• नयाँ खबर

    02 October, 2016

    गर्यौ तिमीले

    – सुमित्रा साप्कोटा,

    नाइ भन्दा ति आँखा रसायौ तिमीले।
    मलाई नै त्यो मनमा बसायौ तिमीले।

    मर्न नै तयार छु म तिम्रो निम्ती ।
    भन्दै झन मायाले कसायौ तिमीले।।

    म पनि फुरुक्कै परे छु त्यो मायामा।
    अथाहा खुशीले हसायौ तिमीले।।

    बिस्तारै बिस्तारै बसेर यो मनमा।
    मुटुमै छुरा धसायौ तिमीले।।

    समाउदै यो हात डो¥यायौ मलाई।
    शिखरमा पुयाई खसायौ तिमीले।।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: गर्यौ तिमीले Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top