• नयाँ खबर

    22 August, 2014

    नेशनल मेडिकल कलेजमा चिकित्सको लापरवाहिले मृत्यू भएको भन्दै विवाद, प्रहरीको लाठि चार्ज ३ जना पक्राऊ ।

    अस्पतालको अकास्मीक कक्ष केहिबेर बन्द गराएका

    भाद्र ६ पर्सा 


    नेशनल मेडिकल कलेज शिक्षण वीरगंजमा चिकित्सको लापरवाहिले विरामिलाई मारेको भन्दै विवाद हुदाँ २ जना घाईते भएको छ भने ३ जना पक्राउ परेका छन् । पर्साको भवराटार ४ कि सुनिता झा लाई पाढेघरको समस्याले उपचारको लागि ३ दिन अगाडी नेशनल मेडिकल कलेजमा भर्ना गराउदा चिकित्सकले अपरेशन गर्नुपर्ने भनेका थिए । 
    हिजो राति अपरेशन गर्न बलड जम्मा गराएपनि अपरेशन नै नभई आज विहान १० बजे सुनिता झाको मृत्यू भएको उनका श्रीमान नरेन्द्र झाले बताए । (वाईट छ) मृत्यू पश्चात उनका परिवार जनले चिकित्सको लापरवाहिले नै मृत्यू भएको भन्दै चिकित्सकसंग सोधबुझ गर्न जादाँ अस्पताल प्रशासनका कर्मचारी खटाई उल्टै पिडितका अफन्त अजित मिश्रा र मुन्ना मिश्रालाई कुटिपिट गरेको मृत्कका श्रीमान् नरेन्द्र झाले बताए । (वाईट छ) अस्पताल प्रशासनले अझ पिडितलाई सम्झाई बुझाई गर्नुपर्नेमा निर्दोष आफन्तलाई कुटपिट गरेकाले अस्पतालको अकास्मीक कक्ष केहिबेर बन्द गराएका थिए भने त्यस लगतै ओपिडि सेवा बन्द गराउन जादाँ दुवै पक्ष विच कुसि हानाहान हुदै झडप भएको थियो । झडपलाई साम्य पार्न प्रहरीले लाठि चार्ज गरेका थिए भने त्यस क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रयाग यादव, विजय पटेल, सुरेन्द्र यादव रहेका छन् । यता अस्पताल प्रशासनका वसरुदिन अंसारीले भने चिकित्सकलाई हातपात गरेकाले अस्पताल प्रशासनले हातपात गरेको हुन सक्ने बताएका छन् । यता विवादमा नेकपा एमालेका सभासद राजकुमार गुप्ता र विचारी यादव समेत उपस्थिति रहेको थियो । अन्तमा मात्रै बेलुका अस्पताल प्रशासन र पिडित विच वर्ता समपन्न भयो वर्तामा मृत्कमा लागेको सम्पुर्ण खर्च अस्पताले मिन्हा गर्ने सर्तमा वर्ता समपन्न भयो ।  


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेशनल मेडिकल कलेजमा चिकित्सको लापरवाहिले मृत्यू भएको भन्दै विवाद, प्रहरीको लाठि चार्ज ३ जना पक्राऊ । Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top