• नयाँ खबर

    30 November, 2016

    सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसदमा दर्ता


    १४ मंसिर, काठमाडौं । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेले भने यसको प्रतिवाद गर्ने बताएको छ ।
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन हेरफेरसहित संशोधन प्रस्ताव पास गरेको हो । लगतै संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको छ । सरकारले संशोधन दर्ता गर्ने भनेपछि संसद सचिवालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको थियो ।
    संशोधन प्रस्तावमा प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र आधा रुकुमलाई प्रदेश नम्बर ४ मा गाभ्ने प्रस्ताव गरिएको छ । अब प्रदेश नम्बर ५ मा नवलपरासीको बर्दघाट सुस्ताबाट पश्चिम, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दिया रहनेछ ।
    यस्तै नेपालीसँग विवाह गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता परित्यागका लागि कारबाही चलाए संघीय कानुन बमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने संशोधन प्रस्ताव छ ।
    यस्तै राष्ट्रिय सभा गठनमा दलित, महिला र अपाङ्गरअल्पसंख्यक गरी ३र३ जना प्रत्येक प्रदेशबाट चयन हुनेछन् भने बाँकी ३५ जना जनसंख्याका आधारमा हुनेछ । तर, प्रदेशबाट ३५ जनाको निर्वातन गर्दा सम्वन्धित प्रदेशको जनसंख्याको अनुपातमा १४ जवना महिलाको प्रतिनिधित्व हुने गरी संघीय कानुन बमोजिम चुनाव गर्ने प्रस्तावमा उल्लेख छ ।
    हाल संविधानमा भने प्रत्येक प्रदेशबाट समान ८र८ सदस्य चुनिने व्यवस्था छ ।
    मन्त्रिपरिषद् बैठकले सीमांकन आयोगको कार्यदेश पनि पास गरेको छ । यसअघि आएका सुझावका आधारमा यसले प्रतिवेदन दिनेछ ।
    प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्तावमा मधेसी मोर्चाको समर्थन हुने दाबी गरेका छन् । दर्ता गर्नु अघि बसेको माओवादीको बैठकमा उनले आफ्नो उपेन्द्र यादवसहितका नेताहरुसाग कुरा भएको र उनीहरुले सहमति जनाएको दाबी गरे ।
    तर,  प्रस्तावप्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट देखिएका छन् ।  मधेसी मोर्चाका अन्य नेताहरु भने सकारात्मक देखिएका छन् ।
    प्रमुख विपक्षी दल एमालेले भने संसद र जनस्तरबाट प्रतिवाद गर्ने बताएको छ । एमालेले सुरूदेखि नै संशोधनको विरोध गर्दै आएको थियो । -सौजन्य

    खेलको इतिहासमा नै एक भीषण विमान दुर्घटना

    मोन्टेभिडियो । ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान  कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।
    यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन । फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।
    यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् । रासस/एएफपी

    अमेरिकी चुनाव र महिला बहस


    रसना ढकाल,

    मध्य नेपाल सन्देश 
    नोभेम्बर ८ विश्वको लागि महत्वपूर्ण दिन थियो , किनकी त्यसदिन अमेरिकामा राष्ट्रपतिको निर्वाचन थियो भने अर्कातिर अमेरिकामा पहिलो पल्ट महिला उम्मेदवार थिइन , हिनारी क्लिनटन । डेमोक्रयाटकी हिलारी क्लिनटन् थिइन भने उनको विपक्षमा थिए रिपब्लिकन पार्टिका उम्मेदवार डोनाल्ड ट्रम्प  । उनीहरुको विचमा निकै ठूलो प्रतिस्पर्धा भैरहेको थियो । चुनाव आउनु पुर्व दुवै प्रतिस्पर्धीहरु आफनो आफनो क्षेत्रमा र अमेरिकाको भावि रणनिति र विभिन्न देशहरुसँगको कुटनिति पहलको बारेमा विभिन्न प्रकारका एजेण्डाहरु राखिरहेका थिए । 
    विश्वको शक्तिशालि राष्ट्रको रुपमा परिचय बनाउन सफल अमेरिकाको आउने दिन कस्तो हुने छ , चुनिएका राष्ट्रपतिको कामहरुले  देखाउने छन् । तर यस पटकको चुनावमा महिला प्रतिस्पर्धी हिलारी भएको कारण होला  राष्ट्रपतिका अर्का उम्मेदवार ट्रम्पले महिलाको यौनको कुरा निकालेर आफु लगायत आफना सहयात्रीहरुलाई लज्जीत बनाए । ट्रम्प लगभग ७० को हाराहारीका व्यक्ति हुन  । भनिन्छ उमेरले गर्दा पनि मानिसकलाई बोलिमा परिपक्ता ल्याउछ । तर यसपालिको अमेरिकाको राष्ट्रपतिको चुनावमा त्यो देखिएन । पूर्व राष्ट्रपति विल क्लिटनले गरेको यौन दूराचारको कुरालाई ट्रम्पले मोहरा बनाए । उनले पटक पटक आफनो भाषणमा महिला र यौनका कुरालाई हिलारीको पूर्व घटनासँग जोडदै व्यङ्ग गरिरहे  । उमेरका पाका भनिने र त्यसमाथि अमेरिका जस्तो शक्तिशालि राष्ट्रका राष्ट्रपतिका उम्मेदवार हुन लायक भएका ट्रम्पको लागि यो एकदमै अशोभनिय तर्क थियो । 
    हरेक दृष्टिकोणबाट यस कुराको मूल्याकन गर्दा आज उम्मेदवार बन्दा त ट्रम्पले सार्वजनिक रुपमा यस्ता घिन लाग्दा कुरा गर्छन भने भोलि राष्ट्रपति नै भएभने उनले के गर्लान र कसरी महिला अधिकारका बहसलाई अन्तमा पुराउलान भन्ने कुरामा शंका उत्पन्न भएको थियो  । तर नतिजा ठिक उल्टो भयो । अमेरिकाको विभिन्न मिडियाहरुले चलाएको बहस कार्यक्रममा ट्रम्पले महिलाको यौनिकता सँग जुडेर धेरै कुरा गरे । पक्षका व्यक्तिहरु उनको कुरालाई तालि बजाउदै गए भने त्याहाँको सरकारी निकायहरुले पनि केहि रोक लाउन सकेनन् । हुनत निर्वाचन भनेकै झुटा कुरा गरेर विपक्ष माथि नचाहिदो आरोप लागाएर उसको साख खसाउनु र आफु अघि बडन रणनिति तयार गर्नु हो तर अमेरिका जस्तो देशमा यस्ता कुराले बहस पाउदा विश्व आश्चर्य चकित भएको छ । भौतिक रुपमा हरेक दृष्टिकोणबाट अमेरिका राम्रो भन्ने तर्क आउछ तर ट्रम्पको छुद ता बोलिको कारण भौतिक रुपमा जति सम्पन्न भएपनि नैतिक रुपमा त उहि सानो सोच रहेछ भन्ने सोच सबैमा आएको थियो । 
    विल क्लिन्टन राष्ट्रपति हुदा उनीमाथि लागेको आरोपको खण्डन र वास्तविकता के हो त्यो सार्वजनिक भैसकेको हो । त्यस अवस्थामा हिलारीले आफनो पतिको साथ एक सेकेण्डसम्मलाई पनि छोडिनन । मिनेट मिनेटमा कुराको खण्डन गर्दा हिलारीले विलको हात समाउदै हिम्मतका साथ त्यो दिनको सामना गरिन् । असहज परिस्थितीलाई हिलारीको साथले विल क्लिन्टनले पनि साहस पाएका थिए भने विश्वमा पति पत्निको सम्बन्ध र असहज परिस्थितीमा साथ दिने खालको सकारात्मक शन्देश गएको हो । हाम्रो जस्तो मुलुक भएको भए वास्तविकता नबुझिकन सिधै प्रहरी या अदालत समक्ष मुद्दा पुग्ने सम्भावना हुन्थ्यिो । तर हिलारीको त्यो साथले विश्वमा राम्रो छाप छोडेको हो । उनीमाथि पनि पतिलाई अरु महिला प्रयोग गराउने आरोप पनि लगाईयो तर वास्तविकता के हो अघि आउन सकेन ।  समय वित्दै गयो । अमेरिकाको ध्यान अन्तै गयो । क्लिन्टका कुरा थाति भए । तर यसपालिको राष्ट्रपति निर्वाचनमा  त्यो ठूलो मुद्दा बन्यो ।  राष्ट्रपतिका उम्मेदवार ट्रम्पको लागि । उनले हिलारीका गलत पक्षलाई कोट्याउदै अघि बडन खोजे । पति माथि लागेका आरोपको दिनहरुमा स्वच्छ रुपले साथ दिदै आएकि हिलारीको त्यति बेला उनले कसरी काम गरिन भन्ने तिर ट्रम्पले सोच्न पनि सकेनन । 
    एक महिलालाई नाना भाति यौनको कुरामा लाल्छेना लगाई उनले कस्तो इमेज बनाउन खोजेको हो त्यो दैव जानुन् । हिलारीको वितेको दिनलाई बहसको मुद्दा बनाउनु कतिको उचित थियो ? विश्वबाट कुनै राष्ट्रको भाव गएन् । जेनेभा जस्तो मानव अधिकारको उत्पन्न स्थलले पनि ट्रम्प माथि यस्ता कुरा बोल्न रोक लाउन सकेन् । ट्रम्प बोलेको सुन्दा सबै सर्माउनु पर्ने स्थिति थियो । उनका आवारा बोलिको कारण अमेरिकाको भावि राष्ट्रपति पछि कति लोकप्रिय होला भनेर अडकलबाजि एक वर्गले गरिसकेको थियो । 

    जाडोमा छालाको हेरचाह कसरी गर्ने


    अञ्जली चौहान

    मध्य नेपाल सन्देश, 
    परिवर्तित समयसँगै आम मानिसमा फैशन प्रति आकर्षण बढ्दै जानु नौलो होइन । अरुभन्दा राम्रो र सुन्दर देखिन डिजाईन डूेसदेखि लिएर विभिन्न किसिमका महंगा कस्मेटिकस समानहरुमा पैसा खर्च गर्न पछि परेका छैनन् । मान्छे सुन्दर र आकर्षक सफा सुग्घर अनुहार हातखुट्टाले देखिन्छ । त्यसैले हामी अब जाडो बढ्दै गएकाले जाडोमा आफ्नो छालाको हेरविचार कसरी गर्ने र आफनो सुन्दरतालाई अझ निखार्न के के गर्नुपर्छ जानि राखौं ।
    १. जाडोको मौसममा गुलाब जल, ग्लोसिरिन र निम्बुको रसलाई मिक्स बनाउने त्यसपछि राति सुुत्नुभन्दा पहिले त्यो पेस्टलाई आफ्नो अनुहारमा लगाउने । 
    बिहान उठने बितिकै अनुहारलाई सफा पानीले धुने । यसरी जाडोमा पनि अनुहार नरम र चम्किलो देखिन्छ ।
    २.  बेसार र नरिवलको दुधलाई मिक्स गरेर पेस्ट तयार पार्ने ,त्यसपछि अनुहारमा लगाउने , १५मिनेट पछि अनुहार पानीले धुने । यसरी उपाय अपनाएमा जाडोमा पनि अनुहारको चमक रहिरहन्छ तथा खस्रो र फुस्रो देखिदैन ।
    ३.  एउटा पाकेको पहेलो केरा र देधलाई मिक्स गरेर पेस्ट तयार पार्ने त्यसपछि आफनो अनेहारमा लगाउने १५ मिनेट पछि सफा पानीले धुने जाडोमा छालाको रङ्ग उज्यालो देखिन्छ । छाला कालो हुनबाट बचाउछ ।
    ४.   जाडोमा धेरै जसो मानिसले तातो पानीले नेहाउने गर्छन तर तातो पानीले जाडोमा छालालाई बेफाइदा गर्छ । छालालाई सुख्खा र खस्रो बनाउँछ । बढि तातो पानीले नुहाउँदा कपाल झर्ने सम्सया पनि देखिन्छ । त्यसैले नुहाउनका लागि हह्का मनतातो पानीको प्रयोग गर्दा राम्रो हुन्छ । मनतातो पानीमा नुहाउने बेला वेवी ओएल अथवा बदामको तेल २-४ बुंदा हालेर नुहाउदा छाला नरम हुन्छ । सुख्खा र खस्रो हुनबाट बचाउँछ ।

