• नयाँ खबर

    26 September, 2016

    कोपभाजनमा नपरोस् भाषा


    मध्य नेपाल सन्देश
    विरगञ्ज, वीरगञ्ज, वीरगंज र वीरगन्ज उच्चारणले उति झट्ट फरक जस्तो लाग्दैन । तर यो एउटा शब्द लेखाइले भने वीरगन्जवासीलाई अब हामी कुन वीरगन्जका हौँ ? हाम्रो वास्तविक पहिचान कुन वीरगन्जको हो ? भन्नें द्विविधा खडा गरिदिएको छ । 
    आफूलाई नेपाली भाषाको ज्ञानका पण्डित ठान्ने वर्तमान ठालुाहरुले एउटा शब्दलाई यसरी खण्डित पार्दैछन् । यो त केवल नमूना मात्र हो । सरल प्रविधिमैत्री बनाउने नाममा यतिवेला नेपाली भाषाको कुल र मूलमा प्रहार गर्ने अनि बनिबनाउ अर्थपूर्ण र विवादरहित शब्दहरुलाई पदयोग गराइने काम भईरहेको छ । दुई कौडीको ज्ञानलाई करोडौं नेपालीको ज्ञानमाथि सौदावाजी गर्ने शैली कपटपूर्ण छ । व्याकरण, वर्णमाला र लिपिको संयोगबाट शब्दहरुको संरचना हुन्छ । कला, साहित्य संस्कार, संस्कृति, दर्शन र सभ्यता प्रारम्भको प्रस्थान विन्दु पनि त्यहिबाट हुन्छ । शब्दहरुको भाव ग्रहण पनि क्रमशः वर्णमाला, व्याकरण र लिपिबाटै हुने हो । क्षणिक, आवेग वा एकल व्यक्ति विशेषको प्रयासले वर्णमाला, व्याकरण र लिपि तयार भएको हुदैन । विश्वमा रहेका सम्पूर्ण भाषामा लागू हुदै आइरहेका नियमहरुकै परिधिभित्र देवनागरी लिपिमा नेपाली भाषा निरन्तर पुष्पित र पल्लवित हुंदै आइरहेको छ । 
    भाषाको मेरुदण्ड, मुटु वा मूलाधार भनेकै वर्णहरु हुन् । १६ वटा स्वरवर्ण र ३६ वटा व्यञ्जन वर्ण गरी ५२ वटा वर्णमालाको प्रयुक्त नै नेपाली भाषाको शब्द निर्माणका आधार श्रोत हुन् । यिनै १/१ वर्णबाट लाखौँ, करोडौँ शब्द निर्माण हुन्छ । यस्ता आधार विन्दुका वर्णमालाबाट विस्तारै वर्ण हटाउनु, घटाउनु र कटाउनु भनेकै भाषाको हत्या गर्ने विषाक्त षडयन्त्र होइन भन्न सकिन्न । 
    संसारमा भएका कुनैपनि भाषा विज्ञान र वैज्ञानिकहरुले कथ्यलाई मानक भनेको पाइदैन । कथ्य मानक हुने सम्भावना पनि हुंदैन । शुभारम्भदेखि अविच्छिन्न रुपमा कायम रहदै आएका नेपाली वर्णमाला माथि भाषा माफियाहरुको दुष्प्रयासले कता–कता धावा बोलिरहेको छ । शब्दको अर्थ वंग्याएर त्यसको हुर्मत लिई नेपाली भाषालाई कोपभाजनमा पर्ने अधिकार कसैलाइ छैन । भाषा भाफियाहरुको यो भयानक षडयन्त्रले नेपाली कला, साहित्य, संस्कार संस्कृतिको अपव्याख्या गरी कानूनतः तथ्य प्रस्तुत गर्ने आधालाई समेत निस्तेज पार्दछ । अनि प्रामाणिक इतिहासलाई एकै पटक, एकमुष्ट रुपमा प्रयोजनहीन बनाएर समाप्त पारिदिन्छ । सर्वभौम प्रत्येक राष्ट्रको प्राण प्रयोजनहीन बनाउने उस्तै अनुहारका षडयन्त्रकारीहरुसंग अब नेपालीहरुले चनाखो भएर बस्न आवश्यक भैसकेको छ । नत्र तथाकथित सरल प्रविधिमैत्री भाषाको नाममा कपटपूर्ण, छद्मभेशी षडयन्त्रकारीको भयानक योजना भित्र देशका ऐन कानूनको परिभाषा बँधुवा जस्तो बन्न सक्छ । अनि प्रकारान्तरले जालसाजी पूर्ण अथ्र्याइबाट देशका सम्पूर्ण शिक्षक, विद्यार्थी, कवि, लेखक, पत्रकार, साहित्यकार, सेना, प्रहरी, कानून र विद्यालय, विश्वविद्यालय तथा प्राध्यापक र न्यायकर्मी समेत भाषा माफियाहरुको कोपभाजनको शिकार बन्ने छर्लङ्ग छ । त्यसैले भाषालाई तोडमोड गर्ने भाषा माफियालाई छुट दिनु अपराधीलाई जन्माउनु जस्तो हो । गणतान्त्रिक नेपालका नेपालीको सम्पूर्ण सार्वभौम अस्तित्व र पहिचानलाई सधंैका लागि समाप्त पार्न तम्सेका त्यस्ता लोभीपापीहरुको षडयन्त्र विफल पार्न नेपाली युवापंति अग्रसर हुनुपर्छ । त्यसो नभए वीरहरुको वीरगन्ज जस्ता सर्वथा अस्तित्वमा रहेका वीरगन्जवावसीको मात्र होइन सबै नेपालीको टाउको दुःखाइ बन्न सक्छ । 

    संयुक्त लालपुर्जा अभियानले महिलाहरुको भूमिमा पहुँच बढ्दै


    — कोपिला चौलागाई 
         मध्य नेपाल सन्देश
    पिता पुूर्खादेखि नै पितृसत्तात्मक संरचनामा चल्दै आएको छ  हाम्रो समाज । भनाईमा चाहि श्रीमान् श्रीमती एक रथका दुई पांग्रा हुन् भनिन्छ । तर वास्तविकता भने अर्कै छ । जतिसुकै आदर्शको कुरा गरे तापनि आफ्नो घर परिवारमा महिलाहरुलाई बराबर अधिकार दिने वा सामान निर्णय गर्न पाउने हक अपवादमा नै भेटिएला । हुन त अहिले महिला अधिकारको क्षेत्रमा काम गर्ने धेरै सामाजिक संघ संस्थाहरु रहेका छन् । जसको कारणले गर्दा हाम्रो मधेशको घुम्टोभित्र रहेका महिलाहरुलाई समाजमा नागरिकको रुपमा उभ्याउन सहयोग गरिरहेको छ । पहिलेको तुलनामा अहिले महिलाहरु धेरै अगाडी आउने कोशिश गरिरहेका छन् र कतिपय महिलाहरु समुदायमा आफ्नो स्थान बनाउन पनि सफल हुन थालेका छन् । 
    केही गैर सरकारी संघसंस्थाले संचालन गरेको सक्षम परियोजना अनुसार पनि समाजमा सामाजिक परिवर्तन भइरहेको छ । दिव्य यूवा क्लवले पनि विभिन्न गा.वि.स.हरुमा यस्तैै कार्यक्रम गरी महिला अधिकार सम्बन्धी विभिन्न कामहरु गर्दै आईरहेको छ । जसम महिलालाई संयुक्त लालपुर्जा लिन उत्प्ररित गर्ने अभियान पनि एक हो । 
    महिलाहरुले बाहिर निस्केर हिड्नु हुदैन, घरको शोभा बढाउनुपर्छ, महिलाले लजाउन जान्नुपर्छ, घर परिवारका सदस्यहरुको सेवा गर्नुपर्छ, समुहहरुमा सहभागि हुनु हुदैन भन्ने जस्ता कयौँ मान्यता बोकेको समुदायमा महिला अधिकारको नै कुरा गर्दा स्थानीय पुरातनवादी सोच भएकाहरुले बाधा अड्चन ल्याउने त सामान्य नै हो । तै पनि आफुमा ईच्छा भएको खण्डमा त्यस्ता वाधा अड्चनहरुले केहि असर नगर्ने र आफ्नो दद्देश्यमा पुग्न सकिने उदाहरणहरु पनि स्थानीय महिलाहरुले नै प्रस्तुत गरेका छन् । सन् २०१३ देखि भूमिमा महिलाहरुको पनि अधिकार स्थापीत हुनुपर्छ भन्ने उद्देश्यका साथमा संयूक्त लालपुर्जा दर्ता अभियान सुरु गरिएको थियो । यो अभियान सजिलो भने पक्कै थिएन । महिला अधिकारको कुरा गर्दा समाज बिगनर्ज आएका, घर भाँड्न आएका भन्ने सोच भएको पितृप्रधान समुदायमा भूमीमा महिलाको पनि हक हुनुपर्छ भन्ने अभियान संचालन गर्दा महिलाहरुलाई नै धम्की दिने पनि गरेका थिए तर नियमित रिफ्लेक्ट सर्कलहरुम छलफल, नियमित सामाजिक परिचालन र घरभेटको माध्यमले महिलाहरुसंग नियमित भेटघाट गरि यो अभियानलाई निरन्तर संचालन गर्न सकिरहेका छौँ । रिफ्लेक्ट सर्कलमा नै छलफल हुने क्रममा महिलाहरुले आफुहरुले घरमा संयुक्त ललापुर्जाको कुरा गर्दा श्रीमान् रिसाउने अनुभव  पनि महिलाहरुसँँग छ । 
    धेरैले वीरगंज मालपोत कार्यालयमा आएर आफ्नो लालपुर्जालाई संयुक्त बनाएका पनि छन् ।  यस्तै गरि बिस्तारै बिस्तारै संयुक्त लालपुर्जा बनाई आफ्नो श्रीमतीको नाममा सम्पत्ति गराउने घर परिवारको संख्या बढ्दै पर्सामा पनि बढ्न थालेको छ । अहिले सम्ममा ७५ जोडीहरुले जिल्लामा संयुक्त लालपुर्जा बनाई सकेका छन् । हाम्रो उद्देश्य संयुक्त लालपुर्जा बनाउने ता की समुदायमा भएको कुनै एकको नाममा सम्पत्ति भएपछि श्रीमतीले लिएर भाग्ने र श्रीमान्ले अर्की ल्याउने भन्ने डर समाप्त होस र बराबरी होस । 

