिन कार्यक्रमका प्रमुख शम्भु साहले बताए । पहिले महिलाको लागि आउने बजेट बारे केही पनि जानकारी नहुने गरेको तर अब हामीलाई जानकारी गराउनुपर्छ भनेर गाविसमा गएर ताकेता गर्ने गरेका स्थानीय महिलाहरु बताउछन् । गाविसमा हुने परिषदमा पनि महिलाहरुको उल्लेख्य सभागीता हुने गरेको आगामी दिनमा पनि सहभागीता हुने पर्साका ग्रामीण भेगका महिलाहरुले बताए । ग्रामीण भेगका अधिकांश मधेसी महिलाहरु अहिले हरेक कार्यक्रमहरुमा गएर आफ्नो कुरा राख्न सक्ने भएका छन् । ग्रामीण भेगमा सञ्चालीत कार्यक्रमले मधेसी महिलाहरुको नेतृत्व र व्यक्तित्व विकास गुर्नका साथै आर्थिक अवस्थामा पनि परिवर्तन ल्याएको छ । जीविकोपार्जनका लागि विभिन्न आय आर्जन तथा सीपमूलक कार्यमा लगानी समेत गरेका छन् स्थानीय महिलाहरु । अहिले त पुरुष भन्दा महिला नै अगाडी रहेको र महिलाहरु सामान्य लेखपढ गर्न सकेका छन् जुन  गा्रमीण भेगको जनताको लागि धेरै ठुलो खुशी र उपलब्धीको कुरा हो भन्छन् स्थानीय अगुवाहरु ।  महिलाहरु खाताबाट पैसा झिक्नलाई आफैले हस्ताक्षर गरेको देख्दा आनन्द लाग्ने र सकारात्मक परिवर्तनको भान हुने गरेको स्थानीवासीले बताए ।  
    अब स्थानीय निकायको जनसरोकारका हरेक कार्यमा खास गरी स्थानीय महिलाको सहभागीता र संलग्नाता बढ्दै गएको छ । स्थानीयवासी महिला बालबालिका युवा र बृद्धले आफनो हक खोज्न थालेका पछि गाँउ र गाँउवासीको जिवन नै फेरीएको र सोचेको भन्दा पनि राम्रो परिवर्तन भएको तथा   महिलाहरु आफना हक अधिकार बारे खुलेर कुरा गर्ने , गाविसमा हुने तालिम परीषदमा सहभागी हुन थालेको  बारा पिपराविर्ताका सामाजिक परिचालक अजय प्रसाद यादवले बताए । 

    अधिकारकर्मीहरु पीडितको सहयोग भन्दा सेल्फीमा व्यस्त हुन्छन् : अधिकारकर्मी राजकुमारी

    अधिकारको बहस र न्यायको लागि दिनरात लडिरहने वीरगन्जकी एक महिला अधिकारकर्मी जब घर फर्किन्छिन् तब घरको चुलोमा आगो बाल्ने दायित्व पनि उनकै काधमा आउँछ हरेक दिन । उनले घरमा खानाको प्रबन्ध पनि आफैले गर्नुपर्छ यो त उनको हरेक दिनको दिनचर्या नै हो । कार्यक्रम तथा प्रहरीमा जाने बेलामा त उनका अरु पनि साथीहरु हुन्छन् । तर आउने बेलामा एक्लै हुने उनीसँग कहिले काही त रिक्सा भाडा समेत हुदैन । अर्काको अधिकार र न्यायको बहस गर्ने उनलाई अफ्नै लागि बहस गर्ने आवश्यकताले कुनै समयमा ठूङ्ग मारे जस्तो हुन्छ । 
    कविता खडका, 
    मध्य नेपाल सन्देश ।
    वर्तमानका मानिसलाई १५ औ सन्तानको रुपमा वि.सं. २०२२ सालमा उनी जन्मिएकी हुन् भन्दा उति विश्वास नलाग्न सक्छ । तर नवलपरासीको राम ग्राममा बुवा शेषनारायण पौडेल र आमा लक्ष्मीदेवीको कोखबाट १८ औ सन्तानमध्येकी १५ औं सन्तानका रुपमा जन्मेकी राजकुमारी उपाध्यायको बाल्यकाल संयुतm परिवारमा नै वितेको पाइन्छ । सामान्य आर्थिक स्थिति भएर पनि छोराछोरीमा धनी उनका बुबाले सबै सन्तानलाई पढाएकैले उनले पनि २०३५ सालमा आदर्श मा.वि. परासीबाट एस एल सी दोस्रो श्रेणीमा उर्तीण हुने अवसर पाएकी रहिछन् । बुबा पेशाले अधिवतmा तर आमा भने गृहिणी नै थिइन् । 
    वि.सं. २०३६ सालमा जनकपुर घर भई परासी कृषि सामाग्री संस्थानमा नायव सुब्बा पदमा कार्यरत ऋषभराज शर्मासंग राजकुमारी विवाह बन्धनमा बाधिन पुगेकी उनको वीरगन्ज बसाइ भने २०३९ साल यता भएको रहेछ । जानकी मन्दिरका पूजारी समेत रहेका ससुरा श्री पुन्य प्रसाद शर्माको दुईवटा विवाह भएकोले जेठी तर्फका छोरा ( श्रीमान्) लाई घरमा बस्न नदिए पछि जनकपुरको बसाई छोडेर नवयुगल वीरगंजमा सरेको अतितलाई सम्झदै राजकुमारीले बताइन् । वीरगंज मालपोत कार्यालयमा जेठाजु कार्यरत रहेकोले वीरगन्ज आएपछिका केही दिन उनीहरु दुवै उहाँसँगै बसी पछि डेरामा बस्न थालेको र हालसम्म निरन्तर डेरामा बस्दै आएको उनको कथन छ । 
    श्रीमानको सरुवा पनि पछि रौतहटमा भए पछि भने श्रीमान्कोे बसाई गौर र वीरगंजमा हुन थालेको थियो । उनको एक छोरी र तीनजना छोराहरु छन् । छोरा छोरी सानै भएको र कमाई कम भएको कारण उनलाई दैनिकी चलाउन एकदम गा¥हो थियो । त्यसै बेला श्रीमान् बढी पैसा कमाउनका लागि सरकारी जागिर छाडेर भारत तर्फ लागेको तर्क गरिन् । श्रीमान् भारत लागेपछि घर परिवार चलाउनका लागी उनले चप्पल कारखाना, मोज्जा कारखाना र ज्योती फर्ममा काम गरेको उनको अतित छ । त्यही क्रममा भने एमाले निकटको भातृ संगठनमा रहेर काम गर्न पुगेकी राजकुमारी पछि अनेमसंघको नगर कमिटी अध्यक्ष समेत भएको बताइन् । 
    संगठनमा लाग्ने र समस्यामा परेकाहरुको काममा अग्रसर हुने उनको पहिले देखिको बानीले पछि जिल्ला महिला अधिकार मंच पर्साको समेत अध्यक्षकोे जिम्मेवारी सम्हाल्ने मौका जुरेको र यसै क्रममा मानव अधिकार संरक्षक संजालको सल्लाहकार भएको उनको विगतको गोरेटोले वर्तमानको अवस्थासम्म ल्याइ पु¥याएको पाइन्छ । किड्नीको खराबीले २०६५ सालमा पतिको मृत्युपछि उनको घरायसी जिम्मेवारी झन् पूरै आफ्नो टाउकोमा आइपरेको उनले तर्क गरिन् । घरायसी जिम्मेवारीसँगै सामाजिक काममा पनि उनले आफ्नो निरन्तरतालाई कम गरिनन् । अधिकारको क्षेत्रमा काम गर्दै गर्दा भने अनेकाखालका चुनौतीहरु आएको उनसँग तितो अनुभव छ । सामाजिक सेवा र अधिकारको क्षेत्रमा काम गर्ने जो कोहीलाई पनि नेता भनेर अरुले सम्बोधन नगर्न उनको सुझाव छ । पहिलेको अधिकारकर्मीको पनि धेरै काम र सामाजिक सेवाको क्षेत्रमा राजनीतिकर्मीले स्थान ओगटे पनि पछिल्लो समयमा राजनीतिकर्मले सर्व साधारणको हितको पक्षमा उति सेवा मुलक कार्य सम्पादन गर्न नसकेको उनको बुझाइ छ । 
    समाजमा अनेक प्रकारका सामाजिक विभेद र सस्यामा परेका व्यक्तिको अधिकारका क्षेत्रमा काम गर्ने शिलशीलामा प्रहरी कहाँ नपुग्दै घर परिवार र समाजमा नै बसेर धेरै पीडितको समस्या समाधान गर्न सफलता मिलेको उनको अनुभव छ । प्रहरी कहाँ गएर भए पनि कतिपय महिलाको समस्या समाधानका लागि उनले सहजीकरण गर्दै आएकी छन् । नेपाल सरकार, राजनीतिक दल, बिभिन्न गैर सरकारी संघ संस्था, सबैले महिलाकै क्षेत्रमा काम गर्छौं भनेर प्रायः हरेक दिन जसो आउने दिवसहरुमा चर्का नारा लगाउने र जुलुस, सभा, समारोह, गोष्ठी गर्ने गरे पनि कुनै पीडित व्यक्ति तथा महिला सहयोगको याचना गरेर आउँदा भने त्यस्ता व्यक्तिहरुले सहयोग गर्नुको साटो आफू व्यस्त रहेको, भोली आउछु, बाहिर छु, प्रहरी कहाँ जानुस् जस्ता जवाफ दिएर पन्छिने गरेको धेरैको वास्तविकता उनलाई राम्रैसँग थाह छ । महिला अधिकारका लागि बिशेषतः काम गर्दै आएकी राजकुमारीले घरपरिवार र समाजबाट पीडित महिला एक्लै प्रहरीमा जाँदा प्रहरीले उल्टै घरायसी झगडा घरमा नै मिलाउनुस् तपाईको लागि मात्रै हामी बसेको होईन जस्ता कुरा गरेर पीडितको कुरामा नूनचुक लगाइदिने गरेको कुरा पीडितले उनीसँग पुगेर गुनासो गरेको धेरै उदाहरण भएको उनले तर्क गरिन् । 
    सभा सम्मेलनमा भाग लिने धेरैले पीडित महिलासंग बसेर सेल्फी खिच्दै हाय हेल्लो गर्दै हिड्न सबै तयार भए पनि पीडित महिलाको पक्षमा सम्बन्धित निकायमा गएर न्यायको लागि वकालत गरिदिने भने कमै हुने गरेको तथ्य राजकुमारीले राम्रैसँग देखेको सुनाइन् । यहाँसम्मकी पीडितसंग पैसाको बारगेनिङ्ग गर्न सकेत केही त पछि नपरेको उदाहरण उनले दिइन् । महिलाको क्षेत्रमाकाम गर्छु म अधिकारकर्मी हँु भनेर आउने जो कोहीलाई पनि सम्बन्धित निकायले छानबिन गर्न अत्यन्त जरुरी रहेको उनको बुझाइ छ । यहाँ महिलाको नाममा धेरै नै चलखेल भईरहेको छ । अन्यायमा परेको कतिपय महिलाहरुले न्याय पाउनुको सट्टा झन् हिंसामा परिरहेका हुन्छन् उनले भनिन् । 
    अहिलेको समयमा महिला मात्रै हिंसामा परेका छैनन् । कतिपय ठाउँमा पुरुष पनि पीडित भएका छन् । तर पुरुषहरुले पनि पीडितको पक्षमा डटेर आवाज उठाएको भने उति देखेकी छैन । महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । महिला विना पुरुष र पुरुष विना महिलाको जिवनको कल्पना पनि गर्न सकिदैन । 
    त्यसैले जो कोहि महिला या पुरुषलाई हिंसा गर्नु न्यायसँगत नभएको उनको बुझाइ छ । जो कोही होस् हिंसामा परेकालाई समान रुपमा न्याय सम्पादन हुनुपर्छ अधिकारकर्मी राजकुमारीको भनाइ छ ।  