    स्वस्थ केशको लागि मालीस र मसाज


    राधिका केसी

    मध्य नेपाल सन्देश 
    स्वस्थ केशको लागी केशको जरामा मालीस गर्न अति नै जरुरी हुन्छ । मालीसद्वारा केश झर्नबाट केही हदसम्म बचाउनुको साथै टाउकोको रक्तसञ्चार प्रणालीलाई सुचारु रुपमा सञ्चालन गर्न सहयोग गर्दछ । 
    कुनैपनि राम्रो तेलद्वारा केशको मालीस गर्दा केशको विभिन्न रोगहरुबाट मुक्ति मिल्दछ मस्तिष्कलाई शितल बनाउँछ । कहीले काही धेरै मानिसको तनावको कारणले गर्दा केश मृत र निर्जिव जस्तो जर्जर परेको देखिन्छ । यस्तो भएमा तेलले मालीस गरेर सेम्पुको प्रयोग गर्दा केशको जरा सम्म अक्सीजन पुग्ने गर्दछ र जराबाट प्राकृतिक चिल्लो नीस्कन्छ जस्ले गर्दा केशमा नयाँ चमक आउछ । केश मालिस गर्दा सकेसम्म बढदो सुगन्ध भएको तेल प्रयोग गर्नु हुदैन । केशमा प्रयोग गर्ने तेललाई हल्का तताएर त्यसमा वरावर भाग पानी पनि मिसाउन सकिन्छ । कपास अथवा औलाको सहायताले वा ईलेक्टूोलिक मसाजरले करिव आधा घण्टा सम्म हल्का मालिस गर्नु पर्छ । यस प्रकारको मालिसले केशको जरासम्म टकीक उपलब्ध हुनुको साथै जरामा भएका तैलीय ग्रन्थीहरु पनि सकृय हुन थाल्दछ । तेल मालिस गर्दा समान्य केश हप्तामा १ पटक सुख्खा केशमा ३/४ पटक तैलीप त्यसमा १५ दिनमा १ पटक गर्दा हुन्छ । 
      सुख्खा केशलाई पनि बढता मालिस र स्याहार सम्भार गर्न सकेमा केहि महिनामा सामान्य केश बनाउन सकिन्छ । केश मालिस गर्न बिभिन्न हेयर क्रीमहरु पनि प्रयोग गर्न सकिन्छ । केश मालिस गरे पछि तुरुन्त हेयर सेम्पु गर्न जरुरी हुन्छ  किन भने चिल्लो केशमा धुलो मैलो आदी टासिन्छन । र बिभिन्न समस्याहरु उत्पन्न हुन सक्छ । कसै कसैको केश ज्यादै चिल्लो हुन्छ यस्तो केश मालिस गर्दा भने तातो पानीमा २/४ थोपा तेल र २/४ थोपा कागतीको रस मिलाएर मालिस गरेमा राम्रो हुन्छ ।
    केश लामो वा टो कालो वा खैरो जर्जर र चम्किलो हुनुमा मानिसको वरिपरिको वातावरण र वंशानुगत कारणले पनि धेरै प्रभाव पारेको हुन्छ । अति नै ठंढी वा अति नै गर्मी ठाउमा चर्काे घाममा, धुलो उडीरहेको ठाउमा र वायु प्रदुषण बढी भएको ठाउमा केश चाढै नबढनुको साथसाथै रुखो खस्रो र कईलो किसिमको हुन्छ । यसरी केशको सुन्दरतामा प्रभाव पार्ने काम भएकोले गर्दा राम्रो केशको लागि राम्रो वातारण हुनु आवश्क छ । आमा बुवाको केश खैरो घुमरिएको अथवा बढता तैलीया, नबढने किसिमको छ भने छोराछोरीमा पनि त्यही अनुरुपको केश हुने सम्भावना बढता हुन्छ ।  यदि आमा बुवाको केश चाढै फुल्ने भएको छ भने छोराछोरीको पनि चाढै फुल्ने सम्भावना बढी हुन्छ । त्यस कारण केश राम्रो वा नराम्रो हुनुमा वंशानुगत कारणले पनि धेरै नै प्रभाव पारेको हुन्छ । 
    स्वस्थ शरिर शरिरको प्रत्येक अंगको सुन्दरतको पहिलो मापदण्ड हो । शारिरिक र मानसिक अवस्थाले केशको सुन्दरतामा प्रत्यक्ष असर गर्द छ । स्वस्थ र सुन्दर केशको लागि स्वास्थयलाई सधै ठिक राख्ने कोशिस गर्नु पर्छ । यसको लागि नियमित दिनाचार्य सन्तुलित भोजनको साथै पुरा समय निदाउने गर्नु पर्छ । तनावबाट बाच्ने कोशिस गर्नु पर्छ । अनिदो, मानसिक तनाव आदिको कारणले मष्तिस्कमा उत्तेजना पैदा हुन्छ । जसको प्रत्यक्ष असर केशमा पर्दछ । र केश झर्ने, टुक्रिने र फुल्ने क्रम शुरु हुन थाल्छ । चिया कफि चुरोट र रक्सी लगायतका अन्य लागुपदार्थहरुको सेवनले पनि केश झर्ने र असमयमा नै फुल्ने हुन्छ त्यसकारण केशको सुन्दरताको लागि यस्ता कुराहरुलाई पनि त्याग्नु पर्द छ । 

    कविता, गीत, गजल

    जिन्दगीमा

    हुने के गरी हो सफल जिन्दगीमा 
    निरन्तर गर्दै छु म पहल जिन्दगीमा
    पुगी गाउँ वस्ती पढ्दैछु म जीवन 
    म खोज्दैछुु साथी असल जिन्दगीमा
    वफादार भई, छ कर्म गर्ने ईच्छा 
    परेको छ सहन दखल जिन्दगीमा
    छ डेरा मलाइ अहोरात्र प्यारो
    म चाहन्न अग्लो महल जिन्दगीमा  
    दिनेछु म उज्यालो जली मैन जस्तै
    त्यसैले छु लेख्दै गजल जिन्दगीमा
    कहाँ हुन्छ नाफा ,जहाँ बिक्री छैन
    चलाएर उधारो पसल  जिन्दगीमा  
    – सबनम भट्टराई

    मनको घाउ

    मनको  घांउ तौलिए पछि 
    भार हुँदैन 
    किनकी दु्खाइको कुनै 
    आकार हँुदैन 
    हो यति कुरा त  सबैले 
    जानी राख्नु पर्छ 
    सुखः मात्र जीवनमा 
    लगातार हुँदैन 
    – शोभा  धमला 

    केही गुमाएर केही पाउँदा

    केही गुमाएर केही पाउँदाका,े 
    मज्जा नै बेग्लै हुन्छ !!
    पहिले रोएर मुस्कुराउँदाकोे  
    मज्जा नै बेग्लै हुन्छ !!
    हार पनि त हाम्रो जीवनको,
    एक पाटो हो नि हजुर !!
    हार पश्चात जितमा रमाउँदाको 
    मज्जानै बेग्लै हुन्छ !!
    – सन्ध्या पौडेल, वीरगन्ज

    बनेर आउ

    मेरो तिम्रो प्रेम कहानी बनेर आऊ
    यो जुनेली रातमा रातरानी बनेर आऊ
    मुघ्ध गरिदेऊ तिम्रो प्रेमको रस पिलाएर 
    बशन्त झै मदहोस जवानी बनेर आऊ
    युगौं देखि तिर्खाएको यो मनको व्याकुलता 
    यो सावनमा वर्षात्को शितल पानी बनेर आऊ 
    तिमी बिना म के नै छु र प्रिय भन 
    जीवन सजाइ देऊ खुशीको खानी बनेर आऊ
    जाम छल्काएर पिउने आदत पुरानो भयो 
    तिम्रो आँखाको पिलाउ अदा कि खानी बनेर आऊ
    शुन्य यो एक्लो जीवन अरु कति बाचुँ म 
    एउटा बाटो खुशीको देऊ जीन्दगानी बनेर आऊ
    – लक्ष्मीकान्त शर्राफ, ठाकुराम क्याम्पस, वीरगंज 

    नयाँ नेपाल


    नयाँ नयाँ सजाँऊ है नेपाल सुख दुःख काटांै है मिलेर
    घामको पहिलो किरण परोस् हाम्रो देशमा
    देवी देवता रहुन नेपालीमो भेषमा हो 
     हाम्रो नयाँ नेपाल स्वर्ग भन्दा सुन्दर छ  
    पराई देशले हेर्दा कति सुन्दर भनोस 
    स्वर्गको सुख भोग्न हाम्रो देशमा आओस हो ।  
    को मधेशी को पहाडी हामी सबै नेपाली 
    हातमा हात समाई हैसे होस्टे गर
    नपर है कहिलै विदेशको भर हो ।
    नयाँ नयाँ सजाऊ हे नेपाल
     सुख दु ः ख काटौं है मिलेर 
    – पुष्पा राणा (संचालिका) संतोषी व्यूटिपालर

    तिमी


    मन मन्दिरको देवी हौ तिमी 
    त्यसको म पुजारी 
    जीवन फूल अर्पि तिमीलाई 
    भावना पुर्ण आराध्य गर्छु 
    आखाँ छन् तिम्रा अन्नत गहिरो 
    मुस्कानमा तिम्रो हरियाली 
    समस्त युगको शितलता पाउछ 
    मयाको तिम्रो छहारी भित्र
    – सुजन गोर्खाली, राप्ती रोड हेटौंडा

    बिहानै खाली पेट पानी पिउनुका पाँच महत्वपूर्ण फाइदा

    मानव जीवनका पानीको महत्व धेरै छ । हामी पानी त खान्छौं तर, विहान खाली पेट खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ । खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हामीलाई तन्दुरुस्ती प्राप्त हुन्छ । तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् ।

    बिहान उठेर पानी पिउनुका फाइदा

    – बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
    – बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ ।
    – खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् ।
    – बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
    – बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ । – सौजन्य