    संविधान दिवस र स्मरणमा पछिल्लो मधेश आन्दोलन

    दिप ज्योति श्रेष्ठ
    मध्य नेपाल सन्देश
    विगतलाई फर्केर हेर्ने हो भने अधिकार प्राप्तिका लागि धेरै पटक आन्दोलन भएका छन् । २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि राणा विरुद्ध लडेका नेपालीलाई २०४६ सालमा पुनः आन्दोलन गर्नुपर्ने अवस्था आयो  । यस्तै ०६२ र ०६३ सालमा लोकतन्त्रको लागि नेपाली जनताले रगत बगाए, परिणाम स्वरुप देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भयो । देशमा दुई दुई पटक संविधानसभाको निर्वाचन भयो । पहिलो पटक जनताकै प्रतिनिधिहरुले संविधान निर्माण गरेका छन् । पहिलो संविधानसभाको असफलता पछि दोस्रो पटक निर्वाचन गरेरै भए पनि संविधान लेखनको कार्यलाई दलहरुले संविधान सभाबाटै गर्न भने सफल भएका हुन् । तर पहिलो र दोस्रो संविधानसभा निर्वाचनको वातावरण भने फरक भईसकेको थियो । पहिलोमा सबै राजनीतिक दलको साझा एजेण्डा संविधान सभाको निर्वाचन थियो भने दोस्रोमा केहि दलले निर्वाचन बहिष्कार गरेका थिए । जे भए पनि अधिकांश दल र जनताले निर्वाचनमा सहभागिता जनाए । यसैको परिणाम स्वरुप २०७२ असोज ३ गते संविधान सभाले संविधान जारी गर्न सफल भएको हो । राजधानीमा संविधान जारी भईरहेकै समयमा मधेश केन्द्रित दलहरु भने संविधान सभालाई बहिष्कार गरेर आन्दोलनमा होमिएका थिए । यसरी संविधानसभाले जारी गरेको संविधानलाई एक क्षेत्रले अस्वीकार गर्दा संविधान कार्यन्वयनको पाटोमा शंका उत्पन्न भएको छ । 
    अघिल्लो वर्ष ठिक यहि समयमा देशले संविधान पाएको थियो । समय यहि,  मौसम यहि । वर्षालाई विदाई गर्दै शरद् ऋतुलाई स्वागत गर्ने समय भएको थियो । न्यानोपन दिने मौसमको अन्त हुँदै जाडो याम सुरु हुँदै थियो तर देशको वातावरण भने ताँतीदै थियो । कारण मधेश केन्द्रित दलहरुको आन्दोलन थियो । संविधान सभाले जारी गरेको संविधानको विरुद्धमा उनीहरु आन्दोलनमा उत्रिएका थिए । अर्कातिर देशलाई विनाशकारी भुकम्पले छियाछिया पारेको थियो । जनजीवन आक्रान्त थियो । तराई बन्द र भारतीय पक्षबाट भएको नाकाबन्दीले जनजीवन अत्यन्त कष्टकर बनेको थियो । 
      भन्न त यो समयलाई चाडबाडको समयभन्दा पनि फरक नपर्ला । किनकि धेरै नेपालीहरुले मनाउने महान् चाडहरु यहि समयमा पर्ने गर्दछन् । तर दशैं, दिपावली, ईद र छठजस्ता पर्वहरुलाई धुमधामसँग मनाउने नेपालीलाई देशको वातावरणले भने त्यति साथ र सहयोग गरेन । सबै जसो मुख्य पर्वहरु यहि समयमा पर्नुमा कुनै खास कारण छ या यो संयोग मात्रै हो । त्यो त थाहा भएन तर यो नेपाली समाजको बडो रमाइलो विशेषतालाई चाहिं मान्नुपर्छ । परम्परादेखि चलिआएको समाजलाई मिलाउन गरिएका प्रयासलाई हामीले स्वीकार गर्ने वा ग्रहण गर्ने विषयमा भने अझै पनि दुविधामै छौँ कि जस्तो देखिन्छ ।  हामी हाम्रै व्यवहारका कारण यहाँ एकले अर्काको अस्थित्व स्वीकार गर्न निकै अप्ठ्यारो छ जुनकुनै क्षेत्रमा । अघिल्लो वर्षको यो समयमा पनि कहि कतैबाट यतातर्फ ध्यान दिइएको थिएन । यसले समाजमा रहेका विभाजनका रेखालाई थप बढावा दिने त होइन भन्नेमा नयाँ नयाँ अडकलबाजीहरुले स्थान पाएको छ । समाजमा हुने हरेक गतिविधिमा राजनीतिको भूमिका हुन्छ । खासमा राजनीतिले मानिसहरुलाई जोड्ने काम गर्नुपर्ने हो । तर त्यो परिवेशलाई हेर्दा हाम्रो परिस्थिति त्यस्तो देखिदैन । राजनीतिले हामीलाई जोडिरहेको छ भन्ने आभास मिल्ने कुनै गतिविधि पाइएन । उल्टै समाजमा विभिन्न एजेण्डा दिएर यो या त्यो बहानामा विभाजन तिर धकेलिरहेको पाइयो । राजनीतिले निम्त्याएको त्यो विभाजन बडो कठोर सावित भयो हामी नेपालीको लागि । पछिल्लो वर्षका गतिविधिलाई विष्लेषण गरेर हेर्दा विभाजन र विभेदले नागरिकहरुमा थप पीडित जस्तो महसुस गरेको थियो । राज्यले नागरिकलाई गर्नुपर्ने व्यवहार असमान नीति अबलम्वन गरेकै समयमा नागरिकहरु आफै पनि यो विभाजनमा तेल थप्न लागिपरेको जिउँदो इतिहास हाम्रो अगाडि ताजै छ । राज्यले नागरिकलाई समान व्यवहार गर्न सकेनन् । काठमाण्डौका जनतालाई केहि हदसम्म सहयोग गर्न तम्सिएको राज्यले मधेशका जनतालाई आफ्ना हुन् भन्नेमा स्वीकार गर्नै सकेन । यसको मुल जड मधेशी नेताहरुको स्वार्थ केन्द्रित राजनीतिले पनि केन्द्र र मधेशलाई थप दुरी कायम गर्न भूमिका खेलेको छ । सरसर्ती हेर्दा सार्वजनिक सेवा सुविधामा बडो नसुहाउँदो किसिमको भेदभाव महसुश भएकै हो । हामी पहाडमा,  राजधानीमा बस्नेलाई त भने मधेशी समुदायलाई त उनीहरु प्रति गरिएको व्यवहार झन् कठोर लाग्नु स्वाभाविक थियो । लगातारको बन्दले उनीहरु नै थलिनु परेको र त्यसमाथि अविभावकको भूमिकामा देखिनु पर्ने राज्यको पराया व्यवहारले थप दुखित बनाएको थियो । यता आवाज विहिनको आवाज मानिने राष्ट्रिय मिडियाहरुमा पनि त्यस्तै विभाजन र विभेदहरु देखिएका थिए । सतहमा उसै डम्फू बजाएजस्तै । सार्है नै सतही समाचार र विश्लेषणले दिक्कको वातावरण सिर्जना गरेको थियो । जे विषय वस्तुलाई राष्ट्रिय मिडियाले उठान गरेका हुन्थे त्यहाँको वातावरण अलि भिन्न भएको आन्दोलन भुक्तभोगीहरुले नै बताउने गर्थे । काठमाडौको अभावलाई मात्रै अभाव जस्तो गरि विषयवस्तुहरुको प्रस्तुतिकरणले मधेशको समस्यालाई ओझेलमा पारेको थियो । सरकार राजनीतिक दल र मिडियाहरुबाट वहिष्करणमा परेको महसुश गरेका मधेशी समुदाय केन्द्रबाट दुरिमा राखेर हेर्नेगरेको अनुभुति गरिरहेका देखिन्थे । उता सामावजक सञ्जालमा सामान्य मान्छेदेखि बौद्धिक समुदाय समेत तुक्ष रुपमा प्रस्तुत हुनुले समाज थप नकारात्मक दिशातर्फ अगाडि जाने त होइन भन्ने आशंकालाई थप बल पुर्याएको थियो । यहि मेसोमा बुझेर होस् या नबुझी उग्र राष्ट्वाद, जातीवादमा समेत रमाउने बानी परिसकेको छ नेपाली समाजमा जुन समग्रता मै प्रतिउत्तपादक बन्न नसक्ला भनेर भन्न सकिन्न ।
    संविधानप्रति असहमति जनाउदै गरिएको आन्दोलन झण्डै आधा वर्ष चल्यो, लगभग ५० जनाले ज्यान गुमाए । यो अवधिमा पटक पटक वार्ता भए पनि सबै कोलाहल र हल्ला मच्चाउनमै केन्द्रित भए । खास जनताले उठाएका माग सम्बोधन तर्फ न वार्ताको समयमा ध्यान दिइयो न त सम्झौता को चरणमै । 
    दिन महिना हुँदै संविधान जारी भएको समय पनि एक वर्ष पुगेको छ । राजधानीले संविधान दिवस मनाउने तामझाम गर्दै छ भने मधेश केन्द्रित दलहरुले असोज ३ लाई कालो दिनका रुपमा मनाउने घोषणा गरिसकेका छन् । तर परिस्थिति भने बदलिएको छ । संविधानसभा बहिष्कार गरेका दलहरु संविधानसभाले नै जारिगरेको संविधान संशोधन मार्फत् आफ्ना माग पूरा गर्ने प्रयत्नमा छन् । यो सकारात्मक संकेत हो । पहाड र मधेशको बीचमा देखिएको खाडल पुर्नका लागि पनि दलहरु यो मार्गमा हिड्नु अनिवार्य छ । प्रजातन्त्रका लागि देशमा पटक पटक भएका आन्दोलन जस्तै मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने नाममा पनि विभन्न समयमा मधेशमा आन्दोलन भईरहेका छन् । तर उपलब्धि के भए त भन्ने विषयमा भने अहिलेसम्म कुनै ठोस आधार तयार भएको देखिदैन । आन्दोलन हुन्छ केहि मान्छेको मृत्यु हुन्छ, केहि घाइते र अंगभंग हुन्छन् । यसैको आडमा वार्ता हुन्छ र केहि थान सम्झौता गरिन्छ अनि आन्दोलन सकिन्छ । त्यस पछिको कार्यान्वयनको चरणमा भने दुबै पक्ष मौन देखिन्छन् । अनि पुनः आन्दोलन गर्ने वातावरण सिर्जना हुन्छ । यस्ता विषय समेत हाम्रो देशका प्रमुख समस्याका जड हुन् । मधेशमा मात्र नभई जुनसुकै आन्दोलनको अन्त्य यसरी नै हुने गरेका हुन्छन् । तर मधेश नेतृत्व उपलब्धिको रक्षाभन्दा पनि पार्टी र व्यक्तिको स्वार्थमा लाग्ने भएका कारण थप समस्या भएको बताउने गर्छन् जानकारहरु ।
    मधेशमा अन्याय छ, विभेद छ, थिचोमिचो छ । त्यसैको आडमा आन्दोलन उठाउने गरिन्छ तर यसलाई समाधान गर्नेतिर न मधेशकेन्द्रित दल केन्द्रित छन् न त सत्तामा हालीमुहाली गर्ने नै । देशमा अहिले संविधान कार्यन्वयनको मुद्दा केन्द्रमा छ । संविधान कार्यन्वयनका लागि सबै क्षेत्रबाट उठेका आवाज सम्बोधन गरिनु आवश्यक छ । संविधान कार्यन्वयनको मुख्य चुनौती मधेश पनि हो । सम्झौतामा टुंगिएको पछिल्लो मधेश आन्दोलनका जायज मागहरु संविधान  संशोधन मार्फत् सम्बोधन गरिनुपर्छ । यसले संविधान कार्यन्वयनलाई केहि सहजता प्रदान गर्दछ । राज्यको पुनः संरचनाजस्तो जटिल मुद्दामा विवाद कम हुने गरि समाधान खोजिनुपर्छ । हिमाल, पहाड र तराई सबै क्षेत्रलाई केन्द्रले समान रुपले हेर्नुपर्दछ । पछिल्लो समय मधेश र केन्द्रका बीचमा जबर्जस्त दुरी कायम गर्न खोजिनु गलत छ । विभाजनको रुपमा स्थापित हुँदै गएको राजनीतिक संस्कारलाई विभाजनको लागि होइन जोड्ने कडीको रुपमा स्थापित गर्नुपर्दछ ।
    जबसम्म नागरिक आफ्नो अधिकार प्रति सचेत नभई आँखा चिम्लेर राजनीतिक नेतृत्वको पछाडी लाग्दछ त्यो पनि प्रतिउत्पादक हुनसक्छ भन्नेमा पनि नागरिक स्वयं सचेत हुनुपर्दछ । नत्र विभिन्न उद्देश्यले सिर्जना गरेको स्वार्थपूर्ण एजेण्डाहरुले निम्त्याएको विभेद र विभाजनको शिकारमा बिनासित्ती हामी आम नागरिक नफसिएला भनेर भन्न सकिन्न ।
    यति लामो समय चलेको र यतिका मान्छेले ज्यान गुमाउनु परेको यो आन्दोलनको स्मरण के नागरिकलाई जस्तै हाम्रा राजनीतिक नेतृत्वहरुलाई छ होला त ? एक वर्षपछि समीक्षा गर्दा अझै पनि ‘मधेश आन्दोलनले के न्याय पायो त ?’ भन्ने प्रश्नमा अल्झिनु प¥यो भने त्यो जतिको नमजा अरु केही हुन सक्दैन । 