    धर्मको नाममा महिलामाथि हिंसा किन ?

    – सल्मा खातुन  
    मध्य नेपाल सन्देश 
    “भाउजु, आज खाना अलि कम पकाउनुहोला ।”
    “किन बैनी ? मैले त अघि नै भात बसालिसकेँ ।”
    “आज हाम्रो छिमेकमा भोज छ नि । दाईहरु भोज खान जाने रे ।”
    “के को भोज ? अघिसम्म त केही थिएन !”
    (केही दिन अघि साँझको खाना पकाइरहँदा नन्दले आएर भन्नुभयो ।)
    “आज अफजल (नाम परिवर्तन) दाईको निकाह हो ।”
    “निकाह.....हँ !”( म छक्क परँे ) ।
    केहि बेरपछि मैले यसो झ्यालबाट चिहाएँ साँच्चै नै ठूल्ठूला भाँडामा खाना पाक्दै थियो । म अचम्म परँे र सोच्न बाध्य भएँ कि श्रीमती, छोराछोरी हुँदाहुँदै एक विवाहित व्यक्तिले फेरि अर्को बिहे किन गर्न थालेछन् । भोज पाकिरहेको ठाउँमा अफजलका छोराछोरी टुलुटुलु हेर्दै बसेको दृश्य देखेर मेरो त कन्सिरी नै तातेर आयो । उनले निकाह गर्न लागेकी अर्की पत्नी सृजना (नाम परिवर्तन) गैरमुस्लिम समुदायकी रहिछन् । त्यसैले धार्मिक र सामाजिक मान्यता दिलाउन अकस्मात निकाह गर्न लागिएको पछि थाहा पाएँ । 
    बारा परवानीपुरका अफजलले एक वर्ष पहिलेको प्रेमलाई सफल बनाउन आफनै सहकर्मीसँग दोस्रो बिहे गर्न लागेका रहेछन्  । उनीहरुको भेट एक वर्ष पहिले काठमाण्डौमा भएको थियो । तर स्नातक तहसम्म अध्ययन गरेका अफजलको यो पहिलो प्रेम भने थिएन, किनकी १२ वर्षअघि गाउँकै एक किशोरी रेहानासँग प्रेममा परेर पहिलो बिहे गरेका थिए उनले । पहिलो पत्नीबाट चार छोरी र एक छोराका बुवा बनिसकेका अफजललाई सायद पहिलो प्रेमविवाह बासी लाग्यो या पुरानो जस्तो भयो त्यसैले श्रीमतीलाई ढाँटेर उनले दोस्रो विवाह गरे ।  निकाह गर्न लागेकी महिला पनि, केही कारणवश श्रीमान्बाट छुट्टिएकी, एकल महिला हुन् । उनकी एक छोरी पनि छिन् अफजलले यो विवाह आफू अविवाहित भएको बेला गरेको भए समाजमा प्रशंसाको पात्र बन्ने थिए । तर यहाँ यस्तो भएन पहिलो पत्नीलाई छायामा राखियो । अफजलले गर्न लागेको काम कानून सम्वत दण्डनीय पनि छ । 
    हुन त मुसलमान समुदायमा एक पुरुषले चारवटासम्म विवाह गर्न पाउने धार्मिक व्यवस्था छ । कुन हदसम्म दोस्रो विवाह गर्न सकिन्छ ? त्यसका आफ्नै आधारहरु छन् । तर यहाँ अफजलले धार्मिक व्यवस्थाका कारण उठाइरहेको फाइदाको उनलाई अलिकति पनि अपराध बोध भएको महसुस भएन । अफजलले दोस्री श्रीमती ल्याउँदा गाउँघरमा थोरै हल्लाखल्ला भए पनि पछि सबै सेलाएर गयो । पञ्चायत बोलाइयो, केही तर्कवितर्क पनि भए । अफजलले म दुवैलाई पाल्न सक्छु भने । समाजको लागि कुरा सकियो । बिहे त पहिल्यै गरिसकेका थिए उनले । अफजलको दोस्रो निकाहलाई आफन्त तथा यस समाजले पनि मान्यता दिएको छ अब । पहिलो पत्नी हुँदाहुँदै र उसबाट बालबच्चा भएता पनि दोस्रो विवाहलाई मान्यता दिनु के पहिलो पत्नीमाथि अन्याय भएको होइन ? तर यो समाज चुप लागेको छ । दोस्रो पत्नीसँग रमाइरहेका अफजलकी पहिलो पत्नी छण छणमा विलापको चित्कार गर्छिन्, आफना पाँच सन्तानसँगै हरेक पल विलाप गरिरहेकी छिन् रेहाना । उनको त्यो विलाप र सन्तानको भविष्य के समाजले हेर्छ ? के धर्मले यस्तै हिंसा गर भन्ने मान्यता दिन्छ ? ती बच्चाहरुको बारेमा कस्ले सोच्ने, कोही छ समाजमा ? यस्ता अनेकौं प्रश्न उब्जेका छन् रेहनाका मनमा अनि अफजल र समाजको बीचमा । यतिसम्म कि रेहना कानूनी लडाईको लागि पनि अग्रसर छिन् तर विडम्बना उनको साथमा कोही छैन, ती पति हुँदाहँुदै एक्लो बनेकी रेहनाको कुरा कस्ले सुन्छ ? एकातिर धार्र्मिक आस्था, अर्कोतिर यसै आस्थाका कारण महिला माथि हिंसा । 
