• नयाँ खबर

    23 October, 2016

    परदेशीको पिडा - कविता


    परदेशको बिरानो मुलुकमा 
    नेपाली जनजन धन कमाउन जान्छन् ।
    कस्तो बिडम्बना लाग्ने कुरा 
    बाकस भित्र आउछन । 
    धन सम्पति कमाउने 
    आशै आशमा  ज्यानै लुटिन्छ
    सोझा साझा दिदि बहिनीको 
    आशुँ संगै सिन्दुर पुछिन्छ । 
    रगत त रातो नै होला 
    त्यो परदेशमा बस्नेको 
    छाती सधै चिरीन्छ 
    देख्दा आशुँ खसेको । 
    मन त सधैँ रोईरहन्छ 
    अरुकै खोसियनी खुशि 
    हाँसे पनि बोले पनि 
    मन सधै नै हुन्छ दुखि ।
    – कमला गिरी 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: परदेशीको पिडा - कविता Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top