    गरीबको दीनचर्या प्रति उदासिन राज्य र राजनीतिकर्मीहरु


    माधुरी महतो 
    मध्य नेपाल सन्देश
    पर्साको रतनपुरी गाविसमा अरुको घरमा बस्दै आएका बागड मियाँको परिवार बसाई सरी विगत दश वर्षदेखि पर्साको लालपर्सा गाविसको वडा नं. ५ प्रसुतीपुर टोलमा बस्दै आएको छ । उनीहरुसंग सम्पतिको नाउँमा एकसुका पैसा पनि छैन । भाइले बस्नका लागि मात्रै दिएको अढाइधुर जग्गामा फुसको छाप्रो बनाई बसेका बागड मियाँको छ जनाको परिवारलाई दिनहुँ खान लाउन पनि धौ धौ परेको छ । २ जना छोरी , २ जना छोरा , बिरामी बुढा र आफनो लागि बिहान बेलुकाको छाक टार्न सधैँ अरुको खेतमा काम खोज्न जानुपर्ने बाध्यता रहेको  छ मियाँकी श्रीमती नायदा खातुनलाई । 

    जन्मैदेखि बोल्न र  सुन्न नसक्ने समस्याबाट पीडित श्रीमान्लाई केही समयपछि हिड्न समेत समस्या हुन थालेपछि घरको खर्च जुटाउन उनले घरबाट बाहिर निस्केर अरुको खेतमा काम गर्न थालेको बर्षांै वितिसक्यो तर समस्या भने जस्ताको त्यस्तै छ । काम नभेट्दा कहिलेकाही पुरै परिवार भोकभोकै सुत्ने गरेको तितोपन अनुभव उनीसँग छ । ऋण माग्दा पनि तिर्ने आयश्रोत नदेखेर बच्चा, बुढा बिरामी पर्दा गाउँलेहरुले सहयोग गर्न पनि हिच्किचाउने गरेको उनी बताउँ छिन् । आफू पनि अरु स्वस्थ मानिस जस्तै कमाउन सकेको भए बच्चा र बुढीलाई मिठो मिठो खान दिने र राम्रो लाउन दिनुका साथै खुशीका साथ जिवन यापन गर्ने ईच्छा भएपनि अपागंता भएका कारण त्यो ईच्छा पनि सम्भव नभएको पीडित बागड मियाँ पनि असाध्यै दःुखी छन् । श्रीमतीले अहिले सम्म जसोतसो धानेको भएपनि आउने दिनमा गुजारा कसरी चलाउने भन्ने कुराले सताएको छ बागड मियाँको परविारलाई । 

    गाउँमा नै रहेको न्यु नमुना युवा क्लबको अध्यक्ष मनोज कुमार यादवको नेतृत्वका युवाहरुले बागड मियाँका ३ जना बच्चाहरुको पढाई लेखाईको ब्यवस्था मिलाउनका साथै स्कूलको पोसाक उपलब्ध गराउँदै आएका छन् । नायदा भन्छिन् ,क्लबका मनोज सर आउनु भयो । मेरो बच्चाहरुलाई १० कक्षा सम्म पढाइदिने भन्नु भएको छ । भर्ना पनि गरादिनु भएको छ सरकारी स्कूलमा । अनि पढाइको लागि जे चाहियो उहाँले फोन गरेर भनेपछि मदत गर्छु भन्नुु भएको छ । पढाइ गरेपछि नोकरी पनि लगाइदिने आशा दिनुभएको छ । म त कहाँ सक्थे र यीनीहरुलाई पढाउन । उहाँहरुको मदतले मेरा बच्चाहरु पढे लेखेर काम गर्न थालेपछि मेरो दुःखको दिन जालाकी भनेर आशा गरेका छन् मियाँ परिवारले । तर हालको अवस्थामा कपडा पनि निःशुल्क पाइएछ । तर पैसा छैन सिलाइ दिनलाई र नास्ताको लागि पनि पैसा माग्छन् भनेर दुखेसो पोख्छिन नायदा । घरमा आफूवाहेक कोही कमाउन नसक्ने भएकोले बिहान उठ्दा सधैँ जीवनसंग संघर्ष गर्न तयार नायदा , श्रीमान् बोल्न नसक्ने , सुन्नमा पनि समस्या हुने गरेको कारण अरु झै बुढासंग सुख दुख बाड्न नसक्ने र श्रीमान्ले कमाएर ल्याउँला भन्ने मनको ईच्छा कहिले पुरा नभएको उनले भक्कानिदै भनिन् । 

    घरमा आफु बाहेक कोही कमाउन नसक्ने भएकोले विहानीसंगै नायदाको जीवनसंगको संघर्ष त शुरु हुन्छ नै  तर त्यो दुखसुख बाँड्ने उनको अभिलाषा‘४५ वर्षिय पति बोल्नरसुन्न नसक्ने हुँदा उनको मनभित्रै सिमित छ उनको मनको पीडा ।  

    अभावका माझ वर्षेनी आउने चाडपर्वले झन् पिरोल्छ मियाँ परिवारलाई । धेरै मुसलमान परिवारले क्षमता अनुसार मिठो मसिनो खाएर बकर ईद मनाए । तर उनीहरुको त्यो महान चाडमा नायदालाई विहान बेलुकाको छाक टार्नै मुस्किलो प¥यो ।
    त्यस्तै पीडा बोकेर विगत ३ महिनादेखि चन्द्रनिगाहपुर नगरापालिका मथियाहीका रामअसिष चौधरी वीरगंजको नारायणी अस्पतालमा उपचार गराईरहेका छन् । आर्थिक अवस्था नाजुक भएका कारण उपचार गराउन पनि निकै समस्या परेको ,अहोरात आफनो श्रीमान्को स्याहारमा खटेकी चौधरीकी पत्नी किसनी देवीले बताईन् । काठ मिस्त्रीको काम गर्दै आएका चौधरीलाई खुट्टामा केही बिझेकको काम गर्ने बेलामा महशुश नै नभएपनि पछि समस्या हुन थालेपछि आर्थिक अभावका कारण महगो अस्पतालमा जान नसकी वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल आईपुगेका चौधरी परिवारलाई डाक्टरले पहिलो पटक खुट्टा काट्न भनेपछि संसार नै अन्धकारमय भएको र जिन्दगीमा यस्तो बज्रपात ,पीडा सहन नसकीने भएपनि बाच्नैपर्ने बाध्यताले खुट्टा काट्नु परेको कुरा सम्झिदा पनि मुटु दुख्ने अनुभव सुनाउँछन् चौधरी । 

    कमाउने एउटै साहारा श्रीमान्को यस्तो हालतपछि श्रृण काढेर भएपनि उपचार गराउन प्रयास गर्दा गर्दै पनि खुट्टामा ईन्फेक्सन भएर फेरी पनि खुट्टा अर्को काट्नुपर्ने कुराले जिन्दगी झनै पीडादायी बनाएको भन्छिन् किसनी देवी । उपचार गराउदै गरेको सिलसिलामा वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले छोरा जस्तै देखभाल गरेका र मदतका लागि सधै तत्पर रहेकाले यस्तो स्वार्थी जमानामा पनि गरीबको घाउमा मलहम लगाउने सहयोगी हात रहेछन् भन्ने कुरा थोरै भएपनि यस्ले घाउको पीडालाई कम गरेको चौधरीले बताए । आर्थिक अवस्था कमजोर भएको कारण जिन्दगीको साहारा अब एकमात्र छोरो रहेकोले भर्खर ३ महिना पहिले नै विदेशिएकोले यो घटनाबारे जानकारी नगराएको भक्कानिदै चौधरीले सुनाए । तर केही भए पनि छोरी र ज्वाँइले समय समयमा रासनका लागि मदत गर्दै आएको उनले बताए । दशैँ नजिकिदै गएपनि यो दशाले चौधरी परिवारलाई पिरोलिरहेकोे छ । चौधरी र मिया समाजका एउटा प्रतिनिधि पात्र मात्र हुन्  । हाम्रो देशमा यस्तो कठिनाइ भोग्ने  गरीबको जमात निकै ठूलो छ । यसर्थ यस्ता दिनदुःखीप्रति राज्य र खास गरी राजनितीक दलका व्यतिmहरुको ध्यान जान जरुरी छ  ।



