• नयाँ खबर

    02 October, 2016

    चुश्त सेवा प्रवाहका लागि मानव साङ्गलो


    मध्य नेपाल सन्देश 
    नारायणी उपक्षेत्रिय अस्पतालको चौतर्फी विकासको माँग गर्दै सदभावना पार्टी नगर कार्य समिति वीरगंजले मानव साङ्गलो प्रर्दशन गरेकोे छ ।  
    सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा मानव साङ्गलो प्रर्दशन गरिएको हो । प्रदर्शन कार्यक्रम विहान ७ ः ४५ देखि ८ ः४५ सम्म नारायणी उपक्षेत्रिय अस्पताल परिसर देखि विर्ता मन्दिर सम्म गरिएको थियो । प्रदर्शन गरी दवाव दिनुको खास कारण भने पाँच सय सैयाको भौतिक पुर्वाधार सहितको भवन निर्माण, लक्षित वर्गलाई निःशुल्क औषधि उपलब्ध, चिकित्सक एवं कर्मचारीद्वारा नियमित सेवा प्रदान, प्रयोगशालाहरुलाई व्यवस्थित, सरसफाईलाई प्राथमिकता, भ्रष्टाचार बन्द, क्षेत्रिय अस्पतालमा स्तरउन्नति, बिरामीको खाना व्यवस्थित गर्नुपर्ने लगायतको माग राखिएको छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: चुश्त सेवा प्रवाहका लागि मानव साङ्गलो Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top