    ज्वानो सेवनबाट हुने फाइदाहरु


    ज्वानोलाइ हामी एक मसलाका रूपमा प्रयोग गर्दछौं । यसको प्रयोग तरकारी आदिमा बढि गरिन्छ तरपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा महिलाहरूका लागी भने धेरै गर्ने गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि ज्वानोको प्रयोगलाइ निकै लाभदायक मानिएको छ । ज्वानोले पाचनशक्ति बढाउँने मात्र हैन हानीकारक जीवाणु एवम् कृमिनाश गर्दछ । यसले वायुविकार हटाउँछ । गर्मी, सर्दी दुबै मौसममा अनुकुल हुने ज्वानोले मानिसहरूलाइ धेरै फाइदा पुर्याउँदछ । पेटको दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न र पाठेघर सबल पार्नका लागी गर्दा फाइदाजनक हुने गर्दछ । आयुर्वेदमा त ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा लेखिएको पाइन्छ ।
    ज्वानोले हाम्रो शरिरलाइ प्रदान गर्ने फाइदाहरुः
    हामीलाइ पेट दुखेमा ज्वानोपानी पकाएर थोरै नून मिसाएर खाएमा पेट दुखेको कम हुन्छ । पेट फुलेको बेलामा पनि भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने समस्या ठिक हुन्छ । कुनैपनि महिला सुत्केरी हुदाँ दूध कम भएमा ज्वानोको प्रयोग बढी गर्नाले महिलाको स्तनमा दूध बढ्दछ । महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुने गर्दछ । ज्वानोमा  क्याल्सियम बढी हुन्छ, जसले गर्दा क्याल्सियम बढी आवश्यक पर्ने बालबालिकाहरू, बुढाबुढी तथा सुत्केरीहरूले ज्वानोको नियमित प्रयोग गरेमा फाइदा हुने गर्दछ । ज्वानोको प्रयोग गरि झोल बनाएर खान सकिन्छ । त्यस्तै तरकारी एवम् भात, रोटी तथा अन्य खानेकुरा आदिमा पनि ज्वानोको प्रयोग गर्न सकिन्छ । – सौजन्य

    दानवीर दम्पत्तिको महान् सोच

    – सन्ध्या पौडेल
    मध्य नेपाल सन्देश, 
    दानबीर नाम गरेको एउटा ब्यति थिए । जो एकदमै दानबीर थिए । मानिसहरुले उनलाई आजको यूगको कर्ण मान्थे, कोई पनि ब्यति उनको दैलोबाट खाली फर्किन्नथे । जो कोहीलाई पनि धनको आवश्यकता पर्थाे । त्यो दानबीर कहाँ नै पुग्थे । उनी पनि आफूले सक्ने सहयोग गदर्थे । केही समय बिते पछि उनको आर्थिक अवस्था निकै कमजोर हुन थाल्यो । उनी दुःख नहुन भन्ने सोचेर मानिसहरु उनी कहाँ गएर मदत माग्ने क्रम कम गर्न थाले, यो देखेर दानबीर एकदमै दुःखी रहन थाले । 
    रातको समय थियो ठक ...ठक...ठक कसैले ढोका खटखटायो दानबीरले ढोका खोलेर हेरे त्यहाँ एक दुःखी गरिब ब्यतिm हाथ जोडेर उभिएका थिए । दानबीरले निकै दयालु स्वरमा सोधे के सेवा गर्न सक्छु म तिम्रो ? त्यसपछि त्यो ब्यतिmले भन्यो मालिक धनको अभावले गर्दा मेरो छोरीको बिवाह हुन सकेको छैन । बिरामीले गर्दा सबै पैसा र साहुले जमिन खेत कब्जा गरेका छन् । के मेरी छोरी कुमारी नै रहिरहुन् । उसको विवाह हुदैन । त्यो ब्यति भन्दै रुन थाल्यो । उनको आफ्नो घर खर्चको लागी केही पैसा राखेका थिए । जुन बिवाह गर्नका लागी दिन भनेको हातीको मुखमा जिरा जस्तै हुन्थ्यो । भित्र उनकी श्रीमती सुती रहेकी थिईन । उनको नजर श्रीमतीको हातमा लगाएका सुनका बालामा पर्यो । उनले बिस्तारै श्रीमतीको हातको एउटा बाला निकालेर त्यो गरिबलाई दिदै भने । मित्र म संग अहिले यति नेै छ । यसैले तिमी काम चलाउ । गरिबको आखाँ खुशीले र श्रदाको आशुले भरियो । उनको पाउँ छँुदै भने । भगवानले तपाईको भलो गरुन् । त्यतिखेर सम्म उनकी श्रीमती उठिसकेकी थिईन । उनको छेउमा गएर आफ्नो अर्को हातमा लगाएको बाला निकालेर गरिबलाई भनिन् । छोरीको बिवाहको लागी एउटा बालाले केही हुदैन यो पनि लिएर जाउ अनि छोरीको बिवाह गरी देउ । दानबीरले आफनो श्रीमतिको यस्तो सहयोग र ब्यवहार देखेर निकै खुशी भए । 

    सचेतना केन्द्रले विपन्न महिलाको जीवनस्तर सुदृढ हुँदै


    – शकुन्तला ढकाल
    मध्य नेपाल सन्देश,
    नागरिक सचेतना केन्द्रले गाउं गाउंमा नेतृत्व विकाससंगै आय आर्जन र सामाजिक चेतना विकासको काम गरिरहेको छ । संघिय मामीला तथा स्थानिय बिकास मन्त्रालयको सह्योग र स्थानीय सेवा प्रदायक संस्था न्यु जिवन ज्योती युवा क्लव को सहजिकरणमा सन्चालित नागरिक सचेतना केन्द्र बाट ऋण लिएर पर्साका महिला बिभिन्न ब्यवसाय गरी आत्मानिर्भर बन्दै गएका हुन् । 
    पर्साको नगरदांहा गा.वि.स.मा रहेको नागरिक सचेतना केन्द्रकी सदस्य मुर्निदेवि रामले सचेतना केन्द्रबाट रु १८ हजार ऋण लिएर सुरु गर्नुभएको कस्मेटिक ब्यवसायबाट उहांले हाल दैनिक ८ सय देखि एक हजार सम्मको आम्दानी गर्दै आएको बताएकी छन् । घर-घरमा डुलाएर सामान बेच्ने मुर्नि देविले हाल आफनै कमाईबाट घुम्ति खरिद गर्नुभएको छ । हाल उहांको पसलमा कस्मेटिक सामानदेखि दैनिक उपभोग्य बस्तुहरु पनि पाईन्छ । उहांकै आम्दानीले छोरा छोरीको शिक्षामा सहयोग पुगेको बताउनु हुन्छ मुर्नि देविका श्रिमान् लखन राम । मुर्निदेवी जस्तै नागरीक सचेतना केन्द्रबाट ऋण लिएर अमरपटी गाविसकी जमुनीदेवी रामले सुरु गर्नुभएको तरकारी खेतीको आम्दानीले उहांका ३ सन्तान स्थानीय बोर्डीङ्ग स्कुलमा पढदैछन् ।
    १० धुर जमीनबाट सुरु गर्नुभएको उहांको तरकारी खेती हाल ३ कामा हुने गरेको छ । उहांका खेतमा हाल रायोको साग, तोरीको साग, लौका, परवल आदी निक्लिरहेको छ भने कोभी र आलु अबको केही दिनमा निस्कने अवस्थामा छ । आखां भरी आसु पार्दै जमुनी देवी भन्नुहुन्छ खानको लागी समस्या रहेको अवस्थामा राम्रो कुरा गर्दा पनी कसैले राम्रो मान्दैन थिए । तर अहिले तेस्तो छैन गरीव, दलित र पछाडी पारीएका समुदायको हक अधिकारको लागी बोल्ने गरेकी छु । मुर्नि देवि र जमुनी देवि त प्रतिनिधी पात्र मात्र हुन । लालपर्सा गाविसकी चन्द्रावती देवी पासवान, गमहरीया गाविसकी रन्जु देवी नुनिया, बहुवरी पिडरी गाविसकी उम्रावती देवि जस्ता धेरै महीलाहरु नगरिक सचेतना केन्द्र बाट ऋण लिएर ब्यवसाय गरी आत्मनिर्भर बनेका छन । 
    नागरीक सचेतना केन्द्र बने पछी समाजबाट झन्डै बहिस्कृत जस्तै रहेका डोम, मुसहर दुसाद चमार जस्ता जात जातीलाई राज्यद्वारा दिने सेवा सुबिधा र हक अधिकारको बारेमा पनि खुलेर बहस गर्न सक्ने भएका छन् उनीहरु । त्यस्तै योजना छनौट तथा सिफारीस देखि योजनाको माग लिएर जिबिस सम्म दलित महिलाहरु आउने गरको जिल्ला विकास समिति पर्साका समाजिक बिकास अधिकृत धर्मराज थापाले बताउनु भयो । नागरीक सचेतना केन्द्र र वडा नागरीक मन्चको स्थापना संगै भष्टचारमा थोरै भए पनि कमी आएको स्थानीय सरोकार वालाहरुको भनाई छ । 
    डेढ दशकदेखि स्थानीय निकायको चुनाव हुन नसकेको अवस्थामा विकास निर्माणका कार्यलाई छिटो छरितो र पारदर्शी बनाउन, गाउंमा हुने बिभिन्न कार्यहरुको अवलोकन गरी खवरदारी गर्न स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्तर्गत गाविसको प्रत्येक वडामा वडा नागरीक मन्च गठन भएको छ भने गरीव, दलित तथा पछाडी परेका समुदायका नागरीकमा सचेतना केन्द्र गठन गरीएको छ ।