    पार्टी र समाजले अझै चिन्न नसकेकी वीरगन्जकी छोरी


    निलम पन्त
    नेपाली कांग्रेस भन्ना साथ वीरगन्जकी शान्ती कार्की कुनै पर्याय नाम होइन । वि.सं. १९८९ मा पर्सा जिल्लाको वीरगन्ज – १६, तेजारथ टोलमा जन्मिएकी उनी सानै उमेरदेखि समाज सेवामा पनि लागेकी महिला हुन् । सुरुका दिनमा राजनीति गर्ने व्यक्तिले पनि त्यो समाजको सेवा गर्ने भन्ने नै बुझिन्थ्यो । शान्ती कार्की १५ वर्षको उमेरदेखि पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि लगातार सर्घष गर्दै आएकी वीरगन्जकी होनहार छोरी पनि हुन् । 
    नेपाली कांग्रेस पार्टीको छातामुनी रहेर आन्दोलन गर्दै जादाँ साहसी महिलाको रुपमा उनी दरिएकी  छन् । प्रजातन्त्रको लागि सर्घष गर्दै जाँदा शान्ती कार्कीले बर्षांै जेल जीवन विताएको उदाहरण धेरैलाई थाहा नहुन सक्छ । पञ्चायतकालिन शासकको यातना उनको जीवनको साह्रै पीडादायी क्षण रहेको बुझिएको छ । २०४६ सालको जनआन्दोलनमा पर्सा जिल्लामा महिलाको तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरी आन्दोलनमा होमिने उनी कम साहसी भने होइनन् । उनीजस्तै त्यागी व्यक्तिहरुको त्याग र बलिदानी पछिमात्र प्रजातन्त्रको बहाली भएको हो । तर उनले देश र जनता प्रति गरेको समर्पणलाई भने पार्टीले समेत सही मूल्याँकन नगरेको खुद काँग्रेसजन नै बताउँछन् । उनी प्रजातन्त्र सेनानीको केन्द्रिय सदस्य, नेपाली कांग्रेस महिला सघंको केन्द्रिय सदस्य हुँदै अझै पनि नेपाली कांग्रेसको महाधिवेसन महासमिति सदस्य हुन् । 
    प्रजातन्त्र र समाजवादको लागि संघर्षरत् शान्ती कार्की आज सम्म वीरगंजमा भाडाको घरमा बस्न बाध्य भएको बुझिएको छ । उनको पकेट खर्च भने उनकै दाइ ज्ञानध्वज कार्कीले पठाइदिने गरेको र त्यसमा अपुग वीरगन्जका मानव अधिकारकर्मी तथा अधिवक्ता विजय उपाध्यायले सहयोग गर्दै आईराखेको नेतृ कार्कीले बताइन् । आम नेपाललीको समृद्धिको लागि भनी शासन सत्ता परिवर्तन गर्न थालेको सर्घषकै कारणले पढ्ने चाहना भएर पनि पढ्न नपाएको उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् । इच्छाशक्ति भएर पनि आफ्नो जीवनको समृद्धि भन्दा पनि आम नेपालीको जीवन समृद्धिका लागि होमिदा उनले जम्मा एस.एल.सी सम्मको मात्र शिक्षा हासिल गर्न सकेको उनको भनाइ छ । उनको जीवनको दर्दनाक पक्ष त आम नेपालीको हितमा परिवर्तनको पक्षमा लागिरहँदा विवाह गर्ने समयले समेत नेटो काटेको पाइन्छ । जीवनमा एक्लो भएर बस्नु प्रायः हरेक व्यक्तिको लागि सहज कुरा होइन । तर उनले त्यो असहजतालाई पनि सर्लक्कै निलेकी छन् । तर समाजले उनी जस्ता समाज र राष्ट्रका लागि जीवन नै समर्पण गर्ने व्यक्तिलाई अझै सम्म चिन्न सकेको छैन । न त उनको पार्टी र नेताहरुले नै राम्रोसँग बुझ्न सकेका छन् । यिनै वीरगन्जकी छोरी शान्ति कार्कीसँग मध्य नेपाल सन्देशले गरेको थप कुराकानीको सारसंक्षेप :—
    तपाईलाई पञ्चायतकालिन शासकले जेलमा हाल्दा महिला बन्दीको अवस्था कस्तो थियो ? तपाई आफनो अनुभव बताईदिनुस् न ।
    उः—पञ्चायती व्यवस्थामा प्रजातन्त्रको लागि सर्घष गरेको महिला भएको कारणले मलाई अनेकथरी यातना दिने काम गरियो । कसैसँग भेटघाट गर्न नदिने, एउटै कोठामा बाथरुम, टवाईलेट भएको ठाउँमा राख्ने जस्ता काम पनि भए । जेलमा बढ्दो समस्या थियो । अन्य मुद्दामा महिलाबन्दी खेपी रहेको सजाय  र जेलभित्रको यातना हेर्दा सहन नसकी म पटक—पटक जेलभित्र अनसन बस्थे । अनि महिलाबन्दीहरुलाई केही राहत हुन्थ्यो ।
    नेपाली कांग्रेसको राजनीतिबाट तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?
    उः—जसले हिजो त्याग, तपस्या ग¥यो उसको मूल्याङकन् भएन । ठूला बडा नेताको अघिपछि गर्ने चाप्लुसी गर्ने मान्छेको बोलबाला भयो । सन्तुष्ट नभए पनि आफूले हुर्काएको पार्टी अन्त जान सकिन । नेतृत्व वर्गबाट पनि उति मूल्याङ्कन भएको छैन । 
    महिलाहरु राजनीतिको मूलधारमा नआउनुको कारण के हुनसक्छ ?
    उः— पहिलाको अपेक्षामा अहिले पहाड, हिमाल र तराईका महिलाहरु बढी राजनीतिमा सक्रिय भएका छन् । यो राम्रो पक्ष हो । अझ मूलधारमा महिलाहरुलाई ल्याउनको लागि शिक्षामा जोड दिनुपर्छ ।
    तपाई महिला भएकै कारणले आज सम्म पछाडी पर्नु भएको त होइन ?
    उः— हो, म महिला भएकै कारण केही पछाडी पारिएको भने पक्कै हो । त्यसमा पनि पुरुषहरुको पछाडी नलाग्ने र गलतको सधैं बिरोधी भएको कारण झन् म जस्ता व्यक्तिलाई पार्टीले पनि उति ठाउँ नदिएको हो । इमान्दारको अहिले कदर हुनछोड्यो । 
    महिलाहरुलाई राजनितीको मूलधारमा ल्याउन अझ के गर्नुपर्छ  ?
    उः— महिलाहरु स्वयम् आफ्नो निर्णय गर्ने क्षमतामा जबसम्म पुग्दैनन् तब सम्म मूलधारमा आए पनि नआए पनि खासै अर्थ हुँदैन । महिलाहरुले पुरुषको तुलनामा पार्टी भित्र र बाहिर दोहोरो संघर्ष गरिरहनुपर्छ । यो अवस्थालाई सकारात्मक सोच भएको पुरुषहरुको सहयोग लिएर निरुत्साहित पारिनु पर्छ । तब मात्र महिलाहरुको राजनीति मूलधारको सार्थकता रहन्छ । 



    तस्करी रोक्न प्रशासनमा ज्ञापन

    मध्य नेपाल सन्देश 
    पर्साको पिडारीगुठी गाविस वडा नम्बर ३ मा पर्ने पिपडारी गाउँको ओरीया खोलामा भारतीयहरुले गर्ने बालुवा तस्करी रोक्न जिल्ला प्रशासन कार्यालयमा शुक्रबार ज्ञापन पत्र बुझाएका छन् । 
    प्रत्येक वर्षको साझा समस्या झै यसवर्ष पनि बालुवा तस्करसंग सशस्त्र प्रहरी र स्थानीयहरुले  कुटाइ खाएका छन् । नेपाली भुमिमै भारतीयहरुको दादागिरिले वर्षेनी प्रहरी र स्थानीयहरुले कुटाई खानु परेको हो । २०७१ सालमा प्रहरीको एस.एल.आर खोसेर हात भाचेर पठाएका भारतीयहरुलेृ फेरी २०७२ सालमा अर्का प्रहरीका सई जयराम यादवलाई कुटपिट गर्दै लखेटेका थिए । यसवर्ष पनि भारतीय तस्करहरुले सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी स्थानीय प्रभु चौधरी र शम्भु रामको खुट्टा भाँची दिएका छन् । 
    निर्वाध रुपमा अवैध तरीकाले भारततर्फ गइरहको बालुवा तस्करी रोक्नका लागि सशस्त्र प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएपछि तस्करसँग झडप भएको थियो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपछि तस्करहरुले ढुङ्गा हानाहान गरेका थिए । प्रतिकारमा प्रहरीले ४ राउण्ड हवाई फायर समेत हान्नु परेको पर्साका स्थित सशस्त्र प्रहरीका उपरिक्षक रविन्द्र ठाकुरले बताए । नेपालबाट तस्करी गरेको बालुवा महंगो दाममा भारतको बेतिया, मोतिहारी, नरकटियागंज, रक्सौल, सिक्टा, भेलाहीसम्म लगेर बेच्ने गरेको बुझिएको छ । प्रत्येक वर्ष हुने बालुवा तस्करीले ओरिया खोलाको नेपाली तर्फको नदी कटान भएर दर्जनौँ विगहा खेत खोलाले बगाई सकेको स्थानीय नेसार मियाले बताए । घटनापछि भारतबाट बेतियाको भंगाहा थाना प्रभारी मुकेश कुमार, र नेपालका सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक हरि लम्साल, ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरिक्षक जयदीप राणा बीच छलफल भई ओरिया खोला क्षेत्रमा संयुक्त गस्ती गर्ने र बालुवा तस्करी रोक्ने दुवै पक्षको समन्यवात्मक भुमिका रहने स्थानीय दुवैतर्फका प्रहरीहरुले प्रतिबद्धता जनाएका छन् । स्थानीय स्तरमा हुने यस्ता सहमतिमा पूर्ण विस्वस्त हुने अवस्था नरहेकोले आफूहरुले केन्द्रले नै पहल गरिदियोस् भनी स्थानीय प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउन आएको स्थानीयको भनाइ छ । 

