• नयाँ खबर

    18 December, 2014

    मेलामा घुमाउँछु आईसक्रिम खुवाउँछु म्युजिक भिडियोको सुटिङ्ग वीरगंजमा हुँदै ।

    पुस ३ पर्सा
    बढदो चिसोमा ‘मेलामा घुमाउँछु आईसक्रिम खुवाउँछु हिड जाउँ हाम्रो वीरगंज’ भन्ने बोलको म्युजिक भिडियो गित वीरगंजको चर्चित स्थानहरुमा भईरहेको छ ।
    वीरगंजलाई परिचित गराउने यस गित सुरुवातमै सुपरहिट भएको हो, वीरगंजको घडिअर्वा, माईस्थान, विर्ता, भिष्वाडाडा, घण्टाघर, विन्दवासनि, ड्राईपोर्ट लगायतको स्थानमा सुटिङग भईरहेको म्यूजिक भिडियोका नेपालको प्रख्यात टिभिसि डाईरेक्टर र म्यूजिक भिडियो डाईरेक्टर सुजोय योङ्ग (डक्टर योङ्ग) ले बताए । वीरगंज व्यापारिक राजधानि मात्रै नभएर माया प्रेम दर्साउने विभिन्न प्रख्यात स्थानहरु छन्् यहाँ प्रेमि प्रेमिका लागि घुमन जान ठाउँ भएको आफनि प्रेमिकालाई वीरगंजको बारेमा बताउदै घुम्न जान प्रेरित गर्न अनुरोध गर्दछन । यस गितको म्युजिक भिडियोले वीरगंजको कला संस्कृतिका साथै यहाँका रमनिय स्थानहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गर्न मदत पुर्याउने गायक अमात्यले बताए । यसको रचना र संगित अमात्यकै रहेको छ भने म्यूजिक भिडियोमा मोडलको रुपमा गायक अमात्य र अर्का मोडेल सुनिता पौडेलले अभिनय गर्दैछन । गितको म्युजिक भिडियोको छयांकन जियालाल साहले गरिरहेका छन् । म्युजिक भिडियोको छयाकनको काम ८० प्रतिशत भईसकेको र यसको अन्तिम सुटिङ्गको काम सिमरा एयरपोर्टमा सकिने गायक अमात्यले बताए । यस म्युजिक भिडियो चाडै नै बजारमा आउने र गितसंगै भिडियो पनि हिट हुने गायक अमात्यले दावि गरे । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    24 November, 2014

    गढीमाई मेलाको सम्पुर्ण फोटोफिचर ,यसवर्ष गढीमाईको मेलामा रागाँकोबलीमा कमि आउने दर्शनार्थीहरु ।।



    यसवर्ष गढीमाईको मेलामा रागाँकोबलीमा कमि आउने दर्शनार्थीहरु बताउछन् । 





















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    09 November, 2014

    नेपाल पत्रकार महासंघ पर्साको ऐतिहाँसिक निर्णय (शाखाको भवन शिलान्यास गरिने)


    वीरगन्ज,२३ कात्तिक । 
    नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन यही कात्तिक ३० गने शिलान्यास हुने भएको छ ।  वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५को नेशनल टेडिंग स्थित जग्गामा कात्तिक ३० गते शाखाको भवन शिलान्यास गर्ने नेपाल पत्रकार महासंघ पर्सा शाखाको आज सम्पन्न बैठकले निर्णय गरेको हो । स्थानीय होटल कुमु प्यालेसमा सम्पन्न भएको शाखाको आकष्मिक बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्ठद्धारा उक्त भवन शिलान्यास निर्णय भएको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिनुभयो । 
    बैठकले समयमा नै संबिधान जारी गर्नका लागि दबाव दिने उद्देश्यले केन्द्रीय समितिले गरेको निर्णयलाई अक्षरशः पालना गर्ने निर्णय समेत बैठकले गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव खनालले जानकारी दिनुभयो । यसरी नै यही कात्तिक २९ गते बाराको गढीमाइ मन्दिर क्षेत्रमा हुन लागेको पत्रकार महासंघको क्षेत्रीय बैठकमा पर्सा शाखाले प्रतिनिधित्व गर्ने निर्णय समेत बैठकले गरेको छ । पत्रकार महासंघ पर्सा शाखाको माइस्थान स्थित कार्यालयलाई अझै ब्यवस्थित बनाउनका लागि शाखाका साधारण सदस्य शिवशंकर मिश्रलाई सहयोगका लागि आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । शाखाका अध्यक्ष श्याम बंजराको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पत्रकार महासंघका जग्गादाता ज्योतिलाल कलवारको बिशेष उपस्थिति रहेको थियो भने शाखाका सल्लाहकार एवम् निर्बतमान अध्यक्ष केसी लामिछाने,सल्लाहकार एवम् पूर्व अध्यक्ष शत्रुघन नेपाल लगायतको उपस्थिति रहेको थियो ।बैठकमा शाखाका उपाध्यक्ष धुब्र साह,कोषाध्यक्ष अनुप तिवारी तथा कार्य समितिका सदस्यहरु सफल खतिवडा,दीपक गौतम,नवराज फूँयाल,कपिलदेव यादव,निरंजन मिश्र,संजिव मिश्र,लक्ष्मी खरेल,बिनोद परियार लगायतको उपस्थिति थियो । नेपाल पत्रकार महासंघको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित भएको करिब आठ महिनापछि यो ऐतिहाँसिक निर्णय गर्न पर्सा महासंघ सफल भएको हो ।





