• नयाँ खबर

    30 January, 2014

    पसलहरु बन्दहुदाँ साझाको दोब्बर आम्दानि

    पसलहरु बन्दहुदाँ साझाको दोब्बर आम्दानि
    वीरगंज, १६ माघ
    आज वीरगंजका सम्पुर्ण औषधि पसलहरु वन्द भएपछि नारायणी उप–क्षेत्रिय अस्पतालको साझा सेवाले राम्रो आमदानि गरेको छ ।दैनिक ७ देखि ९ हजारको औषधी बेच्ने साझाले विहान मात्रै त्यति रकम बराबरको औषधी बेचिसकेका छन् । यसरी साझा पसलको मात्र औषधी पसल खुलेका कारण उनको विक्रि बढेको हो । नारायण्ँी उपक्षेत्रीय अस्पतालमा रहेका औषधि पसलहरुको टेन्डर गरिएको विरोधमा औषधि व्यवसायी सङघ नारायण्ँीले पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयलाई २४ घण्टे ज्ञापन पत्र दिदै औषधिको सम्पूर्ण कारोबार बन्द गर्ने निणर््ँय गरेको थियो । नारायण्ँी उपक्षेत्रीय अस्पताल विकास समितिले त्यहा“ रहेको १६ वटा पसलहरुको टेन्डर गरेपछि विवाद भएको हो । पसलेहरुले वर्षौदेखि सम्झौता अनुरुप सञ्चालन गर्दै आएकोमा एक्कासि टेन्डर गरिएकोमा आपत्ती जनाएका थिए । अस्पताल विकास समितिको विरोधमा अस्पतालका पसलेहरुले तीन सातादेखि पसलहरु बन्द गरेका छन् । 
    29 January, 2014

    जिउदा देऊता सडक पेटिमा

    कहिले सम्म यसरी ज्यान भन्दा कयौँ गुणा ठुलो काम गर्ने हो ? खै त यिनिहरुका लागि बाल अधिकार ? कहिले नदेखेका देवि देऊताका लागि लाखौँ लाख खर्चेर विभिन्न पुजा–पाठ गराउने गरिन्छ । ति लाखौँ खर्च भन्दा हजारौँको रकम यि जिउदा देऊता झै बालबालिका लागि छुटयाईदिएको भए हुन्थेन् ।

    कहिले सम्म यसरी ज्यान भन्दा कयौँ गुणा ठुलो काम गर्ने हो ? खै त यिनिहरुका लागि बाल अधिकार ? कहिले नदेखेका देवि देऊताका लागि लाखौँ लाख खर्चेर विभिन्न पुजा–पाठ गराउने गरिन्छ । ति लाखौँ खर्च भन्दा हजारौँको रकम यि जिउदा देऊता झै बालबालिका लागि छुटयाईदिएको भए हुन्थेन् ।

    28 January, 2014

    लौ आयो बाघ, गुन्डा, भ्रस्ट लुटेराहरुको काल काठमाडौँमा ।

    १४ माघ, काठमाडौं
    काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश खरेल आएका छन् । गृह मन्त्रालयले अञ्चल प्रहरी कार्यालय बाग्मतीमा रहेका एसएसपी खरेललाई काठमाडौं प्रहरी प्रमुखमा सरुवा गरेको प्रहरी प्रवक्ता गणेश केसीले अनलाइनखबरलाई बताए ।
    खरेलले यसअघि पनि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । काठमाडौंमा रहेका एसएसपी सुबोध घिमिरेलाई भने अञ्चल प्रहरी कार्यालय बाग्मतीमा  पठाइएको छ ।

    27 January, 2014

    ११ औँ राष्ट्रिय कुश्ति प्रतियोगिता समपन्न् ।

    प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनशिप ११ औं राष्ट्रिय कुश्ति प्रतियोगितामा ४ स्वर्ण र १ काश्य पदक सहित बारा प्रथम भएको छ । भने २ स्वर्ण, १ रजत र २ कास्य सहित पर्सा दोश्रो र १ स्वर्ण सहित नवलपरासी तृतिय भएको छ ।