    विगतमा मुस्लिम समुदायका पुरुषले धेरै विवाह गर्ने गरेकाले त्यसलाई नियन्त्रित गर्न एक जनाले अधिकतम चारवटासम्म विवाह गर्न सक्ने नियम बनाइएको जामे मस्जिद मुर्लीका इमाम मुफ्ती अमजद हुसैन नदवी बताउनुहुन्छ । तर व्यवहारिक रुपमा पुरुष स्वयंले पनि यस विषयमा संवेदनशील र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । इमान हुसैन भन्नुहुन्छ, “ईस्लामले तिमीले समान रुपले सबै श्रीमतीलाई माया र स्याहार गर्न सक्छौ भने विवाह गर भन्ने अनुमति दिएको छ । तर यस व्यवस्थालाई व्यक्तिगत ईच्छा पूरा गर्न वा रमाइलोका लागि प्रयोग गर्नुभन्दा एउटै श्रीमती र तिनबाट जन्मिएका सन्तानलाई माया गरे मानिस बढी सुखी रहन सक्छ । फेरि आफ्नो जिवनसाथी, घरपरिवार सबै बारे विचार पुर्याएर मात्र कुनै निर्णय गर्दा राम्रो हुन्छ ।” जुनसुकै धर्मले पनि मानिसलाई सद्मार्गमा लैजाने बाटो देखाएको हुन्छ । चाहे त्यो नमाज पढेर होस्, पूजा गरेर अथवा गुरुद्वारा शिक्षा लिएर होस् । तसर्थ ईश्वरका सन्देशवाहक मानिने धार्मिक गुरुहरुले धर्मसँगै आफ्नो सामाजिक दायित्व पनि निर्वाह गर्दै जानुपर्ने र त्यसको लागि धार्मिक अपव्याख्याहरुलाई हटाउन सचेतना फैलाउनु जरुरी रहेको उहाँको भनाइ छ ।
    यसबारे कानूनी लडार्इँ जेसुकै होला रेहनाको जिवनमा । तर उनले आफनो आत्मविश्वासलाई डगाएकी छैनन् । अर्काको ज्यालामजदुरी गरेर आज रेहनाले बच्चाहरुलाई पढाई रहेकी छिन् । उनको मन भित्र तमाम पीडा छन् । पीडाको साहारामा बाँच्ने बानी झैँ भैसकेको रेहनाको शरीर उनको अनुहार दिन प्रतिदिन उजाड देखिन्छ । तर पनि परिस्थितीसँग सामना गरिरहेकी छिन् उनी । आफ्ना सन्तानलाई उनीहरुले  चाहेसम्म पढाउने अठोट गरेकी छिन् उनले । 
    माथिको घटनामा प्रतिनिधि पात्रमात्रै हुन् रेहना । यो समाजमा बहुविवाहको कारण पहिलो पत्नीहरु कति अलपत्र परेका छन् त्यसको कुनै लेखाजोखा नै छैन । हजारौं सपना देखाएको मानिसले नै आफ्नो वासना र रहरको लागि मनपरी गरिरहँदा ती रेहानाहरुले केही गर्न सकेका छैनन् । किनकि यस्ता घटनामा आफ्नै परिवारले पनि साथ दिँदैन ।
    ईस्लाम धर्मले चारवटा विवाह गर्ने अनुमति दिनुमा आफ्नै कारणहरु छन् । विशेष अवस्था र परिस्थितिवश मात्र अर्को विवाह गर्न सकिने भए पनि यसको दुरुपयोग बढी भएको मान्नुहुन्छ अधिकारकर्मी एवं राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष चाँदतारा शेख । उहाँ भन्नुहुन्छ, “धार्मिक व्यवस्थाको अपव्याख्या गरेर गरिने यस्ता कार्य र त्यसले पार्ने प्रभावप्रति सो कार्यलाई प्रोत्साहन गर्ने समाज पनि उत्तरदायी हुनैपर्छ । अझै विशेष गरी धार्मिक गुरुहरुले त विभिन्न चेतनामूलक कार्यक्रम गरी यस्ता भ्रमहरु चिर्नु अत्यन्त आवश्यक भइसकेको छ ।” यो समस्या हरेक व्यक्तिको भएपनि बहुविवाह अथवा विवाहेत्तर सम्बन्धका कारण महिलाहरु नै समाजमा पिडीत बनेका अनेकन उदाहरण पाउन सकिन्छ । मुसलमान समुदायका महिला त यसबाट झनै पीडित छन् । धर्मले छुट दियो भन्दैमा जथाभावी विवाह गर्दै हिँडने पुरुषको इज्जत किन जादैन ? मुस्लिम धर्ममा रहेको बहुविवाहको प्रथाले विकराल रुप लिइरहेको छ । धार्मिक व्यवस्था र परम्पराको आफ्नै महत्व छ भने अर्कोतिर मानवताको पनि कुरा आउँछ । तर खै त त्यसतो कहीँ देखिँदैन । धर्मको नाममा आफ्नो स्वार्थ सिद्धि गर्नेले वास्तवमा अरु धार्मिक नियमहरुको खासै पालना गरेका हुँदैनन् । फेरि त्यस्ता व्यक्तिलाई समर्थन गर्ने यस पितृसत्तात्मक समाजलाई के भन्ने ? जसले एक छोराको उन्मादलाई वैधानिकता दिन्छ तर छोरीको पीडालाई देख्दैन । महिलाको कुरा गरिरहँदा एक महिलाको घर बिगारेर आफ्नो खुशी खोज्ने महिला पनि कस्ती होलिन् ! बहुविवाह विरुद्ध ऐननियम पनि नभएका होइनन् हाम्रो देशमा, संविधानमा दोषीलाई कारवाही तथा पीडितको लागि क्षतिपूर्तिको व्यवस्था समेत गरिएको छ । तर के यो नै सबैथोक हो त ? समाजको केही दायित्व छैन ? यस्तो कार्यले ती महिलालाई पर्ने भावनात्मक चोट र पीडा कसले बुझिदिने ? साना बालबालिको मनस्थितिमा आफ्ना मातापिता र विवाहप्रति पर्न गएको नकारात्मक असर, त्यसले उनीहरुको विकास, पठनपाठनमा पार्ने प्रभाव कसले बुझिदिने ? के यो परिवारसँगै समाजको पनि दायित्व होइन ? के दोषीलाई कारवाही गर्दैमा उसको भूलबाट भएको मानसिक र भावनात्मक क्षति कम हुन्छ ? यस्तै हो भने केही दशकमा ‘विवाह’ भन्ने प्रथाबाट पनि मानिसहरु टाढिन थाल्नेमा कुनै शंका छैन । जब आफ्नो जिवनसाथी प्रति प्रेम, विश्वास, सम्मान, त्याग र समर्पण नै छैन भने त्यस्तो विवाहको के अर्थ ? 

    समाज र राष्ट्रको विकासमा महिला पुरुष समान, हिंसा किन ?