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    05 November, 2014

    ७० किलो चरेश सहित बर्नवाल पक्राउ ।



    कार्तिक १९ पर्सा
    अञ्चल प्रहरी कार्यालय नारायणीले आज छापामारी गरेर ७० किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।
    विशेष सुचनाको अधारमा  प्रहरी नायब निरिक्षक अरुण कुशवाहाको संयुक्त टोलिले वीरगंज उप–महानगरपालिका अदर्शनगर स्थित विकास वर्नवालको घरमा छापामारी गरि उक्त परिमाणको चरेस पक्राउ गरेको हो । वर्नवालको घरमा खनतलासि गर्दा विभिन्न ६४ किलो थप चरेस प्रहरीले बरामद गरेको हो । प्रहरीले आवश्यक अनुसन्धानका लागि घरसाहु २५ वर्षिय विकास वर्नवाल र उनकी आमा लाई हिरासतमा लिएको छ ।




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    18 October, 2014

    अनुगमनका टोली र ब्यापारी बिच कुरा बाझियो


    जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वको टोलीले परवनीपुरस्थित दुगड सुमहको शुभम् कोल्ड स्टोरेजमा छापा मा¥यो । म्याद गुज्रेको मकैको फुल अर्थात् पपकर्न छ भन्ने आधारमा छापा मारिए पनि अनुगमनका गएका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृत र ब्यापारी प्रतिनिधिबीच नै कुरा बाझिएको छ । - See more 


    http://www.youtube.com/watch?feature=player_detailpage&v=W8SF1wZMuS0#t=2



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    15 October, 2014

    समुन्नत नगरको लागि साझा सहकार्यको आवश्यकता




    वीरगञ्ज, आश्विन २९
    वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज एक कार्यक्रमका बीच वीरगञ्ज उपमहानगरपालिकाका नव आगन्तुक कार्यकारी अधिकृत बिष्णुप्रसाद कोइरालासँग सङ्घकै कार्यकक्षमा भेटघाट, परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
    सङ्घका अध्यक्ष अशोककुमार वैधले वीरगञ्जको विकास कार्यमा सङ्घले आफ्नो स्थापना कालदेखि सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै आएको कुरा बताउनुहुँदै सङ्घले वीरगञ्ज नगरको समग्र विकासको लागि अघि सारेको ग्रेटर वीरगञ्जको अवधारणा, ट्रान्सपोर्ट नगरको आवश्यकता, नगरलाई समुन्नत र समृद्ध बनाउन निजी र सार्वजनिक क्षेत्रबीच सहकार्यको आवश्यकता माथि कार्यकारी अधिकृत कोइरालालाई जानकारी गराउनुभयो । 
    कार्यक्रममा कार्यकारी अधिकृत कोइरालाले वीरगञ्जको विकास कार्यमा सक्रिय भई एशियाली विकास बैंकको परियोजनालाई प्राथमिकताका साथ तिव्रता प्रदान गर्ने, सरसफाईका विभिन्न कार्यहरुलाई कार्यान्वयन गर्ने, यस क्षेत्रमा व्यापार सहजीकरणको लागि आपूmले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    छलफलका क्रममा वीरगञ्जमा एउटा व्यवस्थित फुडजोनको निर्माण हुनुपर्ने, कर सङ्कलन प्रभावकारी एवं पारदर्शी ढंगबाट हुनुपर्ने, अन्तराष्ट्रिय सभा भवनको निर्माण कार्य शुरु हुनुपर्ने, यस क्षेत्रको विकासको लागि सबै सरोकारवालाहरु एक जुट भएर लाग्नुपर्ने अवधारणा नेउवामहासङ्घका कार्यकारिणी सदस्य एवं सङ्घका नि.अध्यक्ष अशोक टेमानी, भूपू अध्यक्ष गणेश लाठ, कोषाध्यक्ष सुनिल खेतान, सह–कोषाध्यक्ष दिपक टिबडेवाल, सह–सचिव मनोज शर्माले व्यक्त गरेका थिए । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    हिउँमा पुरिएर २४ पर्यटकले ज्यान गुमाए, दर्जनौं सम्पर्क बाहिर (फोटो फिचरसहित)