    Slide's

    एक्लै आफनै ध्यानमा ।

    विर्ता मन्दिर परिसरमा आफ्नो गृहकार्य बनाउदै एक बालक ।

    पर्साको पोखरीया स्थित नदिमा नुहाँउदै रमाउदै स्कुले बच्चाहरु ।

    वीरगंज छपकैया स्थित यतिमखानाका बच्चाहरु हसिलो मुद्रामा ।


    टिपिनको समयमा झयालबाट नियाल्दै बालबाालिकाहरु ।

    हातमा लटटु नचाएर रमाउदै एक बालक ।

    उखु खार्दै बालबालिकाहरु ।


    पर्साको पोखरीया स्थित नदिमा नुहाँउदै रमाउदै स्कुले बच्चाहरु ।




    सिन्धुलिगढीको मनमोहक दृष्य यस सडक निर्माणको कार्य जपान सरकारको अनुदानमा हुदै आईरहेको छ । तस्बिर : जियालाल साह

    वातावरण दिवस २०१४ को अवसरमा चित्र बनाउदै गौतम माध्यमिक विद्यालयकि छात्रा ।


    Sunlight in Birgunj 





    Spiders in which home . 


    किसानको पिडा : गहुबालिमा पानि पटाउनका लागि रातभरि खेतमा बस्नु पर्ने । देशका सारा नदि विदेशिसंग वेचे गहुमा पानि पटाउन रातभरि जाग्रम । पर्साको गरदैलमा गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) ।




    किसानको पिडा : पर्साको गर्दौलमा कुलोमा आएको पानि तान्न (कनेल) बाँसमा बाल्टीन बाधि गहुँमा पानि तानिदै ।

    Small butterfly in paddy fields.


    पर्साको जानकिटोला स्थित खेतमा जिर्ण अवस्थामा रहेको यस्तै पिलरहरुको संख्या धेरै छन् ।
    जिल्लास्थित नेपाल भारत सीमामा रहेका १ सय २२ सीमा स्तम्भ गायब छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्ष्ाँ कार्यँलय वीरगजका अनुसार, पछिल्लो पटक गरिएको स्थलगत खोजीपछि कल ९ सय ५४ सीमा स्तम्भ मध्ये १ सय २२ हराएका हुन् । ५ मुख्य,४ मझौला र १ सय १३ वटा साना सीमा स्तम्भ हराएका छन् । 
    जिल्लामा मुख्य ४७, मझौला ५४ र सानो ८ सय ५३ गरी कूल ९ सय ५४ वटा सीमा स्तम्भ हुनु पर्ने थियो । भन्दा बढि अमरपट्टी गाबिसमा ४९ वटा साना,महादेवपट्टी र निर्मलबस्ती गाबिसमा २÷२ वटा र मिर्जापुर गाबिसमा १ वटा गरी ५ वटा ठूला स्तम्भ हराएका छन् । ‘अमरपट्टी ५ मा १० गजा क्षेत्रमा मानव बस्ती छ भने, ठोरी गाबिसमा भारतीय जनतासंग पानीको मुहानको विवाद रहेको छ,’, ‘कतिपय स्थानमा घरको आ“गनमा समेत सीमा स्तम्भ रहेको पाइएको छ ।’ हराएका तथा जिर्ण सीमा स्तम्भहरु बारे प्रमुख जिल्ला अधिकारीको निर्देशन लिई तिनको मर्मत र सीमा विवाद समाधानको प्रयास पनि आफूले निरन्तर जारी रहेको सशस्त्र प्रहरी कार्यलयले जानकारी दिए । 
    भारतले कतिपय स्थानमा दशगजामै अस्पताल,विद्यालय ,सार्वजनिक बाटो तथा अन्य सार्वजनिक संरचनाहरु समेत निर्माण गरेको छ । सिर्सिया गाबिसस्थित सिमामा भारतको नुनियाडिह गाउपंचायतको ठूलो अहिरा र रक्सौल वडा नं ७ मा भारतीयहरुले दशगजामै घर बनाएका छन् । रक्सौलकै सुन्दरपुरमा भारतले दशगजा मिचि कुष्ठरोग अस्पताल निर्माण गरी अस्पताल संचालन गरेको छ भने त्यहा पशुपालन समेत गरिएको छ । सशस्त्र प्रहरी बल समिा सुरक्षा कार्यालयले सीमा स्तम्भहरुको संरक्षण र रेखदेखका साथै समय समयमा उत्पन्न हुने २ देशका नागरीकबिचको विवाद समाधान, सीमा र सीमा स्तम्भहरुको रेखदेख तथा स्थानिय जनतामा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने कामलाई समेत प्राथमिकतामा राखेको सप्रउ मगर बताउछन् । स्थानिय जनताको माग र वास्तविक स्थलगत अध्ययनले  सीमावर्ति क्षेत्रमा हुने अपराध, अवैध सामान ओसारपसार, चोरी निकाशी र सीमा र सीमा स्तम्भहरुको रेखदेखमा समेत टेवा पुग्ने गरेको उनले बताए ।