    रसना ढकाल,
    मध्य नेपाल सन्देश ।
    महिला हक अधिकारको सवालमा लगाइएका नाराहरु पुरुष विरोधि होइन । यो त पितृसत्तात्मक सोचको विरुद्ध हो । जसको कारण महिला दिनदिनै हिंसाको शिकार भै रहेका छन् । पितृसत्तात्मक सोचले महिलालाई दोस्रो दर्जा र पुरुषलाई पहिलो दार्जामा राख्यो । यो सोचको कारण  एक प्रकारको रोग बस्न गयो । महिला दोस्रो दर्जाका मानव हुन , यिनिहरुलाई हेप्नै पर्छ, यातना दिनै पर्छ सो कारणले गर्दा महिलालाई दोस्रो दर्जाको रुपमा हेरियो । तर अब समय परिवर्तन भएको छ । 
    आजको समयले महिलालाई पनि पुरुष सरह व्यवहार र हक अधिकार पाउनु पर्छ भन्ने एक खाले तर्क जन्माएको छ । फलश्वरुप महिलाको पक्षमा धेरै उल्लेखनीय सुधार भएका छन् । जस्तै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदद्धारा पारित प्रस्ताव नं १३२५ लाई बाध्यकारी कानुन बनाएर सदस्य राष्ट्रहरुलाई अनुमोदन गरी आफनो देशमा लागु गर्नु भनेर एउटा ठूलो कानूनको रुपमा स्थापना ग¥यो । १३२५ ले महिला अधिकार र शान्ति सुरक्षाको विकासमा एउटा महत्वपूर्ण खुडकिलो तयार पारेको छ । यसले द्धन्द्धको समय र त्यसपछिका अवस्थामा महिलाको अधिकारको सम्मान गर्न र शान्ति सम्झौता प्रक्रियाको महिला सहभागिताको सम्मान गर्न माग गरेको छ । जस्मा महिलाका सरोकारका थुप्रै कुरालाई पनि समेटेको छ । त्यस्तै गरी महिला माथि हुने सबैखाले हिंसा उन्मुन गर्न सिड जस्ता अन्तराष्ट्रिय कानून बनायो ।
    जसलाई सदस्य राष्ट्रहरुले पालना गर्नै पर्ने बाध्यता बनायो ।  त्यस्तै गरी राष्ट्रिस्तरमा राज्यको नीति निर्माणमा पनि महिला समावेश गरिनु पर्छ भन्दै सकारात्मक विभेदमा आरक्षण कोटा राखिएको छ भने ३३ प्रतिशत समावेशिका कुराहरु चालाईएको छ  । महिलाको पक्षमा सुधारका कार्यहरु नभएका होइनन् धेरै नै भएको छन् । तर  सुरुका दिन महिला अधिकारको वकालत गर्दा गलत तरिकाले प्रचार प्रसार भयो । जुन अत्यन्तै दुखत कुरा महिलाको पक्षमा भयो । अधिकारलाई उल्टो पाराले बुझाइयो । जसको कारणले महिला र पुरुषविचको दूरी बढयो । आफना पुरुष सँग अधिकार माग्दा उसलाई चिढाएर होइन कि विश्वास जितेर लिन सक्नु पर्छ  र त्यो विश्वासलाई हमेसा कायम राख्न महिलाको पनि उत्तिनै ठूलो भूमिका हुन्छ । फलश्वरुप पूरुषको नजरमा महिला यस्तै हुन्छन भन्ने एक खाले गलत तर्क आउन लाग्यो , भने महिलाले हाम्रो अधिकार पूरुषले कुण्ठित पारेको छ यसबाट आफनो अधिकार खोसिहाल्नु पर्छ भन्ने हिसात्मक अधिकारको रुपमा दुवै तर्फ जुहारी चल्यो र आजको मिति सम्म आइपुग्दा पनि कहिकतै यस्ता सोच भएका महिला र पुरुष भेटाउन सकिन्छ ।
    महिला हक अधिकारको कुरा गर्दा के पुरुष नै मुख्य रुपमा बाधक हो र रु यो हाम्रो लागि गहन विषय हुन जान्छ । र हाम्रो लागि पुरुष बाधक होइन । उसमा गाडिएको पितृसत्तात्मक सोच हो भन्ने बुझनु पर्छ । हाम्रो सम्मस्या भनेको पुरुषको सोच र पुरुषले महिला प्रति गर्ने व्यवहार होइन किनभने त्यो पुरुष जाहाँ जन्मियो , जुन परिवारमा हुर्कियो र परिवारले उसलाई कस्तो शिक्षाँ दियो त्यसमा भर पर्छ । किन की त्यो पुरुषको मनसस्थितिमा त्यस्तै प्रकारको सोच हावी हुन्छ । र त्यो पुरुष जन्मेर हुर्केको घरमा उसलाई त्यसतै प्रकारले शिक्षा दिइन्छ । त्यो पितृसत्तात्मक सोचले जकडिएको समाज, जहाँ तिमि पुरुष हौ , तिमी घरपरिवार समाजको ठूलो व्यक्ति हौ , तिमिले परिवारलाई आफनो बसमा राख्नु पर्छ भन्ने सोचाई र हुर्काईको क्रममा उसले पाउने शिक्षा नै त्यहि हुन्छ । त्यसैले सोचको जरो चारैतिर फैलिएको कारणले गर्दा समाजमा पुरुषभन्दा महिला माथि धेरै हिंसा हुन्छ । 
    अब हाम्रो चासोको विषय भनेको महिला माथिहुने हिंसा सामाजिक अपराध हो । यसमा हिंसा पुराउने व्यक्तिलाई परामर्शको अवाश्यकता छ भनेर महिला पुरुष नै हिडनु पर्छ । रथका दुई पंग्रा बनेर हिडने महिला र पुरुषको सोचाईमा त भन्दा म के कम होइन कि यो समाजको विकास र राष्ट्रको विकासको लागि हामी एक अर्का नै कम छैनौ , भन्ने हुनु पर्छ । अनि मात्र महिलाको विकासमा धेरै टेवा पुग्न सक्छ । 

