• नयाँ खबर

    11 November, 2016

    रातो राम्रो गुलीयो मिठो खाने कुरामा ध्यान दिऔं


    – खुशी शर्मा 
    मध्य नेपाल सन्देश ।
    रातो राम्रो गुलीयो मिठो भन्ने नेपाली आहान, त्यसमाथी तिहार र छठको संघारमा भएका कारण पनि सबैले गुलीया मिठा सेलरोटी र ठेकुवा खान मुख मिठ्याउछन होला । यदि हो भने मिठो परिकार खानुअघी सोचौं मधुमेहको बारेमा । किनकी चिनी हालेर तयार पारीने यि मिठा परीकार सबैका लागि खान नमिल्ने हुन सक्छ । सबैको शरीरमा हुने चिनीको मात्रा बढेर मधुमेह भएको छ भने तपाईंका लागि मिठा परीकारहरु खान बन्देज हुन्छ । यसको मुख्य कारण भनेको सामान्य लाग्ने तर विस्तारै शरीरका सम्पूर्ण प्रणालीलाई प्रभावित गर्ने दीर्घ रोग मधुमेहको अहिलेसम्म पुर्ण रुपमा निको पार्ने उपचार पत्ता लगाउन विज्ञान असमर्थ छ । यसो त शरीरमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिने भएकोले पनि नेपालीमा मधुमेहलाई चिनीरोग भन्ने गरिन्छ । धेरैलाई लाग्छ चिनी धेरै खाएमा यो रोगको शिकार भइन्छ तर यो सोच गलत भएको चिकित्सकको भनाई छ । फिजीसीयन डा.राजीव साहसँग खुशी शर्माले गरेको कुराकानी ।