    पोखरा/म्याग्दी : अविरल वर्षासँगै भएको भारी हिमपात र हिमपहिरोमा पुरिएर मुस्ताङ र मनाङमा मात्रै २४ जना पर्यटकले ज्यान गुमाएका छन्। बुधबार साँझसम्म मुस्ताङमा १६ जना र मनाङमा आठजनाको शव भेटिएको छ। दर्जनौं पदयात्री सम्पर्कमा आउन सकेका छैनन्।

    बेपत्ता भएका पदयात्रीको संख्या अझै एकिन हुन सकेको छैन। हराएका पर्यटकको खोजी तथा उद्धार कार्य स्थगित गरिएको छ। बिहीबार बिहानदेखि उद्धार कार्य जारी राखिने जानकारी सुरक्षा निकायले दिएका छन्।
     मनाङबाट थोराङ ला पास हुँदै मुस्ताङ प्रवेश गरेका १६ र मनाङको काम्लाङ र फु गाविसको बीचमा पाँचजना र नारमा ३ जना गरी २४ जना पदयात्रीले ज्यान गुमाएका छन्।









    मुस्ताङमा ९ नेपाली, ३ इजरायल, ३ पोल्याण्ड र ३ भियतनामी नागरिकको शव फेला पारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिए। उनका अनुसार, डमक्याम्प देखि थोराङ ला पास क्षेत्रमा खोजी कार्य गर्दा यी शवहरु भेटिएका हुन्।



     मृतकहरूको पहिचान हुन नसकेको जानकारी प्रहरीले दिएको छ। मृतक मध्ये २ पोल्याण्ड, १ इजरायली र १ नेपालीको शब हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ। डमक्याम्पबाट १९ जनाको जिवितै उद्धार गरिएको छ।




    उद्धारका लागि नेपाली सेना तथा सिम्रिक एयरलाइन्सलगायतका हेलिकोप्टर प्रयोग गरिएका थिए। सेना प्रहरीसहितको विशेष टोली दिनभर बेपत्ता पदयात्रीको खोजी तथा उद्धारमा जुटेको थियो।
     उद्धार गरिएका एक जनाको जिल्ला अस्पताल मुस्ताङ र १४ जनालाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ। प्रहरी नायब उपरिक्षक गोविन्द प्रसाद पाठकका अनुसार, असोज २६ गते मनाङबाट मुस्ताङ तर्फ हिडेका तीनसय ४६ जना मध्ये मुस्ताङको मुक्तिनाथमा दुईसय ४४ जना सकुशल आइपुगेका छन् भने ७० जना भन्दा बढी सम्र्पकमा आएका छैनन्।
    डमक्याम्प क्षेत्रमा बुधबार साँझदेखि फेरि हिउँ पर्न थालेपछि उद्धार कार्य स्थगित गरिएको छ। 'फेरि हिउँ पर्न सुरु गरेपछि प्रतिकुल मौसमका कारण उद्धार कार्य स्थगित गरेका छौ। मौसम खुल्ने बित्तिकै फेरि सुरु गर्नेछौ' प्रजिअ भण्डारीले भने, 'आसपासको क्षेत्रमा अझै पनि शवहरु  रहेको आशंका गरेका छौ।'
     भारी हिमपात हुँदा ५ हजार मिटर सम्म झरिसकेका ति पदयात्रीको कठङग्रिएर, लडेर त कोही हिउ पहिरोमा परेर ज्यान गएको उद्धारमा खटिएका सुरक्षाकर्मीले जनाएका छन्।


    सोमबार राति देखि परेको बर्षाका कारण मुस्ताङका अधिकांश भुभागमा हिउँ परेको छ। मंगलबार जानकारी प्राप्त हुने वित्तिकै प्रमुख सेनानी अर्जुन बस्नेत र सहसेनानी मुरारी सापकोटाको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। प्रतिकुल मौसम र सञ्चार सम्पर्क नहुँदा उद्धारमा समस्या भएको प्रजिअ भण्डारीको भनाइ छ।    savar :- annapurnapost.com





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    वीरगन्जलाई नमुना वीरगन्जको रुपमा परिचित गरिने प्रतिबद्धता

