• नयाँ खबर

    24 August, 2014

    बिश्व किर्तिमान राख्न ३५ हजार नेपाली भेला भएर मानव झण्डा बनाए (फोटो फिचर)


    साथिहरु कृप्या तल दिईएको फोटोमा लाईक र कमेन्ट गरी मेरो लागि पुरस्कार जिताउनुहोस् सहयोगका लागि धेरै धेरै धन्यबाद ।
    फोटो राम्रो लागे कमेन्ट गरिदिनु होला

    ७ भदौ, काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा ३५ हजार मानिसको प्रयोग गरेर शनिबार नेपाली राष्ट्रिय झन्डाको आकर्षक आकृति बनाइएको छ । ‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो । जो, जहाँ, जसरी भए पनि चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली एक हौं भन्ने भावनालाई जगाउन यसरी झन्डा बनाइएको आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।
    राष्ट्रिय भावना स्थापनासँगै आफूहरुको यो अभियानले विश्व कीर्तिमान कायम गर्ने पनि उनले बताए । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएर विश्व रेकर्ड कायम गरेको थियो । एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको छ । मानिसलाई मिलाएर झण्डा बनाउने कामको जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडौं इन्जिनियररिङ क्याम्पसमा अध्ययनरत बिई तेस्रो वर्षका विद्यार्थीलाई दिइएको थियो । साभार onlinekhbar.com


















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बिश्व किर्तिमान राख्न ३५ हजार नेपाली भेला भएर मानव झण्डा बनाए (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top