    राजनीतिक भाइरसले चिनी कारखाना ध्वस्त अझै चल्नसक्ने पूर्व कर्मचारीको दावी

     – कविता खड्का
    मध्य नेपाल सन्देश 
    जतिवेला देशकै सबैभन्दा पुरानो वीरगंज चिनीकारखाना संचालनमा थियो । त्यतिवेला यो चिनी काररखानाबाट उत्पादन भएको चिनी भारत र बंगलादेशमा पनि निर्यात गथ्र्यो मुलुकले । तर अहिले विगतको याद र अफसोच बाहेक केही हातलागी छैन । बार्षीक करोडौँ रुपैैया नाफा गर्ने यस चिनी कारखानाको उत्पादन दक्षिण एसिया कै गर्व गर्न लायक मान्थ्यो राष्ट्रले । एक हजारभन्दा बढी कर्मचारी कार्यरत यो कारखानासँग हजारौँ उखु किसानहरु समेत लावान्वित थिए । मध्य तराईका हजारौं मानिसको जिविकोपार्जन गर्न सफल यो कारखाना २०४६ सालको राजनीतिक परिवर्तनपछि  विस्तारै राजनीतिको भाइरस छिरेर थलिंदै गएको सो कारखानामा काम गरेका श्रमिकहरुले मध्य नेपाललाई बताए । जसको कारण करोडौँ नाफा गरिरहेको कारखाना धरासायी बन्दै विगत ढेड दशकदेखि खण्डहरमा परिणत भएको उनीहरुको भनाइ छ । यो भनाइ गलत हो भन्न सो समयमा सरकारको नेतृत्व गरेको पार्टी  हालको नेपालको सबैभन्दा ठूलो राजनीतिक दलले पनि सकेको छैन । यो विशाल कारखाना बन्द गर्ने निर्णय २०५९ सालबाट शेर बहादुर नेतृत्गको सरकारले गरेको सो कारखानाका श्रम गरेका श्रमिकको भनाइ छ । 
    चिनी कारखाना चलेकको ३९ वर्षको इतिहासमा यसले ३२÷३३ वर्र्ष राम्रो मुनाफा गरेको कारखानाका पूर्व कर्मचारी चन्द्र नारायण सिहंले बताए । कति सम्म यसको चर्चा परिचर्चा त्यो बेलामा भएको हो भने यहाँका कर्मचारीहरुलाई तलब पाएको बेला स्थानीय मासु विक्री बढि हुन्थ्यो भन्ने किवदन्ती अझै ताजै छ । त्यति खेर अहिले जस्तो छ्याप(छ्यापी प्राइभेट बैंक थिएनन् । एक सरकारी र एक जोडा प्राइभेट बंैकले बचतमा हाम्रो पैसा राख्दैन्थे । हामीले ब्याज दिन सक्दैनौँ भनी उल्टै पैसै फर्काइ दिन्थे । तर आज सपना जस्तो लाग्छ उनले विगत सम्झंदै भने ।  २०१५ सालमा तत्कालीन राजा महेन्द्रले शोभियत संघको भ्रमण गर्दा नेपालमा ठूलो चिनी कारखाना निर्माण गर्ने सम्झौता भएपछि उनकै सहयोगमा स्थापित कारखानाले २०२१ साल माघ १८ गते देखि विधिवत रुपमा उत्पादन सुरु गरेको थियो । स्थापना कालमै वार्षिक ९० हजार क्विन्टलसम्म चिनी उत्पादन गर्ने कारखानामा २०३४ सालमा आधुनिक मेशिन थपिएपछि उत्पादन क्षमता १ लाख ३५ हजार क्विन्टल पुगेको पूर्व कर्मचारी सिंहले बताए । 
    बारा, पर्सा, रौतहट र सर्लाहीको हरिवन सम्मका हजारौँ किसान उखु खेतीमा आकर्षित भएको स्थानीय रामनरायण कुर्मीले बताए । उनले भने कारखानाकै कारण नगदे बालीको रुपमा उखु खेतीमा आकर्षित भएका किसानहरुले लामो समय राम्रो आयआर्जन गरेका थिए । उनीहरुको जीवन स्तरमा समेत यसबाट परिवर्तन भएको उनले विगतको याद गर्दै भने । कुनै समय सरकारलाई राजश्व बुझाउने सबैभन्दा ठूलो कारखाना मध्येको एक कारखानाको शुभ दिन धेरै वर्ष टिकेन । २०४६ सालको राजनीतिक परिवर्तनपछि राजनीतिकको भाइरस छिर्यो छिराईयो र विस्तारै धरासायी बन्न थाल्यो । २०४८ सालमा ४ करोड राजश्व बुझाएको यो कारखाना २०५४ सालसम्म आइपुग्दा २९ लाख रुपैयामा खुम्च्याइयो । पछि घाटा बढ्दै गएपछि अन्तत २०५९ फागुन १५ गतेको मन्त्रिपरिषदको बैठकले कारखाना बन्द गर्ने निर्णय ग¥यो । अहिले सम्म करोडौँको रुपैया माटोमा परिणत भएको छ । खण्डहर यो कारखाना पुनः सञ्चालन गर्ने चर्चा बेला बेलामा हुन्छन्, सेलाउँछन् । राजनीतिक नेता मन्त्री उच्च सरकारी अधिकारी वीरगंज आइपुग्दा कारखाना सञ्चालनको गफ हाक्छन् । तर राजधानी फर्किएपछि सुस्ताउँछन् । १४ वर्षकोदेखिको यस्तै नियतिका कारण राज्यका मन्त्रीलाई वीरगन्ज आउने साइनो भने दह्रो बने गरेको स्थानीयको बुझाइ छ । 

    सञ्चालनको पर्खाइमा

    कृषि प्रधान देशका किसानहरुको जीवनस्तर उकास्ने उद्देश्य लिएर तत्कालिन मित्र राष्ट्र शोभियत संघको सहयोगमा स्थापना भएको वीरगंज चिनी कारखाना विगत लामो समयदेखि बन्द छ । अहिले पनि वीरगंज चिनि कारखानासंग अर्र्बौंको सम्पति छ । मात्रै २०÷२५ करोड रुपैया खर्च गरेमा सञ्चालनमा आउन सक्ने यस कम्पनी माथि कसैले ध्यान नदिदाँ अर्र्बौंको सम्पति अलपत्र छ । यहाँ काम गर्ने एक हजार कर्मचारीको आस्रित परिवारसंगै यस कारखानाबाट कर्मचारी मात्र नभई हाजरौँ किसानलाई समेत ठूलोे असर परेको त कसैले नकार्नै सकेको छैन । तत्कालिन शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नीजिकरणमा लैजानेभन्दै देशकै ठूलो यस चिनी कारखाना बन्द गर्ने निर्णय गरेको थियो । तर कारखाना न त निजिकरणमै गयो न त सरकारले नै थेग्ने हिम्मत ग¥यो । सरकारको एकपैसा अनुदान नदिएको कारखानालाई तत्कालिन सरकारले २५ करोड  रुपैया उपलब्ध गराउन नसक्दा बन्द भएको खुद पूर्व श्रमिकहरु तथा जानकारहरु बताइरहेका छन् ।

    सुझ्बुझ्को कमी

    पटक पटक फेरिने सरकार र संगै आउने उधोगमन्त्री उसको नीति र इच्छाशक्तिको अभाव, विज्ञलाई भन्दा दलका नेता कार्यकर्तालाई व्यवस्थापकीय नेतृत्व सुम्पने परम्परा र सरकारी स्रोत दोहन गर्ने नेतृत्वको प्रवृतिको शिकार भएको यो वीरगंज चिनी कारखानालाई समायाकुल परिस्कृत गर्नु र व्यवस्थापन सुधार गर्नु भन्दा त्यहीको स्रोत साधन दुरुपयोग गर्ने प्रवृतिले कारखाना दुब्लाउने र व्यवस्थापक मोटाउदै जाने क्रम बढ्दै गएकाले एउटा जाग्दो कारखाना बन्द भएको स्थानीय स्थानीय समेत रहेका पूर्व कर्मचारी कुर्र्मी बताउँछन् । उनि भन्छन् ‘लगाउदाँ ठूलै आरोप लाग्ला, तर जुन सरकार आए पनि कार्यकर्ता भर्तिकेन्द्रको रुपमा त्यो बेला यस कारखाना प्रयोग भयो’ । व्यवस्थापनका लागि भर्ना भएका कार्यकर्ताले व्यवस्थापन गर्न नसकेर मनपर्दो कामदार भर्ना गर्दै गए जसले गर्दा कारखानामा घाटाको सृंखला सुरु भएको हो उनले भने । 

    कारखानाको अवस्था

    बन्द भएको १४ वर्ष वित्दा कारखाना खण्डहर बनेको छ । करोडौँको लागतमा निर्माण गरिएका संरचना निकै नाजुक अवस्थामा छन् । मेशिनहरुमा खिया लागेका छन् । राष्ट्रिय सम्पति हेर्दा  कन्त विजोग छ, वीरगंजको पिपरामा रहेको यो विशाल संरचना जसले गिज्याईरहेको छ ।  तर यसको व्यवस्थापनको जिम्मा बोकेको सरकार लाचार छ । यस उद्योगका लागी आवश्यक पर्ने उखु खेतीका लागि छुट्याईएको करिब ८ सय ३३ विगहा जग्गा सरकारले विशेष आर्थिक क्षेत्र ( सेज ) लाई प्रदान गर्ने भनेको छ । यससंगै केही महिनादेखि चिनीमिलको पहिले बैंक रहेको भवन जनकपुर उच्च अदालतको अस्थायी इजलाज वीरगन्जका लागि सरकारले प्रदान गरेको छ । वीरगंजस्थित एक सहकारी संस्थाले सरकारी सहयोग भएमा कारखानालाई निजिकरण गरी पूनः सञ्चालन गर्न सकिने प्रस्ताव ल्याएको बर्षै वित्दा पनि त्यो अगाडी बढाइएको समेत छैन । 

    सञ्चालन गर्न सकिने अवस्था 

    कारखाना सञ्चालनका लागि चाहने कच्चा पदार्थको लागी विदेशतिर वा दायाँ बायाँबाट ल्याउनु पर्ने यस उद्योगको अवस्था छैन । कच्चा पदार्थ हामीकहाँ यही पर्याप्त छ । जसले गर्दा कारखाना सञ्चाालनको लागि अफ्ठयारो नपर्ने कारखानाका कर्मचारी बाबुराम भण्डारीले बताए । उनले भने कारखानाका लागि श्रमशक्ति पनि प्रसस्त यहिँ छ । हाम्रैै दाजुभाइहरुले काम गरेर रोजगारी पाउथे । जसरी अहिले विदेशमा मर्नु परेको छ त्यसरी मर्नुपर्ने थिएन । अर्को कुरा उत्पादन गरेको चिन बजार नपाउँला भनेर डर थएन्न छैनन् । भनेपछि यि तिनवटा कारणले पनि कारखाना सञ्चालन गर्न सकिने कारखानाका कर्मचारी भण्डारीले बताए । 

    कारखाना बन्दले  पारेको असर 

    कारखाना बन्द भएपछि पैसाको लोभमा बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लामा कतिले गाजाँ र अफिम खेती तर्फ आकर्षित भए । जसले गर्दा प्रहरी प्रशासनको टाउको दुखाइ बनेको छ भने हजारौं युवा कुलतमा फसेर उनीहरुको समेत भविष्य अन्धकार भएको छ । देशको भविष्य त अन्धकार छँदै थियो । विभिन्न माग राखी बन्द हडतालबाट सिर्जना भएको आन्दोलनले यहाँ स्थित दुईवटा ठूलो उधोग बन्द भएको र बेरोजगार भएकाले परिवर्तनका लागि आन्दोलनको साथ दिदै आएको धेरैको बुझाई रहेको छ । कारखाना बन्द भएपछि कर्मचारीको विचल्ली भयो । यहाँका १ सय ९४ कर्मचारी स्वेच्छिक अवकास नलिई कारखाना कही खुल्छ कि भन्ने प्रतिक्षामा छन् । तलब भक्ता नपाएका यी कर्मचारी बेलाबेलामा कारखाना पुनः सञ्चालनका लागि घच्घचाउँछन् । तर बैरो सरकार कहिले सुनुवाई गर्दैन । न त यहाँका आम नागरिकले भनेको नै सुन्छ । 

