• नयाँ खबर

    16 July, 2014

    नेपाली युवाले पृथ्वीको गुरुत्वाकर्षण शक्तिबाट बिजुली उत्पादन गर्ने


    मुलुक लोडसेडिङले आक्रान्त बनेको बेला बाराका एक युवाले आफूले पृथ्वीको गुरुत्वाकर्षण शक्तिबाट बिजुली उत्पादन गर्ने तथ्थ पत्ता लगाएको दाबी गरेका छन् । बारा बैनौली ५ घर भएका ३१ बर्षिय संजय तिवारीले सोमबार विरगंजमा सन्चारकर्मीसंग यस्तो दाबी गरेका हुन् । १६ बर्षदेखि आफुले यस बिषयमा अनुसन्धान गरिरहेको र आफ्नो अनुसन्धान सही साबित भएको पनि उनले बताएका छन् । उनले आबिष्कार गर्न खोजेको यन्त्रको नाम संजय स्वचालित यन्त्र राखेका छन् । यन्त्रको नाम छोटकरीमा सार्म राखिएको उनले बताए । यन्त्र निर्माण गर्न आफुसंग अर्थ अभाब भएकाले यसलाई निर्माण तथा प्रयोगात्मक रुपमा साबित गर्न पनि उनले आर्थिक सहयोग गर्न अपिल गरेका छन् । शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकाले उनले सानैदेखि बैज्ञानिक अनुसन्धान र आबिष्कार गर्ने रुची र इच्छा शक्तिका कारण पृथ्वीको गुरुत्वाकर्षण शक्तिबाट बिधुत उत्पादन गर्ने तथ्य पत्ता लगाएको निबारीको दाबी छ ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली युवाले पृथ्वीको गुरुत्वाकर्षण शक्तिबाट बिजुली उत्पादन गर्ने Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top