    विकास उन्मुख राजनिती अबको आवश्यकता : नेतृ सिंह

    निलम पन्त
    मध्य नेपाल सन्देश ।
    जिल्ला महोत्तरी ईटहरवाकट्टी गा.वि.स–१ बस्ने बुबा ललितकिसोर साह र आमा शैलदेवी सिंहको दाम्पत्य जिवनबाट २०४३ साल असोज १५ गते जन्मेकी मोनिका सिंह हाल वी.उ.म.न.पा–१० बस्ने साहेब सिंहको पत्नीको रुपमा रहनु भएको छ । सिंह वीरगंजको लागि नयाँ अनुहार भए पनि आफँुलाई वीरगंजमा चिनाउन सफल भएकी महिला नेतृ पनि हो । नेतृ मोनिका सिंह त्रिभुवन विश्व विद्यालयबाट एम.एड सम्म अध्ययन गरी हाल जीवन ज्योति प्लस टु साइन्स पिरामिड एकेडेमीमा अंग्रेजी बिषयको प्राध्यापक भई अझ नेपालको बद्लिदो परिस्थितिमा आफुलाई शिक्षा र राजनीतीमा स्थापित गर्नलाई डा.बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँशक्ति नेपालको अन्तरिम केन्द्रिय पार्षद रही राजनीतिमा आफनो भूमिका सक्रिय रुपमा निर्वाह गर्दै आउनु भएको छ । मध्य नेपाल सन्देशका लागि नेतृ मोनिका सिंहसगँ गरिएको सक्षिंप्त कुराकानीः
    नेपालको वर्तमान राजनीतिक अवस्थाको सम्बन्ध तपाईको भनाई के छ ?
    –अन्योलको स्थिति छ । सही नेतृत्व वर्गको अभाव छ । जो देशको लागि काम गरोस् । राजनेता कोही भएन् । व्यक्तिगत फाईदा र पार्टीको लागि काम गरेको तर देशको हितको लागि काम गर्ने जनशक्तिको अभाव छ ।
    नेकपा माओवादी केन्द्रबाट फुटेर बनेको नयाँशक्ति नेपालको अवधारणा के छ ?
    –देशको हितमा र विकास मुख्य एजेन्डा हो । २०४६ सालदेखि हालसम्म हामी अधिकारका लागि लडिरहेका छौ । नेपाल चाहि अल्प विकसित देश हो । देशमा विभिन्न समयमा अधिकारको लागि आन्दोलन भए पनि अब विकासको लागि सर्घष गर्नुपर्छ । नेपालमा विकासको संभावना ठूलो रहे पनि राजनीतिक पार्टीले सो कार्य नगरेकोले अबको बाँकी काम हाम्रो पार्टीले गर्ने छ ।
    तपाईको पार्टीको मधेस प्रतिको दृष्टिकोण के छ ?
    –हामी सब बराबर छौं । अरु पार्टीमा १२.२ बाहुन छन् । एमालेमा पनि उसैको बाहुबली छ । प्रयोग मात्र गर्छन । कुरा सुन्दैनन् । कंग्रेसमा पनि १६.६ क्षेत्रीहरु छन् । ठूलो–ठूलो मिडिया क्षेत्रमा पनि कंग्रेसकै बाहुबली छ । नम्बर गनाउनलाई भोट लिन्छन् ,र कुरा सुन्दैनन् । समस्यालाई हल गर्दैनन् योे गलत हो । किनकी १७ प्रतिशत मधेसको भू–भाग हो । अन्नको भण्डार सावित यसले पुरा नेपाललाई खुवाएर थप अन्न सप्लाई गरेर विकासमा ध्यानदियो भने पुरा देश नै धनी हुन्छ । यो कुरा नयाँशक्तिले बुभm्छ ।
    तपाई कसको प्रेरणाबाट राजनीतिमा आइपुग्नु भयो ?
    –मेरो परिवार राजनीतिबाट धेरै टाढा भए पनि मेरो नानाजी भारतको स्वतन्त्रता सेनानी हुनुभएकोमा सायद त्यही बल्र्डको कारणले म राजनीतिमा लागि परें । तत पश्चात मधेस आन्दोलन हेर्दा–हेर्दै र श्रोताको रुपमा हेर्दै बुझदै म आफै नै प्रेरित भई देश विकासको निमित्त राजनीतिमा लागें ।
    शिक्षा पेशा र राजनीतिमा के भिन्नता पाउनु भएको छ ।
    — शिक्षा हुन त एउटा पेशा जस्तो हाम्रो देशमा लिइरहेको छ । किनकि हामीहरु पढाउने र पैसा कमाउने प्रोफेसन जस्तो छ । त्यसमा पनि अलि सेवाभाव हुनुपर्छ । तर राजनीति चाही पेशा हुनु हुदैन र छैन पनि । त्यो चाही सेवा नै हो । भिन्नता धेरै नै छ । हुन त हाम्रो देशमा बढी शिक्षक र प्रोफेसरलाई मान्ने गरिन्छ । मलाई त लाग्दछ राजनीतिक वर्ग वढी शिक्षित हुनुपर्छ । उसलाई पूरा देश नै चलाउनु पर्दछ । र फरक–फरक फिल्डको ज्ञान हुनुपर्छ । शिक्षण पेशा त्यो सिमित हो । तर राजनीति पेशामा ठूलो फराकिलो छ । राजनीति गर्नु र टिचिङ्ग गर्नुमा राजनीति धेरै गा¥हो छ ।
    यो सविंधान कार्यान्वयन होला त ? हुन्छ भने यसको आधार के–के छ ?
    –जब सम्म मधेसी र जनजातीहरुको माग पुरा हुदैन, तब सम्म कार्यान्वयन हुदैन । जर्बरजस्ती कार्यान्वयन गर्न खोजे पनि २००७ साल देखिको हालसम्म हरेक १० वर्षमा परिवर्तन भएको अस्थिरताको कारण त्यही हो । 
    यदि सबैलाई समेटेर गयो भने अवश्यक कार्यान्वयन हुन्छ । तर त्यही पनि समय लाग्छ । एक त यो सविंधानबाट कोही खुशी छ भने १२.२ प्रतिशत बाहुन, क्षेत्री त्यसमा पनि पुरा बाहुन क्षेत्री सन्तुष्टि  छैनन्  । ३१ प्रतिशतको लागि हो भने यो संविधान धेरै रजाई गर्ने खालको छ । र जसमा मधेसी, जनजाती धेरै पिछ्डीएका वर्गहरुको चाही राम्रो स्थिती छैन । यो अन्तरिम संविधान जे राखिएको थियो । त्यसमा सन्तुष्टि थियो । त्यसमा केही हल्ला थिएन् । कसैको विमती थिएन । १वर्ष भैसक्यो कति कानून बनायो त ? काहाँ कार्यान्वयन भयो त?
    तपाई शिक्षा पेशाबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
    –शिक्षण पेशा बाट म त सन्तुष्ट छु । आफनो कामदेखि सन्तुष्ट पढ्न पढाउन मजा आउँछ । मन लागिरहेको छ । यो पेशाबाट एकलै घर धान्न गाहूो छ । त्यसैले भ्अयलयmष्अब िउयष्लत या खष्भध ले सन्तुष्टि छैन । म पैसाको पछाडी जादिँन । मलाई पैसा चाहिन्दैन ।
    वीरंगजमा विश्व विद्यालयको आवश्यकता छ कि छैन ? स्पष्ट पारिदिनुस् ।
    –वीरगंजमा विश्व विद्यालयको एकदम जरुरी छ र हुनुपर्छ । यसबाट प्रत्यक्ष रुपमा पर्सा, बारा, रौतहट, मकवानपुर, सर्लाही र महोत्तरी सम्मका विद्यार्थीहरुलाई सहुलियत रकममा पढ्न पाउने अवसर पाउनेछन् । सबभन्दा बढी उपलब्धी यस भेगका महिलाहरुलाई हुने भएकोले वीरगंजमा विश्व विद्यालय हुनुपर्छ । आजसम्म यस भेगको जनतालाई अप्ठ्यारोमा बनाएको कारणले गर्दा अब यो विभेदकारी नीति हटाई यस क्षेत्रमा विश्व विद्यालय स्थापना गरिनुपर्छ ।