    राष्ट्रय विकासमा पारेको प्रभाव

    स्वदेशमै उत्पादित उखुबाट चिनी बनाएर चिनीको माग र आपूर्तिमा सन्तुलन कायम गर्न प्रयासरत कारखाना बन्द हुदाँको प्रभाव बजारदेखि राष्ट्रिय आर्थतन्त्र, कर्मचारीको दैनिकि र किसानको खेतसम्म देखिन्छ । तर २५/३० करोड खर्चेर कारखाना पूनःसञ्चालनमा ल्याउन सकिन्छ भन्ने तर्फ सरकारकै ध्यान गएको छैन । तर प्रत्येक आउने नयाँ उद्योगमन्त्रिले कारखानाको निरिक्षण गर्न र पूनःसञ्चालनको आश्वासन दिन भने छोडेका छैनन् । कुनै पनि देशका उद्योग तथा कलकारखानाले मुलुकको आर्थिक हैसियतको पहिचान दिन्छन् । विडम्बना एक त उद्योग तथा कलकारखाना यसै पनि कम छन्् । त्यसमाथि स्थापना भएका उद्योग पनि रुग्ण, धरासायी तथा बन्द अवस्थामा छन् । सरकारी स्वामित्वमा रहेका यस्ता कैयौं उद्योग कारखानाको हालत यहि चिनी कारखानाको जस्तै छ । मुलुककै आर्थिक हैसियत र पहिचानसंग जोडिएका यस्ता महत्वपूर्ण उद्योगहरु किन धारासायी र बन्द हुदै गए ? भन्ने जवाफ सजिलो छ, कलकारखानाहरु राजनीतिक अखडा बन्दै गए । केहीकालागि मात्र स्वार्थ सिद्धिका केन्द्र बन्दै गए । नेतृत्व तहदेखि तल्लो तहसम्म झण्डा र झुण्डको हाबी हुदै जादाँ उत्पादन कम हुँदै गयो र उद्योग माथि उठ्न नसकी थला परेर घाटातर्फ उन्मुख हुदै गयो । चिनी कारखानाको अवस्था ठिक त्यही भएको हो । सयौँ विगहा क्षेत्रफलमा फैलिएको कारखानामा अर्र्बौंको लगानीका उपकरणहरु लथालिङ्ग छन् । एकातीर यहि कारखानाको भरमा उखु रोपेर जीवन पाल्नेहरु मर्कामा छन् भने अर्को तर्फ उद्योग अव्यवथित छ । तराईको बारा, पर्सा, रौतहट र सर्लाहीमा गरी करिब करिब ८० लाखादेखि १ करोड मेट्रिक टन उखु हुने जानकारहरु बताउँछन् । त्यहिबेलाको समय मिलाएर वीरगंज चिनी कारखानालाई मेन्टन गरेर मिल चलाउन सक्छौँ भने अहिले प्राईभेटले सञ्चालन गरेको ३५ हजारलाई राम्रो दवाव दिन सकिने कारखानाका पूर्व कर्मचारी चन्द्र नरायण सिंह बताउँछन् । करिब ४ दशक सञ्चालनमा रहेर अझ थप सुदृड र आधुनिक हुनुपर्ने बेला उद्योग बन्द हुदाँ मुलुकको औद्योगिक भविष्य कस्तो हुदैछ ? भन्ने पनि अनुमान गर्न सकिन्छ । वीरगंज चिनी कारखानाको मात्र कुरा होइन । सरकारी लगानीमा स्थापना भएका यस्ता धेरै कारखानाहरु यसरी नै धरासायी बनिरहेका छन् । सञ्चालनमा रहेका उद्योगको अवस्था पनि राम्रो छैन् । सरकारी स्वामित्वमै सञ्चालित हिमाल सिमेन्ट कारखाना, बुटवल धागो कारखाना, नेपाल औषधी लिमिटेड, हेटौँडा कपडा कारखाना, जनकपुर चुरोट कारखाना यी सबै चिनी कारखानाकै अवस्था भोग्न विभष छन् । राजनितिक परिवर्तनमा निकै लामो फेरिस्त भईसक्दा मुलुकको आर्थिक जग बनेका यस्ता उद्योग  कलकारखाना समयानुकुल परिमार्जित भएका छैनन् । जसले गर्दा बन्द हुने क्रम पनि रोकिनुको साटो अझ फष्टाउँदो छ । पछिल्लो पटक उद्योगमन्त्रि नविन्द्र राज जोशीले विशेष पहल गर्ने भनिरहेका छन् । तर उनी पनि कति आफ्नो अडानमा टिक्न सक्छन् । र दिगो तथा आधुनिक शैलीमा उद्योग सञ्चालनका अधारहरु कतिको बलियो बनाउन सक्छन् त्यो भने हेर्न केही समय कुर्नै पर्ने भएको छ । 

    थलिएको स्वास्थ्य क्षेत्रमा नेपाली मन – सम्पादकीय

    रोग नलाग्नु, बिसन्चो नहुनु वा स्वास्थ्य हुनुलाई मात्र स्वास्थ्य हुनु मानिन्न । स्वास्थ्यको अधिकारले पनि यत्तिलाई मात्र समेट्दैन । शारीरिक, मानसिक तथा सामाजिक रुपमा राम्रो हुनुलाई पनि स्वस्थ अवस्था भनिन्छ । संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ संगठनको विधान वा नीतिले पनि यो कुरालाई अंगिकार गरेको छ । यसमा नेपाल पक्ष राष्ट्र त छँदैछ । 
    तथापि लोककल्याणकारी राज्यमा स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता बिषय  राज्यको रेखदेख र नियन्त्रणमा हुनुपर्छ कि पर्दैन ? यहाँ सबै कुरालाई एकै पटक गिजोल्न भने खोजिएको होइन । केवल स्वास्थ्यलाई मात्र नियाल्ने हो भने मुलुक भित्र कति अस्पताल छन् ? स्वास्थ्यकर्मी कति छन् ? र भएका हरुले पनि कति जिम्मेवारी पूर्वक कार्य सम्पादन गर्दैछन् ? यत्तिलाई मात्र गम्भिर भएर हेर्ने, बुझ्ने र नियाल्ने हो भने नेपालीहरुले अस्वस्थता भित्र बाँचेको स्वास्थ्य क्षेत्र भित्रका विपन्न र गरीब नेपालीको पीडा सर्लक्क हटेर जाने थियो । यसमा राज्य गम्भिर छैन भन्न कुनै शंकोच मानिराख्नु पर्दैन । अनि जनसंख्याको तुलनामा कम रहेका स्वास्थ्यकर्मीहरु पनि राजनीतिकर्मीको भागबण्डा र स्वार्थमा सारिने र घटुवा बढुवा गर्ने निकृष्ठ चालले आम नेपालीको स्वास्थ्य सुमधुर हुने कुरा कोराकागजमा मात्र सीमित रहने नै भयो । यो कुरालाई यतिकै नकार्न सकिन्न । 
    यता हाम्रोमा फेरी कथा अर्कै छ । जनसंख्याको अनुपातमा भएका स्वास्थ्य संस्थाहरु प्नि राज्य हाक्ने हुतिहाराहरुको कुण्ठाका कारण आफै नै भद्रगोल छन् । अनि आवश्यक पूर्वाधार र चिकित्सकहरु समेत तिनै हुतिहाराहरुको चाकडी गरी शहर केन्द्रित छन् ।  दूर्गममा जान कोही आँट गर्दैनन् । कोही जानेलाई पनि राज्यको जिम्मेवार निकाय र जिम्मेवार पक्षले सधैं उपेक्षा मात्र गरेको हुन्छ । आफ्नै वरिपरि फन्को लगाउने र सरकारी अस्पतालहरुको भित्री रस निचोर्न पल्केकाहरुको सिकंजामा सबै स्वास्थ्य क्षेत्र जकडिएका छन् । सरकारी अस्पतालहरुमा बिरामीहरुलाई जान चिकित्सकहरुले नै बारबन्देज लगाइरहेका हुन्छन् । सरकारी अस्पतालमा बडो डरलाग्दो बन्ने चिकित्सक नीजि क्लिनिकमा भगवान झै प्रस्तुत हुन्छन् । सरकारी छात्रबृत्तिमा विदेश पढ्न गएको व्यक्ति सके उतै हराउँछ । नसके मुर्मुरिदै र रन्थनिदै स्वदेश भित्रिन्छ । अनि स्वदेश भित्रिएर पनि सरकारी अस्पतालको विल्ला भिरेर नीजि स्वास्थ्य संस्थामा आफ्नो भविष्य सपार्न तम्सन्छ । अपवाद वाहेह ग्रामिण स्वास्थ्य संस्थाहरु उपचार गराउन लायक छैनन् । टाढा किन जानु मध्य तराईको नारायणी उपक्षेत्रीय अस्पताल र पर्साको पोखरिया अनि बारा जिल्ला अस्पताल हेर्ने हो भने यो भेगका नागरिकलाई उति भनिराख्नु पर्दैन । तर फेरी पनि यो क्षेत्रका नागरिकको झिनो आशाको त्राण यिनै अस्पतालमा त्यान्द्रिएको छ । यिनै अस्पताल र यसै सामाजिक परिवेशमा स्वस्थ्य मनको अपेक्षा गर्नु वाहेक आम मानिसको अर्को विकल्प पनि छैन । 
    यसैले पनि आफ्नो र सन्ततिको समेत भविष्यको गोरेटो सुन्दर बनाउन स्वास्थ्य क्षेत्र भित्र छिरेको अराजकता, माफिया तन्त्रको धुलीध्वाईं र राजनीतिक फेरोको ढोका बन्द गर्न अनि स्वास्थ्यलाई राज्यको जिम्मेवारीसँग जोड्न हरेक क्षेत्रका नागरिकको सकृयता आवश्यक छ । यसो भए मात्र शारीरिक, मानसिक तथा सामाजिक रुपमा राम्रो हुनुलाई एकहद सम्म सकारात्मक भन्न सकिन्छ । 

    शिशु स्याहार केन्द्रले महिलाहरुको आर्थिक पक्ष सुदृढ बन्दै


    – कोपिला चौलागाई 
    मध्य नेपाल सन्देश 
    देशको अर्थतन्त्र धान्नका लागि अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान दिँदै आएका ग्रामीण भेगका महिलाहरुले घरको कामको बोझका कारण सीपको सदुपयोग गर्न सकेका छैनन् । अधिकांश कृषिमा नै निर्भर रहेको हाम्रो समुदायका महिलाहरुले साना साना नानीहरुको कारणले गर्दा निर्धक्क काम गर्न नपाउने र छोराछोरीको स्याहारसुसार तथा घरको काम गर्दा फुर्सद एक क्षण पनि नहुने अवस्था रहेको छ । 
    अत्याधुनिक सुविधा सम्पन्न  शहर बजारमा त शुल्क सहितको शिशु स्याहार केन्द्रहरु रहेका छन् । तर ग्रमीण बस्तीहरुमा त्यस्ता शिशु स्याहार हरु नरहेको भए पनि पछिल्लो समयमा विभिन्न गैर सरकारी संस्थाहरुको पहलमा संचालनमा रहेका सक्षम परियोजना अन्तरगत कार्यक्षेत्रहरुमा महिलाहरुले गर्ने पारीश्रमिक बिनाको सेवामुलक कामहरुको बारेमा छलफल तथा अन्तरक्रिया गर्दा समुदायमा शिशु स्याहार केन्द्रको प्रभावकारीता देखिएको छ । 
    एक्सन एड नेपालसंगको आर्थिक सहगोगमा सन् २०१३ मा सक्षम परियोजनाका कार्यक्षेत्रहरु मध्येको गा.वि.स. पकाहा मैनपुरमा शिशु स्याहार केन्द्रको स्थापना भएपछि सो शिशु स्याहार केन्द्रमा बालबालिकाहरुको लागि खेलौना देखी लिएर उनीहरुको पोषणको लागि दैनिक आहार तथा खाजाको व्यवस्था गरियो । सो शिशु स्याहार केन्द्रमा दैनिक २५ देखी ३० जना बालबालिकाहरु आउन थालेपछि आफ्नो छोरा वा छोरीलाई शिशु स्याहारमा राखेर अधिकांश महिलाहरुले खेतीको काममा समय दिंदा उत्पादकत्व बढेको पाइन्छ । समुदायमा यस्तो शिशु याहार केन्द्रको माग आउन थाले पछि सन् २०१४ मा गा.वि.स. प्रसौनी भाठ्ठामा पनि सामुदायिक शिशु स्याहार केन्द्रको स्थापना भएको छ । सो शिशु स्याहार केन्द्रमा पनि २५ देखी ३० जना बालबालिकाहरु आउने गरेका छन् । 
    यी २ ओटा शिशु स्याहार केन्द्र संचालन भएपछि ४ जना शिशु स्याहारकर्ताहरुले बालबालिकाहरुको रेखदेख गरिरहेका छन् । दुबै शिशु स्याहार केन्द्रमा गरि ६० देखी ७० जना बालबालिकाहरुका आमाहरुले हेरचाह सुविधा मार्फत् कृषि तथा अन्य आय मुलक काममा संलग्न भई परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुगेको स्थानीयको भनाइ छ । जसमध्ये ५ जनाले सिलाई २ जनाले किराना पसल, ९ जनाले पशुपालन, १३ जनाले ज्याला मजदुरी र अन्यले कृषि तथा खेतीपाती गरिरहेको स्थानीयको भनाइ छ । 