    राति चन्द्रमाको दृष्य । 

    नेपाल भारत व्यपार मेलाको तेस्रो दिन देखिएको साझ देखिएको तस्बिर ।


    उधोग वाणिज्य संघको मुल आयोजनामा आयोजित नेपाल भारत व्यपार मेला पानिका कारण एक दिन प्रभावित भएको थियो । यसै दिन लिएको तस्बिर ।

    हरेक वर्ष झै यस वर्ष पनि एभिन्यूज टेलिभिजनको मोफसल वाहिर होलि पर्वको प्रत्यक्ष प्रशारण मार्फत देशै भरि चिनाएको हो । 

    बकुला ।।

    Sunset
    प्रहरी चौकि इनर्वाको नवनिर्मति भवण ।
    समर्पण सेवा संस्था वीरगंजको नवनिर्मति भवण । । 
    Ghadhiarwa Pokhari At Night.



    Rose.
    Raining

    26 January, 2014

    भेदभावको अन्त्य र प्रभावितको पुनर्थापन – कुष्ठरोग दिवस समपन्न ।

    वीरगंजको घण्टाघरवाट निकालिएको ¥यालीमा सहभागि विभिन्न नर्स क्यामपसका विद्यार्थीहरु । 
    वीरगंज १२ पर्सा
    आज कुष्ठरोग दिवस भेदभावको अन्त्य र प्रभावितको पुनर्थापन कृष्ठरोग मुक्त समाज हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ वीरगंजमा समेत यो दिवस मनाईएको छ । वीरगंजको घण्टाघरवाट निस्केको  ¥यालीले नारायणी उप–क्षेत्रिय अस्पतालमा समापन भएको थियो ।  
    पर्सा जिल्लामा ८ वटा गाविस कुष्ठरोगिका लागि उच्च जोखिममा रहेका छन् । उच्च जोखिमका लागि मानिएका प्रसौनीविर्ता, बैरियाविर्ता, जगरनाथपूर, धोबिनि, रमगढवा, ठोरी, निर्मलबस्ती र निचुटा गाविसलाई विशेष प्रथमिकताका साथ
    कुष्ठरोगिको विरामिहरुको उपचार भईरहेको जिल्ला जनस्वास्थय कार्यलय पर्साका प्रमुख अरुण कुमार महतो बताउनुहुन्छ । 
    खुला सिमाना रहेकाले एक ठाँउबाट अर्को ठाउँमा आवतजावतको कारणले समेत सिमापारिका विरामिले गर्दा एक अर्कामा रोग सर्ने र विरामि हुने गरेको महतोले बताए । त्यस्तै गरि त्यसभन्दा तल्लो जोखिममा पर्साका २५ वटा गाविस रहेको उनले बताए । जिल्ला भरिको तथ्याङक अनुसार सार्ने ६४ कुष्ठरोगी र नसार्ने ४१ कुष्ठरोगी गरि एक सय पाँच जना कृष्ठरोगको विरामि रहेको छ । नेपालमा समस्याको रुपमा कुष्ठरोग नभएपनि विरामि पता लाग्ने वितिकै उपचाररत विरामि छन भने समस्याको नहुने यसैक्षेत्रमा २० वर्षदेखि सेवा दिदै आएका चर्मरोग विशेषज्ञ डाक्टर सुमन प्रसाद बताउनुहुन्छ ।  उनले भने कुष्ठरोग भएका विरामिले जति लुकाउने त्यतिm नै एकबाट अर्कोमा संक्रमण हुने हुदा रातो फुस्रो, कटयादा केहि नहुने दाग जस्तो आएमा स्थानिय स्वास्थ्य चोकि वा नारायणी उप–क्षेत्रियमा चेकजाँच गराउन आग्रह गर्नु भएको हो । 

    भारतको ६५ औँ गणतन्त्र दिवस (फोटो फिचर सहित)

    भारतिय दुतावास वीरगंजद्वारा ६५ औँ गणतन्त्र दिवसको अवसरमा नित्य प्रस्तुति गर्दै वीरगंजका विद्यार्थीहरु ।।
    संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागु भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारत सरकारले नयाँ संविधान आजैको दिनमा गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा यो दिवस मनाउने गरिएको हो । 