    महिला सकृयतामा मदिरा न्यूनिकरणकोे अभियान


    मध्य नेपाल सन्देश
    पर्साको बसडिल्वा गाविसमा आज जाँडरक्सी विरुद्ध जनचेतनामुलक ¥याली निकालिएको छ । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालीत सामुदायिक विकास कार्यक्रम सीडीपीद्वारा प्रर्विद्धत ९ वटा नागरिक सचेतना केन्द्रहरुको संयुक्त आयोजनामा जाँडरक्सी विरुद्धको अभियान बारे चेतनामुलक ¥याली निकालिएको हो । ¥यालीमा सहभागीहरुले जाडरक्सी बन्द गरौ, आफ्नो आचरण सुधारौं, दारु रक्सी सबके खराबी, जाँडरक्सी बन्द गरौं महिला हिंसा अन्त्य गरौं भन्ने जस्ता चेतनामुलक नारा लगाएका थिए । बसडिल्वा गाविसको वडा नंं. १ बाट शुरु भएको ¥यालीले अकवा टोल, पासवान टोल, बलडिल्वा, मुसौली लगायतका टोलको परिक्रमा गरेको थियो । सयौं महिला ताथ पुरुषहरुको सहभागितामा रहेको ¥याली सभामा परिणत हुनुपूर्व स्थानीय महिलाहरुले प्रहरी चौकी मिलन चौकले विभिन्न स्थानबाट बरामद गरेको तिन सय पचास लीटर घरेलु मदिरा समेत नष्ट गरिएको सीडीपीका फिल्ड सुपरभाइजर लक्ष्मी खरेलले जानकारी दिइन् । 
    लगत्तै लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा औपचारीक रुपमा सुरु भएको कार्यक्रमको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले ‘जाँडरक्सी विरुद्धको अभियानमा प्रहरीले पनि पूर्णरुपले साथ दिने बताएका थिए । गाविस सचिव रमेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरु एकजुट भएर आफै अग्रसर हुनु राम्रो संकेत भएको भन्दै सहभागीहरुले यसको निरन्तरता हुनुपर्नेमा जोड दिएका थिए । 

    परिवर्तन, महिलाका लागि सकारात्मक संकेत


    कविता खड्का 
    मध्य नेपाल सन्देश
    पारिवारिक स्थिति सम्पन्न नै भएपनि बाहिरी समाज र चल्दै आएको रीतिरिवाज र परम्पराको कारणले झण्डै एक दशक घरपरिवार मै रुमल्लिएकी निभा दास अहिले वीरगन्जका लागि नयाँ नाम होइन । बाहिरीपरिवेशमा आफू पनि केही गरेर देखाउने आँट र जाँगर भएकी उनलाईसुरुका दिनमाघरको चार दिवार भित्रै बस्नु पर्ने बाध्यता नौलो थिएन । तर आशाराम हस्पिटल वीरगंजकी संचालिका निभा दासलाई अहिले घर परिवारकै साथले निकै  सहज भएको छ । भारतको बेगुसरायमा जन्मनु भएकी निभा दास आफै पनि सकृय हुँदा हाल २३ महिला र २५ जना पुरुषलाई रोजगारी दिन सक्ने संस्थाकी प्रमुख समेत भएकी छन् ।
    आफ्ना बुबा र आमाको कान्छि छोरीका रुपमा जन्मिएकी निभा दासका ५ दाजुभाई र ३ दिदी बहिनी छन् । सबै भन्दा कान्छी सन्तानको रुपमा जन्मेकी निभा दास बेगुसरायमै बीए सम्मको अध्ययन गरेकी शिक्षित महिला हुन् ।प्लस टु अध्ययनको क्रममा घर परिवारको राजीखुशीले वीरगंज नेपालका डा. अशोक दाससंग वि.स.२०४८ सालमा विवाह बन्धनमा बाधिन पुगेकी हुन् । नेपालको तराई र भारतको विहार लगायतको राज्यमा दाईजो प्रथाको दबदबा भएपनि दुवै परिवारको आपसी सहमतिमै विना दाईजो विवाह भएकोनिभा दास आफू उदाहरण भएको उनको भनाइ छ । उनले भनिन् ‘दाईजो भनेर नदिएपनि आफनो छोरीलाई विदा गर्दा मायाले दिने अन्य समाग्री भने माइती पक्षले दिएको’ उनले मध्य नेपाल सन्देशसँग बताइन् । 
    विवाहको झण्डै एक दशकसम्म एउटा छोरी र एउटा छोरालाई लालनपालनमापनि समयखर्चेको उनको तर्क छ । त्यसपछि भने आफूले पनि केही काम गर्ने इच्छा जागेर आएको उनले आफ्नो कुरा सम्झँदै भनिन् । श्रीमान् डाक्टर भएको र त्यसमा पनि सम्पन्नता, हुने खाने परिवारको छोरी बुहारीले बाहिर निस्केर केही काम गर्नु हुन्न भन्ने मान्यतालाई परिवर्तन गर्ने सोच विकास भएको र पछि परिवारले पनि साथ दिएको उनको अनुभव छ । पहिलो पटक भने २०५८ सालमा वीरगंजमै ‘किड्स क्वीन २००१’ बाल सुन्दरी प्रतियोगिता आयोजना गराएर समाजमा खुलेर बाहिर आउने जमर्को गरें । यो अवसरमा एकै पटक सयौँ दर्शकको अगाडी माइक समाएर बोल्दा धेरै खुशी र हल्का मनमा डर समेत भएको उनले भनिन् । ८ वर्ष सम्म घरभित्रै रुमल्लिएर बसेकी बुहारी एक्कासी बाहिर काममा निस्कदाँ घरमा सासु ससुरा र अन्य सदस्यहरु सुरुमा त्यति खुश हुनुहुन्नथ्यो । त्यस समयमाश्रीमान्ले पूर्ण सहयोग गरेको भए पनि सासु ससुराले समाजको रीति रिवाजको कारण खुलेरै सहयोग गर्नु भएको थिएन । तर जब श्रीमान्ले सो कार्यक्रमको भिडियो देखाउनुभयो,त्यसपछि उहाँहरु पनि निकै खुशी हुनु भयो । तरसमाजले भने त्यो सहजै पचाउन नसकी फरक दृष्टिकोणनआउने कुरै भएन । कतिलेडाक्टरको श्रीमती भएरपनि के नपुगेर कार्यक्रम गर्न थालेको होला, कति पैसा चाहिएको होला ?जस्ता कुरा काट्ने गरेको पनि उनले सुन्न परेको थियो । तर अहिले यहि समाजमा पनि महिलाहरुले अघि सरेर कुनै काम गर्दा त्यो उति आलोचना हुन छोडेको छ । अहिले सुरुका दिनमा आफ्नो कुरा काट्नेहरुले प्रशंसा गर्न थालेको सुन्दा भने आनन्द आउन थालेको छ । यो राम्रो संकेत हो उनले आफ्नो जीवनको अनुभव विस्तारित रुपमा भनिन् ।
    सुरुका दिनमा महिला भएकै कारण धेरैले गर्ने व्यङ्ग र हेपाहा प्रविति चिर्दै अगाडी बढ्दा अहिले भने एउटा अस्पतालको संचालक मात्र नभएर समाजिक कार्य सम्पादन गर्दै आएको लायन्स क्लब वीरगंज सेन्टरकी अध्यक्ष, चिकित्सक श्रीमती संघको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी राधेमाई वीरगंजको महिला उपशाखाको सभापति, वीरगंज वुमेन प्रोफेसनल स्किलसको कार्यकारी सदस्य लगातय संघ संस्थाको विभिन्न पदमा समेत रहँदै आइरहेकी छन् । 
    आफ्नो क्षमतामा काम गर्दा सुरु सुरुमा महिलाहरुलाई निकै चुनौति आउने गर्दछन्, त्यो चुनौतिको सामना गर्दै आगाडि जो महिला बढ्छन् उनिहरुले भविष्यमा राम्रो अवसर र सफलता दुवै प्राप्त गर्न सक्ने उनको धारणा छ । हिजोको दिन र आजको दिनमा काम गर्ने महिलाहरुमा समाजले हेर्ने दृष्टिकोणमा समेत धेरै परिवर्तन भएको उनको बुझाइ छ । यो सब हुनुमा शिक्षा र नेपाली मिडियाको भुमिका ठूलो रहेको उनले बताइन् । हिजो मैले गरेको कार्यलाई अस्वीकार गर्ने व्यक्तिहरु अहिले त्यहि कार्यलाई मार्ग निर्देशनको रुपमा लिदैछन्् । खासगरी तराईमा व्याप्त रहेको महिला हिंसाका कुरालाई जोड्दै उनले भनिन् यहाँका महिलाहरु हिसांमा पर्नुको प्रमुख कारण घर परिवार र त्यसमा पनि महिला सदस्यकै बढी हात हुने गर्दछ । केही महिलाहरुकै उक्साहटमा पुरुषहरुले हिसाँ गर्ने गरेको उनको तर्क छ । महिलाहरु हिँसाबाट बच्नको लागि महिलाले आफ्नो कामको जिम्मेवारी बुझेर शीपको बढी भन्दा बढी सदुपयोग गर्न सक्नुपर्ने उनको सुझाव छ । महिला दिदी बहिनीले पनि हामी एक हौँ भन्ने भावनाले अर्को महिलालाई सहयोग गरेमा भने हिंसाले थप ठाउँ नपाउने उनको भनाइ छ । 
    श्रीमान् डा.अशोक दास निकै मेहेनति हुनु र उहाँको सहयोगले मात्र आफूले महिलाद्वारा आशाराम हस्पिटल सञ्चालन गर्न सकेको उनको अनुभव छ । शुरु शुरुमा काम गर्ने  शिलशिलामा आएका बाधा व्यवधानलाई चिर्दै सही तरिकाले व्यवस्थापन गर्न सफल भएको उनले बताइन् । साथै थोरै बोल्ने धेरै काम गर्ने र गरिब, असहायहरुलाई निकै सहयोग गर्ने डाक्टर श्रीमान् पाएकोमा भने उनले खुलेरै प्रशांसा गरिन् । दुनियामा सायदै कोही छोरा होलान् जो आफ्नो बाबु आमालाई यति धेरै माया गरोस् । दिनभरी थाकेर आएपनि अबेर राति सम्म बुबासंग घुलमिल भएर भलाखुसारी गर्ने गर्र्नुहुन्छ । वहाँको पनि चाहना छ, । आफ्नो सन्तानहरु आफु जस्तै सबैले बुबा आमाको सेवा सत्कार गरुन् । अस्पताल सञ्चालनसँगै समाजको सेवा गर्ने क्रममा वीरगंज कारागरका बालबालिकाहरुलाई निःशुल्क रुपमा उपचार खर्च र सकेजति औषधी निःशुल्क नै उपलब्ध गराउने गरेको निभादासको भनाइ छ । श्रीमती निभा दास सबैसंग घुलमिल गरी जोस जाँगर र हिम्मतका साथ काम गर्ने अनि खुलेरै हास्ने बानी मलाई असाध्यै मन पर्ने गरेको डा.अशोक दासकोे भनाइ छ । 