    वीरगंज उपमहानगरपालि छाडा चौपाया नियन्त्रण




    पर्सा २९ असोज 
    वीरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णु कोइरालाले कर संकलनमा कुनै सम्झौता नगरिने बताउनुभएको छ । वीरगंज उपमहानगरपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यकारी अधिकृत कोइरालाले करसंकलनलाई आफुले प्राथमिकतामा राखेको बताउनुभएको छ । कर संकलनका लागि हाम्रा आफनौ कर्मचारीहरुबाटै शुरुवात गरिएको समेत कोइर््रालाले बताउनुभएको हो । कार्यकारी अधिकृत कोइरालाले कर संकलन, सफाई र म्याचिङ फण्डको व्यवस्था गरि वीरगंजको विकासमा एशियाली विकास बैक एडिभि प्रोजेक्टको योजनालाई सफल पार्ने दावी गर्नुभएको थियो । 
    त्यसैगरी सरसफाई अन्तरगत छाडा चौपाया नियन्त्रण, नाली सरसफाई, डेङ्गु नियन्त्रणको प्रकृया अगाडी बढाईएको समेत जनकारी गराउनु भएको छ । नगरको सरसफाईका लागि अति आवश्यक सवा एक करोडको ८ हजार डस्बीन र १५ सय कम्पोस्ट विनको निकासाको लागि आवश्यक पहल गरी सकेको जनकारी गराउदै वीरगन्जको फोहोर व्यवस्थापन गर्नको लागि डम्पीङ्ग साईट चुनौतीको रुपमा रहेको हुनाले यसमा नगरवासिहरुको सल्लाह सुझाव अनुसार चुनौतीलाई अन्त्य गर्ने समेत बताएका छन् । 
    त्यसैगरी यस वीरगंज उपमहानगरपालिका अन्य नगरपालिकाको तुलनामा मन्त्रालयमा कालोसुचिमा रहेकोले त्यो कालोसुचिबाट हटाउने तर्फ आफनो इमानदारी पुर्वक प्रयास रहने जनकारी गराउनु भएको छ । यहां आन्तरिक गुटबन्दीका कारण विकास योजना नै अल्मलिएको हुनाले पहिलो प्राथमिकता गुटबन्दी हटाउने भएकोले त्यसतर्फ अग्रसर भई कार्य नगरपालीकाले गरिरहेको जनकारी गराउनु भएको हो । 
    हाल जगेडा कोषबाट चार करोड आएको र सो रकम बारुण यन्त्रको खरिद, व्यापारिक भवन, बौद्ध चैतन्य विहार मर्मत, बहिपुल कालोपत्र, भिस्वा फुलवारी र उपमहानगरपालिकालाई आवश्यक सफाइतर्फ सवारी साधन खरिद वीरगन्ज विकासको कार्यलाई तिर्व रुपमा अगाडी बढाई वीरगन्जलाई नमुना वीरगन्जको रुपमा परिचित गरिने प्रतिबद्धता जनाउनु भएको हो । पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोविन्द्र कार्की तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    03 October, 2014

    वीरगंज दशैँ २०७१.



    विजया दशमि तिहार, छठ बकरिद एवंम् नेपाली सम्बतको हार्दिक मंगलमय शुभकामना ।।
    — at Maisthan, Birgunj Nepal.










    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    12 September, 2014

    अमेरीकामा आईसक्रिम बेचेर आफनौ जिल्लामा बनाए पुस्तकालय ।



    अमेरिका स्थित अध्ययनरत विधार्थीहरुले आईसक्रिम लगायतको समाग्रि बेचेर ८ हजार डलर जम्मा गरि पुस्तकालय भवनगरि उदाहरणिय काम गरेर देखाएका 


    भदौँ २७ पर्सा 
    पर्सा जिल्ल स्थित एक विधार्थीले अमेरिकामा अध्ययनका लागि गएका बेला आफनो साथिहरुसंग मिलेर आफनो जिल्लाको लागि केहि गर्ने उदेश्यले पुस्तकालय निर्माण गरि उदाहरणिय काम गरेर देखाएका छन् ।

    पुस्तकालयका लागि पुस्तक हस्तनान्तरण
     गैर सरकारी संस्था सानो पाइलाले पर्साको पकाहा मैनपुरमा रहेको रामचरीत्र भगत उच्च माविको  पुस्तकालयका लागि पुस्तक उपलब्ध गराएको छ । विधालयमा आज आयोजित एक कार्यक्रमका विच सानो पाइलाका सहायक प्रमुख कार्यकारी अधिकृत वृजलाल चौधरीले विद्यालयका प्रधानाध्यापक मुनीलाल प्रसाद चौहानलाई विभिन्न विषयका तीस हजार एकसय ५३ मूल्य बराबरको एकसय ६९ थान पुस्तक हस्तान्तरण गर्नुभएको हो ।