    भारतिय दुतावास वीरगंजद्वारा ६५ औँ गणतन्त्र दिवसको अवसरमा नित्य प्रस्तुति गर्दै वीरगंजका विद्यार्थीहरु ।।

    भारतिय दुतावास वीरगंजद्वारा ६५ औँ गणतन्त्र दिवसको अवसरमा नित्य प्रस्तुति गर्दै वीरगंजका विद्यार्थीहरु ।।

     कार्यक्रममा सहभागि विभिन्न कार्यालयका पदाधिकारीहरु ।

     कार्यक्रममा सहभागि विभिन्न कार्यालयका पदाधिकारीहरु ।


    25 January, 2014

    कुष्ठरोगिलाई हेला होईन सम्मान गरौँ

    वीरगंज, ११ माघ पर्सा कुष्ठरोगिलाई हेला होईन सम्मान दिने उदेश्यले पर्साका ५ जना कृष्ठरोगि व्यक्तिहरुलाई कार्यक्रमका विच सम्मान गरेको हो । सम्मानित हुनेमा वीरगंजका
    कृष्ण बहादुर गिरि, प्रसौनिविर्ता १ का भुखल पंडीत, ६ का इन्द्रदेव देवी बैठा, ८ का रामजी बैठा लगायतलाई कार्यक्रममा गम्छा र ओढने बलान्केट दिई सम्मान गरेको हो । आज नारायणी उप–क्षेत्रिय अस्पतालको सभाहलमा ६१ औ विश्व कुष्ठरोग दिवसको पुर्व सन्धयामा आयोजित अन्तक्रिया कार्यक्रममा उनिहरुलाई सम्मान गरेको हो । त्यसैगरी जिल्ला भरिको तथ्याङक अनुसार सार्ने ६४ कुष्ठरोगी र नसार्ने ४१ कुष्ठरोगी गरि एक सय पाँच जना कृष्ठरोगको विरामि रहेको छ । नेपालमा समस्याको रुपमा कुष्ठरोग नभएपनि विरामि पता लाग्ने वितिकै उपचार रत विरामि छन भने समस्याको रुपमा नहुने यसैक्षेत्रमा २० वर्षदेखि सेवा दिदै आएका चर्मरोग विशेषज्ञ डाक्टर सुमन प्रसादले बताए । उनले भने कुष्ठरोग भएका विरामिले जति लुकाउने त्यतिm नै एकबाट अर्कोमा संक्रमण हुने हुदा रातो फुस्रो, कटयादा केहि नहुने दाग जस्तो आएमा स्थानिय स्वास्थ्य चोकि वा नारायणी उप–क्षेत्रियमा चेकजाँच गराउन आग्रह गर्नु भएको हो । कार्यक्रममा कार्यक्रममा क्षेत्रिय निर्देशनालयका रमन झा, खोप अधिकृत सचितानन्द सिहं लगायतको उपस्थिति रहेको थियो । 

    24 January, 2014

    विद्यार्थीहरुद्वारा शिक्षकहरुलाई सम्मान

    वीरगंज माघ १० पर्सा
    कंचनजङ्घा उच्च माविमा कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुले आजे शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको छ । विगत पाँच वर्ष देखि विद्यालयमा योगदान पु¥याउने (सामाचारका लागि Read more » ....  किलिक गर्नुहोस् ।)
     शिक्षक शिक्षिकाहरुलाई विद्यालयको प्राङगनमा आज खादा तथा प्रमाण पत्र दिदै सम्मान गरेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि अभिभावक संघका अध्यष अमर गौतमले यस्ता प्रकारका सम्मान कार्यक्रमले शिक्षक र विद्यार्थी विच सम्बन्ध अझै बलियो र सुमधुर हुने बताएका थिए । सम्मानित हुनेमा निमा जयसवाल, रिजवाना अंजुम, गीता जोशी, गंगा श्रेष्ठ, रंजिता अमात्य, किरण श्रेष्ठ, गीता पात्रा, सरिना श्रेष्ठ, रामेश्वर पण्डित र उद्धव झा लगायतका शिक्षक शिक्षिकाहरुलाई विद्यार्थीहरुले सम्मान गरेको हो । कार्यक्रममा माईस्थान विद्यापिठ माविका प्रधानाध्यापक विनोद मेहता, नेपाल राष्ट्रिय विद्यापिठका प्रचार्य रंजीव आनन्द लयातको उपस्थिति रहेको थियो भने कार्यक्रम मार्टिन मोक्तानको सभापतित्वमा समपन्न भएको थियो ।