    साप्ताहिक राशिफल


    ज्यो.पं. छविरमण सुवेदी
    मेष : साताको पहिलो दिन व्यर्थभ्रमण, अनावश्यकखर्च भएतापनि साताकाबाँकीदिनहरु रमाइलोसँगवित्ने देखिन्छ । यो साताभाग्यले पनि साथदिनेछ । आँटेकाकाम पूरा हुने योग छ । मित्र सहयोगले महत्वपूर्ण काममा सफलतामिल्नेछ । 

    वृष : साताको मंगलवार सम्मको समय त्यति राम्रो छैन । यीदिनहरुमा बेचैनी व्यर्थ भ्रमण अलमलहुनेछ । बुधवार देखि भाग्योदयहुने, बोलीको प्रभाव बढने प्रशंसा र पुरस्कार पाउने योग देखिन्छ । 

    मिथुन : मंगलवारसम्मको समय रमाइलोसँग वित्नेछ । काममा सफलतामिल्ने सरकारी काम काजबाट फाइदाहुने, मनोरन्जन र धनप्राप्तिको योग छ । बुधवार बिहिवारकादिनमा बेचैनीखर्च बढने, अनावश्यक दौडधुप हुने देखिन्छ । शुक्रवार र शनिवारकादिनमा सोचे आँटेकाकाममा सफलतामिल्ने देखिन्छ । 

    कर्कट : साता रमाइलोसँग वित्नेछ । काममाप्रगतिहुने, ईश्वरभक्तिमा मन जाने, राज्यबाट लाभमिल्ने, प्रशस्तआम्दानीहुने देखिन्छ । शुक्रवार र शनिवारकादिनमाअलमल, बेचैनीअनावश्यकखर्च हुने हुँदा सतर्कताआवश्यक छ । 

    सिंह : साताको पहिलो दिन राम्रो छैन । वादविवाद, शारीरिक कष्ट हुने देखिन्छ । सोमवार देखि शनिवारसम्मकादिनहरु राम्रा छन् ।यीदिनमाशिक्षा, व्यापार, प्रगति, काममा सफलता, वैदेशिक कामबाट लाभहुने ग्रहयोग बनेको छ । 

    कन्या : सातात्यति सुखद छैन । यो सातावादविवादहुने, आर्थिक संकट देखा पर्ने, शरीरमाआलस्यता, मनमाभय, काममाअपजस मिल्ने छ । साताको शुक्रवार शनिवारका दिनबाट आर्थिक शारीरिक समस्यामा सुधार आउनेछ । रोकिएकाअधुरा कामबन्नेछन् । 

    तुलाः साताको मंगलबार सम्मको समय सुखद रहनेछ । यीदिनहरुमाव्यापार व्यवसायमालाभप्रगतिहुनेछ । यात्रामा सफल्ता प्रेममा सुमधुरता बढने योग छ । बुधवार देखिशारीरिक कष्ट, आर्थिक समस्या शरीरमाआलस्यता र काममाअपजस मिल्ने देखिन्छ । 

    वृश्चिक : साताको बिहिवार सम्मको समय रमाइलोसँग बित्नेछ । यीदिनमा सन्तान सुख मिल्ने, पढाइमा प्रंगतिहुने र सुसमाचार प्राप्तहुनेछ । शुक्रवार र शनिवारकादिनमाकोहीकसैसँग वादविवादहुने शारीरिक कष्ट मानसीकचिन्ताहुने हुँदायीदिनहरुमा“ॐँ गं गणपतेय नमः”मन्त्रको स्मरण गर्नु भएअशुभफलमाकमीआउनेछ । 

    धनु : साताको पूर्वाध त्यति राम्रो छैन । मनमाभयचिन्ता र खिन्न्ता, काममाअलमल र चोरभयशत्रु बढने योग छ । शुक्रवार र शनिवारकादिनमाव्यापार व्यवसायमालाभप्रगतिहुनेछ । आँटेकाकाममा सफल्तामिल्ने योग छ । 

    मकर : समान्यतया साताप्रतिकुल नै रहनेछ । शुरुमामित्र सहयोगले कामबन्ने तर मनमाभयचिन्ता, घरेलु समस्या सन्तानमा कष्ट र काममाअलमलएवं शत्रु भयहुने योग रहेको छ । 

    कुम्भः साताको मंगलवार सम्मको समय अनुकुल रहनेछ । यीदिनमा घरमापाहुनाको आगमनधनलाभ र मित्र सहयोग मिल्ने बाँकीदिनहरुमाघरायसी समस्याभयचिन्ता पढाईमाअरुची देखा पर्ने योग बनेको छ । 

    मिनः साताको बिहिवार सम्मको सयम अनुकुल रहनेछ । यीदिनहरुमाभाग्योदयहुने, मीठो खानाको अवसर आउने, मित्र सहयोगले कामबन्ने र राज्यबाट लाभहुने योग छ । शुक्रवार र शनिवारकादिनमाभयचिन्ता, घरेलु र शारीरिक समस्या देखा पर्ने ग्रहयोग रहेको छ । 
    असोज २ गते देखि ८ गतेसम्म

    अनुहारको कम्प्लेक्सन अनुसार लुगा छनौट


    अन्जली चौहान
    मानिसहरु थरी थरीका हुन्छन् । तीनका विचार ,रहनसहन,रुचि पनि एकनासको हुँदैन । त्यस्तै आफूले लगाउने लुगाको रङ्ग पनि आफनो आफनो रुचि अनुसार लगाउने गर्दछन् । तर आफुलाई मन परेको  र छनौट गरेको डिजाइन र लुगा सुुन्दर र आकर्षक नै देखिन्छ भन्ने छैन । त्यसैले आफनो शरीरको आकार ,बनोट र अनुहारको कम्प्लेक्सन अनुहार लुगाको छनौट गर्दा राम्रो र आकर्षक देखिन्छ । 
    पहिरन र त्यस्को रङ्ग छनौट गर्दा आफनो क्म्प्लेक्सनको ख्याल राख्नु पर्दछ । यसको उचित प्रयोगबाट आकर्षक , सुन्दर र प्रभावकारी ब्यतिmत्व झल्काउन सकिन्छ । र आफुलाई सुहाउने र आफुलाई आरामादायी अनुभव हुने लुगाको छनौट गर्दा आफुनो लागि राम्रो हुने विष्लेषकहरुको पनि भनाइ छ । 
    कस्तो कम्प्लेक्सनका व्यतिmले कुन कलरका लुगा लगाउँदा सुहाउँदो  देखिन्छ भन्ने कुरा पनि जानी राखौँ । 

    गहुँगोरो कमप्लेक्स 
       यस किसिमका कम्प्प्लेक्सनमा प्रायः जसो सबै किसिमको कलरको लुगा सुहाउँदो देखिन्छ । तर बढि जसो राम्रो देखिनको लागि पिंक, खैरो , रातो तथा स्काई ब्लु जस्ता कलर लगाउँदा धेरै राम्रो देखिन्छ । 

    ब्राउन कम्प्लेक्स
    यस किसिमका कम्प्लेक्सनमा कालो कलर पटकै लगाउनु हुदैँन । यसले अनुहार झन डल देखिन्छ । गाढा  निलो ,खैरो कलरको लुगाको छनौट पनि नगर्दा नै बेस हुन्छ । युनिक पर्पल , सुन्तला कलर हल्का पिंक , प्यारोट ग्रीन ,इत्यादि कलरको लुगाको छनौट राम्रो  र सुहाँउदो देखिन्छ । 

    फेयर कम्प्लेक्स
    यस किसिमको कम्प्लेक्सनमा गाढा कलरको लुगा छनौट नगरेको बेस हुन्छ । बढी जसो निलो , रातो , पींक , गोल्डेन , कालो , भोललेट , सेतो , हरीयो ,बरगन्डी कलरको लुगाले राम्रो देखिन मदत गर्छ । 
    कुनै पार्टीमा जानु परेमा बढी राम्रो देखिनलाई रेड गोल्डेन , मैरुन , सुन्तला , कालो , रोयल ब्लु जस्ता कलरको लुगाको छनौट गर्न सकिन्छ । 

    डार्क कम्प्लेक्सन
        यस्तोे कम्प्लेक्सनमा बढी जसो सुहाँउदो लुक दिन कालो, खैरो  र डार्क पर्पल कलरको लुगाको छनौट गर्दा धेरै राम्रो हुन्छ । 

     एलो कम्प्लेक्सन
    यस कम्प्लेक्सनमा पिंक ,रोयल ब्लु , गोल्डेन , वाईट को कम्बिनेशन धेरै राम्रो देखिन्छ । र कालो कलरको लुगाले राम्रो लुक देखिन्छ ।  

    25 September, 2016

    मध्य नेपाल — साताको बोलि !

    नेपालको गणतान्त्रीक संविधान घोषणा भएको आश्विन ३ गते एकवर्ष हुदैँछ, यसको कतिको सार्थकता देख्नु हुन्छ ?

    १)

                जागरुप यादव
          बागेश्वरी तित्रौना, पर्सा 

    संबिधान दिवसको अवसरमा म संविधानसंग असन्तुष्ट भएकोले संविधान दिवस मनाउदिन । मधेशीको सिमान्तकृत संघियता जस्तो मागको संबोधन गरिनु परयो । अहिले जनता सचेत छैन । बार बार जनतालाई मारेर मात्र हुदैन संबोधन गर्नेले पनि संबोधन गरिनु परयो । आन्दोलनको घाईतेलाई उपचार गरिनु पर्छ । नेताहरुले कुर्सीको खेलमा लागे भने अव जनता मान्नेवाला छैनन् । आन्दोलन मात्र गरेर भएन अधिकारको सुनिश्चितता पनि हुनु पर्र्छ । आन्दोलनको भरमा मन्त्री पदमा पुग्नेलाई अव जनताले छोड्नु  हुँँदैन । 











    २)

     शंकर प्रसाद
     स्वास्थ चौकी भौराटार 
    पहाडी र मधेशी सवैको रगत रातो नै छ । त्यसैले कसैसंग भेदभाव नगरौ संवैलाई समान अधिकार दिउँ समान व्यवहार गरौ नभए नेपाल शान्ति हुदैन । संविधान कार्यान्वयन हुन सक्दैन । त्यसैले सवैको अधिकार संविधानमा राखौ अनि मात्र राम्रो हुन्छ । 










    ३)

    महेस राम
    भरवलीया,बारा
    संविधान दिवसको बारेमा मलाई थाहा छैन ।  म त काम गरेर खाने मान्छे । खोई के हो यो थाहा छैन ।  नेताहरु आउछन आफनो कुरा गर्छनन् सुन्छु । फेरी आफनो काममा लागि हाल्छु । 











    ४)


    हरिन्द्र राम
    भरवलीया, बारा 
    संबिधानको बारेमा त थाहा छैन । कुन अधिकार आयो कुन अधिकार बाकी छ थाहै छैन । 










    ५)  

    शम्भु राम 
    संविधानको बारेमा त केही थाहा नै छैन अब पछि थाहा हुन्छ । 












    ६) 

    माधव साह
    वीरगंज १९ 
    संविधान दिवस  आओस् सवैको अधिकार पाओस् की सवैले बडियासे मनाओस् ।  सवैको अधिकार प्राप्त होस्् । देश भईरहेको भ्रष्टाचार हटोस् ।  हक अधिकार सवैको प्राप्त भयो भने सवै जना खुशी साथ मनाउन सक्छ  त्यसैले सवैको अधिकार प्राप्त हुने गरी संविधान दिवस सवैले मनाउन पाओस् । 










    ७)

    सुबोध गुप्ता, उपाध्यक्ष,
    वीरगंज उधोग बाणिज्य संघ 

    संबिधान यस्तो दस्तावेज हो । जुन थपघट गर्न सकिने छ । आवश्यकता अनुसार यसलाई संसोधन गर्न सकिन्छ । हाम्रो देशको संबिधानमा भएको बिशेषतालाई प्रयोग गर्दै अगाडी बढनु पर्छ । कृषि, उधोग र पर्यटनलाई व्यवस्थित गरी आर्थिक प्रगति तिर जोड दिनु पर्छ । 










    ८) 

    साविधी कुमारी यादव
     धोरे पर्सा 
    संविधान आएकोेमा खुशी छु । संविधानमा व्यस्था गरिएको कुरालाई कार्यन्वयन गर्न सकियो भने अझ राम्रो हुन्छ । असन्तुष्ट पक्षको आवाजलाई सवबोधन हुने गरी संबिधान दिवस मनाउन पाएको भए अझ राम्रो हुन्थ्यो । 






    तस्बिरहरु : मध्य नेपाल सन्देश

    जानी राखौँ


    जानी राखौँ 
    १) नेपालको पहिलो महिला  मन्त्री को हुुन् ?
          क) अष्टलक्ष्मी शाक्य    ख) कमला पाण्डे   
    ग) द्धारीका देवी ठकुुरानी  घ) कुुन्ती शाही
    २) नेपालको पहिलो महिला प्रधान न्यायधीस को हुुन् ?
        क) शुुसिला कार्की    ख) शारदा श्रेष्ठ    
    ग) सावित्री सिंह     घ) उमा पाण्डे
    ३) नेपालको पहिलो महिला  राष्ट्रपति को हुुन् ? 
        क) वानिरा गीरी     ख) जयकला देवी    
    ग) पम्फा भुुषाल    घ) विद्यादेवी भण्डारी
    ४) नेपालको पहिलो महिला  सभामुुख को हुुन् ?
        क) शैलेजा आचार्य     ख) हिसिला यामी    ग) ओनसरी घर्ती    घ) आरजुु राणा
    ५) नेपालको पहिलो महिला उपसभामुुख को हुुन् ? 
    क) विन्द्रा हाडा   ख) उर्मीला अर्याल     ग) सुुशिला थापा     घ) लीला श्रेष्ठ(सुुब्बा) 

    ( गत हप्ताको उत्तर     १) क      २) ग     ३) घ    ४) क    ५) घ   )

                                                प्रस्तुतकर्ता 


            नवराज घिमिरे  प्रस्तुतकर्ता nawarajghimire971@gmail.com


    थाइराइडको समयमा उपचार गरिनुपर्छ नत्र..


    डा.एस एन यादव
    – खुुशी शर्मा,
    आयोडीनको कमिले हुने थाइराइडलाई आम रुपमा रोगको नाम दिने गरिएको पाइन्छ । तर यो रोग नभई एक प्रकारको संक्रमण हो । जुनसुकै उमेरको मानिसलाई हुने थाइराइड समस्या पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । किनकी पुरुषको तुलनामा महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । चिकित्सकका अनुसार दश जना मध्ये नौ जना महिला यसको शिकार हुँदा एक जना पुरुषमा मात्रै यो संक्रमण हुन्छ । थाइराइड हाम्रो घाँटीमा हुने एउटा ग्रन्थी हो, यसलाई गलगाँड पनि भनिन्छ । यसको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो । जसले शरीरको मेटाबोलिजममा काम गरी हाम्रो शरीरलाई फूर्तिलो बनाइराख्छ । तर विभिन्न कारणले आवश्यकता भन्दा बढि भएमा थाइराइड समस्याको रुपमा देखा पर्छ । चर्चा भए अनुसारको ठूूलो रोग नभएको र उपचार पद्दती सजिलो भएता पनि थाइराइडको उपचार समयमै गरिएन भने शरीरका अन्य अंगहरुमा समस्या देखापर्ने र विभिन्न किसिमका जटिल रोग लाग्न सक्ने चिकित्सकहरु बताउँछन् ।  मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा.एस एन यादवसँग खुुशी शर्माले गरेको कुराकानी :- 
    थाइराइड के कारणले हुन्छ ?
    मुख्यतः आयोडीनको कमीले थाइराइड हुन्छ । आयोडीनको सहायताले थाइरोक्सीन नामक हार्मोन थाइराइड ग्रन्थिबाट निस्कन्छ, तर हाम्रो देशमा समून्द्र छैन । हिमाल पहाड बढी छ । जस्ले गर्दा आयोडीनको मात्रा पर्याप्त पाइन्न । त्यसैले थाइराइड हुनुको प्रमुख कारण देशको भौगोलीक अवस्था हो । त्यस्तै घर परिवारमा कसैलाई थाइराइड भएको छ भने वंशाणुुगत कारण, विग्रिँदो वातावरण, रोगप्रतिरोधक क्षमताको कमी, कुनै पनि संक्रमण (इन्फेक्सन) ले थाइराइड ग्ल्यान्डको कार्यविधि कमी, जथाभावी औषधीको सेवन, अत्याधिक चिन्ता जस्ता कारणले थाइराइड हुन्छ । अझ गर्भवती अवस्थामा आवश्यक पर्ने जति आयोडीनको मात्रामा कमी भयो भने जन्मिने बच्चालाई जन्मजात थाइराइड संक्रमण भई बच्चाको मनस्थिती सुस्त हुन जान्छ । जसलाई क्रिटिनिजम भनिन्छ । 
    थाइराइडको समस्या भएको कसरी थाहा पाउने ?
    थाइराइडको संक्रमण थाहा पाउन चिकित्सकीय जाँच गराउनुपर्छ । यदी शरीरमा आलस्यपन छायो, वजन बढ्ने÷घट्ने, हातखुट्टा र अनुुहार सुन्निने, चिसोबाट वा घामबाट टाढा रहन मन लाग्नु, मुटुको चाल बढ्नु, कपाल झर्नु, महिनावारी गढबढ हुने, बच्चा पेटमा रहन गाह्रो हुने जस्ता अनेक समस्या देखियो भने चिकित्सकलाई भेटेर जाँच गराउनु नै थाइराइड बारे थाहा पाउने उपयुक्त उपाय हो । 
    थाइराइड कति किसिमका हुन्छन् ?
    वर्गीकरणका हिसाबले थाइराइड २ प्रकारका हुन्छन् ।
    (१) हाइपोथाइराइडिजम( हाइपोथाइराइडिजम भएको समयमा आवश्यक मात्रामा हार्मोन  बन्दैन । यस्तो अवस्थामा भोक कम लाग्छ तर तौल बढ्दै जान्छ । त्यसैले यो खालको समस्यालाई मोटाउने थाइराइड पनि भनिन्छ । 
    २) हाइपरथाइरोडिजम( हाइपरथाइरोडिजम भएमा आवश्यकता भन्दा बढी हार्मोन निस्कन्छ । मुटुको चाल बढ्ने, हातखुट्टा काँप्ने, शरीरको तौल घट्दै जाने जस्ता अनेकन समस्या देखिन्छन् । यस्तो संक्रमणलाई दुुब्लाउने थाइराइड भनिन्छ । 
    फरक फरक किसिमको थाइराइडको उपचार विधि पनि फरक होला नि होइन ?
    अवस्य नै फरक हुन्छ । हाइपोथाइराइडिजम हुँदा हर्मोन उत्पादन नहुने भएकोले आजिवन औषधीको सेवन गर्नुको विकल्प छैन । साथै कुनै कारणवश (जथाभावी औषधीको सेवनबाट) समस्या भएको भए त्यस्तो कारणलाई पनि निदान गर्नुपर्छ । यदि हाइपरथाइरोडिजम भएको छ भने ३ तरिकाले उपचार गरिन्छ । यस्तो संक्रमणमा अत्याधिक हर्मोन निस्कने हुनाले सबैभन्दा पहिले आयोडीनयुक्त खाना खान छोड्नुपर्छ । हाइपरथाइरोडिजमको उपचार गर्दा पहिलो उपाय कम्तीमा १८ महिनासम्म नियमित औषधी खान दिइन्छ । दोश्रो गलगाँड गलाउन रेडियोयाक्टीभ आयोडीन थेरापी गर्ने र तेश्रो शल्यक्रिया (अपरेशन) गरेर गलगाँड निकाल्ने गरिन्छ । अपरेशन गरी निकाले पछी हार्मोन उत्पादन हुन छाड्छ जस्ले गर्दा हाइपरथाइरोडिजमबाट त मुक्ती मिल्छ थर हाइपोथाइराइडिजम हुन गई आजीवन औषधीको भर पर्नुपर्छ । 
    थाइराइडको समस्या आउन नदिन के गर्न सकिन्छ ?
    विशेषतः आयोडीन युक्त खाना खाने, फास्टफुड, जंक फुड एवं धूम्रपानको सेवन बन्द गर्ने, प्रशस्त मात्रमा भिटामिन ‘डी’ पाइने माछा, अण्डा, गाजर, मसरुम आदि खानमा जोड दिने, सेलेनियमयुक्त बदाम, ओखरजस्ता खाद्यपदार्थका साथै गाईको दूध, दही, पनीर, काजु आदीको सेवन गर्ने, वातावरण सफा राख्ने, इन्फेक्सन हुनबाट बच्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, नियमित चिकित्सकीय जाँचमा ध्यान दिने गर्दा थाइराइड हुनबाट बच्न सकिन्छ । laxu.sharmaa@gmail.com

