• नयाँ खबर

    23 October, 2016

    अधुरो प्रेम — कविता

    अन्तै रै’छ तिम्रो माया
    अब माया गर्दिन म
    पुग्यौ अब तिमी मलाई
    तिम्रो सामु पर्दिन म
    झुठो रै’छ तिम्रो माया
    अब जालमा पर्दिन म
    तिमी जस्तो निष्ठुरीलाई
    अब माया गर्दिन म
    दुःख दिए तिमीलाई धेरै
    अब दुःखी पार्दिन म
    तिमीलाई सम्झी एक थोपा
    अब आशु झार्दिन म
    निष्ठुरी तिमी त 
    सम्झी राख भन्दिन म
    अन्तै माया गर तिमी
    अब तिम्रो बन्दिन म
    – सुस्मिता चौधरी, राधेमाई – १६, वीरगंज
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अधुरो प्रेम — कविता Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top