• नयाँ खबर

    02 October, 2016

    मेरो एक साता


    आइतबार सबेरै मैले पाठ पढेर । 
    विद्यालय गएँ म, बस चढेर ।।

    सोमबार सबेरै पूजा पाठ गरेर ।
    विद्यालय पुग्न ढिलो भो भाइ रोएर ।।

    मंगलबार सबेरै हातमुख धोएर । 
    राम्रा राम्रा कुरा सिकें पुस्तक पढेर ।।

    बुधबार सबेरै टेलिभिजन हेरेर । 
    गुरुमाले गाली गर्नु भो पुस्तक हेरेर ।।

    बिहिबार सबेरै मिठो खाजा खाएर । 
    विद्यालय गएँ म, झोला बोकेर ।।

    शुक्रबार सबेरै नयाँ पोशाक लगाई । 
    साथीहरुलाई पोशाक देखाए रमाइ रमाई ।।

    शनिबार साफा सुग्घर हुन नुहाएँ । 
    साथीसँग मिलीजुली हासें, रमाए ।।

    मेरो एक साताको यस्तै छ काम । 
    ए ! मेरो साथीहरु सृष्टि हो मेरो नाम ।।

    – सृष्टि साह,  कक्षा : ६, गौतम मा.वि.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मेरो एक साता Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top