    बोल्न सम्म धक मान्ने महिला वडाकै प्रमुख


    – गीता भण्डारी 
    मध्य नेपाल सन्देश 
    भनिन्छ, सबै कुरा लुकाउने ठाउँ पाईन्छ तर डर लुकाउने ठाउँ कतै पाईदैन, कुरा सत्य हो । जन्मेदेखि नमरुन्जेल मानिसले गर्ने अनेक काम, कर्तव्य, स्वभाव र चरित्रको चित्रण गर्ने हो भने संसार भरकै मानिसहरु प्रायः अलग भेटिन्छन् । यिनै विभिन्न स्वभाव भित्र हर कसैको चाल चलन, बुद्धि विवेक आँट धैर्यता बोलीचाली पनि पर्दछ । यस्तै स्वभाव मध्ये जो कोहीसगं बोल्दा पनि डराएर, लजाएर, शिर निहुराई बोल्ने आफूलाई डरपोक र कमजोर ठान्ने बानी त्याग्नु नै श्रेयकर रहन्छ । पूर्वी पहाडको शिवुया गाउँकी शुशीला देवी आफ्नो पौरख र आँटले गर्दा एउटा उदाहरण बनेकी छन् । सुरुमा कसैसामु बोल्न डराउने उनी अहिले आफू बसेको ठाउँको वडाकै अध्यक्ष भएर विकाश गर्दै छन् । यो उनको लगनशिलतासँगै आँट र हिम्मतले नै गर्दा हो । सानै उमेरमा आमा गुमाएर टुहुरो बाल्यकाल बिताएकी उनी बाबुले सौतेनी आमा भित्राएपछि खान लाउन समेत अर्काको घरमा श्रम गर्दे जुठा भाडाँ माझी बनिबुतो गरी कमाएको २।४ पैसाले एउटा स्यानो होटल व्यावसाय शुरु गरी आफनो जिवन यापनमा जुटिन् । स्कूल जाने पढ्ने लेख्ने कुरा त एकादेशको कथा झै बन्यो उनको जीवनमा । बाल्यकाल अति दर्दनाक बिताएकी उनी अहिले त्यही गाउँमा बसेर समाज सेवा गर्दैछन् । यो उनले कहिले सोचेको नहोला सडावासीलाई मैले पनि सेवा गरांैला र यो वडाकै प्रमुख व्यात्तिको रुपमा सम्मानित हुँला भनेर । भनिन्छ दुःख पछि सुख आउछ दुःखमा सर्घष गर्न सक्ने मानिस नै एक दिन सफल बन्न सक्छ, भन्ने कुराको प्रत्यक्ष उदाहरण शुशीला देवीबनी बनिन् । 
    ‘सर्घष हो जिवन’ भन्ने भनाई सावित भएको छ । एक अक्षर सम्म पनि पढ्न नपाएकी उनी अहिले कुनै पढेलेखेका शिक्षीत व्यत्ति भन्दा कम छैनन् । उनलाई यो अवस्थासम्म आउन बाटो भने शिक्षाकै ज्याति भने हो । जुन वर्तमानको प्रौढ शिक्षा अनि बिभिन्न तालिमहरु, घरेलु सिप बिकासको साथै एक दिन यो गाउँमा बसेर नै केही गर्छु भन्ने दृढ सँकल्पले भने सार्थकता पाएको हो । 
    दिनरातको मिहनेत र लगनशिलताको परिणाम आज सो वडामा निवेदन लेख्न कतैबाट आएको चिठी पत्र पढिदिन मात्र हैन कतै कुनै समस्या आई पर्दा शुशीला दवबीलाई नै खोज्दा आफुलाई गर्व महशुश हुने बताउछिन् । म जस्तो दुःख भोगी उचित शिक्षाबाट बन्चित भएर अरु कसैको पनि बाल्य अवस्था अन्धकारमा बिताउन नपरोस् भन्दै आफूले वडाको अध्यक्ष भएपछि पहिलो पहल स्वरुप गाउँकै बिचमा पर्ने गरी एउटा पाठशाला समेत खोली टुहरा अनि गरिबीले थलिएका हरुको उद्धार गर्नु नै  प्रमुख दायित्व सम्झदै पठन पाठनको समेत व्यवस्था मिलाएको उनको तर्क छ । उनको जस्तो उच्च सोच, अदम्य प्रयास अनि गरेदेखि के असम्भब हुँदोरहेछ भन्ने कुराको नमूना बनेकी शुशीला देबी वास्तवमै गाउँघरमा बसेर आफु जन्मिएको ठाउँलाई शिक्षीत हरबरा बनाउन सक्षम भएकी छन् । आफूले भोगेका ति दुःखलाई सम्झदै आसुँले भरिएका आखाँ टाल्ने कोशिस गर्दे भन्छिन्, यदि यस गाउँमा प्रौढ शिक्षा, बाल शिक्षा, लगायतको ज्ञानरुपी चेतनाको क्रियाकलापसँगै बिभिन्न तालिम नलिएको भए सायद म पनि त्यहि गाउँको जमिन्दारकै घरमा जुठो भाडा माझिरहेकी हुन्थे होला, अनी कोही मानिसहरु आउदा पहिले झै शिर निहुराई ह÷ना मा सोधेका प्रश्नको जवाफ दिन्थे होला । 
    परिवर्तित समय सँगै आफुलाई परिवर्तन ल्याउन सफल हुनुमा आत्मा विश्वास, लगनशिलता र दृढ संकल्प नै हुन आवश्यक छ । जो आज मलाई अर्काको घरमा काम गर्ने नोकर्नीबाट शुशीला देवी ज्यु सम्म डोर्याउन सफल बनाएको छ । यसरी नै सहर बजारमा मात्र हैन, गाउँ गाउँमा चेतनासगै समय अनुकुल सिप विकासका कार्यक्रम पु¥याउन सके हातमा उच्च तहको प्रमाण पत्र नहुनेले पनी आफ्नो विवेक र ज्ञान अनुसारको विकास गरी लेखपढ गर्न बिभिन्न कारणले असक्षम हुन पुगेका खास गरी महिला वर्गमा आत्मबल र साहस बढ्ने थियो होला । साथै एउटा महिलाले अवसर पाएँ पुरुष सरहको जिम्मेवारी बहन गर्दे रुढीबादी परम्परा अनि दाशताको अन्त्यसँगै आमुल परिवर्तन ल्याउनमा सहयोग पुग्ने थियो । 
    बोल्न चाल्न डराउने मनस्थिति अन्त्य गर्दे धैर्यता र आत्मविश्वासले झिनो सोचलाई तराजुमा राखेर बाच्ने कि बचाउने भन्ने सार्थकतालाई ब्यूताई जीवन जिउनुको वास्तविकतालाई गहन गर्न सके पढे लेखेका शिक्षित अनि सहरीया मात्र राम्रो ओहोदामा पुग्न सक्दा रहेनछन् भन्ने सन्देश थियो । 

    वीरगंजका विद्यार्थी उच्च शिक्षाका लागि अन्यत्र जान बाध्य


    – प्रियांका गुप्ता
    मध्य नेपाल सन्देश  ।
    नेपालको अस्थिर राजनीतिक परिस्थितिका कारण हजारौं नेपाली विद्यार्थी भारत वा अन्य मुलुकमा उच्च शिक्षाका लागि अध्ययन गर्ने जाने गरेका छन् । यसरी भारत वा अन्य देशमा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये वीरगंजका विद्यार्थीहरुको सख्या पनि ठूलो छ । वीरगंजबाट मात्रै हरेक वर्ष दश जोड दुई अध्ययन पूरा गरेका करीब ३० प्रतिशत विद्यार्थी भारतमा उच्च शिक्षाका लागि जाने गरेको वीरगंज पब्लिक कलेजका सञ्चालक डा. दीपक शाक्यको भनाइ छ । वर्षेनी वीरगंजबाट दुईदेखि तीन हजार विद्यार्थी नेपाल बाहिर पढन जाने गरेको उनले जिकिर गरे । 
    वीरगंजमा प्राविधिक शिक्षाको लागि पर्याप्त शिक्षण संस्था नरहेकोले उनीहरु बाहिर जाने गरेको उनको तर्क छ । वीरगन्जमा त्रिभुवन विश्व विद्यालयका सम्बन्धन प्राप्त ठाकुरराम बहुमुखी क्याम्पस, हरिखेतान बहुमुखी क्याम्पस,  पूर्वाञ्चल विश्व विद्यालयको सम्बन्धन लिएको बिपिसी कलेज, प्राविधिक तथा व्यवसायीक शिक्षको सम्बन्धन लिएको बिआईटी कलेज भएता पनि आधुनिक तथा व्यवाहारिक शिक्षाको अध्ययनको लागि नेपालका विश्व विद्यालयले वीरगन्जको कलेजलाई सम्बन्धन नदिदा वर्षेनी विद्यार्थी बाहिर जाने क्रम पछिल्लो समयमा बढेको प्रध्यापकहरु बताउँछन् । वीरगंजको नेशनल मेडिकल कलेजमा नेपाली भन्दा भारतीय विद्यार्थीहरुलाई बढि प्राथमिकतामा राखी अध्यापन गराउने गरेको शिक्षा विद्हरुको भनाई छ । वीरगंज विश्व विद्यालयको प्रस्ताव पनि त्यस्तै अन्यौलमा परेको प्रस्तावकहरु बताउँछन् । 
    १२ सेप्टेम्बरको दिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ सालको नतिजा प्रकाशित गरेको थियो । कक्षा १२ को शिक्षा ,मानविकी र व्यवस्थापन संकायको नतिजा अनुसार करिब पौने दुई लाख विद्यार्थी मध्ये साढे ८५ हजार विद्यार्थी पास भए । यो परीक्षामा सामेल भएको कुल विद्यार्थीको ४८ दशमल १७ प्रतिशत हो । गतवर्ष ४० प्रतिशत विद्यार्थी मात्र पास भएका थिए । परीक्षा नियन्त्रणक सन्तोष आर्यालका अुनसार इक्जाम्टेड तर्फ एक लाख २३ हजार विद्यार्थी मध्ये साढ ३९ प्रतिशत विद्यार्थी यो वर्ष पास भएका छन् । गत वर्ष इक्जाम्टेड तर्फ जम्मा ३३ प्रतिशत विद्यार्थी मात्र पास भएका थिए । यसरी हरेक बर्ष विद्यार्थीहरुको उतिर्ण हुुने प्रतिशत बढ्दै गए पनि वीरगन्जमा भने यस क्षेत्रका विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राखी उच्च शिक्षा हासिल गर्ने जिम्मेवार संस्थाको अभाव हुनु ठिक होइन । 