     त्यस्तै पर्साको निचुटामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा स्थापना गरिएको स्व. तपेश्वर चौधरी स्मृति पुस्तकालयको निरीक्षण पनि गरिएको छ । उक्त पुस्तकालय अमेरिका स्थित अध्ययनरत विधार्थीहरुले आईसक्रिम लगायतको समाग्रि बेचेर ८ हजार डलर जम्मा गरि पुस्तकालय भवन सहित विभिन्न विषयका पुस्तकहरु जम्मा गरि पुस्तकालय निर्माण गरेको हो । सानोपाईला मार्फत सहायक प्रमुख कार्यकारी अधिकृत वृजलाल चौधरीले स्थापना गर्नुभएको पुस्तकालयको आज पर्साका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको टोलीले निरीक्षण गरेको हो । यस्तै बागेश्वरी तित्रौनामा रहेको श्री नेपाल राष्ट्रिय प्राविको भौतिक पूर्वाधार निर्माणको लागि सहयोग जुटाउन सानोपाइलाले विद्यालयको अवस्थाको जानकारी लिएको छ । यसवर्ष सानोपाईलाले विधालयको लागि भौतिक निर्माण कार्यमा सहयोगका लागि विभिन्न फन्टहरुको खोजिगरि सहयोग गर्ने योजना अधिकृत चौधरीले बताए । टोलीमा नेपाल पत्रकार माहासंघ पर्साका सचिव कृष्णउदास खनाल, पत्रकार विजय चौहान, विजय भण्डारी, जियालाल साह, हरिशंकर शर्मा, सानो पाइलाका नेहा पौडेल, रामबाबु सिंह, रौनक सरार्फ लगायतको उपस्थिती रहेको थियो ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    11 September, 2014

    हाम्रो वीरगंज राम्रो वीरगंज ।

    शब्द छैनन् कुन आधारमा भन्ने हाम्रो वीरगंज राम्रो वीरगंज ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    05 September, 2014

    भोलिदेखि लोडसेडिङ बढ्ने (तालिकासहित)



    नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएको छ। प्राधिकरणको नयाँतालिका अनुसार यसअघि सातामा  ५२ घन्टा हुँदै आएको लोडसेडिङ अब ५७ घन्टासम्म हुनेछ। सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड बृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह समेत हाल सञ्चालन हुन नसेको जनाउँदै साविकको तालिकामा हेरफेर गर्नुपरेको नेपाल विौुत प्राधिकरणले जनाएको छ।
    प्राधिकरणले शनिबार ९भोलि० देखि लागू हुने गरी परिवर्तित लोडसेडिङ तालिका सार्वजनिक गरेको हो। by  onlinedainik.com



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    04 September, 2014

    भारत लैजादै गरेको अवस्थामा ८८ किलो चादिँ सहित ४ जना पक्राऊ ।


    पत्रकार सम्मेलनमा उपस्थित एस.एस.पि.सर्वेन्द खनाल र ब जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक दिवेस लोहनि ।



    भदौँ १९ पर्सा 
    नेपालबाट भारततर्फ लैजान लागेको ८८ किलो गाम चादिँ सहित ४ जनालाई पक्राऊ गरेको छ । चारवटा मोटरसाइकलको सिटमुनी लुकाएर लैजाँदै गरिएको अवैध चाँदीसहित प्रहरीले वीरगन्ज भन्सारस्थित शंकरचार्य गेट अगाडीवाट भारत रक्सौलतर्फ लैजाने क्रममा उनिहरुलाई पक्राउ गरेको हो । अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले पत्रकार सम्मेलनको आयोजना गर्दै ८८ किलो पाँचसय पचास ग्राम चाँदीसहित चारजनालाई पक्राउ गरेको बताएका छन। बरामद चाँदीको बजार मूल्य करिब ६१ लाख रुपैयाँ रहेको छ । पक्राउ पर्नेमा वीरगन्ज २ छपकैयाँ निवासी २६ वर्षिय राधेश्याम साह सोनार , ,२४ वर्षिय लक्ष्मणकुमार सर्राफ, बाराको इटियाही २ निवासी राजेश साह र छपकैयाँ वडा नम्बर २ निवासी २४ वर्षिय राकेश सर्राफ रहेका छन् । उनीहरु सवार क्रमशः ना।१७ प ३७९२, ना।१३ प ५१९८, ना।४ प ४६३१ र ना।३१ प ८१५३ नम्बरको महँगा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको चाँदी र मोटरसाइकल आवश्यक लिलामी प्रकृयाका लागी राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइने प्रहरी उपरिक्षक खनालले बताए । 
    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    03 September, 2014

    जनस्वास्थ्य कार्यालयको गोदाममा छापामारी म्याद गुज्रिएको औषधीहरु नियन्त्रणमा ।


    भदौँ १८ पर्सा
    अख्तियार दुरुपयोग अनुसंधान आयोग मध्यमाञ्चल कार्यालयले आज पुन जनस्वास्थ्य कार्यालय पर्सामा छापामारी गरेको छ । तीनदिन अघि अख्तियारले सो कार्यालयमा छापामारी गरेर भ्रमण आदेशलगायतको आर्थिक कारोबारका कागजात नियन्त्रणमा लिएको थियो । आज जनस्वास्थ्य कार्यालय र सिर्सियास्थित जनस्वास्थ्य कार्यालयको गोदाममा छापामारी गरी त्याहा रहेको म्याद गुज्रिएको औषधीहरु अख्तियारको टोलिले आफनो नियन्त्रणमा लिएको छ भने म्याद भएको तर वितरण नगरेर गोदाममा थन्क्याएको औषधिहरुलाई भने शिल गरेको छ ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    अस्पतालको लापरवाहीले एक नवजात शिशुको मृत्यू,जिल्ला प्रशासन कार्यालयमा उजुरी l