    मधुमेहलाई कस्तो प्रकारको रोगको रुपमा बुझ्ने ? 
    शरीरमा भएको चिनी अर्थात् ग्लुकोजको व्यवस्थापन र प्रयोग गर्नमा मदत गर्ने इन्सुलिनको कमी भयो वा कुनै कारणवश यसको काममा अवरोध आयो भने रगतमा चिनीको मात्रा बढ्न जान्छ, यही अवस्थालाई डाइबिटिज मेलिटस (मधुमेह) भनिन्छ । डाइबिटिज अर्थात मधुमेह ३ प्रकारको  हुन्छ ।
    टाइप १ :– इन्सुलिन डिपेन्डेन्ट डाइबिटिज(२० वर्ष भन्दा कम उमेरका व्यक्तिमा देखिने यो समस्यामा शरीरले आवश्यक मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन । 
    टाइप २ :– नन इन्सुलिन डिपेन्डेन्ट डाइबिटिज(खासगरी ४० वर्ष नाघेका व्यक्तिलाई हुने यो समस्यामा प्यान्क्रियाजले उत्पादन गरेको इन्सुलिन शरीरका लागि प्रयाप्त हुँदैन । कहिलेकाहीं उत्पादीत इन्सुलिनले काम गर्दैन । 
    यो अवस्थालाई शरीरले इन्सुलिनलाई प्रतिरोध गरेको भनिन्छ । 
    टाइप ३ :– जेस्टेसनल(गर्भवती अवस्थाको) डाइबिटिज(२० जना गर्भवती महिलामध्ये १ जनामा देखा पर्ने यो समस्या पछी गएर दोश्रो प्रकारको डाइबिटिज हुने सम्भावना बढी हुन्छ । गर्भवती अवस्थामा शरीरमा पैदा हुने केहि रसायनहरुले इन्सुलिनलाई निष्कृय बनाईदिन्छ । जसले गर्दा शरीरले चाहिने भन्दा बढी इन्सुलिन उत्पादन गर्छ, तर पनि केहि महिलाको शरीरका लागि त्यो अपुग हुनसक्छ । जसले गर्दा जेस्टेसनल डाइबिटिज लाग्छ ।
    डाइबिटिज कस्ता व्यक्तिलाई लाग्छ ?
    मोटो व्यक्ति, धुमपान एवं मद्यपान गर्ने व्यक्ति, कम्मर र पेटमा बोसो जम्मा भएका (पेटको नाप पुरुषको ४० इन्च र महिलाको ३५ इन्च भन्दा बढी भएका) व्यक्ति, ४० भन्दा माथि उमेर भएका व्यक्ति, ६५ वर्ष भन्दा माथिकालाई झनै खतरा मानिन्छ, गर्भावस्थामा जेस्टेसन डाइबिटिज लागिसकेका महिला, मानसिक तनाव ज्यादा लिने व्यक्ति लाई डाइबिटिज लाग्ने खतरा बढी हुन्छ । त्यतीमात्रै होइन वंशाणुुगत कारणले पनि डाइबिटिज लाग्न सक्छ ।
    डाइबिटिजका लक्षणहरु के के हुन् ?
    डाइबिटिज अथवा मधुमेह रोग भएमा देखिने प्रमुख लक्षण भनेको प्रायः पिसाब छिनछिनमा लाग्ने, धेरै तिर्खा लाग्ने, भोक धेरै लाग्ने र राम्ररी खाए पनि दुब्लाउँदै जाने, गुप्ताङ्ग चिलाउने, बराबर घाउखटिरा आउने तर छिटो निको नहुने, बेहोश हुने, आँखा धमिलो हुनेजस्ता लक्षणहरू देखापर्न सक्छन् । यद्यपि कतिपयमा यी लक्षण नहुन पनि सक्छन् । मधुमेह भएको हो वा होइन पत्ता लगाउन चिकित्सकिय जाँच आवश्यक पर्छ । कम्तीमा ८ घण्टाको खाली पेटमा जाँच गर्दा रगतमा ग्लुकोजको मात्रा १२६ वा त्यो भन्दा बढी पाइएमा, खाना खाएको २ घण्टापछिको जाँचमा २०० वा सो भन्दा बढी भएमा र रगतमा एच.बि.ए.वन.सी जाँच गर्दा ६.५ प्रतिशत पाइएमा डाइबिटिज भएको मानिन्छ । यसरी रोग पत्ता लागेपछी मात्रै डाक्टरले डाइबिटिज नियन्त्रणका लागि औषधी र सल्लाह प्रदान गर्छन् । 
    डाइबिटिजले कत्तिको जटिल समस्या निम्त्याउँछ ?
    रगतमा अत्याधिक ग्लुकोज वृद्धि र केरोनमा खाना पचाउने एसिडमा ह्रास आउने, शरीरमा पानीको कमी हुने जस्ता समस्या मधुमेह लाग्दा तुरुन्तै देखापर्छ । यदी खानपानमा ख्याल गर्न नसके यसले निक्कै जटिल समस्या निम्त्याउँछ ।
    मधुमेह नियन्त्रणमा ख्याल गर्न सकिएन भने नसा, आँखा, मृगौला, मुटुु सम्बन्धि जटिल समस्याहरु देखिन सक्छ । सँगसँगै मधुमेहका विरामीहरुमा विभिन्न संक्रमणहरु देखा पर्छन्, जसको प्रारम्भिक अवस्थामै नियन्त्रण गरेन भने ज्यनै लिन सक्ने हद सम्मको जोखिम बन्न सक्छ । 
    डाइबिटिज भएकाहरुले के कुरामा ध्यान दिनुपर्छ ?
    यस्ता विरामीले शरीरको तौल ठीक्क बनाउन, रगतमा चिनीको मात्रा सही राख्न र मधुमेहबाट आँखा, मृगौला, मुटु जस्ता अंगमा क्षती हुन नदिन खाध्य सूूची बनाई सो अनुसारकै खाना खाने गर्नुपर्छ । 
    त्यसका लागि कार्बोहाइडूेट कम भएको, बोसो वा चिल्लो पदार्थ कम भएको, गुलीयो नभएको, रेसायुक्त खाना खाने र व्यायाम एवं शारीरिक क्रियाकलापमा विषेश ध्यान दिनुुपर्छ । त्यस्तै टाइप १ को डाइबिटिजमा डाक्टरको सल्लाह अनुसार इन्सुलिन लिने र टाइप २ डाइबिटिजमा औषधीको सेवन गर्नुपर्छ । 
    यसरी औषधी उपचार लिंदा अचानक चिनीको मात्रा घट्न सक्छ त्यसैले नियमीत जाँच गराउने तर्फ पनि ध्यान दिनुपर्छ ।  सुझावः laxu.sharmaa@gmail.com
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: रातो राम्रो गुलीयो मिठो खाने कुरामा ध्यान दिऔं Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top