    भारु नोटको प्रतिबन्धले सीमा क्षेत्रका नेपाली पनि प्रभावित


    मध्य नेपाल सन्देश 
    भारत सरकारले हजार र ५ सयका नोट प्रतिबन्ध लगाएसंगै सिमासंगै जोडेको शहरहरुमा पनि यसको प्रभाव देखिन थालेको छ । जाली नोटको कारोबारलाई निरुत्साहित गर्न मंगलबार राती १ हजार र ५ सयका नोट पूर्ण रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । यो निर्णय अनुसार भोलीपल्ट विहानबाट सिमासंगै जोडिएको नेपालका शहरहरुमा पनि यसको केही प्रभाव देखिएको थियो । 
    क्षणिक भए पनि सिमावारी पारी सामान खरिद गर्ने, बेच्ने व्यापारीहरुले १ हजार र ५ सयका नोट प्रतिबन्धसंगै आफूहरुले पनि केही हैरानी व्यहोर्नु परिरहेको उनीहरुले बताए । छिमेकी भए पछि उताको राम्रो र नराम्रो यताकाले र यताको केही राम्रो नराम्रो पक्ष उताकाले विहोर्नु पर्ने परिस्थिति अनुसार नै यो पटक छिमेकीको कार्य सम्पादनको असर यताका मानिसले पनि व्यहोर्नु परेको उनीहरुको तर्क छ ।  १० नोभेम्बर देखि डिसेम्बर ३० तारीख सम्म भारतीय बैंकमा गएर नोट साटिसक्नुपर्ने कुराले खासै आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको भारतीय व्यापारीहरुले बताएका छन् । रक्सौलसंगै जोडिएको देशकै प्रमुख सहर वीरगंजमा भने यसको प्रभाव बुधबार बिहानैदेखि बढ्दै गएको होटल व्यवसायी मोहन प्रधानले बताए । उनले भने भारत सरकारले आफ्नो देशको लागि ल्याएको प्रावधान राम्रो हो । तर त्यसका लागि पहिल्यै बजारमा अर्को विकल्प ल्याएको भए अनिश्चय हुँदैनथ्यो उनले भने । 
    भारतसँग जोडिएको साढे १८ सय किलोमिटरको दुरीमा पर्ने स(साना गाँउ शहरसंगै भारतसंगैै जोडिएको ठूला शहर वीरगंज, विराटननगर, भैरहवा र नेपालगंज लगायत शहरका व्यापारीहरु केही मर्कामा परेका छन् । तर सबै भन्दा बढि नेपालमा होस् चाहे भारतमा अवैध कारोबार गर्नेहरुलाई भने असर पुगेको जानकारहरुले बताएका छन् । उता छिमेकी मुलुकमा लागु भएको नयाँ नीतिले अनुसार नेपालको राष्ट्र बैंकले पनि भारतीय रुपैया साट्ने व्यवस्था गरिदिए हामीलाई केही राहत हुने थियो स्थानीयहरुले भने । यसो नहुँदा अहिले भारतीय सरकारको निर्णयसंगै आफहरु अलि अन्यौलमा परेको उनीहरुको भनाइ छ । पूर्व सभासद अजय द्विवेद्विले भने भारत सरकारले ल्याएको नयाँ मौद्रिक निति अनुसार नेपालमा पनि केहि न केही त असर परेको बताए । हाम्रो देशको ७० प्रतिशत जति चाहिने समान उत्तैबाट आउने भएकोले उता केही नीति फेरबदल हुँदा क्षणिक असर त पर्छ उनले भने । नियमसंगत हिसाबले कारोवार गर्ने कसैलाई पनि असर नपर्ने उनको तर्क छ । 
    भारतमा लगाएको प्रतिबन्धले भने वीरगंज भन्सार कार्यालयलाई भने खासै असर नपर्ने वीरगंज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए । उनले भने वीरगंज भन्सारको कार्यलय सम्पूर्ण कम्पयुटरराइजड सिस्टमले बिलिङ्ग हुने हुदाँ भन्सारलाई केही असर पार्दैन उनले भने । हाम्रो सम्पुर्ण लेनदेनको कारोबार नेपाली रुपैयाले हुने हुदाँ त्यस्तो केही असर नपार्ने उनले बताए । 

    यस वर्षको हाल सम्म ९० हजार ४ सय ७ नेपाली कामदार विदेशीए


    वैदेशिक  रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको असोजसम्म ९० हजार ४ सय ७ नेपाली कामदार विदेशीएका छन् जुन आर्थिक वर्ष २०७२र७३को भन्दा २०५ ले कम हो ।  – facts
    28 November, 2016

    भारत सरकारले ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि यसले नेपाली बजार व्यवसायमा कतिको प्रभाव पार्छ ?



    १)
    नविन कुमार अग्रवाल (व्यापारी)
    वीरगंज, आदर्शनगर
    नेपाली बजारमा त अलिअलि प्रभाव पार्छ तर बोर्डर एरीयाको सिमावर्ती बजारहरुमा बढी असर पार्छन । किन भने वीरगंजमा आउने रक्सौलका व्यापारीहरुले समान किन्दा ५ सय हजारको नोट दिने गर्दछन् हामीले पनि रक्सौल वा भारतको अन्य ठाउँमा जादाँ एटिएम बाट पैसा निकालेर समान खरिद गर्ने गर्दथ्यौँ तर अहिले यो सम्भव छैनन् केही हामीसंग पनि रहेका पैसाहरु यतिकै थनकिरहेको छ । अरु व्यापारीहरुलाई समेत विस्तारै असर पारेको देखिन्छ । 

    २) 
    अमृत क्याल(व्यापारी)
    वीरगंज, माईस्थान
    अवश्य नै फरक पार्छ किनभने छिमेकी राष्टबाट आउने व्यापारी ५ सय हजार लिएर समान किन्न आउँछन् तर हामीले त्यो पैसा लिन सकेका छैनौँ । खुद्रा रुपमा हामीले नै रक्सौलको बजारमा किन्न जाँदा उनिहरु समेत ५ सय हजारको नोट लिन मानिरहेका छैनन् । नेपाली बजारमा असर नपार्ने कुरै भएन असर पारिसकेको छ । यो लगभग ६ महिना एक वर्ष सम्म देखिन्छन् । 

    ३)
    अजय द्विवेद्वि
    पुर्व सभासद
    भारत सरकारले ल्याएको मौद्रिक निति सराहनिय हो । यसले नेपालको व्यापार व्यवसायमा नै अफ्ठयारो त होइन् तर असर चाँहि पार्छन् । दुवै देशको बोर्डर एरियामा अलि बढी असर पार्छन् भारतको निति हो त्यस अनुसार हिन्नै पर्छ अलिकता समय लिन्छन् तर राम्रो हुदैँ जान्छ ।

    ४) 
    मोहन प्रधान 
    मकालु होटल (सञ्चालक) 
    वीरगंजको व्यापार व्यवसायलाई नै हर्ने हो भने केही न केही असर पर्छ नै किनभने धेरैको कारोबार भारतसंग छ । अरु व्यापारी व्यवसायीको हकमा भने ठुल ठुलो व्यापारीलाई असर पर्दैन होला तर स–साना व्यापारीहरुलाई अलि बढी असर पर्छ किनभने उनिहरुको कारोबार बैकिङ्ग नभई हातो हातको कारोबार हो त्यसले केहि दिन सम्मका लागि असर पार्छन् । तर होटल व्यवसायिहरुका बारेमा भन्ने हो भने हामीकहाँ बडी कार्डबाट भुक्तानि हुने हुदाँ होटल व्यवसायीलाई यसले असर पार्दैन्न । 

    ५) 
    दिलिप राज कार्की 
    विद्यार्थी ठाकुर राम बहुमुखी क्यामपस
    हामीलाई अफ्ठयारो पारेको छ, सायद त्यो देशको लागि उनको निति राम्रो होला तर हामीलाई अहिले अफ्ठयारो भएको छ । हामी भारतसंग नजिक छौँ अहिले छुट्टीको समय छ, दिल्ली घुम्न जानको लागि साथीहरुसंग ५ सय दरको केही भारतीय रुपैया खोजेर राख्याथे अहिले गाह्रो परेको छ । यदी भारतसंग समन्वय गरेको एस.वि.आई. बैकले यहाँपनी पैसा साट्ने व्यवस्था गरिदियो भने सजिलो हुन्थ्यो । तयारी विनाको प्रतिबन्धले घाडो बनाएको छ ।  

    ६) 
    उतम सञ्जेल
    समता शिक्षा निकेतन
    भारतले जुन ५ सय र हजारको नोटमाप्रतिबन्ध लगाएको छ, यसले नेपालमा पनि ठुलो असर पर्छ । तर जो लिगली पैसा कमाएको छ तिनिहरुलाई असर पार्दैन्न । 


    ७) 
    दिना जी (व्यापारी)
    वीरगन्ज माइस्थान
    लेनदेनको व्यापारमा त फरक पारीहाल्छ नि किनभने यहाँको व्यापार बढी मात्रामा भारतबाट नै हुन्छ । लेनदेनमा पैसाको धेरै फरक पर्छ, व्यापारीहरुलाई माल दिन आपत पर्छ । तत्कालको लागि असर नपरेपनि तर अब समस्या देखिन थालेको छ, शुक्रवार मात्रै एकजना व्यापारीले भारतबाट समान मगाउनुभयो पैसा दिनेबेलामा ५ सय हजार दरको नोट दिदाँ लिन मान्नु भएन त्यस्तो अवस्थामा नेपाली रुपैया नै दिएपनि मान्दैनन् हामीलाई भारतिय रुपैया नै दिनुस भन्छन् । 