    वीरगन्ज मिडिया नेटवर्कले आयोजना गरेको पत्रकार सम्मेलनमा पिडित मन्जुका ससुरा सुरी l

    वीरगन्ज १८ भदौ
    अस्पतालको लापरवाहीले एक नवजात शिशुको ज्यान गएको भन्दै पीडितले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।
    बीरगन्जको विर्ता ४ मा रहेको कृष्ण अस्पतालको लापरवाहीले शिशुको ज्यान गएको आरोप लगाउदै बारा ६ गंजभवानीपुरकी पीडित मन्जु देवीका ससुरा दिपनारायण प्रसाद सुरीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता गराएपनि स्थानीय प्रशासनले कारवाही र क्षतिपुर्तिका लागि चासो नदेखाएको पीडितहरुको गुनासो छ । माईस्थान स्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा वीरगन्ज मिडिया नेटवर्कले आयोजना गरेको पत्रकार सम्मेलनमा पिडित मन्जुका ससुरा सुरीले अस्पताल कर्मचारीहरुको लापरवाहीले आफना नवजात शिशुको ज्यान गएको आरोप लगाए । भदौ १४ गते गर्भावती महिला मन्जु प्रसुतीको लागि कृष्ण अस्पतालमा भर्ना भएकोमा सो दिन साझ उनले छोरी जन्माएको केहि बेरमै अस्पतालको नर्सले मृत अवस्थामा छोरी जन्मेको जानकारी गराएको सुरीले बताए । तर त्यसको भोलिपल्ट अस्पतालकै अर्की एक नर्सले सो बच्चा जिउदो रहेको बताएपछि अस्पतालकी चिकित्सक मन्जुलत्ता अग्रवालको सल्लाहमा नेशनल मेडिकल कलेजमा उपचारका लागि उपचारका लागि भर्ना गराएकोमा मृत्यु भएको उनले पीडा पोखे । मन्जुका ससुरा सुरीले अस्पतालका कर्मचारीको गलत जानकारीले गर्दा जिउदै जन्मेका बच्चाको ज्यान गएको आरोप लगाउदैं अस्पताल कर्मचारीहरुलाई कडा भन्दा कडा कारवाही माग गरेका छन । यसैबीच, गम्भीर अवस्थामा रहेको सुत्केरी मन्जुलाई सो अस्पतालकी चिकिस्तक अग्रवालले घटनाबाट उम्कनका लागि थप उपचार गर्न भन्दै नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएकी थिइन । तर त्यहां पनि उनको अवस्थामा सुधार नआएपछि पीडितका आफन्तले कृष्णा अस्पतालमा होहल्ला गरेपछि घटना साम्य हुने मनाशायले चिकित्सक अग्रवालले आफनै पहलमा भरतपुर पठाएको पीडित परिवारजनले बताए । तर भरतपुर पु¥याएर आफुहरुलाई अलपत्र पारेको मन्जुका ससुरा सुरीले दुखेसो पोखे ।  पत्रकार सम्मेलन मिडिया नेटवर्कका अध्यक्ष्ँ नरेश सर्राफको अध्यक्ष्ँतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सस्थाका कोषाध्यक्ष जियालाल साहले गरेका थिए ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    वीरगंजस्थित भन्सारमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा भीषण आगलागी, करोडौं रुपैयाँ बराबरको सामान जलेर नष्ट सम्पुर्ण फोटो फिचर ।।



