• नयाँ खबर

    02 October, 2016

    न्यास्रो जीवन


    बाऊको घर खुशी फाट्यो, त्यसलाई मैले मनले टालें
    श्रीमान्संग माया फाट्यो, त्यसलाई मैले कामले टालें
    सन्तानसंग मनै फाट्यो, केलाई खट्ने, केलाईपाल्ने हो..

    श्रीमानको कमाई के हो?भन्ने कहिले थाहै पाईंन
    आफ्नो कमाइखानपनि सुखसंग कहिले पार्इंन
    सन्तानको खाउलाभन्ने, रत्ती मलाई आशै छैन
    ब्यर्थै मैले नावख्याएँ, भूमरीमाआफै परे है 

    सुखमा त धेरै आएआफ्नो स्वार्थ पूरा गर्न 
    दुःखमा त कोइ छैनन्, हालखबर के छ सोध्न
    आफ्नैले नै धोखादिए पराइको त के आशगर्नु 
    खट्दा खट्दै ख्रोक्रो भए, हरियो बाँस केलाई चाहियो है
    – पुष्पा राणा (सन्तोषी व्यूटिपार्लर) 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: न्यास्रो जीवन Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top