    नागरिक अभिनन्दनले नसमेटेको स्थानीय नागरिक प्रतिनिधि


    – दीपज्योति श्रेष्ठ
    मध्य नेपाल सन्देश 
    गत हप्ता भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गरे । उनले नेपाल भ्रमण गर्दा काठमाडौं, पोखरा र जनकपुर गरि हाम्रा सुन्दर शहरहरु भ्रमण तथा अवलोकन गरे । त्यसै क्रममा उनलाई जनकपुर र काठमाण्डौमा भने नागरिक अभिनन्दन पनि गरियो । जनकपुरमा गरिएको नागरिक अभिनन्दनको पत्रिकामा खबर पढ्दा मेरो आँखा नागरिक अभिनन्दन गर्नेको नाममा गएर टक्क अडियो किनकि जनकपुरमा नागरिक अभिनन्दन गरिने भनेपछि मेरो मनमा मधेशलाई प्रतिधित्व गर्ने स्थानीय यादव, कर्ण, शाह, मण्डल, भूमिहर, महरा, पासवान, कसेरा, मुसहर आदि थर भएकाले गर्लान् भन्ने अपेक्षा थियो तर मेरो अपेक्षा आश्चर्यमा परिणत भयो जब मैले जनकपुरमा अभिनन्दन गर्ने अभिनन्दनकर्ता मधेशलाई प्रतिनिधित्व गर्ने त्यहाँको स्थानीय थरका नभई मैले पहाडमा सुनिरहेको ‘लुँइटेल’ थर थियो । 
    यो कुरा मेरो मनमा कैयौं दिनसम्म प्रश्न बनेर खड्कीरह्यो । जनकपुरमा गरिएको त्यो अभिनन्दनमा त्यहीको समुदायलाई प्रतिनिधित्व गर्ने समुदायको व्यक्तिले किन गरेनन् ? तर पछि बुझ्दा थाहा भयो यो स्तरको काम नगरपालिकाको प्रमुखले गर्ने गरिँदो रहेछ । त्यही अनुरुप काठमाडौंमा पनि महानगर प्रमुखले गरेका थिए र जनकपुरमा पनि जनकपुरवासीका तर्फबाट तत्कालिन उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुँइटेलले गरेका रहेछन् । 
    मधेशमा पहिचानलाई मुख्य विषय बनाएर धेरै आन्दोलन र विद्रोहहरु भएका छन् । मलाई अचम्म लाग्छ पहिचानका विषयमा ठूलाठूला आन्दोलन गर्न जनतालाई सडकमा उतार्न सक्ने मधेश केन्द्रित दलहरु अहिलेको समयमा स्थानीय निकायको निर्वाचनको विपक्षमा किन आफ्ना अभिमतहरु दिईरहेका छन् । यदि अहिले स्थानीय निकायको निर्वाचन भएको भए सायद अस्ति जनकपुरमा अभिनन्दन गर्ने व्यक्ति मधेशकै जातीको प्रतिनिधित्व गर्ने कोहि हुन्थ्यो होला । जनकपुरमा गरिएको नागरिक अभिनन्दनमा मधेशकै स्थानीय व्यक्तिले गरेको भन्ने खबरहरु आउँदा मधेशको गरिमा अझ कति उचो हुन्थ्यो होला । 
    नेपालमा धेरै समय भईसक्यो स्थानीय तहमा जनप्रतिनिधिहरु नभएको । देशमा करिब दुई दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि विहिन छ । गाविस, नगरपालिकामा स्थानीय जनप्रतिनिधिको सिटहरु यति लामो समयसम्म रिक्त छ । समय समयमा सधैं कुरा उठ्ने गर्छ स्थानीय निकायको निर्वाचनको तर त्यसले साकार रुप भने अहिलेसम्म लिन सकेको छैन । 
    स्थानीय निकायको निर्वाचन नहुँदा स्थानीय स्तरको मान्छेहरुले गाविस, नगरपालिकामा आफ्नो प्रतिनिधित्व गर्न पाएका छैनन् जसले गर्दा स्थानीय प्रतिनिधित्व सरकारी कर्मचारीले गरिरहेको छ । यसले गर्दा यस्ता स्थानीय स्तरका कुराहरुमा बयूरोक्रेसीको उच्च बर्चस्व हुने गरेको छ । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा अहिले कर्मचारीतन्त्रले स्थानीय निकायहरु चलिरहेका छन् । 
    पहिलो संविधानसभाको निर्वाचनसँगै स्थानीय निकायको निर्वाचनको हल्ला निकै चर्चामा रह्यो । दोश्रो संविधानसभाको निर्वाचनले पनि यसलाई निरन्तरता दियो । तर यथार्थमा नयाँ संविधान जारी भईसकेपछि पनि स्थानीय निकायको निर्वाचनको कुरा भने भाषण र गफहरुमा मात्र सिमित हुन पुगेको छ । लगभग दुई दशकदेखि स्थानीय स्तर जनप्रतिनिधि विहिन हुनु भनेको मजाकको कुरा होइन । २०५४ सालमा जन्मिएको बालकले भोट खसाल्ने उमेर हुने आँटिसक्यो तर स्थानीय निकायको चुनावको कुरा अझै पनि दलहरुको घोषणापत्र तथा लिखित सहमतिमा मात्रै सिमित छ । म सायद १(२ कक्षामा पढ्दै थिएँ जुनबेलामा अन्तिम पटक स्थानीय निकायको निर्वाचन भएको थियो नेपालमा । अहिले म मास्टर्स भ्याउने तरखरमा छु तर अझै यसको अत्तोपत्तो छैन । यो बडो लाजमर्दो कुरा हो नेपाली राजनीतिमा ।
    भारतीय राष्ट्रपतिलाई जनकपुरमा अभिनन्दन गरिँदा यदि स्थानीय निकायमा जनप्रतिनिधि हुन्थ्यो भने उनलाई अभिनन्दन गर्ने त्यहाँकै स्थानिय बासिन्दा मध्ये कोहि हुन्थे । एकपटक मनन गरौँ त । जनकपुरमा भएको नागरिक अभिनन्दनको घटना त एउटा प्रतिनिधि उदाहरण मात्र हो । स्थानीय निकायको निर्वाचन नहुँदा हाम्रा गाविस र नगरपालिकाहरुमा स्थानीय प्रतिनिधिहरुको अभावमा हामी सबैले अनेकौं दुस्ख(कष्टको सामना गर्नुपरेको कुराको हामी सबै भुक्तभोगी नै हौँ । मेरो मनमा घरिघरि प्रश्न उठ्ने गर्छ स्थानीय निकायमा जनप्रतिनिधिको अभावमा जनताले यति धेरै सास्तिहरु भोगिरहँदा हाम्रा नेतागणहरु भने अझै पनि स्थानीय निकायको चुनावको बारेमा लागिपरेका देखिदैनन् । के उनीहरुलाई जनताको माया लाग्दैन ? त्यसैले, अब भने स्थानीय निकायको निर्वाचनको लागि नेताज्यूहरुले धेरै समय अलमलिनु हुँदैन । भ्mबष्(िमभभउशथयतष्२नmबष्।िअयm
    27 November, 2016

    समय सिमा भित्र संशोधन प्रस्ताव नल्याए सरकार बिरुद्ध कडा आन्दोलन –महतो


    मंसिर १२ भैरहवा,
    मधेसी, दलित, मुस्लिम, आदिवासी जनजाति लगायत सम्पुर्ण सिमान्तिकृत समुदायको माग सम्बोधन नभए सम्म आन्दोलन जारी नै रहने सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।
    प्रेस मंच नेपाल रुपन्देही शाखाले आईतबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले  सो कुरा बताए । महतोले मधेस आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने संसोध बिधेयेक आए आफूहरुलाई मान्य नहुने जिकिर गर्दै मधेसको भुभाग पहाडमा मिसाउन नहुनेमा जोड दिए।हरेक किसिमको भेदभाव मुक्त समाजको निर्माण नै हाम्रो मुख्य एजेन्डा रहेको दाबी गर्दै एतिहासिक मधेस आन्दोलनको उपलब्धिहरु संस्थागत गर्न मधेसीहरु चनाखो हुनु पर्ने आग्रह गर्नु भयो ।  महतोले संविधान संसोधन नभएसम्म सरकारले मधेसमा कुनै पनि निर्वाचन गर्न नसक्ने चेतावनी दिए । उनले नेपालमा बस्ने सबै नेपाली भएको बताउँदै राज्यले नै मधेसी पहाडी सामुदायमा भेदभाव उत्पन्न गराएको आरोप लगाए ।
    मधेसी मोर्चाको एक घटकका नेता समेत रहेका महतोले संविधान संसोधनको प्रक्रिया अगाडी नबढे वा संसोधन प्रस्तावको विरोध भएमा कुनै पनि बेला आन्दोलनको घोषणा हुन सक्ने भएकोले आन्दोलनका लागि तयारी अवस्थामा रहन आफ्ना नेता कार्यकर्तालाई आग्रह समेत गरे । संविधान संसोधनको प्रस्ताव अघि नबढे वा प्रस्तावको विरोध भएमा तत्काल यसको लागि आन्दोलन गर्नुपर्ने हुन्छ उनले भने, ‘तपाईहरु तयारी अवस्थामा रहनुस जुनसुकै बेला आन्दोलनको घोषणा हुन सक्छ ।’
    एमालेले संशोधन प्रस्तावको बिरोध गर्दै आएको बताउदै उनले नेपाली जनताको हितमा हुने संशोधन प्रस्ताव दर्ताको बिरोध गरे अगामी आन्दोलन एमालेकै बिरोधमा छेडिने चेतावनी दिए । पत्रकार सम्मेलनमा सद्भावना पार्टीका उपाध्यक्ष ओम प्रकास पादव (गुल्जारी)  ,केन्द्रिय सदस्य मोहन चौधरी ,प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल लगायतको उपस्थिती रहेको थियो ।  