     वीरगंज, भदौँ १९ 
    वीरगन्ज भन्सार कार्यालय परिसरको गोदाम घरमा बुधबार बिहान भीषण आगलागी भएको छ। भन्सार कार्यालयको पश्चिमतर्फको यार्डभित्र अवस्थित पुरानो गोदाम घरमा बिहान दुई बजेदेखि आगलागी शुरु भएको हो। आगो ८ घण्टापछि नियन्त्रणमा लिइएको छ। बुधबार बिहान २ बजे लागेको आगो दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा नियन्त्रणमा लिइएको हो । 
    गोदामका गार्ड दलबहादुर परियारका अनुसार बिहान करिब दुई बजे सर्ट सर्किट भएर एमसिबी स्वीच बोर्डमा धुँवा देखिएको थियो। धुँवा देखिएलगत्तै आफूले एमसिबी स्वीच अफ गरेको केही बेरमै गोदामभित्र दनदनी आगो बलेको परियारले बताए। 
    फलामको पाताबाट बनाइएको करिब दुई सय मिटर लामो गोदामको पश्चिमपट्टीबाट शुरु भएको आगोको धुँवा बन्द गोदामभित्र पुरै फैलिएको छ। गोदामभित्र सूर्यमुखी तेल, रेफ्रिजरेटरमा प्रयोग हुने ग्याँस भरिएका सिलिण्डर, कपडा, महँगा मोटरसाइकल, कम्प्युटर पार्टस्, म्युजिक सिस्टमलगायत बीस करोड रुपैयाँभन्दा बढीका सामान भण्डारण गरिएका थिए। 
    भन्सार अधिकृत गुणराज सुवेदीका अनुसार आगलागी भएको कुनामा मंगलबार मात्र एक कन्टेनर सूर्यमुखी तेल भण्डारण गरिएका थिए। सूर्यमुखी तेल र रेफ्रिजरेटरको ग्याँसका कारण आगो दनदनी बलेर गोदामभित्र फैलिएको थियो। आगोको गती तीब्र भएकाले पाँचवटा वारुण यन्त्रको मद्दतले समेत घण्टौंसम्म आगो निभाउन सुरक्षाकर्मीले सफलता पाएनन्। 
    आगलागी शुरु भएको तीन घण्टापछि वीरगन्ज उपमहानगरपालिका कार्यालयको एक्साभेटरको सहयोगमा गोदाम घर ठाउँ ठाउँमा भत्काएर क्षतिग्रस्त बनाइएपछि आगोबाट मालसामानको क्षति नियन्त्रणमा सहयोग पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।   
    जिल्ला प्रहरी कार्यालय, सीमा सुरक्षा बल, नेपाली सेनाको वरख गण र उपमहानगरपालिका कार्यालयको अग्नी नियन्त्रक दलले बिहान तीन बजेदेखि नै आगलागी नियन्त्रणमा लिने प्रयास जारी राखेका छन्। आगलागी नियन्त्रणका लागि वीरगन्ज, कलैया र हेटौंडा नगरपालिकाका साथै नेपाल आयल निगमको सहित पाँचवटा दमकल प्रयोगमा ल्याइएको थियो।  आगलागी नियन्त्रणको प्रयास जारी रहेकाले क्षतिबारे यकीन हुन सकेको छैन। By setopati.com
    थप भिडियो सामाचारका लागि www.avenues.tv मा हेर्नु होला ।
    प्रकाशित मिति: बुधबार, भाद्र १८, २०७१ 










    01 September, 2014

    नक्कली औषधी कारखानामा प्रहरीको छापा ।






    औषधी कारखाना ।


    भदौ १६ पर्सा

    जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले आज वीरगंजको वाईपास स्थित ब्रह्मटोल १८ मा अबैध रुपमा औषधी फैट्रि सञ्चालन गर्दै गरेको सुचनाको अधारमा छापामारी गरेको छ । छापामारीको क्रममा विभिन्न शक्ति बद्र्यक औषधीहरु सिवम हर्बल प्रोडक्ट र सिवम हर्बलको नाममा अखाद्य बस्तु मिसावट गरेको आरोपमा फैट्रिका सञ्चालक अम्रेस कुमार गुप्ता सहित सम्पुर्ण समानहरु नियन्त्रणमा लिएको छ । 
    फैट्रिमा छापामारीको क्रममा सिवम हर्बल प्रोडक्ट र सिवम हर्बलको नाममा सिवम गुलकोज डी, माल्टभिटा, अभिप्रो नाम गरेको औषधि बनाईरहेको अवस्थामा प्रहरीले फेला परेको थियो ।
    थप सामाचारका लागि  www.avenues.tv


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    रुगटा वेलफेयरको वार्षिकउत्सव समपन्न् विभिन्न व्यक्तिलाई सम्मान् ।


    भदौँ १६ पर्सा
    रुगटा वेलफेयर सोसाइटी वीरगंजले आज आफनो ५ औ वार्षिकउत्सव समारोह मनाएको छ । स्थापनाकाल देखि नै विभिन्न समाजिक सेवामा सहयोग गर्दै अएको यस वेलफेयरले आफनो वार्षिकउत्सवको अवसरमा कान सम्बन्धी रोगको उपचारका लागि अस्पताल निर्माण गर्न बहुअरी ७ स्थित गण्डक चोकमा पाच कठ्ठा क्षेत्रफलको जग्गा इम्प्याक्ट नेपाल नामक गैर सरकारी संस्थालाई वेलफेयरका अध्यक्ष मुरलीधर रुगटाले हस्तनान्तरण गरेको छ ।
     यसैगरी कार्यक्रमका अवसरमा महिलाहरुको सकृयतामा सञ्चालित उमन स्कील सेन्टरलाई एक थान कम्प्युटर र गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि त्रिभुवन हनुमान मावि, माईस्थान विद्यापिठ मावि, दलित प्रावि लगायतको विद्यालयमा १० हजार ५ सयको छात्रवृति प्रदान गरेको थियो । कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष रुगटाले निकट भविष्यमै मृगौला रोगीहरुको सहज उपचारका लागि स्वास्थ्य संस्थालाई डायलशिश मेशिन हस्तनान्तरण गर्ने र शिक्षा, स्वास्थ्य सेवाको प्रवद्र्धन र धार्मिक स्थलहरुको संरक्षण सम्वद्र्धनका लागि निरन्तर समानिक सेवामा सहयोग गर्ने बताएका थिए ।
    कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी योगराज पाण्डे, बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल, उधोग वाणिज्य संघका अध्यक्ष अशोक बैध, पुर्व सभासद ओमप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियोे ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    अञ्चल प्र्रहरी नारायणीदवरा २० लाखको अबैध कपडा बरामद ।