    थारु समुदायको सनेस

    थारु समुदायको सनेस (बायन) लिएर आफ्नो छोरी घर जादैँ थारु महिलाहरु ।

    23 January, 2014

    चलो गाडि चलो ।

    वीरगंजको नारायणी उप–क्षेत्रिय अस्पताल परिसर भित्र काठको गाडिमा भाईलाई घुमाउदै दाई .. ।। 

    किसानले कति दुःख पाऊँछन् एकछिन अनुमान लगाऔँ त हामि । किसानका पिडा सम्पुर्ण फोटो फिचर ।


    पर्साको गर्दौलमा कुलोमा आएको पानि तान्न (कनेल) बाँसमा बाल्टीन बाधि गहुँमा पानि तानिदै ।
    गहुबालिमा पानि पटाउनका लागि रातभरि खेतमा बस्नु पर्ने । देशका सारा नदि विदेशिसंग वेचे गहुमा पानि पटाउन रातभरि जाग्रम । 
     सम्पुर्ण फोटो फिचर का लागि   Read more » किलिक गर्नुहोस् ।


    गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) । 

    गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) । 

    पर्साको सुहपुर सोहरी हुदै बग्ने नदिमा शुन्य रुपमा देखिएको पानि ।


    बारा जिल्लाको गडहल स्थित तियर नदिमा भरिभराऊ पानि ।


    बारा जिल्लाको गडहलमा तियर नदिमा पानि  भएपनि खेतमा पुग्न सकेको छैन् ।







    नारायणी उप–क्षेत्रिय अस्पतालका सम्पुर्ण चिकित्सकहरुले सामुहीक रुपमा राजनामि दिए

    वीरगंज, माघ ९ पर्सा
     जियालाल साह
     नेपाल चिकित्सक संघको अपिललाई समर्थन गर्दै वीरगंज स्थित नारायणी उप–क्षेत्रिय अस्पतालका सम्पुर्ण चिकित्सकहरुले सामुहीक रुपमा राजनामि दिएका छन् । नारायणी उप–क्षेत्रिय अस्पतालका ..... (सामाचारका लागि Read more » किलिक गर्नुहोस् ।)
    मेडिकल सुपरिटेण्डेन्ट डा.रामाशंकर ठाकुरले चिकित्सकको नाताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँका श्रीमान् सचिवलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मार्फत राजिनामा दिएको हो । राजनामा अन्तर्गत नेपाल सरकारको ११ तहका चिकित्सक डाक्टर विके झा, डाक्टर जगदिश अग्रवाल, डाक्टर सुमन प्रसद त्यस्तै अस्पतालका डा.अरुण झा, विरेन्द्र प्रद्यान, सुशिल चौधरी, मनोज गुप्ता, रविन्द्र ठाकुर, एसकेलाल, निरज सिह, मुकेश अग्रवाल लगायत अस्पताल विकास समितिका १८ जना चिकित्सक र नेपाल सरकारका ४० जन चिकित्सकहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रामाशंकर ठाकुर मार्फत राजिनामा दिएको हो । अस्पतालका सम्पुर्ण चिकित्सकहरुले सामुहिक राजनामा दिएपनि अस्पतालमा भने सेवा दिई राख्ने मेडिकल सुपरिटेण्डेन्ट डा. ठाकुरले बताए ।  त्यसै अन्तर्गत आज अस्पतालको त्रिवेणी अकास्मीक कक्ष परिसरमा चिकित्सकहरुले विहान १० बजे देखि विरामिहरु चेक जाँच गरेका छन् । मध्यमाञ्चलका सम्पुर्ण जिल्ला देखि भारत्तको विजबनीया, रक्सौल, लक्षमीपुर, सिक्टा लगायतको ठाँऊगरि प्रत्येक दिन ५ सय देखि ७ सय सम्म उपचार गराउन आउने नारायणी उप–क्षेत्रिय अस्पतालमा भने आज २ सय देखि २ सय ५० विरामिहरुको मात्रै उपचार भएको नसा तथा हाडजोर्नि विशेषज्ञ डा. रोसन अलिले बताए । अस्पतालमा आउने विरामिहरुको मात्रै चेकजाँच भईरहेको छ तर ग्रामिण भेगका जनतालाई जनकारी नभएकाले उपचार हुन नसकेको हो । 

    Scroll to Top