    उदेश्य सहि भए कुनै व्यवधानले रोक्दैन परिवर्तन


    – कविता खड्का
    मध्य नेपाल सन्देश 
    बुबा गणपति मोरवैता र आमा बासोदेवी यादवको कोखबाट जन्मिएका ६ सन्तान मध्ये उर्मिला यादव तेस्रो सन्तान हुन् । उनका ३ जना दाजुभाइ र २ जना दिदीबहिनी छन् । उनको वि.सं. २०२७ साल असोज २८ गते सिरहाको माडरमा जन्म भएको हो । त्यहिको माडर मा.वि.मा कक्षा ७ मा पढ्दा पढदै १३ वर्षको उमेरमा नै उर्मिला लोहना जनकपुरको परमेश्वर यादवसंग विवाह बन्धनमा बाधिन पुगिन् । वालविवाहको कारण उनलाई पढाईमा बाधा पुग्यो । १६ बर्ष मै उनले पहिलो छोराको जन्म दिइन् । सानै उमेरमा भएको विवाहको कारणले बच्चा जन्माउदा उनले निकै हण्डर खानु परेको पीडा उनले सुनाइन् ।
    उनको सानैदेखिको पढेर समाजको लागि केही सकारात्मक काम गर्ने चाहना थियो । कम पढेको कारणले उनले कयांै बर्ष घरधन्दा र बालबच्चाको हेरचाह मै बिताउन प¥यो । श्रीमान्लाई दिनरात सम्झाई बुझाई निकै बर्ष पछि श्रीमान्को अनुमतिमा उनले फेरी पढाइलाई निरन्तरता दिएको बताइन् । उनी मामा घर भारतको जयनगरमा वसेर एस. एल. सी. उर्तीण गरिन् । पुनः घर फर्की जनकपुरको रा.रा. क्याम्पसमा पढाईको लागि कक्षा ११ मा  भर्ना भई उनले आफ्नो पढाइलाई अझ उच्च शिक्षा तर्फ बढाइन् । सानै देखि सामाजिक कार्य गर्ने भावना भएकी उनी घर परिवारको निकै नै ठूलो चुनौतीलाई पार गर्दै सामाजिक काम गर्न घरको चौघेरा बाहिर निस्किन् । 
    काम गर्दै जाने क्रममा २०५८ सालमा ईन्सेकको एसिया फाउण्डेसन जनवकालत जिल्ला महिला अधिकार समूहको अध्यक्ष बनेको उनले बताइन् । सामाजिक काम गर्दै जाँदा उनले समाजबाट निकै नै अपहेलना तिरस्कार खेप्नु परेको उनको अनुभव छ । उनको समाजमा रहेका महिलाहरुको लागि केही गर्नु पर्छ भनी अग्रसर हुँदा समाजकै केही व्यक्तिले उनको नाम पनि परिवर्तन गरी दिए घर भाडने महिला भनेर । तराई क्षेत्रमा घरबाट बाहिर निस्कनुलाई राम्रो मानिदैन्थ्यो । उनको परिवार पनि उनलाई घर बाहिर निस्केकोमा पूर्ण सन्तुष्ट भने थिएन । त्यो आरोप प्रत्यारोपलाई उनले सामना गर्दै निरन्तर आफ्नो सामाजिक काममा अगाडी बढिरहिन् । त्यो नै आफ्नो सफलताको कारण भएको उनको भनाइ छ । 
    उनलाई घरबाट मात्रै चुनौती थिएन । घर बाहिर पनि महिलाको हकमा काम गर्दा  स्थानीय नेता तथा समाजका अगुवाहरुले सार्वजनिक कार्यक्रममा भाषण गर्दा महिलाको हकमा निकै राम्राराम्रा कुरा गर्ने तथा मिठामिठा सपनाहरु बाड्ने गर्दथे । तर  कतिपयले आफनै घरमा महिला हिंसा गर्ने गरेको जानकारी यादवलाई थियो । यति मात्र नभएर हिंसालाई दवाउन पनि पछि पर्दैन्थे स्थानीय नेताहरु समेत उनले अगाडी थपिन् । 
    महिलाको पक्षमा वकालत गर्दै जाँदा पीडक पक्षले उनलाई बिभिन्न आरोप लगाउने गर्दथे र उनको घरमा गएर उनकै बारेमा भए नभएको कुरा सुनाउँथे । दिनभरी समाजको लागि दौडधुप गर्ने तर घरमा फर्किदा बिभिन्न आरोप र लाँन्छना खेप्नु परथ्र्यो उनले । घर भित्र बस्दा घरधन्दामा सघाउने घर परिवारले घर बाहिर निस्कदा सहयोग गर्न छोडे र रिस साध्नका लागि झन् जिम्मेवारी थपिदिए । उनी साँझ घर फर्किंदा घरको सवै काम गर्नु पथ्र्यो । तर पनि उनले हार मानिन् र आफनो सामाजिक कामलाई निरन्तरता दिइरहिन् । अहिले काम गर्दै जाँदा महिला हिंसा मात्र होइन । अव त पुरुष हिंसा पनि निकै बढेको र उनले पुरुष हिंसाको बारेमा पनि वकालत गरिरहेको बताउँछिन् । 
    अहिले उनी महिला सुरक्षा दवाव समूह गठन गरी बिभिन्न ठाउँमा छरिएर  रहेका  महिलाहरुलाई एकिकृत गरी संयुतm रुपमा समाजमा जरा गाडेर रहेको सामाजिक बिकृति विसंगतिलाई निमिट्यान्न पारेर फाल्न र पितृसतात्मक सोचलाई परिवर्तन गरी महिला भएकै कारण भोग्नु पर्ने हिंसाका विरुद्धमा महिला सुरक्षा दवाव समूह नै गठन गरी बलियोसँग कार्य सम्पादन गर्दै आएकी छन् ।  
    जिल्ला महिला अधिकार सरोकार समूहको अध्यक्ष भई सवै संघ संस्था, स्थानीय निकाय, अधिकारकर्मीसंग समन्वय गरी अगाडी बढ्ने अहिले उनको दैनिकी जस्तै भएको छ । सुुरु सुरुमा असहयोग गर्ने हातहरु र साथहरु अहिले सहयोगका लागि आतुर हुन्छन् । उनीसंगै अधिकारको क्षेत्रमा काम गर्ने सहयात्रीहरु सासंद समेत भएकोमा उनी निकै नै खुशी भएको बताउछिन् । यसरी महिलाको क्षेत्रमा काम गर्दै जाँदा एक न एक दिन अवश्य नै सफलता पाईन्छ । पुरुष प्रधान समाजमा महिलाको लागि काम गर्दा हामीलाई समस्या त अवस्य नै आउँछ । तर हाम्रो उद्देश्य सही छ भने कुनै पनि व्यवधानले परिवर्तन रोक्न सक्दैन यादवले भनिन् । 

    सीप सिकेर आत्म निर्भर बन्न सकिन्छ : जैन

    – निलम पन्त
    मध्य नेपाल सन्देश, 
    आफ्नो पहिचान महिलामा मात्र होइन, पूरै शहरमा नै स्थापित गराउन सफल रानी जौन वीरगन्जकी एक होनहार व्यूटिसियन हुन् । २० वर्षदेखि वीरगंजमा ब्यूटिपाार्लर व्यवसाय गरिरहेकी उनको वि.सं. २०२९ सााल जेठ ४ मा जन्म भएको हो । बुवा जन लाउरेन्स र आमा सुजाना मेरीको कोखबाट जन्मेका २ दिदी तथा २ दाजुभाई मध्ये जेठी छोरीको रुपमा उनको यसै जिल्लाको चोर्नी गा.वि.स–२ मा जन्म भएको बुझिएको हो । शहर भन्दा अलि परघर भएर पनि विरगंजकोे माईस्थान विधापीठ स्कूलबाट एस.एल.सी सम्म अध्ययन गरेकी रानी जौनको विवाह वि.सं. २०४६ सालमा चोर्नी गा.वि.स कै फ्रान्सेस विजेन्सीसगं भएको उनले बताइन् । विवाह भने आफ्नै धार्मिक रितीरिवाज अनुसार भएको र गाउँमा नै बसेता पनि आफै स्वरोजगार बन्ने उद्देश्यले आफु भित्र रहेको सीपलाई प्रष्फुटन गरी अगाडी बढाउनलाई उनले रानी ब्यूटिपार्लर खोलेको तर्क गरिन् । अहिले पनि उनको व्यूटिपार्लर वीरगंजको मोहन मार्केटमा संचालन भइरहेको छ । हाल उनी नेपाल ब्यूटिसियन संघको उपाध्यक्ष पदमा समेत रहेकी छन् । स्थानीय स्तरमा विभिन्न सघं संस्थाको प्रतिनीधिहरु आउँदा महिलाहरुसंग कुरा गर्न खोज्दा महिलाहरु बोल्न लजाउने भएको कारणले त्यस्तो ठाउँमा गई महिलाहरुलाई सम्झाउने, चेतनामुलक कार्यक्रममा सहभागी भई समाज सेवा समेत गर्दै आएको उनको भनाइ छ । उनले हालसम्म १५ जना महिलाहरुलाई निःशुल्क तालिम दिइसकेको बताएकी छन् । तिनै व्यूटिसियन जौनसगं मध्य नेपालका लागि गरिएको कुराकानी :
    सुरुको दिनमा यस व्यवसायमा कसरी आर्कर्षित हुनुभयो ? 
    – बसेर केही काम छैन भन्ने मैले सोचेर केही गर्नुपर्छ भन्ने लाग्यो । अनि यो व्यवसाय सुरु गरें । ताकि अरुलाई पनि फाइदा होस् र मलाई पनि फाइदा होस् भनेर मैले ब्यूटिसियनको कोर्षलाई चुने । यो कोर्ष गरेर १ वर्ष भैसकेपछि मैले पार्लर खोलें । त्यतिखेर पार्लर साधरण थियो । चलाउदै गएपछि राम्रो हुदँै गयो । पछि मैले ब्यूटिसियन कोर्ष पनि गराउन थालें । म आफु जस्तै अरु महिलाहरुलाई पनि अगाडी बढोस् भनेर यस्तै व्यवसाय गर्न सकोस् भनी तालिमहरु पनि दिदै गएँ ।
    सुरुमा यो व्यवसाय कसरी शुरु गर्नु भयो ? र कति लगानी लगाउनु भएको थियो ?
    – मैले सोचेकी सिक्न त सिकें । तर अब मैले महिलाहरुको लागि पनि केही गर्न सकौं र आफु पनि आफ्नो खुट्टामा उभिन सकुँ र केही पैसाको लागि पनि श्रीमान्सगं माग्नु नपरोस् भन्ने सोच राखी यो व्यवसाय सुरुवात गरेको हुँ । सुरुमा त अलिकति गाहूो भएको थियो । मान्छेले चाहे भने जे पनि गर्न सक्दो रहेछ भन्ने सोचले नै सानोतिनो खोलेको थिएँ । तर सुरुको कम पैसाले पनि आज म ठूलो पार्लर खोलेर बसेको छु । सुरुमा मैले ६० हजार लगानी लगाएको थिएँ ।
    यो व्यवसाय कति वर्ष देखि सञ्चालन गर्दै आइरहनु भएको छ ?
      – यो व्यवसाय २० वर्ष देखि लगातार सञ्चालन गर्दै आईरहेकी छु ।
    यो व्यवसाय सुरु गर्दा समाजको हेर्ने दृष्टिकोण कस्तो थियो र आज कस्तो पाउनु भएको छ ? 
    – सुरुसुरुमा त हामीहरुलाई समाजले हजामको काम गरिरहेको छ भन्ने गर्थे । तर अति नै दुःख लाग्थ्यिो । अलिकति गााह्रो भएकै हो सुरुका दिनमा । कतिले गिज्याउँने पनि गर्थे । म जुन समाजमा बसेको छु त्यहि समाजले खिल्ली उडाउँथे र भन्ने गर्थे हजामका कपाल काट्न जाउँ भन्थे ।  तर आज त्यही समाजले ब्यूटिसियन, पार्लर व्यवसायी भनेर सम्मान गर्छन् । 
    यो व्यवसाय शहरमुखी मात्र नभई गाउँमुुखी बनाउन केही नयाँ सोच पनि बनाउनु भएको छ ?
    – शहरमा त अहिले धेरै ब्यूटिसियन महिलाहरु छन् । तर गाउँमा नभएकोले यो व्यवसाय गाउँ–गाउँमा लगेर गाउँका महिलाहरु जो घरबाट बाहिर निस्किन नसक्ने, चुलो चौकामा समेत सिमित रहने, श्रीमान्को दबाबमा बस्ने जस्ता महिलाहरुलाई समेट्ने वातावरण बनाई स्वयंम् आफनो खुट्टामा उभिन र कसैसित पैसाको लागि हात फैलाउन नपरोस् भनेर यो व्यवसाय गाउँमा लान जरुरी छ ।
    महिलाहरु अन्य सीपमुलक कार्यक्रममा अग्रसरता नहुनुको कारण के पाउनु भएको छ ?
    – अहिले पनि हाम्रो समाजमा घुंघट प्रथा समाप्त भएको छैन । महिलाहरुलाई घरको मुल गेटदेखि चुलाचौकासम्म सिमित राखी विभेदकारी सामाजिक संस्कार भने यथावत नै छ जस्तो लाग्छ । यो कारणले महिलाहरु अरु व्यवसायमा अग्रसरता नलिएको साथै महिलाहरुले चासो नराखेर हुन सक्छ । म गर्ने सक्दिन भनेर आटँ नगरेको पनि हो । अनि बढिभन्दा बढी घरपरिवारको सपोर्ट नपाएर समेत महिलाहरु पछि परेका छन् ।
    यो व्यवसायलाई अझ आकर्षित गराउँन के–के गर्न सकिन्छ ?
    – हामीले चाहे जस्तो सधै ग्राहक आईरहन्छ भने जरुरी छैन । हामीले यसै व्यवसायमा लागेर पनि सिलाई, बुटिकको काम र हाते कढाई पनि भित्रभित्रै गर्न पनि सकिन्छ । आफुले पनि केही न केही कस्मेटिकको सामानहरु पनि राखेर बेच्न सकिन्छ ।
    आत्मनिर्भरताको लागि के–कस्तो सीपमुलक कार्यक्रम ल्याउँदा अझ महिलाहरुलाई सजिलो हुन्छ ?
    – गाउँघरका महिलाहरु त्यति पढेलेखेका हुदैनन् । उनीहरुको लागि सिलाई बुनाई , मैनबत्ती बनाउने , बासँबाट बन्ने काम, डुनट बनाउने काम र डोरीबाट बन्ने सामानहरुको कार्यक्रम ल्याउँदा अझ थप प्रभावकारी हुन्छ जस्तो लाग्छ । 
    Scroll to Top