मध्य नेपाल सन्देश
लायन्स क्लब अफ वीरगंज आदर्शनगरको आयोजनामा आज सवारी चालकहरुको आँखा परिक्षण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा केडिया आखाँ अस्पताल परवानीपुरमा शनिबार ८५ जना चालकहरुको आखाँ परिक्षण गरिएको हो । सवारी चालकहरुमा लामो दूरीमा समस्या तथा कम दूरीको चेकजाँच गराएको छ । जसमा ३० जना माथि समस्या देखिएको छ भने ४ जना सवारी चालकको आखाँ निकै विग्रेको पाईएको चिकित्सकहरुले बताएका छन् । खासगरी चालकहरुले हरियो सागपात तथा फलफुलहरु नखाने भएकाले विरामी हुने गरेको चिकित्सकहरुको भनाइ छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक रविन्द्र प्रसाद भट्ट सहितको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment