• नयाँ खबर

    18 September, 2016

    सवारी चालकहरुको आखाँ परिक्षण

    मध्य नेपाल सन्देश
    लायन्स क्लब अफ वीरगंज आदर्शनगरको आयोजनामा आज सवारी चालकहरुको आँखा परिक्षण गरिएको छ । 
    जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा केडिया आखाँ अस्पताल परवानीपुरमा शनिबार ८५ जना चालकहरुको आखाँ परिक्षण गरिएको हो । सवारी चालकहरुमा लामो दूरीमा समस्या तथा कम दूरीको चेकजाँच गराएको छ । जसमा ३० जना माथि समस्या देखिएको छ भने ४ जना सवारी चालकको आखाँ निकै विग्रेको पाईएको चिकित्सकहरुले बताएका छन् । खासगरी चालकहरुले हरियो सागपात तथा फलफुलहरु नखाने भएकाले विरामी हुने गरेको चिकित्सकहरुको भनाइ छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक रविन्द्र प्रसाद भट्ट सहितको उपस्थिति रहेको थियो । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सवारी चालकहरुको आखाँ परिक्षण Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top