    यसरी घरमै थाहा पाउन सकिन्छ, बच्चाको आँखा कमजोर भएको

    बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन् । किनभने उसले थाहै पाउँदैन । तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ । कसरी थाहापाउने ? थाहापाउने केही लक्षण यसप्रकार छन् :-
    आँखा मिच्ने
    निदाउने बेलामा आँखा मिच्नु सामान्य कुरा हो । तर, निन्द्रा नलाग्दा पनि बच्चाले  बारम्बार आँखा मिच्न थाल्यो भने निश्चय नै आँखा कमजोर भएको लक्षण हो ।
    टाउको दुख्यो भन्नु
    साँझपख सधैं टाउको दुख्यो भन्नु र आँखा रातो हुनु पनि आँखा कमजोर भएको लक्षण हो ।
    एउटा आँखा हेर्ने अर्को चिम्लने
    तपाईको बच्चाले सधैं एउटा आँखा बन्द गर्छ र अर्को आँखाले पढ्ने वा टेलिभिजन हेर्छ भने उसको आँखामा समस्या छ भन्ने बुझ्नुपर्छ ।
    चम्किलो प्रकाश मन नपराउनु
    यदिकुनै बच्चाको दृष्टिमा समस्या छ भने चम्किलो प्रकाशलाई मन पराउँदैन । न्यूनचम्किलो क्षेत्रमा पुग्दा तपाईंको बच्चा रमाउँछ  ।
    आधा आँखा बन्द गर्नु
    प्रायबच्चाले झगडा गर्दा आधा आँखाले मात्र हेर्छन् । तर, यदि टेलिभिजन हेर्दा वा पढ्दा तपाईंको बच्चाले आधा आँखाले मात्र हेर्छ भने जान्नुुस् आँखाको उपचार गराउनु पर्ने भो ।
    असामान्य रुपमा टाउको बंग्याउनु
    बच्चाले एकातिर मात्र टाउको वंग्याएर हेरिरहेको त छैन ? बच्चाले बारम्बार यस्तै व्यवहार देखाउँछ भने अभिभावकले आँखा कमजोर भएको थाहा पाउनुपर्छ ।
    कुनै बस्तुलाई अवलोकन गर्न धेरै नजिक पुग्नु
    आँखाको समस्या भएका अधिकांश बालबालिका टेलिभिजन हेर्दा निकै नजिक गएर हेर्ने वा कितावको पाना पनिआँखा नजिकै लैजान्छन् । उनीहरुले उचित रुपमा नदेख्ने भएकोले आँखा नजिकै लैजाने भएका हुन् ।
    आँखाको गेडीको गतिविधि कमजोर
    यदि बच्चाको आँखा कमजोर छ भने उसले आँखाको गेडी हल्लाउँछ र बच्चा पनि कुनै एउटा निश्चत ठाँउमा बस्न मान्दैन ।
    आँखा रातो
    बच्चाको आँखा बारम्बार रातो भएमा, आँखाको कोष बाहिरै देखिएमा वा हेदा आँखा तन्काएमा बच्चाको आँखा कमजोर छ वा चस्माको आवश्यकता छ भन्ने बुझ्नुपर्छ । एजेन्सी

    स्मरणशक्ति बढाउँने ७ उपाय

    १. विषयलाई जोड्नुहोस्
    तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।
    २. दोहो¥याउनुहोस्
    यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।
    ३. नौलो तरिका अपनाउनुहोस्
    यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।
    ४. कार्डमा लेख्नुहोस्
    जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब  तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।
    ५. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस्
    आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने  गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।
    ६. पढेको कुरालाई महसुस गर्नुहोस्
    पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।
    ७. उदाहरण दिनुहोस्
    जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् । - सौजन्य

    संविधान दिवस सबैको बनाऊ


    गीता भण्डारी
    मध्य नेपाल सन्देश 
    बर्षौै देखिको नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधान प्राप्तिको एकबर्ष पूरा भएको दिन । अर्थात संविधान दिवस । निश्चय नै नेपाली जनताको बलिदानबाट प्राप्त अहिले सम्म देखिएको उपलब्धि मात्र एक थान संविधान । 
    हुन त यो संविधानमा सबैका कुरा सबै समेटिएका भने पक्कै होइन । तथापि जनताले नै चुनेर पठाएका झण्डै ९० प्रतिशत भन्दा बढि  जन प्रतिनिधीहरुले हस्ताक्षर गरी पारीत गरेकोले इतिहासमा नै हालसम्मको नेपालको जनपक्षिय संविधान भने यो पक्कै हो । नेपालको पहिलो जननिर्वाचित संविधान सभाले पारित गरेको संविधानको प्रथम दिवसको रुपमा देशको मूल कानूनको सम्मान गर्ने जो कोहीले मनाउनु गलत होइन । 
    यसमा केही छैन भनी यसको खिल्ली उडाइयो भने छुटेका थोरै अधिकारको तुलनामा संविधान नै हलुको भने पक्कै होइन । यसमा भएका कमिकमजोरीलाई चलायमान संविधानको परिधि भित्र रही संसोधन गर्दै पूर्ण बनाउनु श्रेयकर रहन्छ । 
    अतः संविधान दिवसलाई हामीले कुन रुपले मनाउने ? भन्ने कुरामा भने राज्यको स्पष्ट धारण बाहिर आउनु पर्छ । संविधान आएको एक वर्ष पूरा भई सक्दा पनि सबै नेपालीले एकसाथ खुशी हुन नपाउनु आफैमा दुःख पक्ष हो । यसमा नेपालका राजनीतिक दलहरुको अदूरदर्शीताको भने आलोचना गर्नु अन्यथा हुँदैन । एकातर्फ सरकारले धुमधामसँग संविधान दिवस मनाउने तयारी गरिसकेको भन्ने सुन्नमा आइरहेको छ भने अर्काे तर्फ कालो दिनको रुपमा संविधान दिवस मनाउने कुराले पनि मधेशमा सनसनी मच्चाएको छ । यो दोहोरो कार्यले हाम्रा राजनीतिक दल र नेताहरुको कमजोरी छताछुल्ल देखिन्छ । यस्तो अवस्थामा हाम्रो देशको संविधानको जनताले कसरी आँकलन गर्ने ? हुन त राजनीतीक उत्तार(चडावहरु भईरहनु एक सामान्य कुरा भए पनि लामो समय सम्मको यो अस्थिरताले हामी जस्तो सर्वसाधारण जनतामा पर्न गएको असरलाई कस्ले बुझिदिने ? यति लामो सर्घष र बलिदानबाट प्राप्त भएको यो संविधानले दिवसको सम्मान नपाउनु राम्रो संकेत होइन । अमिलो मनमा नेपालीले अधकल्चो विचार लिएर भएर कहिले सम्म बस्नु पर्ने ? 
    मधेशका होस् या राजधानी केन्द्रित दुवै तर्फका नेताहरुको अहंकारको हुँकार कुनै कमबेस छैन । आ( आफनै सोच, अंहकार अनि अडानका कारण समग्र नेपाली नेताहरुको कारण अनेक तरिकाले विभक्त भएको छ । संविधानको कार्यान्वयनको प्रतिक्षामा बसेका सबै आन्दोलनका घाइते र शहिदका परिवारले संविधान त कार्यान्वयन भएको पो हेर्न चाहेका हुन् । झिना मसिना कुरामा नेताहरु आ(आफ्नो बर्चस्वका लागि दुई चिरामा विभक्त भएर जनतालाई गुम्राहामा राखिछोड्न आन्दोलनका घाइते र पीडित परिवारले चाहेकै छैन ।  
    अल्पआयुमै आफ्नो सिउँदो पुछ््न बाध्य ती महिला अनि आफ्ना बुबाको छत्रछायाबाट बन्चित ती अबोध टुहुरा बालबालिकाको आस्थामा कस्तो ठेस पुगेको छ भन्ने कुर्सीको लडाईमा र बर्चश्वको हुँकारमा हुने नेताहरुलाई के थाहा ? यो अवस्था कम दर्दनाक छैन । आन्दोलनका क्रममा झुटा आश्वसन बाड्दै हिडेका नेता भनाउँदाहरुले मधेशी जनतालाई पूरै नझुक्याएको पनि होइन । उनीहरुले बाँडेका सबै आश्वासन के उनीहरु सत्तामा पुगेका समयमा दिन सक्ने छन् त ? यसको पनि समयले समिक्षा गर्ने नै छ अनि सबै मधेशी जनताले पनि समिक्षा भने गर्ने नै छ ? जुन कुरा कार्यान्वयन हुन सक्दैन त्यो आश्वासन दिएर जनतालाई झुक्याउनु उचित होइन । 
    आन्दोलनमा ज्याान उत्सर्ग पर्न पछि नपर्ने योद्धाहरुलाई अहिले मधेशकै नेताहरुले कतै देख्दा अन्देखा गरी टाउको लुकाउने अवस्था किन आयो ? यो हाम्रो लागी खुसीको कुरा होइन । त्यसैले कार्यान्वयन पक्षलाई अगाडी बढाउन सक्ने पक्षलाई अहिलेका सत्तापक्षले अनि विपक्षमा हुनेहरुले पनि मनन् गर्न आवश्यक छ । नेपाली जनता संविधान कार्यान्वन भएको हेर्न चाहिरहेका छन् । त्यो संसोधान गरेर होस् या अहिलेकै अवस्थामा होस् । त्यो दुवैथरी नेताहरुले चाँडो निक्र्योल गरिसक्नु पर्छ । अनि देशलाई प्रगति र विकासोको दिशामा अगाडी बढाउनु पर्छ । 
    अब लामो समय सम्म जनतालाई अल्झाएर कुनै दल बिशेष र नेताहरुले राखिराख्नु उचित होइन । हात्तीको देखाउने दात जस्तो एक तर्पm संविधान अस्विकार गरेझैं गर्ने अनि त्यहि संविधानलाई टेकेर प्रधानमन्त्रीको चुनावमा बारबार सहभागी हुदै भत्ता खाने ठाउँमा भने चुप लागि रहने मधेश केन्द्रित दलको पनि पूर्ण इमान्दारितामा भने शंका छ । 
    अनि संविधान दिवसलाई उज्यालो पर्वको रुपमा मनाउने वातावरण बनाउन सृजना गर्न आलटाल गर्ने केन्द्रका नेताहरुको पनि चाल समयमा नै सुध्रिनु आवश्यक छ । 
    Scroll to Top