• नयाँ खबर

    06 December, 2016

    स्व. बिद्यार्थी गिरीको परिवारलाई महासंघ द्वारा आर्थिक सहयोग

    बीरगंज २१ मंसिर । 
    दुर्घटनामा परेर मृत्यू भएका पत्रकार विद्यार्थी गिरीको परिवारलाई आज नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ ।
    नेपाल पत्रकार महासंघ पर्सा साखाका अध्यक्ष श्याम बन्जराको नेतृत्वमा श्रीपुर स्थित उनको घरमै पुगेर स्व.पत्रकार गिरीकी श्रीमतिलाई ७ हजार ५ सय रुपैया चेक हस्तनान्तरण गरेको थियो । सक्रिय रुपमा काम गर्दै आएका गिरीको परिवारलाई आर्थिक सहयोगका लागि महासंघले अगामी दिनमा छलफल गरि अझै सहयोग गर्दै जाने महासंघका अध्यक्ष बन्जराले प्रतिब्धता जनाएका थिए । सहयोगका लागि महासंघका उपाध्यक्ष ध्रुव साह, कोषाध्यक्ष अनुप तिवारी, सदस्य प्रणय कुमार, पुर्व सचिव युवराज खड्का लगायतको सहभागिता रहेको थियो । तस्बिर : सौजन्य
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: स्व. बिद्यार्थी गिरीको परिवारलाई महासंघ द्वारा आर्थिक सहयोग Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top