    नेपाली विदेशिनुको पीडा


    – कमला गिरी 
    मध्य नेपाल सन्देश 
    धन कमाउने उद्देश्यले संसार जित्ने ठूला ठूला सपनाहरु आँखामा बोकी आफ्नै समस्या निराकरणका लागी घर परिवारको त्याग र समर्पणका सपना लिई एजेन्टको माध्यमबाट विदेशिएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुको पीडा र व्यथाले सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदी बहिनीको मन नछट्पटाई रहन सक्दैन ।  घरबाट हिडेको महिना दिन विती सक्दा पनि छोटो समयमा नै दुःखमा लम्वेतान बुन्न विभस नेपाली मन क्षणिक सुखको आशामा तड्ईि रहेको हुन्छ । त्यो मनमा सुखको भन्दा कम अनुभूति राख्दै मिठो संगितको धुन बजेजस्तै स्पन्दनमा बजाएर उत्सुकताका साथ विदेश पुगेका नेपालीहरुको पीडाले नेपालमा बस्ने नेपालीहरुको छातीमा धारिलो शब्दले छाती दुखिरहन्छ । घर गाउँमा फोन समेत नभएको अवस्थामा टाढाटाढा पुग्नुपर्ने फोनमा बोलाउन फोन गर्ने अनि फोन आउने दिन अन्य काम छोडेर हिड्नु पर्ने अति अभाव झन्झन् झेल्न परिरहेको हुन्छ । नेपालीहरुले खाडी मुलुकमा गई विदेशको धनले स्वदेशमा घर घडेरी जोड्ने लोभलालचले निकै ठूलो कष्ट गरिरहेको अवस्थाले त झनै नेपालीहरुको मन निकै कड्किएको थियो । अझ दूर्गम जिल्लामा त फोन आयो भन्ने समाचार सम्म पु¥याएको चार्ज १ सय रुपैया दिनुपर्ने अवस्था कम चानचुने होइन ।
    यो पैसा भन्ने चिज हुनेलाई पनि पिरै पिर र पैसा नहुनेलाई पनि अझ ठूलो पीर । साँच्चै भन्ने हो भने पैसा चिन्न नसक्नु जस्तो मूर्खता सायद केही रहेन छ । कमाएको पैसा जोगाउन नसक्नु अझ ठूलो मूर्खता हो । आफ्नो जन्मभूमि प्यारो माटो छोडी विदेशको टन्टलापुर घाममा पैसा कै लागि तानिएर विदेशिनु पर्ने बाध्यता ।
    घर परिवारको खुशी उमङ्ग, तरङ्गित हरेक समस्याको हल गर्नका लागि सबै कुराको एकै नदिजस्तो एका परिवारको एकदुई जनाव्यक्ति वा घर परिवार भित्रका सदस्य सबै कुरालाई समेट्ने कुराले खुशीको संगम बनी विदेशिनु पर्ने यथार्थ स्वदेशमा नै बस्नेहरुको मनमा पनि अनिश्चयको बादल जस्तो नै हुन्छ । कहिले काही आफूले कमाएको पैसाको सुखद् समाचार फोनबाट सुनाउन नपाउने पीडालाई सम्झँदा निकै चिन्तित विदेशिएकाहरु प्नि । घरपरिवार र गाउँ घर शहरबजारको सम्झना मायाबोकी आँखामा उनै लेखबेंसी भञ्ज्याङ्ग, सुसेली चिसो पानीको प्यास ओठमा लाली गुँरासको निश्चल हाँसो, नाकमा घरमा आँगनको सुगन्ध अनि वन जंगलका चराचुरुङ्गी गाई गोठको मिठामिठा गुन्जन छाडी विदेशको अस्तव्यस्त ठाउँमा आफ्ना घरपरिवारको चाहना पूरा गर्ने कोशिशमा दिनरात विताई रहेका नेपालीहरुको व्यथा कम कठोर छैन । भोक लागोस् नलागोस् निन्द्रा लागोस् या नलागोस्, जाँगर चलोस् नचलोस् त्यहि विरानो कोठाले साथ दिएको छ । मन सधैं अमिलो पारी घामपानी जस्तै सुख दुःख दुवै एकैचोटी भोगीरहेका नेपालीहरुलाई नेपालमा बिहान बेलुका दाल रोटीको व्यवस्था गर्नै समस्या । हातमा हरियो रंगको राहदानी, केही कागज पत्रहरु,  अनि मुलुक तिर पृथक उत्सुकता संगाल्दै नेपाल निकै टाढा पुगेका नेपालीहरु नेपालबाट टाढा घाम देखिन्थ्यो भने अहिले विदेशबाट नेपालीहरुलाई टाढा देख्न थालेका छन् । निकै गज्जबको ठाउँ रहेछ विदेश । टाउको माथिबाट घाम उदाउने रहेछ । यस्तो ठाउँमा नेपालीहरु बाच्नु र मर्नुको घोर कष्ट भोगिरहेको थाहा पाउँदा आफैलाई आफैले धिक्कारी रहेका छन् । साथै आफ्ना घरपरिवारको खुशीका लागि विदेशिएका नेपालीहरु आफ्नो पसिना र रगत बगाई नेपालमा बेरोजगारीको कारण विदेशमा मेहेनत ंगरी विदेशमा धन सम्पति कमाउन बाध्य भएका छन् । 

    आमाले भनेको सबै मान्ने पुष्करको बैंकर बन्ने चाहना


    – ईश्वरी श्रेष्ठ
    मध्य नेपाल सन्देश 
    शान्त अनि निश्चल स्वभावका  ६  वर्षिय  पुष्कर  कटेल  नवदिप एकेडेमीमा कक्षा एल.के. जि. मा पढछन् ।  उ बाबा र आमासँग आफ्नै घर वीरगंज  गहवामा बस्छन्  । आमा रेनुका कटेल र बुबा पन्कज कटेलका एक मात्र  छोरा  हुन  पुष्कर, आमा रेनुका अरुको घरमा काम गर्नुहुन्छ । बुबा पन्कज भने कलैया वीरगंजको टेम्पुको इन्चार्ज हुनुहुन्छ । 
    पुष्करलाई  पढ्न धेरै मन पर्छ । आफ्नो गृहकार्य आफै गर्छु । ममिले  धेरै माया गर्नुहुन्छ पुस्करले भने । धेरै बदमासी र जिद्दी  गर्यो भने कहिले काही ममीले पिट्नु पनि हुन्छ । धेरै पढेर बैंक मा जागिर गर्ने पुस्करले बताए । उनले भने धेरै पैसा कमाउँछु अनि  ममीलाई   माया  गरेर  पाल्छु । स्कूल आउँदा सधैं  गृहकार्य गरेर आउँछ । क्लासमा ज्ञानी भएर पढ्छ । स्कूलमा सिकाएका कुराहरु राम्रोसँग  सिक्छ ।  हामीले  बच्चाहरूलाई  खेलाइ  खेलाइ  पढाउछौ । कहिले  मोन्टेसोरी,  कहिले डान्स,  कहिले  डूोइङ  त कहिले राम्स । हाम्रो कक्षामा जम्मा ५० जना विधार्थीहरु छ्न् । जस्मा पुष्कर ९ आंै  स्थानमा  पर्छ । उसलाई  घरमा  पनि गाइड  गर्यो  भने  उ  पहिलो  स्थानमा  आउन  सक्छ ।  पुष्कर  पढाइमा  मात्र  नभएर  खेलमा  पनि  राम्रो छ भन्नुहुन्छ  उसको  क्लास  टिचर  ललिता  गुरुङ  र सुस्मा  मण्डल । उसको आमा रेनुका भन्नुहुन्छ,  म बिहानै उठेर  घरको काम  सकाएर अरुको  घरमा  खाना  पकाउने  ,घर  धन्दा गर्ने  काम  गर्छु । आँखा भरी आँसु गर्दै भन्नुभयो ।  दिनदिनै  महगाई  बढ्दै  छ । श्रीमान्ले  पनि  साथ  दिनु  हुन्न । कहिले  घर  आउनु  हुन्छ   कहिले   आउनु  हुन्न  मनलागे पैसा  दिनु  हुन्छ,  नलागे  दिनु  हुन्न ।  रक्सी  पिउनु  हुन्छ । आफ्नै  दुनियामा  रमाउनु  हुन्छ । हामीहरुलाई  वास्ता  गर्नु  हुदैन ।  खानै  पर्यो,  लाउनै पर्यो , छोरालाई  पढाउनै पर्यो , स्कूलमा  पैसा  तिर्नै  पर्यो ।  त्यसैले  अरुको  घरमा काम  गरेर  छोरालाई  पढाउदै  छु । छोराको  पढाई  राम्रै छ  जस्तो  लाग्छ ।
    मलाई   पढ्न  आउदैन  । तर पनि छोरालाईसँगै  बसालेर  गृहकार्य  गराउने  गर्छु । छोरा ज्ञानी छ भनेको सबै कुराहरु  मान्छ । कहिले  काहीँ  अलि जिद्दी  गर्छ । कहिलै  पनि  यो  खान्न  त्यो  खान्न  भन्दैन  । जे  दियो  ज्ञानी  भएर  खान्छ । छोराले बुझेको छ । आमाले दुःख गरेर पढाउदै हुनुहुन्छ । म बरु  एक छाक खाएरै भए पनि छोरालाई  बोडिङ  पढाउछु ।  सरकारी  स्कूलमा  पैसा कम  लागे पनि  पढाइ  र  हेरबिचार  बोडिङ स्कूलकै  राम्रो हुन्छ ।  छोरालाई  धेरै  पढाएर  राम्रो  मान्छे बनाउने इच्छा छ । उसको  लागि  जति  दुःख  गर्नु  परेनि  गर्छु । मैले दुःख गरेको उसले देखेको छ । कहिले काहीँ रुँदा छोराले भन्ने गर्छ  ममी  नरुनु  म  ठूलो  भएर  बैंकमा जागिर गर्छु । धेरै  पैसा  कमाउछु । अनि  हजुरलाई  पाल्छु । छोराको  यस्तो  वचन  सुन्दा  खुशी  लाग्छ ।  श्रीमान्ले साथ  नदिए  पनि  छोरो  छ । अब  मेरो  भन्नू  छोरा  र  छोराको  भन्नू  मै  हुँ  ।
    तिम्रो  मिल्ने  साथी  को  हो ?
    बिकि  ठाकुर ।
    तिमीलाई  मनपर्ने  बिषय ?
    नेपाली  ।
    तिमीलाई  मन नपर्ने  बिषय ?
    अंग्रेजी  ।
    तिमीलाई  अंग्रेजी  किन  मन  नपरेको ?
    आउँदैन  त्यसैले ।
    तिमीलाई  धेरै  के खान  मन  लाग्छ ?
    जुस ।
    म्यामले  क्लासमा  पिटनु  हुन्छ  कि  हुदैन ?
    पिट्नु  हुन्न  माया गर्नु  हुन्छ ।
    तिमीलाई  धेरै  माया  कुन म्यामले  गर्नु  हुन्छ ?
    ललिता  र  सुस्मा म्यामले ।
    तिमीलाई  होमवर्क  कस्ले  सिकाउनु  हुन्छ ?
    म  आफै  गर्छु ।
    ठूलो  भएर  के बन्ने ?  किन 
    बैंकर ।  बैंक मा धेरै पैसा हुन्छ ।
    तिमीलाई  कस्को  धेरै  माया लाग्छ ?  ममी कि बाबा ? 
    ममीको 
    तिमीलाई  मन  पर्ने  आफ्नो  बानी ?
    ममीले भनेको सबै मान्छु ।

    ग्याष्ट्रिक विग्रिएर अल्सर र क्यान्सर : डा. गुप्ता



    – खुशी शर्मा 
    मध्य नेपाल सन्देश  ।


    सबैले यो बुझेका छन् दाम, नाम र आरामका लागि काम गर्नु जरुरी छ, । काम गर्न स्वस्थ र तन्दुरुस्त शरीर चाहिन्छ । तर समयको व्यवस्थापन गरेर आवश्यकता अनुसारको पौष्टिक खाना खाने बानी विरलैको छ । जसको परीणाम स्वरुप हामी मध्ये धेरैजनालाई ग्याष्ट्रिकको समस्या छ । विशेषतः खाना समयमा नखाँदा यो समस्याले सताउँछ । ग्याष्ट्रिक भएपछि मन लागेको खाना खान र खाएको पचाउन कठीन हुन्छ । चिकित्सक भन्छन् ‘ल्याबबाट रगत, दिसा, पिसाब जाँचेर ग्याष्ट्रिक भए नभएको पत्ता लाग्दैन । उनीहरुका अनुसार यदि खानपानमा ध्यान नदिँदा हुने यो समस्या सुरु भएपछि पनि खानपानमा हेलचेक्राईं गरेमा पछि गएर ग्याष्ट्रिकको असर दिर्घकलीन हुन्छ । जेनरल सर्जन डा.मनोज गुप्तासँग खुशी शर्माले गरेको कुराकानी ।
    डा.मनोज गुप्ता
    ग्याष्ट्रिक कत्तिको जटील समस्या हो ?
    सामान्यतः पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने, कब्जियत हुने जस्ता समस्या ग्याष्ट्रिक हुँदा देखिन्छन् । ग्याष्ट्रिक आफैमा खासै जटिल हुदैन । तर कहिले कम र कहिले बढेर जाने हुँदा मानसिक तनाव बढ्छ । यदि आमासयमा अल्सर भएमा कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने हुन्छ । लामो समय सम्म त्यस्तै रह्यो भने यसले क्यान्सरको रुप लिन सक्छ ।
    ग्याष्ट्रिक रोग होइन भने के हो त ?
    मेडिकलको भाषामा ग्याष्ट्रिकलाई ग्यास्ट्राइटिस भनिन्छ । हरेक व्यक्तिको पेटमा उत्पादन हुने हाइडूोक्लोरीक एसीडको मात्रा १ दशमलव ५ हुन्छ । मात्रा भन्दा बढी अम्ल उत्पादन हुने समस्या नै ग्यास्ट्राइटिस अर्थात आम भाषामा ग्याष्ट्रिक हो । 
    के कारणले हाइडूोक्लोरीक एसीड बढ्छ र ग्याष्ट्रिक हुन्छ ?
    हाम्रो अमाशयमा रहने कडा खालको यो अम्ल बिभिन्न कारणले बढ्छ र ग्याष्ट्रिक हुन्छ । प्रायःजसो खानपानमा अनियमितता भयो, अत्याधिक चिल्लो र मसलेदार खाना खाइयो, लामो समयसम्म पेट खाली राखियो, पानी कम पिइयो भने बढी अम्ल उत्पादन हुन्छ । धुम्रपान तथा मद्यपान गर्ने साथै बढी मोटो र मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्ट्रिक देखिन सक्छ । त्यस्तै पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरी भएमा पनि ग्यासटाइटिस हुनसक्छ ।
    ग्याष्ट्रिकबाट बच्न के उपाय अपनाउनु पर्छ ?
    ग्याष्ट्रिक हुन नदिन हरेक व्यक्तिले खाने खानामा मसला, चिल्लो, पिरो, अमिलोको मात्रा कम गर्ने,  खाना खाने समयलाई नियमित गर्ने, धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने जस्ता बानीको विकास गर्नुपर्छ ।
    ग्याष्ट्रिक भइहालेमा यसको उपचार विधि के हो ?
    सामान्यतः डाक्टरले बिरामीको लक्षणबाट नै ग्याष्ट्रिक भए नभएको पत्ता लगाउँछन् । त्यसैको आधारमा आवश्यक औषधी सेवन गर्न र खानपानमा ध्यान दिन सल्लाह दिन्छन् । तोकिएको समयसम्म डाक्टरको सल्लाह अनुसारको खानपान र औषधीको सेवन गर्दा पनि ग्याष्ट्रिक निको नभएमा इन्डोस्कोपी गरेर अम्लका कारण पेटमा घाउ भएको छ वा छैन जाँच गरिन्छ । साथै एच पिलोरी भन्ने ब्याक्टेरीयाको जाँच गरिन्छ । जाँच पछि घाउ नभएको अवस्थामा खानपानलाई व्यवस्थित गरेर ग्याष्ट्रिकको समस्याबाट राहत पाउन सकिन्छ । 
    Scroll to Top