• नयाँ खबर

    29 October, 2016

    मिठाईंको पर्व तिहार सेल, रोट, फिनी बनाउने विधि


    सेल
    सामग्री : मसिनो गरी पिसेको चामलको पिठो १ किलो, खस्रो चामलको पिठो २ पाउ, मैदा २ पाउ, चिनी २ पाउ, अलैंची पिसेको २० ग्राम, घिउ आवश्यकतानुसार ।
    विधि : एउटा गहिरो भाँडामा चामलको पिठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हालेर मुछ्ने । त्यसलाई आधा घन्टाजति त्यत्तिकै छाड्ने । सेल पकाउने तावामा सेल डुब्ने गरी घिउ तताउने ।  घिउ तातेपछि एक डाडुजति मुछेको पिठोमा हालेर चलाउने । सोलीको सहायताले घिउमा सेललाई आकार दिन सकिन्छ । दुवै साइडमा पल्टाई(पल्टाई पकाएर खैरो भएपछि निकाल्ने । 

    रोट
    सामग्री : मैदा १ किलो, घिउ ३ पाउ, बेकन पाउडर ३ पाउ, खाने सोडा १ चम्चा ।
    विधि : घिउ, चिनी, बेकन पाउडर तथा सोडालाई फिटेर त्यसमा पानी हाल्ने र मैदा हाल्दै मुछ्ने । नरम भएपछि कपडाले छोपेर दिनभरि राख्ने । भोलिपल्ट बेल्ने र साइजअनुरूप काटेर घिउमा फ्राइ गर्ने ।  पाकेर खैरो भएपछि रोट तयार हुन्छ । 


    फिनी
    सामग्री : मैदा १ किलो, घिउ ४ पाउ ।
    विधि : मैदालाई नरम तथा पातलो हुने गरी मुछ्ने । घिउ तथा मैदालाई पनि राम्रोसँग फिट्ने । त्यसपछि पिठोलाई फोल्ड गरेर काट्ने । काटेपछि चारकुने आकारमा बेल्ने । यसलाई घिउमा ६(७ मिनेटसम्म पकाएपछि फिनी तयार हुन्छ । सौजन्य 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मिठाईंको पर्व तिहार सेल, रोट, फिनी बनाउने विधि Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top