• नयाँ खबर

    02 October, 2016

    लौ ! म त बच्चैमा बूढी भैं छु


    चकलेट आइसक्रिम धेरै खाँदा ।
    दाँत सबै झरिदिनाले ।।
    लौ ! म त बच्चैमा बुढी भै छु ।।

    कपालमा धेरै थरी कलर गर्दा ।
    कपाल सबै सेतै भइदिनाले ।।
    लौ ! म त बच्चैमा बूढी भै छु ।।

    अनुहार राम्रो बनाउन धेरै थरी क्रिम लाउँदा । 
    छाला सबै चाउरी भईदिनाले ।।
    लौ ! म त बच्चैमा बूढी भै छु ।।

    कोही कोही आनि भनी बोलाउँछन् । 
    जिउ हलक्क बढिदिनाले ।।
    लौ ! म त बच्चैमा बूढी भै छु ।।

    टि.भी, कम्प्युटर, मोबाइल धेरै हेर्दा ।
    आँखा कमजोर भई चस्मा लाइदिनाले ।।
    लौ ! म त बच्चैमा बूढी भै छु ।।
    – एस्मिना खड्का, भिस्वा – १८ वीरगंज

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: लौ ! म त बच्चैमा बूढी भैं छु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top