    भदौँ १६ पर्सा
    अञ्चल प्र्रहरी कार्यलय नारायणीले विशेष सुचनाको आधारमा भन्सारवाट चोरी पैठारी गरि वीरगंज ल्याईरहेको अवस्थामा आज विहान ईनवा गाउँवाट अन्दाजि २० लाख बराबरको कपडा बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।
    बरामद समानमा कुर्ता सुरुवाल १३५ पिस, सियाराम कम्पनिको ११३, लोमवार्ड कम्पनिको १०३,  मिस्टर कम्पनिको ७१, चिनार कम्पनिको ३५, रेटन कम्पनिको ५०, सियारम कम्पनिको सर्ट १९ रोल र साइकल ११ थान गरि करिब २० लाख मुल्य बरावरको कपडा प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको हो ।  अञ्चल प्रहरी कार्यलयका प्रहरी बरिष्ट उपरिक्षक सर्वेन्द्र खनालको नेतृत्वमा रहेको टोलिले विहानको समयमा ईनर्वा गाऊमा पुग्दा उक्त समानहरु छोडेर तस्करहरु भागेको दावि गरेका छन् । बरामद समानहरु आवश्यक अनुसन्धान गरि वीरगंज भन्सारमा पठाईने प्रहरी बरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले जनकारी गराउनु भएको छ ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    अख्तियारद्वारा जनस्वास्थ्यमा छापा ।


    भदौँ १६ पर्सा
    अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यलय हेटैडाको टोलिले आज जिल्ला जनस्वास्थ्य कार्यलय पर्सामा छापामारी गरि गतवर्षभरिको कागजात नियन्त्रणमा लिएको छ ।
        अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यलय हेटैडामा जनस्वास्थ्य विरुद्व व्यापक रुपमा उजुरु आएको आधारमा जिल्ला जनस्वास्थ्य कार्यलयमा छापामारी गरेको प्रवक्ता महेन्द्र भट्टराईले जनकारी गराउनु भएको छ । भट्टराईका अनुसार उजुरीमा जनस्वास्थ्यले औषधी खरिद, सुतकेरी भक्त, समान खरिद, डेगुको नियन्त्रण, टिएडिए खर्च लगायतको वजेटमा अनयमितता भएको अधारमा अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिईएको बताउनु भएको छ । ५ जनाको टोलिमा आएको अख्तियारको टोलिले जिल्ला जनस्वास्थ्य कार्यलय पर्साका प्रमुख अरुण कुमार महतोसंग बुझेका थिए ।   
     

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    24 August, 2014

    महिला पत्रकार समुहको तिज विशेष कार्यक्रम समपन्न । सम्पुर्ण फोटो फिचर सहित । ।



    वीरगन्ज ८ भदौ 
    हरी तालिका तीज पर्वको पूर्व सन्धायामा वीरगन्जका विभिन्न महिला संघ सस्थाहरु दर खुवाउ तीज मनाई रहेका छन । वीरगन्जका महिला पत्रकार समुहले आज समुदायहरुको विचमा भव्य रुपमा तीज मनाईरहेका छन । वीरगंज चिनिमेल आवस क्षेत्रमा आयोजित कार्यक्रममा तीज गितमा नाच्दै दर खाने कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल उधोग वाणिज्य माहासंघका केन्दिय सदस्य मुकेश सरावगि , उधोग वाणिजय संघका अध्यक्ष अशोक बैध, अंचल प्रहरी कार्यालय नारायणीका वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्ण उदास खनाल,  लगायतको उपस्थिति रहेको थियो । 
    कृप्या साथिहरु विसिएन फोटो कन्टेसटमा आफनो अमुल्य लाईक गरि फोटो पुरस्कारको उपाधि जिताउन सहयोग गर्नुहोला । त्यसका लागि तल दिएको लिकमा गई लाईक गर्नु होला । 
    रामरो लागे कमेन्ट गरि सहयोग गर्नुहोला ।  

























    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    Scroll to Top